Saturday, September 23, 2017

दशैंमा रातो टीका लगाउने सभ्यता पहाडी जनजातिले सुरु गरेका हुन्- जगमान गुरुङ




संस्कृतका धुरन्धर विद्वान तथा संस्कृतिविद डा.जगमान गुरुङ नेपाली संस्कृतिलाई गहिरोसँग बुझ्ने इतिहासकार पनि हुनुहुन्छ । नेपालका विभिन्न भागका हरेकजसो संस्कृतिबारे गहिरो अध्ययन गर्नुभएका संस्कृतिविद् गुरुङसँग नेपाली समाजमा दशैं र यसका अनेक आयामबारे चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको संवादः 

दशैं त आइसक्यो, दशैं कहाँ मनाउनुहुन्छ ? 
दशैं मनाउन म मेरो घर कास्कीकोट आइपुगेको छु । हामी यहाँ एक भएर दशैं मनाउँछौं । हामीले हाम्रै संस्कृति, परम्परा, र चाड पर्वहरु छोड्यौं भने नेपाली हुनको अर्थ पनि गुमाउँछौं । कसैले पनि परम्परा र संस्कृति भुल्नु हुँदैन । आत्मादेखि मान्छेलाई शान्त हुन संस्कृतिले मदत गरेको हुन्छ । इतिहास भुल्नु, संस्कृति भुल्नु भनेको नेपाली हुनुको अस्तित्व मेटाउनु हो । त्यसैले यहाँको शानदार सभ्यतालाई निरन्तरता दिंदै संरक्षण गरौ भन्छु म । 

तपाईंले नेपाली संस्कृतिको मसिनोगरी अनुसन्धान गर्नुभएको छ, भन्दिनुस् न यो दशैं कसरी सुरु भएको हो ? 
खासगरी दशैं ऋतु पर्व हो । छ वटा ऋतु मध्ये चार ऋतु मुख्य छन् । हेमन्त ऋतुमा पौष शुक्लपक्षमा मनाइने दशैं हैमन्तिका, वसन्त ऋतुमा चैत्र शुक्लपक्षमा मनाइने वासन्तिका, गृष्ममा आषाढ शुक्लपक्षमा मनाईंने दशैं गृष्मीय, शरद ऋतुमा आश्विन शुक्लपक्षको दिन मनाइने दशैं शारदीय भनिन्छ । शात्रीय मान्यतामा के छ भने हेमन्त ऋतुमा देवी भगवती भोजनम् अर्थात भोजनको लागि बस्नुहुन्छ । बसन्त ऋतुमा स्वायनम् अर्थात सुत्नुहुन्छ । गृष्म ऋतुमा परिवर्तनम् भनेको कोल्टे फेर्नुहुन्छ । र शरद ऋतुमा प्रवोधनम् अर्थात उठ्नुहुन्छ भनिएको छ । 

अन्य समयमा पनि पूजा गरिन्छ देवीको । अन्य महिनामा अन्य आसनमा हुने तर, शरद ऋतुमा देवी उठ्ने हुनाले यो वेलाको दुर्गा पूजालाई विशिष्ट मानेर बडा दशैंको रुपमा धुमधामका साथ मनाइन्छ । 

अर्को कुरा त्यो बेला धर्मयुद्ध हुन्थे । अहिले जस्तो मिसायल थिएनन् । अहिले जस्तो गुरिल्ला थिएनन् । त्यसैले पानी पर्ने र बाढी आउन बन्द भएपछि, खेतीको मैझारो गरेर युद्धको अभ्यास गर्ने गरिन्थ्यो । घटस्थापना देखि दशमीसम्म, क्रमशः सबै हातहतियार एकैठाउँ भेला गरेर सफा गर्ने, त्यसमा साँध लगाउने अर्थात् उध्याउने, पूजा गर्ने गरिन्छ । बडा दशैंको दिन घटस्थापनाको दिन राखिएको घडाको पानीले अभिशेक गरेर अविर र दहिमा चामल मुछेर सबैलाई लगाइदिने र हर्षवढाईंका साथ हतियार निकालेर युद्धको अभ्यास गर्न निस्कने गर्दथे । यसरी मनाइन थालिएको हो दशैं । दशैंमा दिने आशिर्वादमा भएका नामहरुको पनि अर्थ छ । 

राज्य, राज्य बीचका लडाईंमा मात्र हैन, रामायण र महाभारतको लडाईंमा गााउँ नै रित्तिनेगरी मान्छेहरु मरे । धेरै विधवा भए । धेरैले सन्तान गुमाए । कति अनाथ भए । यसले परिवारहरु विश्रृंखलित मात्र भएनन्, वातावरण नै विशाक्त भयो । त्यो अवस्थाले मान्छेको सातो गयो । अहिले भन्दा मान्छेमा डिप्रेशन भयो । अब केही छैन भनेर पूरै नैराश्यता छायो । त्यो अस्तब्यस्त समाज र निराश मान्छेलाई हौसला बढाउन रामायण र महाभारतको युद्धमा ख्याती कमाएकाहरु जस्तै बन्नु भनेर आशिष दिइएको हो । यसबाट मान्छेमा उत्साह जगाइन्थ्यो । त्यसैले अहिलेसम्म पनि त्यहि आशिष दिइने गरिन्छ । 

अनि जनजातिका केही अगुवाहरु रामले रावणलाई जितेको दिनदेखि दशैं मनाउने गरिएको र रावण भनेका हाम्रा पूर्खा हुन् त्यसैले बाहुनले जनजातिमाथी जित हासिल गरेको दिन भएकाले दशैं मनाउने परम्परा हामी मान्दैनौं भन्छन् त ? 
यो सबै अनविज्ञहरुले गर्ने कुरा हो । हेर्नुस् है, दशैं कसरी मनाउन थालिएको हो भन्ने कुरा दशैंमा के को पूजा गरिन्छ त्यस्ले प्रष्ट बनाउँछ । दशैंमा हामी रामको कतै पूजा गर्छाैं ? गर्दैनौं । रामणलाई कहिँ सम्झन्छौं ? सम्झन्नांै । दशैंमा त देवीको पूजा हुन्छ । दुर्गा भगवतीको पूजा हुन्छ । नौ दिनमा हामी नौ वटा देवीहरुको पूजा गर्छौं । दुर्गा भनेकी शक्तिको प्रतीक हुन् । दशैं शक्ति उपसनाको पर्व हो । त्यो बेलाका सुर भनेको सत्यको पक्षमा लड्ने र असुर भनेको असत्यको पक्षमा रहेका मान्छे हुन् । तिनै सुरले असुरहरु माथि विजय प्राप्त गरेको दिन अर्थात् दानवहरु माथि विजय प्राप्त गरेको दिनलाई विजयको रुपमा मनाउन थालिएको हो । 

रावण आर्थात् महिषासुरको सन्तान भनेर जनजातिहरु भन्नेले किन भनेका हुन् मलाई थाहा छैन । जहाँसम्म रावणलाई रामले मारेर विजय भएको दिनलाई दशैंको रुपमा मनाइने भन्ने कुरा छ, यो हाम्रो संस्कृति होइन । आयातित कुरा हो । यो कुरा भारतको गंगाको मैदानमा विकास भएको संस्कृति हो । दुर्गा पुजा नेपालको पहाडमा विकास भएको संस्कृति हो । जसलाई यहाँका जनजातिले विकास गरे । गंगाको किनारमा विकास भएको संस्कृति बाहुनहरुले ल्याए । दुइटै संस्कृति उल्लासबाट सुरु भए पनि आएको समय र पृष्ठभूमी फरक छ । तर पछि पछि विस्तारै समान्य हुदै आयो । हाम्रोमा पनि तराईतिर रावणलाई जलाएर दशैं मनाउने गरेको पाइन्छ र उनीहरुले सँगसँगै दुर्गा पूजा पनि गर्न थाले । 

खास कुरा के हो भने मनमुखी बोलेको हो या गुरुमुखी बोल्या हो भनिन्छ गाउँमा । अहिले मान्छे आफैंले बोल्दैछ या अरुका लागि बोलि दिंदैछ, भन्ने नै बुझ्न गाह्रो पर्न थालेको छ । आफ्ना लागि भए सत्य कुरा खोजेर पनि बोल्छ । अरुका लागि बोल्नेलाई जे जे भने पनि भो । तथ्य बिनाकै कुरा ल्याइदिए पनि भयो । दशैं जनजातिको होइन, रावणलाई मारेर सुरु गरिएको उल्लास हो भन्नेहरु आफूले देश जानेर बोलेका होइनन् । मनमुख होइन, गुरुमुख भएर अरुको लागि बोलिरहेका छन् । अहिले केही जनजाति भन्नेहरुले मनको देशलाई माया गर्नेगरी होइन कि अरुको देशमा गएर पैसा कुम्ल्याएर आएकाहरुले यस्तो बोलिरहेका छन् । हिन्दु सभ्यता मास्ने आदिवासी जनजातिको पहिचान मास्ने, देशका जातजाति लडाएर देश तहसनहस बनाउने सात समुन्द्र पारीका क्रिश्चियनहरुको योजनामा आर्थात् गुरुमुख बोलिरहेको छ । 

दशैं मान्ने कुरा हाम्रो राष्ट्रियता बचाउने कि मास्ने भन्नु जस्तै हो । राष्ट्रियता बचाउने भए आफू जन्मेर हुर्केको सभ्यता बचाउनु पर्यो । देशको माया लाग्छ हाम्रो संस्कृति बचाउन लागौं, होइन भने फेरि सुर र असुरको लडाईं लड्न तयार हुनु पर्छ हामी । हाम्रो सभ्यतामाथि क्रिश्चियनको आक्रमण बिरुद्ध उभिनु पर्यो नि । हिजो राष्ट्रियताका लागि भएको युद्धमा हासिल गरेको जितमा दशैं मनाउन थालिएको हो, अव फेरि अर्को लडाईं चले पनि तयार रहौं भन्छु म त । 

तपाईं त्यसो भन्नुहुन्छ तर, जनजातिका केही अगुवाहरु त कति बर्ष देखि दशैंको विरोधमा सेतो टीका लगाएर दशैं मनाउँछन् । रातो टीका हाम्रो पुर्खाको रगत हो भन्छन् नि, होइन र ? 
टीका त पहिले जनजातिले मात्र हैन खसआर्यहरुले पनि सेता नै लगाउँथे । किनकी आज पनि हाम्रोमा रातो रङ बनिदैन भारतबाट आउँछ भने त्यो बेला कहाँबाट पाउनु र लगाउनु ? नेवार बजारमा बस्थ्यो । उ ब्यापार पनि गथ्र्यो । त्यसैले उसले पहिला रातो टीका लगाउन थाल्यो । पछिल्लो समयमा अविर आयो, सबैले रातो टीका लगाउन थाले । 

