Tuesday, May 31, 2016

सांस्कृतिक क्रान्ति र रूपान्तरणको आवश्यकता- दिल साहनी

कम्युनिस्ट पार्टी गरिबगुरुवाका पार्टी हुन् । तर, अहिले यिनीहरू धनीमानीका पार्टी हुन पुगेका छन् । कम्युनिस्ट सर्वहारा हुन्छन् । तर, अहिलेयिनीहरू करोडपति अरबपतिमा गनिन थालेका छन् । हिजो कम्युनिस्ट नेताले व्यक्तिगत सम्पत्ति पार्टीका नाममा समर्पित गर्थे, आज तिनैकम्युनिस्ट नेता ब्याजसहित आफ्नो व्यक्तिगत सम्पत्ति जोर्ने धन्दामा लिप्त देखिन्छन् । आफ्नो व्यक्तिगत सम्पत्ति थुपार्न उनीहरू नैतिकताकोदृष्टिबाट जति तल र्झन पनि तयार देखिन्छन् । हिजो चप्पल पनि नहुने कम्युनिस्ट नेता यतिवेला पजेरोविना एक डेग हिँड्न नसक्ने भएका छन् ।

हिजो गुन्द्रीमा रात गुजार्ने कम्युनिस्ट नेता आज 'डन्लप'विना रात कटाउन नसक्ने भएका छन् । हिजो जनताको जडौरी भिर्ने कम्युनिस्ट नेता आजदिनको दशचोटि सुटबुट फेर्ने हैसियतमा पुगेका छन् । हिजो नुनको ढिकोसित ढिँढो निल्ने कम्युनिस्ट नेता आज पाँचतारे होटेलमा भात भान्सा गर्नेभएका छन् । बासमती चामलको भुजाविना भाग बस्न नसक्ने भएका छन् । हाम्रा सर्वहारा नेतामा एक्कासि आएको यस्तो परिवर्तनले सबैलाईआश्चर्यचकित पारेको छ । यसबारे गुनासो गर्दा उनीहरूको बनिबनाउ जवाफ हुन्छ, हामी भिखारी हुन कम्युनिस्ट भएका होइनौँ । कुरा त ठीकै हो ।तर, के कुरा पनि ठीक हो भने उनीहरू जनतासँगसँगै करोडपति/अरबपति हुनुपथ्र्यो । उनीहरू जनतासितै पजेरो चढ्ने हैसियतमा पुग्नुपथ्र्यो । यताजनता दिनदिनै गरिबबाट अझ गरिब हुँदै छन् भने कम्युनिस्ट नेता धनीबाट झन्झन् धनी हुँदै छन् । २००६ सालमा पुष्पलालले के यसैका लागिकम्युनिस्ट पार्टी स्थापना गरेका हुन् ? के यसकै लागि ०२८ मा झापा विद्रोह भएको हो ? के यसैका लागि ०५२ सालमा जनयुद्ध सुरु गरिएको हो ?

जनताका यी प्रश्नको हाम्रा कम्युनिस्ट नेतासित कुनै जवाफ छ ? यसैले त हामीले भन्नुपरेको हो, हाम्रा कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्ताछैनन्, हाम्रो कम्युनिस्ट नेता कम्युनिस्ट नेताजस्ता छैनन् । उनीहरू रूपान्तरित भएका छन् । गरिबबाट धनीमा रूपान्तरित भएका छन् । सादाजीवनशैलीबाट विलासी जीवनशैलीमा रूपान्तरित भएका छन् । गुमाउनेबाट कमाउनेमा रूपान्तरित भएका छन् । जनताका सेवकबाट जनताकामालिकमा रूपान्तरित भएका छन् । शासितबाट शासकमा रूपान्तरित भएका छन् । अझ शोषितबाट शोषकमा समेत रूपान्तरित भएका छन् ।देशभक्तबाट विदेशभक्तमा रूपान्तरित भएका छन् ।

यसैले सायद अहिले हाम्रा कम्युनिस्ट पार्टीका लागि एउटा सांस्कृतिक क्रान्ति आवश्यक भएको छ। त्यस्तो सांस्कृतिक क्रान्ति जसले हाम्रा कम्युनिस्ट पार्टीलाई बुर्जुवा पार्टीमा पतन हुनबाट जोगाउन सकोस् । हाम्रा कम्युनिस्ट पार्टीलाई संसद्वादीपार्टीमा पतन हुनबाट बचाउन सकोस् । जसले हाम्रा कम्युनिस्ट नेतालाई सर्वहाराका नेताबाट बुर्जुवा नेतामा पतन हुनबाट बचाउन सकोस् । जसलेहाम्रा कम्युनिस्ट नेतालाई क्रान्तिकारी विचारबाट विसर्जनवादी विचारमा पतन हुनबाट बचाओस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाईअराजक, अनैतिक तथा अनुशासनहीन हुनबाट बचाउन सकोस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई कर्मठ कर्तव्यपरायण, निष्ठावान्,निःस्वार्थी, त्यागी तथा संयमित हुन उत्प्रेरित गरोस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई सिद्धान्तनिष्ठ, संघर्षशील तथा प्रतिबद्ध हुन उत्प्रेरणादेओस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई वर्गीय अडान लिन र वर्ग दृष्टिकोण राख्न बल पुर्याओस् ।
वास्तवमा उहिले पञ्चायतकालमानेपालका कम्युनिस्ट पार्टीको हालत यस्तो थिएन । उनीहरू वास्तविक कम्युनिस्ट पार्टीजस्ता देखिन्थे । त्यतिवेला कतिपय कम्युनिस्ट नामधारीसमूहले संशोधनवादी वा राजावादी बाटो अवलम्बन गरे पनि अरू कम्युनिस्ट पार्टी वा समूह कम्युनिस्ट पार्टीकै चरित्रअनुरूप काम गर्थे । त्यतिवेलाकम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र कार्यशैली मूलतः कम्युनिस्ट पार्टीकै जस्तो थियो । कम्युनिस्टको जस्तो थियो । हामी योकुरा पुष्पलालको पार्टीमा पनि पाउँथ्यौँ, मोहनविक्रमको मसालमा पनि पाउँथ्यौँ भने नेकपा मालेमा पनि यो कुरा पाउन सकिन्थ्यो । झापा विद्रोहलेकम्युनिस्ट आदर्शलाई निकै अनुशासित ढंगले बोकेको थियो । ०५२ सालमा जनयुद्ध सुरु गरेको माओवादीले पनि युद्धकालमा कम्युनिस्ट आदर्शलाईनिकै गहिरोसँग अनुसरण गरेको बुझिन्थ्यो । माले, एमाले हुँदाहुँदै उसका कम्युनिस्ट संस्कृति र संस्कारमा ह्रास आएको कुरा स्पष्ट बुझ्न सकिन्थ्यो। शान्तिकालमा आएपछि माओवादीमा पनि कम्युनिस्ट संस्कृति र संस्कार बत्ती बालेर खोज्नुपर्ने अवस्था सिर्जना भयो । हिजो कम्युनिस्टकार्यकर्ता र नेता जुन उत्साह र आस्थासाथ कम्युनिस्ट साहित्यको अध्ययन गर्थे त्यो आज गर्दैनन् । आज अचम्मको कुरा त के छ भने कति नेतातथा कार्यकर्ता पनि कम्युनिस्ट साहित्यको पाना नै नपल्टाई कम्युनिस्ट बनेका छन् । यसैले पनि आज कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तानभएर बुर्जुवा पार्टीजस्ता हुन र देखिन थालेका होलान् । आज कम्युनिस्ट नेता कम्युनिस्ट नेताजस्ता देखिँदैनन् भने कम्युनिस्ट कार्यकर्ताकम्युनिस्ट कार्यकर्ताजस्तो देखिँदैनन् । पुष्पलाल भन्ने गर्थे, 

'जसरी बाइबल नपढी कोही क्रिस्चियन हुन सक्दैन, कुरान नपढी कोही मुसलमान हुनसक्दैन, वेद नपढी कोही हिन्दु हुन सक्दैन, त्यसरी नै कम्युनिस्ट घोषणापत्र नपढी कोही पनि कम्युनिस्ट हुन सक्दैन । घोषणापत्र कम्युनिस्टहरूकोबाइबल हो, कुरान हो, वेद हो ।'आज पनि कम्युनिस्ट साहित्यको गहिरो अध्यन गर्नेमा कि पुष्पलालको नाम अगाडि आउँछ कि मोहनविक्रम सिंहको। यी दुवै नेता आफू पनि खुब कम्युनिस्ट साहित्यको अध्ययन गर्थे, आफ्ना कार्यकर्तालाई पनि कम्युनिस्ट साहित्य अध्ययन गर्न उत्प्रेरित गर्थे ।

झापा विद्रोहका वेलामा यसका नेता पनि कम्युनिस्ट साहित्य अध्ययन गर्थे । जनयुद्धकालमा माओवादी नेताकार्यकर्ता पनि बडो लगन र निष्ठापूर्वकमाक्र्सवादी साहित्य अध्ययन गर्थे । क्रान्ति आन्दोलन वा वर्ग संघर्षका वेला कम्युनिस्टहरू कम्युनिस्ट साहित्यको अध्ययन गर्न बाध्यै हुँदा रहेछन्। त्यतिवेला उनीहरूका निम्ति कम्युनिस्ट साहित्य अनिवार्य विषयजस्तो हुन पुग्दो रहेछ । उनीहरू आवश्यकताले पनि कम्युनिस्ट साहित्य पढ्नबाध्य हुँदा रहेछन् । तर, यतिवेला कम्युनिस्ट पार्टी र तिनका नेता बुर्जुवा राजनीतिमा चुर्लुम्मै डुबेपछि कम्युनिस्ट साहित्य पनि उनीहरूका निम्तिरद्दीको टोकरीमा फाल्ने वस्तु भएको छ । यतिखेर कतिपय कम्युनिस्ट पार्टीका नेताले माक्र्सवादी सिद्धान्त पुरानो भयो भन्न थालेका छन् ।

कम्युनिस्ट साहित्य पुरानो भयो भने पढ्नु पनि किन ? सायद यही भएर अहिले कम्युनिस्ट पार्टी र तिनका नेता कम्युनिस्ट साहित्य अध्ययनगर्नुपर्ने कुरामा कुनै जोर लगाउँदैनन् । उनीहरू त उल्टै कम्युनिस्ट साहित्यलाई पुरानो भयो पो भन्न थालेका छन् । उल्टै कम्युनिस्ट साहित्य पढेरत्यसलाई व्यवहारमा उतार्न खोज्नेलाई कठमुल्लावादी भन्न थालेका छन् ।


