Thursday, May 7, 2015
Saturday, May 2, 2015
अब कसलाई कारबाही गर्ने कमरेड ? -ऋषिराज बराल
| ऋषिराज बराल |
जनआस्था साप्ताहिकको फागुन ५ को अङ्कमा प्रकाशित ‘क्रान्ति, केको क्रान्ति, कस्तो क्रान्ति ?’ शीर्षकमा प्रकाशित ‘पाठकपत्र’ सित सम्बन्धित भएर उठेका टिप्पणीहरूका सन्दर्भमा मैले केही कुरा प्रस्ट पार्नु आवश्यक ठानेको छु । खासगरेर मेरो पुस्तक सत्ता र संस्कृति मा समाविष्ट ‘जनयुद्ध, सांस्कृतिक आन्दोलन र जनसांस्कृतिक सङ्घ’ तथा ‘सांस्कृतिक सेनासम्बन्धी माओवादी दृष्टिकोण’ मा यसबारे प्रस्ट पारेको हुँ तापनि अहिले आएर विषयसन्दर्भहरू नयाँ किसिमले उठेकाले यसबारे पुनः केही प्रस्ट पार्नु आवश्यक ठानेको छु ।
‘पाठकपत्र’ मा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ को विगतको सम्मेलनदेखिका कुराहरूका साथै त्यसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानसित सम्बद्ध मुद्दाहरू पनि उठाइएका छन् । यसो हेर्दा यी फरकफरक विषय भए पनि यी एकअर्कासित अन्तर्सम्बन्न्धित छन् । यी सबैको लामो व्याख्या यहाँ सम्भव नभए पनि यी सबै समस्याको जडचाहिँ ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलन हो भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु । यो सबै सन्दर्भको प्रस्टताका लागि युद्धकालमा रोल्पामा पढ्न प्रतिबन्ध लगाइएको मेरो पुस्तक फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति +आगमन= प्रत्यागमन’ को सन्दर्भलाई पनि यहाँ ल्याउनुपर्ने हुन्छ ।
२०६३ असोजमा तय गरिएको ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनमा लागि केन्द्रीय संयोजकका नाताले मैले प्रतिवेदन तयार पारेँ । यसलाई लिएर सांस्कृतिक विभाग र आयोजक समितिको दुईतीन बैठक बस्यो । त्यतिबेर प्रचण्ड–बाबुराम घुमन्तु सिविरमा हुन्थे । भक्तपुर गेस्ट हाउसमा बसेको मिटिङमा मैले त्यतिबेला चर्चामा आएका तल उल्लेखित तीनवटा मुद्दामा बहसछलफल चलाएँ ।
१. जनार्दन शर्मा ‘प्रभाकर’ को उटपट्याङ चिन्तनको पछि लागेर ईश्वरचन्द्र ज्ञवाली र खासगरेर सेमभेकका केही साथीहरू जनमुक्ति सेनाका झैँ सांस्कृतिक क्षेत्रमा पनि कम्पनी, बटालियन, ब्रिगेड र डिभिजन बनाउने हठमा थिए । सांस्कृतिक सेना भनेको विचारको सेना हो, यो क्रान्तिकारी विचारबाट सङ्गठित हुन्छ, तर ब्रिगेड आदि हुँदैन, खास अभियानमा त्यसरी लामबद्ध हुन सकिए पनि जनसेनाका झैँ सांस्कृतिक पल्टनको स्थायी बटालियन र ब्रिगेड हुँदैन भन्ने मेरो भनाइ थियो र माओले पनि सांस्कृतिक सेना र जनमुक्ति सेनाको संरचना र कार्य एउटै हँदैन भनेको सन्दर्भ हाम्रा सामु थियो । तर ब्रिगेड र डिभिजन बनाउँदा मात्र क्रान्तिकारी होइन्छ भन्ने र माओभन्दा क्रान्तिकारी देखिने चस्का लागेकाहरू यसमा सहमत भएनन् । प्रचण्डले पनि यसैमा ताली बजाए । यसबारे मैले निरन्तर बहस चलाएँ ।
२.कुनै पनि कृतिको सौन्दर्यशास्त्रीय पक्ष हुन्छ, यसलाई सङ्ख्या अथवा प्राविधिक किसिमले डण्डा लगाएर ठीकबेठीक भनेर खारेज गर्न मिल्दैन भन्ने माक्र्सवादी मान्यता हो । फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति+आगमन=प्रत्यागमन’ का सन्दर्भमा उठेका विवादलाईमैले सौन्दर्यशास्त्रीय आधारमा बहस चलाऔँ, अंश होइन समग्रमा हेरौँ, भनेर तर्क गरेँ । यसबारेमा पार्टीको सिक्लेस बैठकमा एक किसिमको “समझदारी” पनि बनाइयो र यो समझदारीलाई सांस्कृतिक विभागको बैठकमार्फत पनि व्यवस्थित गरियो । तर यो मुद्दालाई सम्मेलनको सेरोफेरोमा प्रायोजित र निर्देशित रूपमा उछाल्ने काम गरियो ।
३. केही साथीहरू जनसांस्कृतिक सङ्घलाई महासङ्घमा लैजाने हठमा लागे । मैले भखैरै ‘शान्तिप्रक्रिया’ आएको र स्थिति कसरी अगाडि बढ्छ प्रस्ट नभएकाले महासङ्घलाई अवधारणाका रूपमा स्वीकार गरौँ, आवश्यकता अनुसार सङ्घभित्र विभाग बनाऔँ, महासङ्घमा जान हतार गर्दा वैचारिक तथा साङ्गठनिक अस्तव्यस्तता आउँनसक्छ भन्ने मेरो धारणा थियो ।
फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘‘प्रति +आगमन=प्रत्यागमन’ का बारेमा सिक्लेस बैठकमा निर्णय भइसकेकाले सांस्कृतिक विभागको बैठकमा यो विषय त्यति बहसको विषय भएन । मूल बहस सांस्कृतिक क्षेत्रमा बटालियन र ब्रिगेड बनाउने कुरामै रह्यो । प्रचण्ड–बाबुरामले पनि यस विषयमा गोलमटोल कुरा मात्र गरे । माइला लामा र ज्ञवाली ब्रिगेड र डिभिजनको रमाइलोमा थिए । त्यसपछि सबै कुरा सम्मेलनमा लगेर हल गर्ने भनियो । तर सम्मेलनमा वैचारिक बहसको सट्टा होहल्ला र गुन्डागर्दीले प्रभुत्व कायम गर्यो । खासगरेर आफूलाई आधारइलाकाका भन्न रुचाउने केही हुल्लडबाजहरूले ममाथि भौतिक रूपमै आक्रमण गर्ने प्रयास गरे । केही त जथाभावी लेख्नेलाई अब सांस्कृतिक सेनाले ठोक्छ भन्दै कुर्सी भाँचेर ममाथि आक्रमण गर्नथाले । भित्री निर्देशन आधारइलाकाका बडे कमरेडहरूको थियो भन्नेमा म प्रस्ट थिएँ । प्रमुख अतिथि भएर आएका देव गुरुङ्ले पनि आगोमा घिउ थप्ने काम गरे । कस्ता मान्छेलाई सांस्कृतिक मोर्चामा ल्याएइछ भन्ने लाग्यो । यस किसिमको भद्रगोलमा सांस्कृतिक मोर्चामा रहनुको औचित्य रहेन ।