साँच्चै भन्ने हो भने बाहुनहरु हानबैरी गर्ने जात नै होइनन् । हुन त अहिले सेनामा बाहुन छन् । हिजो क्षत्री, ठकुरी, गुरुङ, मगरहरु मात्र सेनामा हुन्थे । आजजस्तो सेना, हात हतियार थिएनन् । शत्रुलाई मार्न नजिकै गएर काट्नै पथ्र्यो । जनजाति सुरा थिए । सुरा जनजातिहरु मार हान्नेमा हुन्थे । देउराली, देवीथानमा मार हान्ने र त्यसबाट चुहिएको रगत थालको चामलमा चुहाइन्थ्यो र त्यो रगतमा मुछिएको चामल सबैलाई तिनै मार हान्नेले शक्तिको प्रतीक मानेर लगाइदिन्थे । अहिले आएर रातो टीका रगत हो, हाम्रो होइन भन्न पाइन्छ ? पाइन्न । किनकी संस्कृति जोगाउने जिम्मा हामी पहाडमा सभ्यता लिएर आएका जनजातिहरुको नै हो । त्यसबेला लडाका जाति भनेका दुश्मनलाई उत्तानो पारेर प्छारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, छाती चिरेर मुटुको रगत झिकी त्यसको टीका लगाउने प्रमुख जाति हुन् हाम्रा पुर्खा । यसमा त गर्व पो गर्नु पर्यो । हाम्रा पुर्खाको त्यो शानको ब्याख्या पो गर्नु पर्यो । उल्टो भाग्ने होइन नि । 

तपाईं इतिहास नविर्सनु भन्नुहुन्छ, जनजाति अगुवाहरु आफू राजाको पाला देखि हेपिएको भन्दै विरोध गर्छन् त ? 
तपाईंलाई एउटा उदाहरण दिउँ । संखुवासभाको खाँदबारीमा पाङवा भन्ने गाउँ छ । म २०४७ सालमा जाँदा त्यहाँ गंगाप्रसाद राई त्यस गाँउका मुखिया थिए । उनलाई ५२ पगरीको राई भनिन्थ्यो । किनकी त्यहाँ ५२ जातका मान्छे बस्थे । उनलाई गाउँलेले पैसा उठाएर दिने र उनले मालपोतमा गएर काम गर्ने गर्दथे । दशैंको समयमा बाहुन दहि र केरा बोकेर मुखिया मान्न पुग्थे । अन्यले बली दिएका कुरा लिएर जान्थे । 

बाहुन त जाँड रक्सी नखाने, मासु नखाने जात हो । तर बाहुन बात लाग्दा जातबाट तल झर्ने हुन्थ्यो । ती बात लागेकाहरुलाई गंगाप्रसादको आँगनमा बोलाईंन्थो । गोवरले लिपेर ठिक्क पारेको ठाउँमा ती बात लागेका तागाधारीलाई झिकाइन्थ्यो । अनि गंगाप्रसाद राई, जसले सुगुरको मासु खान्थे, काटमार गर्थे । उनले सुनपानी छर्केर तिनलाई झरेको जातबाट माथि उक्लेको घाषणा गर्थे । त्यहाँ उनले जे भन्यो त्यहि हुन्थ्यो ।

त्यस्तै तनहुँको भिमादमा बिष्णुबीर आले अहिले पनि हुनुहुन्छ । उहाँले त्यस्ता जात खसेका बाहुनलाई सुनपानी छर्केर आफ्नो जातमा फर्कएको कुरा सुन्न अहिले पनि सकिन्छ । अनि हामी जनजातिले त्यो बेला कति धेरै पावर ‘इन्ज्वे’ गरेर बसेका रहेछौं त ? त्यो भुलेर आज नचाहिँदो अफवाह फैलाउने काम गर्नु हुँदै हुँदैन । 

पुराना यस्तै गाउँहरु अनगिन्ती छन् हेर्नुस है । पोखरामा एउटा मिया पाटन भन्ने ठाउँ छ । त्यो मुसलमानहरुको बस्ती भएको ठाउँ हो । त्यो टोल र अन्य टोल मिलेर एउटा गाउँ बनेको थियो । त्यहाँ रैमतली मुखिया र महमोद मिया गाउँका मुखिया थिए । दशैंको बेला त्यहाँ वरिपरीका बाहुन, क्षेत्री, गुरुङ, दमाई सबै मुखिया मान्न जान्थे । त्यो मुसलमानलाई हिन्दुले गाउँको मुखिया मानेको परम्परा मुसलमान देशमा छ ? ल देखाउन् त ? हाम्रोमा छ । त्यसैले दशैंको उच्च परम्परालाई जातजातिमा लगेर नचाहिँदो हल्ला फैलाएर, नराम्रो बनाउने अधिकार कसैलाई छैन । त्यसकारण दशैं विशिष्ट समन्वयकारी संस्कृति हो । यसले हरेक जातजातिको उच्च सम्मान गरेको छ । अनि अपमानको कुरा कहाँबाट आयो ? 

तपाईं सबै जातजातिबीच परस्पर सम्मान थियो भन्नुहुन्छ, तर जनजाति हेपिएको कुरा चाहिँ कसरी आयो ?
यो सरासर गलत हो । पैसाका लागि यस्तो प्रचार भएको हो । हाम्रो इतिहास मास्न गरिएको नियोजित प्रचार हो । इतिहास जोगाउनु पर्नेमा उल्टो यसरी गलत प्रचारले मार्न पाईंदैन । चीनमा लामो समय लडाईंपछि माओले राज्य गरे । लडाईंको समयमा सबै भत्काइयो । तर जव १० बर्ष अघि चीनले ओलम्पिकको आयोजना गर्यो । चराको गूँड नाम गरेको स्टेडियम बनायो । त्योबेला चीनले आफ्ना ५ हजार बर्ष पुराना कुरा झल्काउने गरी त्यो स्टेडियम बनाएको थियो । हरेक देशले आफू बलियो देखाउन गर्ने भनेकै आफ्नो इतिहासमा गर्व गरेर हो, मासेर होइन । त्यसलाई भनिन्छ सिंहावलोकन । हामीले पनि यहि गर्नुपर्छ । 

उहिले तागाधारी र मतवाली अर्थात जाँड खाने र नखाने भनेर सम्बोधन हुन्थ्यो । राज्याधिकार र धर्माधिकारी भन्ने हुन्थ्यो राज्याधिकारी भनेको राजा हो र धर्माधिकारी भन्या वडागुरुज्यू हुन्थे । राजा भन्दा बडागुरुज्यू एक स्थान माथि हुन्थे । राजालाई श्री ५ र वडागुरुज्यूलाई श्री ६ लेखिन्थ्यो । कत्रो सम्मान ? 

सुरुका बेलामा खान र सेन राजाका हातमा राज्य थिए । मगर पुजारी र बाहुन पुरेत थिए । कसरी मिलेर बसेका थिए ? बडा दशैंको पूजा गर्दा पनि राज्याधिकारीका वडागुरुज्यूका प्रतिनिधि बाहुन पुरोहितले संकल्प बाक्य भन्ने र कोटको मुख्य ब्यक्तिले पानी समातेर मौलो पूजा गर्ने परम्परा छ । कोट भनेको कोठा हो । त्यहाँ मगर पुजारी बाहेक अन्य कोही बाहुन पनि पस्न पाउँदैनथ्यो । देशभरीका बडा दशैंको मौलो पूजा गर्ने ठाउँमा तिनै बीर उमराउले पूज्ने गर्थे । बीर उमराउहरु प्रायः तागाधारी भन्दा आदिबासी नै छन् । अनि हाम्रो दशैं होइन भन्न कहाँ पाइन्छ ? 

दशैं देशैभरका जातजातिको हो भन्ने केही सांस्कृतिक उदाहरण दिन सक्नुहुन्छ ? 
म अहिले याङजाकोटमा छु । यहाँ पनि दशैंको पूजा हुन्छ । त्यो परम्परा स्थीर भएको मात्र हो । माथि डाँडामा याङजाकोट छ । त्यहाँको घरलाई कोट घर भनिन्छ । औंशीको दिन पनि बिहानै नगराको पूजा हुन्छ । नगरा बजाउँदै कोटघर पुगेर फर्किइन्छ । यो दशैं आयो है भनेर सबैलाई जनाउ दिइएको हो । यो नगरा बजाउने काम नगर्चिले गर्छ । 

घटस्थापनाको दिनमा मगर पुजारीकी श्रीमतीले नुहाएर चोखोनिधो गरेर मार्सी चामलको जाँड राख्छे । त्यो जाँड फूलपातीमा बसाउन थाल्छ । त्यो जाँड मीठो भएन भने दुर्गा रिसाइन् भन्ने हुन्थ्यो । अब कालरात्रीको मध्यरातमा जुन ढल्केपछि मगर पुजारीले केराको पातमाथि जाँडको पोको पारेर कालीलाई चढाउँछ र बाहुन पुरोहितले संकल्प भन्छ । नौ नौ वटा बोतामा पूज्ने जमरा राखिएको हुन्छ । त्यो टीका लगाउँदा प्रयोग गरिंदैन । टीका लगाउँदा लगाइदिने जमरा घटस्थापनाको दिन राखिन्छ । 

फूलपातीको दिन पुरानो खुँडा, खुकुरी सफा गरेर, साँध लगाएर, रातो सेतो ध्वजा लगाएर सिंगारेर दुर्गा देवीको स्थान स्थापना गरिन्छ । त्यसलाई दुर्गा जगाउँने, खाँडो जगाउँने भनिन्छ । खाँडो भनेको शक्ति हो । यसलाई खड्गसिद्धी पनि भनिन्छ । 

अष्ठमीको दिन विहान झुल्के घाममा वलीपूजा गर्ने गरिन्छ । बलीपूजा मुख्य पूजा हो । कोटमा बाहुन पुरोहित र कोटको प्रमुख कर्ता हुन्छ । अनि नगरा बजाउँदै राग मध्येको पनि बादशाह राग सबैभन्दा राम्रो राग बजाउँदै लगिन्छ । जुन राग शाही कालमा ठकुरीको विवाहमा बाहेक बाहुनको बिवाहमा पनि बजाउन पाईंदैनथ्यो । त्यो बजाउने नगर्ची हुन्छन् । मालसिरी धुन बजाईछ । त्यो पनि नेपालीमा छ । त्यो खासमा त्यो बेलाका सेनाको हौसला बढाउन बजाइएको हो । त्यसमा चारै दिशा नेपालले डंक फिंजायो भनेर लेखिएको छ । सेनाका प्रमुख बाहुन पनि थिए तर अधिकांश जनजाति थिए । अनि हाम्रो होइन दशैं भनेर गलत प्रचार गर्न पाइन्छ ? 

