Wednesday, December 9, 2015

रुढी परम्परालाई मान्दैनौ भन्दै क्रियापुत्री बसेन नेता खड्का

राजकरण महतो,बर्दिवास, मंसिर २३ गते ।

सामान्यतया हिन्दु धर्म संस्कृतिमा वुवा आमाको मृत्यु हुदाँ छोराले क्रियापुत्री बस्ने चलन छ । तर एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं महोत्तरी जिल्लाका इन्चार्ज राजु खड्काले आफ्नीे आमाको मृत्यु हुँदा परम्परागत रुपमा क्रियापुत्री बसेनन् ।

 


























खड्काकी ८७ बर्षीय आमा कृष्ण कुमारी खड्काको २०७२ साल मंसिर १२ गते निधन भएको थियो । आफूलाई रुढिवादी परम्परामाथि विश्वास नभएको हुँनाले क्रियापुत्री नबसेको केन्द्रीय सदस्य खड्काले बताए । उनले भने, ‘मलाई मृत्यु पछि गरिने कर्मकाण्ड प्रति विश्वास छैन । हिन्दू धर्ममा आधारित मृत्यु संस्कारमा विश्वास गर्ने खालका कुनै पनि वैज्ञानिक आधार नभएकाले म आमाको किरिया पुत्री नबसेको हो ।’ बुवाआमा जिवित हुदाँ चाहिं एक चम्चा पानी पनि खान नदिने तर मृत्यु भएपछि समाजलाई देखाउनको लागि क्रियापुत्री बस्ने परम्परा रुढिवादी सोचमा आधारित ढोंगी चलन भएको उनको भनाई छ ।

 उनले आफ्ना आमा बुवालाई जीवित हुँदै समयमा उचित खानपान, सम्मान, औषधोपचार र हेरचाह गर्नु पर्नेमा जोड दिएका छन् । तर नेता खड्काका दाजु भने आमाको किरिया पुत्री बसेका छन् । तर खड्काले भने न नुन बारे, न त कपाल नै खौरिय । न सेतो लुगा लगाएर कोरामा नै बसे । उनी आफ्नो घरमा सहानुभूतिको लागि आउने सबैसँग हात मिलाउँछन्, गफ गर्छन्, दुखःुसुखका कुरा गर्छन् ।

आफूलाई जन्म दिने आमा गुमाउँदाको पीडा खड्काको अनुहारमा प्रस्ट देखिन्छ । तर उनी आमाको मृत्यु हुँदा परम्परादेखि चलि आएका कुनै पनि चलन पछ्याउँन चाहँदैनन् । भन्छन्, ‘मृत्युपछि घरमा पंडित बोलाएर गरुढ पुराण भन्ने चलन छ । यसले मानिसमा त्रास र चिन्ता उत्पन्न गराउँछ ।’ गरुढ पुराणले सारमा पंडितलाई दान गरे दान गरेको बस्तु मृत्यु भएका मानिसले पाउने र उनीहरुको स्वर्गमा बास हुने नत्र नर्कमा बास हुने त्रास सिर्जना गर्ने काम गर्ने खड्काको भनाई छ ।


 परिवारमा सदस्य गुमाएको वेलामा राहत दिनुको सट्टा दक्षिणा र दानले मृत परिवारमा झन् पीडा र आर्थिक भार थपिने गरेको खड्का बताउँछन् । नेता खड्काले २०५८ सालमा वुवा खिलबहादुर खड्काको निधन हुँदा पनि क्रियापुत्री नबस्ने प्रयत्न गरेका थिए । तर उनी सफल भएनन् । समाजको दवाबले ८ दिन पछि बाध्य भएर कोरा भित्र पस्नु परेको उनी अहिले पनि सम्झन्छन् । तर आमाको मृत्यूपछि उनी यसपालि क्रियापुत्रि नबसेकोमा कसैले उनलाई दवाव दिएका छैनन् ।

 खड्काले भने,‘समाजमा मैले क्रियापुत्री नबसेकोमा टिका टिप्पणी भइरहेको छ । वुवाआमाको क्रियापुत्री नबसेर समाज विगारेको, परम्परालाई नमानेको जस्ता कुरा चलिरहेको छ, यसप्रति मेरो कुनै गुनासो छैन, नबुझ्नेले पनि पछि विस्तारै बुझ्दै जालान् ।’ आमाको क्रिया नगरेकोमा समाजका मानिसहरु खुशी नरहेको बताउँदै उनले भने, ‘विस्तारै यो चलन हट्छ, अलि जानेबुझेकाले गलत परम्परालाई छाड्ने हिम्मत गर्नु प¥यो, मैले त्यहि गरेको हँु ।’

‘ आमा र आमाको भौतिक शरीर नभए पनि आमाप्रतिको सम्मान र सम्झना भने सँधै ताजा रहनेछ,’ केन्द्रीय सदस्य खड्काले भने,‘हाम्रो परिवारमा आमाको योग्दानलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा बहस चलिरहेको छ ।’

http://www.shirishnews.com बाट साभार 

Saturday, November 21, 2015

भाषा ,संस्कृति ,धर्म र लिपि भनेको नै पहिचान हो- पूर्ण कार्की

भाषा ,धर्म ,संस्कृति र लिपि भनेको १०,३०,३० र ४० बर्षमा सृजना हुने कुरा हैन हजारौं बर्षको मेहनतबाट सृजना हुन्छ , यसमा हाम्रो पू्र्खाको अथक मेहनत ,कला बुद्धि र कौशल लगानी भएको हुन्छ त्यसकारण हामीहरुले आफ्नो धर्म ,संस्कृति ,भाषा र लिपिलाइ सम्मान गर्नुको साथै अरुको धर्म ,संस्कृति ,भाषा र लिपिलाइ पनि सम्मान गर्न सक्नु पर्छ यहि कुरा सबै मानिसले चाहेका छन।
कुनै पनि समाजमा यदि एक  भाषा, एक  धर्म एक  संस्कृति लादन खोज्यौ भने हामीले अरु मानिसको भावनाको हत्या गरिएको हुन्छ।
हिन्दी ,अंग्रेजी स्पेनिस चाइनिज आदि भाषा र संस्कृति “किलर  भासा र संस्कृति” हुन, जसले सानासाना भाषा  र संस्कृतिको हत्या गरेको पाइन्छ।
संस्कृति र धर्मको सवालमा नेपालमा एकले अर्कालाई सम्मान गरेको पाइन्दैन उदाहरणको लागि हामी हिन्दुहरुले गाइलाइ देबि भनी पुज्ने र काटन नपाउने तर राइलिम्बुहरु धार्मिक कार्यमा च्याब्रुङ अनिवार्य बजाउनु पर्ने र च्याब्रुङ बनाउनलाई गाइको छाला चाहिने। कतिपय यस्ता कुरामा राज्य संबेदनसिल नभयकोले नेपालमा अरु जातिले अपनत्वको महसुस गरेका छैनन।
तर तराईको केसमा उनिहरुले हिन्दी भाषालाइ पनि मान्यता दिनुपर्ने भनेका छन जबकी तराईको भाषा राजबंशी,अबधी,मैथिली,भोजपुरी र थारु हो , जबकी हिन्दी भाषा  किलर भाषा हो।

http://ekoshi.com बाट साभार 

Wednesday, November 18, 2015

भागवत् गीता के हो ? के होइन ? - -एस.जी. सरदेसाई (अनुवाद : निनु चापागाईं) |

भागवत् गीता के हो ? के होइन ?

(सन् १९८२ मा ‘माक्र्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’शीर्षकमा निनु चापागाईंद्वारा अनुदित  लेखको यो पहिलो भाग हो । बाँकी क्रमशः प्रस्तुत गरिनेछ । –सम्पादक ।)