सांस्कृतिक सम्मेलनमा देखिएको गुन्डागर्दीको यो समाचारलाई अन्य पत्रिकाका साथैजनआस्थाले पनि विशेष रुचिका साथ छापेको थियो । यो ‘सम्मेलन’ पछि मैले तयार पारेको र पार्टीको सांस्कृतिक विभागले पारित गरेको प्रतिवेदनमा पूरै परिवर्तन गरेर उल्टोपाल्टो पारिएछ । सबैभन्दा आपत्तिजनक कुरा इतिहासको तोडमरोड गरेर सारै विकृत ढङ्गले प्रस्तुत गरिएछ । यो जनसांस्कृतिक सङ्घको प्रतिवेदन नभएर विकृत दस्ताबेजमा परिणत भएको थियो । २०६० सालमा सांस्कृतिक मोर्चाको केन्द्रमा ल्याइएका ईश्वरचन्द्र ज्ञवालीले नेकपा ( एकताकेन्द) बनेपछि तीनवटा सांस्कृतिक मोर्चाको एकताद्वारा बनेको संयोजन समिति २०४७ मा आफू पनि रहेको भनेर प्रतिवेदनमा लेखेछन् र त्यस समयमा रहेका अन्य साथीहरूको नाम हटाएछन् । मैले यसलाई घोर आपत्तिजनक ठानेँ । कसैको इतिहास नै गायब पार्नु र आफ्नो नाम थप्नु घोर अनैतिक काम थियो ।
यो सन्दर्भपछि सांस्कृतिक मोर्चासित मेरा ५ ओटा विषयमा मतभेद रहेको कुरा प्रकाशमा ल्याएँ । पहिलेका तीनवटामा अरू दुईवटा थपिएका थिए : १. प्रतिवेदनमा ज्ञवालीले गरेको इतिहासको विकृतीकरण सच्याउनुपर्ने र उनीमाथि कारबाही गर्नुपर्ने र २. वैचारिक बहसको सट्टा सम्मेलनमा भएको गुण्डागर्दी गैरमार्क्सवादी कार्य थियो भन्ने निर्णय गर्दै त्यसो गर्नेहरूमाथि कारबाही गर्नुपर्ने ।
समयले मैले उठाएका कुराहरू सही साबित गरेको छ । अहिले वैचारिक तथा साङ्गठनिक दुवै दृष्टिले सांस्कृतिक आन्दोलन लथालिङ्ग र भताभुङ्ग भएको छ । त्यतिबेला गुण्डागर्दी गर्नेहरू कतिपय आन्दोलनबाट पलायन भएका छन् र कतिपय सिसिएम र पिबिएम भएर विभिन्न ‘माओवादी’ मा बाँडिएका छन् ।
दस बर्स हुनलागेछ । त्यसपछि एउटै पार्टी र जनयुद्धको कालको केन्द्रीय संयोजक भएर पनि अहिलेसम्म जनसांस्कृतिक सङ्घ (हाल महासङ्घ) को कुनै पनि कार्यक्रममा म सहभागी भएको छैन र माथि मैले अगाडि सारेका मुद्दाहरू समाधान नहोउन्जेलसम्म सहभागी हुने स्थिति पनि छैन । त्यतिबेला ‘शान्तिप्रक्रिया’ को रमझममा प्रचण्ड–बाबुरामका लागि सांस्कृतिक मोर्चाका समस्या त्यति महत्वका भएनन् । तर किरण कमरेड जेलबाट छुटेर आएपछि यस सन्दर्भमा उहाँबाट जेजस्तो भूमिकाको आशा र विश्वास गरेको थिएँ, त्यो हुन सकेन । उहाँकै इन्चार्जसिपमा विकृतिलाई अनुमोदन गरियो । विकृतिमाथि विकृति थपियो । सांस्कृतिक आन्दोलनका समस्या कसरी हल गर्ने र कसरी अघि बढ्ने भन्ने कुरामा किरण कमरेडसित अलिकति पनि विचारविमर्श हुनसकेन । यसमा उहाँको रुचि नै रहेको पाइँन । बरु त्यतिबेला मैले उठाएका प्रश्नहरूमा किरणभन्दा प्रचण्ड केही सकारात्मक, सहयोगात्मक र खुलस्त देखापरेको अनुभूत मलाई भएको थियो । एउटै पार्टीमा छँदा चीन जानुभन्दा अघि सायद २०६६ असोजमा प्रचण्ड–किरणले नयाँ बजार निवासमा मलाई बोलाएर छलफल चलाएका थिए । त्यहाँ पनि मैले उठाएका मुद्दाहरूको सन्दर्भमा किरण कमरेडभन्दा प्रचण्डमै मैले बढी प्रस्टता र खुलस्तता अनुभूत गरेको थिएँ ।
अब यताको १० वर्षको लेखाजोखा गर्नु आवश्यक छ । ज्ञवाली मात्र होइन । यी १० वर्षमा सांस्कृतिक आन्दोलनका समस्या समाधान गर्न, विकृतिहरू हटाउन र एकताबद्धका साथ सांस्कृतिक आन्दोलनलाई अघि बढाउन फ्याक्सन इचार्ज बनेकाहरूको भूमिका केकस्तो रह्यो त्यसको पनि समीक्षा हुनु जरुरी छ । ज्ञवालीद्वारा इतिहासलाई विकृत पारिएको र लाल सलाम फिल्मलगायतका घटनाहरूका भएका भ्रष्टाचारहरूलाई लिएर ‘महासङ्घ’ मा प्रश्न उठेपछि छानबिन आयोग बनेको कुरा चर्चामा आए पनि आफू त्यसमा नरहेकाले यसबारे विस्तृत रूपमा केही भन्न सक्ने स्थिति छैन ।
जहाँसम्म इच्छुक प्रतिष्ठानको कुरा छ । प्रतिष्ठान बनाउने निर्णय पार्टीको फुन्टिवाङ बैठकपछि रोल्पाको इरिवाङमा बसेको सांस्कृतिक मोर्चाको बैठकले गरेको थियो । भारतीय जेलबाट छुटेर आएपछि ठमेलको होटलस्थित प्रचण्ड क्याम्पमा कमरेड किरणको संयोजकत्वमा सुरुमा म र पाख्रिनको समिति बन्यो र पछि अरू नाम थपिँदै गएका हुन् । ज्ञवाली यहाँ पनि दुई वर्षपछि जोडिएका हुन् ।