कम्युनिज्मको बाटो छोडेर पनि होला आज उनीहरूलाई कम्युनिस्टसाहित्य नजाने गाउँको बाटो सोध्नुजस्तो व्यर्थको काम लाग्न थालेको छ । हुन पनि हो कसैले पनि कम्युनिस्ट साहित्यको अध्ययन गर्छ भनेत्यसलाई व्यवहारमा लागू गर्नै अध्ययन गर्छ । जब हाम्रा कम्युनिस्ट पार्टीलाई व्यवहारमा माक्र्सवादको होइन संशोधनको प्रयोग गर्नु छ भनेनदुखेको टाउको दुखाउन किन कम्युनिस्ट साहित्य अध्ययन गर्नुपर्यो र ?ठीक हो, जुन-जुन कम्युनिस्ट पार्टीले कम्युनिस्ट क्रान्तिको बाटो छोडे,उनीहरूले किन पो आफ्नो कुनै नसनातो नभएको कम्युनिस्ट साहित्यको अध्ययन गर्नुपर्यो र ? तर, जुनजुन कम्युनिस्ट पार्टीले नेपालमाकम्युनिस्ट क्रान्ति गर्ने सपना देखेका छन्, उनीहरूका लागि कम्युनिस्ट साहित्यको अध्ययन र त्यसको चिन्तनमनन अनिवार्य कुरा हो । यसलाईजारी राख्न पनि नेपालका कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्ति सञ्चालन गर्न जरुरी छ । पक्कै हो, कुनै पनि क्रान्ति सम्पन्न गर्न क्रान्तिकारीसिद्धान्त अध्ययन आवश्यक हुन्छ नै । क्रान्तिकारी सिद्धान्तविना कुनै पनि क्रान्ति सम्पन्न हुन सक्दैन । हामीलाई थाहा भएकै कुरा हो, रुसीक्रान्तिका निम्ति माक्र्स र एंगेल्सका माक्र्सवादी ग्रन्थले मात्र नपुगेर लेनिनले पचासवटा जति ठुल्ठूला ग्रन्थ लेखेका थिए । माओले चार ग्रन्थलेखेर चिनियाँ क्रान्ति सम्पन्न गरेका थिए । यसले पनि के बुझाउँछ भने कसैले पनि क्रान्ति गर्न चाहन्छ भने उसले अनिवार्य रूपमा क्रान्तिकारीसिद्धान्त अध्ययन गर्नैपर्छ ।

http://paathakbarga.blogspot.com बाट साभार 

Wednesday, May 25, 2016

प्रगतिवादी सांस्कृतिक आन्दोलन माकुराको सन्तान जस्तो : आहुति

माक्र्सवाद ८ हजार वर्षपछिको पहिलो श्रमिकहरुको शास्त्र :