एस.जी. सरदेसाई र दिलिप बोसको पुस्तक ‘मार्क्सिज्म एन्ड भागवत् गीता’
एस.जी. सरदेसाई र दिलिप बोसको पुस्तक ‘मार्क्सिज्म एन्ड भागवत् गीता’
गत पन्ध्र सय वर्ष वा त्यसभन्दा अघिदेखि गीता (छोटकरीमा) ले हिन्दुहरूको सामाजिक, धार्मिक र नैतिक जीवनमा यसभन्दा धेरै पुराना तथा ‘प्रकटित’ वेदहरूको भन्दा पनि महत्तर प्रभाव र आधिकारिता प्राप्त गरेको छ । यस अतिरिक्त यसका स्वघोषित पक्षपाती एवम् रक्षकहरूले असङ्ख्य तथा परस्परविरोधी व्याख्याहरू प्रस्तुत गरेका छन् ।
यस्तो किन र कसरी हुन सक्यो ? विभिन्न समय र परिस्थितिहरूका मानिसहरूलाई विविध तथा एक अर्काका विरोधी व्याख्याहरूका लागि आधार प्रदान गर्ने यस काव्यात्मक, धार्मिक कृतिका के त्यस्ता सकारात्मक तथा नकारात्मक आयामहरू छन् ? कि व्याख्याहरू खास सामाजिक तथा विचारधारात्मक रूपरेखामा सीमित छन् कि कुनै पनि खालका र सबै किसिमका अर्थहरू निकाल्न गीतालाई जेजसरी पनि तन्काउन सकिन्छ ?
अन्तर्विरोधी कृति
उदाहरणका लागि हाम्रो स्वतन्त्रताआन्दोलनको अवधिमा अधिकांश हाम्रा देशभक्त (हिन्दु) नेताहरूले आफ्नो राष्ट्रिय अस्मिताको पुनराविष्कारका लागि तथा जनताको आत्मसम्मान, आत्मविश्वास, त्याग र बलिदानको भावनालाई बढाउनका लागि गीताबाट अभिप्रेरणा लिएका थिए । उनीहरूले गीतालाई साम्राज्यवादको विरोधको पक्षमा उपयोग गरेका थिए । यसका विपरीत, स्वतन्त्रतापछिको अवधिमा त्यही गीतालाई ठुलो परिणाममा उल्टो दिशामा प्रयोग गरिएको छ । बढ्दो मात्रामा यो सम्पूर्ण प्रगतिशील र आमूल परिवर्तनकारी शक्तिहरूसित लड्नका लागि जनतामा अन्धविश्वासी, रहस्यवादी, भाग्यवादी विचारहरू भर्न र जनताको मनमा अझ साम्प्रदायिक विषसमेत प्रवेश गराउन भारतीय प्रतिक्रियाको अति महत्त्वपूर्ण विचारधारात्मक हतियार बनेको छ । किन ?
आद्य शङ्कराचार्यले गीतामा ‘आध्यात्मिक’ ज्ञान तथा आत्मोत्सर्ग (ज्ञान तथा सन्यास)को सन्देश देखे । चैतन्य ज्ञानेश्वर तथा विख्यात सन्त कविहरूको दृष्टिमा गीताको अर्थ भक्ति हो, ईश्वरप्रति प्रेम र निष्ठामा डुबेको निरपेक्ष आत्मसमर्पण हो । लोकमान्य तिलक यसले कर्म योग, फलको अलिकति पनि आकाङ्क्षा नराखी गरिने कामलाई व्यक्त गर्दछ भन्दछन् । वास्तवमा तिलकका दृष्टिमा गीताले सत्यम् प्रतिसत्यम्को समेत शिक्षा दिन्थ्यो । यसको अर्थ जस्तालाई त्यस्तै गरी बदला लिनु हो । यसका विपरीत महात्मा गान्धीका दृष्टिमा गीताले हिंसाको विचारबाट प्रदूषित नभएको सत्यलाई सूचित गर्दछ, यसमा खराबीको प्रतिरोध मिसिएको हुन्छ ।
स्वैरकल्पनाजस्तो लागे तापनि ब्रिटिस शासकहरूसमेत आफ्नै शैलीमा गीताका पक्षपाती थिए । उनीहरूको के विश्वास थियो भने भारतीयहरू अति ‘आध्यात्मिक’ तथा परलोकवादी छन्, उनीहरू कुनै भौतिक फलका लागि लालायित छैनन् यसको अर्थ राजनीतिक सत्ताका लागि योग्य छैनन् ।गीताले उनीहरूलाई यस्तो बनाएको भन्ने उनीहरूको विश्वास थियो ।
त्यति मात्रै कहाँ  हो र ? गोल्वाल्करले गीताबाट मुस्लिमहरू यस देशका लागि बिराना हुन् र हरेक केही महिनामा तिनलाई विधिवैधानिक रूपले नै मारिनुपर्दछ भन्ने ‘शिक्षा पाए’ । ..जीवित शङ्कराचार्यले पुनामा केही वर्ष अघि के घोषणा गरे भने महिलाहरू र शुद्रहरू घृणायोग्य छन्, किनभनेगीताका अनुसार ती ‘पापका सन्तान’ (पाप योनि) हुन् । यो सबभन्दा माथि रजनीश र कृष्ण चेतना समाजले गीताका दिव्य गीतमा ‘उन्मुक्तता’ र ‘मुक्त प्रेम’ समेत फेला पारे !
 कस्तो भद्रगोल  ? कुन सही हो र कुन गलत हो कसरी छुट्ट्याउने ? गीताको सम्मान गर्न सम्भवतः तयार हुने, तर यसको छ्यासमिसेपनको अर्थ निकाल्न नसकिने ‘अबोध्य ज्ञान’का सामु आफ्नो बौद्धिकतालाई बन्धक राख्न नचाहने तार्किक व्यक्तित्व कस्तो होला ?
मुख्य उत्तरदायित्व
यो सब अन्यौलका लागि गीता स्वयम्को सारसङ्ग्रहवादी, अस्थिर र आत्म अन्तर्विरोधी स्थिति जिम्मेवार छ ।
यसको उत्तरदायित्व चौतर्फी रूपले महान् ‘भगवान्’ श्रीकृष्णको काँधमा रहेको छ । उनले नै आत्माको अमरत्वको कारणले मृत्युको अयथार्थलाई दार्शनिक रूप दिएर र खराब तथा असलभन्दा माथि उठेर जीवन बिताउने ‘पूर्ण’ मानिस (स्थितप्रज्ञ) लाई गौरवान्वित गरेर आफ्ना बन्धुबान्धबहरूलाई माया गर्ने बिचरा अर्जुनलाई अलिकति पनि संशय नगरी हत्या गर्न बाध्य पारे । वास्तवमा, श्रीकृष्णका सम्पूर्ण गहन प्रवचन सुनेर पनि अर्जुन एक पाइला डेग नचलेपछि उनले अर्जुनलाई विश्वरूप दर्शनबाट आतड्कित बनाए । अर्थात् श्रीकृष्णले आफ्नो मुख बाएर उनलाई तर्साउने काम गरे, अर्जुनले श्रीकृष्णको चाहना र आदेशमा सञ्चालित भैरहेको विश्वब्रह्माण्ड त्यसभित्र देखे ! त्यसपछि मात्र अर्जुन भयावह अपराध गर्न तम्सिए ।
यसको उत्तरदायित्व श्रीकृष्णमा नै छ । उनले गुणहीन तथा रूपहीन (निर्गुण, निराकार) यथार्थलाई एकातिर परम शक्ति हो भनेर जोड दिँदादिँदै पनि अर्कातिर रगत र मासुले बनेका मानव तथा सारथि उनी आफैंलाई सर्वोच्च ईश्वर भनेर र अर्जुनले प्रश्नहीन आज्ञा उनकै मात्र मान्ने हो भन्ने दाबीसमेत गरे ।
यसको उत्तरदायित्व श्रीकृष्णको काँधमा किन छ भने उनले एकातिर फलको आशा नगरी काम गर्नुपर्छ भन्ने ठुलठुला भाषण एकातिर छाँटे (ii, 37) ! भने अर्कातिर अर्जुनलाई युद्धमा मरिहाल्यौ भने स्वर्ग (दिव्य अप्सराहरूको सङ्गत र सुराको बटुको त पक्का नै हुने भयो) मा जानेछौ र युद्ध जित्यौ भने साम्राज्य पाउनेछौ भनेर प्रलोभन दिए (ii, 37) ।
अनि यो सबमा हाँसउठ्दो कुरो के छ भने अन्ततिर (xi, 33) श्रीकृष्ण अर्जुनलाई के समेत भनेर विश्वास दिलाउँछन् भने उनले नै समग्र शत्रु सेनालाई मारिसकेका थिए र अर्जुन त तिनको नभई नहुने विपत्तिको प्रत्यक्ष कारण मात्र बन्न पुगेका हुन् ! क्या महान् ईश्वर जसले थर्थरी कामेर संत्रस्त भएका अर्जुनमा शौर्य भर्दछ र कस्तो ठुलो योद्धा जो समाप्त भैसकेको शत्रुमाथि आक्रमण गर्दछ !
गीतामा यस्ता सयौं प्रस्टसित देखिने असङ्गति र हास्यास्पद स्थितिहरूसमेत भेट्टाउन सकिन्छ । तर हामी त्यस्ता दृष्टान्तहरूबाट पाठकलाई जोगाउन चाहन्छौं ।
यो सब कुरा छाडौं । हामी यस रहस्यको समाधानको नजिक पनि पुगेका छैनौं । र कुरो के भने यस्ता अस्थिर र अहम्वादी कुराहरूको सङ्ग्रहले हाम्रो इतिहासमा कसरी त्यति धेरै जनतालाई मानवताको माया गर्न र तल्लो वर्ग र पछि परेकाहरूको उन्नति गर्नका लागि उत्प्रेरणा दियो होला ? कसरी यसले उनीहरूलाई आफ्नो जीवनको लक्ष्यलाई दृढताका साथ पछ्याउने विश्वास दियो होला ? आफ्नो हातमा गीता बोकेर हाम्रा प्रारम्भकालका क्रान्तिकारीहरूले फाँसीमा चढ्ने साहस गरे होलान् ? यस्ता श्लोकहरूले कसरी करोडौं भारतीयहरूको मनलाई त्यसो गर्न शताब्दी अघिदेखि अहिलेसम्म पनि मन्त्रमुग्ध पारेको होला ?
यस रहस्यको समाधान अमूर्त तर्क वा रौंचिरा पार्ने उपदेशका राशिहरूले गर्न सक्तैनन् । गीता जन्मिएको ऐतिहासिक परिस्थिति र यसले हासिल गर्न खोजेको ऐतिहासिक लक्ष्यहरूको दृष्टिबिन्दुबाट यसलाई हेरेको खण्डमा मात्र हामी यस रहस्यलाई फुकाउन सक्नेछौं । त्यसो गरेको खण्डमा मात्र हामीले यसका असङ्गतिहरूलाई यसमा रातो धागोजस्तै प्रस्ट रहेको सङ्गतिको अनुसेवी अंशहरू हुन् भनेर बुझ्न सक्नेछौं ।
समालोचक तथा अनुवादक निनु चापागाईं
समालोचक तथा अनुवादक निनु चापागाईं
उपनिषद्हरू
लगभग इस्वी युगको प्रारम्भ र इस्वी सम्बत् २५० को अवधिभित्र कुनै बेला गीता सङ्ग्रहित भएको हुनुपर्दछ । यसलाई जान्ने हो भने उपनिषद्कालसम्म पुग्नुपर्ने हुन्छ र गीता जन्मिएको समयसम्मको उत्तरवर्ती ऐतिहासिक विकासलाई उल्लेख गर्नुपर्ने हुन्छ ।