मालसिरी धुन सहित त्यसरी कोटमा पुगेपछि मार हान्ने गरिन्थ्यो । जसले एकै मारमा छिनाउन सक्यो उसलाई पगरी गुथाउने चलन थियो । त्यो मार हान्ने काममा सेना नै हुन्थे र प्रायः जनजाति हुन्थे । धेरै ठाउँमा अहिले पनि जसले मार हान्दै आएका थिए उसैका सन्तानले बिंडो थामेका छन् । जस्तो कास्कीकोटमा फेवाली राना मगरले मार हान्छ । उ बाहेक अरुले मार हान्न पाउँदैन । 

दशैको टीकाको दिन घटस्थापनामा राखिएको घडाको जलले अभिषेक गरी टीका लगाएर रमाइलो गर्ने चलन छ । काठमाडौंका नेवारहरुले दशैंको दिन सेतो फेटा गुथेर सेतै जामा लगाएर हातमा खुँडा बोकेर नगर परिक्रमा गर्ने गर्दछन् । 

गण्डकी क्षेत्रमा चाहिँ सराप खेल्ने भनिन्छ । त्यहाँ पनि खुँडा खुकुरीहरु लिएर निस्कने गरिन्छ । यस्तो सराप खेल्न गुरुङ, मगर, दमाइर्, कामी बाहुन, कसैलाई छेकवार छैन । यो युद्धको अभ्यास स्वरुप गर्ने गरिन्थ्यो । दशैंमा साइत गरेपछि अघिपछि साइत हेर्न पर्दैन भन्ने थियो । यसरी हरेक जातिको समन्वयमा चलेको यो दशैं कसैले कसैलाई हेपेको भनेर गलत प्रचार गर्नु राष्ट्रको लागि घात बाहेक हरु केही होइन ।

http://www.chakrapath.com बाट साभार 

Wednesday, June 7, 2017

टिप्पणी : विसर्जनवादीहरूको नाङ्गो नाच


मार्क्सवादमा विश्वास गर्नेहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर समाजको विकास र विनासका आधारहरू  खोज्छन् l उनीहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर हरेक वस्तुको मूल्यांकन गर्छन् l जब कोही मार्क्सवादका आधारभूत मान्यताबाट च्युत हुन्छ, वैचारिक र सांगठनिक विसर्जनका कारण तीव्र गतिमा पतनको दिशामा हुन्छ,उसमा हिनत्वभाव र कुण्ठा चुली भएको हुन्छ l यसले उसलाई तनाव, आक्रोस र बेचैनीको स्थितिमा पुर्याउँछ l अनि उसले तर्क, विवेक र विचार गुमाउँछ l विचारको तहबाट नभएर उसका अभिव्यक्तिहरू आक्रोस, कुण्ठा र  पराजित मानसिकताका  अभिव्यक्तिहरू बन्छन् l सुन्दर विचारहरू उसबाट भागिसकेका हुन्छन्, उसलाई छाडेर l त्यस्तो बेला उसले गाली, झूट, भ्रम / चरित्र हत्याको सहारा लिन्छ l अनि चरित्र हत्याका लागि  अमुक व्यक्तिको बिम्ब विद्रूपीकरण गर्न भएनभएको  कथा बुन्छ l आफ्नो कुण्ठाग्रस्त मानसिकतालाई  चित्त बुझाउन, अरस्तुको भनाइमा मनोविरेचन गर्न चरित्र हत्याको राजनीतिको सहारा लिन्छ l


 बिम्ब विद्रूपीकरणको यो शैली साम्राज्यवादले  गरेको र सिकाएको शैली हो, यो  उसको अन्तिम हतियार हो l साम्राज्यवादले सबैभन्दा पहिले स्टालिन र माओका विरुद्ध यसको प्रयोग गरेको थियो l  यो भनेको विचारसित लड्न नसकेपछि उत्पन्न छटपटी, आक्रोस, पीडा र कुण्ठा व्यक्त गर्ने अन्तिम  हतियार हो l यसबाट उसको यात्राको दसा  र दिशा प्रस्ट हुन्छ l यस्तो बेला ऊ होस हराएको आवस्थामा हुन्छ र विजय प्राप्त गर्न सर्वांग नाङ्गो बन्छ l अहिले पातलो प्लास्टिकको आवरणमा क्रान्तिकारी लेखेर आफ्नो नाङ्गो रूप ढाक्न खोज्ने ''गजेंडी''हरू यही काम गरिरहेका छन् l

हामी वैचारिक बहस-छलफलका लागि आव्हान गर्छौं l हामी वैचारिक चुनौतीको  सामनाका  लागि आव्हान गर्छौं l तर गजेंडीहरू, शिखण्डीहरूलाई अघि सारेर चरित्र हत्याको निकृष्ट व्यवहारमा उत्रेका छन् l आफू नाङ्गो भएको यथार्थ बिर्सेर ती गजेंडी नशामा रमाइरहेका छन् l  व्यक्तिगत चरित्र हत्याको सहारा लिने हो भने ''पोष्य पुत्रहरू'' र  शिखण्डीहरू मात्र नभए, प्रमुख कमान्डर र प्रवक्ताका पनि थुप्रै कथा र गाथा छन् l थुप्रै उदाहरणबाट एउटा उदाहरण, ''जाँडले लट्ठ भएर पाटनढोका  अनि ....l '' लिन सकिन्छ l  हामी त्यति तल झर्न चाहँदैनौं l हामी रेबिज लागेको कुकुरझैं जथाभावी टोकेर हिंड्ने चरित्र प्रस्तुत गर्न चाहदैनौं  l व्यक्तिका केही न केही कमीकमजोरी हुन्छन् तापनि  प्रमुख कुरा विचार हो, उसको नियत हो, कुन लक्ष्य र उदेश्यका साथ ऊ हिंडेको छ भन्ने हो l त्यसैले जाँडले लट्ठ भएर पाटनढोकामा आर्काकी श्रीमती समातेवापत रामधुलाइ खाएर प्रहरी चौकीमा बास बसेकालाई पनि हामीले नेता मान्यौं l
कम्युनिस्ट आन्दोलनमा लामो अनुभव भए पनि,   शास्त्रीय  ज्ञान भए पनि व्यवहारमा जान नसक्ने, नेतृत्त्व दिन नसक्ने र संगठन चलाउन नसक्ने भनेर माओवादी आन्दोलनमा स्थापित चरित्रलाई हामीले अवसर पनि दिएका हौं र परख पनि गरेका हौं l तर अनुभवले मात्र हुँदो रहेनछ, क्षमता पनि चाहिने रहेछ l अमुक नेताका बारेमा भन्दै आएको कुरा पछिल्ला दिनमा व्यवहारबाटै पुस्टि भएपछि उनको मूर्तिस्वरूपको पूजा गरेर बस्ने स्थिति रहेन l    एकपछि अर्को गरेर उनका पुराना मित्रहरू सबैले छोड्दै जाने स्थिति बन्यो l अब जनयुद्ध कालमा जनयुद्धका विरुद्ध लागेका तत्त्वहरूलाई पार्टीमा हुलेर नेता बन्नुबाहेक उनका लागि अर्को बाटो रहेन l यसले जनस्तरबाटै प्रस्न  उठ्नु/उठाउनु  स्वाभाविक थियो l त्यसपछि पहिरो जाने क्रम तीव्र बन्नु पनि स्वाभाविक थियो l इमान्दार र सापेक्षित क्रान्तिकारी कार्यकर्ता र नेताहरूले पार्टी छाड्दै जानुको पीडा त छँदै थियो,  प्रचण्डले समेत उचित काम र स्थान नदिने  बुझेपछि  क्रान्तिकारी देखिनुको आडम्बर र स्वांग रचेर  बुद्धनगरमा थन्किनुको विकल्प थिएन l सडकमा सय जना निकाल्न नसक्नुको थप पीडा थियो l 

यस किसिमको पीडाग्रस्त र कुण्ठाग्रस्त स्थिति र हीनत्वभावले छटपटिएको मानसिकताबीच स्थानीय चुनावमा ''क्रान्तिकारी उपयोग' का नाममा  बेहाल र बेइज्जतीको जुन स्थिति  देखियो,  रक्तचापले  अनियन्त्रित चरित्र देखाउनु स्वाभाविक थियो l रातारात देखिएका पार्टीले काठमाडौँमा २१ हजार मत  ल्याउँदा क्रान्तिकारी भनिएको पार्टीले २१ भोट पनि ल्याउन नसक्नु र नेता भनौंदाको  गृह जिल्लामा  समेत जमानत जफ्त  हुनुले होस गुम्नु स्वाभाविक थियो l  '' सत्रु हराएको  सूचना आउनु'' यसै बेहोसीको उपज थियो l '' सत्रु हराएको  सूचना'' प्रति चौतर्फी प्रतिक्रिया भएपछि कुख्यात बनेका  ''पोष्यपुत्रहरू'' कुबाटो समातेको 'मूलबाटो', मार्फत  'जनमेल' तथा  ऋषिराज बरालका विरुद्ध लागेको कुरा दिनको घाम जत्तिकै प्रस्ट भएको छ l यो उनीहरूको वैचारिक विसर्जन,  कुण्ठा,  आक्रोस, पराजित र असन्तुलित  मानसिकताको परिचायक हो l आर्थिक भ्रष्टाचारमा बद्नाम भएका र 'इच्छुक' का नाममा दुई नम्बरी धन्दा गरेर घरको तला थप्ने कुतत्त्वहरूले अरूमाथि हिलो छ्यापेर आफूलाई शुद्ध पार्न खोज्नु भनेको टुकुचामा मुख जोतेर सगरमाथाको टुप्पोतिर थुक्नु मात्र हो l यस्ता भ्रष्ट्रहरूलाई वरिपरि राखेर क्रान्तिको डिंग हाक्ने कमान्डरहरूबाट केही हुन्छ भनेर आशा गर्नु पनि मूर्खता सिबाय केही होइन l कुखुराले चीलको उडान भर्न सक्तैन 