संस्कृतिको क्षेत्रमा माक्र्सवादीहरुले आफ्नो सापेक्षतामा काम गर्नुपर्ने हुन्छ । जुन समाजको सांस्कृतिक चेतना जहाँपुगेको छ त्यसमा आधारित रहेर रणनीति बनाउने कुरा भयो । त्यसो गर्दा जुन समाज अहिले पनि मुलभूत रुपमै सामन्तवादमा छ, त्यहाँ समाजवादी संस्कृतिलाई एउटा लक्ष्य किटान गरेर जनवादी संस्कृति निमार्ण चाँही मुख्य कार्यनीति बन्छ । त्यस्तो समाज अहिले पनि अफ्रिकाका कयौं मुलुकहरुमा विद्यमान देखिन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा नेपाली समाज अहिले आधारभूत रुपमा आर्थिक, राजनैतिक र सांस्कृतिक सहित समग्र समाजव्यवस्थाको कोणबाट हेर्दा नेपाली समाज पुँजीवादी समाज बन्न पुगेको छ । यो कुरा सहि हो की सामन्तवाद संस्कृतिको क्षेत्रमा अहिलेपनि अलि बढि प्रभावशाली छ । तर निर्णायक चाँही संस्कृतिको क्षेत्रमा पनि पुँजीवाद नै छ । अहिले हामीले गर्ने भनेको नेपाली समाजको संस्कृतिलाई समाजवादी संस्कृतिमा रुपान्तरण गर्नको निम्ति सांस्कृतिकआन्दोलनको कोणबाट काम गर्ने हो । राजनैतिक कोणबाट समाजवादी राज्यव्यवस्था निमार्ण गर्ने भन्छौं भने संस्कृतिको कोणबाट चाँही हामीले समाजवादी संस्कृतिको निमार्ण गर्ने र समाजवादी संस्कृति निमार्ण गर्नको निम्ति सांस्कृतिक आन्दोलनलाई अघि बढाउने रणनीतिको हिसावले यो नै मूल कुरा हो ।
अहिलेको पुँजीवाद दलाल पुँजीवाद :
aahuti_khabardabaliनेपाल पुँजीवादी देश भएपनि यहाँ राष्ट्रिय प्रगतिशिल पुँजीवाद हावी छैन । त्यो उत्पिडित अवस्थामा छ । साना साना राष्ट्रिय पुँजीहरु दमित अवस्थामा छन् । मुलभूत रुपमा साम्राज्यवादी वित्तिय पुँजी दलालपुँजीको रुपमा यहाँ हावी छ । यो पुँजीवाद कुनै राष्ट्रिय प्रगतिशिल पुँजीवाद छैन । त्यो दलाल पुँजीवादले नेपालको अर्थतन्त्रको क्षेत्रमा साना पुँजी राष्ट्रिय पुँजीलाई दमन गर्ने वा दलालीकरणकै एउटा अंग बनाउने, नेपालको सम्पूर्ण पुँजी बजार कब्जा गर्ने, नेपालको स्रोत साधनहरु कब्जागर्ने र नेपाली जनतालाई केवल उपभोक्ता र श्रमिकमा परिणत गर्ने, राष्ट्रिय सम्पदाको मालिक होइन की उपभोक्ता र श्रमिकको रुपमा प्रयोग गर्ने काम यसले गरिरहेको छ ।
त्यो अर्थतन्त्रलाई लागु गर्न र दलाल पुँजीवादलाई स्विकार्य बनाउनका निम्ति दलाल पुँजीपतिहरुले आफ्नो विषेशता सुहाउँदो राजनीतिलाई प्रोत्साहित गरिरहेको छ । दलाल पुँजीपतिका प्रतिनीधिहरुलाई उसले नायक बनाउने, त्यस्ता पार्टीहरुलाई अगाडि लान वातावरण बनाउने, अन्तर्राष्ट्रिय समर्थन पनि त्यही ढंगले जुटाउने काम गरिरहेको छ । साथसाथै संस्कृति पनि दलालपुँजी र साम्राज्यवादको त्यो स्वार्थलाई सहयोग हुने किसिमकोे संस्कृतिद्धारा आम मानिसलाई प्रशिक्षित गरिएन भने जनता त्यसको विरुद्ध जान्छ भनेर उनीहरुले हतियारको रुपमा दुईवटा कुरा लिएर आएको छ । एउटा, दार्शनिक चिन्तनका रुपमा उत्तरआधुनिकतावाद र सामाजिक जीवनको चिन्तन र निर्देशकको रुपमा उपभोक्तावादलाई लिएर आएको छ ।
के हो उत्तरआधुनिकतावाद ? 
उत्तरआधुनिकतावादले कुनैपनि चिज सत्य होइन भन्नेतिर लगिदिन्छ । उत्तरआधुनिकतावादी धाराले यो भन्दा अगाडिका सम्पूर्ण प्रतिक्रियावादी चिन्तनधाराहरुलाई आफूभित्र समेटेको छ । निराशावाद, अस्तित्ववाद र संरचनावादलगायत जति पनि माक्र्सवाद विरोधी चिन्तनधाराहरु थिए, त्यसलाई उत्तरआधुनिकतावादले आफूभित्र समेट्ने प्रयन्त गरेको छ । त्यसबाट उसले विभिन्न ढंगले प्रहार गरिरहेको छ । उपभोक्तावादले मानिसलाई यसरी प्रशिक्षित गर्दैछ की जीवनको सम्बन्ध चाँही उपभोगसँगमात्रै छ । ‘खाउ, पिउ, मोज गर, भनेर पहिलो जो भनिन्थ्यो, त्यसलाई अझ भव्यतासहित मानिसहरुको जीवनमा प्रवेश गराउँदैछ ।
मान्छेले के का निम्ति काम गर्ने ? भन्दा उपभोग निम्ति कमाउने भन्ने मात्रमा सिमित छ र मान्छे उपभोगको निम्ति जे पनि गर्न तयार छ । बजारमा नयाँ नयाँ समान आई राख्ने, मान्छेको त्यसको पछि दौडिराख्ने । संस्कृतिको क्षेत्रमा उसले त्यहाँबाट आक्रमण गरिरहेको छ ।
यस्तो छ उपभोक्तावादको नयाँ अवतार :
उपभोक्तावादको अहिलेको नयाँ विशेषता के छ भने, सामन्तवादी संस्कृतिहरु जो अहिले अवशेषका रुपमा छन् भने तिनलाई पुँजीवादको डालो भित्र हाली दिने । जस्तो की दाईजो प्रथा । यो प्रथा त विशुद्ध सामन्तवादी प्रथा हो । तर उहिले उपभोक्तावादले के गरिदियो भने दाइजो प्रथासँग लगेर उपभोक्तावाद जोडिदियो । विहे गर्ने केटाले उपभोग्य सामग्री तोकी तोकी माग्ने भयो । पहिला चाँही केटी विहे गरे बापत रितिको रुपमा थियो । अब त्योसँग उपभोक्तावाद लगेर जोडि दियो । त्यसलाई इन्कार गर्नु पर्ने हो नी पुँजीवादले । तर त्यसलाई त झन् नयाँ रोघनसहित, जसले बढि दाइजो दिन सक्यो, त्यसलाई चाँही भव्यतातिर लगिदियो ।
अर्को अहिले साम्राज्यवादको विशेषता के देखिन्छ भने सामन्तवाद अन्र्तगत जनविरोधी चिजहरुलाई त्यसको विरुद्ध जानुपर्ने ठाउँमा त्यसलाई समेत आफ्नो माल बेच्ने हतियार बनाएको छ । यो विकृति जो ल्याइरहेको छ, यसको विरुद्धको वैचारिक, सिर्जनागत र व्यवहारिक तीनवटै संघर्ष अहिलेको नेपालको समाजवादी सांस्कृतिक आन्दोलनको अभिभारा हो । यो उत्तआधुनिकतावादले नेपाली समाजको जनजीवनमा जुन कष्टहरु, असमानताहरु ल्याइरहेको छ र युवापुस्तालाई जुन ढंगले उपभोक्तावादमा लिन गराएर उपभोग गर्ने यन्त्र बनाउने सम्भावनातिर जो लगिरहेको छ त्यो षडयन्त्रको भण्डाफोर गर्न सक्नुप¥यो ।
माक्र्सवाद बुढो भएको छैन :
उहाँहरुले एउटा मूलपद्धति विज्ञानलाई पक्रेर समाजको दिशा भनेको हो । माक्र्सवादको उत्पादकशक्तिहरुको विकासको जो सिद्धान्त छ, त्यो निर्णायक कुरा हो । चुरो कुरा हो । उत्पादक शक्तिहरुको विकासले समाजलाई कहाँ लान्छ त भन्ने कुरामा उहाँहरुले एउटा दिशानिर्देश गरेको कुरा हो । लेनिनले मरानसन्न पुँजीवाद भन्ने शब्दावली प्रयोग गर्नु भयो । हामीले यसलाई कसरी हेर्न जरुरी छ भने, लेनिनले भनेको त्यो कुरालाई १० वर्ष २० वर्ष ३० वर्षमा सबै कुरा निमिट्यान्न हुन्छ भनेर कसैले बुझ्यो भने त त्यो अलि बालापन हुन्छ । लेनिनले भनेको त्यहाँ भन्दा माथि पुँजीवादको विकास हुने ठाउँ चाँही अब करिव करिब छैन । अब चाँही यसले आफूलाई धान्न सक्दैन भनेको हो । अहिले लेनिनको युग अन्त्य भयो की भएन त भनेर हे¥यो भने त्यो वित्तिय युगमा प्रवेश गरेको छ । सञ्चारको असाधारण विकासलाई उसले टिकाउनको निम्ति प्रयोग गरेको छ । तर मूल पक्ष भनेको अहिले पनि साम्राज्यवादी नै छ । त्यसो भएको हुनाले हामी त समग्र शोषणमूलक समाजको समग्र ८ हजार वर्षको इतिहासलाई हेर्नुपर्ने हुन्छ । हामीले पुँजीवादको ४ सय वर्षको इतिहासलाई मात्रै हेरेर हुँदैन । ८ हजार वर्षको इतिहासलाई गाँसेर हेर्ने हो भने, उत्पादकशक्तिहरुको कमजोर विकासका कारणले केही हजार वर्ष दास युग टिक्यो । त्यसपछि उत्पादक शक्तिमा विकास भइसकेपछि सामन्तवाद त्यो भन्दा कम टिक्यो । उत्पादकशक्तिको विकासले हर चिजलाई अहिले जुन द्रुततामा लग्यो, यसले पुँजीवादपनि सामन्तवादको उमेरसम्म बाँच्न सक्दैन । सामन्तवादको भन्दा कम आयु हुने देखिन्छ पुँजीवादको । जस्तो की एकातिर साम्राज्यवादले आफूलाई जोगाउनका निमित्त विकसित सबै हतियार, ज्ञान, चेतना, प्रविधि, सञ्चार सबैलाई प्रयोग गरिरहेको छ । अर्कोतिर फेरि उसले नचाहदा नचाहदै पनि आफ्नो नाफाको निम्ति र राज्यव्यवस्थाको रक्षाको निम्ति विकास गरेको प्रविधि, ज्ञान, चेतना र सञ्चारको जो विकास छ, त्यसको आम विश्वका श्रमजीवी मानिसलाई पनि हिजोको भन्दा उनीहरुलाई शक्तिशाली बनाउँदै लगिरहेको छ ।
पुँजीवाद भित्रै छ समाजवादको भ्रुणः
जस्तो महिलामुक्तिको कुरा गरौं, पुँजीवादले वासिङमेसिङ, आधुनिक चुलोहरु नाफा कमाउन बनाएको हो । नाफा कमाउन त उ सफल भयो तर सँगसँगै उसले महिलाहरुमाथि पुरुषहरुले गर्ने गरेको शोषणका विविध रुपहरुलाई कमजोर पार्न पनि सहयोग ग¥यो । त्यसकारण साम्राज्यवाद सँगसँगै त्यसको गर्भभित्र समाजवाद आइरहेको छ । हिजो उसले पुस्तक पढ्न नदिएर पनि उत्पिडित वर्गलाई तल पारेको थियो । आज उसैले विकास गरेको इन्टरनेटको सुविधाको कारणले गर्दा अब सूचना र पुस्तकबाट श्रमिकवर्गलाई अलग राख्छु भन्न सम्भव नै छैन । हिजो उसले समाचारबाट कैद गथ्र्यो । सत्ताले समाचार लिन्थ्यो र उसले जहाँ चाह्यो त्यहाँ मात्रै भन्थ्यो । तर आज उसैको अन्तरर्गत भएको सूचना र सञ्चारको विकासले यस्तो ठाउँमा पु¥याइदियो की हर मान्छेले आफ्नो विचार बोल्न सक्ने भयो । यही हो समाजवादी भु्रण भनेको ।
हजारौं हजार आंशिक र छिटफुट रुपमा भइरहेका क्रान्तिका प्रकृयाहरु जोडिदै जोडिदै संलेषण हुँदै एउटा विश्व क्रान्ति बन्ने न हो । राष्ट्रिय क्रान्ति पनि त्यही हो । हरेक मान्छेसँगका असन्तुष्टिहरु उनीदै उदिनै गएर एउटा निश्चित संगठनमा फेरिएर र क्रान्ति र विद्रोहमा रुपान्तरण हुने हो । त्यसकारणले माक्र्स एंगेल्सले भनेको जो दिशाको कुरा छ त्यो दिशाबाट समाज अलग ‘ट्रयाक’मा हिँडेको छैन । हामीले केही विकास गर्नु परेकोछ अहिले ।
अतिरिक्त मुल्यको सिद्धान्तको थप परिभाषित आवश्यक :
माक्र्सले पुँजी निमार्णको सन्दर्भमा अतिरिक्त मुल्यको सिद्धान्त जे भन्नुभयो , अहिले केही त्यस्ता क्षेत्रहरु थपिएका छन् जहाँ त्यो नियमलाई जस्ताको तस्तै परम्परागत ढंगले लागु गरेर विश्लेषण गर्न मिल्दैन । जस्तै मनोरञ्जनको क्षेत्र । मनोरञ्जन विजनेस बन्यो । खेल विजनेस बन्यो । अब एउटै खेलाडीले कति श्रम गरेर कमाएको मान्ने ? कसलाई शोषण गरेर कमाएको मान्ने ? त्यसकारण अतिरिक्त मुल्यको सिद्धान्तलाई हामीले आज विकास भएका मनोरञ्जन, सञ्चार लगायतका अतिरिक्त श्रम क्षेत्रहरु कसरी परिभाषित गर्छौं ? भन्ने कुरामा हामीले थप विकास गनु जरुरी छ । तर आधारभूत पक्ष अहिलेपनि अतिरिक्त मुल्यको सिद्धान्तकै आधारमा अघि बढेको छ ।
यस्तो छ, समाजवादी सांस्कृतिक आन्दोलनको विश्व परिवेश :
चिनियाँ क्रान्ति एसियाको क्रान्तिको निम्ति मूल पक्ष थियो । रसियाको क्रान्ति विश्वकै निम्ति धरोहरको रुपमा थियो । तर समाजवादी क्रान्तिहरु जति सम्पन्न भए, तिनीहरु चाँही ९ महिनाको शिशु जस्तो थियो । ९ महिनाको शिशु पूर्ण मान्छे भइसकेँ भनेर उठेर हिड्न खोज्छ । तर उ भित्र हाडको परिपक्क विकास भइसकेको हुँदैन र हिँडाईको सन्तुलनको कलामा पर्याप्त विकास भइसकेको हुँदैन । त्यसको कारण उ पटक पटक लड्छ । अहिलेको समाजवादको हार त्यही ९ महिनाको शिशु उठेर हिड्न खोज्दा पटक पटक लडेको जस्तो मान्छु म । किनकी संसारमा समाजवाद नै थिएन पहिला ।
माक्र्सवाद ८ हजार वर्षपछिको पहिलो श्रमिकहरुको शास्त्र :
आठ हजार वर्षदेखि समाजमा केवल शोषणमूलक समाज छ । वंशाणुगत रुपमा मानिसहरु शोषणमा अभ्यस्त हुँदै आएका छन् । यस्तो समाजमा माक्र्सवादनै एउटा यस्तो दर्शन भयो जसले पहिलो चोटी राजनैतिक आन्दोलनमा दार्शनिक रुपमा समेत प्रतिपक्षता लिएर आयो । माक्र्सवादको जन्म भन्दा पहिले दार्शनिक रुपमा प्रतिपक्षीय भएको राजनैतिक आन्दोलन थिएन । देशभक्तिपूर्ण आन्दोलन, धर्म युद्ध लगायतका सबै सबै युद्धका दार्शनिक मूल्य उही पुरानै थियो । तर दार्शनिक रुपमा समेत फरक दर्शन लिएर जन्मेको माक्र्सवाद मात्र पुगनपुग पौनो २ सय वर्ष भएको छ । एकातिर आठ हजार वर्षको मानव समाजको तहगत संरचना, जातपात, वर्ग, शोषण र उत्पिडनले व्याप्त समाज छ । आठ हजार वर्षदेखि हर मानिस भित्र शोषणकारी प्राणी छ । अर्कोतिर माक्र्सवाद जर्मन विचारधारा भन्ने माक्र्सको लेखबाट भन्ने हो भने १८४५ बाट सुरु हुन्छ । कम्युनिस्ट घोषणा पत्रबाट सुरु गर्दा १८४८ बाट सुरु हुन्छ । १८४८ बाट अहिले पौनो करिव दुई सय वर्ष भयो । पौनो दुई सय वर्षकोबीचमा संसारको दुईतिहाइ भूभागमा यसले एक पटक क्रान्तिको हुरी चलायो र यो ढल्यो । एकातिर आठ हजार वर्ष राख्नुस्, पुँजीवादलाई चारसय वर्ष राख्नुस्, र अर्कोतिर भर्खरको माक्र्सवाद राख्नुस् । यसरी समग्र मानव इतिहासको वर्गसमाज जन्मेपछिको इतिहास मात्रै हेर्नुहुन्छ भने पनि समाजवादी क्रान्तिहरुको लहर जो चल्यो, १९१७ पछि, करिव ५० वर्षजति , त्यो ५० वर्ष भनेको चाँही आठ हजार वर्षको दाँजोमा के हो भन्यो भने त्यो ९ महिनाको शिशु नै हो ।