उपनिषद्कालमा द्वन्द्वका रूपमा वर्गसङ्घर्ष एकातिर शुद्र तथा उल्लेख्य मात्रामा वैश्य र अर्कातिर ब्राह्मण तथा क्षत्रियहरूका बीचमा अति तीब्र बन्न पुगेको थियो । शुद्रहरूका साथै ती भन्दा तलका (चाण्डाल आदिको) को ‘नागरिक’ अवस्था अत्यन्त त्रासदायक थियो । उनीहरू मानव प्राणी होइन आफ्ना मालिकको इच्छाअनुसार मार्न र कुट्न सकिने मात्र दुइखुट्टे जनावर थिए । शुद्रजस्तै उत्पीडित र शोषित नभए तापनि वैश्यहरू पनि माथिल्ला दुइ वर्णहरूबाट पूर्णतया तिरस्कृत थिए ।
त्यस अवधिमा जनजातीय मुखिया तथा राजाहरूको र खासखास ठाउँमा अल्पसङ्ख्यक जनजातीय गणतन्त्रको उदयसमेत भएको थियो । यसको अर्थ समतावादी जनजातीय प्रथा एवम् परम्पराको उपेक्षा थियो, यद्यपि अति मन्द आर्थिक विकासका कारणले तिनको उन्मूलन भने भैसकेको थिएन ।
यही सामाजिक–धार्मिक जीवनको परिप्रेक्ष्यमा उपनिषद्हरूको विकास भएको थियो र ती आत्मा, ब्रह्मा, कर्म, पुनर्जन्म, र मोक्षका सिद्धान्तहरूसित अन्तर्सम्बन्धित थिए । विचारहरूको यस समग्र प्रणाली वा व्यवस्थाको एकदमै ठूलो वर्ग चरित्र थियो ।
वास्तविक जीवनमा यसको अर्थ के थियो भने ब्राह्मण तथा क्षत्रियहरू यस धरती र स्वर्गका मालिक थिए । किनभने आफ्नो अघिल्लो जन्ममा उनीहरूले पुण्यका कर्म गरेका थिए भने शुद्र र वैश्यले आफ्नो अघिल्लो जन्ममा पापहरू गरेका कारणले आफुभन्दा माथिका ब्राह्मण र क्षत्रियका लागि पसीना बगाउनु र श्रम गर्नुपर्ने हुन्थ्यो ।
जीवनपछि मुक्ति पाउनका लागि उपनिषद्हरूले वकालत गरेको बाटो ज्ञान मार्ग थियो । यसको अर्थ व्यक्ति आत्मा (आत्मा) र ब्रह्माण्डीय आत्मा (ब्रह्मा)को एकता हासिल गर्न वेदहरू तथा गहन ध्यान (बढी महत्त्व तपस्वी जीवनसित संयोजित) को एकाधिकार थियो । यो बाटो नितान्त ब्राह्मण तथा क्षत्रियहरूका लागि आरक्षण गरिएको कारणले यथार्थमा भन्नु पर्दा उपनिषद्हरूमा सम्पूर्ण शुद्र र वैश्यहरूका लागि मुक्तिको मार्ग छैन । उनीहरूको मार्ग भनेको अर्काे जन्ममा वर्णको भ¥याङ्मा माथि उक्लने आशा राखेर काम गर्नु र मर्नु मात्र हो ।
ऋग्वैदिक–उपनिषद्कालका शासक वर्णहरू क्रूर रूपले हृदयहीन तथा दयाहीन थिए । युद्ध, लुटपाट तथा हिंसा नै तिनको सिद्धान्त थियो । प्रेम, सहानुभूति र दयाका लागि ऋग् वेद वा उपनिषद्मा कुनै स्थान छैन । तमुरलेन ऋग्वेदिक ईश्वरहरूको सर्वाधिक शक्तिशाली ईश्वर ‘शत्रु’ शिविरमा आगो र तरबार बर्साउने इन्द्रको अति राम्रो चेला हुन सक्थ्यो।
मगधकाल 
मगध सभ्यता क्रमशः गङ्गा उपत्यकामा अघि बढ्दै मगध (दक्षिण बिहार) मा लगभग ७०० इशा पूर्वदेखि ५०० इशा पूर्वमा आइपुग्यो । त्यहाँ  यसले अपरिष्कृत फलामको धातु यति धेरै मात्रामा आविष्कार ग¥यो कि त्यो उपनिषद्कालको अन्तमा अकल्पनीय तथा सोच्नै नसकिने थियो । वास्तवमा उपनिषद्काल र मगधकालको विभाजनरेखा नै ठुलो मात्रामा फलामको आविष्कार गर्नु तथा त्यसलाई गाल्ने र पिट्ने गरेर ज्यावलहरू, सरसामानहरू र हातहतियारहरू असङ्ख्य मात्रामा बनाउनु थियो । म त अझ कतिसम्म भन्न चाहन्छु भने यो भारतको प्राचीन तथा मध्ययुगीन लामो इतिहासमा महान् विभाजन हो ।
यस लेखको विषयवस्तु धर्म एवम् धार्मिक संस्थाहरू भए तापनि सङ्क्षिप्तमा अति ठुलो मात्रामा मगधकालमा भएको फलामको भण्डारणको परिणामस्वरूप त्यसले सामाजिक जीवनको हरेक क्षेत्रमा पारेको विशालतम परिवर्तनको व्याख्या गर्नु आवश्यक हुन्छ । यसका साथै पूर्वपुँजीवादी समाजहरूको तर्काधार तथा बन्धनकारी विचारधारात्मक शक्ति बनेका धार्मिक सिद्धान्तहरू एवम् संस्थाहरू स्वयम् पनि समग्र सामाजिक–आर्थिक विकासका उत्पाद हुन् । यस्तो विकास एवम् विकासको सन्दर्भको अभावमा तिनको वास्तविक अर्थ र महत्त्वलाई बुझ्नै सकिन्न । धर्मको निरूपणलाई त्यसको निरूपणमा मात्र सीमित गर्न सकिन्न । धर्मको प्राचीन भारतीय परिभाषा धारयति इति धर्मः निकै अर्थपूर्ण छ । यसको अर्थ हो ‘धर्मले (समाजलाई) सहारा दिन्छ, सबलाई मिलाएर राख्तछ’ ।
फलामको अर्थ बन्चराहरू, कोदालाहरू, फालीहरू, किलाकाँटीहरू, रथको चक्काको बाहिरी किनाराहरू, ज्याबलहरू, हस्तकलाका नयाँ उपकरणहरू, तरबारहरू आदि आदि हो । केही आधारभूत रासायनिक प्रक्रियाहरूको विकास हुनैपर्दथ्यो । उदाहरणका लागि छाला र छालाका उत्पादहरूलाई राम्ररी पक्का बनाउने काम अनिवार्य नै थियो । आरनले फलामको उत्पादनलाई विकसित ग¥यो ।
बन–जङ्गलहरू साफ गरियो । कृषिमा सुधार हुनुका साथै कृषि क्षेत्रमा ठुलो विस्तार आयो । सडकहरू बने, अझ राम्रा र ठुला जहाज बने, व्यापार तथा यातायातको विस्तारले फड्को हान्यो । मुद्रा अर्थतन्त्र, वास्तविक सहर एवम् नगर यसपछि बन्न थाले । अति चाँडो जनसङ्ख्यामा वृद्धि आयो, साथै जीवननिर्वाहका साधनहरू बढे । सभ्यताको भौगोलिक क्षेत्रमा असाध्यै ठुलो विस्तृति आयो ।
आमूलवादी राजनीतिक परिवर्तनहरू, संस्थाहरू एवम् प्रशासनिक व्यवहारमा परिवर्तनहरू अपरिहार्य एवम् आवश्यक बन्न पुगे । जनजातीय वफादारीमा आधारित ससाना उपनिषद्कालीन जनजातीय राजतन्त्र एवम् गणतन्त्रहरू प्रादेशिक राजतन्त्रहरूद्वारा विस्थापित हुन थाले । नयाँ अर्थतन्त्रका लागि उपभोग एवम् औद्योगिक उत्पादहरूको विकासको चालक साधनका रूपमा शक्तिशाली, केन्द्रीकृत राज्यहरूको आवश्यकता थियो । मगध राज्यले उद्योग तथा व्यापारको महत्त्वपूर्ण क्षेत्रहरूमा प्रत्यक्ष रूपले हात हाल्यो । सब खालका करहरू व्यवहारमा ल्याइए, विशाल, तलबी नागरिक प्रशासनयन्त्र खडा गरियो । युद्धका मुख्य हतियारका रूपमा तरबार, बर्छा र रक्षा कवचहरूले धनु, बाण तथा गदालाई विस्थापित गर्न थाले । स्थायी फौज–पैदल सेना तथा घोढचढी सेना–ले पहिलेको रथमा चढेर युद्धमा जाने क्षत्रियहरूको ठाउँ लियो । मगधकालका सबैजसो राजाहरू नवधनाढ्यहरू तथा सैनिक क्रियाकलापमा साहसको कार्य गर्नेहरू थिए, जन्मले क्षत्रिय कुलका थिएनन् । पवित्र ब्राह्मण पौरोहित्यलाई नन्दान्तम् क्षत्रिय कुलम् (क्षत्रिय भारदारहरू एवम् शासकहरू नन्दहरूसितै अन्त भए) भन्ने घोषणा गरियो र यसमा कुनै अनौठो कुरो थिएन ।
राधाकृष्ण । पेन्टिङ स्रोत : डब्ल्युएचओए डट इन ।
राधाकृष्ण । पेन्टिङ स्रोत : डब्ल्युएचओए डट इन ।
देशको सांस्कृतिक तथा राजनीतिक केन्द्र स्वाभाविक रूपले नै उपनिषद्कालीन मथुरा–हस्तिनापुर–इन्द्रप्रस्थ क्षेत्रबाट राजगृह र पाटलिपुत्रमा स¥यो । यो समग्र विकासको उत्कर्ष मौर्यसाम्राज्यमा भयो, यसको चरम अवस्था भने अशोकको राज्यकाल थियो । त्यतिखेर यसका सीमाहरू उडिसा, मथुरा र गान्धारसम्म फैलिएका थिए । यो इशा पूर्व २०० को समय थियो ।
भारतीय–आर्यहरूको पहिलो लिपि ब्राह्मी मगधकालमा नै विकसित भएको हो । विज्ञानको प्रणालीबद्ध विकास खास गरी चिकित्सा, खगोल विद्या (गणित ज्योतिष) र गणितशास्त्रको विकास पनि यही युगमा प्रारम्भ भएको थियो ।
यी सब विकासहरूले सामाजिक–धार्मिक जीवन तथा बौद्धिक विवेचना र सोधखोजमा अतिशय ठुलो प्रभाव पारे : मगधअवधिले महान् सामाजिक हलचल ल्यायो, म त यसलाई सामाजिक ‘आन्दोलन’ नै भन्ने गर्दछु ।
यस हलचलको केन्द्रिय बिन्दु के थियो त ? उपनिषद्कालीन समाजका धार्मिक विचारहरू एवम् संस्थाहरूको संरचनामाथि प्रश्न उठाउनु नै यसको केन्द्रिय तत्त्व थियो । चातुर्वण्य (आधारभूत चार जातिको व्यवस्था), वेदहरूको विश्वसनीयता, ब्रह्मा, आत्मा, यज्ञ, कर्म सिद्धान्त, पुनर्जन्म र मोक्ष सबलाई अचानोमाथि राखियो र सबलाई चुनौती दिइयो ।
