Monday, December 25, 2017

क्रान्तिकारी ध्रुवीकरण र सांस्कृतिक मोर्चा - डा. ऋषिराज बराल


विश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ । मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधर क्रान्तिकारीहरू आफ्नो पार्टीको स्थिति र मुलुकको विशिष्टतामा माओलाई सम्झिदै क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । 

साम्राज्यवाद र तिनका मतियारहरूले विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर अझै पनि होहल्ला मच्चाइरहेका छन । परन्तु सत्य के हो भने आज साम्राज्यवाद हिजोभन्दा झनझन सङ्कटको अवस्थामा छ र यो अन्तरसाम्राज्यवादी अन्तर्विरोधबाट ग्रस्त छ । माओको मृत्युपछि आरम्भ भएको चिनियाँ पुँजीपन्थीहरूको अभियान सामाजिक साम्राज्यवादमा परिणत हुनुको तहसम्म पुगेको छ, र त्यहाँका नयाँ बादसाहहरूले माओलाई निषेध गर्दै, माओ र माओवाद इतिहासको विषय भन्दै आफूलाई ''नयाँ युगको नयाँ नायक'' का रूपमा स्थापित गर्न खोजेका छन् । परन्तु, यथार्थको अर्को पाटो पनि छ । माओले क्रुस्चेवका सन्दर्भमा भन्नुभएझै आजका चिनियाँ सत्ताधारी वर्गले माओरूपी तरवार फ्याले पनि विश्वका सर्वहाराहरू, उत्पीडित जनताका प्रतिनिधि र क्रान्तिकारी पार्टीहरूले त्यो तरवार फ्यालेका छैनन् र फ्याल्ने पनि छैनन् । आज विश्वका थुप्रै मुलुकहरूमा माओवादी आन्दोलन नयाँ किसिमले सङ्गठित भइरहेको छ र माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्यमान्यताको महत्त्व र सान्दर्भिकता झनझन बढ्दैगएको छ । नेपाली समाज र पछिल्ला घटनाक्रमहरूको अध्ययन गर्दा नेपालमा माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्य र निर्देशित गरेको बाटोको अर्थ र सन्दर्भ झन बढेर गएको प्रस्ट हुन्छ । प्रश्न त्यसलाई शब्दमा मात्र लिने कि कर्ममा भन्ने मात्र हो ।

विश्वकम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स, एंगेल्स , लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ । राजनीतिक क्षेत्रमा मात्र नभएर सांस्कृतिक तथा सौन्दर्यशास्त्रीय क्षेत्रमा पनि उहाँहरूको योगदान त्यत्तिकै उच्च र स्मरणीय छ । आज हामी जसलाई मार्क्सवादी र्सान्दर्यशास्त्र भन्छौँ, यो मार्क्सदेखि माओसम्मका दार्शनिक तथा वैचारिक चिन्तकहरूले विकास गरेको सौन्दर्यसम्बन्धी धारणाको मोठ रूप हो । मार्क्सवादी सौन्दर्यशास्त्रलाई समृद्ध पार्ने कार्यमा माओको विशिष्ट योगदान छ र यसमा पनि माओको ''एनान प्रवचन" को विशिष्ट महत्त्व रहेको छ । वर्गयुद्ध लडिरहेको समाजका लागि माओले विकसित गरेका सौन्दर्यशास्त्रीय मूल्यहरू सार्वभौम र चीरकालिक महत्त्वका छन् । सौन्दर्य चिन्तनको क्षेत्रमा माओले स्थापित गरेका सौन्दर्य मूल्यहरूलाई अवमूल्यन गर्नु भनेको सारतः मार्क्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा भएको विकास र समृद्धिकै अवमूल्यन हो ।

विविध लेख, टिप्पणी तथा सिर्जनकार्यद्वारा माओले आफ्ना सौन्दर्यसम्बन्धी धारणा व्यक्त गर्नुभएको छ तापनि सौन्दर्यशास्त्रीय मूल्यका दृष्टिले एनानमा माओले दिएको साहित्य-कलासम्बन्धी प्रवचन ''एनान प्रवचन" को सर्वोपरि महत्त्व रहेको छ । कालक्रमिक रूपमा देखापरेका वर्गसङ्घर्षका नवनव रूप र आन्दोलनको विशिष्ट चरित्रसित जोडेर सौन्दर्यसम्बन्धी व्याख्या, विश्लेषणा र संश्लेषण गर्ने क्रममा माओले मार्क्सवादी सौन्दर्यचिन्तनमा गुणात्मकता थपेर मार्क्सवादी र्सान्दर्यशास्त्रलाई नयाँ दिशा प्रदान गर्नुभएको छ । आजभन्दा करिब ७७ वर्षअघिको सो प्रवचनको महत्त्व हिजोभन्दा झन् बढेर गएको छ र सो प्रवचन सधैँ ताजा र सान्दर्भिक भएको तथ्य यसले गरेको दिशाबोधबाट प्रस्ट हुन्छ । 

मार्क्सवादी सौन्दर्यशास्त्रलाई विभ्रमीकरण गर्ने, साहित्य तथा कलाको समाजरूपान्तरणकारी भूमिकालाई न्यूनीकरण गर्नेहरू तथा वामपन्थका नाममा यथास्थितिवादको अभ्यास गरिरहेकाहरूले ‘एनान प्रवचन’ को महत्त्व तथा माओका योगदानहरूलाई निषेध र अवमूल्यन गर्नु नयाँ र अनौठो विषय होइन, परन्तु आफूलाई मालेमाका पक्षधर, नयाँ जनवादी क्रान्ति र सांस्कृतिक आन्दोलन र अभियानप्रति समर्पित भन्नेहरूले समेत ''एनान प्रवचन" को सार्वकालिक र सार्वभौम महत्त्वप्रति प्रश्न उठाउनुचाहिँ साँच्चिकै विडम्बनाको विषय हो ।

यथार्थतः ''एनान प्रवचन" लाई हेर्ने दृष्टिकोणले वामपन्थी भन्नेहरूको मात्र होइन, आफूलाई क्रान्तिकारी र माओवादी भन्नेहरूको समेत पोल खोलिदिएको छ । यसले को सही अर्थको क्रान्तिकारी र को अवसरवादी र छद्म संशोधनवादी हो भन्ने कुरासमेत प्रस्ट पारेको छ । पार्टीमा प्रवेश गर्न सफल भएका पुँजीवादी तथा संशोधनवादी प्रवृत्ति बोकेकाहरू विरुद्ध चलाइएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सन्दर्भमा समेत ''एनान प्रवचन'' लाई केन्द्रीय महत्त्व दिनुले पनि यसको वैचारिक तथा सौन्दर्यशास्त्रीय महत्त्वको आयामलाई मापन गर्न सकिन्छ । राजनीतिक दृष्टिले तीव्र अन्तर्विरोधको स्थितिमा रहेको नेपाली समाजको वर्तमान स्थिति र आफूलाई माओवादी भन्नेहरूमा समेत वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलन तीव्र रूपमा देखापरेको अवस्थामा ''एनान प्रवचन" को महत्त्व झन् बढेरगएको छ । नेपाली क्रान्तिको स्वरूप नयाँ जनवादी र नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली क्रान्तिको कार्यदिशा भएझैँ नयाँ जनवादी सांस्कृतिक आन्दोलन नै नेपाली नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ ।

प्रमुख र सदैव ध्यान दिनुपर्ने कुरा के हो भने ''नयाँ जनवादको संस्कृति", ''एनान प्रवचन" र पछि ''सयौँ फूल फुल्न देउ…" र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सम्बन्धमा माओले जेजस्तो धारणा अघि सार्नुभएको छ , यो सांस्कृतिक तथा साहित्यिक सन्दर्भमा मात्र सीमित छैन, यसको अहम् राजनीतिक महत्त्व छ । यसमा विश्व सर्वहारावादी क्रान्तिकारी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर चिन्ता र चिन्तन निहित छ । अझ माओवादको नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै क्रान्तिलाई बदनाम गर्न/गराउन एकथरीहरू लागेको अवस्थामा यसको सार्वभौम महत्त्व अझ बढेको छ । ''एनान प्रवचन" ले थुप्रै पक्षमा प्रकाश पारेको छ, खासगरेर प्रतिबद्धता, सांस्कृतिक सेना, आधार अधिरचनाबीचको द्वन्द्वात्मक महत्त्व, सार र रूप, उपयोगिता र मूल्य, संयुक्त मोर्चा, इतिहासको मूल्याङ्कन जस्ता गम्भीर र सारगर्भित विचारहरू यसमा प्रस्तुत छन् । यसलाई खास राजनीतिक सन्दर्भमा मात्र, त्यसमा पनि चिनियाँ सन्दर्भमा मात्र मात्र सीमित गर्न खोज्नु भनेको सारतः मार्क्सवादी सौन्दर्यशास्त्रीय मूल्यकै अवमूल्यन गर्नु हो । त्यसैगरी माओभन्दा पनि आफू लाई बढी माओ ठान्ने कतिपय लाल बुझक्कडहरूले माओले अघि सारेका सांस्कृतिक सेनासम्बन्धी धारणाको गलत व्याख्या गरेर यसको भ्रष्टीकरण र विकृतीकरण गरेका छन् । यी दुवै मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी गलत बुझाइका परिणाम हुन् । एउटा प्रवृत्तिले संशोधनवाद र अर्को प्रवृत्तिले ‘क्रान्तिकारी रूपवाद’ को प्रतिनिधित्व गर्दछ । सारतः यी दुवै वैचारिक विचलनका परिणाम हुन् ।

क्रान्तिकारीहरूका लागि ''एनान प्रवचन" सौन्दर्यशास्त्रीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण दस्ताबेज हो र यसलाई रूपमा होइन, सारमा लिनु आवश्यक छ । यसलाई कोरा भावनामा होइन, क्रान्तिकारी 


( एनान फोरमपछि लेखक-कलाकारहरूसित सामूहिक फोटोमा कमरेड माओ र चु तेह हरू)

राजनीतिक उदेश्यका लागि व्यवहारमा प्रस्तुत गर्नु आवश्यक छ । अनि मात्र माओका योगदानहरूको सही मूल्याङ्कन गरेको ठहर्छ । यथार्थतः समस्या विचार र राजनीतिमा छ । क्रान्तिको कुरा गर्नेहरूले नै “अब आएर माओले निर्देशित गरेका नयाँ जनवादी क्रान्तिसम्बन्धी वैचारिक, राजनीतिक र फौजी मान्यताह रू असान्दर्भिक बनेको ” ''नेपाली समाज अर्धसामन्ती-अर्धऔपनिवेशिक नरहेर पुँजीवादी समाजमा फेरिएकाले अबको क्रान्तिको चरित्र समाजवादी'' भन्दै क्रान्तिसम्बन्धी माओवादी मान्यतालाई सोझै खारेज गर्न थालेपछि यसको प्रतिबिम्बन सांस्कृतिक आन्दोलनमा पर्छ नै । त्यसैले अहिलेको प्रश्न भनेको माओले भनेझैँ राजनीतिलाई दरोसित समात्ने कि नसमात्ने भन्ने हो । नयाँ जनवादी क्रान्तिलाई आत्मसात गर्ने कि नगर्ने भन्ने हो । नयाँ जनवादी क्रान्ति आजको नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो र ‘क्रान्तिका तीन जादुगरी हतियार’ को कुशलतापूर्व प्रयोगका साथ अघि बढेर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । जेजे पदावली प्रयोग गरे पनि अन्ततः नेपाली नेपाली क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धमा प्रवेश नगरी धरै छैन । नेपाली क्रान्तिको रक्षा र गतिका लागि अर्को बाटो छैन । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ ।

यतिखेर नेपालको राष्ट्रियता र जनतन्त्र दुवैले गम्भीर समस्या र सङ्कट भोग्दै गरेको यथार्थ हाम्रा सामु छ । एकातिर भारतीय विस्तारवाद र तिनका दलालहरू नेपाललाई आफ्नो कठपुतली बनाउन चाहिरहेका छन् भने अर्कोतिर कम्युनिस्टरूका नाममा ''वामगठबन्धन" को भ्रम व्याप्त छ । सही अर्थका माओवादी क्रान्तिकारीहरूले एकैचोटि दोहोरो मोर्चा समाल्नु परेको आवस्था छ । एउटा प्रधान र अर्को गौण भए पनि दुवै मोर्चामा नलडी धरै छैन । माओवादी आन्दोलनलाई अघि बढाउने हो भने सही अर्थका क्रान्तिकारीहरू, मालेमाका पक्षधरहरूबीच क्रान्तिकारी एकता र संयुक्त मोर्चा आवश्यक छ र यसका लागि सर्वप्रथम वैचारिक-राजनीतिक प्रस्टता हुनु आवश्यक छ । मित्र को हो र सत्रु को हो ? भन्ने कुरामा प्रस्ट हुनुपर्छ, कसको भण्डाफोर गर्ने र कसको प्रशंसा गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ । 