वास्तवमा 'मूलबाटो' मा जे आयो यो, वैचारिक र सांगठनिक विसर्जनको स्थितिमा पुगेको एउटा समूहले आफ्नो विसर्जनोन्मुख प्रवृत्तिलाई ढाकछोप गर्न गरेको चरित्र हत्याको घीन लाग्दो राजनीति हो  l यस किसिमको पाखण्डपनको  उत्तर भनेको निन्दा र भर्त्सना हो l यसलाई वैचारिक र नैतिक पतनको पराकाष्ठा भन्न सकिन्छ l जब मान्छेसित विचार र तर्क हुँदैन अनि ऊ गाली र चरित्र हत्याको सहारा लिन्छ भनेर  एंगेल्सले भनेको कुरा यस मामिलामा सही साबित भएछको छ  l प्रस्ट छ, टुकुचामा मुख जोतेर केही फ्याउराहरू सगरमाथाको चुचुरोमा थुक्ने दुस्साहस गर्न थालेका छन् l माओले भन्नुभएको छ: ''प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन, यसले आफू सही भएको पुष्टि हुन्छ l'' यसैमा मिलाएर हामी भन्छौं : विसर्जनवादीहरूबाट प्रहार नराम्रो होइन, यसले आफू सही हुनुको आधार दिन्छ  l

 वैचारिक बहस-छलफललाई हामी  प्रोत्साहित गर्छौं l तर असुन्तलित मानसिकताका साथ कोही चरित्र हत्याको  हतियार लिएर आउँछ भने क-कसका  कथा र गाथाको पोको खोल्नुपर्ने हो, त्यो हामीलाई पनि थाहा छ l   असन्तुलित मानसिकता बोकेकाहरू विरुद्ध कसरी जानुपर्छ, त्यो हामीलाई राम्रोसित थाहा छ l बाँकी युद्धकै मैदानमा l मालेमा जिन्दाबाद ! विसर्जनवाद मुर्दाबाद !

http://www.janamel.com बाट साभार 

Sunday, June 4, 2017

विकृत मानसिकताका विरुद्ध : जनमेल सम्पादकीय


यस किसिमको सम्पादकीय  लेख्नु पर्दा दुखः पनि लाग्छ, पीडा पनि हुन्छ र सबैभन्दा बढी त कहाँ पुग्यो हाम्रो आन्दोलन भनेर व्यङ्ग्यले मुस्कुराउन पनि मन लाग्छ ।
 
आज राष्ट्रियता  र जनतन्त्रको प्रश्न निकै गम्भीर बनेको छ ।  साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू तथा तिनका नेपाली दलालहरूको सबैभन्दा बढी प्रहार जनतन्त्र र राष्ट्रिय स्वाभिमानीताका पक्षमा लड्ने पात्र, माध्यम तथा सङ्गठनहरूमाथि भइरहेको छ । राष्ट्रियता र जनतन्त्रका पधरहरू एकताबद्ध हुने र मुख्य सत्रुका विरुद्ध योजनाबद्ध किसिमले लड्नुपर्ने समय हो । प्रतिक्रियावादी तत्त्वहरू त भइहाले, यो उनीहरूको वर्गचरित्र नै हो ।  यहाँ त आफूलाई क्रान्तिकारी भन्नेहरूले पनि यस मामिलामा प्रतिक्रियावादीहरूसित प्रतिस्पद्र्धा गर्नथालेका छन्  ।  प्रतिक्रियावादीहरूलाई समेत उछिनेर राष्ट्रिय स्वाधीनता, जनतन्त्र र क्रान्तिकारी माओवादी आन्दोलनमा प्रतिबद्धताका साथ लागेका पात्र तथा माध्यमहरूका  विरुद्ध मोहन बैद्यले नेतृत्व गरेको माओवादी समूहको अनलाइन प्रकाशन ‘मूलबाटो’ लाग्नुबाट यो यथार्थ पुष्टि हुन्छ । आफूलाई क्रान्तिकारी र जिम्मेवार पार्टी ठान्ने पार्टीको प्रकाशनमा आन्दोलनमा लागेको व्यक्तिमा केन्द्रित भएर त्यसरी चरित्र हत्या गर्ने समाचार र लेख आउनु कतिसम्म उचित हुन्छ भनेर प्रश्न उठ्नु स्वाभाविक छ । साथै पत्रकारिताको दृष्टिले पनि यस किसिमको समाचार र लेख कतिसम्म उचित हुन्छ भन्ने कुरा पनि आफैँमा प्रश्नको विषय बनेको छ । 

‘मूलबाटो’  अनलाइनमा जेठ २० मा एस. के. त्रियाठी नामले  ‘को हो प्रतिक्रियावादी ?’  शीर्षकको लेख छापिएको छ र यो लेख वैचारिक दृष्टिकोणले मात्र नभएर पत्रकारिताका दृष्टिले पनि  घोर आपत्तिजनक छ र यसको जति निन्दा तथा भत्र्सना गरे पनि कम हुन्छ । यसलाई असन्तुलित र प्रदूषित मानसिकताको उपज भन्न सकिन्छ । साथै जिम्मेवार पार्टीको जिम्मेवार प्रकाशनमा नक्कली नाममा आएको यस किसिमको लेखनलाई  वैचारिक सामना गर्न नसकेर आएको आतङ्कित र विद्रूप मानसिकताको उपज पनि भन्न सकिन्छ । यो खास पात्रको नाममा आएको भए पनि यसलाई ‘मूलबाटो’ र त्यसलाई सञ्चालित गनै सिङ्गो टिमको योजनाबद्धताको उपज भन्न सकिन्छ । यो नामको  पात्रले पहिले पनि यसरी लेखेको र लेख्नेको नाम सार्वजनिक भइसकेको अवस्थामा उनको परिचय खुलाउनु आवश्यक छैन । आफ्नो क्षेत्रमा ‘टपरे’ नामले परिचित यी पात्रको “किरणको पौष्यपुत्र’ भनेर पनि व्यङ्ग्यले नाम लिने गरिन्छ । खासगरेर पत्रिकारिता र सांस्कृतिक क्षेत्रका कर्मीहरू यसप्रति भलिभाँती जानकारी राख्छन् । पात्र जिम्मेवार भए पनि पार्टीको प्रकाशनमा प्रकाशित सामग्री भएकाले यसको सम्बन्ध पार्टीसित जोडिनु स्वाभाविक छ । र यसको उत्तर पनि सम्बद्ध पक्षबाट खोजिनु आवश्यक हुन्छ । यो सामग्रीको प्रकाशनले सम्बद्ध पार्टीको प्रकाशन पक्षको स्थिति र गति मात्र नभएर सो पार्टी कुन दिशातिर जाँदैछ भनेर पनि आकलन गर्न सकिन्छ । 

'जनमेल' विश्वक्रान्तिकारी आन्दोलनबारे वैचारिक खुराकी दिने माध्यम हो । यसले विश्व माओवादी आन्दोलनबारे सामग्री प्रदान गर्छ र वैचारिक बहस-छलफलमा जोड दिन्छ । वैचारिक बहसछलफलप्रति रुचि नराख्नेहरू र विगतको इतिहास च्यापेर वर्तमानका  हीनत्वभाव र कुण्ठाग्रस्त मानसिकता बोकेर बाँचेकाहरूको 'जनमेल' प्रति रुचि नहुनु अथवा यसप्रति असहिँष्णु प्रदर्शन हुनु अस्वाभाविक छैन । 'जनमेल' माथि आरम्भदेखि नै कहिले कुन कोणबाट र कहिले कुन कोणबाट प्रहार भएको हो । 'जनमेल' मालेमामा विश्वास  गर्छ,  नयाँ जनवादी क्रान्तिका विश्वास गर्छ र जे जे नाम दिए पनि अन्ततः नेपाली क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो नसमाती धरै छैन भन्ने कुरामा विश्वास गर्छ । 'जनमेल' ले यस किसिमको बाटोप्रति सहभाव जनाउनेहरूप्रति सद्भाव राख्छ र गलत कुराप्रति आलोचनात्मक भाव राख्छ । आलोचना सहन नसक्नेहरूले, गल्ती सच्याउन अग्रसर हुन नमान्नेहरूले आफूलाई मार्क्सवादी नभने हुन्छ । 

'जनमेल' ले आफ्नो आलोचना नगरोस् र गुनगान मात्र गाइदेवस भन्ने कसैको चाहना हुनसक्छ l परन्तु, 'जनमेल' हनुमान चालिसा होइन र बन्न पनि सक्तैन । अलोचनात्मक टिप्पणी गर्दा अथवा यो आफ्नो ‘हनुमान चालिसा’ बनोस् भन्ने चाहना पूरा नहुँदा 'जनमेल' र   यसको टिम विरुद्ध, त्यसमा पनि यसका सल्लाहकार डा. ऋषिराज बरालका विरुद्ध जथाभावी लेख्ने र चरित्र हत्या गर्ने काम पहिले पनि भएका हुन् । गजबको असहिँष्णुता र घीनलाग्दो संस्कृतिबाट नेपालको माओवादी आन्दोलन ग्रस्त देखिन्छ । वैचारिक प्रश्न उठायो कि  भौतिक रूपबाट नै प्रहार गर्ने र  जनकारबाही गर्ने धम्की आउँथे पहिलेपहिले ।  फेसबुक 'जनअदालत' बनेर आउँथ्यो । खासगरेर मार्क्सवादको राम्रो ज्ञान नभएका उत्तौला र  आलाकाँचा ठेट्नाबाट यस्ता कुरा आउँथे ।  तिनले आफूलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको समूहको क्रान्तिकारी दस्ताका रूपमा आफूलाई प्रस्तुत  गर्थे/ गर्छन् । यसमा नेताहरूको सहयोग र सहभागिता कति थियो भन्न सकिँदैन तापनि  ‘मूलबाटो” को जस्तो आधिकारिक माध्यमबाट विभत्स रसको प्रस्तुतिचाहिँ त्यहाँ पाइएको छैन । बैद्य समूहको प्रकाशनले अहिले जसरी चरित्र हत्या र विकृत मानसिकताको प्रदर्शन गर्यो , यो बडो गम्भीर र  आपत्तिजनक विषय हो । यसले बैद्य समूहमा कस्ताकस्ता पात्रहरू नीति निर्माणस्थलमा पुगेका रहेछन् र केकस्ता पात्रहरूमार्फत माध्यमहरू चलेका रहेछन् भन्ने कुरा चाहिँ सबैले बुझ्ने गरी छर्लङ्ग भएको छ ।  वास्तवमा 'मूलबाटो' को त्रिपाठीको लेख कमरेड किरणकै विरुद्धमा पनि हो l  यसमा जुन पात्रको चरित्र हत्या गरिएको छ, त्यो पात्र किरण कमरेड्कै इन्चार्जसिपमा करिब तीन दसक काम गरेको पात्र हो  l 