सबैले के मान्नैपर्छ भने उपनिषद्कालीन समाजको विशिष्ट संरचना थियो तापनि यो सङ्ख्या एवम् भौगोलिक विस्तारका दृष्टिले मगधकालीन समाजभन्दा निकै सानो थियो । यसको संरचना एवम् विचारधारा विशालतर एवम् निकै जटिल मगधको समाजको अनुकूल हुन सक्तैनथ्यो ।
प्रारम्भिक बुद्धवादको भूमिका
नयाँ हलचलको मुख्य माध्यम एवम् प्रतीक बुद्धवाद नै थियो । वास्तवमा यो हलचल आफ्नो व्यापकतामा निस्सन्देह निकै व्यापकतर थियो तापनि यो बुद्धवादमा विशिष्टीकृत भएको थियो । यही कारण सामाजिक–विचारधारात्मक दृष्टिकोणबाट मगधकाललाई बुद्धवादी कालका रूपमा पनि उल्लेख गरिन्छ ।
शुद्र, अछुत, आम वैश्य जनसमुदाय, विभिन्न आदिम जातिहरू, दासहरू, ज्यालादार कामदारहरू, मोहीहरू र ‘स्वतन्त्र’ किसानहरूले समेत विविध खालका र असङ्ख्य दासत्व, बाध्यकारी श्रम, महसूल तथा कर, असमानता, शोषण–उत्पीडन आदिको मार खप्नुपर्दथ्यो । जुनसुकै रूपको शोषण बेहोर्नुपरे तापनि भोक, अभाव र शरीरले बेहोर्नसमेत कठिन पर्ने श्रम तीमध्ये अधिकांशको भागमा पर्दथ्यो । एउटा सीमासम्म उपनिषद्कालको तुलनामा धेरै शुद्रहरूको स्थितिमा सुधार आयो, विशाल नयाँ समाजमा उनीहरूलाई दुइखुट्टे जनावरका रूपमा व्यवहार गर्नु न सम्भव थियो न त आवश्यक नै ।
अनिवार्यतः सामाजिक विपत्ति, दुःखकष्ट र सन्तापमा वृद्धि आयो । जातिपातीको जटिलता (हाँगाबिगाँ) यति विशाल भयो कि (त्यसको कारणबारे हामी यहाँ चर्चा गर्न सक्तैनौं) एउटा वर्णका परिधीय उपजाति (पेरिफेरल सब कास्ट्स्)लाई त्यसको निकटतम अर्को वर्णको परिधीय उप जातिबाट छुट्ट्याउनै गाह्रो हुन थाल्यो । ब्राह्मणका तल्लो तहका उपजातिहरू हुन्थे, तर तिनलाई उच्च ब्राह्मण पुरोहितले ब्राह्मणका रूपमा मान्यता दिँदैनथ्यो । आफुलाई क्षत्रिय भनेर दाबी गर्नेहरू पनि थिए, तर तिनलाई पनि ब्राह्मण पुरोहितहरू शुद्रका रूपमा बदनाम गर्दथे । हामीहरूलाई थाहा नै छ यो झगडा अहिलेसम्म पनि जारी छ ।
बुद्ध भनेर पछि संसार प्रसिद्ध भएका असाध्यै मानवगुणसम्पन्न राजकुमार गौतम यो सामाजिक वर्णसड्करता र दुर्गतिका विरुद्ध अघि आए र उनले केही नियमहरू विकसित गरे । उनी समतामूलक जनजातीय परम्परा जीवितै रहेको एउटा सानो जनजातीय राजपरिवारसित सम्बन्धित थिए ।
निस्सन्देह, उनले चुनौती दिनैपर्ने र दिएको पहिलो कुरो औपनिषदीय ब्राह्मण प्रभुत्वको अविभाज्य आधारस्तम्भ बनेका वेदहरूको अमोधत्व थियो । यस अतिरिक्त बुद्ध ब्रह्म, आत्मा र जाति प्रथाका विरुद्ध अघि सरे ।
बुद्ध हिंसाका विरुद्ध उभिए, धर्मयोद्धाका रूपमा उनले अहिंसा, करुणा र मानवतावादको पक्ष लिए । यस सन्दर्भमा के कुरो मनन गर्न आवश्यक छ भने ठूलो मात्रामा गाइवस्तु र घोडाहरूको बध गरिने यज्ञ बलिहरूको बुद्धले चर्को रूपले विरोध गरेका थिए । पशुबलि पशुचारी समाजमा ठिकै थियो, तर कृषि र व्यापारको युगमा प्रवेश गरेको समाजका लागि यो एकदमै अलाभकर थियो ।
स्वाभाविक रूपले जेको विरोध गरिएको हो, त्यसका ठाउँमा अरू केही पुनस्र्थापित गर्न आवश्यक हुन्छ । समाज शून्यमा बाँच्न र सञ्चालन हुन सक्तैन । यससित आफुलाई बाँध्ने केही भौतिक र आत्मिक शक्ति हुन जरुरी छ ।
यस कारण बुद्धले के प्रतिपादित गरे भने संसारको रचना कसैले गरेको होइन, यो सधैं अस्तित्वमा थियो र अविच्छिन्न परिवर्तनसहित यो अस्तित्वमा रहिरहनेछ, आफ्नो परिवर्तनका नियमहरूअनुसार अस्तित्वमा रहिरहने छ ।
उनले एकदमै ठीकसित के प्रतिपादन गरे भने मानिसहरू पहिले समानताको र भ्रातृत्वको जीवनमा बाँचेका थिए । त्यसपछि लोभले, धनको तृष्णाले, हिंसाले र निजी सम्पत्तिले जन्म लिए । विपत्ति, दुःख कष्ट र सन्तापका कारण यिनै हुन् ।
त्यसो हो भने यसबाट मुक्त हुने उपाय के हो त ? पहिलो, सद्गुण र सत्यको जीवन अपनाउनु, र त्यत्तिकै महत्त्वपूर्ण कुरो सङ्घहरू गठन गर्नु हो । सङ्घका सदस्यहरूले निजी सम्पत्ति राख्ने छैनन् र जातीय विभेद र असमानतालाई परित्याग गर्नेछन् ।
बुद्धवाद एउटा अर्को पक्षमा पनि उपनिषदीय सामाजिक–धार्मिक संरचनाभन्दा उन्नत थियो । यो सबका लागि समान रूपले खुला थियो, व्यक्तिका रूपमा व्यक्तिहरूका लागि खुला थियो । तर अर्को संरचनामा व्यक्तिहरूका लागि प्रवेश पाउने अवसर नै थिएन । जोकोही प्रदत्त जातिमा जन्मिएको हुन्थ्यो र यस कारण शुद्र र वैश्यहरू माथि उक्लन र ब्रह्मण र क्षत्रिय बराबर हुन सक्तैनथे ।
यस उद्देश्यका लागि बुद्धले नथाकीकन आफ्नो सम्पूर्ण जीवन लगाए । हिजोआज हामीले भन्ने गरेको पदयात्रा र आम जनअभियान नभएर उनको अन्तहीन यात्रा र प्रवचन (उपदेश) अरू के हुन् त ? के प्रारम्भको बुद्धवादलाई आन्दोलन भन्नु गलत हुन्छ ?
बुद्धभन्दा पनि बढी आमूल परिवर्तनकारी अरू थिए । अजित केश काम्बलीको मत थियो । लोकायतहरू थिए । यी दुवै दर्शनशास्त्रको क्षेत्रमा र जातिप्रथाको खण्डन गर्ने कार्यमा अझ बढी निर्भीक र साहसी थिए । तर मैले अघि बढ्नु छ ।
भारतमा बुद्धवाद कहिल्यै जनधर्म हुन पाएन । तर यो वैदिक–औपनिषदिक–ब्राह्मण धर्मको सामाजिक, विचारधारात्मक र आत्मिक प्रभुत्वलाई हल्लाउन भने शक्तिशाली साबित भयो । औपनिषदिक धर्म, यसको शास्त्रीय रूपमा फेरि कहिल्यै भारतमा पुनर्जीवित हुन सकेन ।
बुद्धवादको पतनका कारणहरू हाम्रो विषयसित सन्दर्भित छन् र तिनका बारेमा छोटकरीमा भन्नु उपयुक्त हुनेछ ।
सर्वप्रथम, जाति र निजी सम्पत्तिबिनाको सङ्घको बुद्धको प्रयोग स्वैरकल्पना थियो र सबै काल्पनिक आदर्शहरू जसरी नै यसको अन्त हुनु स्वाभाविक थियो । किनभने स्वैरकल्पनाहरू समकालनीन ऐतिहासिक अवस्थाको यथार्थमा आधारित हुँदैनन् ।
दोस्रो, तथ्य के हो भने बुद्धले अधिकांश विषयहरूमा सम्झौताको स्थिति अवलम्बन गरेका थिए । त्यस्तोमा प्रस्ट रूपले अनीश्वरवाद र भौतिकवादमा आधारित भएको धर्मले लामो समयसम्म आफ्ना सैद्धान्तिक प्रस्थापनाहरूलाई वहन गर्न सक्तैन । ईश्वर, अन्धविश्वास, धर्म, मोक्षको चाहनाजस्ता कुराहरू मुख्यतः प्रकृतिका सामु मानिसको निरीहता र शोषणकारी, दमनकारी शासकीय वर्गहरूका सामु उत्पीडित जनताको कमजोरीको उत्पाद हो । जहिलेसम्म यी अवस्थाहरूको अस्तित्व रहन्छ ईश्वर, अन्धविश्वास र धर्मको अन्त हुँदैन । वास्तवमा, श्रमजीवी जनताको सामाजिक मुक्तिपछि, प्रकृतिमाथि मानवको पर्याप्त मात्रामा नियन्त्रण भएपछि र समाजले सामान्यतया जीवनका बारेमा वैज्ञानिक दृष्टिकोण विकसित गरेपछि पनि ईश्वर र धर्मले लोप हुन लामो समय लिन्छन् । समाजवादी मुलुकहरूको अनुभवले के पुष्टि गर्दछ भने यो असाध्यै दीर्घकालीन, कठिन प्रक्रिया हो ।
तेस्रो, जाति भारतमा एक साथ सामाजिक, धार्मिक र आर्थिक सङ्गठनसमेत हो । आधुनिक औद्योगीकरणले जातिप्रथालाई कमजोर बनाउन मात्र थालेको छ, यसलाई समाप्त पारेको छैन । बुद्धको समयमा, यो पूर्णतया असम्भव थियो । त्यो दुर्भेद्य किल्लाका सामु बुद्धवाद भुत्ते साबित भयो ।
र अन्तिम कुरो, सबै धर्मसरह यो पनि धन–सम्पत्तिका मालिक र राजनीतिक सत्ताको आज्ञाकारी बन्न पुग्यो । वास्तवमा, बुद्धवादको पुरेतवाद स्वयम् विलास, आडम्बर र परजीवी जीवनका सम्पूर्ण अधःपतनहरूको दलदलमा भासियो ।
बुद्धवादी पुरोहितहरूले बुद्धलाई समेत ईश्वरको शरीर धारण गरेको अवतारमा परिणत गरे । अनीश्वरवादी धर्मका ढोकाहरू जादू, मूर्तिपूजा र भूतप्रेतका लागि समेत खुला गरियो । बुद्धवादले गरेको एउटा कुरा भने रहिरह्यो । त्यो भनेको अज्ञानी गरिब जनसमुदायलाई मुक्तिको आशा दिनु हो, यो दिन उपनिषदीय समाजले उनीहरूलाई पूर्णतया अस्वीकार गरेको थियो । त्यसले त उनीहरूलाई मानवसम्म पनि मान्दैनथ्यो ।
क्रमशः…