अहिले इच्छुक प्रतिष्ठानमा पनि भ्रष्टाचारका कुरा आएका छन् । मलाई थाहा छ यससित पनि थुप्रै गुप्त अगुप्त पक्ष जोडिएछन् । महँगोमा आफ्नो जग्गा प्रतिष्ठानलाई बेच्नु, भाउ बढेको बेला त्यही जग्गा फेरि आफैँले पहिलेभन्दा सस्तोमा किन्नु र त्यो पैसा पनि प्रतिष्ठानको खातामा नराखी आफ्नै खातामा राख्नु जस्ता प्रश्नहरू उठेका छन् । यसो हो भने यो महाअपराध हो । पछिल्ला दिनमा प्रतिष्ठानको भवन ठेकेदार र रेखदेख गर्ने इन्जिनियरसित रिसोर्टहरूमा ज्ञवाली लगायतको टोलीले रमाइलो गरेको समाचार पनि आएका छन् । समयसन्दर्भमा यो सबै बाहिर आउँनेछ नै ।
कृष्ण सेन इच्छुकसित जोडिएको संवेदनशील विषय भएकाले समग्र पार्टी यसमा गम्भीर हुनु आवश्यक छ । सांस्कृतिक मोर्चा र आन्दोलनका समस्या हल गर्न इच्छाशक्ति नदेखाउनु, मोर्चा र प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका सन्दर्भप्रति गम्भीर नहुनुले गजुरमा बसेकाहरू पनि प्रश्नभन्दा बाहिर हुनसक्तैनन् । नेताहरूका घरका तला थपिँदै जाने र तलका सांस्कृतिक कलाकर्मीहरू बेघरबार र भोकभोकै रहने स्थितिले ल्याउने परिणाम दुखद र भयावह पनि हुनसक्छ । भ्रष्टाचारका प्रमाणहरू सामुन्नेमा हुँदा पनि थाहा नपाएझैँ गर्नु भनेको सारतः त्यसको हिस्सा बन्नु हो । यस किसिमको निस्पृहताले दुर्घटना निम्त्याउँछ । यस यथार्थलाई बाल्कोनीमा बसेका सबैले बुझ्नु आवश्यक छ । विकृतिको थुप्रोमा रमाएर सुन्दरको कुरा गर्नुको अर्थ छैन । इच्छुकको सम्मान गर्दै नेपाल सरकारले दिएको पैसा कुनै व्यक्तिको घरका तला थप्न होइन । बडे कमरेडहरू ! अब कसको विरुद्ध लढ्ने हो—सरकारका विरुद्ध कि इच्छुकका नाममा घरका तला थप्नेहरू विरुद्ध ? समयले उत्तर मागेको छ । आगे ‘प्रभुको इच्छा’ ।
(यसबारे थप कुरा अब निरन्तर बाहिर ल्याउनेछु l)
०००
www.thenextfront.com बाट साभार
बौद्धिक स्खलनको पीडा - ऋषिराज बराल
| ऋषिराज बराल |
गएको हप्ता अङ्ग्रेजी अलाइन पत्रिका “काउन्टरपन्च” मा आन्द्रे भल्चेक र मिचेल वेल्टनका दुइटा महत्वपू्रर्ण रचनाहरू प्रकाशित भए । सन्दर्भ केही फरक भए पनि यी दुवै रचना पश्चिमा बौद्धिकजगत् कसरी पङ्गु, निस्पृह र उपभोक्तावादमा फसेको छ र सत्यको उद्घाटन गर्न अक्षम बनेको छ भन्ने कुरामा केन्द्रित छन् । यति मात्र नभएर यसमा वाम क्षेत्रले पनि जति भूमिका खेल्नसक्नुपर्दथ्यो खेल्न सकेको छैन भन्ने पनि उल्लेख गरिएको छ । दुवै लेखले सूचना साम्राज्यवादले सत्यलाई झूठ, कुरूपलाई सुन्दर र सुन्दरलाई कुरूप पारेर प्रस्तुत गरिरहेको छ र आमजनमानसमा मनोवैज्ञानिक आतङ्क उत्पन्न गरिरहेको छ भनेका छन् । दुवै लेखमा आलोचनात्मक दृष्टिकोण राख्ने भनिएको बौद्धिक जगत साम्राज्यवादका सामु कति निरीह बनेको छ भन्ने कुरालाई समीक्षात्माक विश्लेषण गरिएको छ ।
आन्द्रे भल्चेक शोध पत्रकार, लेखक र वाम बुद्धिजीवीका रूपमा परिचित छन् । उनको र नोम चोम्सकी बीचको कुराकारीको लामो शृङ्खला पत्रकारिताका साथै बौद्धिक क्षेत्रमा पनि निकै चर्चित छ । यस सन्दर्भ उनको पुस्तक “अन वेस्टर्न टेरोरिज्म” निकै चर्चित पुस्तक हो । भर्खरै पनि उनको अर्को पुस्तक “फाइटिङ अगनेस्ट वेस्टर्न इम्पेरियलिज्म” प्रकाशित भएको छ । यो पुस्तक पनि त्यतिकै चर्चित बनेको छ । त्यसैगरी डा. मिचेल वेल्टन अत्हाबास्का विश्वविद्यालयका प्राध्यपक हुन् । उनको पुस्तक “डिजाइनिङ दि जस्ट लर्निङ सोसाइटी” पनि निकै चर्चित पुस्तक हो । भल्चेकले आफनो अध्ययनको क्षेत्र फ्रान्सलाई बनाएका छन् र वेल्टनले मूलतः अमेरिकालाई । तर दुवैले बौद्धिक क्षेत्रमा हराउँदै गएको आलोचनात्मक चेतप्रति चिन्ता र चिन्तन प्रकट गरेका छन् ।
भल्चेकले आफ्नो लेख ‘दि कोल्याप्स अफ फ्रेन्च इन्टेलेक्चुअल डाइभर्सिटी’ मा फ्रान्सको चार्लि हेब्दोको सन्दर्भ लिँदै यस किसिमको परिस्थिति उत्पन्न हुनुको कारण खोज्नतिर भन्दा सरकारले उल्टै एकतर्फी रूपमा भावनात्मक र आक्रोशात्मक आवेग उत्पन्न गरेको कुरा उल्लेख गरेका छन् । फ्रान्सलाई प्रजातान्त्रिक मुलुक भनिन्छ, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता छ भनेर देखाउन खोजिएको छ । तर स्थिति त्यस्तो होइन भन्दै उनले भनेका छन् : “यदि फ्रान्समा अमेरिका तथा बेलायतजस्तो पुलिस राज छैन भन्ने तपाईँलाग्छ भने यसबारे एकपल्ट फेरि सोच्नोस् । जताततै हतियारबद्ध सिपाहीहरू र कमान्डो फोर्सको तैनाथी छ । सरकारले इन्टरनेट सेवाग्राहीहरूको खुला गुप्तचरी गरेको छ । मास मिडियाहरू आफ्ना रिपोर्टहरू आफैँ सेन्सर गर्न बाध्य छन् । प्रोपोगन्डा राजको चकचकी छ ।”
उनका भनाइमा आर्ट ग्यालरीमा अमूर्त चित्रहरू देख्न पाउनुहुन्छ, तर भोक र रोगले ग्रस्त आम नागरिकको पीडा र विश्वका जनताले गरेका विद्रोहका चित्रहरू कतै देख्न पाउनुहुन्न । फ्रान्स किन साम्राज्यवादको कारिन्दा मात्र बनेको छ भनेर सोध्दा आर्ट ग्यालरीका मान्छेले आफूलाई डेरा आँखा पारेर हेरे भन्ने पनि उनको भनाइ छ । ग्यालरीको अध्ययनपछि नोटप्याडमा यस्तो लेख्न बाध्य भएँ भन्दै उनले लेखेका छन् : “फ्रान्समा कुकुरहरू क्याफेमा बियर पिउन स्वतन्त्र छन् ।”