'जनमेल' कसैको मुखपत्र होइन र यो कसैको ‘हनुमान चालिसा’ पनि होइन । यसले राम्रा कुरा जुनसुकै समूहको   पनि सराहना गर्छ र नराम्रा कुराको आलोचना र टिप्पणी गर्छ । तिनका अर्थ न बर्थका नीति, योजना र कार्यक्रमको गीत गाउँन बाध्य छैन- 'जनमेल' । सबैले देख्ने/ देखिने गरी कोही नाङ्गै सडकमा हिँड्छ भने टिप्पणीको विषय बन्नु स्वाभाविक हुन्छ । हिजोको कसैको इतिहासका आधारमा आजका उसका कमजोरीको सराहना गर्न सकिँदैन । चेलामाथि प्रहार गर्दा गुरुको छाती दुख्छ भने त्यसको जिम्मेवार 'जनमेल' हुन सक्तैन । नाम जतिसुकै सम्मानित किन नहोस्, आफ्नै इतिहास जोगाउन नसक्ने नेताहरू इतिहासमा थन्किन्छन्।   सूचना र सञ्चारका क्षेत्रमा रहेका आफ्ना कमजोरीलाई ढाक्न अरूमाथि हिलोछ्याप्नु र चरित्र हत्या गर्नु मार्क्सवादको परिभाषाभित्र  पर्दैन । यो त प्रतिक्रियावादी चरित्र हो ।

‘ मूलबाटो’ मा त्रिपाठीका नाममा जे आयो, त्यो विकृत चिन्तनको उपज हो–एक हिसाबले अपराधपूर्ण कार्य । क्रन्तिप्रति समर्पण र त्यागको इतिहास बोकेको पात्रका विरुद्ध 'मूलबाटो'  जसरी  प्रस्तुत भयो, यो सारत: अपराध नै हो, विम्ब विद्रूपीकरणको घीनलाग्दो उदाहरण । यस किसिमको अपराधको उपचारका लागि पहिले ‘राची’ लानुपर्ने कुरा गर्थे, आभभोलि त्यसको उपचार यतै खोज्ने गरिन्छ । कतिपयले यसको सही उपचार  प्रेस काउन्सिल हो भने र कतिपयले प्रहरी पनि हो भने । तर 'जनमेल' यी सबैभन्दा असली र सही उपचार जनताबीच जानु हो भन्ने ठान्छ । जनअदालतले नै यसको छानबिन र फैसला गरोस् भन्ने ठान्छ ।  ‘मूलबाटो’ अनलाइन मात्र नभएर समूह पनि भएकाले यसको सही  उपचार जनताबीच गएर नै हुन्छ । 

कामना गरौँ, ‘मूलबाटो’ का नाममा कु बाटोको अभ्यास गर्नेहरूले  आफूलाई सच्याउनेछन्  । होइन भने सो समूहले लडाइँको  मोर्चा खोलेछ  भनेर बुझ्नुपर्छ । र कसरी लड्नुपर्छ मोर्चा भन्ने कुरा हामीलाई पनि थाहा छ । हामी वैचारिक  बहस र छलफललाई प्रोत्साहित गर्छौ, तर यसका विरुद्ध कोही कुरूप हतियार लिएर हामीमाथि प्रहार गर्छ भने त्यसको उत्तर कसरी दिनुपर्छ,  त्यो हामीलाई थाहा छ । हामी निष्कर्ष निकाल्न बाध्य हुनेछौं-पेरिस डाँडाको शाखा कार्यालय बुद्धनगरमा पनि रहेछ भनेर । 

माओले “प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन” भन्नु भएझैँ विसर्जनवादीहरूबाट प्रहार नराम्रो होइन भन्दै हामी अघि बढ्छौँ । यो मुद्दा अब जनताको बीचमा पुगेको छ । सत्यको बाटो हिँडदा केही समय एक्लै भइएला । तर हामीले राष्ट्रिय स्वाधीनता र  जनतन्त्रको झण्डा बोकेका छौं ।  त्यसैले हामीलाई विश्वास छ, यो लडाइंमा हामी एक्लै हुने छैनौँ । बैद्य समूहले 'मूलबाटो' मार्फत मोर्चा खोल्यो । हामीलाई स्वीकार्य छ । मार्क्सवाद-लेनिनवाद-माओवाद: जिन्दावाद ! नयाँ जनवादी क्रान्ति जिन्दावाद ! सबैखाले अवसरवाद र विसर्जनवाद मुर्दावाद !
००० 