यस लेखको उद्देश्य कमरेड दिलीप बोसले लेखेको ‘भगवत् गीता र हाम्रो राष्ट्रिय आन्दोलन’ भन्ने लेखको परिचय दिनु थियो । तर उनको निबन्धले उठाएको मुख्य समस्याका जरा र हाँगाबिगाँहरू कतिसम्म दूरगामी थिए भने यस परिचयले छुट्टै स्वतन्त्र लेखको आकार लियो । –एस.जी. सरदेसाई

नेपाली समाज भारतीय संस्कृतिबाट अत्यन्त प्रभावित छ । हिन्दु धर्मका अधिकांश धार्मिक ग्रन्थहरूको असर नेपाली समाजमाथि पनि नराम्ररी परेको छ । आध्यात्मिक चिन्तनका गहिरा जराहरू समाजको तलसम्म फैलिएको कारण हाम्रो समाजले आधुनिक तथा वैज्ञानिक धारणा बनाउन निकै कठिन हुने गरेको छ । आफुलाई आधुनिक तथा वैज्ञानिक हुँ भन्नेहरूसमेत हिन्दु धर्म र भारतीय आध्यात्मिक दर्शनको मोहपासबाट मुक्त हुन नसकेको स्थिति हाम्रो छ । वेद, उपनिषद्, पुराण, महाभारत, रामायण र भगवत् गीताजस्ता ग्रन्थहरूलाई सामाजिक ऐतिहासिक परिप्रेक्ष्यमा राखेर सही दृष्टिकोण निर्माण गर्ने आवश्यक काम हामीमध्ये धेरैले गर्न सकेको अवस्था छैन । यही स्थितिलाई दृष्टिगत गरेर यो लेख उल्था गरिएको हो । यो लेख पिपुल्स पब्लिसिङ् हाउस प्राइभेट लिमिटेड, नयाँ दिल्लीद्वारा प्रकाशित कृति मार्क्सवाद र भगवत् गीताको पाँचौँ  पुनर्मुद्रण २००२ बाट अनुवाद गरिएको हो । यस लेखकको शीर्षक ‘गीताको रहस्य’ हो र लेखक एस.जी. सरदेसाई हुन् । तर यस किताबका लेखक भने उनी मात्र नभएर दिलीप बोससमेत हुन् । कृतिमा बेग्लाबेग्लै शीर्षकका तीनवटा लेख समावेश छन् । ती सबको अनुवाद भैसकेको छ र यथासमय प्रकाशनमा आउने विश्वास मैले लिएको छु । यस लेखले भगवत् गीताकाबारेमा रहेका भ्रम र अन्यौलहरूलाई हटाउन केही हदसम्म सहयोग पु¥याउला भन्ने विश्वास मैले लिएको छु । भारतीय दर्शन र संस्कृतिले पारेको नकारात्मक पक्षबाट बच्न पनि यसले थोरै भए पनि मद्दत गर्ला भन्ने आशासमेत छ । -निनु चापागाईं