सङ्गीत क्षेत्रको अध्ययमा पनि यस्तै विसङ्गतिपूर्ण अवस्था देखेको कुरा उनले उल्लेख गरेका छन् । जनताका पीडा, आफ्नो अस्तित्वका लागि विश्वका जनताले गरेका सङ्घर्षहरू, पपुवा, काश्मिर, प्यालेस्टाइन, लिबिया, माली, सोमालिया, कङ्गो इराक आदि ठाउँमा भएका साम्राज्यवादी हस्तक्षेप र जनताको प्रतिरोधप्रति समर्पित गीतको चर्चा कतै पनि आफूले सुन्न नपाएको कुरा उनले उल्लेख गरेका छन् । फ्रान्सको विगतको इतिहास रगतले लेखिएको भए पनि यो अहिले अर्कै भएको छ । मान्छेहरू आफूलाई फान्सका हौँ त भन्छन्, तर यसको इतिहास कस्तो थियो भन्ने कुरा बुझ्दैनन् भन्ने पीडा पनि उनले व्यक्त गरेका छन् ।
अहिलेको फ्रान्सको बौद्धिक निस्पृहताले उनलाई पोलेको छ । कहाँ गए ती बहादुर बुद्धिजीवीहरू, जसको चर्चा हामी अक्सर गरेर गर्छौँ भनेर उनले प्रश्न गरेका छन् । उनका भनाइमा उनीहरू सम्पूर्ण त थिएनन्, तर ती उत्पीडित जनताको पक्षमा उभिएका थिए । उनीहरूले क्रान्तिको कुरा गरेका थिए र उपनिवेशबाट विश्वका जनताको मुक्तिको पक्षमा आफूलाई उभ्याएका थिए । हामीसित एक कालखण्डका जोला, ह्युगो र अनि अलि पछि सात्र,कामु मालरक्स, सिमोन द बुआ, आराँगोहरू थिए । तर आज स्थिति उल्टो छ । लेखकहरू अब पश्चिमा आतङ्ककारी चिन्तनको पछि लागेका छन् । जतिसुकै स्वतन्त्र समाजको कुरा गरे पनि फ्रान्समा अभिव्यक्ति स्वतन्त्रता छैन र फ्रान्सेली बुद्धिजीवी समुदाय पश्चिमा साम्राज्यवादी आतङ्कका सामु निरीह बनेको छ भन्ने भल्चेकको ठहर छ ।
यथार्थत: यो फ्रान्सको मात्र कुरा होइन । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने अमेरिकाको स्थिति पति त्यस्तै छ । मिचेल वेल्टनको विश्लेषणले यसै भन्छ । आफनो लेख “दि प्रोपागान्डिस्ट्स अफ एम्पायर” मा उनी पढेलेखेका शिक्षित भनिनेहरू त्यसमा पनि वाम बुद्धिजीजीहरूले यतिबेर निकै ठूलो चुनौतीको सामनाका लागि आफूलाई उभ्याउने अवस्था आएको तर्क गर्छन् । उनी प्रस्टताका साथ भन्छन् : “सबैभन्दा पहिले हामीले साम्राज्यवाद र प्रोपोगन्डाको सम्बन्धबारे बुझनु जरुरी छ ।”
हिजोको बृटिस साम्राज्यदेखि अहिलेको ‘इस्लाम विरोधी आभियान’ को उदाहरण दिएर कसरी प्रोपोगन्डाद्वारा सत्यको अपहरण गरिएको छ भन्ने कुरा उनले उल्लेख गरेका छन् । आलोचनात्मक दृष्टिकोण राख्ने बुद्धिजीवीहरू साम्राज्यवादले फिँजाएको सूचनाभ्रमका विरुद्ध उभिनु पर्ने कुरामा उनले जोड दिएका छन् । आफ्ना गलत कामलाई ढाकछोप गर्न अमेरिकाले अहिले गरेको गलत प्रचार, त्यसमा पनि युक्रेन सन्दर्भमा अमेरिकी कुतर्कको भण्डाफोर जसरी गरिनुपर्दथ्यो, त्यसो हुन नसकेको चिन्ता प्रकट गरेका छन् । उनका भनाइमा जर्ज अर्वेलको शैलीमा सबै कुरा भएका छन् र बुद्धिजीवी भनौँदाहरू उपभोक्तावादको सिकार बनेर टुलुटुलु हेरिरहेका छन् । मिडिल इस्टमा भएका कुकुत्यबारे केही नबोल्नु भनेको बौद्धिकता र विवेकको स्खलन हो भन्ने उनको ठहर छ । अमेरिकी बुद्धिजीवीको प्रभृत्वशाली समुह उत्तरआधुनिकतावादी छ र यसले बुस, कोलिन पावेल्स र ओबामाका लागि थिङ्कट्याङकको काम गरेको छ भन्ने पनि पनि उनको ठहर छ । पश्चिमा संसारले निकै चर्चा र प्रशंसा गर्ने गरेका लेखक मिलान कुन्देराप्रति पनि उपभोक्तावादमा फसेको भनेर व्यङ्ग्य गरेका छन् ।
अमेरिकाले नयाँ बार्बरिज्मको प्रयोग गरेको भन्दै बेल्टनले सञ्चारका माध्यमहरू साम्रज्यवादले एकलौटी रूपमा प्रयोग गरेकाले पनि सत्य ओझेलमा परेको हो भनेका छन् । अमेरिकामा जस्तो किसिमको बौद्धिक निस्पृहता देखिएको छ, त्यो पीडादायी छ र बुद्धिजीवीहरू सूचनाभ्रमका विरुद्ध र सत्यको पक्षमा उभिनु जरुरी छ भन्ने उनको निष्कर्ष छ ।
अवश्य पनि हो । अहिले विश्वप्यापी रूपमा सञ्जाल फिँजाउन सफल भएका अधिकांश सूचना माध्यमहरू साम्राज्यवादपरस्त मिडिया मुगल्स र कंग्लोमेरट्सहरूको हातमा छन् र साम्राज्यवादले तिनलाई आफ्नो स्वार्थमा प्रयोग गरिरहेको छ । बुद्धिजीवीको एउटा पक्ष थिङ्क ट्याङ्क बनेर साम्राज्यवादी सत्ताको पक्षमा उभिएको र एउटा पक्ष निरीह बनेर टुलुटुलु हेरिहेको छ भन्न सकिन्छ । यसका साथै के पनि सत्य हो भने वुद्धिजीवीको एउटा तप्का निरन्तर रूपमा सत्यको पक्षमा लडिरहेको छ । थुप्रै नामहरू छन्, तर पनि नोम चम्स्की, जेम्स पेट्रास, रेमन्ड लोट्टा, समिर अमिन, लगायत अमेरिकाबाट प्रकाशित ‘मन्थली रिभ्यु’ पत्रिकाको टोलीको भूमिका यसमा साँच्चिकै सह्राहनीय छ ।