त्यसकारणले माओले भने जस्तै हार हुन्छ, फेरी जीत हुन्छ र अन्तिममा जित हुन्छ भने जस्तै हो । धेरै वटा उथल पुथल धेरै वटा हारहरुबाट सिङ्गै मानवजातिले शिक्षा लिने प्रकृयामा नगएसम्म हामी स्थायी प्रकृतिको फेरी नफर्किने समाजवादमा, नगिर्ने, नउल्टिने समाजवादमा पुग्दैनौं । यो नियम नै हो । किन भने बेलायतमा राजतन्त्रको अन्त्यपछि फेरी खोजी खोजी राजा लिएर राखेको हो । त्यसले मुख्यतः मान्छेको चेतना गणतन्त्रमा पुगेको छैन रहेछ भन्ने देखाउँछ । अब जतिसुकै जमिन दिन्छु भने अब कोही मोही किसान बन्न तयार हुँदैन । चीनको मान्छेलाई सिंगो चीनको राजा बनाईदिन्छु, तर कार चढ्न पाउँदैन, हात्ती घोडा चढेर हिड्नु पर्छ भन्यो भने चीनको कुनैपनि युवा राजा बन्न तयार हुँदैन । संस्कृति र संस्कार यसरी निमार्ण हुने युगमा पुग्नु पर्ने हुन्छ ।
समाजवादी संस्कृतिको जन्म पुँजीवादी गर्भबाट हुन्छ । पुँजीवाद भित्रपनि खराब चिज मुल पक्ष हुन्छ तर त्यसभित्र आंशिक चिजहरु चाँही मानवलाई चाहिने चिजहरु हुन्छ । त्यो आंशिक चिज नै समाजवादको अंग बन्छ । यो सँगसँगै हुन्छ । नेतृत्व कसको भन्ने मात्रै हुन्छ । अहिले मान्छेको चेतनामा जो दृतता आएको छ, यो दृतताले हामी के भन्न सक्छौं भने हिजोका भन्दा छिटो छिटो समाजवादतिर समाज जान्छ । तर यसले धेरै वटा उथल पुथल, धेरै वटा ऐतिहासिक शिक्षा, धेरै वटा गल्तिहरु दोहो¥याउनु अनिवार्य छ । सामान्तवाद विरुद्ध पुँजीवादले सुरु गरेको लडाईं अझैसम्म पुरा भएको छैन । फ्रान्सको भेनिसबाट सुरु भएको यो यात्रा आज साँडे चार सय वर्ष हुन लागिसक्यो अझै टुङ्गिएको छैन । कतै कतै फेरि सामन्तवाद फर्किन खोजेको छ । भनेपछि हामी त आठ हजारवर्षलाई पल्टाउन खोजिरहेका छौं ।
यसरी प्रवेश गरेको छ माक्र्सवादभित्र पुँजीवाद :
समाजशास्त्रमा राजनीतिमा जे अन्तरविरोध हुन्छ साहित्यमा पनि त्यो आईनै हाल्छ । यसलाई हामीले राजनीतिको वर्गसंघर्षमा देखा परेको वा विचारधाराको संघर्षमा देखा परेको संघर्षबाट पैदा भएको अनिवार्य परिणामका रुपमा बुझ्नु पर्दछ । नेपालमा एकथरी सर्जकहरु आफूलाई कस्तो माक्र्सवादी भन्छन् भने वर्गसंघर्ष नमान्ने, तर आफूलाई प्रगतिवादी भन्ठान्ने एक थरी छन् । अर्को थरि छन्, वर्गसंघर्षपनि मान्ने, माक्र्सवादको सिद्धान्तपनि मान्ने तर माक्र्सवादका आधारभूत सिद्धान्त नमान्ने तर आफूलाई जतिमान्दा आफू माक्र्सवादी भन्न पाइन्छ त्यति मान्ने त्यस्ता छन् ।
माक्र्सवादले भनेको राज्यसत्ताका निमित्व अनिवार्य बलप्रयोगको सिद्धान्त त्यसलाई बाध्यात्मक भनिन्छ त्यो चाँही नमान्ने । सर्वहारा अधिनायकत्व राज्यको विलोपिकरणको निमित्व अनिवार्य छ भनिन्छ त्यो चाँही नमान्ने । यसको सट्टा पुँजीवादले भनेको बहुलवाद चाँही मान्ने अथवा बहुलवाद पनि माक्र्सवाद नै हो भन्ने । यसो भएपछि उहाँहरुको लेखन बढिमा आलोचनात्मक यथार्थवाद भन्दा माथि उठ्नै नसक्ने देखिन्छ ।
तेस्रो खालका कस्ता छन् भने माक्र्सवादको आधारभूत सिद्धान्त चाँही दोहो¥याइ राख्ने, नेपाली समाजको सिर्जनात्मकतामा कसरी प्रयोग गर्ने भन्नेतिर जान चाँही पट्क्कै नचाहने । केही समय अघिदेखि जो पहिचानको कुरा आयो यसलाई चाँही पहिचान भनेको विलकुल पहिचान विरोधी कुरा हो भन्न देख्ने । कहाँ माक्र्सले भनेको छ भनेर भन्ने । नेपाली समाजमा माक्र्सवादलाई लागु गर्ने सवालमा सिर्जनात्मक ढंगले यहाँको विशेषता अनुसार लागु गर्नुपर्छ भन्ने कुरालाई नपक्रने बरु माक्र्सवादलाई धर्मशास्त्रको ढंगले रटिराख्ने प्रवृतिसँग यो सम्बन्धित छ । त्यस बाहेक क्रान्तिकारी प्रवृति भनेको माक्र्सवादको आधारभूत सत्यलाई पनि पक्रने र नेपाली समाजको विशेषतालाई पनि पक्रने र त्यो माक्र्सवादलाई चाँही नेपाली समाजको विशेषता र त्यसको चरित्र अनुसार माक्र्सवादी ढंगले त्यसलाई रुपान्तरण गर्न आफ्नो सिर्जना लाने । यो प्रवृति नै अहिलेको प्रगतिवादी मूल प्रवृति हो । यसो हुनु नेपालमा चलेको बैचारिक वहस र वर्ग संघर्षको अनिवार्य परिणाम हो ।
हामी माकुराका सन्तान जस्ता :
नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलन माकुराको सन्तानको प्रवृतिसँग सम्बन्धि छ । किनकी माकुराले आफ्नै आमा खाएर जिन्दगी सुरु गर्छ । हाम्रो अलिअलि त्यस्तो भयो । म विम्बका रुपमा केही मानकहरु प्रस्तुत गर्न चाहान्छु । विश्वमै जसलाई विभिन्न क्षेत्रका मानक मानिन्छ, तिनीहरुपनि आफ्नो जिवन्त हराभरा जिन्दगीमा कमिकमजोरी सहित थिए भन्ने कुरा हामीले याद गर्नुपर्छ । जसले त्यो क्षेत्रमा महानतम् योगदान पनि गरेर इतिहासको निम्ति मानक बने, तर उनीहरु जुन समयमा बाँचीरहेका थिए त्यसबेला उनीहरु प्रशस्त कमिकमजोरी सहित थिए । यो चिजबाट अलग गरेर नेपाली समाजलाई हेर्न मिल्दैन ।
गोकुल जोशीलाई तपाई के भन्नुहुन्छ ? गोकुल जोशी पुरै समाजसँग सबै सन्दर्भमा विद्रोही हुनुहुन्थ्यो । उहाँले प्रगतिशिल ढंगले नेपालको लोक जीवनलाई गीतमा व्यक्त गर्नुभयो । यायावर जीवन विताउँदै कवितामा त्यो चेतना व्यक्त गर्नुभयो । कुनै निजी लोभ लालच नराखी त्यस बेलामा ठूला ठूला सामन्तहरुलाई हकार्ने चरित्रका हुनुहुन्थ्यो । मेरो बिचारमा गोकुल जोशी नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनको एक जना मानक हो । कसैले छेक्न नसक्ने मानक हो ।
त्यस्तै अर्का व्यक्ति श्यामप्रसाद शर्मा । उहाँपछि मानक हो । जसले जीवनमा कहिले पनि नीजि सम्पति आर्जन गरेन । त्यस्तै केवल पुरे किसान । रुपचन्द्र विस्ट यी सबै मानकहरु हुन् । यस्ता व्यक्तिहरु दुईतिन दर्जन भेट्न सकिन्छ । एउटा मात्रै विलक्षण प्रकृतिको खोज्नु भयो भने नपाउन पनि सकिन्छ । नहुनपनि सक्छ ।
गोर्की भनेको सर्वहारा साहित्यको जग राख्ने मान्छे हुन् । त्यो एउटा असाधारण चरित्रमा पर्छ । असाधारण चरित्र सबैतिर खोज्न थाल्दा सबैतिर नपाईन सक्छ । नेपाल छाडिदिऊँ भारतको कुरा गरौं न । प्रगतिवादी मानक खोज्नुस् त त्यहाँ, कति जना छन् ? त्यसैले व्यक्तिबाट ‘हल’ हुँदैन । एउटा समूह तयार पार्नु पर्ने हुन्छ । त्यस्तै नेपालमा पनि एउटा समूह, पुस्ता नै भेट्न सक्नु हुन्छ तर व्यक्तिका रुपमा महामानवका रुपमा छैन ।
लुसुन, चिनियाँ समाजको सन्दर्भमा असाधारण चरित्र भयो । तर कोरियामा कहाँ त्यस्तो भेटिन्छ त ? भियतनाममा कहाँ भेटिन्छ र । सरदर मात्रै भेटिन्छ । नेपाली समाजमा पारिजातलाई लिन सकिन्छ । जो चाँही प्रतिक्रियावादी खेमामा हुँदा चर्चित हुनुभयो, रोगका दृष्टिलेपनि त्यो हालतमा हुनुहुन्थ्यो । तर नेपाली समाजमा निडर भएर पञ्यायत कालमा पनि दृढतापूर्वक उभिनु भयो । त्यहाँ भन्दा बढि मानक त के खोज्ने ? नेपाली समाजमा हामीले पाएको चाँही धेरै नै जिवन्त पात्रहरु हो । तिनीहरुको पनि सांस्कृतिक योगदानले नेपाली समाज यहाँसम्म आईपुग्यो । तर त्यसलाई हामी नयाँ पुस्ताका साथीहरुले माकुराको सन्तानको प्रवृति त देखाएनौं ? यसमा सचेत हुनु पर्दछ । उहाँहरुलाई हामीले ठिक ढंगले स्थापित गर्न सकिरहेका छैनौं ।
यी हुन् नयाँ पुस्ताले पढ्नुपर्ने विषय :
अन्तिममा सर्जकहरु गाँठो पर्ने भनेको दर्शन, विचार र राजनीति मै हो । रचना गर्दै गयो अन्तिममा उ अड्किने दर्शनको गहिराईमा पुगेर हो । दर्शनको गहिराईमा पुग्यो की पुगेन ? विचारधाराका हरपक्षमा उ पुग्यो की पुगेन ? वर्गसंघर्षको राजनीतिको गहिराईपूर्वक अध्ययन गर्न उसले सिक्यो की सिकेन ? यो चीजले नै एउटा सर्जकलाई कति वर्षसम्म लान्छ भन्ने कुराको गहिरो अर्थ राख्छ । अहिलेका नयाँपुस्ताले माक्र्सवादका तीन संघटक अंग (दर्शनशास्त्र, अर्थशास्त्र र वैज्ञानिक समाजवाद) को आधारभूत ज्ञान र त्यो ज्ञानको आधारमा आफ्नो मनको निर्णय गर्न सक्ने क्षमताको स्तरमा आफूलाई डुबाउँनै पर्छ । अनि त्यसको साथमा नेपाली समाजको अध्ययनलाई त्यसमा जोड्न जरुरी छ । ‘रेडिमेड’ पुस्तकहरु पढ्ने, नेपाली समाज चाँही कम पढ्ने र आफ्नो जीवनको अनुभूति, आफूले जति देखेको छ त्यतिलाई मात्रै विषय बनाउने जो चलन चलेको छ । त्यसको सट्टा माक्र्सवादले भने अनुसार तीन संघठक अंगको आधारभूत ज्ञान कमसेकम त्यसको पद्धति विज्ञानद्धारा सोंच्न सक्ने स्तरमा आफूलाई लानैपर्छ ।
समाजवादी सिर्जनकर्मीहरुका पाँच दायित्व :
पहिलो – साम्राज्यवाद, दलालपुँजीवाद, उपभोक्तावाद, उत्तरआधुनिकतावादको दार्शनिक श्रृङ्खलाले नेपाली समाजलाई जुन ढंगले शोषण उत्पिडन विविध आयामले गरिरहेको छ, नयाँ प्रकारको गरिवी, नयाँ प्रकारको वर्गीय खाडल, नयाँ खालको उत्पिडन र लुट जो मच्चाइरहेको छ त्यसको भण्डाफोर गर्नु, त्यो कुरा जनतालाई देखाइदिनु समाजवादी सांस्कृतिक आन्दोलन र समाजवादी सांस्कृतिक सिर्जनाको मुल काम हो ।
दोस्रो- नेपाली समाजमा अहिले पनि सामन्तवादका काफि अवशेषहरु विविध क्षेत्रमा बाँकी छन् । त्यो सामन्तवादी अवशेषका विरुद्धमा जनतालाई अपिल गर्नु त्यो चेतनालाई परिवर्तन गरेर कमसेकम प्रगतिशिल पुँजीवादी चेतनामा ल्याउन मेहनत गर्न सिर्जनाहरुलाई केन्द्रित गर्नु यो दोस्रो अभिभारा हो ।
तेस्रो- नेपाली समाजमा एक जाति, एक भाषा, एक संस्कृतिको दुईतिन सय वर्षको नीतिले नेपालमा रहेका उत्पिडित, जाति, उत्पिडित भाषा, उत्पिडित संस्कृति, उत्पिडित लिङ्ग उनीहरुमाथि जुन स्तरको उत्पिडन भएको छ, त्यसले नेपाली समाजलाई टुक्रा टुक्रा पारिदिएको छ । जबरजस्ती एकता बनाएको जस्तो देखिन्छ तर त्यसले काम चलेको छैन । त्यसकारणले आन्तरिक राष्ट्रियतालाई मजबुत पार्नका निम्ति नेपाली समाजमा रहेका सबै उत्पिडित समुदाय वर्ग, लिङ्ग, जाति, भाषा, संस्कृतिलाई उनीहरुलाई अधिकार सम्पन्न बनाएर राष्ट्रलाई नै एकढिक्का नपारेसम्म हामी दलालपुँजीवाद र साम्राज्यवादसँग लड्न सक्दैनौं । त्यसकारणले पहिचानको मुद्धा भन्नुस् वा भाषा,संस्कृतिको मुद्धा, दलितको मुद्धा भन्नुस् वा मधेसको मुद्धा भन्नुुस् यो सबै सबै मुद्धा राष्ट्रलाई पुर्नएकीकरण र राष्ट्रलाई एक ढिक्का पार्नका निम्ति हो । यसमा सिर्जनकर्मीहरु लाग्नु पर्छ ।
चौथो- केही सय वर्षको नेपाली समाजको खास जाति, खास भाषा, खास संस्कृतिको उत्पिडनले यहाँको सौन्दर्य मूल्य र सौन्दर्य दृष्टि नै विकृत बन्न पुगेको छ । के सुन्दर र के कुरुप भन्ने नै गलत बन्न पुगेको छ । त्यसकारणले अबको सांस्कृतिक आन्दोलनले यो अभिभारा पुरा गर्नु प¥यो की नेपाली राम्रो भनेको के हो ? नेपालको सौन्दर्यमूल्य कस्तो हो ? नेपालको सौन्दर्य दृष्टि कस्तो हो ? यो विविधता जो छ त्यस भित्रबाट नेपालको सौन्दर्य मूल्य र सौन्दर्य दृष्टिको पुर्नपरिभाषित गरेर सिर्जनामा प्रयोग गर्नुछ । तब मात्रै नेपाली मौलिकपन देखापर्छ । नत्र भने विदेश जानु हुन्छ भने अलिकति कालो रंगको हुनुहुन्छ भने ब्चभ थयग क्ष्लमष्बल रु भनेर सोधिहाल्छ । विदेशीहरुलाई यस्तो प¥यो की नेपाली भनेको चाँही कालो नै हुँदैन । नेपाली भनेको गहुँगोरो खालको हुन्छ भन्ने प¥यो । भनेपछि यहाँ रंगशास्त्रमा पनि राजनीति भयो । नेपाल विविधताले भरिएको देश हो । बहुसामुदायिक, बहुआयामिक र बंशाणुगत रुपले समेत बहुसभ्यताको मिलन भएको संगमस्थल हो । यस्तो परिचय बन्न सक्छ ? सक्नु प¥यो नी । त्यो परिचय बनाउन पनि समाजवादी सांस्कृतिक आन्दोलनको मुख्य अभिभारा भित्र पर्छ ।
पाँचौं- मानव समाजमा हुने सबै प्रकारका शोषण उत्पिडनका विरुद्ध र मानवजातिलाई समाजवादतिर लगेर मात्रै र समाजवादी व्यवस्था हुँदै वर्गलाई नै अन्त्य गर्नेतिर गएर मात्रै सम्पूर्ण मानवजातिको मुक्ति सम्भव छ भन्ने समाजवादी लक्ष्यतिर आकर्षित गर्नु, त्यता पट्टी प्रशिक्षित गर्नु र पुँजीवादप्रति घृणा उब्जाउनु यो नै समाजवादी सांस्कृतिक सिर्जनकर्मको पाँचौं कार्यभार हो ।