अहिले जसरी वर्गीय प्रश्नहरू ओझेलमा परेका/पारिएका छन् र वर्गविरोधी पहिचानवादी प्रवृत्तिलाई योजनाबद्ध ढङ्गले अघि बढाउन थालिएको छ, यो वर्गीय मुक्ति आन्दोलनका लागि निकै खतरनाक छ र यसप्रति हामी सबै चनाखो र गम्भीर हुनु आवश्यक छ । यसका लागि लडाइँ घरैबाट आरम्भ गर्नु आवश्यक छ । नेपालको सन्दर्भमा हामी दुईदशकभन्दा अघिदेखि ''उत्तरवादी" धारणा ''उत्तर-आधुनिकतावाद", ''उत्तर-मार्क्सवाद" र ''उत्तर-औपनिवेशिकतावाद" का विरुद्ध लडिरहेका छौं, तर एक थरी आफूलाई अब्बल दर्जाको क्रान्तिकारी ठान्दै ''उत्तर-साम्राज्यवाद" अर्थात साम्राज्यवादको अन्त्यको वकालत गरिरहेका छन् । घोषित संसोधनवादले भन्दा क्रान्तिकारी आवरणमा रहेको छद्म संसोधनवादले बढी भ्रम दिन्छ भन्ने कुरा हामीले स्वीकार्नै पर्ने हुन्छ । त्यसैले अबको लडाइं साँच्चिकै जटिल छ । यही समस्या सांस्कृतिक मोर्चाको पनि हो, जसले संयुक्त मोर्चा निर्माणमा जटिलता थपेको छ । क्रान्तिकारी भनिएका पार्टीहरू अकर्मण्यता र गतिहीनताको सिकार भएझैं तिनका सांस्कृतिक मोर्चाहरू पनि अस्तव्यस्त, भद्रगोल र दिशाहीन स्थितिमा पुगेको यथार्थलाई स्वीकार गरेर यसका पछाडि निहित कारणहरू खोज्नु आवश्यक छ ।

माओवादी क्रन्तिकारीहरूबीच एकताका कुरा बडो जोडतोडले उठ्ने गर्छन् , तर यससित सम्बद्ध आधारभूत पक्षमा त्यति गम्भीर बहस भएको पाइंदैन, यो औपचारिकतामा मात्र सिमित देखिन्छ । यो कार्यकर्ताको चित्त बुझाउन मात्र अघि सारिएको नाराजस्तो मात्र भएको छ । यथार्थ के हो भने राजनीतिक मोर्चाको मात्र नभएर सांस्कृतिक क्षेत्रले पनि क्रान्तिकारीहरूबीच कसरी एकता र मोर्चाबद्धताको वातावरण निर्माण गर्ने भन्ने कुरामा गम्भीर हुनु आवश्यक छ । यसमा सबैले आआफ्ना कमीकमजोरी, सीमा र समस्या आत्मसात गर्दै आत्मसमीक्षा गर्नु आवश्यक छ । इतिहासको गम्भीर समीक्षा , विगतमा कहाँकहाँ, र कोकोबाट र केकेमा कमीकमजोरी र त्रुटी भए भन्ने कुराको गम्भीर समीक्षा नगरी चित्त प्रसन्नताका साथ एकताबद्ध र मोर्चाबद्ध भएर अघि बढ्न सक्ने आधार निर्माण हुन सक्तैन । क्रान्तिकारी मोर्चाबद्धता र योजनाबद्धताका लागि यो आवश्यक छ । राजनीतिक तथा सांस्कृतिक दुवै क्षेत्रमा क्रान्तिकारीहरूबीच एकता, ध्रुवीकरण र मोर्चाबद्धता अहिलेको आवश्यकता हो । यो काम प्रतिक्रियावादी सत्ताको प्रतिनिधित्व गरेर सरकार चलाइरहेकाहरूको तावेदारी गर्ने सत्ता तावेदार कथित प्रगतिशील लेखकहरूसित एकता अथवा साझा मोर्चा बनाएर होइन, सही अर्थका प्रगतिशीलहरूसित एकता तथा मोर्चा बनाएर मात्र सम्पन्न गर्न सकिन्छ । लु स्यनले “प्रतिक्रियावादीहरू एक भइसके हामी किन अलमलिएका” भनेझैँ, यतिबेर क्रान्तिकारी बुझाइ र योजनाबद्धताको खाँचो छ । कम्तीमा पनि नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच यस किसिमको पहलको आवश्यकता छ ।

सांस्कृतिक आन्दोलन र संयुक्त मोर्चाका सन्दर्भमा माओले भनेका कुराहरू “भुत्ते चक्कूले रगत आउँदैन भद्दा सेनाले लडाइँ जित्न सक्तैन” भन्ने यथार्थ हाम्रो सांस्कृतिक आन्दोलनका सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ र सही अर्थमा नेपाली क्रान्तिका लागि सांस्कृतिक सेनाको भूमिका पूरा गर्ने हो भने हामीले यस यथार्थलाई गम्भीरतापूर्वक ग्रहण गर्नु आवश्यक हुन्छ । सतही हेराइ तथा दिशाहीन कुदाइ होइन, अलि गहिरामा जानु आावश्यक छ । कुखुराको उडान होइन, चीलको उडान आवश्यक छ । माओको ''दुई चराको सम्बाद'' लाई आत्मसात गर्नु आवश्यक छ । प्रमुख कुरा ''पोलिटिक्स इन कमान्ड" नै हो, यसले सही दिशा र गति लिनु आवश्यक छ र यसलाई सही दिशा र गति दिनका लागि सांस्कृतिक क्षेत्रको भूमिका सक्रिय र सशक्त बनाउनु आवश्यक छ, खबरदारी आवश्यक हुन्छ, औँला ठड्याउनै पर्ने हुन्छ । 

प्रस्ट होऔँ : माओले ‘चिङकाङ्सान पुन: आरोहण’ मा भनेझैं यदि पहाड चढ्न आँट गरिन्छ भने संसारमा कठिन भन्ने कुरा केही छैन । राजनीतिक क्षेत्रमा होस् अथवा संस्कृतिक क्षेत्रमा समयले पुरानो र मृत पक्षबाट सम्बन्ध विच्छेद र नयाँ र जीवन्त पक्षसित सम्बन्ध विस्तारको माग गरेको छ भन्ने कुरालाई आत्मसात गर्नु अहिलेको आवश्यकता हो । यही नै ''एनान प्रवचन" को सारतत्त्व हो । माओ दिवस मनाउनुको अर्थ हो ।

००० 

http://janamel.com बाट साभार 

Saturday, October 28, 2017

सांस्कृतिक रूपमा नफेरिएको कम्युनिस्ट आन्दोलन - डा. अमर गिरी

सन्दर्भ : अक्टोबर क्रान्तिको शतवार्षिकी –
संसारभरि माक्र्सको द्विशतवार्षिकी र अक्टोबर क्रान्तिको शतवार्षिकी मनाइँदै छ । समकालीन विश्व कम्युनिस्ट आन्दोलनमा यी दुवैको विशेष महत्व छ । यस अवसरमा माक्र्सवादको महत्व र यसको भविष्य, सोभियत समाजवादको अन्त्यका कारणहरू, आजको विश्व कम्युनिस्ट आन्दोलन र यसका चुनौती, समकालीन पुुँजीवाद र यसविरुद्धको संघर्ष आदिका विषयमा गम्भीर बहस हुँदै छन् । यस्तो बहस नेपालमा पनि चल्दै छ । आज विश्व कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक छ । पुँजीवाद भूमण्डलीकृत भएको छ । यस्तो स्थितिमा कम्युनिस्ट आन्दोलनसम्बन्धी विमर्शलाई गम्भीरतापूर्वक लिन र अर्थपूर्ण हुने गरी अघि बढाउन जरुरी छ ।

माक्र्सवाद र कम्युनिस्ट आन्दोलनसम्बन्धी विमर्शका विविध पक्ष छन् । संस्कृति तीमध्ये एक हो । संस्कृतिलाई विमर्शका महत्वपूर्ण विषयहरूको सूचीमै राखिन्छ । माक्र्सवादमा संस्कृतिलाई अधिरचनाका रूपमा लिइन्छ र आधारलाई प्रभावित गर्ने एक सक्रिय तत्वका रूपमा व्याख्या गरिन्छ । संस्कृतिले आधारलाई मात्र होइन, अधिरचनाका अन्य पक्षलाई पनि प्रभावित गर्छ । संस्कृतिको क्षेत्र विस्तृत भएकाले यसको प्रभाव बहुआयामिक र गहिरो हुन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा संस्कृतिलाई हेर्ने विषयमा दुई गलत दृष्टिकोण छन् । एउटा दृष्टिकोण आर्थिक निर्धारणवादी छ । यसले संस्कृतिलाई कम महत्व दिन्छ । अर्को दृष्टिकोणले संस्कृतिलाई आवश्यकताभन्दा बढी महत्व प्रदान गर्छ । यी दुवै दृष्टिकोण आधार र अधिरचनासम्बन्धी माक्र्सवादी अवधारणाको गलत बुझाइसँग सम्बन्धित छन् । यसको प्रभाव क्रान्ति र क्रान्तिपछिको परिवर्तनको प्रक्रियामा गम्भीर रूपले परेको पाइन्छ । विश्व कम्युनिस्ट आन्दोलनको समग्र तस्बिरलाई नियाल्दा क्रान्तिको सफलता–असफलतामा मात्र होइन, क्रान्तिपछिको परिवर्तनको सफलता–असफलतामा समेत संस्कृतिसम्बन्धी सही वा गलत दृष्टिकोणको भूमिका रहेको देखिन्छ ।
माक्र्स आधार अधिरचनासम्बन्धी बुझाइमा ठीक ठाउँमा छन् । माक्र्स, एङ्गेल्सको यससम्बन्धी दृष्टिकोणलाई ‘आर्थिक निर्धारणवाद’का रूपमा अथ्र्याउन मिल्दैन । माक्र्सवादको व्याख्याका क्रममा यसको गलत व्याख्या गरियो र यो गल्ती आज पनि गरिँदै छ । उत्पादनको भौतिकवादी अवधारणाअनुसार इतिहासको निर्णायक तत्व अन्ततः वास्तविक जीवनको उत्पादन र पुनः उत्पादन हो भन्ने दृष्टिकोण माक्र्स, एङ्गेल्सको छ । आफूमाथि लगाइएको आरोपको आलोचना गर्दै एङ्गेल्सले हामीले एक मात्र निर्णायक तत्वका रूपमा आर्थिक तत्वलाई उल्लेख गरेका छैनौँ भन्दै यदि कसैले हामीमाथि यस्तो आरोप लगाउँछ भने त्यसले हाम्रो भनाइलाई अर्थहीन र अमूर्त बनायो भनेर बुझ्नुपर्छ भनेका छन् । माक्र्सवादको आधार र अधिरचनासम्बन्धी अवधारणाको ‘आर्थिक निर्धारणवाद’का रूपमा आलोचना गैरमाक्र्सवादीबाट अझ बढी भएको छ ।
संस्कृतिलाई मूलतः आत्मिक मूल्यहरूको योगका रूपमा लिइन्छ । संस्कृति भौतिक र अभौतिक हुन्छ । संस्कृतिको मुख्य पक्षको रूपमा अभौतिक संस्कृतिलाई लिइन्छ । समाजमा यसको नै मुख्य भूमिका रहन्छ । सामान्यतया संस्कृति आफ्नो समयको समाज व्यवस्थाद्वारा निर्मित, अनुकूलित र निर्देशित हुन्छ । यो प्रक्रिया सूक्ष्म र जटिल हुन्छ । संस्कृतिलाई सत्तारूढ वर्गले आफ्नो वर्चस्वको निर्माण, विस्तार र रक्षाका निम्ति मात्र प्रयोग गर्दैन, आफूअनुकूलको संस्कृतिको निर्माण पनि गर्छ । संस्कृतिका माध्यमबाट निर्माण गरिने ‘झुटो चेतना’ (फल्स कमनसेन्स)ले परिवर्तनका निम्ति चल्ने संघर्षमा ठूलो व्यवधान खडा गर्छ । संस्कृतिका माध्यमबाट सामान्य मानिसको ‘कमनसेन्स’लाई अनुकूलित गर्नु सत्तारूढ वर्गको उद्देश्य हुन्छ । ग्राम्सीले यसलाई ‘सांस्कृतिक प्रभुत्व’ (कल्चरल हेजेमोनी)का रूपमा व्याख्या गरेका छन् । क्रान्तिपूर्व कम्युनिस्ट पार्टीले तीनवटा मोर्चामा सांस्कृतिक संघर्ष गर्नुपर्छ । यसभित्र समाज, सत्तारूढ वर्ग र स्वयं कम्युनिस्ट पार्टी पर्छन् ।