भल्चेक र वेल्टनले भोगेको पीडा आजको यथार्थ हो । यी दुइटा लेखले अहिलेको सूचनासाम्राज्यवाद र पश्चिमा बौद्धिक क्षेत्रको मनोवोज्ञानिक पक्षलाई उजागर गरेका छन् । उपभोक्तावादले बौद्धिक क्षेत्रलाई कसरी हाटबजारको वस्तुमा परिणत गरेको छ भन्ने चिन्ताका साथै चिन्तन पनि लेखक द्वयले गरेका छन् ।
यस टिपोटको समाप्ति सँगै एउटा प्रश्नले तपाईं-हामीलाई पनि कोतरेको छ : अहिले नेपाली समाजले पनि बौद्धिक स्खलनको भयावह स्थिति भोगिरहेको छैन र ? नेपालको बौद्धिक क्षेत्रले विगतमा खेलेको भूमिकाको नयाँ किसिमले खोजी गर्नुपर्ने बेला आएको होइन र ? समयले यसमा विषय प्रवेशको माग गरेको छ ।

Friday, May 1, 2015
डा. बरालद्वारा बैद्य समूह परित्याग
—————————————————————————————————————–
विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा
सर्वप्रथम, मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी–माओवादीसित मैले आजका मितिदेखि सम्बन्ध विच्छेद गरेको कुरा सार्वजनिक गर्दछु ।
माओवादी आन्दोलनलाई गलत दिशा दिने बैठकका रूपमा प्रमाणित भएको चुनवाङ बैठकको निर्णयलाई आधार मानेर पार्टी ‘शान्तिप्रक्रिया’ आयो र यसको नेतृत्व तहले एकपछि अर्को गरेर शान्तिसम्झौताका नाममा महान् जनयुद्धका समग्र प्राप्तिहरू जनविरोधीहरू तथा प्रतिक्रियावादीहरूलाई सुम्पदै गयो । जनसेनाप्रतिको अति उपेक्षापूर्ण व्यवहार र विघटन यसको अन्तिम परिणति थियो । जनयुद्धका सम्पूर्ण उपलब्धिहरू गुमाउनु, क्रान्तिकारी कार्यदिशा पूर्णरूपमा परित्याग गर्नुका साथै साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूका सामु आत्मसमर्पण गरेर मूल नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामले नेपाली क्रान्तिप्रति गद्दारी गरेपछि त्यहाँभित्र रहेका क्रान्तिकारीहरूले विद्रोह गर्नु आवश्यक थियो । यही नै मालमाले देखाएको वैज्ञानिक बाटो थियो ।
त्यसपछि हामीले कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा काठमाडौँमा राष्ट्रिय भेला गरी नयाँ पार्टी नेकपा–माओवादीको निर्माण गर्यौं । पार्टी निर्माणसँगै जुन किसिमको उत्साहको निर्माण हुनुपर्थ्यो, भेलापछि पार्टी क्रान्तिकारी आशावादका साथ जसरी जानुपर्थ्यो, त्यसो हुनसकेन । भेलापछि नै पार्टीमा दुई लाइन सङ्घर्षका सङ्केतहरू देखिनथाले । पार्टी चुनाव आयोगमा दर्ता गर्ने र सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर सरकारमा जाने कुराहरू बहस र छलफलका विषय बन्नथाले । वैचारिक तथा साङ्गठनिक क्षेत्रमा भेलाले खासै केही नयाँ गर्न नसकेको सन्दर्भमा पार्टीको सातौँ महाधिवेशनबाट सबै समस्याको हल गर्ने भनियो । तर विशिष्ट परिस्थितिका नाममा महाधिवेशनमा पनि कार्यदिशाका क्षेत्रमा गुणात्मक निष्कर्ष प्रदान गर्न नेतृत्वपङ्क्ति असफल रह्यो । महाधिवेशनमा प्रस्तुत दस्ताबेजप्रति चित्त नबुझेर मैले ४५ बुँदामा करिब १२ पृष्ठको फरक मत दर्ज गरेको थिएँ । खासगरेर सबैभन्दा बहसको विषय बनेको विषय नेपाली क्रान्तिको कार्यदिशालगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, आत्मनिर्णयको अधिकार तथा जातीय पहिचानजस्ता विषयमा मेरा फरक मत थिए ।
महाधिवेशनले समस्या समाधान गर्दै पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने अपेक्षाविपरीत झन् नयाँ किसिमले समस्याहरू देखापरे । मूलतः कार्यदिशाका सम्बन्धमा दुई लाइन सङघर्ष तीव्र बन्यो । पोखरा बैठकसम्म पुग्दा कार्यदिशासम्बन्धी बहसले नयाँ मोड लियो र दोस्रो संविधान सभाको निर्वाचन बहिष्कार कार्यक्रमपछि बसेको बैठकले पार्टीको राष्ट्रिय भेला गर्ने र कार्यदिशालाई समृद्ध पार्ने निर्णय गर्यो । तर कमरेड विप्लवबाट फरक मतको दस्ताबेज प्रस्तुत गरिएपछि एकएक बहाना बनाएर बहसछलफल नगराउने मात्र होइन, विशेष महाधिवेशन गर्ने भन्ने नाममा भेलालाई स्थगित गरियो र विशेष महाधिवेशनलाई पनि अनिश्चित कालको विषय बनाइयो । यसबाट पार्टीको नेतृत्वपङ्क्ति भेला–सम्मेलन तथा विशेष महाधिवेशन गरेर वैचारिक समस्या हल गर्नेतिर भन्दा पनि जसरीतसरी समय बिताउने, फरक मतलाई दबाउने तथा पार्टी छाडेर जान बाध्य पार्ने योजनामा रहेको यथार्थ खुलेर आयो । त्यति मात्र नभएर पार्टीको नेतृत्वपङ्क्ति नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्डसित एकता गरेर पार्टीलाई दक्षिणपन्थी विचलन र विसर्जनतर्फ प्रवृत्त गराउने वातारण बनाउन भित्रैदेखि लागेको रहेछ भन्ने कुरा पनि प्रस्ट भयो ।
यसैबीच कमरेड विप्लव र उहाँको समूहले नेकपा–माओवादीसित सम्बन्ध विच्छेद गर्यो । त्यसपछि पार्टीलाई अघि बढाउन जुन किसिमको गम्भीरताको प्रदर्शन हुनुपर्थ्यो त्यसो भएन । उल्टै नेतृत्वपङ्क्तिले बाटाको काँढो हटेजसो गरी हाइसन्चो बोध गरेको व्यवहार देखायो ।