प्रस्तुति : राजु स्याङ्तान

Wednesday, January 27, 2016

जनवादी क्रान्तिको नारा दिने ‘सर्वाहारा’ कमरेडकी छोरीको यस्तो बिहे

काठमाडौं, माघ १४ । नेपाली कम्युनिष्ट आन्दोलनमा सबैभन्दा ‘क्रान्तिकारी’ भएको दावी गर्छन् उनी । बाबुराम, प्रचण्ड र अझ वैद्यलाई समेत सुधारवादी, बुर्जवा, संशोधनवादी भएको भन्दै ‘एकीकृत जनवादी क्रान्ति’को कार्यदिशा अँगालेर संघर्षमा होमिएको उनले दावी गर्दै आएका छन् ।

तर यहाँ तस्वीरमा देखिएकी नवदुलही यिनै कमरेडकी सुपुत्री हुन । नवदुलहीको श्रृंगार र गहना हेर्दा सोध्न मन लाग्छ– छोरीलाई सुनैसुनले ढाक्न कहाँबाट पैसा आयो कमरेड विप्लव ?
नेकपा माओवादीका अध्यक्ष विप्लवले आफ्नी छोरीको बिहे गरेका छन् । विप्लवकी छोरी सन्जु चन्दको बिहे सुनसरी निवासी विनोद लुईंटेलसँग भएको हो । लुईंटेल नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी अस्कलका अध्यक्ष हुन ।

श्रोतले जनाए अनुसार, विप्लवका परिवार तथा नजिकका आफन्तहरुको उपस्थितिमा विवाह भएको थियो । विवाह समारोहमा विप्लवका निकट मानिने माओवादी नेताहरु समेत उपस्थित भएको श्रोतले बतायो ।

http://www.everestdainik.com बाट साभार 

Monday, December 21, 2015

शासक वर्ग की संस्कृति लोगों को समाज बदलाव से विमुख कर देती है

कोई भी कलाकार मानव समाज से स्वतंत्र रहकर साहित्य नहीं रच सकता. कोई भी रचना विचार शून्य नहीं होती. अगर वह नींद से जगाने वाली नहीं है तो लोगों को सुलाने वाली जरूर होगी. शासक वर्ग की संस्कृति लोगों को समाज बदलाव से विमुख कर देती है. निम्न वर्ग के बजाय यह उच्च वर्ग की सेवा करती है. शासक वर्ग की अभिजनवादी संस्कृति की नकल करके मेहनतकश वर्ग खुद को उपहास का पात्र बनाता है. क्योंकि अपनी आर्थिक स्थिति से तंग, वह कला के इन महंगे साधनों की सस्ती और भोड़ी नकल ही कर सकता है.
सामंती समाज में दो तरह की संस्कृतियाँ एक दूसरे के विरुद्ध खड़ी थी. जिसमें पहली शासक वर्ग की अभिजनवादी संस्कृति थी तो दूसरी आम जनता की लोक संस्कृति. अभिजनवादी संस्कृति तकनीकी और बौद्धिक तौर पर श्रेष्ठ होने के बावजूद मुठ्ठी भर घरानों तक सीमित थी. जिसके अंतर्गत राजदरबार के शास्त्रीय संगीतकार, चित्रकार, कवि और साहित्यकार आते थे. जिस तरह उच्च वर्ग आर्थिक साधनों पर अपना कब्जा रखता है. उसी तरह सांस्कृतिक संसाधनों पर भी उसका वर्चस्व होता है. लेकिन वह अपनी आर्थिक सम्पन्नता से ज्यादा अपनी संस्कृति पर घमण्ड करता है. वह निम्न वर्ग के लोगों को असंस्कृत, गन्दा, असभ्य और अभद्र समझकर घृणा करता है. मेहनतकश वर्ग को उपद्रवी भीड़ मानता है. इसी तर्क से  वह निम्न वर्ग के शोषण को जयाज ठहरता है और मानता है कि इनके ऊपर शासन करने का उसे अधिकार प्राप्त है. उसकी अभिजनवादी संस्कृति मन बहलाव और उसके अपराध बोध को कम करने का साधन है. इसीलिए व्यक्तिगत रूप से लाभ उठाता हुआ वह कला की सामाजिक भूमिका से इनकार करता है और कला की अंतर्वस्तु के बजाये रूप चमत्कार पर ज्यादा जोर देता है. जबकि रूप चमत्कार का जो सौंदर्य उसमें होता है, जिसपर हमारे कुछ साथी फिदा हो जाते हैं, उसकी लाक्षणिक विशेषता है. उसकी अंतर्वस्तु तो वास्तव में कुलीन (सामंती या पूँजीवादी) होती है.
बहुसंख्यक जनता से जुड़ी लोक संस्कृति सहज, सरल और अपनी जमीन से पैदा हुई थी. जिसे ढाई सौ साल के औपनिवेशिक शासन ने कुचल कर रख दिया. अंग्रेजों की गुलामी ने एक ओर जहाँ देश को आर्थिक रूप से निचोड़कर कंगाल बना दिया. वहीं दूसरी ओर इसने हमारे देश की बहुरंगी लोक संस्कृति को विकसित होने से रोक दिया. इसने हमारी सांस्कृतिक जड़ें ही काट दी. इस तरह हम अपनी सांस्कृतिक विरासत जैसे- सामंती कला-कौशल, परम्परा, प्रतिष्ठा, मानवीय मूल्य और बौद्धिक उन्नति के सकारात्मक और प्रगतिशील पहलुओं से कट गये. जबकि अंग्रेजों ने गुलामी को बरकरार रखने के लिए सामंती संस्कृति के नकारात्मक पहलुओं जैसे- अज्ञानता, अन्धविश्वास, चापलूसी, श्रम से घृणा और नकलचीपन की प्रवृत्ति जैसे प्रतिक्रियावादी विचारों को बढ़ावा दिया. आजादी के बाद सड़ी-गली संस्कृति हमें विरासत में मिली. इसमें ऐसे विचार मौजूद थे, जो इंसान -इंसान के बीच दीवार खड़ी करते हैं जैसे- जातिवाद, क्षेत्रवाद, स्त्री-पुरुष असमानता और धार्मिक भेदभाव. आजादी के बाद पूँजीवादी शासन व्यवस्था ने सड़े-गले सांस्कृतिक कचरे को साफ नहीं किया बल्कि इसमें इजाफा ही किया. व्यक्तिवादी चरम स्वार्थपरता और योरोपीय संस्कृति की नकल भी इसमें शामिल कर लिया गया. इस कचरे से सकारात्मक और प्रगतिशील तत्वों को छाँट निकालना मुश्किल काम था, जिसे जनवादी संस्कृति के प्रचार-प्रसार से पूरा किया जा सकता था. जातिवादी सोच, स्त्री-पुरुष भेदभाव और सांप्रदायिक विचारों के खिलाफ संघर्ष करके मेहनतकश जनता में वैज्ञानिक नजरिया और श्रम की गरिमा विकसित करना इसका लक्ष्य था. इसके साथ अंग्रेजों के षड्यन्त्रों का पर्दाफाश करना और जनता में नये स्वप्न और आकांक्षाएँ जगाना इसका प्रमुख अंग था. इसका उद्देश्य बताते हुए प्रगतिशील लेखक संघ के गठन के समय प्रेमचंद ने कहा था, हमारी कसौटी पर वही साहित्य खरा उतरेगा जिसमें उच्च चिंतन हो, स्वाधीनता का भाव हो, सौन्दर्य का सार हो, सृजन की आत्मा हो, जीवन की सच्चाइयों का प्रकाश हो- जो हममें गति, संघर्ष, बेचैनी पैदा करे, सुलाए नहीं क्योंकि अब और ज्यादा सोना मृत्यु का लक्षण है.
सशक्त राष्ट्रीय आन्दोलन ने जनवादी संस्कृति के निर्माण में एक नया कदम बढ़ाया. प्रगतिशील आन्दोलन इसी की देन था. कवि सम्मलेन, गीत, नाटक, पत्रिका गोष्ठी, सभा सम्मलेन आदि के जरिये जनता तक पहुँच बनाया गया और उनके दुखों, कमजोरियों और संघर्षों को जनवादी साहित्य का मुख्य विषय बनाया गया. इसने कई गौरवपूर्ण उपलब्धियाँ हासिल की. लेकिन बिना खड्ग-बिना ढाल वाली आधी अधूरी आजादी की लड़ाई के बाद हमारे देश के शासकों ने घिनौने-सड़ियल सामंती शक्तियों से समझौता कर लिया. जिससे एक नयी सांस्कृतिक समस्या पैदा हुई. इसके बावजूद व्यक्तिगत और सामूहिक प्रयासों से आजादी के दो-तीन दशकों बाद तक सकारात्मक कला-संस्कृति की रचना चलती रही. लेकिन ये प्रयास पूरे समाज के चेतना में अमूल-चूल परिवर्तन करने में नाकाफी साबित हुए और जनवादी संस्कृति के निर्माण का काम आज भी अधूरा है. समाज बदलने वाली शक्तियों को इस अधूरे कार्यभार को पूरा करना है.
1991 में देश के शासक वर्गों द्वारा विदेशी पूँजी के आगे आत्मसमर्पण का नतीजा आज हम साम्राज्यवादी सांस्कृतिक हमले के रूप में झेल रहे हैं. इसने एक और हिंसा, लम्पटता, अश्लीलता का गुणगान करने वाली दूषित फिल्में, पुस्तकें, पत्रिकाएँ, संगीत, नृत्य और फैशनपरस्ती की भरमार कर दी है. वहीं दूसरी ओर बहुराष्ट्रीय कम्पनियाँ हमारे देश की सभी मूल्य मान्यताओं पर उपभोक्तावादी संस्कृति लाद रही हैं ताकि उनका माल ज्यादा से ज्यादा बिके. इस काम को वे विज्ञापनों के जरिये अंजाम दे रही हैं.