समाजसँगको सांस्कृतिक संघर्ष समाजको सांस्कृतिक रूपान्तरण र परिवर्तनको संघर्षमा उसको भूमिकासँग सम्बन्धित रहन्छ । समाजसँग रहने ‘झुटो चेतना’को अन्त्य सांस्कृतिक संघर्ष र रूपान्तरणविना असम्भव हुन्छ । सत्तारुढ वर्गविरुद्धको सांस्कृतिक संघर्षको मुख्य उद्देश्य परिवर्तनविरुद्ध प्रयोग गरिने उसका सांस्कृतिक हतियारलाई कमजोर बनाउनु हुन्छ । कम्युनिस्ट पार्टीभित्र चलाइने सांस्कृतिक संघर्ष कम्युनिस्ट आदर्शअनुरूपको पार्टी निर्माणसँग जोडिन्छ । सांस्कृतिक संघर्ष विचारधारात्मक संघर्षकै एउटा रूप हो । सांस्कृतिक संघर्ष कमजोर हुनु भनेको परिवर्तनको प्रक्रिया नै कमजोर हुनु हो । सांस्कृतिक संघर्ष परिवर्तनका निम्ति गरिने समग्र संघर्षकै एक अंग हो र हुनुपर्छ । सामन्तवादी, पुँजीवादी संस्कृतिविरुद्ध संघर्ष नगरी र सांस्कृतिक दृष्टिले फेरिएको कम्युनिस्ट पार्टी नभई परिवर्तनलाई पूर्णता प्रदान गर्न गाह्रो हुन्छ । क्रान्ति भइहाले लामो समय त्यसलाई टिकाउन सकिन्न । सांस्कृतिक मोर्चामा सफलतापूर्वक संघर्ष गर्न नसक्दा पनि कम्युनिस्ट आन्दोलन असफल भएका छन् । सांस्कृतिक रूपमा फेरिन नसकेको कम्युनिस्ट नेतृत्व कम्युनिस्ट आन्दोलनको असफलताको एक महत्वपूर्ण कारक रूपमा रहेको छ ।
क्रान्ति सफल हुनका निम्ति धेरै कुरा ठीक हुनुपर्छ । सिद्धान्त, विचार, नीति, कर्यक्रम आदि यसभित्र पर्छन् । सैद्धान्तिक, वैचारिक एवं राजनीतिक विषयहरूको भूमिका यसमा प्रमुख रहन्छ, तर संस्कृति र सांस्कृतिक रूपान्तरणका सम्बन्धमा सही दृष्टिकोण नराख्ने, यसलाई कम महत्व दिने र सांस्कृतिक रूपमा नफेरिएको पार्टी सिद्धान्तका दृष्टिले सही भए पनि क्रान्ति र परिवर्तनको नेतृत्व गर्न अन्ततः असफल हुन्छ । सामन्तवादी, पुँजीवादी समाजभित्रैबाट कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ता आउने भएकाले उनीहरूले निरन्तर आफ्नो सांस्कृतिक रूपान्तरणका निम्ति आत्मिक संघर्षलाई अघि बढाउनुपर्छ । कम्युनिस्ट पार्टीहरूले समाजवादी संस्कृतिको निर्माणका निम्ति योजनाबद्ध रूपले कार्य गर्नुपर्छ । ‘आर्थिक निर्धारणवादी’ दृष्टिकोणका कारण कैयौँ कम्युनिस्ट पार्टीहरूले संस्कृतिजस्तो महत्वपूर्ण अधिरचनात्मक तत्वलाई समुचित महत्व प्रदान गर्न सक्दैनन् । यसले सांस्कृतिक रूपान्तरणको मुद्दालाई त कमजोर बनाउँछ नै, क्रान्ति र क्रान्तिपछिको अवस्थामा संस्कृति र मिडियाको प्रयोगलाई पनि कमजोर बनाउँछ ।
क्रान्तिपछि संस्कृति र सांस्कृतिक रूपान्तरणको विषय अझ महत्वपूर्ण बन्छ । खासगरी कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरणलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्छ । कम्युनिस्ट पार्टी नेतृत्वदायी शक्ति भएकाले उसको सांस्कृतिक रूपान्तरणले बेसी महत्व राखेको हो । सांस्कृतिक रूपमा फेरिन नसकेको कम्युनिस्ट पार्टीले क्रान्तिपछिको परिवर्तनको अगुवाइ गर्न सक्दैन । समाज र कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरण गर्दै अघि बढ्न सक्दा नै क्रान्तिपछिको स्थितिमा सार्थक भूमिका सम्पादन गर्न सकिन्छ । पश्चिममा भएको पुँजीवादी क्रान्तिले आर्थिक र राजनीतिक रूपमा मात्र समाजलाई फेरेन, सांस्कृतिक रूपमा पनि फेर्‍यो । रूढी, अन्धविश्वास, अतार्किकता आदिको ठाउँ तर्क, तथ्य, विज्ञान, आलोचनात्मक विवेक आदिले लिए । पुँजीवादको विकासका निम्ति पुँजीवादी संस्कृति आवश्यक थियो । समकालीन पुँजीवादले पनि आफूअनुकूलको संस्कृतिको निर्माणलाई महत्व दिएको छ । समाजवादले पनि आफूअनुकूलको संस्कृति खोज्छ । संस्कृतिले सम्बन्धित समाज व्यवस्थाका निम्ति सहयोगीको भूमिका निर्वाह गर्छ ।
सोभियत समाजवादको अन्त्य सांस्कृतिक दृष्टिकोण, संघर्ष र रूपान्तरणमा रहेका कमजोरीसँग सम्बन्धित छ । सोभियत संघमा यस्तो कमजोरी लगभग आरम्भदेखि नै रहेको पाइन्छ । बीसौँ पार्टी कांग्रेसपछि कमजोरीहरू अझ बढे । कैयौँ माक्र्सवादी चिन्तकले हतियारको होडबाजीको जति नराम्रो असर सोभियत समाजवादमा पर्‍यो, त्योभन्दा नराम्रो असर उपभोक्तावादी संस्कृतिको पर्‍यो भनेका छन् । सरलता, त्याग, सत्यप्रति निष्ठा, सामूहिक हितको सर्वोच्चता, चारित्रिक शुद्घता, व्यक्तिवाद र अवसरवादप्रति घृणा, प्रगाढ देशभक्ति, नैतिक मूल्यको सर्वोच्चताजस्ता समाजवादी आदर्शको निर्माणमा सोभियत संघमा गम्भीर त्रुटि रहे । पार्टीको सांगठनिक जीवनमा डरलाग्दो पदसोपानक्रमको विकास भयो । नयाँ अभिजातहरू जन्मिए । समाजवादी आदर्श हात्तीको देखाउने दाँतजस्तो हुन थाल्यो । समाजको सांस्कृतिक रूपान्तरण, पार्टीलाई सांस्कृतिक रूपमा बदल्ने कार्य र पुँजीवादसँगको सांस्कृतिक संघर्षको मोर्चामा सोभियत संघ असफल रह्यो । उपभोक्तावादको आँधीले बचेखुचेको समाजवादी संस्कृतिलाई पनि उडायो । भित्रैबाट फेरिँदै अघि बढ्न नसकेको सोभियत समाजवाद गोर्वाचोभका पालामा आएर गल्र्यामगुर्लुम ढल्यो । पतनको यो दृश्य स्वाभाविक थियो ।
सोभियत संघमा समाजवादी संस्कृतिको निर्माणमा रहेका त्रुटिप्रति चे ग्वेभाराको टिप्पणी अत्यन्त मार्मिक छ । चे भन्छन्, ‘समाजवाद युवा छ, बाटो लामो छ र अपरिचित पनि । कम्युनिज्मको निर्माणका निम्ति आर्थिक आधारका साथसाथै नयाँ मनुष्यको जन्म पनि आवश्यक छ । हामीले रुसमा एक नयाँ मनुष्य जन्मँदै छ भन्ने ठानेका थियौँ, होइन रहेछ ।’
सोभियत समाजवादको अन्त्यपछि क्युवाली क्रान्तिको पनि अन्त्य हुन्छ भन्ने धेरैलाई लागेको थियो तर त्यसो भएन । क्युवाली क्रान्ति जीवित रह्यो । अमेरिकाको निरन्तरको प्रहारका अतिरिक्त यसरी जीवित रहनुको एक महत्वपूर्ण कारण सांस्कृतिक रूपमा फेरिएको क्युवाली नेतृत्व र समाज थियो । क्यास्ट्रो स्वयंले यस यथार्थलाई सुन्दर ढंगले उल्लेख गरेका छन् । क्यास्ट्रो भन्छन्, ‘गम्भीर क्रान्तिको अर्थ समाजको पूर्ण रूपान्तरण हो । यो पूर्ण रूपान्तरण आर्थिक, भौतिक परिवर्तन र समृद्घिसँग भन्दा बढी आत्मिक रूपान्तरणसँग जोडिएको छ ।’ आत्मिक रूपान्तरण सांस्कृतिक रूपान्तरणको सबैभन्दा महत्वपूर्ण पक्ष हो । शिक्षालाई ‘मुक्तिको द्वार’का रूपमा लिने क्यास्ट्रोले शिक्षामा अत्यधिक जोड दिए र त्यसको केन्द्रीय उद्देश्य नयाँ मनुष्य समाजको निर्माणलाई बनाए ।
माओले चीनमा कम्युनिस्ट पार्टीको स्थापनासँगै सांस्कृतिक मोर्चाको संघर्षलाई महत्व दिएका थिए । क्रान्तिपछि सन् १९६६ मा सुरु गरिएको सर्वहारा सांस्कृतिक क्रान्ति चिनियाँ समाज र चिनियाँ कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरणसँग गाँसिएको थियो । दश वर्षसम्म चलेको यस क्रान्तिका अँध्यारा पक्ष पनि छन् । तर, यसको आरम्भ क्रान्तिको उपलब्धिको रक्षा, नयाँ समाजको निर्माण र कम्युनिस्ट पार्टीको कम्युनिस्ट आदर्शअनुरूप रूपान्तरण गर्ने उद्देश्यसहित भएको थियो । चिनियाँ मोडेलको समाजवादको निर्माणमा लागिपरेको आजको चीनले पनि संस्कृति र सांस्कृतिक रूपान्तरणलाई महत्व दिएको छ । खासगरी कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरणमा ऊ बढी गम्भीर देखिन्छ । सी जिनपिङको भ्रष्टाचारविरोधी अभियान यसको एउटा दृष्टान्त हो । भ्रष्टाचार नैतिक मूल्यमा आउने ह्राससँग जोडिएको विषय हो । चीनमा चलाइएको भ्रष्टाचारविरोधी संघर्षको निशानामा चिनियाँ कम्युनिस्ट पार्टीका उपल्लो तहका नेता पनि परेका छन् । भ्रष्टाचार मात्र होइन, सांस्कृतिक मूल्यसँग जोडिएका अन्य विषयमा पनि चिनियाँ कम्युनिस्ट पार्टी गम्भीर पाइन्छ । समाजवादी बजार अर्थतन्त्रको विकासमा जुटेको चीन पुँजीवादी संस्कृतिविरुद्धको संघर्षमा पनि सचेत रहेको छ । यो संघर्षलाई उसले चिनियाँ संस्कृतिको उज्याला र उदात्त पक्षसँग जोड्दै अघि बढाएको छ । चिनियाँ मौलिकता, स्वाभिमान, कम्युनिस्ट आदर्श र चरित्रको निर्माण पुँजीवादी संस्कृतिविरुद्धको संघर्षको प्रमुख आधार बनेका छन् ।
नेपालको यथार्थ भने अलि फरक छ । दुनियाँका कैयौँ कम्युनिस्ट आन्दोलनले झैँ नेपालको कम्युनिस्ट आन्दोलनले पनि सांस्कृतिक मोर्चाको संघर्षलाई समुचित महत्व प्रदान गर्न सकेको छैन । ६० वर्षभन्दा लामो इतिहास भएको यसले न आफूलाई सांस्कृतिक रूपले फेर्न सकेको छ, न त सामन्तवादी एवं पुँजीवादी संस्कृतिविरुद्ध प्रभावकारी रूपले संघर्ष नै चलाउन सकेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा सामन्तवादी एवं पुँजीवादी संस्कृतिको गहिरो प्रभाव पाइन्छ । व्यक्तिगत एवं पार्टी जीवनमा देखिएका विसङ्गति र विकृति यसका दृष्टान्त हुन । कम्युनिस्ट आदर्श र चरित्रमा ह्रास नेपालको कम्युनिस्ट आन्दोलनको एक कटु यथार्थ हो । ‘चप्पल र पजेरो ’को रूपकको निर्माण नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा त्यसै भएको होइन । समाजको सांस्कृतिक रूपान्तरणका सन्दर्भमा यो समाजको अगुवा होइन, मूलतः अनुकर्ताका रूपमा रहेको छ । एमाले र माओवादी केन्द्रजस्ता दुई ठूला कम्युनिस्ट पार्टीहरू सांस्कृतिक मोर्चाको संघर्षमा सबैभन्दा कमजोर देखिन्छन् । सांस्कृतिक रूपमा फेरिन र कम्युनिस्ट आदर्शले डोरिन नसकेका पार्टीहरूले के परिवर्तनको अगुवाइ गर्न सक्छन्, के उनीहरूबाट समाजवादतर्फको यात्रा सम्भव छ भनेर प्रश्नहरू उठ्नु स्वाभाविक छ र उठेका छन् । यो स्थिति परिवर्तनको सङ्घर्षको प्रक्रियामा सांस्कृतिक अधिरचनालाई प्रदान गरिएको कम महत्वसँग गाँसिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनले सांस्कृतिक मोर्चाको संघर्षलाई विचारधारात्मक संघर्षको रूपमा भनेजस्तो गरी अघि बढाउनै सकेको छैन । सांस्कृतिक संगठनहरू विचारधारात्मक संघर्षका अंगभन्दा बढी पार्टी प्रचार संयन्त्रका रूपमा क्रियाशील छन् ।
समकालीन विश्व कम्युनिस्ट आन्दोलनले आधार र अधिरचनासम्बन्धी गलत दृष्टिकोणविरुद्ध संघर्ष गर्दै सांस्कृतिक संघर्षलाई समुचित महत्व प्रदान गर्न जरुरी छ । समकालीन पुँजीवाद बलिया सांस्कृतिक हतियारसहित भूमण्डलीकृत भएको छ । यसका सांस्कृतिक हतियारले विश्वव्यापी रूपमै प्रभावकारी रूपमा काम गरिरहेका छन् । उपभोक्तावादी संस्कृतिको जादु सबैतिर देख्न सकिन्छ । संस्कृति अर्थ, राजनीति र सैन्य वर्चस्व विस्तारका रणनीतिहरूसँग गहिरो गरी जोडिएको छ । संस्कृतिको मुख्य उद्देश्य पुँजीवादअनुकूल मनुष्य समाजको निर्माण मात्र रहेको छैन, पुँजीवादविरोधी संघर्षलाई कमजोर बनाउनु पनि रहेको छ । सांस्कृतिक, धार्मिक र जातीय अतिवादको विकासमा समकालीन पुँजीवादको भूमिकालाई सुस्पष्ट रूपमा नियाल्न सकिन्छ । पुँजीवादका सांस्कृतिक अस्त्रहरू कम्युनिस्ट आन्दोलनविरुद्ध मात्र होइन, ‘रेडिकल’ आन्दोलनको विरोधमा समेत प्रयोग भएका छन् । समकालीन पुँजीवादले संस्कृतिका निम्ति अर्थ र बौद्धिक श्रमको प्रचुर लगानी गरेको छ । यसका निम्ति राज्यका उपकरणहरूको सचेतन प्रयोग गरिएको छ । प्रचारको मायावी दुनियाँ आजको यथार्थ हो । यसमा नियन्त्रण र वर्चस्व पुँजीवादकै छ । पुँजीवादको रक्षा, यसका हित र अभीष्टहरूको प्रप्तिका निम्ति प्रचार संयन्त्रको व्यापक रूपमा प्रयोग गरिएको छ । वामपन्थी एवं देशभक्तिपूर्ण आन्दोलनविरुद्ध पुँजीवादी मिडियाको प्रयोगलाई सबैतिर देख्न सकिन्छ । पुँजीवादी प्रचारसंयन्त्र ‘सामाजिक डार्विनवाद’लाई वैधता प्रदान गर्ने सशक्त माध्यमका रूपमा रहेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनले यसविरुद्ध धारिलो संघर्ष त चलाउनैपर्छ, आफ्नो र समाजको सांस्कृतिक रूपान्तरणका निम्ति प्रभावकारी भूमिका सम्पादन पनि गर्नुपर्छ । सांस्कृतिक संघर्षका आन्तरिक र बाह्य दुवै मोर्चा महत्वपूर्ण छन् । नेपालको कम्युनिस्ट आन्दोलनले सांस्कृतिक संघर्षको मोर्चामा रहेका कमजोरीको गम्भीर समीक्षा गर्दै यसलाई समुचित महत्व प्रदान गर्नुपर्छ । खासगरी नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले सांस्कृतिक मोर्चाको विचारधारात्मक संघर्ष र आफ्नो तथा समाजको सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई अघि बढाउन सकेनन् भने परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशातर्फ अघि बढ्ने कुरा सोम शर्माको सातुझैँ हुनेछ । बलियो पार्टी अनुशासन, उच्च नैतिक मूल्यको आत्मसात्, सामूहिक हितप्रति गहिरो प्रतिबद्धता, प्रगाढ देशभक्ति आदिसहित अघि बढ्न सक्दा नै अघिल्तिरको यात्रा सम्भव हुनेछ । माक्र्सको द्विशतवार्षिक र अक्टोबर क्रान्तिको शतवार्षिकी मनाइ“दै गरेको यस विशेष समयमा यस यथार्थलाई हेक्का राख्न आवश्यक छ ।
http://www.enayapatrika.com बाट साभार 