http://www.janamel.com बाट साभार 

को हो प्रतिक्रियावादी ? - एस. के. त्रिपाठी

Janamel – ‘Khem Thapaliya ”हामीले बराल सरको यसखालको खबरदारीको उच्च कदर गर्नुपर्छ ।”
कम्तीमा पनि जनमेलको खबरदारीलाई खेम थपलियाजीले स्वीकार गर्नुभयो, धन्यवाद l लड्ने को सित हो ? कुन प्रवृत्ति विरुद्ध हो ? यतिबेर पुराना प्रतिक्रियावादीहरू भन्दा खतरनाक किसिमले नयाँ प्रतिक्रियावादीहरू आएका छन् , साँस्कृतिक कर्मीहरूसमेत हिरासतमा छन्, घोषित प्रतिक्रियावाद त प्रस्ट देखिन्छ, लड्न सजिलो हुन्छ l माओवादका नाममा प्रतिकृयावादको अभ्यास गरिरहेको शक्ति झन् खतरनाक छ l यसलाई नचिन्ने हो भने, नचिनिने भयो भनेर हस्सी- ठट्टा गर्ने हो भने क्रान्तिकारी संस्कृतिक कर्मी , सौन्दर्यशास्त्री हुनुको के अर्थ ! अगुवाहरू नै अल्मलिएपछि अरूहरू कुन बाटो हिंड्ने ? एउटा शक्ति माओवादका नाममा प्रतिक्रियावादको अभ्यास गरिरहेको छ र त्यो हो प्रचण्डको नेत्रित्त्वामा रहेको माओवादीकेन्द्र भनेर ठोकेर भन्छ एउटा मार्क्सवादीले , संध्या भाषामा बोल्दैन l सामान्य मान्छेले चिन्ने मार्क्सवादीले नचिन्ने हुन्छ ? दुस्मन निर्मम बन्ने अनि उसका कार्यालय सदस्यहरूलाई ‘खादा’ ओढाउने र अनि भन्ने हामी क्रान्तिकारी, हामी इच्छुकका उत्तराधिकारी ? हावादारी गफ गर्ने ! दुनियाँलाई मूर्ख बनाउने ! आत्मसमीक्षा गर्ने बेला आयो l 
सम्सोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्ने बेला आयो l खेमजी, सक्नुहुन्छ मार्क्सवादी स्पिरिट देखाउन ? नव-प्रतिकियावादीहरू, खुलेर भन्दा प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने , संशोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्न नसक्ने अनि बलिदानका ठूलाठूला कुरा गर्ने ? माओले भन्नुभएको छ ”उदारवादको विरोध गरौं” l १३ गते सम्बाद डबलीमा भएका कार्यक्रमहरू सारमा समान प्रवृत्तिका उपज हुन् l आगे तपाईंहरूको मर्जी l
-संसोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्ने बेला आयो । खेमजी, सक्नुहुन्छ माक्र्सवादी स्पिरिट देखाउन ? नव–प्रतिकियावादीहरू, खुलेर भन्दा प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने, संशोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्न नसक्ने अनि बलिदानका ठूलाठूला कुरा गर्ने ? माओले भन्नुभएको छ ‘उदारवादको विरोध गरौं ।’ १३ गते संवाद डबलीमा भएका कार्यक्रमहरू सारमा समान प्रवृत्तिका उपज हुन् । आगे तपाईंहरूको मर्जी ।’
प्रस्तुत स्टाटसहरू डा.ऋषिराज बराल सल्लाहकार रहेको जनमेल डटकमको फेसबुक पेजमा बरालले नेकपा (क्रान्तिकारी माओवादी) को भण्डाफोर गर्दै लेखेका हुन् । उनले पहिलो स्टाटस इच्छुक सांस्कृतिक प्रतिष्ठानले वितरण गरेको यसवर्षको पुरस्कारका बारेमा आफ्नो विमती जनाउँदै लेखेका छन् । यस सन्दर्भमा के भन्न सकिन्छ भने प्रतिष्ठान महान् जनयुद्धका एकजना अग्रज र साँस्कृतिक क्षेत्रका शीर्ष नेता कमरेड कृष्ण सेन ‘इच्छुक’ को नाममा स्थापित भएको समग्र जनयुद्धको प्रगतिवादी धाराको एउटा सांस्कृतिक प्रतिष्ठान हो । यो नेपालको एकमात्र प्रतिष्ठान हो, जसको उद्देश्य, लक्ष्य भनेकोे मालेमावादी संस्कृति, साहित्य र कलाको विकास र संरक्षण गर्नु हो । यो सबैलाई ज्ञात भएको कुरा हो । प्रतिष्ठान स्थापनामा बरालजीको भूमिका महत्वपूर्ण नै छ । यो नकार्ने विषय पनि होइन र गरिएको पनि छैन ।
परन्तु प्रतिष्ठानको नेतृत्व गर्दा र त्यसबाट बाहिरिएपछि बरालजी जसरी प्रतिष्ठानका विरुद्ध विष बमन गर्दै आएका छन् कि उनी प्रतिष्ठानको समाप्ति भएको देख्न चाहन्छन् भन्नु पर्ने हुन्छ । यसबारेमा उनले खेलेको भूमिका पनि यहाँ स्पष्ट गर्नु आवश्यक देखिएको छ । पहिलो कुरा त इच्छुकप्रति उनको जुन प्रकारको निष्ठा र प्रतिवद्धता देखिन्छ त्यो सबै ढोँग र पाखण्ड मात्रै हो । किनकी जिवित रहँदासम्म इच्छुकलाई सबैभन्दा बढि घृणा गर्ने र उहाँले जनसांस्कृतिक संघको नेतृत्व गर्दा त्यसका विरुद्ध सदैव उछित्तो काडेर हिँड्ने बराल नै हुन् ।
‘छ महिनामा एउटा कविता लेख्नेले सांस्कृतिक संघको नेतृत्व गर्ने ?’ भनेर सदैब आलोचना गर्ने र सेनजीलाई हैरान÷परेसान पार्ने व्यक्ति बराल नै हुन् । दोस्रो कुरा आपूmले प्रोफेसरको पेन्सन खाने, श्रीमतीले जागिर खाने, छोराहरू अमेरिका बसेर डलर कमाउँदा त नपुगेर महिनामा २० हजार तलव नभई प्रतिष्ठानमा काम गर्न सकिन्न भनेर प्रतिष्ठानकै अरू कार्यसमिति सदस्यहरूलाई गुम्राहमा पारेर थाहै नदिई खुरुखुरु तलव थाप्नेलाई कति डिग्रीको क्रान्तिकारी भन्ने होला ?
जहाँसम्म पुरस्कार वितरणको कुरा छ, प्रतिष्ठान गठन भएदेखि ज–जसलाई पुरस्कार दिइयो उनकै पालामा दिइएका पुरस्कृत पात्रहरू र यतिखेर दिइएका पात्रहरूको तुलना गर्दा के कुरामा अहिलेका पात्र उनले जस्तै घृणा गर्नुपर्ने र इच्छुकको आदर्श भन्दा बाहिरका भए ? उनले लगाए जस्तै आरोप लगाउने हो भने त्यो उनले प्रमाणित गरेर देखाउन सक्नु पर्छ । बरू पञ्चायतकालमा कम्युनिस्ट र काङ्ग्रेसको सुराकी गर्ने र पकड्न सूचना दिने राष्ट्रिय गुप्तचर विभागको इन्स्पेक्टर जागिर खाएका त बराल स्वयम् हुन् ।
प्रतिष्ठानले उनको विगत कोट्याएको भए उनलाई न त पुरस्कार दिन मिल्थ्यो न त प्रतिष्ठानमा बस्ने अधिकार राख्थे । यो त झनै अपराध हुन्थ्यो । अझ उनीजस्तो व्यक्ति कसरी कम्युनिस्ट भए र जनयुद्धमा हिँड्ने माओवादी नेतासम्म कसरी बन्न पुग्थे ? उनैले पढेको र सिकाएको माक्र्सवाद होइन र हरेक व्यक्ति पहिला राम्रो भएको पछि नराम्रो र पहिला नराम्रो भएको पछि राम्रोमा बदलिन्छ भन्ने मान्यता ? उनले जस्तै शुद्धता खोज्दै जाने हो भने नेपालमा कम्युनिस्ट पार्टी विघटन गरेर घरमा बस्नु पर्ने हुन्छ र बुर्जुवाहरूलाई जे गर्छौ गर भनेर सुम्पनु पर्ने हुन्छ । यो कहाँको माक्र्सवाद होला ?
अर्को कुरा कसलाई पुरस्कृत गर्ने र कसलाई नगर्ने भन्ने कुरा सडकमा बसेर बहस र विवाद गर्ने विषय नै होइन । यो प्रतिष्ठान स्वयम्को अधिकारको कुरा हो । फेरि प्रतिष्ठानले विना लक्ष्य, उद्देश्य, मूल्य मापदण्ड केही नबनाइकन दिएकै छैन । बराल स्वयमले सहमति जनाएर बनाएको विनियम अनुसार दिने हो । दिइएकै छ ।
दोस्रो बुँदामा उनले कार्यक्रममा सहभागिताको विषयमा पनि कडा र छुद्र टिप्पणी गर्न भ्याएका छन् । कार्यक्रममा त सबैलाई खुला आमन्त्रण गरिएको हुन्छ । कतिपयलाई अतिथि वक्ताकै रूपमा पनि बोलाइन्छ । बोल्न पनि लगाइन्छ । सामाजिक संस्थामा यसो गर्नु कुनै गलत र अपराधको कुरा होइन । हाम्रा विचार बाहिरसम्म पु¥याउन र बाहिरका कुरामा खण्डन गर्न पनि बहसहरू चलाइन्छन् । मूल कुरा प्रतिष्ठान आफ्नो लक्ष्यमा दृढ छ कि छैन भन्ने कुरा हो । त्यसमा कुनै कमी छैन ।
आफ्नो शुद्धता भित्र बराल आफैले के कति समर्थक बढाएका छन् र उनले के कति संगठनको विस्तार गरेका छन् भन्ने प्रश्न पनि त गर्न सकिन्छ । आफ्नी श्रीमती त वाध्यताले उनको पछि लागेको अवस्था छ । त्यो हामी सबैलाई जाहेर नै छ । आफ्ना २ जना छोराहरूलाई त आफ्नै देशमा राखेर तिनीहरूको ज्ञान, सिप र क्षमता राष्ट्रमा प्रयोग गराउन नचाहेर साम्राज्यवादी मुलुकमा पलायन गराउने र आपूm एक्लै घरको कोठाबाट इन्टरनेट र फेसबुकबाट कस्तो क्रान्ति गर्लान् र उनले दिने विचारले कति मान्छे सङ्गठित होलान् ? यो पनि त उनका विरुद्ध तेर्सिने प्रश्नहरू हुन् ।
तेस्रो बुँदामा उनले क्रान्तिकारी माओवादीलाई प्रतिक्रियावादी भन्दै यसका नेतृत्व कमरेड किरणजीलाई प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने भनेर आरोपित गरेका छन् । प्रचण्डप्रतिको मोह भइदिएको भए किरणजीले पहिला पार्टी नै किन अलग गर्नुहुन्थ्यो र पछि बादलहरूको पलायनताका बेला फर्कन किन सक्नुहुन्नथ्यो ? मोहनविक्रम, निर्मल लामा, प्रचण्डहरूसँग वैचारिक लडाइँ लड्ने किरणजी हुनुहुन्छ कि बराल ? जतिवेला बराल कम्युनिस्टहरूको सुराकी गर्दै राजाको सत्ताको जागिर खान्थे त्यतिवेला (२०३५÷०३६) तिर किरणजीले जनयुद्धको फौजी कार्यदिशा लेखेर मोहनविक्रम र लामाहरूसँग वैचारिक वहस गर्दै हुनुहुन्थ्यो ।
यो देशमा क्रान्तिको बिउ बचाउने, रोप्ने र उमार्ने किरणजी कि बरालजी ? यतिवेला प्रतिक्रियावादका विरुद्ध आफ्नो पार्टीको जेजति ताकत छ त्यसको भरपुर प्रयोग गरेर आन्दोलन गर्ने क्रान्तिकारी माओवादीलाई प्रतिक्रियावाद उन्मुख देख्ने बराल कुन दुनियाँका क्रान्तिकारी हुन् ? उनले सङ्गठन बनाएको, क्रान्ति गरेको र त्यसको नेतृत्व गरेको हेर्न पाए सायद ‘जिउँदै स्वर्ग’ पो गइन्थ्यो कि ?!

http://moolbato.com बाट साभार 

Monday, April 24, 2017

रसुवाली कबिको कविता 'युद्धपछि कमरेडहरु' : वर्तमानको शक्तिशाली आवाज - अशोक सुबेदी



युवा साहित्यकार ‘रसुवाली कवि’ पछिल्लो समयमा तीक्ष्ण र प्रभावकारी कविताका कारण चर्चाको शिखरमा छन् । उनले यसै मेसोमा लेखेको ‘युद्धपछि कमरेडहरु’ शीर्षक कवितालाई आफैँले विवादित कविता भनेका छन् र उनको यो कविता निकै चर्चामा छ । हुनत चर्चामा आउने सबै विषयको महत्व उत्तिकै प्रभावकारी हुँदैन तर उनको यो कविताले पछिल्लो युगको प्रतिनिधित्व गरेको मान्नुपर्छ सांकेतिक रुपमै भए पनि ।
कविले यस कवितामा दिलमाया बम्जनको बिम्बलाई औधी मन पारएका छन् । उनी भन्छन् :

युद्ध ठीक कि शान्ति ?
अपमानित जीवन कि सम्मनित मृत्यु ?
चुरोटको धुवाँजस्तो सहयात्री कि आगोजस्तो भर्भराउँदो सहयात्रा ?

दिलमाया नेपालमा सञ्चालित तर विश्वलाई नै हल्लाउन सफल महान् जनयुद्धकी प्रथम छापामार महिला सांस्कृतिक सहिद । दिलमायाले रगत पाखेर कब्जा गरिएको हतियारले नै जनयुद्ध अघि बढेको थियो, महान् बनेको र राजतन्त्र अन्त्य गर्नेसम्मको शक्ति आर्जन गरेको थियो । हुनत त्यसताकाका युद्ध कमान्डरहरुले यतिबेला दिलमायाहरुको रगतसँग साटिएको हतियार ुस्मनलाई बुझाएर प्रतिक्रियावादी संसद्वादी सत्ताको नालीमा मुन्टो गाडेका छन् । जनयुद्ध र दिलमायाहरुको बलिदानमा गर्वभन्दा प्रायश्चित गरिरहेका पुष्पकमल दाहाल–बाबुराम भट्टराईहरुदेखि जनयुद्ध कालभर जनयुद्धलाई सामाजिक फासिवाद र फासिवादी आतंक भन्दै सरापेर इच्छुकहरुको हत्या गराउने तर माओवादी ठूलो शक्ति हुनासाथ पार्टीमा घुसेर सरकारी पदप्रतिष्ठा र पार्टी कब्जा गर्ने, घर साङ्लाले बनसाङ्ला लखेट्ने प्रवृत्ति बोकेका केवल खान जन्मिएकाहरु, युद्धको समयमा दुला पस्ने, भाग्ने, एउटा पोस्टरसम्म नटाँस्ने तर यतिबेला नभएको इतिहास गाँसगुँस र तानतुन पारेर घुक्र्याउँदै, धम्क्याउँदै र चाकरी गर्दै आन्दोलन कब्जा गर्ने षडयन्त्रकारीहरुलाई इतिहासमा भएको त्याग, शौर्य र बलिदान केवल कथा र दिक्कलाग्दा लेखका विषय बन्ने गरेका छन् । कविले एउटै कविताबाट युद्ध अर्थात् महान् जनयुद्धपछि सांस्कृतिक आन्दोलनमा देखिएका सकारात्मक र नाकारात्मक पात्रहरुको नामै काढेर र कतिपयको संकेत गरेर रौँचिरा विश्लेषण गरेका छन् । केही खल पात्रहरुप्रतिको कविको मोह वा सनदेहलाई हटाइदिने हो भने यो वर्तमानलाई छुने उत्ष्ट बिम्ब र प्रतीकहरुले भरिएको शक्तिशाली कविता हो भन्दा कुनै फरक पर्दैन ।