http://www.palpalindia.com से साभार 

जनवादी संस्कृति


जनवादी संस्कृति - रामविलास शर्मा 
https://books.google.com.np


परिवर्तन और विकासके सांस्कृतिक आयाम - पुरनचन्द्र जोशी
https://books.google.com.np


आलोचनाका अन्तरङ्ग
https://www.blogger.com


जनवादी संस्कृति र साहित्य- डा. शिवशंकर बस्याल

केही  मूल्य, मान्यता, प्रथा र प्रचलनलाई नै समग्र संस्कृति मान्नु सङ्कुचित धारणा

संस्कृतिको अवधारणा बृहत् छ । त्यो भौतिक तथा अभौतिक पर्यावरण र परिवेश नै समग्रमा संस्कृति हो । सामान्यतः कतिपय व्यक्तिहरूले केही सांस्कृतिक मूल्य, मान्यता, प्रथा र प्रचलनलाई नै समग्र संस्कृति मान्ने गरेका छन् । तर यो धारणा आफैँमा अपूर्ण, साँघुरो र सङ्कुचित छ । बृहत् अर्थमा संस्कृति त्यो मानव पर्यावरणको समग्रता हो, जसले मानव उद्विकासका लाखौँ, करोडौँ वर्षको कालक्रममा आर्जन गरेको समग्र भौतिक तथा अभौतिक तत्वहरूको समुच्चित रूप हो । विभिन्न समाजशास्त्री र मानवशास्त्रीहरूले संस्कृतिलाई आआफ्नै रूपबाट प्रस्ट्याएका छन् । प्रसिद्ध मानवशास्त्री ई. बी. टेलरले संस्कृतिलाई त्यो समग्रता ठानेका छन्, जसमा ज्ञान, कला, विश्वास, आचार, कानुन, प्रथा र अन्य क्षमता समावेश हुने गर्छन्, जहाँ र जसमा ज्ञान, कला, विश्वास, आचार, कानुन, प्रथा र अन्य क्षमता समावेश हुने गर्छन् । जहाँ मानिस समाजको सदस्य हुनाले प्राप्त गर्ने गर्छ ।

संस्कृतिबारे प्रस्ट्याउँदै मालिनोस्कीका अनुसार संस्कृति मानव निर्मित कार्य हो, जसबाट उसले आफ्नो लक्ष्य प्राप्त गर्छ । संस्कृतिले मानवका आवश्यकता परिपूर्ति गरिदिने कार्य गर्छ । यो हस्तान्तरित हुने गर्छ ।संस्कृतिको निर्माण सहज रूपले हुने गर्छ । वर्तमान संस्कृतिहरूको उपज पनि आजैको परिणति होइन । लाखौँलाख वर्षको मानवजातिका अभ्यासहरूको सङ्ग्रह नै मानव संस्कृति हो, जुन कहिलेकहीँ परिवर्तनशील र कहिले जड रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुने गर्छ । यी भौतिक र अभौतिक दुवै हुन सक्छन् । 

संस्कृतिको निर्माण विशेष कालक्रम, समय, आर्थिक, राजनीतिक र सामाजिक परिवेशको सापेक्षमा रहेर हुने गर्छ । कस्तो किसिमको संस्कृति निर्माण हुने भन्ने निर्णय त आर्थिक संरचना र राजनीतिक व्यवस्थामा भर पर्ने कुरा हो । त्यति मात्र होइन, संस्कृति निर्माणका लागि भौगोलिक परिवेश, पर्यावरणलगायत केही पक्षहरूको पनि धेरथोर रूपमा प्रभाव पर्ने गर्छ । यसको कारणले नै वर्तमान विश्वमा विभिन्न किसिमका संस्कृतिहरू अस्तित्वमा रहेका छन् । तिनीहरूको उत्पत्ति र उद्भव विशेष सामाजिक–आर्थिक संरचनाको गर्भबाट जन्मने गर्छ । 
माक्र्सले समग्र संस्कृतिलाई उत्पादन प्रणालीबाट निर्धारण हुने तत्व ठान्नुभएको छ । उहाँका अनुसार उत्पादन प्रणालीले भौतिक पूर्वाधारको जन्म दिन्छ । तसर्थ संस्कृति निर्धारण पनि आर्थिक निर्धारणबाटै हुने गर्छ । 
मूलतः अर्थतन्त्र वा आर्थिक प्रणालीबाट संस्कृति निर्देशित हुने हुनाले निश्चित स्थानको उत्पादन प्रणालीअनुरूप नै सोहीअनुसारको संस्कृति निर्माण हुन्छ । यो निरन्तर रूपमा चलिरहन्छ । स्थापित संस्कृति हजारौँहजार वर्षको अभ्यास हो । जब अभ्यास जगत् नियम बन्ने गर्छ, त्यो संस्कृति बन्न पुग्छ । जब जगत् नियम संस्कृति बन्छ, तब त्यो धेरै कम परिवर्तनशील हुने गर्छ । मानिसले उक्त संस्कृतिलाई बिनाप्रश्न शिरोधार्य गर्छ । यसरी शिरोधार्य गरिसकेपछि आर्थिक संरचना परिवर्तन भए पनि पुरानौ संरचनाको संस्कृतिलाई उसले त्याग्न सकेको हँुदैन । किनकि प्रायः संस्कृतिको जड धर्ममा गएर रोपिने गर्छ । व्यक्तिले पाप वा अज्ञनताको डरले उक्त नियम तोड्ने हिम्मत गर्दैन र समय सन्दर्भअनुसार परिवर्तन हुन नसक्दा उही संस्कृतिअनुसार अभौतिक संस्कृति तालमेल हुन सक्दैन । यसलाई हामी कल्चरल लग भन्ने गर्छाैं । नेपाली समाजमा पनि हामी त्यो स्वरूप देख्न सक्छौँ । बढ्दो प्रौद्योगीकरणको जमानामा प्रगतिशील संस्कृतिको सट्टामा पुरातन संस्कृतिक मूल्यमान्यता त्यसैका अवशेषहरू हुन् ।

अर्थव्यवस्था र आर्थिक प्रणालीबाट नै संस्कृति निर्धारण हुने भएकाले वर्गीय समाजमा संस्कृतिको स्वरूप पनि वर्गीय हुने गर्छ । तसर्थ समाजअनुसारका वर्गहरू आफ्नो वर्गसापेक्षताअनुसार संस्कृतिको निर्माण गर्न पुग्छन् । कतिपय राम्रो संस्कृतिको जन्म हुन पुग्छ भने कतिपय नराम्रो संस्कृतिको पनि । यहाँनेर प्रश्न उठ्छ– कुन संस्कृतिलाई राम्रो संस्कृति र कुन संस्कृतिलाई नराम्रो संस्कृतिको नामकरण गर्ने ? उत्तर बडो सजिलो छ । यस्तो संस्कृति, जुन परिवर्तन र विकासका लागि सहयोगी छन्, जसले समानतामूलक र शोषणरहित समाज निर्माण गर्न  प्रेरित र सहयोगी छन् भने त्यस्तो किसिमको संस्कृतिलाई हामी राम्रो संस्कृति नामकरण गर्न सक्छौँ । त्यसको विपरीत परिवर्तनका लागि बाधक र अवरोधक छ, वर्गीय संरचना खडा गर्छ र शोषणमूलक समाजको जन्म र प्रोत्साहन दिन्छ भने त्यस्तो संस्कृति नकारात्मक संस्कृति हो । तसर्थ सकारात्मक र प्रगतिशील संस्कृतिको रक्षा र निर्माण हुन सक्छ । आर्थिक व्यवस्था, राज्यप्रणाली र सामाजिक व्यवस्थाको साथसाथै प्रगतिशील र जनवादी संस्कृतिको प्रतिरोधले मात्र समुन्नत र सुखी समाज निर्माण हुनसक्छ । आथिक व्यवस्था, राज्यप्रणाली र सामाजिक व्यवस्थाको साथसाथमा प्रगतिशील र जनवादी संस्कृतिको निर्माण नै वास्तवमा सही अर्थको सांस्कृतिक निर्माण हो ।
 