Friday, October 13, 2017

देउसीमा भनिने बलिराजा पौराणिक होइनन्, लिच्छवीकाल पछिका हुन् - जगमान गुरुङ


वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा जगमान गुरुङ संस्कृत भाषामा गहिरो दख्खल राख्ने ब्यक्तित्व हुनुहुन्छ । नेपाली समाजका चालचलनवारे गहिरो अध्ययन गर्नुभएका गुरुङसँग तिहार संस्कृतिका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 
हाम्रा संस्कृतिहरु मध्ये तिहारको के महत्व छ ? यो कसरी सुरु भएको थियो ?
तिहार हाम्रो एउटा चाड हो । हिन्दीमा तेउहार भनिन्छ । तेउहारले तिहार होइन सिंगै चाडपर्ब भन्ने जनाउँछ उनीहरुकोमा । उनीहरु तिहारमा दीपावलीसम्म मनाउँछन् । त्यसैले उनीहरुको र हाम्रो तिहार मिल्दैन । 
हामी यमपञ्चकको पाँच दिनलाई तिहार भन्छौं । अब बुझ्नु पर्ने कुरा छ, यमपञ्चक केलाई भनिन्छ भनेर । यम भनेको धर्म । धर्म भनेको नीति नियम हो । पञ्चक भनेको पाँच दिन । पाँच दिन मनाइने पाँच तिहारमा काग, कुकुर, गोरु, गाई र मान्छे छुट्टा छुट्टै पुजिन्छ । यसले त्यो बेला देखिको समाज र संस्कृतिलाई जनाउँछ । त्यसबेला के कुरा केन्द्रमा थियो समाजले त्यहि चिजलाई पूजा गर्दै आएको छ । पहिलेको घुमन्ते, शिकारी, पशुपालन, कृषि, हुँदै अहिले मान्छे आधुनिक युगमा आइपुग्यो । घुमन्ते युगमा सूचनाका केही साधन थिएनन् । त्यसबेला सूचनाको मुख्य सहयोगी कागलाई बनाइथ्यो । काग बोटमा बसेर करायो भने समाचार ल्याएको भन्ने मानिन्थ्यो । काग काराएपछि मान्छेहरु ‘सुवोल सुवोल, ठाँउ सरी बस, शुभ समाचार ले’ भन्थे । आफ्नो जीवनमा सूचना ल्याउने सहयोगी भनेर कागलाई पूजा गर्न थालियो । त्यसपछि मान्छे शिकारी युगमा आयो । त्यो बेला शिकार खेल्नका लागि कुकुरको प्रयोग गरिन्थ्यो । कुकुरको सुंघ्ने शक्ति तेज हुन्छ । उसले के हँुदैछ भनि अगाडि नै जानकारी दिने र अन्य जनावारको आक्रमणबाट बचाउने गथ्र्याे । कुकुरलाई आज्ञाकारीजनावारको रुपमा  मानिन्छ । त्यसैले कुकुर मानिसको शिकारी जीवनको सहयोगी हो । 
शिकार खेलेर मासुले पालिदै गरेका मान्छेहरु पशुपालन गरेर बस्नथाले । दूध, दहि, घिउ, उत्पादन गर्ने र अन्य ठाँउका मान्छेसँग तिनै सामान साटेर खानथाले । वस्तु विनिमयको युग त्यसरी सुरु भयो । खाद्य वस्तु र अन्य साधनलाई सम्पत्ती मान्ने बेला थियो त्यो । त्यसबेला गाईंलाई पुज्न थालियो । पछि मुद्राको अविष्कार भएपछि बेचबिखन हुन थाल्यो । भविश्यका लागि वस्तु भन्दा पनि मान्छे पैसा कमाउन थाले । त्यसैले उनीहरुले गाईलाई लक्ष्मीको रुपमा पुज्नथाले भने मुद्रा र रुपैयाँ पैसाको पूजा गर्ने चलन पनि त्यसै बेलादेखि भयो । 
पशुपालन युगसँगै खेतीको युग सुरु भएको पाइन्छ । त्यसपछि माछेहरु कर्सन कर्ममा लागे । कर्सन भन्या कृषिकर्म । कृषिको लागि गोरु प्रयोग हुन्थ्यो । कृषिको मुख्य सहयोगी गोरुलाई उनीहरु देवतासरी मानेर पूजा गर्नथाले । गोरु मान्छेको कृषि जीवनको द्योतक हो । 
त्यसपछि आयो भाइटीका । तिहार भनेको चाहिँ सु–सभ्य, सु–संस्कृत मानव जीवनको द्योतक हो । त्यसबेला आफ्नै परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनुहुँदैन भन्ने चलन आयो । एकले अर्कोलाई पूजा गर्ने सम्बन्धको रुपमा या भनौं सुसंस्कृत र सभ्य समाज निर्माण गर्न यसको विकास भएको देखिन्छ । 
कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नो बहिनी  यमुनाको घरमा गएर टीका लागाएको पौराणिक कथा छ । तर यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथामा छ यो कुरा । यम र यमी भन्ने जुम्ल्याहा दाजुबहिनी थिए । एक दिन बहिनी यमीले दाइ यमसँग बैवाहिक जीवनमा बाधिन प्रस्ताव गर्छिन् । यौनसम्बन्धमा जाने प्रस्तावले उ विचलित हुन्छ । यमले बहिनीलाई एउटै आमाबाट एकै समयमा जन्मेकाले हामीबीच त्यस्तो सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ  । पछि यहि कुरा ऋग्वेदले यमुना र यमराजको कथामा परिणत गर्यो । बेद भनेको समाजका चालचलनलाई लिपिवद्ध गरेको कुरा हो । त्यसबेला समाजमा हुने यौन जीवनलाई सु–ब्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन । 
नेपालकै उत्तरी भेगमा पाँच पत्नी बिवाह गर्ने चलन अझै यदाकदा छ । त्यस्तै गुरुङ र तामाङमा पनि कुटुम्बेली चल्छ । मगरमा पनि यो चलन थियो । तर अहिले पाल्पा, स्याङजा, तनहुँका मगरहरुले मामाकी छोरी विवाह गर्ने फुपूकी छोरी नगर्ने भन्ने चलन ल्याएका छन् । ठकुरीमा पनि यस्तै चलन छ । बिस १९९४-१९९५ सालमा रंगनाथ पौडेल प्रधानमन्त्री हुँदा पश्चिम सतथौलाका जैसी बाहुनहरुलाई एउटा रुक्का पठाएर तिमीहरुले भाञ्जी बिवाह नगर्नु भनेका छन् । रुक्का भनेको अर्डर पेपर हो । मनुस्मृतिमा लेखिएको छ– ‘दक्षिणे मातुली कम्पा, उत्तरे माषेमक्षण ।’ यो भनेको भारत तिरका बाहुनले मामाका छोरी बिहे गर्छन् र उत्तरकाले मासु खान्छन् । मतलव ती दुबै नराम्रा हुन् भनिएको छ । मुसलमानले आफ्नै दाइभाईका छोरी विवाह गर्छन् । कोख र योनी मात्र बार्ने चलन तिनीहरुको छ । यम र यमीको कथाबाट चाहिँ आर्यहरु परिष्कृत हुँदै भाइ तिहारका रुपमा सभ्य संस्कृति अघि बढाएको देखिन्छ । त्यसैले तिहार नैतिकताको धरोहर हो । यसले नीति नियम कायम गरायो । समाजलाई सभ्य र सुसंस्कृत बनायो । त्यसैले सभ्य जीवन, सुसंस्कृत र आर्दश जीवन जीउने शन्देश यम द्वितीयाले दिएको छ  । 
अहिलेत तिहार नभनी दीपावली भन्ने गरिन्छ नि, यो ठीक होइन ? 
त्यो हुँदै होइन । त्यो त भारतबाट आएको शब्द हो, हामीसँग मिल्दैन  । त्यो शब्द त हामीले उच्चारण नगर्दा राम्रो । हाम्रो तिहार हो । यम पञ्चकको पाँच दिनको तिहार । त्यसको पनि भाइटीका । लक्ष्मी पूजाको रात सबैभन्दा अंध्यारो रात हुथ्यो । मानिसहरु राँको बालेरै एक अर्को घरमा आउजाउ गर्थे । घरघरमा लक्ष्मी पुजेर राखेको दियो, रातभर नै बालेर छोडिदिने गरिन्थ्यो ।  त्यसरी वत्ती बाल्ने चलनलाई दीपावली गर्ने चलनका रुपमा पछि आयो । 
दुवै हिन्दु संस्कारबाट निर्देशित भए पनि नेपाल र  भारतमा केहि मिल्ने र केहि फरक हुनुको कारण के होला ? 