पार्टीमा पहिलेदेखि नै मेरा फरक मत थिए । त्यसमा पनि पछिल्लो समयमा कमरेड किरणले महाधिवेशनले अघि सारेको कार्यदिशा ‘जयुद्धको जगमा जनविद्रोह’ भन्दा पनि पछि हटेर ‘मूलतः विद्रोह’ भनेर दस्ताबेज प्रस्तुत गरेपछि त्यसप्रति मेरो विमति र विरोध रहनु स्वाभाविक थियो । मूलतः नेपाली क्रान्तिको कार्यदिशा, नेपाली समाजको संरचना र अन्तर्विरोधको स्वरूप, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गति र दिशा, जातीय पहिचान र आत्मनिर्णयको अधिकारका सम्बन्धमा देखिएको भ्रमपूर्ण चिन्तनका साथै फरक मत राख्नेहरूप्रति असहिंष्णुताको प्रदर्शन गर्दै जिम्बेवारीविहीन बनाउने प्रवृत्तिप्रति मेरो तीव्र मतभेद रह्यो । सङ्गठनात्मक क्षेत्रमा अस्तव्यस्तता, वैचारिक तहमा सारसङ्ग्रहवाद, अकर्मण्यता र अन्योल र नेतृत्वक्षमताको ह्रासले पार्टी विसर्जनको दिशामा जान लागेको बोध भइरहेको अवस्थामा जाली शब्द र भाषाखेलको तारतम्यमार्फत नवप्रतिक्रियावादी चरित्र बोकेको प्रचण्ड समूहसित जसरी पनि एकता गर्ने जुन परिपञ्च देखियो, यो इमानदार र क्रान्तिप्रति समर्पित कार्यकर्ताका लागि पीडा र आक्रोस उत्पन्न गर्ने विषय थियो ।
माथि उल्लेखित सन्दर्भहरूका विषयमा पार्टीमा आफूले बराबर प्रश्न उठाउँदा गम्भीरतापूर्वक नलिने मात्र होइन, प्रताडित गर्ने तथा अनेक नाम दिएर कारबाहीको डण्डा चलाएर बहसछलफल र वैचारिक सङ्घर्षबाट वञ्चित गराउने प्रायोजित वातावरण बनाउने काम नेतृत्वपङ्क्तिबाट भएपछि गलत कुरालाई सही भनेर आत्मसमर्पण गर्ने अथवा त्यससित सम्बन्ध विच्छेद गरेर मालेमाको पक्षमा दृढतासाथ उभिने भन्ने प्रश्न मेरा सामु उपस्थित हुनु स्वाभाविक थियो । यस्तो अवस्थामा गलत तत्वबाट सम्बन्ध विच्छेद गर्नु नै मार्क्सवादी बुझाइ हुन्छ भन्ने मान्यतालाई अगाडि राखेर नेकपा–माओवादीसित सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको हुँ ।
चौतर्फी रूपमा माओवादी आन्दोलनमाथि प्रहार भइरहेको अवस्थामा माओवादको झण्डाको रक्षार्थ त्यहीँ बसेर सङ्घर्ष गर्दैजानु उचित हुन्छ भन्ने लागे पनि थोरै समयको अनुभवले मात्र पनि मलाई यस किसिमको निर्णय गर्नुपर्ने स्थितिमा पुर्यायो । त्यहाँ बहस छलफलको कुनै अर्थ छैन भन्ने मेरो ठहर रह्यो । वास्तवमा नेकपा–माओवादीको नेतृत्वपङ्क्तिमा क्रान्तिसम्बन्धी न त कुनै भिजन छ, न त कुनै योजना नै, यो एक हिसाबले गोलचक्करमा घुमिरहेको छ । चिन्तनमा सारसङ्ग्रहवाद, व्यवहारमा अकर्मण्यतावाद र कामकारबाहीमा इच्छाशक्तिको अभाव भएको नेतृत्वपङ्क्तिबाट नेपाली क्रान्ति अघि बढ्छ भन्ने कुरामा आफूलाई विश्वास नभएपछि त्यहाँ रहिरहनु आवश्यकता र सान्दर्भिकता दुवै लागेन । सपना मरिसकेकाहरूबाट आँधी, हुरी र चट्टानका बीचमा फसेको आन्दोलनको डुङ्गा पार लाग्छ भन्ने विश्वास रत्तिभर पनि मलाई भएन । नेपाली क्रान्तिप्रति गद्दारी गरेको निष्कर्षसाथ प्रचण्ड समूहसित विद्रोह गरेको र प्रचण्ड समूह एकपछि अर्को गरेर निरन्तर रूपमा नाङ्गिदै गएको अवस्थामा अनेक ताल र चाल मिलाएर प्रचण्डलाई क्रान्तिकारी कित्ताकै ठान्दै जसरी “क्रान्तिकारीबीच पार्टी एकता” भनेर संयुक्त हस्ताक्षर गरियो, यो वैचारिक स्खलनको नाङ्गो उदाहरणका साथै आम कार्यकर्ता तथा उत्पीडित नेपाली जनताप्रतिको धोका पनि हो । माओवादको खोल ओढेर साम्राज्यवाद र विस्तारवादको सेवा गर्ने प्रचण्ड–बाबुराम समूहसित एकता गर्नु भनेको सारतः साम्राज्यवाद र विस्तारवादको सेवामा आफूलाई लगाउनु हो ।
मार्क्सवादका आधारभूत मान्यताबाट धेरै पर पुगेको प्रचण्ड समूहसित अब देशीविदेशी प्रतिक्रियावादलाई रिझाएर आफ्नो अस्तित्व जोगाउने उपायबाहेक अरू केही छैन । क्रान्तिको कुरा गर्ने, तर यसका लागि व्यवहारमा जान अलिकति पनि तत्परता नदेखाउने किरण समूहका सामु वैचारिक तथा साङ्गठनिक विसर्जन अथवा प्रचण्डसामु आत्मसमर्पणबाहेक अर्को विकल्प छैन । यस्तो सङ्गठनसित टाँसिइरहनु भनेको सारतः आफूले आफैँलाई ध्वस्त पार्नु मात्र हो । यसका साथै विप्लव समूहको क्रान्तिकारी उत्साहको सह्राहना गर्नसकिए पनि कार्यदिशाप्रति आफ्नो असहमति रहेको कुरा मैले पहिले नै प्रस्ट पारिसकेको हुँ ।
अन्त्यमा,
आफू मार्क्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएर बौद्धिक–सांस्कृतिक क्षेत्रमा सक्रिय रहने र राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी क्रान्तिका लागि वर्गसङ्घर्षको बाटोमा दृढताका साथ अघि बढेका शक्तिहरूप्रति कलम र विचारको माध्यमबाट सहयोग र समर्थन निरन्तर रहने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । साथै नेकपा–माओवादीभित्र रहेका क्रान्तिकारी साथीहरूलाई पनि अब त्यहाँ बसेर केही हुन्छ भन्ने भ्रमबाट मुक्त हुन पनि म हार्दिक आह्वान गर्दछु ।