विश्वव्यापीकरणको जमानामा समग्र संसार एउटा सानो गाउँमा परिणत भइसकेको छ । संस्कृतिको प्रसारमा वर्तमान समयमा सञ्चारका साधनहरूले ठूलो भूमिका निर्वाह गर्ने गर्छन् । तर दुर्भाग्यको कुरा, आजको वर्गीय रूपमा विभाजित समाज र राष्ट्रहरूमा प्राद्योगिकी तथा आमसञ्चारमा तिनै उच्च वर्ग र धनी राष्ट्रहरूको बोलवाला छ । सञ्चारका माध्यमहरूबाट वर्तमान समयमा ती पश्चिमा राष्ट्रहरूले पुँजीवादी, सामन्तवादी, अश्लील र छाडा प्रवृत्तिको संस्कृति प्रसार गरिरहेका छन् । यसले व्यक्तिहरूलाई कानुन, खर्चिलो, परनिर्भर र उद्दण्डतातर्फ आधुनिकताका नाउँमा भड्खालोभित्र पारिरहेको छ । निम्न आर्थिक स्तर भएका समाज वा राष्ट्रहरू पनि अधुनिकताको नाउँमा ती चक्रव्यूहमा फसिरहेका छन् । नेपाली समाज पनि पुँजीवादी, साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी संस्कृतिमा नराम्रोसँग मुछिएको छर्लङ्ग छ ।
 
एक ध्रुवीय रूपमा रहेको साम्राज्यवादी र सामन्तवादी संस्कृतिबाट मुक्त हुन वर्तमान विश्वका शोषितपीडित लाखौँकरोडौँ जनताको एक अनिवार्य सर्त बनेको छ । आधुनिकीकरणको नाउँमा वर्तमान युवा पुस्तालाई यसले सांस्कृतिक आगूपदार्थ बेचिरहेको छ । अवैध कारोबारको नियन्त्रणले मात्र सुखी समाज निर्माण हुनसक्छ । यसका लागि सांस्कृतिक रूपान्तरण हुनु आवश्यक छ । सांस्कृतिक रूपान्तरण भन्नाले एक वर्ग, तह र तप्काको शासनमा चलेको संस्कृति भत्काउँदै परिवर्तित असल समाज विकासको सहयोगी संस्कृतिको स्थापना हो । नेपाली समाजमा पनि सांस्कृतिक रूपान्तरणको आवश्यकता टड्कारो रूपमा खड्किएको छ । हजारौँ वर्षको अवधिमा चलेका सामन्तवादी, पुँजीवादी, वर्गीय, उच्च जातीय तप्काले आफूअनुकूल निर्माण गरेको संस्कृति नभत्काई वास्तवमा नेपाली समाज अर्थव्यवस्था र संस्कृति एवम् राजनीतिक व्यवस्थाको परिवर्तन सम्भव नै छैन ।

 सांस्कृतिक पुनर्निर्माण र सांस्कृतिक रूपान्तरणका लागि साहित्यको पनि महत्वपूर्ण भूमिका हुन्छ किनकि साहित्य पनि मानव संस्कृतिकै एक महत्वपूर्ण पक्ष हो । वर्गीय संरचनामा वर्गीय साहित्यको उत्पत्ति हुनु कुनै नौलो कुरा होइन । फरकफरक प्रवृत्तिको साहित्यले समाजमा आआफ्नै किसिमको प्रभाव पारेको छ । एकातर्फ सर्वसाधारण, शोषितपीडित श्रमिक र श्रमका कथा–व्यथा र गीत लेख्ने साहित्य छ भने अर्कोतर्फ विलासी, धनी, अभिजात र शासक वर्गलाई केन्द्रबिन्दु बनाएर आफ्नो व्यक्तित्व र उच्च वर्गीय स्वार्थका लागि साहित्य रचना गर्ने प्रवृत्ति छ । वर्तमान समयमा त उनीहरूकै बाहुल्य छ । त्यसले समाज दुखेको, देश दुखेको घाउ र पीडा देख्दैन । बरु कामुकता, उच्छृङ्खलता र अश्लीलताको सस्तो प्रचारले क्षणिक वाहवाही पाउने प्रयास गर्छ । यस्तो किसिमको साहित्यले समाजलाई प्रगति र अग्रगतिमा होइन, लम्पट र कामुकतातर्फ दिनप्रतिदिन धकेल्दै लैजान्छ । समाजलाई कङ्गालीकरण, दलालीकरण एवम् परनिर्भरतातर्फ लैजान्छ । फलस्वरुप समाज विखण्डित अवस्थामा पुग्छ भने मुठीभर व्यक्तिहरूको स्वार्थ परिपूर्ति हुन्छ । तसर्थ सुखी, सभ्य र प्रगतिशील समाज निर्माण गर्न जनवादी÷प्रगतिवादी साहित्यको महत्वपूर्ण भूमिका हुन्छ । यसको माध्यमबाट हामी समानतामूलक, शोषणरहित र प्रगतिशील समाज निर्माण गर्न सक्छौँ । विलासितावादी, भोगवादी र कामुक साहित्यको बदलामा जनवादी, जनमुखी र सामाजिक बिम्ब झल्कने, लाखौँलाख भोका, नाङ्गा र पीडितको गीत समेटिने साहित्यले मात्र समाजको भलाइ हुन सक्छ र सांस्कृतिक रूपान्तरणका लागि साहित्य कोसेढुङ्गा बन्न सक्छ । 

वर्गीय समाज, संस्कृति र साहित्यको सङ्घर्ष 

कलमजीवीहरूलाई तर्साउने खेल कुनै नयाँ होइन । समाज जब वर्गीय संरचनामा ढल्दै विकासको प्रक्रियामा अघि बढ्यो, तब संस्कृति पनि वर्गीय स्वरूपमा अघि बढ्दै गयो । आआफ्ना वर्गले आफ्नो संस्कृतिलाई हुर्काउने चलनले निरन्तरता पायो । वर्तमान अर्धसामन्ती तथा पुँजीवादी स्वरूपले पनि आआफ्नै संस्कृतिलाई पछ्याउने क्रम रहनु स्वाभाविक थियो । वर्गीय संरचनाभित्र रही सांस्कृतिक सङ्घर्ष चलिरहेको वर्तमान विश्वसामु छर्लङ्ग छ । आज सर्वहारावादी संस्कृति आफ्नै वर्गको संस्कृति र साहित्यको पक्षपोषण, अस्तित्व एवम् जगेर्नाको लडाइँ लडिरहेको छ भने सामन्त, पुँजीपति वर्ग र साम्राज्यवादी शक्तिहरू आफ्नो पैतालादेखिको बलले आफ्नै वर्गको पक्षपोषणका लागि तल्लीन छन् । प्राविधिक सञ्चार र अन्य भौतिक क्षेत्रमा उनीहरूको दबदबा, वर्चस्व र प्रभुत्व रहेकाले त्यसको प्रचारप्रसार र वृद्धि गर्नु उनीहरूको धर्म नै हो । तसर्थ आज जनवादी साहित्यले प्रभुत्ववादी, साम्राज्यवादी, पुँजीवादी र सामन्तवादी साहित्यसँग लडाइँ लडिरहेको छ । निरङ्कुश वर्ग जनवादी साहित्य, कला र संस्कृतिसँग अत्तालिएर हिंसाको बाटोबाट उनीहरूका प्रतिभा र कलमलाई भाँच्न प्रयासरत रहन्छन् । 
कुनै पनि देशको क्रान्ति सफल पार्न लेखक÷कलाकारको महत्वपूर्ण भूमिका रहन्छ । लामो भाषणभन्दा सटिक कलमका अक्षर र आवाज प्रतिक्रियावादी सत्ता र संरचनाका बम र बारुद साबित हुन्छन् । तसर्थ क्रान्तिको दौरानमा ती संस्कृतिकर्मी, कलाकर्मी र लेखकहरूलाई बन्दुकका माध्यमबाट तर्साउने गर्छन् । आफ्नो बनीबनाउ संसार टिकाउने प्रयत्नमा लागिरहन्छन् स्रष्टाहरूमाथि नाङ्गो र बर्बर रूपमा जाइलाग्छन् । तर गौरवको कुरा, यी बन्दुक र बुटको त्रासले जनताको माया र प्रेरणाको बीचमा हुर्केका कोपिलाहरू सधैँ मुस्कुराउँदै जान्छन्, फुल्दै जान्छन् । दमनका यी कर्तुतहरू स्रष्टाका लागि झनै मल साबित हुन्छन् र प्रतिकूलतामा पनि स्रष्टाका अक्षरहरू विस्फोट हुन रुक्दैनन् । थिचोमिचो र दमनले नै दमन विरुद्धका अभिव्यक्ति गर्न बाध्य बनाउँछ । अप्रत्याशित चाप, दबाब र निकासको अभिव्यक्ति ज्वालामुखी भएजस्तै एउटा स्रष्टाले यो सामाजिक, राजनीतिक थिचोमिचोलाई ज्वालामुखी विस्फोटको कारणजस्तै प्रेरणादायी रूपमा लिनुपर्छ । जनवादी साहित्य त्यसैले मोटा, न्याना बिस्तरामाथि पल्टिदै डकार छोडेका पेटले लेख्दैन । शिशिर र ग्रीष्मसँग, रगत निचोर्नेका कर्तुतविरुद्ध उम्लिँदै आफ्नो अभिव्यक्ति कलमको सहाराले नचाहँदानचाहँदै आफ्नो रगतका मसीले कोर्नु वास्तवमा जनवादी साहित्य हो । त्यसरी लेखिएका गीत नै जनताका जीवनका प्यारा गीतहरू बन्न पुग्छन् । जीवनलाई झडप र दाउमा राखेर कोरिने यी अक्षरहरूको मूल्य पक्कै पनि, आत्मप्रचार, यशोगान, खुनी वर्गको पोषक नभई श्रमजीवीको कर्णप्रिय गीत नै वास्तवमा जनवादी साहित्य हो । यो अजम्बरी हुन्छ । वास्तवमा माक्र्सवादी सौन्दर्यशास्त्रको मुख्य गुदी र मुटु पनि त्यही हो ।