भारत पनि हिन्दु सभ्यताबाट प्रभावित र नेपाल पनि त्यहि सभ्यताले सुसज्जित देश हो । तर हाम्रै देशमा पनि एउटै दशैं कसैले तिहारसम्म मनाउने कसैले एक दिन मात्र मनाउने चलन छ । हाम्रा राम्रा संस्कृति त्यता पनि गएका छन् तर हुबहु त्यहाँ पनि लागू हुन्छन् भन्ने हुँदैन । कुनै हुबहु लागू छन् पनि । कुनै आंशिक रुपमा लागू भएका छन् । ठाँउ अनुसार फरक हुनु स्वाभाविक हो । नेपालमा आफ्नै स्वदेशीय रैथाने परम्परा छ । यहाँका भूमी पुत्र आदिवासी जनजातिहरुको संस्कृति र हिन्दु संस्कृतिको बीचमा समन्वय छ । त्यसकारण नेपाल र भारतको हिन्दु संस्कृतिमा पृथकता छ । 
देउसी भैलो खेल्ने चलन चाहिँ कसरी सुरु भयो ? 
भैलीमा भनिने एउटा लाइन छ– हामी त्यसै आएनौं वली राजाले पठाए । यो यम पञ्चकको पाँच दिनसम्म पौराणिक वली राजाको पनि कथा जोडिएको छ । तर ती बली राजा पौराणिक नभएर नेपालका राजा नै हुन् । एक हजार बर्षअघि, पूर्व मध्यकालमा यो चलन आएको हो । लिच्छवीकाल सकिएपछि पश्चिम नेपालमा बली राजा आए । त्यसबेला ‘सहपाद्य लक्ष स्वदेश’ भनिन्थ्यो । यो भनेको सवा लाख मान्छे भएको देश । त्यो खस राज्य अवसान भएपछि जुम्लामा वली राजा आए ।   
त्यसबेला देवदास र देवदासीहरुको प्रचलन थियो । देउकीको रुपमा अहिले कानुनले मान्यता नदिए पनि यो प्रचलन नेपालको पश्चिम भागतिर पाइन्छ । तिनै दासीहरुलाई यहि यम पञ्चकको समयमा, बलिराजाले ‘जाउ तिमीहरु मागेर खाउ’ भनेर आज्ञा दिए । उनीहरु देउसी भैलो खेलेर अन्न बटुल्न थाले ।
देवदासीहरुले भैलेनी खेले र देवदासहरुले देउसुरे खेले । हामी त्यसै आएनांै बली राजाले पठाए भनेपछि सबैले धान, चामल, रोटी, रक्सी पैसा जसले जे सक्यो त्यहि दिने गरे । पछिपछि हुँदै गएपछि अन्यलाई पनि राम्रो लागेर त्यो बेला पैसा चामल उठाउन पाइने भएर अरुले पनि खेल्न थाले । पश्चिमतिरबाट पूर्व र पूर्वतिर हँुदै सबैतिर फैलियो । अहिले त राजनीतिक दलले पनि धेरै पैसा उठाउन देउसी भैलो खेल्ने गरेका छन् ।  
तर, त्यसबेला देउसी भैलो खेल्दा दिएको रोटी र रक्सी त्यसैबेला चलन थियो । जम्मा भएको अन्न र पैसा बटुलेर राख्ने र पछि पुस १५ गतेको दिन खुवा खाने चलन थियो । बूढाबूढी हैन युवतीहरुले खेल्छन् यस्तो देउसी । गण्डकी प्रदेशका मगर समुदायका युवायुवतीहरुमा पुस १५ को दिन खुवा खाएर आफ्नो जीवनसाथी रोज्ने चलन छ । तर, अहिले भ्यालेन्टाइन डे भन्ने बिदेशी चलन हावी भो । 
पुस १५ लाई गुरुङहरुले ल्होछारको रुपमा मनाउँछन् । नयाँ बर्ष मनाउने आयश्रोत पनि त्यहि देउसी भैलो हो । राई लिम्बुमा कतिपयको तिहारसम्म पनि दशैंको टीका लगाउने चलन छ । यसरी बिभिन्न जात र ठाउँमा चलन फरक भए जस्तै तिहारको पनि कहिँ कतै चलन फरक हुन सक्छ । तर यसको मुल मुल्य एउटै हो । 
तपाईंले बाहुनले देउसी भैलो कम खेल्ने भन्नु भो, त्यो चाहिँ किन रहेछ ? 
बाहुन त पहिलेकै वेद पढ्ने मान्छे हो नि । हासी मजाक गर्ने, जुवा तास खेल्ने काम जनजातिले मात्र गर्थे । ती जनजातिहरुको देवदासीहरुसँग सिको गरे र उनीहरु पनि खेल्न थाले । अहिले त  सबैले खेल्छन् । 
सप्तरंगी टीकाको चाहिँ अर्थ के छ ? 
सप्तरंग सूर्यको सात रगंको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्य भन्या सौर्य मण्डलको अधिपति हो । अनि सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरंगी टीका लगाइएको हो  । सबै शक्ति तिमीमै केन्द्रित होस् भन्ने अर्थमा यस्तो गरिएको हो । 
पहिले दखि नै थियो यो सप्तरंगी टीका लगाउने चलन ? 
थियो नि, किन नहुनु । तर, अहिले प्रयोग भएका रंग भने पछि आएका हुन् । त्यसबेला पहेंलो रंगको लागि बेसारको प्रयोग गरिन्थ्यो । हरियो रंगका लागि दुवोबाट लेप बनाइन्थ्यो । त्यस्तै अन्य रंगको लागि काफल, र अन्य फूलहरु प्रयोग गरिन्थ्यो । यसरी आफ्नै गाउँघरका कुरा प्रयोग गरेर सप्तरंगी टीका लगाइन्थ्यो । 
http://www.chakrapath.com बाट साभार 

Saturday, September 23, 2017

दशैंमा रातो टीका लगाउने सभ्यता पहाडी जनजातिले सुरु गरेका हुन्- जगमान गुरुङ




संस्कृतका धुरन्धर विद्वान तथा संस्कृतिविद डा.जगमान गुरुङ नेपाली संस्कृतिलाई गहिरोसँग बुझ्ने इतिहासकार पनि हुनुहुन्छ । नेपालका विभिन्न भागका हरेकजसो संस्कृतिबारे गहिरो अध्ययन गर्नुभएका संस्कृतिविद् गुरुङसँग नेपाली समाजमा दशैं र यसका अनेक आयामबारे चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको संवादः 

दशैं त आइसक्यो, दशैं कहाँ मनाउनुहुन्छ ? 
दशैं मनाउन म मेरो घर कास्कीकोट आइपुगेको छु । हामी यहाँ एक भएर दशैं मनाउँछौं । हामीले हाम्रै संस्कृति, परम्परा, र चाड पर्वहरु छोड्यौं भने नेपाली हुनको अर्थ पनि गुमाउँछौं । कसैले पनि परम्परा र संस्कृति भुल्नु हुँदैन । आत्मादेखि मान्छेलाई शान्त हुन संस्कृतिले मदत गरेको हुन्छ । इतिहास भुल्नु, संस्कृति भुल्नु भनेको नेपाली हुनुको अस्तित्व मेटाउनु हो । त्यसैले यहाँको शानदार सभ्यतालाई निरन्तरता दिंदै संरक्षण गरौ भन्छु म । 

तपाईंले नेपाली संस्कृतिको मसिनोगरी अनुसन्धान गर्नुभएको छ, भन्दिनुस् न यो दशैं कसरी सुरु भएको हो ? 
खासगरी दशैं ऋतु पर्व हो । छ वटा ऋतु मध्ये चार ऋतु मुख्य छन् । हेमन्त ऋतुमा पौष शुक्लपक्षमा मनाइने दशैं हैमन्तिका, वसन्त ऋतुमा चैत्र शुक्लपक्षमा मनाइने वासन्तिका, गृष्ममा आषाढ शुक्लपक्षमा मनाईंने दशैं गृष्मीय, शरद ऋतुमा आश्विन शुक्लपक्षको दिन मनाइने दशैं शारदीय भनिन्छ । शात्रीय मान्यतामा के छ भने हेमन्त ऋतुमा देवी भगवती भोजनम् अर्थात भोजनको लागि बस्नुहुन्छ । बसन्त ऋतुमा स्वायनम् अर्थात सुत्नुहुन्छ । गृष्म ऋतुमा परिवर्तनम् भनेको कोल्टे फेर्नुहुन्छ । र शरद ऋतुमा प्रवोधनम् अर्थात उठ्नुहुन्छ भनिएको छ । 

अन्य समयमा पनि पूजा गरिन्छ देवीको । अन्य महिनामा अन्य आसनमा हुने तर, शरद ऋतुमा देवी उठ्ने हुनाले यो वेलाको दुर्गा पूजालाई विशिष्ट मानेर बडा दशैंको रुपमा धुमधामका साथ मनाइन्छ । 

अर्को कुरा त्यो बेला धर्मयुद्ध हुन्थे । अहिले जस्तो मिसायल थिएनन् । अहिले जस्तो गुरिल्ला थिएनन् । त्यसैले पानी पर्ने र बाढी आउन बन्द भएपछि, खेतीको मैझारो गरेर युद्धको अभ्यास गर्ने गरिन्थ्यो । घटस्थापना देखि दशमीसम्म, क्रमशः सबै हातहतियार एकैठाउँ भेला गरेर सफा गर्ने, त्यसमा साँध लगाउने अर्थात् उध्याउने, पूजा गर्ने गरिन्छ । बडा दशैंको दिन घटस्थापनाको दिन राखिएको घडाको पानीले अभिशेक गरेर अविर र दहिमा चामल मुछेर सबैलाई लगाइदिने र हर्षवढाईंका साथ हतियार निकालेर युद्धको अभ्यास गर्न निस्कने गर्दथे । यसरी मनाइन थालिएको हो दशैं । दशैंमा दिने आशिर्वादमा भएका नामहरुको पनि अर्थ छ । 