ऋषिराज बराल
केन्द्रीय सदस्य, नेकपा–माओवादी
बैसाख १७, २०७२
www.thenextfront.com बाट साभार
Wednesday, April 15, 2015
प्रचण्ड, वैद्य र विप्लवले ०७२ सालमा गर्नुपर्ने चार काम -रामदीप आचार्य
प्रचण्ड, वैद्य र विप्लवले ०७२ सालमा गर्नुपर्ने चार काम
माओवादी आन्दोलन उठान र विकासको कारण
माओवादी जनयुद्ध नेपाली समाजको अन्तरविरोधको उपज थियो । क्रान्तिको मुल उद्देश्य समाजमा विद्यमान सत्रुतापूर्ण अन्तरविरोधको अग्रगामी समाधान गर्नु थियो । सुगौली सन्धिदेखि अवरुद्ध आन्तरिक विकास र राष्ट्रियताको समस्यालाई क्रान्तिको माध्यमबाट समाधान खोज्नु थियो । माओवादी जनयुद्धले सस्त्र बलद्वारा उक्त उद्देश्य हासिल गर्ने प्रक्रियाको सुरुआत गरेको हो । सामान्य सुधारका कामद्वारा क्रान्तिकारी परिवर्तनलाई टेवा पु¥याउने काम ग¥यो । ‘कार्यनीतिले रणनीतिको सेवा’ गर्ने उक्त प्रक्रिया असाधारण उद्देश्यका लागि साधारण कामद्वारा पूरा गर्दै लगियो ।

जस्तो गाउँघरमा जुवातास, जाँडरक्सी, भ्रष्टाचार, व्यभिचार, कुरीति, रुढीवाद, महंगो ब्याज आदिको उन्मुलद्वारा जनसमुदायलाई संगठित र आन्दोलित गर्ने काम भयो । खासमा यो सामन्तवादको जरा काट्ने प्रक्रियाको थालनी थियो । समाजको सबैभन्दा आधारभूत तप्का जस्तो दलित, महिला, आदिवासी, सुकुम्बासी, गरिब किसान, तल्लोतहका शिक्षक/कर्मचारीको मन जितेर त्यही तप्कामा आफ्नो संगठनात्मक सञ्जाल विस्तार ग¥यो । माक्र्सवाद जब उत्पीडित वर्ग र जनसमुदायको बीचमा पुग्यो, तिनीहरुसँग एकाकार भयो, त्यसले अपराजित शक्ति हासिल ग¥यो । तसर्थ माओवादी आन्दोलनको शक्तिको श्रोत तिनै जनसमुदाय हुन्, जसले न्याय, समानता र स्वतन्त्रताको आकांक्षा राखेका छन् ।
कसरी अहिलेको अवस्था आइपुग्यो माओवादी
चुनवाङ बैठकबाट नेपाली मोडेलको क्रान्ति गर्ने उद्देश्यसहित माओवादी दिल्ली हुँदै काठमाण्डु आइपुग्यो । बलिदानीपूर्ण यात्राको कष्ठसाध्य दिनहरु पार गरेर आएको माओवादीलाई गाउँको जनसमुदायलाई जस्तै सहरको जनसमुयादले पनि न्यानो स्वागत गरे । छोटो समयमै देशैभरिमा माओवादीप्रति आकर्षणको लहर चल्यो । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा जनसमुदायको लुकेको भावना मतदानमार्फत मुखरित भयो । बिडम्बना, बन्दुकद्वारा सत्ता बदल्ने र आफ्ना दसौं हजार सहयोद्धा, समर्थक, शुभचिन्तक, जनसुमदायलाई खाल्डोमुनि पुरेर रातो झण्डा ओढाएर आएको माओवादी सहरको रमझममा विचलित भयो ।

रगतको टाटाहरु नसुक्दै तारे होटलको रंगीन दुनियाँमा, दलालहरुसँगको उठबसमा, अभिजातवर्गीय संस्कृतिमा हुर्किएका ‘बुद्धिजिवी’ को सल्लाहमा, विदेशी राजदूतहरुको अरनखटनमा माओवादीले काम गर्न थाल्यो । सम्पत्तिसम्बन्धी प्रश्नमा जनयुद्धकालको माओवादी अवधारण शान्तिकालमा पूरै उल्टो दिशामा अगाडि बढ्यो । हिजो गाउँको पाखोबारी पार्टीकरण गरेका केन्द्रीय नेताहरु सहरमा आलीशान जिन्दगी जिउने अवस्थामा पुगे । त्यहींबाट दुःखका दिनहरु सुरु भए । आन्दोलन अहिलेको रक्षात्मक अवस्थामा आइपुग्नुको मुल कारण जनसमुदायको सम्बन्धमा दरार पैदा हुनु हो ।
कार्लमाक्र्सले भनेको साम्यवादलाई एकै शब्दमा अभिव्यक्त गर्न सकिन्छ, त्यो हो निजी सम्पत्तिको उन्मुलन । द्रब्य मोह माओवादी बिग्रनुको दोश्रो कारण हो । भियतनाम युद्धपछि साम्राज्यवादले आफ्नो युद्धशैली बदल्यो । तर, सर्वहारा वर्गले ‘युद्धबाट युद्ध सिक्ने’ नियमको उल्ल्रघन ग¥यो । भियतनाम युद्धबाट सर्मनाक पराजय भोगेको अमेरिकी साम्राज्यवादले कम घनत्वको युद्ध नीति अख्तियार ग¥यो । यस नीतिअन्तर्गत मुख्य नेतृत्व र नेतृत्वको टिमलाई पहिला सिध्याउने र विस्तारै सिंगो कम्युनिष्ट आन्दोलन सिध्याउने योजनाबद्ध तयारी उसले ग¥यो
। नेतृत्वलाई सिध्याउने तरिकाअन्तर्गत भौतिकरुपमा सफाय गर्ने, जेल हाल्ने, विभाजित गर्ने, अतिभौतिक सुविधाहरु उपलब्ध गराएर अभिजात वर्गमा रुपान्तरण गर्ने, आफ्ना प्रस्तावहरु घुसपैठ गराएर कम्युनिष्टका प्रस्तावहरु विस्थापित गर्ने, आफ्ना एजेण्टहरु कम्युनिष्ट पार्टीभित्र हुलेर वा कम्युनिष्ट पार्टीभित्रैका केही मानिसलाई खरिद गरेर दरार पैदा गर्ने नीति अख्तियार ग¥यो । निरन्तर शुद्धीकरण, जनसमुदायसँगको अटुट सम्बन्ध र एकताबद्ध हुने र प्रतिरोध गर्ने नीति अंगीकार गर्न नसक्दा कम्युनिष्ट आन्दोलन साम्राज्यवादी नीतिको शिकार बन्न पुग्दोरहेछ । नेपालमा भएको त्यही हो ।
माओवादी आन्दोलनलाई अपराधीकरण गर्ने खतरा
इतिहास जहिले पनि विजेताकै लेखिन्छ । पृथ्वीनारायण शाहले सामन्ती राज्यविस्तार अभियानमा सफलता प्राप्त नगरेको भए उनको इतिहास अर्कै तरिकाले लेखिन्थ्यो । आज माओवादीका सन्दर्भमा पनि त्यही कुरा लागू हुँदैछ । आजको नेपालमा समग्र राजनीतिक समाज माओवादी जनयुद्धले उठाएका एजेण्डामै अगाडि बढिरहेको छ ।