http://emulyankan.com बाट साभार 

Thursday, October 22, 2015

रावण दहन नहीं शहादत दिवस

रावण दहन नहीं शहादत दिवस


महिषासुर प्रतिमाImage copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
Image captionमैसूर में लगी महिषासुर की मूर्ति भारत में असुरों के सम्मान का प्रतीक बनी हुई है.
झारखंड में नेतरहाट की पहाड़ियों पर बसे असुर आदिवासी विजयादशमी (दशहरा) को महिषासुर की पूजा करेंगे. उनकी पूजा झारखंड के पड़ोसी राज्य पश्चिम बंगाल के पुरुलिया ज़िले के काशीपुर प्रखंड में भी होगी.
यहां साल 2011 से महिषासुर का शहादत दिवस मनाया जा रहा है.
असुर महिषासुर को अपना पूर्वज मानते हैं. इस जनजाति की संख्या तेज़ी से घट रही है. झारखंड के अलावा पश्चिम बंगाल और छत्तीसगढ़ में भी असुर आदिवासियों की बस्तियां हैं.
महिषासुर शहादत दिवस मनाते आदिवासी.Image copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
असुरों में कम ही लोग पढ़े-लिखे हैं.
एकमात्र असुर कथाकार सुषमा असुर ने बताया कि महिषासुर का असली नाम हुडुर दुर्गा था. वह महिलाओं पर हथियार नहीं उठाते थे. इसलिए दुर्गा को आगे कर उनकी छल से हत्या कर दी गई.
वह कोई युद्ध नहीं था. वह आर्यों-अनार्यों की लड़ाई थी. इसमें महिषासुर मार दिए गए.
सुषमा कहती हैं, ''मैंने स्कूल की किताबों में पढ़ा है कि देवताओं ने असुरों का संहार किया. हमारे पूर्वजों की सामूहिक हत्याएं कीं.''
सुषमा असुरImage copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
उन्होंने कहा, ''हमारे नरंसहारों के विजय की स्मृति में ही हिंदू दशहरा जैसे त्यौहार मनाते हैं. इसलिए, हम अगर महिषासुर की शहादत का पर्व मनाएं, तो इसमें किसी को आपत्ति नहीं होनी चाहिए.''
आदिवासी मामलों पर लिखने वाले अश्विनी पंकज बताते हैं कि महिषासुर सिर्फ झारखंड में नहीं पूजे जाते. उनकी पूजा छत्तीसगढ़ और पश्चिम बंगाल के अलावा दक्षिण में भी होती है.
Image copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
कर्नाटक के मैसूर में उनकी विशाल प्रतिमा भी लगी है. असुर बच्चे मिट्टी से बने शेर के खिलौनों से खेलते तो हैं, लेकिन उनके सिर काट कर.
उनका विश्वास है कि शेर उस दुर्गा की सवारी है, जिसने उनके पुरखों का नरसंहार किया था.
पंकज कहते हैं, ''महिषासुर को खलनायक बताने वाले लोगों के उनके नायकत्व की भी पढ़ाई करनी चाहिए.''
साल 2008 की विजयादशमी में तत्कालीन मुख्यमंत्री शिबू सोरेन ने रांची के मोराबादी मैदान में होने वाले रावण दहन के कार्यक्रम में शामिल होने से इनकार कर दिया था. उनका कहना था कि रावण आदिवासियों के पूर्वज हैं. वे उनका दहन नहीं कर सकते.
Image copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
Image captionधनबाद के निरसा में पिछले साल हुए महिषासुर शहादत दिवस की फाइल फोटो.
पुरुलिया ज़िले के काशीपुर में महिषासुर शहादत दिवस का आयोजन करने वाले चरियन महतो ने बीबीसी को बताया कि शिखर दिशोम खेरवार विर लाक्चर कमिटी के तहत इस उत्सव का आयोजन होता है.
इसमें शामिल होने के लिए देश के कोने-कोने से लोग आते हैं. सन 97 से ही यह उत्सव मनाया जा रहा है. लेकिन 2011 से इसका आयोजन बड़े स्तर पर हो रहा है.
(बीबीसी हिन्दी के एंड्रॉएड ऐप के लिए आप यहां क्लिक कर सकते हैं. आप हमेंफ़ेसबुक और ट्विटर पर फ़ॉलो भी कर सकते हैं.)
http://www.bbc.com बाट साभार 

Thursday, October 15, 2015

दशैँ : एक पर्व र प्रकोप- आहुति

नेपाली हिन्दूहरूको ठूलो चाड दशैँ सामाजिक–सांस्कृतिक र धार्मिक पर्व हो । नेपालमा दशैँ मात्र त्यस्तो पर्व हो, जसमा राज्यकै प्रत्यक्ष सहभागिता र लगानीमा व्यापक मात्रामा विभिन्न दशैँ–गतिविधि हुन्छन् । दशैँको सुरुवात, विकास र वर्तमान सान्दर्भिकताबारे नेपालको वाम–लोकतान्त्रिक राजनीतिक आन्दोलन र विभिन्न सांस्कृतिक आन्दोलनमा बहस–छलफल–प्रश्न उठ्ने गरेका छन् । ‘मूल्याङ्कन’ले हरेक वर्ष यस विषयमा अन्तक्र्रिया गर्दै चलाउँदै आएको थियो । दशैँ पर्व र त्यसले निम्त्याउने असामाजिक प्रकोपबारे साहित्यकार तथा राजनीतिज्ञ आहुतिले हालै लेखेको एक लेख यहाँ प्रस्तुत गरिएको छ । यो लेख ‘शुक्रबार’ साप्ताहिक (२०७२ असोज २९) बाट साभार गरिएको हो : सम्पादक ।