राज्य, राज्य बीचका लडाईंमा मात्र हैन, रामायण र महाभारतको लडाईंमा गााउँ नै रित्तिनेगरी मान्छेहरु मरे । धेरै विधवा भए । धेरैले सन्तान गुमाए । कति अनाथ भए । यसले परिवारहरु विश्रृंखलित मात्र भएनन्, वातावरण नै विशाक्त भयो । त्यो अवस्थाले मान्छेको सातो गयो । अहिले भन्दा मान्छेमा डिप्रेशन भयो । अब केही छैन भनेर पूरै नैराश्यता छायो । त्यो अस्तब्यस्त समाज र निराश मान्छेलाई हौसला बढाउन रामायण र महाभारतको युद्धमा ख्याती कमाएकाहरु जस्तै बन्नु भनेर आशिष दिइएको हो । यसबाट मान्छेमा उत्साह जगाइन्थ्यो । त्यसैले अहिलेसम्म पनि त्यहि आशिष दिइने गरिन्छ । 

अनि जनजातिका केही अगुवाहरु रामले रावणलाई जितेको दिनदेखि दशैं मनाउने गरिएको र रावण भनेका हाम्रा पूर्खा हुन् त्यसैले बाहुनले जनजातिमाथी जित हासिल गरेको दिन भएकाले दशैं मनाउने परम्परा हामी मान्दैनौं भन्छन् त ? 
यो सबै अनविज्ञहरुले गर्ने कुरा हो । हेर्नुस् है, दशैं कसरी मनाउन थालिएको हो भन्ने कुरा दशैंमा के को पूजा गरिन्छ त्यस्ले प्रष्ट बनाउँछ । दशैंमा हामी रामको कतै पूजा गर्छाैं ? गर्दैनौं । रामणलाई कहिँ सम्झन्छौं ? सम्झन्नांै । दशैंमा त देवीको पूजा हुन्छ । दुर्गा भगवतीको पूजा हुन्छ । नौ दिनमा हामी नौ वटा देवीहरुको पूजा गर्छौं । दुर्गा भनेकी शक्तिको प्रतीक हुन् । दशैं शक्ति उपसनाको पर्व हो । त्यो बेलाका सुर भनेको सत्यको पक्षमा लड्ने र असुर भनेको असत्यको पक्षमा रहेका मान्छे हुन् । तिनै सुरले असुरहरु माथि विजय प्राप्त गरेको दिन अर्थात् दानवहरु माथि विजय प्राप्त गरेको दिनलाई विजयको रुपमा मनाउन थालिएको हो । 

रावण आर्थात् महिषासुरको सन्तान भनेर जनजातिहरु भन्नेले किन भनेका हुन् मलाई थाहा छैन । जहाँसम्म रावणलाई रामले मारेर विजय भएको दिनलाई दशैंको रुपमा मनाइने भन्ने कुरा छ, यो हाम्रो संस्कृति होइन । आयातित कुरा हो । यो कुरा भारतको गंगाको मैदानमा विकास भएको संस्कृति हो । दुर्गा पुजा नेपालको पहाडमा विकास भएको संस्कृति हो । जसलाई यहाँका जनजातिले विकास गरे । गंगाको किनारमा विकास भएको संस्कृति बाहुनहरुले ल्याए । दुइटै संस्कृति उल्लासबाट सुरु भए पनि आएको समय र पृष्ठभूमी फरक छ । तर पछि पछि विस्तारै समान्य हुदै आयो । हाम्रोमा पनि तराईतिर रावणलाई जलाएर दशैं मनाउने गरेको पाइन्छ र उनीहरुले सँगसँगै दुर्गा पूजा पनि गर्न थाले । 

खास कुरा के हो भने मनमुखी बोलेको हो या गुरुमुखी बोल्या हो भनिन्छ गाउँमा । अहिले मान्छे आफैंले बोल्दैछ या अरुका लागि बोलि दिंदैछ, भन्ने नै बुझ्न गाह्रो पर्न थालेको छ । आफ्ना लागि भए सत्य कुरा खोजेर पनि बोल्छ । अरुका लागि बोल्नेलाई जे जे भने पनि भो । तथ्य बिनाकै कुरा ल्याइदिए पनि भयो । दशैं जनजातिको होइन, रावणलाई मारेर सुरु गरिएको उल्लास हो भन्नेहरु आफूले देश जानेर बोलेका होइनन् । मनमुख होइन, गुरुमुख भएर अरुको लागि बोलिरहेका छन् । अहिले केही जनजाति भन्नेहरुले मनको देशलाई माया गर्नेगरी होइन कि अरुको देशमा गएर पैसा कुम्ल्याएर आएकाहरुले यस्तो बोलिरहेका छन् । हिन्दु सभ्यता मास्ने आदिवासी जनजातिको पहिचान मास्ने, देशका जातजाति लडाएर देश तहसनहस बनाउने सात समुन्द्र पारीका क्रिश्चियनहरुको योजनामा आर्थात् गुरुमुख बोलिरहेको छ । 

दशैं मान्ने कुरा हाम्रो राष्ट्रियता बचाउने कि मास्ने भन्नु जस्तै हो । राष्ट्रियता बचाउने भए आफू जन्मेर हुर्केको सभ्यता बचाउनु पर्यो । देशको माया लाग्छ हाम्रो संस्कृति बचाउन लागौं, होइन भने फेरि सुर र असुरको लडाईं लड्न तयार हुनु पर्छ हामी । हाम्रो सभ्यतामाथि क्रिश्चियनको आक्रमण बिरुद्ध उभिनु पर्यो नि । हिजो राष्ट्रियताका लागि भएको युद्धमा हासिल गरेको जितमा दशैं मनाउन थालिएको हो, अव फेरि अर्को लडाईं चले पनि तयार रहौं भन्छु म त । 

तपाईं त्यसो भन्नुहुन्छ तर, जनजातिका केही अगुवाहरु त कति बर्ष देखि दशैंको विरोधमा सेतो टीका लगाएर दशैं मनाउँछन् । रातो टीका हाम्रो पुर्खाको रगत हो भन्छन् नि, होइन र ? 
टीका त पहिले जनजातिले मात्र हैन खसआर्यहरुले पनि सेता नै लगाउँथे । किनकी आज पनि हाम्रोमा रातो रङ बनिदैन भारतबाट आउँछ भने त्यो बेला कहाँबाट पाउनु र लगाउनु ? नेवार बजारमा बस्थ्यो । उ ब्यापार पनि गथ्र्यो । त्यसैले उसले पहिला रातो टीका लगाउन थाल्यो । पछिल्लो समयमा अविर आयो, सबैले रातो टीका लगाउन थाले । 

साँच्चै भन्ने हो भने बाहुनहरु हानबैरी गर्ने जात नै होइनन् । हुन त अहिले सेनामा बाहुन छन् । हिजो क्षत्री, ठकुरी, गुरुङ, मगरहरु मात्र सेनामा हुन्थे । आजजस्तो सेना, हात हतियार थिएनन् । शत्रुलाई मार्न नजिकै गएर काट्नै पथ्र्यो । जनजाति सुरा थिए । सुरा जनजातिहरु मार हान्नेमा हुन्थे । देउराली, देवीथानमा मार हान्ने र त्यसबाट चुहिएको रगत थालको चामलमा चुहाइन्थ्यो र त्यो रगतमा मुछिएको चामल सबैलाई तिनै मार हान्नेले शक्तिको प्रतीक मानेर लगाइदिन्थे । अहिले आएर रातो टीका रगत हो, हाम्रो होइन भन्न पाइन्छ ? पाइन्न । किनकी संस्कृति जोगाउने जिम्मा हामी पहाडमा सभ्यता लिएर आएका जनजातिहरुको नै हो । त्यसबेला लडाका जाति भनेका दुश्मनलाई उत्तानो पारेर प्छारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, छाती चिरेर मुटुको रगत झिकी त्यसको टीका लगाउने प्रमुख जाति हुन् हाम्रा पुर्खा । यसमा त गर्व पो गर्नु पर्यो । हाम्रा पुर्खाको त्यो शानको ब्याख्या पो गर्नु पर्यो । उल्टो भाग्ने होइन नि । 

तपाईं इतिहास नविर्सनु भन्नुहुन्छ, जनजाति अगुवाहरु आफू राजाको पाला देखि हेपिएको भन्दै विरोध गर्छन् त ? 
तपाईंलाई एउटा उदाहरण दिउँ । संखुवासभाको खाँदबारीमा पाङवा भन्ने गाउँ छ । म २०४७ सालमा जाँदा त्यहाँ गंगाप्रसाद राई त्यस गाँउका मुखिया थिए । उनलाई ५२ पगरीको राई भनिन्थ्यो । किनकी त्यहाँ ५२ जातका मान्छे बस्थे । उनलाई गाउँलेले पैसा उठाएर दिने र उनले मालपोतमा गएर काम गर्ने गर्दथे । दशैंको समयमा बाहुन दहि र केरा बोकेर मुखिया मान्न पुग्थे । अन्यले बली दिएका कुरा लिएर जान्थे । 

बाहुन त जाँड रक्सी नखाने, मासु नखाने जात हो । तर बाहुन बात लाग्दा जातबाट तल झर्ने हुन्थ्यो । ती बात लागेकाहरुलाई गंगाप्रसादको आँगनमा बोलाईंन्थो । गोवरले लिपेर ठिक्क पारेको ठाउँमा ती बात लागेका तागाधारीलाई झिकाइन्थ्यो । अनि गंगाप्रसाद राई, जसले सुगुरको मासु खान्थे, काटमार गर्थे । उनले सुनपानी छर्केर तिनलाई झरेको जातबाट माथि उक्लेको घाषणा गर्थे । त्यहाँ उनले जे भन्यो त्यहि हुन्थ्यो ।

त्यस्तै तनहुँको भिमादमा बिष्णुबीर आले अहिले पनि हुनुहुन्छ । उहाँले त्यस्ता जात खसेका बाहुनलाई सुनपानी छर्केर आफ्नो जातमा फर्कएको कुरा सुन्न अहिले पनि सकिन्छ । अनि हामी जनजातिले त्यो बेला कति धेरै पावर ‘इन्ज्वे’ गरेर बसेका रहेछौं त ? त्यो भुलेर आज नचाहिँदो अफवाह फैलाउने काम गर्नु हुँदै हुँदैन । 

पुराना यस्तै गाउँहरु अनगिन्ती छन् हेर्नुस है । पोखरामा एउटा मिया पाटन भन्ने ठाउँ छ । त्यो मुसलमानहरुको बस्ती भएको ठाउँ हो । त्यो टोल र अन्य टोल मिलेर एउटा गाउँ बनेको थियो । त्यहाँ रैमतली मुखिया र महमोद मिया गाउँका मुखिया थिए । दशैंको बेला त्यहाँ वरिपरीका बाहुन, क्षेत्री, गुरुङ, दमाई सबै मुखिया मान्न जान्थे । त्यो मुसलमानलाई हिन्दुले गाउँको मुखिया मानेको परम्परा मुसलमान देशमा छ ? ल देखाउन् त ? हाम्रोमा छ । त्यसैले दशैंको उच्च परम्परालाई जातजातिमा लगेर नचाहिँदो हल्ला फैलाएर, नराम्रो बनाउने अधिकार कसैलाई छैन । त्यसकारण दशैं विशिष्ट समन्वयकारी संस्कृति हो । यसले हरेक जातजातिको उच्च सम्मान गरेको छ । अनि अपमानको कुरा कहाँबाट आयो ? 