तर , बिडम्बना त्यसको नेतृत्व माओवादीले गरिरहेको छैन । माओवादी एजेण्डाको नेतृत्व अर्कैको हातमा पुग्दा एजेण्डाको अपव्याख्या हुन पुगेको छ । माओवादी जनयुद्धलाई औचित्यहीन साबित गर्नका निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिरहेका छन् । नजाँनिदो पाराले माओवादीले तिनकै स्वार्थ सिद्धि गरिरहेको देखिन्छ । आफ्ना एजेण्डाको रक्षा र विकासका लागि सबै धारका माओवादी दत्तचित्त भएर लाग्नुपर्दछ । जनयुद्धकालीन मुद्धाहरु ब्युँताउने, सामाजिक द्वैष पैदा गर्ने, माओवादीलाई राजनीतिको किनारामा धकेल्ने प्रपञ्च जनयुद्धलाई अपराधीकरण गर्ने मुल उद्देश्यद्वारा परिलक्षित छ ।
एकता र ध्रुवीकरण
माओवादीको एउटा हिस्सा आफ्नो मुल उद्देश्यबाट विचलित भयो । आधारभूत जनतासँगको सम्बन्ध छाडेर अभिजात वर्गमा रुपान्तरण भयो र त्यही वर्गको सेवा गर्ने गरी राजनीतिक कार्यक्रम र संगठनात्मक संरचना निर्माण गर्न थाल्यो । यसले विभाजनको भौतिक आधार खडा ग¥यो । अर्कोतिर पार्टी विपरीतहरुको एकत्व हो भन्ने मान्यताअन्तर्गत संघर्ष गर्दै एकताबद्ध हुने नीति अख्तियार गर्न नसक्दा आत्मगत हिसाबले विभाजनको नियतीमा पु¥यायो । घटनाक्रमले योसावित गरेको छ कि आजका दिनमा कुनै पनि माओवादीले एक्लै हिंडेर उद्देश्यमा पुग्न सक्ने देखिँदैन ।
रुपान्तरण र पुनर्गठन आजको जरुरी आवश्यकता हो । रुपान्तरणअन्तर्गत पहिलो जनदिशा लागू गर्ने, ‘इतिहासका निर्माता जनसमुदाय हुन्’ भन्ने मुल मान्यतालाई आत्मसात गर्ने र दोश्रो राज्यसत्ताको प्रश्न हरेक क्रान्तिको केन्द्रीय प्रश्न हो, त्यसलाई हल गर्ने सवालमा एकरुपता पैदा गर्ने । यी दुईवटा मुख्य अभिभारा पूरा गर्न सक्ने हो भने माओवादी आन्दोलन नयाँ आधारमा पुर्नसंगठित हुने प्रबल सम्भावना छ । आत्मकेन्द्रित व्ययक्तिवाद, जसले पार्टी, आन्दोलन, वर्ग र राष्ट्रलाई होइन आफूलाई केन्द्र भागमा राख्दछ । यो प्रवृत्ति रुपान्तरण र पुनर्गठनको पहिलो बाधक हो । साम्राज्यवादी षड्यन्त्र, जसले कम्युनिष्ट आन्दोलनलाई सखाप पार्न चाहन्छ, दोश्रो बाधक हो । यी दुईवटा आन्तरिक र बाह्य बाधाहरुमध्ये आन्तरिक बाधा नै एकताको मुख्य बाधकाका रुपमा देखिएको छ ।
०७२ सालमा माओवादीहरुले गर्नुपर्ने काम
माओवादी आज पराजित भएको छ । तर पराजय स्विकार गरेको छैन । राजनीतिक इमान्दारिता यो हुनुपर्छ कि पराजय स्विकार गर्ने, पराजयका कारणहरुको वस्तुनिष्ठ समीक्षा गर्ने र विजयको तयारी गर्ने । माओवादी पराजित भएको छ, तर नष्ट भएको छैन । विद्यमान राज्यसत्ता र यसका सञ्चालकहरुले अन्तरविरोधहरुको समाधान होइन, थप चर्काउने काम गरिरहेका छन् ।

मजदूर, किसान र अन्य जनसमुदायका समस्याहरु बिकराल अवस्थामा छन् । बेरोजगारी भयाबह छ । राष्ट्रघात चरमचुलीमा पुगेको छ । सत्ताधारी वर्गले भ्रष्टाचारमा नयाँनयाँ कीर्तिमान कायम गरेको छ । भ्रष्टाचार राज्यको संस्थागत प्रणालीको अभिन्न अंग बन्न पुगेको छ ।
यी बस्तुगत अवस्थामा माओवादीले गर्नुपर्ने कामहरु
१.सर्वहारावर्गीय विश्वदृष्टिकोणको प्रश्नलाई हल गर्ने गरी व्यापक विचारधारात्मक अभियान सञ्चालन गर्नेपर्छ, तदर्थवादमा पार्टी र आन्दोलन सञ्चालन गर्ने प्रक्रियाको अन्त्य गर्नुपर्छ ।
१.सर्वहारावर्गीय विश्वदृष्टिकोणको प्रश्नलाई हल गर्ने गरी व्यापक विचारधारात्मक अभियान सञ्चालन गर्नेपर्छ, तदर्थवादमा पार्टी र आन्दोलन सञ्चालन गर्ने प्रक्रियाको अन्त्य गर्नुपर्छ ।
२. माओवादी एजेण्डा राष्ट्रिय एजेण्डा बनेको छ । त्यसको स्वामित्व ग्रहण र नेतृत्व गर्दै एजेण्डाहरुमा परिमार्जन र विकास गर्नुपर्छ । मुलतः वर्गसंघर्षको मातहतमा संघर्षका अन्य सबै रुपहरुलाई परिचालन गर्ने कुरामा विशेष जोड दिनुपर्दछ । वर्ग संघर्षलाई नजरअन्दाज गरेर अन्य संघर्षहरु सञ्चालन गरेर राष्ट्रिय राजनीतिको नेतृत्व गर्न माओवादीले सक्दैन ।
३. ‘फुटाउ र शासन गर’ को शासक वर्गीय नीतिलाई ‘एकताबद्ध होऊ र प्रतिरोध गर’ को माओवादी नीतिले असफल पार्नुपर्छ । मुलतः आफ्नै शक्तिमाथि भर पर्ने र मिल्ने मुद्धामा संयुक्त मोर्चा कायम गर्न पनि तयार रहनुपर्दछ ।
४. सांस्कृतिका रुपान्तरण माओवादी आन्दोलनको अर्को टड्कारो आवश्यकता हो । माओवादी र परम्परागत संसदवादी शक्तिमा फरक छुट्याउन जनसमुदायलाई अप्ठेरो भइरहेको छ । जनसमुदायको नाँगो आँखाले यी संसदवादी हुन् र यी क्रान्तिकारी हुन् भन्ने छुट्याउन सक्ने अवस्थाको निर्माण हामी आफैंले गर्नुपर्छ ।
(लेखक माहेन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य हुन् )
Subscribe to:
Posts (Atom)

.jpg)

.jpg)

.jpg)

.jpg)