Ahuti Comrade
साहित्यकार/राजनीतिज्ञ आहुति ।
दशैँको सुरुवात :
कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्र्याउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्वहरू पनि यसै कोटीमा रहेको पाइन्छ । दक्षिण एशियाको सिन्धु उपत्यका र गंगा मैदान कृषिका निम्ति शानदार भूमि रहिआएको छ । त्यही सिन्धु उपत्यका र गंगा मैदानमा विकसित कृषि युगसँगै बाली भित्र्याएपछिको उत्सवका रूपमा दशैँ पर्व सुरुआत भएको कुरा समाजशास्त्रीहरू बताउँछन् । गंगा मैदानको मुख्य अन्न गहुँ र धान भित्र्याएपछि यो पर्व चैत्र महिनामा मनाइने गरिन्थ्यो । पछि कालक्रममा यसलाई असोज कात्र्तिकमा मनाउन थालियो, तथापि चैते दशैँका रूपमा सानो स्तरमा चैत्र महिनामा अझै मनाउने चलन कायम नै छ ।
कृषि युगको सुरुवात हुँदा निजी सम्पत्ति र निजी जमिनको प्रचलन कायम भइसकेको भए पनि औजारको कम विकसित अवस्थाका कारण त्यतिबेलाका गण समाजमा बाली लगाउने र भित्र्याउने काममा सिंगै समाज लाग्दथ्यो । सिंगै गण समाजले सबैको क्रमशः बाली भित्र्याउँदै जाँदा, यो काम हप्तौँसम्म निरन्तर चल्दथ्यो । यसरी हप्तौँसम्म बाली भित्र्याउने सिलसिला खानपिनसहितको उत्सव बन्न पुग्दथ्यो । दशैँ जस्ता पर्व करीब तीन हप्ताको लम्बेतान हुन पुग्नु त्यही परम्पराको अवशेष मानिन्छ । वि.सं. २००७ सालको वरपरसम्म पनि नेपालका माझीजस्ता कृषक जातिले हप्तौँ लगाएर उत्सवका रूपमा सिंगै बस्तीले सिंगै बस्तीको पालैपालो बाली भित्र्याइदिंदा पूरै महिना खानपिनसहितको उत्सवमय हुने गरेको यथार्थलाई मात्र ध्यान दिन सकियो भने पनि बाली भित्र्याउने पर्वको ऐतिहासिकता सजिलै बुझ्न सकिन्छ । यसप्रकार दशैँ, दशहरा वा दुर्गा पूजा आज जे नामले नेपाल र भारत लगायतका हिन्दू समाजमा मनाइए पनि यसको सुरुवात हुँदा यो एउटा बाली भित्र्याएपछिको उत्सवमय पर्व थियो ।
संसारको इतिहासमा धर्मको विकासपछि र धर्मलाई राज्यले जनताविरुद्ध आफ्नो एउटा बौद्धिक हतियारका रूपमा प्रयोग गर्न थालेपछि धेरैजसो आम जनताको जीवकर्मबाट विकसित स्वाभाविक पर्वहरूलाई धर्मकरण गरिएको पाइन्छ । गंगा मैदानमा हिन्दू धर्मको जन्म र त्यसका आधारमा समाजमाथि शासन सुरु भएसँगै बाली भित्र्याउने उत्सवका रूपमा रहेको यो दशैँ पर्वलाई पनि हिन्दू धर्मकरण गरियो । अनि रावणवध वा महिषासूर राक्षस वधसँग यसलाई जोडियो । हिन्दू धर्ममा आधारित चाडका रूपमा परिवर्तन गरिएपछि दशैँमा गरिने यावत् क्रियाकलाप धार्मिक विश्वास र अनुष्ठानका विषय बन्दै गए र आजको रूपमा यो आइपुग्यो भन्ने कुरामा आधुनिक समाजशास्त्रीबीच खासै मतभिन्नता रहेको छैन । अन्न भित्र्याउने पर्वमा विभिन्न मौसमका अन्नलाई उमारेर उत्सव मनाउने कुरालाई आजको जमराको धार्मिक रूप दिनु, द्रविडहरूले उत्सवमा टीका लगाउने परम्परालाई हिन्दूकरण गरी विजयको आशीषको रूप दिनु, उत्सवमा मासुको खानपिनलाई दुर्गा भोग, कालरात्री वा राक्षस वधको प्रतीकात्मक रूप दिनु आदि विषयलाई सजिलै धर्मकरणको प्रक्रियाका रूपमा बझु्न खासै कठिनाइ पर्दैन । यसरी आजको भारतीय गंगा मैदानमा कृषि युगमा विकसित भई हिन्दू धर्मकरणसम्म पुगेको दशैँ आजको नेपालमा गंगा मैदानबाट हिन्दूहरू प्रवेश गर्ने क्रमसँगै आयो । नेपालको तराई खण्डमा हिन्दूहरूसँगै दशहराको रूपमा आइपुग्यो भने पश्चिम नेपालबाट इशाको पाँचौ शताब्दीपछि सुरु भएको वैदिक आर्यहरूको प्रवेशसँगै नेपालको पहाडी क्षेत्रमा आइपुग्यो । दशहरा अपभं्रस हुँदै दशैँ बन्न पुग्यो । यही क्रममा गोरखामा स्थापित शाहवंशीय राज्यसम्म यो हिन्दूकृत दशैँ आइपुगेको स्पष्टै छ ।
दशैँको दमन :
जुनसुकै धर्मीय समुदाय पनि आफ्नो बसाइसराइसँगै आफ्नो धर्म र संस्कृतिलाई सँगै लिएर जानु–आउन स्वाभाविक नै हो । त्यसैले दशहरा वा दशैँलाई वैदिक आर्यहरूले आफूसँगै आजको नेपालको भूखण्डमा लिएर आउनु पनि अस्वाभाविक थिएन । तर हिन्दू पर्व दशैँ तबदेखि गैरहिन्दू नेपालीका लागि दमनको पर्व बन्न थाल्यो, जबदेखि नेपाललाई हिन्दू धर्मका आधारमा शासन गर्न सुरु गरियो । यो दमनको कथा पृथ्वीनारायण शाहले ‘असिल हिन्दूस्थाना’ बनाउन राज्य विस्तारको अभियान थालनी गरेपछि नै प्रारम्भ भएको हो । जंगबहादुर राणाकालमा पुगेपछि वि.सं. १९१० मा जुन मुलुकी ऐन जारी भयो, त्यसमा हिन्दू वर्णव्यस्थामा आधारित राज्य सञ्चालन विधि र मान्यता जसरी लिखित कानुनकै रूपमा लादियो, त्यसपछि भने हरेक हिन्दू पर्व र मूल्यमान्यता औपचारिक शासनका हतियार बन्न पुगे । त्यसपछि लगातार दशैँ पर्व गैरहिन्दूलाई हिन्दूकरण गर्ने वा हिन्दू संस्कृतिद्वारा दमन गर्ने एउटा सांस्कृतिक हतियारका रूपमा रहिआएको छ । दशैँ पर्वको यस ऐतिहासिक प्रकरणको चर्चा हुँदा कतिपयले आम हिन्दूको विरोधको अर्थमा अथ्र्याउने गर्छन् । तर त्यो ठीक बुझाइ होइन । वास्तवमा हिन्दू धर्म र मान्यतालाई शासनको हतियारका रूपमा प्रयोग गर्न चाहने शासकले यो काम गरेका हुन्, आम श्रमजीवी हिन्दू जनताले गरेको होइन भन्ने यथार्थलाई आत्मसात गर्नैपर्दछ । कतिपय राजनीतिको दुश्चक्रको लपेट अनुभूति गर्न नभ्याएका नवयुवाहरू ‘चाडपर्वले नि दमन हुन्छ कतै ?’ जस्ता प्रश्न पनि गर्ने गर्दछन् । तर धर्म र चाडलाई समेत कसरी सत्ताले हतियार बनाउँछ भन्ने यथार्थ आम जनताबीच लुकाउने सत्ताको राजनीतिक नीतिले नै यस्ता प्रश्नहरू जन्मिएका हुन् ।
स्केच स्रोत : भिवेसम्याग डट कम ।
स्केच स्रोत : भिवेसम्याग डट कम ।
दशैँ गोरखाबाट नै पहाडमा पूर्वतिर ल्याइएको हो भन्ने कुरा त अहिले पनि फूलपाती गोरखाबाटै काठमाडौं ल्याइने गरेको चलनबाट प्रष्टै हुन्छ । पृथ्वीनारायण शाह हुँदै जंगबहादुर र पञ्चायतसम्म आइपुग्दाको कालमा दशैँमा लामो सरकारी बिदा दिने, दशैँको निम्ति खर्च गर्न पेश्की दिने, राज्य पुरै दशैँको प्रचारप्रसारमा लाग्ने गरियो, जब कि गैरहिन्दूका पर्वमा न बिदा, न अतिरिक्त खर्च, न त राज्यको प्रचार । गीत, साहित्य, पाठ्यपुस्तकहरूमार्फत् दशैँबारे सानासाना गैरहिन्दू नानीदेखि वृद्धसम्मलाई प्रभावित गर्न लगातार प्रशिक्षित गरियो तर गैरहिन्दू पर्वबारे कतै उल्लेखसम्म गरिएन । राणाकालमा गैरहिन्दू जनजातिले दशैँ नमान्दा हत्या समेत गरिएका ऐतिहासिक तथ्यहरू आजका इतिहासकारहरूले धमाधम बाहिर ल्याउँदैछन् । राणाकालसम्ममा बिर्ता, जागिर, बक्सिस आदिका नाममा गैरहिन्दू बस्तीमा नियुक्त गरेर पठाइएका हिन्दू सामन्त वा सरकारी हाकिमकोमा गैरहिन्दू रैतीहरूले माछा, खसीका साँप्रा आदि उपहार लिएर दशैँमा टीका थाप्न जानैपर्ने बाध्यता सिर्जना गरियो, नत्र धेरै प्रकारको सजाय भोग्नुपथ्र्यो । यो चलन पञ्चायतकालमा दैलोमा राजारानीको फोटो नटाँसी नहुने गरी कैयौँ तामाङ बस्तीमा पञ्चहरूले सिर्जना गरेको बाध्यता जस्तै थियो ।