यहाँ कवितामा उल्लेख भएका सबै पात्रहरुको नाम लिनु आवश्यक छैन किनकि कतिपय पात्रको नाउँ उच्चारण गर्नु वा लेख्नु समयको बर्बादी मात्र होइन, अपमान पनि हो भन्ने मलाई लाग्छ । इतिहास र वर्तमान नै दुर्गन्धित पात्रहरुको नाम लिँदा समयकै बदनामी भएकाले मात्र केही संकेत गर्न उपयुक्त हुने मेरो निष्कर्ष छ । सकारात्मक पात्र अर्थात् युगनायकका रुपमा कविले अग्निराज पौडेल अरापको चर्चा गरेका छन् र उनले हरेक रङ प्रयोग गरेर निर्माण गरेका बन्दुक, हँसिया हथौडा, सग्लो नेपालको नक्सा, युद्धआकृतिका ललितकलाको सुन्दर चित्रण गरेका छन् । शासकहरुले जनघात, राष्ट्रघात र वर्गघात गरिरहेको समयमा एउटा प्रगतिवादी स्रष्टाले रङ र कुचीको प्रयोग गरेर बन्दुक निर्माण गरेको बिम्ब उतार्नु आफैँमा क्रान्तिकारी आशावाद हो । दलाल संसद्वादलाई आँगालो हालेर वर्गसंघर्षलाई धारे हात लगाइरहेका पुष्पकमल दाहाल, महराहरु फेरि युद्ध वा क्रान्तिको कुराले तर्सिइरहेका छन् तर कविले एउटा कलाकारको रङ र कुची अघि सारेर युद्ध, क्रान्ति जारी रहेको र संस्कृतिकर्मीहरु त्यसका लागि तम्तयार भएको संकेत गरेका छन् ।

कविले जनयुद्धका घाइते योद्धा अर्थात् सदाबहार क्रान्तिकारी योद्धा माइला लामाभित्र सधैँ देखिएका क्रान्तिकारिता, उनले सम्झिएको बन्दुक, आधारइलाका, गीतसंगीतले पनि त्राmन्तिकारी आशावादलाई नै संकेत गरेका छन् । मोहन वैद्य किरणले नाटक÷अपेरामा, सांस्कृतिक थेसिसमा, अनुहारका रेखाहरुमा युद्ध र बारुदको कुरा गरिरहेको देखाएर कविले किरण समूहले कार्यदिशामा विकास गर्न नसकेको तर क्रान्तिको कुरासम्म भने गरिरहेको तर्फ संकेत गरेका छन् ।

कविले रमणथामी, आरोह नेपाली र सामना परिवारका कलाकारहरुमा युद्धको चेत नघट्नु बरु अझै जोशिलो गरी नाच्दै गाउँदै, सिर्जना गर्दै रहनु नयाँ क्रान्तिका लागि शुभसंकेतका रुपमा लिन सकिन्छ ।
हिजो अर्को संसद्वादको पूजा गरिरहेका केही थान पात्रहरु ऋाज सर्लक्क यता आएर यो संसद्वादको भजन गाउँदै सिताको गीता गाइरहेका छन् र लेखिरहेका छन् चिबेचराको गीतहरु भन्दै कविले छेपारा, व्यक्तिगत स्वार्थका लागि दलबदलुवा र विचारहीनहरुको उछित्तो पनि काढेका छन् ।
यही संसद्वाद अर्थात् सुँगुरको खोर र आहालमा डुबुल्की मारेर रमाउन चाहने कयौँ पात्रको नामै काढेर कविले वर्तमान समयमा देखिएको बेथिति र असंगतिको तीखो व्यंग्य पनि गरेका छन् । भण्डारी थरका पूर्वक्रान्तिकारी संस्कृतिकर्मी क्रान्तिको यात्रा छोडेर ह्विस्की र रक्सीको मूल्य सोध्नमा तल्लीन रहेको, एनजीओ÷आईएनजीओले दिने डलरहरुमा भविष्य देखिरहेका कतिपय स्नामधन्य सौन्दर्यशास्त्रीहरु क्रान्ति, बलिदानको नभएर लिभिङ टुगेदरको सौन्दर्यशास्त्रमा रत्तिइरहेको, वर्गसंघर्षमा बलिदान गर्ने सहयोद्धाको रगतलाई आईएनजीओ, डलरमा भँजाउँदै, साट्दै, खाँदै र क्रान्तिलाई धारे हात लगाउने खलपात्रहरु, लैनचौर दरबार अर्थात् भारतीय साम्राज्यवादको नेपाली मुख्यालयमा नेपालका सूचना बेचेर थालबटुका थाप्दै उदरपूर्ति गरिरहेका खलपात्रहरुको चर्चा गरेर कविले नेपालको पछिल्लो अवस्था प्रस्ट्याएका छन् ।
जस्तो कि :

हुस्की र रक्सीको मूल्य सोधिरहेछन् गणेश भण्डारी
नयाँ आईएनजीओका लागि
लेखिरहेछन आहुतिले लिभिङ टुगेदरको नयाँ सौन्दर्यशास्त्र
वर्गयुद्धप्रति धारे हात लगाइरहेछन् खिमा रिजाल’ हरु
हरपल उत्तरयात्राको गायत्रीमन्त्र जपेर
लैनचौरलाई दाहिने पार्दै फन्को मारिरहेछन् रामचन्द्र न्यौपानेहरु
तेज सकिएका प्रचण्डको महँगो खाटको धुलो पुछ्दै
चुनावी गजल लेखिरहेछन् बलराम मुक्तिपथिकहरु

तुच्छ मुख्यमन्त्रीको लालसामा भारतीय विस्तारवादलाई स्वतन्त्र मुलुक सिक्किम बुझाउने कुलंघारको नेपाली सन्तति पुष्पकमल दाहालको पलङको धुलो पुछेर जीविकोपार्जन गरिरहेको चाकरहरुको चर्चा गर्दै कविले मन्दिरमा लाम लागिरहेका घनश्याम, मम पलसको बिल तिरिरहेका मातृका, कम्युनिस्ट घोषणापत्रको क सम्म नपढी कम्युनिस्ट भनाउँदै हिँडेका विभिन्न नामका भण्डारीहरु, नयाँनयाँ घडेरीको दलाली गरिरहेका विभिन्न नाउँका ईश्वरचन्द्रहरुले रक्तचन्दन तस्करी गरिरहेका कालीबहादुर खाम अर्थात् हिजो जनयुद्धको समयमा जनमुक्ति सेनाका एक कमान्डर रहेर पनि आज प्रतिक्रान्तिका मतियार–सहयोगी मात्र नभएर दलाल संसद्वादका नायक पुष्पकमल दाहाललाई चास्नी चखाएर तस्करीमा लिप्त बनेका पात्रहरुको ठेगाना सोध्दै गरेका ज्ञवालीहरुको नाम र कर्मतर्फ संकेत गरेर कविले वर्तमान कति भ्रष्टा, निचता र दुष्टताबाट क्रान्तिको मार्गतर्फ लम्बिन खेजिरहेको छ भन्नेतर्फ संकेत गरेका छन् ।

जनयुद्ध कालभर सांस्कृतिक क्रान्तिका प्रवक्ता बनेका तर वर्तमान कता हो कताजस्ता भएका छन् बराल भन्दै कविले यस कवितामा कयौं गीतहरुमा अझै पनि संगीत हराइरहेको, कयौँ मानिसहरुको जीवनको गति धर्मराएको, खुसीराम र जेबी टुहुरेहरुलाई उत्तरआधुनिकतावादले खोजिरहेको, देवेन्द्र पौडेलहरु निराश भएर माक्र्सवाद नै परित्याग गर्दै पलायन अर्थात् भ्रष्ट संसद्वादको दस्ताबेज लेख्न घोत्लिइरहेको दुरवस्थाको तीक्ष्ण चित्रण गरेका छन् । हिजो रोल्पा र रोल्पालीहरुका क्रान्ति र वीरताका गाथा गीत र कवितामा उतारेर युवकयुवतीलाई क्रान्तिमार्गमा लाग्न रौस्याउने मणि थापाहरुमा छट्पटी हराउनु, थाक्नु, गल्नु, भाग्नु र पूर्ण विरामले क्रमशः पुरानो अर्थात् जनयुद्धकालीन चे ग्वेभारालाई चिठी लेख्नैपर्ने भन्ने जस्ता क्रान्त्किारी कविताका शीर्षक बिर्सिने अवस्था उत्पन्न हुनु वर्तमानको राम्रो र शुभसंकेत होइन । तर पनि कविले दिलमायाहरुको बलिदानलाई स्मरण गराउँदै सोध्ने हिम्मत गरेका छन् ः क्रान्ति रोज्ने कि आत्मसमर्पण ? अर्थात् विभिन्न सकारात्मक र नकारात्मक पात्र, परिवेश, घटना र बिम्हरु प्रस्तुत गरेर अब फेरि पनि र्वहारावर्गलाई जित्नका लागि आत्मसमर्पण होइन, क्रान्ति नै रोज्नुपर्ने वातावरण कविले निर्माण गरिदिएका छन् । यो तीव्र र छोटो प्रतिक्रिया÷टिप्पणीको निष्कर्षमा भन्न सकिन्छ, रसुवाली कवि वर्तमानलाई गहिराइ, उचाइ र व्यापकतामा बाँकटे हान्न सफल छन् । उनी एक सफल कवि मात्र होइन, सफल विश्लेषक र राजनीतिक व्यक्तित्व पनि देखिएका छन् । उनको सफल सांस्कृतिक÷काव्यिक जीवनका लागि हार्दिक शुभकामना !