आफ्नो भौतिक सुखसुविधा, यश र सम्मान जनवादी साहित्यकारका विषयवस्तु कदापि हुँदैनन् । न त आनन्दको नाउँमा पुँजीवादी र साम्राज्यवादी संस्कृतिकर्मी र साहित्यकारले जस्तै विषाक्त संस्कृतिको विष पिलाउँछन् जनवादी साहित्यकारले । त्याग, बदलामा अपमान, कष्ट, दण्ड त सामान्य जीवन हो जनवादी साहित्यकारको । यति हुँदाहुँदै पनि सुन्दर, समान र शोषणरहित संसार र समाजका लागि ज्यान जोखिममा राखेर यथार्थको नीमपत्ताको तीतो झोल  पिलाउने गर्छन् साहित्यकारहरू, जुन समाजका लागि कडा ओखती हुने गर्छ । यही ओखतीले नशामा मातिरहेका व्यक्तिहरूलाई यथार्थको धरातलमा बाँच्न र खेल्न सिकाउँछ । तसर्थ जनवादी साहित्यको प्रयोजन पनि कलाकलाका लागि नभई कला जीवनका लागि हुने गर्छ । एक असल मानव र समानतामूलक, शोषणरहित समाज निर्माण गर्न र बाँच्न सिकाउँछ । करोडौँकरोड मेहनतकशका कथा र व्यथाको जीवन्ततालाई जनवादी साहित्यले बिम्बित गर्न सक्नुपर्छ । वास्तवमा एक असल साहित्यले त्यसको बिम्बन मात्र नभई अग्रीम बाटो पनि पहिल्याउने गर्छ । जनताका लेखक÷कलाकारहरूले ती प्रतिकूल समय, सन्दर्भ र व्यवस्थाको बीचमा आफूलाई होमी शोषक वर्गको कर्तुत र जालसाजीलाई कलात्मक ढङ्गले व्याख्या गर्नु नै वास्तवमा जनवादी साहित्य हो । वर्तमान समयसम्म आँधीबेहेरीको मौसमबीच विश्व सर्वहारावर्गले कला, संस्कृति र साहित्यमा आफ्नो गौरव तथा अस्तित्वपूर्ण लडाइँ लडिरहेको इतिहास विश्वसामु छर्लङ्ग छ ।
 
संसारका बडेबडे शासकहरू बन्दुकसँगभन्दा विचार र कलमसँग थर्कमान भए । नेपोलियनहरू जीवनभर बन्दुकसँग पराजित भएनन्, कलमसँग हारे । हिटलर र मुसोलिनीहरूको कलम र कलासँग दुस्मनी थियो र डराउँथे । तसर्थ पहिलो प्रहार तिनैमाथि गरिन्थ्यो । अङ्ग्रेजहरू पनि भारतीय स्वाधीनताको आन्दोलनका क्रममा लेखकहरूमाथि पहिलो प्रहार गर्थे । प्रेमचन्दका कयाँै कृति जफत गरिए र प्रतिबन्ध लगाइयो । सोभियत सङ्घको ऐतिहासिक क्रान्तिमा साहित्यको भूमिका महत्वपूर्ण रहेको लेनिन आफँैले आफ्ना रचनाहरूमा व्यक्त गर्नुभएको छ । मेक्सिम गोर्की, निकोलाई आस्त्रोभस्कीका कलमहरूले हजारौँ बन्दुकका नालले फ्याँक्ने बारुदभन्दा चोटिलो प्रहार जारहरूमाथि पु¥याएको इतिहास विश्वसामु छर्लङ्ग छ । यति मात्र होइन, जनवादी चीनको जापानविरोधी मुक्तियुद्ध र चीनको महान् क्रान्तिमा सशस्त्र युद्धको साथमा लेखकहरूले पनि आफ्ना कलमहरूलाई समाहित गर्न पुगे । लुसुन, याङ मो त्यस्ता कलमवीर थिए, जसले क्रान्तिकारी युद्धमा उनीहरूका रचनाहरूले इन्धनको कार्य गरे र महान् सांस्कृतिक क्रान्तिमा सचेतनाका सन्देश फिँजाउन महत्वपूर्ण सहयोग गरे । चीनको त्यस महान् क्रान्तिमा लेखक÷कलाकारको भूमिकालाई माओले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

नेपाली इतिहासको पृष्ठभूमिलाई हेरयौँ भने पनि के थाहा लाग्छ भने यहाँ पनि वर्गीय सामाजिक संरचनाअनुसार आआफ्नै वर्गको पोषण गर्ने लेखक, कलाकार र उनीहरूबीचको सङ्घर्ष निरन्तर रूपमा चलिरहेको छ । एकातर्फ सामन्ती, पुँजीपति वर्ग दरबारिया र उच्चकुलीन वर्गको पोषक साहित्यको बिगबिगी र बोलवाला एकातिर छ । सञ्चारमाध्यम र सत्ता पनि उनीहरूकै पक्षको भएकाले आफ्नो वर्गको पक्षपोषण गर्ने साहित्य र कलालाई प्रचार र पारितोषिक गरिरहेको छ । मेहनतकश वर्ग र ग्रामीण जनताको हितमा कलम चलाउनेहरूलाई उपेक्षा गर्ने र किनारा लगाउने काम सत्ता र उसका आसेपासेहरूले गर्ने गरेका छन् । साहित्यलाई पनि सहरिया र सम्भ्रान्तको बनाउने कसरतमा छन् । यति हुँदाहुँदै पनि नेपाली जनवादी साहित्यले विगतमा लामो तथा स्वाभिमानपूर्ण लडाइँ लडी आफ्नो अस्तित्व कायम गराउन सफल भएको छ । शोषित, मेहनतकशवर्ग, शोषण, अत्याचार, अन्याय र निरङ्कुश शासनका विरुद्ध ज्यान दाउमा राख्नेहरूको इतिहास लेखन परम्परामा मकैको खेतीका लेखक प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका एक सय ६० भन्दा बढी कलमवीर र संस्कृतिकर्मीहरूले जनआवाजलाई मुक्तकण्ठले गाएरै छोडे । हिजो कलम बोक्ने कृष्णलालहरू राणाका लागि बज्र बने भने कलमबाटै गीत कोर्ने कृष्ण सेन ‘इच्छुक’ हरू सामन्ती राजतन्त्रकै काल बने ! आखिर कृष्णलालदेखि कृष्ण सेनसम्म नेपाली जनवादी लेखनपरम्पराको इतिहास हामीले गर्व गर्न लायक छ । इतिहासले साबित गरिसकेको छ– नेपाली जनवादी क्रान्तिमा कलमको भूमिका महत्वपूर्ण छ ।

http://ratokhabar.com बाट साभार 

Wednesday, December 9, 2015

रुढी परम्परालाई मान्दैनौ भन्दै क्रियापुत्री बसेन नेता खड्का

राजकरण महतो,बर्दिवास, मंसिर २३ गते ।

सामान्यतया हिन्दु धर्म संस्कृतिमा वुवा आमाको मृत्यु हुदाँ छोराले क्रियापुत्री बस्ने चलन छ । तर एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं महोत्तरी जिल्लाका इन्चार्ज राजु खड्काले आफ्नीे आमाको मृत्यु हुँदा परम्परागत रुपमा क्रियापुत्री बसेनन् ।

 


























खड्काकी ८७ बर्षीय आमा कृष्ण कुमारी खड्काको २०७२ साल मंसिर १२ गते निधन भएको थियो । आफूलाई रुढिवादी परम्परामाथि विश्वास नभएको हुँनाले क्रियापुत्री नबसेको केन्द्रीय सदस्य खड्काले बताए । उनले भने, ‘मलाई मृत्यु पछि गरिने कर्मकाण्ड प्रति विश्वास छैन । हिन्दू धर्ममा आधारित मृत्यु संस्कारमा विश्वास गर्ने खालका कुनै पनि वैज्ञानिक आधार नभएकाले म आमाको किरिया पुत्री नबसेको हो ।’ बुवाआमा जिवित हुदाँ चाहिं एक चम्चा पानी पनि खान नदिने तर मृत्यु भएपछि समाजलाई देखाउनको लागि क्रियापुत्री बस्ने परम्परा रुढिवादी सोचमा आधारित ढोंगी चलन भएको उनको भनाई छ ।

 उनले आफ्ना आमा बुवालाई जीवित हुँदै समयमा उचित खानपान, सम्मान, औषधोपचार र हेरचाह गर्नु पर्नेमा जोड दिएका छन् । तर नेता खड्काका दाजु भने आमाको किरिया पुत्री बसेका छन् । तर खड्काले भने न नुन बारे, न त कपाल नै खौरिय । न सेतो लुगा लगाएर कोरामा नै बसे । उनी आफ्नो घरमा सहानुभूतिको लागि आउने सबैसँग हात मिलाउँछन्, गफ गर्छन्, दुखःुसुखका कुरा गर्छन् ।

आफूलाई जन्म दिने आमा गुमाउँदाको पीडा खड्काको अनुहारमा प्रस्ट देखिन्छ । तर उनी आमाको मृत्यु हुँदा परम्परादेखि चलि आएका कुनै पनि चलन पछ्याउँन चाहँदैनन् । भन्छन्, ‘मृत्युपछि घरमा पंडित बोलाएर गरुढ पुराण भन्ने चलन छ । यसले मानिसमा त्रास र चिन्ता उत्पन्न गराउँछ ।’ गरुढ पुराणले सारमा पंडितलाई दान गरे दान गरेको बस्तु मृत्यु भएका मानिसले पाउने र उनीहरुको स्वर्गमा बास हुने नत्र नर्कमा बास हुने त्रास सिर्जना गर्ने काम गर्ने खड्काको भनाई छ ।


 परिवारमा सदस्य गुमाएको वेलामा राहत दिनुको सट्टा दक्षिणा र दानले मृत परिवारमा झन् पीडा र आर्थिक भार थपिने गरेको खड्का बताउँछन् । नेता खड्काले २०५८ सालमा वुवा खिलबहादुर खड्काको निधन हुँदा पनि क्रियापुत्री नबस्ने प्रयत्न गरेका थिए । तर उनी सफल भएनन् । समाजको दवाबले ८ दिन पछि बाध्य भएर कोरा भित्र पस्नु परेको उनी अहिले पनि सम्झन्छन् । तर आमाको मृत्यूपछि उनी यसपालि क्रियापुत्रि नबसेकोमा कसैले उनलाई दवाव दिएका छैनन् ।

 खड्काले भने,‘समाजमा मैले क्रियापुत्री नबसेकोमा टिका टिप्पणी भइरहेको छ । वुवाआमाको क्रियापुत्री नबसेर समाज विगारेको, परम्परालाई नमानेको जस्ता कुरा चलिरहेको छ, यसप्रति मेरो कुनै गुनासो छैन, नबुझ्नेले पनि पछि विस्तारै बुझ्दै जालान् ।’ आमाको क्रिया नगरेकोमा समाजका मानिसहरु खुशी नरहेको बताउँदै उनले भने, ‘विस्तारै यो चलन हट्छ, अलि जानेबुझेकाले गलत परम्परालाई छाड्ने हिम्मत गर्नु प¥यो, मैले त्यहि गरेको हँु ।’

‘ आमा र आमाको भौतिक शरीर नभए पनि आमाप्रतिको सम्मान र सम्झना भने सँधै ताजा रहनेछ,’ केन्द्रीय सदस्य खड्काले भने,‘हाम्रो परिवारमा आमाको योग्दानलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा बहस चलिरहेको छ ।’

http://www.shirishnews.com बाट साभार