जब राज्यले नै बलात् आदेश दिएर दशैँ मान्न लगाएपछि गैरहिन्दू त्यतिबेलाको नेपालीले बाध्य भएर दशैँ मनाउन थाल्यो । लामो बिदा पाएको सरकारी जागिरे कुनै जनजाति थियो भने ऊ त्यो समय के गरेर बिताओस् ? जब कि उसको आफ्नो पर्वमा त छुट्टी नै पाउँदैनथ्यो । त्यसैले बाध्य भएर त्यो छुट्टीको अवसरमा परिवार भेट्न जाने नै भयो । आज नेपालमा मुसलमान समेत दशैँबाट ज्यादै प्रताडित छ, किनभने त्यो बेला मुसलमान काम गर्ने सबै ठाउँ राज्यले बन्द गरिदिन्छ । यस प्रकारको दुई शताब्दी लामो लगातारको दशैँ–दमनले गैरहिन्दूहरूलाई दशैँमा कुनै न कुनै ढंगले सहभागी बन्नैपर्ने बाध्यता बनाइदियो र गैरहिन्दू नेपालीका पर्व, संस्कृति र मनोविज्ञानमाथि ठूलो ऐतिहासिक अत्याचार हुन पुग्यो, जुन आज पनि धेरै हदसम्म जारी नै छ । यही त हो हिन्दूकरणको राज्यनियन्त्रित प्रक्रिया अनि गैरहिन्दू माथिको सांस्कृतिक दमन !
आज नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ तर राज्यले दशैँलाई विशेष राज्य–पर्वको स्थान दिन छाडेन । घटस्थापनामा समेत सार्वजनिक बिदा किन ? त्यो दिन न त आफन्त भेटघाट, न त कुनै खानपिनको दिन ! यो त हिन्दू समाजबाट आएका शासकहरूले गरेको बलजफ्ती बाहेक अरु केही होइन । यसको मतलब के नयाँ संविधान बनिसक्दा पनि हिन्दूकरणको सिलसिला शासकहरू जारी नै राख्न चाहन्छन् ? यो साह्रै ठूलो विडम्बना र विरोध गर्नैपर्ने विषय हो । संविधानमा धर्मनिरपेक्ष राष्ट्र लेखिसकेपछि एक धर्ममा आधारित तीज, शिवरात्री, जनैपूर्णिमा, दशैँ, तिहार, छठ, फागू लगायतका पर्वहरूलाई मात्र वर्षमा पौने महिना सार्वजनिक बिदा दिन कसरी मिल्छ ? जब कि अरु सबै धर्मावलम्बीलाई जम्मा एक हप्ता पनि बिदा दिइँदैन, तिनका आफ्ना पर्वमा आर्थिक थप व्यवस्था त परकै विषय भयो । आफ्नो बस्तीबाट टाढा रोजगारी गर्ने मुसलमान रमाजानमा परिवार भेट्न जान पाउँदैन किनकि बिदा एक दिन हुन्छ, जब कि उसको पर्व महिनाभरिको हुन्छ । आफ्नो परिवारजन भेट्न मुस्लिम, जनजाति, जैन, इसाई सबैले नै दशैँको लामो बिदा पर्खनुपर्ने हुन्छ, जुन बेला उसको घरमा कोही पाहुना नै आउँदैन । दुई सय वर्षभन्दा लामो गैरहिन्दूमाथिको दशैँको यो दमनले कति पीडादायी मौन रक्तपात हृदयहरूमा भयो होला, हिन्दूहरूले कल्पना मात्र गर्न सक्छन् । साँच्चै नै यो ठूलो अत्याचार हो, धर्मनिरपेक्ष राज्य हुँदा पनि यो अन्याय जारी रहे आधुनिक लोकतन्त्रकै बेइज्जती ! यस्तो ऐतिहासिक परिस्थितिमा कसैले दशैँ बहिष्कार गर्छु वा मान्दिनँ भन्दा अरु उत्तेजित हुनु मनासिब होइन । किनभने दुखेको मान्छेले ऐय्या भन्न पाउनु नै पर्दछ । त्यसैगरी राज्यको दशैँ दमनको नीतिविरुद्ध बोल्नेले यो कुराको पनि ख्याल गर्नु जरुरी छ कि हिन्दू आस्थामाथि चोट नपुगोस्, किनकि यो जनताको भावनासँग जोडिएको सांस्कृतिक विषय हो ।
त्यसैले राज्यले दशैँलाई विशेष राज्य–पर्वको स्थान दिने नीति अब त्याग्नै पर्छ । दशैँसहित हिन्दू पर्वहरूको सार्वजनिक बिदाहरूको अवधिलाई घटाउनैपर्छ । दशैँमा मात्र राज्यले आर्थिक सहुलियत दिने काम या त बन्द गर्नुपर्छ, या त गैरहिन्दूका पर्वमा पनि दिने व्यवस्था गर्नुपर्छ । राज्यका मिडिया, पाठ्यक्रम आदिबाट हिन्दू पर्वको मात्र बखानको नीति फेर्नुपर्छ र सबैलाई बराबर स्थान दिने नीति अख्तियार गर्नुपर्छ । समग्रमा भन्दा राज्य धर्मनिरपेक्षतामा प्रवेश गरेपछि सबै चाडपर्वबारे राष्ट्रिय बहससहित न्यायपूर्ण राष्ट्रिय नीति अब बन्नैपर्छ ।
फोटो स्रोत : फ्रेन्डस्क्रियसन डट वडप्रेस ।
फोटो स्रोत : फ्रेन्डस्क्रियसन डट वडप्रेस ।
दशैँ : एक पर्व र प्रकोप :
दशैँ जसरी सुरु र आज प्रचलित भए पनि, यसमार्फत् गैरहिन्दूलाई जति दमन भएको भए पनि र यसका सकारात्मक र नकारात्मक पक्ष जस्ता रहे पनि नेपाली हिन्दू र कतिपय गैरहिन्दू पृष्ठभूमिका समुदायको समेत यो पर्व सांस्कृतिक आलम्ब बनिसकेको छ । ती जनताको संस्कार बनिसकेको मनोदशामाथि राष्ट्रिय मात्र होइन, आज बहुराष्ट्रिय कम्पनीहरूसमेत बेलगाम व्यापारिक प्रकोप उपभोक्तावादी ढंगले बर्साइरहेका छन् । आज दशैँमार्फत् तीन वटा नकारात्मक लत आम जनतामा विषका रूपमा सेवन गराइँदैछ लगातार । एक, धार्मिक अन्धता । दुई, हिन्दू सामन्तवादी उँचनिच प्रथाको निरन्तरता । तीन, उपभोक्तावादी खर्चको लत । आजको एक्काइसौँ शताब्दीको विज्ञानको चमत्कारको समयमा पनि राम–रावण, दुर्गा राक्षस आदिको मिथकमाथि विश्वास जगाएर अनि देवतालाई खुसी पार्न सिकाएर नयाँ पुस्तालाई धार्मिक अन्धतातिर लाने उपक्रम चलाइरहनु भनेको वास्तविक प्रगतिलाई रोक्नु नै हो । अझ कृषि युगको स्वाभाविक पर्वलाई धर्ममा लपेटिरहन चाहनु वास्तवमा एउटा घातक षडयन्त्रको सिलसिला नै हो । दशैँको टीका परम्परा वास्तवमा सामन्तवादी उँचनिचलाई वैधता दिने अनुष्ठानबाहेक केही होइन । श्रीमतीले श्रीमानलाई टीका लगाइदिन पाउँदिन किनकि श्रीमान ठूलो मानिन्छ । यो सानोठूलोको क्रम लम्बिँदै जाँदा कथित तल्लो जातले कथित माथिल्लो जातको हातबाट अनि रैतीले शासकको हातबाट टीका थाप्नेमा गयो, अझ छँदैछ । उमेरले, जातले, लिंगले स्वतः सम्मानित हुने भनेको विशुद्ध सामन्तवाद हो । आज नेपाली समाज पुँजीवादमा यात्रारत छ । तब सामन्ती उँचनिचमय व्यवस्थाको निरन्तरता नयाँ पिँढीको टाउकोमा थोपर्दै जानु कति न्यायसंगत हुन सक्छ ? यो विषयमा पनि अब सोच्नैपर्दछ । दशैँ गरिबको दशा त उखानै भइसक्यो । दशैँमा अत्यधिक खर्च गर्ने प्रवृत्तिविरुद्ध अब राज्यले नै अभियान चलाउनैपर्ने समय आइसकेको छ, नत्र दशैँ एक अपराधको कारणसमेत बन्दै जानेछ ।
यसर्थ, हाम्रो समाजमा प्रचलित सबै समुदायभित्र रहेका रुढिवादी र धार्मिक अन्धतामा आधारित पर्वहरूलाई त्याग्ने र आजका गौरवमय दिनहरूलाई सांस्कृतिक पर्वका रूपमा स्थापित गर्दै जाने मूल आवश्यकता त छँदैछ । तर कम्तीमा पनि हिन्दू र हिन्दू प्रभावित समुदायबीच प्रकोप बनिरहेको दशैँबारे कम्तीमा यति त अब गर्न थाल्नै पर्दछ । एक, दशैँमा गरिने धार्मिक अनुष्ठानहरू नगर्ने वा कम गर्दै लैजाने ताकि दशैँलाई धर्मबाट अलग गरी विशुद्ध सांस्कृतिक पर्वमा पुनः रूपान्तरण गर्न सकियोस् । दुई, टीका परम्परालाई छाडिदिने वा स्वैच्छिक बनाउने वा सबैले सबैलाई लगाइदिने बनाउने । तीन, कमभन्दा कम खर्च गर्न प्रेरित गर्ने, खानपिनबाहेकका आवश्यक लुगाफाटा दशैँभन्दा अघि वा पछि किन्ने बानी बसाल्ने । यी र यस्ता सुधारात्मक कदमहरू हुन सक्छन्, जसले बिस्तारै समाजमा दशैँ एउटा बोझविहीन, रुढिविहीन सांस्कृतिक पर्वतिर जान सक्छ । त्यस दिशामा लैजान सक्दा नयाँ पुस्ताका लागि आजको पुस्ताको ठूलो योगदान हुनेछ । यस प्रकारको सुधारको बाटो समेत पनि लाग्न आजको पुस्ता सचेत हुँदैनौ भने हामी आगामी पुस्तालाई ‘भगवान भरोसे’ छोड्ने बैगुनी नै ठहर्नेछौँ, जुन पटक्कै ठीक कुरा होइन ।
http://emulyankan.com बाट साभार