http://www.ratonews.com बाट साभार 

Friday, February 10, 2017

इतिहास किन भुल्नु भो कमरेड प्रचण्ड ? जन कलाकार रमण थामीको प्रचण्डलाइ खुल्ला पत्र





सम्माननिय प्रधानमन्त्री प्रचण्ड ज्यु लालसलाम ।

म उहीँ तपाईंले गुमाएको भुलेको एकजना जनवादी साँस्कृतिक सेनाको तर्फबाट यो लालसलाम स्विकार्य होस र यो खुल्ला पत्र मार्फत केही कुराहरु तपाईं संग भन्न गैरहेको छु । जब २०५२ सालबाट तपाईंकै नेतृत्वमा जनयुद्धको थालनी भयो उहिबेला म र मेरो परिवार माओवादी आन्दोलन प्रति आस्थावान रहंदै आयौं र २०५७ सालदेखि म पार्टीको पुर्णकालिन सदस्य हुँदै जनयुद्धमा लामबद्ध भएँ।सर्वहारा वर्गको मुक्तिका खातिर कला र संगितको माध्यम बाट आन्दोलनलाई सशक्त पार्न र अझ उचाईमा पुर्‍याउनका निम्ति हज्जारौं साँस्कृतिक कलाकर्मिहरु यो आन्दोलनमा होमिए।
म पनि कलिलै उमेरमा स्कुल पढ्दापढ्दै १३ वर्षको उमेरमा पार्टीमा लागें र पार्टीका हरेक योजना र काम कारबाहीमा सक्रिय भुमिका निभाएँ।समय जटिल थियो जीवनलाई खुकुरिको धारमा राखेर त्यो कलिलो मनस्थितिलाई ढुङ्गाजस्तै बनाएर आफुभन्दा लमो बन्दुक बोक्दै कम्मरमा २/३ किलोको ग्रिनेड भिर्दै जस्तोसुकै परिस्थितिमा पनि कडाभन्दा कडा अनुशासन र नियममा बसिएको हो र पार्टीका हरेक आदेशलाई पालना गरि कि मृत्यु कि मुक्ति भनेर हामी लागेकै हौं।
दुश्मनका चौतर्फि आक्रमणहरु संहदै न हिमालको हिउँ भन्न पायौं न खोला र नदि भन्दै डराउन पायौं गोलिका पर्राहरुसंग खेल्दै कहिले लखेटिन्थ्यौं कहिले लखेट्थ्यौं जिवनका धेरै रहरहरु इच्छा र सपनाहरुलाई तिलाञ्जलि दिदैं देश र जनताको निम्ति भनेर जिवनको आधा हिस्सा मैले त्यहि आन्दोलनमा विताएँ।यी सारा कुराहरु सम्झिदा लाग्छ गफ हो तर स्वयं आफै यो यात्रामा सामेल भएर आईयो यो आलो अनुभुति हो कमरेड ।कमरेड प्रचण्ड परिवर्तनका निम्ति भनेर तपाईंको आदेशमा ढुङ्गे गेगरहरुमा सातुमा चिनि र पानी घोल्दै खाँदै नाचेकै हौं खाली पैतालाहरुले,आफ्ना इच्छा र रहरहरु जलाएर न्याय र समानताको निम्ति भनेर हिमाल पहाड र मधेशमा आवाजहरु बुलन्द गरेकै हौं।एउटा सानो भन्दा सानो कार्यक्रम किन नहोस कलाकार विना त्यो कार्यक्रम नुन विनाको तिहुन जस्तै हुन्थ्यो सबै ठाउँमा हाम्रो सहभागीता हुनुपर्ने। जनताका घर आँगन शहर वस्तिहरुमा जनताको अधिकार र स्वतन्त्रताको गित गाउँदा गाउँदै धेरै होनाहार साँस्कृतिक कर्मिहरु शहिद भए।परेको खन्डमा जनमुक्ति सेना भएर पनि लडाइँ लडियो।
इतिहास साक्षी छ यति ठुलो मात्रामा साँस्कृतिक कर्मिहरुको निर्माण र प्रयोगले माओवादी आन्दोलन एउटा उचाइमा आएको हो तर प्रधानमन्त्री प्रचण्ड ज्यु यो यथार्थ त्याग समर्पण र बलिदानले तपाईं जस्ता आन्दोलनका धेरै अगुवाहरुको जीवन स्तर त कहाँ हो कहाँ पुर्याईदियो। प्रधानमन्त्री ज्यु तपाईं आज नेपालको प्रधानमन्त्री जस्तो उच्च पदमा हुनुहुन्छ लाग्छ म धेरै सानो हुँ न म संग माओवादी भएर केही धन छ न म माओवादी भएर केही जागिर छ न म माओवादी भएर कुनै व्यापार छ न म संग केही त्यस्तो शक्ति छ।जे छ सबै तपाईंसंग छ।एकचोटि समय निकालेर इतिहासपटि फर्केर सोच्नुस प्रचण्ड ज्यु तपाईं कुन कारणले कसको कारणले किन त्यो स्थानमा हुनुहुन्छ ??
सायद विर्सनुभो होला हामी कार्यक्रममा तपाईंलाई भगवान जस्तै ठानेर तपाईंको नाम पुज्दै गर्वका साथ नाचेको र गाएको र कलाकारहरुकै प्रस्तुतिले तपाईंको आखाबाट आँशु झरेको। तपाईंलाई जानकारी नहुनसक्छ ती कला र गलाका धनिहरु प्रतिभाका खानिहरु आज आफ्नो आदर्शलाई आस्थालाई त्यागेर पराइको भुमिमा पसिना बगाईरहेकाहरुको पीडा तपाईंलाई थाहा छैन होला ती कलाकार जो आज एक आङ लाउन र खान समेत नपाउनेगरि बाँचिरहेका छन।तपाईंलाई थाहा छैन होला आफ्नो परिवारको एउटा सानो खुशि पनि दिलाउन नसक्ने गरि थला परेको ।शहरका गल्लिहरुमा एक गाँस खानका लागि भौंतारिरहेका छन।माओवादीका प्राय तल्लो स्तरका कार्यकर्ता अझ भनौं हामी कलाकारहरु त धेरै अन्याएमा परेको आलो सम्झना अझै मुटुभित्र दुखिरहन्छ ।कयौं साथीहरू आज अरबतिर डलरको सपनामा जिन्दगी हिन जिन्दगी बिताईरहेछन कयौं घाइते अपांग छन कयौं कलाकार साथीहरुको जिन्दगी दयनीय अवस्थामा गुज्रिरहेको सायद यहालाई रिपोर्ट छैन होला होस पनि कसरी तपाईं हामीजस्ता सोझा र इमान्दार कार्यकर्ताहरुलाई भन्दा पनि विरोधीहरुसंग बढि साँठगाँठ र विश्वास भयो।कमरेड प्रचण्ड ज्यु तपाईंले बाँड्नुभएको समाजवाद र साम्यवादको सपना कहाँ पुग्यो कता हरायो ?? हामी गरिबहरुले सोचेको त्यो जनताको व्यबस्था कहाँ बन्दैछ ।हामीलाई चुनावभरि घोक्रो फुलाउन लगाएर खुट्टा पिल्साउन लगाएर सास्ती खेप्दै खेप्दै हाम्रो सांगीतिक कार्यक्रमले तपाईंको भागमा चुनाव जित्न सक्ने एउटा वातावरण बनायो ।हामीलाई सकेसम्म प्रयोग गर्नुभयो ।तपाईंलाई थाहा छैन होला कलाकार कमरेडहरु यदि मैले चुनाव जिंते र प्रधानमन्त्री भएँ भने तपाईंहरुलाई डिग्री सम्मको शैक्षिक योग्यताको सर्टिफिकेट दिनेछु भनेर हामीलाई आश्वासन दिनुभएको?हो त हामी पनि मक्ख परेर होन हो आफुलाई अन्धो बनाएरै पार्टीको काम हो आन्दोलनको काम हो भनेर हाम फालियो कमरेड आजको यो घडिमा तपाईं दोस्रो पल्ट प्रधानमन्त्री भैसक्नुभयो तर आजसम्म आन्दोलनमा जति पनि कलाकार साँस्कृतिक कर्मिहरु छन उनिहरुको कुन बिषयमा कुन शिर्षकमा केहि भनेर सम्बोधन गर्नुभयो??माईला लामाहरुले सयौं कार्यक्रम हरु गरेर उठाएको पैसा कलाकारहरुले दुख गरेर कमाएको पैसा उल्टै तपाईंको हेडक्वाटरमा बुझाउनुहुन्थ्यो अब भन्नुस ती सयौं जनवादी कलाकारहरुको स्थिति केछ??प्रधानमन्त्री प्रचण्ड ज्यु जतिबेला जनयुद्धको अन्त भैसक्यो भनेर भन्नुभयो उबेलादेखी आजसम्म जे जति गर्नुभयो न जनताको पक्षमा काम गर्नुभयो न माओवादी आन्दोलनलाई शसक्त बनाएर अगाडी बढाउन सक्नुभयो न आफ्नै पार्टीका कार्यकर्ताहरुलाई व्यवस्थित पार्न सक्नुभयो? धेरै कुराहरु के गर्नु म साँस्कृतिक कर्मि भएको नाताले केही कुरा भनेको हुँ तमाम साँस्कृतिक कर्मिहरुको हालत नाजुक छ बिजोग छ।उनिहरु माओवादी पार्टीको आस्था बिचार र नीति तोडेर छोडेर न अन्त नै जान सक्छन ?
पार्टीमा काम गरौं गर्न सक्ने वातावरण छैन।जसको शक्ति उसको भक्ति बनेझै भैरहेको छ निराशा र चिन्ताले साँस्कृतिक कर्मिहरु पलायन हुने दिशातिर गैरहेछन र रहेकाहरु पनि क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जुन यात्रामा छन अनि उनिहरुलाई नै तपाईंले किन गिरफ्तार गर्दै लाँदै थुन्दै उनिहरुमाथी नानाथरि आरोप आक्षप मुद्दा चलाएर नौटंकि गर्नुहुन्छ?कमरेड सत्यको अवश्य एकदिन जित हुनेछ माओवादी आन्दोलनलाई तपाईंले त अन्त्य गरिसक्?नुभयो तर अरु लाखौं लाख मान्छेहरु माओवादी आन्दोलनलाइ अगाडि बढाउन जुझारु भएर उठिरहेछन तपाईंका घिनलाग्दा नौटंकिबाट क्रान्तिकारीहरु झुक्दैनन अघि बढ्छन।माओवादी आन्दोलनलाई दमन गरेर दबाउन सक्छु भनेर कांग्रेस र एमालेसंग डिनर गरेर तपाईंले केही लछारपाटो लगाउन सक्नुहुन्न।हिजो तपाईंको पार्टी र तपाईंको निम्ति कलाकारहरुले गाए नाचे आज तपाईंकै बिरुद्ध कलाकारहरुले गाउनेछन नाच्नेछन।तर हाम्रो यात्रा रोकिने छैन।याद रहोस हिजो हामी संगै थियौं अबको आन्दोलनमा तपाईं हाम्रो शत्रु बन्नुहुनेछ यो इतिहासको माग हो ।

धन्यबाद
उही तपाईंको पार्टी बाट पिडित एक साँस्कृतिककर्मी
रमण थामी

http://www.ratonews.com बाट साभार 

Wednesday, February 1, 2017

साँस्कृतिकमा काण्डैकाण्डका सलह

जन आस्था साप्ताहिक , वर्ष-२२, अंक -४५, २०७३ साल माघ १९ गते बुधबार