तपाईं सबै जातजातिबीच परस्पर सम्मान थियो भन्नुहुन्छ, तर जनजाति हेपिएको कुरा चाहिँ कसरी आयो ?
यो सरासर गलत हो । पैसाका लागि यस्तो प्रचार भएको हो । हाम्रो इतिहास मास्न गरिएको नियोजित प्रचार हो । इतिहास जोगाउनु पर्नेमा उल्टो यसरी गलत प्रचारले मार्न पाईंदैन । चीनमा लामो समय लडाईंपछि माओले राज्य गरे । लडाईंको समयमा सबै भत्काइयो । तर जव १० बर्ष अघि चीनले ओलम्पिकको आयोजना गर्यो । चराको गूँड नाम गरेको स्टेडियम बनायो । त्योबेला चीनले आफ्ना ५ हजार बर्ष पुराना कुरा झल्काउने गरी त्यो स्टेडियम बनाएको थियो । हरेक देशले आफू बलियो देखाउन गर्ने भनेकै आफ्नो इतिहासमा गर्व गरेर हो, मासेर होइन । त्यसलाई भनिन्छ सिंहावलोकन । हामीले पनि यहि गर्नुपर्छ । 

उहिले तागाधारी र मतवाली अर्थात जाँड खाने र नखाने भनेर सम्बोधन हुन्थ्यो । राज्याधिकार र धर्माधिकारी भन्ने हुन्थ्यो राज्याधिकारी भनेको राजा हो र धर्माधिकारी भन्या वडागुरुज्यू हुन्थे । राजा भन्दा बडागुरुज्यू एक स्थान माथि हुन्थे । राजालाई श्री ५ र वडागुरुज्यूलाई श्री ६ लेखिन्थ्यो । कत्रो सम्मान ? 

सुरुका बेलामा खान र सेन राजाका हातमा राज्य थिए । मगर पुजारी र बाहुन पुरेत थिए । कसरी मिलेर बसेका थिए ? बडा दशैंको पूजा गर्दा पनि राज्याधिकारीका वडागुरुज्यूका प्रतिनिधि बाहुन पुरोहितले संकल्प बाक्य भन्ने र कोटको मुख्य ब्यक्तिले पानी समातेर मौलो पूजा गर्ने परम्परा छ । कोट भनेको कोठा हो । त्यहाँ मगर पुजारी बाहेक अन्य कोही बाहुन पनि पस्न पाउँदैनथ्यो । देशभरीका बडा दशैंको मौलो पूजा गर्ने ठाउँमा तिनै बीर उमराउले पूज्ने गर्थे । बीर उमराउहरु प्रायः तागाधारी भन्दा आदिबासी नै छन् । अनि हाम्रो दशैं होइन भन्न कहाँ पाइन्छ ? 

दशैं देशैभरका जातजातिको हो भन्ने केही सांस्कृतिक उदाहरण दिन सक्नुहुन्छ ? 
म अहिले याङजाकोटमा छु । यहाँ पनि दशैंको पूजा हुन्छ । त्यो परम्परा स्थीर भएको मात्र हो । माथि डाँडामा याङजाकोट छ । त्यहाँको घरलाई कोट घर भनिन्छ । औंशीको दिन पनि बिहानै नगराको पूजा हुन्छ । नगरा बजाउँदै कोटघर पुगेर फर्किइन्छ । यो दशैं आयो है भनेर सबैलाई जनाउ दिइएको हो । यो नगरा बजाउने काम नगर्चिले गर्छ । 

घटस्थापनाको दिनमा मगर पुजारीकी श्रीमतीले नुहाएर चोखोनिधो गरेर मार्सी चामलको जाँड राख्छे । त्यो जाँड फूलपातीमा बसाउन थाल्छ । त्यो जाँड मीठो भएन भने दुर्गा रिसाइन् भन्ने हुन्थ्यो । अब कालरात्रीको मध्यरातमा जुन ढल्केपछि मगर पुजारीले केराको पातमाथि जाँडको पोको पारेर कालीलाई चढाउँछ र बाहुन पुरोहितले संकल्प भन्छ । नौ नौ वटा बोतामा पूज्ने जमरा राखिएको हुन्छ । त्यो टीका लगाउँदा प्रयोग गरिंदैन । टीका लगाउँदा लगाइदिने जमरा घटस्थापनाको दिन राखिन्छ । 

फूलपातीको दिन पुरानो खुँडा, खुकुरी सफा गरेर, साँध लगाएर, रातो सेतो ध्वजा लगाएर सिंगारेर दुर्गा देवीको स्थान स्थापना गरिन्छ । त्यसलाई दुर्गा जगाउँने, खाँडो जगाउँने भनिन्छ । खाँडो भनेको शक्ति हो । यसलाई खड्गसिद्धी पनि भनिन्छ । 

अष्ठमीको दिन विहान झुल्के घाममा वलीपूजा गर्ने गरिन्छ । बलीपूजा मुख्य पूजा हो । कोटमा बाहुन पुरोहित र कोटको प्रमुख कर्ता हुन्छ । अनि नगरा बजाउँदै राग मध्येको पनि बादशाह राग सबैभन्दा राम्रो राग बजाउँदै लगिन्छ । जुन राग शाही कालमा ठकुरीको विवाहमा बाहेक बाहुनको बिवाहमा पनि बजाउन पाईंदैनथ्यो । त्यो बजाउने नगर्ची हुन्छन् । मालसिरी धुन बजाईछ । त्यो पनि नेपालीमा छ । त्यो खासमा त्यो बेलाका सेनाको हौसला बढाउन बजाइएको हो । त्यसमा चारै दिशा नेपालले डंक फिंजायो भनेर लेखिएको छ । सेनाका प्रमुख बाहुन पनि थिए तर अधिकांश जनजाति थिए । अनि हाम्रो होइन दशैं भनेर गलत प्रचार गर्न पाइन्छ ? 

मालसिरी धुन सहित त्यसरी कोटमा पुगेपछि मार हान्ने गरिन्थ्यो । जसले एकै मारमा छिनाउन सक्यो उसलाई पगरी गुथाउने चलन थियो । त्यो मार हान्ने काममा सेना नै हुन्थे र प्रायः जनजाति हुन्थे । धेरै ठाउँमा अहिले पनि जसले मार हान्दै आएका थिए उसैका सन्तानले बिंडो थामेका छन् । जस्तो कास्कीकोटमा फेवाली राना मगरले मार हान्छ । उ बाहेक अरुले मार हान्न पाउँदैन । 

दशैको टीकाको दिन घटस्थापनामा राखिएको घडाको जलले अभिषेक गरी टीका लगाएर रमाइलो गर्ने चलन छ । काठमाडौंका नेवारहरुले दशैंको दिन सेतो फेटा गुथेर सेतै जामा लगाएर हातमा खुँडा बोकेर नगर परिक्रमा गर्ने गर्दछन् । 

गण्डकी क्षेत्रमा चाहिँ सराप खेल्ने भनिन्छ । त्यहाँ पनि खुँडा खुकुरीहरु लिएर निस्कने गरिन्छ । यस्तो सराप खेल्न गुरुङ, मगर, दमाइर्, कामी बाहुन, कसैलाई छेकवार छैन । यो युद्धको अभ्यास स्वरुप गर्ने गरिन्थ्यो । दशैंमा साइत गरेपछि अघिपछि साइत हेर्न पर्दैन भन्ने थियो । यसरी हरेक जातिको समन्वयमा चलेको यो दशैं कसैले कसैलाई हेपेको भनेर गलत प्रचार गर्नु राष्ट्रको लागि घात बाहेक हरु केही होइन ।

http://www.chakrapath.com बाट साभार 

Wednesday, June 7, 2017

टिप्पणी : विसर्जनवादीहरूको नाङ्गो नाच


मार्क्सवादमा विश्वास गर्नेहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर समाजको विकास र विनासका आधारहरू  खोज्छन् l उनीहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर हरेक वस्तुको मूल्यांकन गर्छन् l जब कोही मार्क्सवादका आधारभूत मान्यताबाट च्युत हुन्छ, वैचारिक र सांगठनिक विसर्जनका कारण तीव्र गतिमा पतनको दिशामा हुन्छ,उसमा हिनत्वभाव र कुण्ठा चुली भएको हुन्छ l यसले उसलाई तनाव, आक्रोस र बेचैनीको स्थितिमा पुर्याउँछ l अनि उसले तर्क, विवेक र विचार गुमाउँछ l विचारको तहबाट नभएर उसका अभिव्यक्तिहरू आक्रोस, कुण्ठा र  पराजित मानसिकताका  अभिव्यक्तिहरू बन्छन् l सुन्दर विचारहरू उसबाट भागिसकेका हुन्छन्, उसलाई छाडेर l त्यस्तो बेला उसले गाली, झूट, भ्रम / चरित्र हत्याको सहारा लिन्छ l अनि चरित्र हत्याका लागि  अमुक व्यक्तिको बिम्ब विद्रूपीकरण गर्न भएनभएको  कथा बुन्छ l आफ्नो कुण्ठाग्रस्त मानसिकतालाई  चित्त बुझाउन, अरस्तुको भनाइमा मनोविरेचन गर्न चरित्र हत्याको राजनीतिको सहारा लिन्छ l


 बिम्ब विद्रूपीकरणको यो शैली साम्राज्यवादले  गरेको र सिकाएको शैली हो, यो  उसको अन्तिम हतियार हो l साम्राज्यवादले सबैभन्दा पहिले स्टालिन र माओका विरुद्ध यसको प्रयोग गरेको थियो l  यो भनेको विचारसित लड्न नसकेपछि उत्पन्न छटपटी, आक्रोस, पीडा र कुण्ठा व्यक्त गर्ने अन्तिम  हतियार हो l यसबाट उसको यात्राको दसा  र दिशा प्रस्ट हुन्छ l यस्तो बेला ऊ होस हराएको आवस्थामा हुन्छ र विजय प्राप्त गर्न सर्वांग नाङ्गो बन्छ l अहिले पातलो प्लास्टिकको आवरणमा क्रान्तिकारी लेखेर आफ्नो नाङ्गो रूप ढाक्न खोज्ने ''गजेंडी''हरू यही काम गरिरहेका छन् l

हामी वैचारिक बहस-छलफलका लागि आव्हान गर्छौं l हामी वैचारिक चुनौतीको  सामनाका  लागि आव्हान गर्छौं l तर गजेंडीहरू, शिखण्डीहरूलाई अघि सारेर चरित्र हत्याको निकृष्ट व्यवहारमा उत्रेका छन् l आफू नाङ्गो भएको यथार्थ बिर्सेर ती गजेंडी नशामा रमाइरहेका छन् l  व्यक्तिगत चरित्र हत्याको सहारा लिने हो भने ''पोष्य पुत्रहरू'' र  शिखण्डीहरू मात्र नभए, प्रमुख कमान्डर र प्रवक्ताका पनि थुप्रै कथा र गाथा छन् l थुप्रै उदाहरणबाट एउटा उदाहरण, ''जाँडले लट्ठ भएर पाटनढोका  अनि ....l '' लिन सकिन्छ l  हामी त्यति तल झर्न चाहँदैनौं l हामी रेबिज लागेको कुकुरझैं जथाभावी टोकेर हिंड्ने चरित्र प्रस्तुत गर्न चाहदैनौं  l व्यक्तिका केही न केही कमीकमजोरी हुन्छन् तापनि  प्रमुख कुरा विचार हो, उसको नियत हो, कुन लक्ष्य र उदेश्यका साथ ऊ हिंडेको छ भन्ने हो l त्यसैले जाँडले लट्ठ भएर पाटनढोकामा आर्काकी श्रीमती समातेवापत रामधुलाइ खाएर प्रहरी चौकीमा बास बसेकालाई पनि हामीले नेता मान्यौं l
कम्युनिस्ट आन्दोलनमा लामो अनुभव भए पनि,   शास्त्रीय  ज्ञान भए पनि व्यवहारमा जान नसक्ने, नेतृत्त्व दिन नसक्ने र संगठन चलाउन नसक्ने भनेर माओवादी आन्दोलनमा स्थापित चरित्रलाई हामीले अवसर पनि दिएका हौं र परख पनि गरेका हौं l तर अनुभवले मात्र हुँदो रहेनछ, क्षमता पनि चाहिने रहेछ l अमुक नेताका बारेमा भन्दै आएको कुरा पछिल्ला दिनमा व्यवहारबाटै पुस्टि भएपछि उनको मूर्तिस्वरूपको पूजा गरेर बस्ने स्थिति रहेन l    एकपछि अर्को गरेर उनका पुराना मित्रहरू सबैले छोड्दै जाने स्थिति बन्यो l अब जनयुद्ध कालमा जनयुद्धका विरुद्ध लागेका तत्त्वहरूलाई पार्टीमा हुलेर नेता बन्नुबाहेक उनका लागि अर्को बाटो रहेन l यसले जनस्तरबाटै प्रस्न  उठ्नु/उठाउनु  स्वाभाविक थियो l त्यसपछि पहिरो जाने क्रम तीव्र बन्नु पनि स्वाभाविक थियो l इमान्दार र सापेक्षित क्रान्तिकारी कार्यकर्ता र नेताहरूले पार्टी छाड्दै जानुको पीडा त छँदै थियो,  प्रचण्डले समेत उचित काम र स्थान नदिने  बुझेपछि  क्रान्तिकारी देखिनुको आडम्बर र स्वांग रचेर  बुद्धनगरमा थन्किनुको विकल्प थिएन l सडकमा सय जना निकाल्न नसक्नुको थप पीडा थियो l 

यस किसिमको पीडाग्रस्त र कुण्ठाग्रस्त स्थिति र हीनत्वभावले छटपटिएको मानसिकताबीच स्थानीय चुनावमा ''क्रान्तिकारी उपयोग' का नाममा  बेहाल र बेइज्जतीको जुन स्थिति  देखियो,  रक्तचापले  अनियन्त्रित चरित्र देखाउनु स्वाभाविक थियो l रातारात देखिएका पार्टीले काठमाडौँमा २१ हजार मत  ल्याउँदा क्रान्तिकारी भनिएको पार्टीले २१ भोट पनि ल्याउन नसक्नु र नेता भनौंदाको  गृह जिल्लामा  समेत जमानत जफ्त  हुनुले होस गुम्नु स्वाभाविक थियो l  '' सत्रु हराएको  सूचना आउनु'' यसै बेहोसीको उपज थियो l '' सत्रु हराएको  सूचना'' प्रति चौतर्फी प्रतिक्रिया भएपछि कुख्यात बनेका  ''पोष्यपुत्रहरू'' कुबाटो समातेको 'मूलबाटो', मार्फत  'जनमेल' तथा  ऋषिराज बरालका विरुद्ध लागेको कुरा दिनको घाम जत्तिकै प्रस्ट भएको छ l यो उनीहरूको वैचारिक विसर्जन,  कुण्ठा,  आक्रोस, पराजित र असन्तुलित  मानसिकताको परिचायक हो l आर्थिक भ्रष्टाचारमा बद्नाम भएका र 'इच्छुक' का नाममा दुई नम्बरी धन्दा गरेर घरको तला थप्ने कुतत्त्वहरूले अरूमाथि हिलो छ्यापेर आफूलाई शुद्ध पार्न खोज्नु भनेको टुकुचामा मुख जोतेर सगरमाथाको टुप्पोतिर थुक्नु मात्र हो l यस्ता भ्रष्ट्रहरूलाई वरिपरि राखेर क्रान्तिको डिंग हाक्ने कमान्डरहरूबाट केही हुन्छ भनेर आशा गर्नु पनि मूर्खता सिबाय केही होइन l कुखुराले चीलको उडान भर्न सक्तैन 

वास्तवमा 'मूलबाटो' मा जे आयो यो, वैचारिक र सांगठनिक विसर्जनको स्थितिमा पुगेको एउटा समूहले आफ्नो विसर्जनोन्मुख प्रवृत्तिलाई ढाकछोप गर्न गरेको चरित्र हत्याको घीन लाग्दो राजनीति हो  l यस किसिमको पाखण्डपनको  उत्तर भनेको निन्दा र भर्त्सना हो l यसलाई वैचारिक र नैतिक पतनको पराकाष्ठा भन्न सकिन्छ l जब मान्छेसित विचार र तर्क हुँदैन अनि ऊ गाली र चरित्र हत्याको सहारा लिन्छ भनेर  एंगेल्सले भनेको कुरा यस मामिलामा सही साबित भएछको छ  l प्रस्ट छ, टुकुचामा मुख जोतेर केही फ्याउराहरू सगरमाथाको चुचुरोमा थुक्ने दुस्साहस गर्न थालेका छन् l माओले भन्नुभएको छ: ''प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन, यसले आफू सही भएको पुष्टि हुन्छ l'' यसैमा मिलाएर हामी भन्छौं : विसर्जनवादीहरूबाट प्रहार नराम्रो होइन, यसले आफू सही हुनुको आधार दिन्छ  l

 वैचारिक बहस-छलफललाई हामी  प्रोत्साहित गर्छौं l तर असुन्तलित मानसिकताका साथ कोही चरित्र हत्याको  हतियार लिएर आउँछ भने क-कसका  कथा र गाथाको पोको खोल्नुपर्ने हो, त्यो हामीलाई पनि थाहा छ l   असन्तुलित मानसिकता बोकेकाहरू विरुद्ध कसरी जानुपर्छ, त्यो हामीलाई राम्रोसित थाहा छ l बाँकी युद्धकै मैदानमा l मालेमा जिन्दाबाद ! विसर्जनवाद मुर्दाबाद !

http://www.janamel.com बाट साभार 

Sunday, June 4, 2017

विकृत मानसिकताका विरुद्ध : जनमेल सम्पादकीय


यस किसिमको सम्पादकीय  लेख्नु पर्दा दुखः पनि लाग्छ, पीडा पनि हुन्छ र सबैभन्दा बढी त कहाँ पुग्यो हाम्रो आन्दोलन भनेर व्यङ्ग्यले मुस्कुराउन पनि मन लाग्छ ।
 
आज राष्ट्रियता  र जनतन्त्रको प्रश्न निकै गम्भीर बनेको छ ।  साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू तथा तिनका नेपाली दलालहरूको सबैभन्दा बढी प्रहार जनतन्त्र र राष्ट्रिय स्वाभिमानीताका पक्षमा लड्ने पात्र, माध्यम तथा सङ्गठनहरूमाथि भइरहेको छ । राष्ट्रियता र जनतन्त्रका पधरहरू एकताबद्ध हुने र मुख्य सत्रुका विरुद्ध योजनाबद्ध किसिमले लड्नुपर्ने समय हो । प्रतिक्रियावादी तत्त्वहरू त भइहाले, यो उनीहरूको वर्गचरित्र नै हो ।  यहाँ त आफूलाई क्रान्तिकारी भन्नेहरूले पनि यस मामिलामा प्रतिक्रियावादीहरूसित प्रतिस्पद्र्धा गर्नथालेका छन्  ।  प्रतिक्रियावादीहरूलाई समेत उछिनेर राष्ट्रिय स्वाधीनता, जनतन्त्र र क्रान्तिकारी माओवादी आन्दोलनमा प्रतिबद्धताका साथ लागेका पात्र तथा माध्यमहरूका  विरुद्ध मोहन बैद्यले नेतृत्व गरेको माओवादी समूहको अनलाइन प्रकाशन ‘मूलबाटो’ लाग्नुबाट यो यथार्थ पुष्टि हुन्छ । आफूलाई क्रान्तिकारी र जिम्मेवार पार्टी ठान्ने पार्टीको प्रकाशनमा आन्दोलनमा लागेको व्यक्तिमा केन्द्रित भएर त्यसरी चरित्र हत्या गर्ने समाचार र लेख आउनु कतिसम्म उचित हुन्छ भनेर प्रश्न उठ्नु स्वाभाविक छ । साथै पत्रकारिताको दृष्टिले पनि यस किसिमको समाचार र लेख कतिसम्म उचित हुन्छ भन्ने कुरा पनि आफैँमा प्रश्नको विषय बनेको छ । 

‘मूलबाटो’  अनलाइनमा जेठ २० मा एस. के. त्रियाठी नामले  ‘को हो प्रतिक्रियावादी ?’  शीर्षकको लेख छापिएको छ र यो लेख वैचारिक दृष्टिकोणले मात्र नभएर पत्रकारिताका दृष्टिले पनि  घोर आपत्तिजनक छ र यसको जति निन्दा तथा भत्र्सना गरे पनि कम हुन्छ । यसलाई असन्तुलित र प्रदूषित मानसिकताको उपज भन्न सकिन्छ । साथै जिम्मेवार पार्टीको जिम्मेवार प्रकाशनमा नक्कली नाममा आएको यस किसिमको लेखनलाई  वैचारिक सामना गर्न नसकेर आएको आतङ्कित र विद्रूप मानसिकताको उपज पनि भन्न सकिन्छ । यो खास पात्रको नाममा आएको भए पनि यसलाई ‘मूलबाटो’ र त्यसलाई सञ्चालित गनै सिङ्गो टिमको योजनाबद्धताको उपज भन्न सकिन्छ । यो नामको  पात्रले पहिले पनि यसरी लेखेको र लेख्नेको नाम सार्वजनिक भइसकेको अवस्थामा उनको परिचय खुलाउनु आवश्यक छैन । आफ्नो क्षेत्रमा ‘टपरे’ नामले परिचित यी पात्रको “किरणको पौष्यपुत्र’ भनेर पनि व्यङ्ग्यले नाम लिने गरिन्छ । खासगरेर पत्रिकारिता र सांस्कृतिक क्षेत्रका कर्मीहरू यसप्रति भलिभाँती जानकारी राख्छन् । पात्र जिम्मेवार भए पनि पार्टीको प्रकाशनमा प्रकाशित सामग्री भएकाले यसको सम्बन्ध पार्टीसित जोडिनु स्वाभाविक छ । र यसको उत्तर पनि सम्बद्ध पक्षबाट खोजिनु आवश्यक हुन्छ । यो सामग्रीको प्रकाशनले सम्बद्ध पार्टीको प्रकाशन पक्षको स्थिति र गति मात्र नभएर सो पार्टी कुन दिशातिर जाँदैछ भनेर पनि आकलन गर्न सकिन्छ । 

'जनमेल' विश्वक्रान्तिकारी आन्दोलनबारे वैचारिक खुराकी दिने माध्यम हो । यसले विश्व माओवादी आन्दोलनबारे सामग्री प्रदान गर्छ र वैचारिक बहस-छलफलमा जोड दिन्छ । वैचारिक बहसछलफलप्रति रुचि नराख्नेहरू र विगतको इतिहास च्यापेर वर्तमानका  हीनत्वभाव र कुण्ठाग्रस्त मानसिकता बोकेर बाँचेकाहरूको 'जनमेल' प्रति रुचि नहुनु अथवा यसप्रति असहिँष्णु प्रदर्शन हुनु अस्वाभाविक छैन । 'जनमेल' माथि आरम्भदेखि नै कहिले कुन कोणबाट र कहिले कुन कोणबाट प्रहार भएको हो । 'जनमेल' मालेमामा विश्वास  गर्छ,  नयाँ जनवादी क्रान्तिका विश्वास गर्छ र जे जे नाम दिए पनि अन्ततः नेपाली क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो नसमाती धरै छैन भन्ने कुरामा विश्वास गर्छ । 'जनमेल' ले यस किसिमको बाटोप्रति सहभाव जनाउनेहरूप्रति सद्भाव राख्छ र गलत कुराप्रति आलोचनात्मक भाव राख्छ । आलोचना सहन नसक्नेहरूले, गल्ती सच्याउन अग्रसर हुन नमान्नेहरूले आफूलाई मार्क्सवादी नभने हुन्छ । 

'जनमेल' ले आफ्नो आलोचना नगरोस् र गुनगान मात्र गाइदेवस भन्ने कसैको चाहना हुनसक्छ l परन्तु, 'जनमेल' हनुमान चालिसा होइन र बन्न पनि सक्तैन । अलोचनात्मक टिप्पणी गर्दा अथवा यो आफ्नो ‘हनुमान चालिसा’ बनोस् भन्ने चाहना पूरा नहुँदा 'जनमेल' र   यसको टिम विरुद्ध, त्यसमा पनि यसका सल्लाहकार डा. ऋषिराज बरालका विरुद्ध जथाभावी लेख्ने र चरित्र हत्या गर्ने काम पहिले पनि भएका हुन् । गजबको असहिँष्णुता र घीनलाग्दो संस्कृतिबाट नेपालको माओवादी आन्दोलन ग्रस्त देखिन्छ । वैचारिक प्रश्न उठायो कि  भौतिक रूपबाट नै प्रहार गर्ने र  जनकारबाही गर्ने धम्की आउँथे पहिलेपहिले ।  फेसबुक 'जनअदालत' बनेर आउँथ्यो । खासगरेर मार्क्सवादको राम्रो ज्ञान नभएका उत्तौला र  आलाकाँचा ठेट्नाबाट यस्ता कुरा आउँथे ।  तिनले आफूलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको समूहको क्रान्तिकारी दस्ताका रूपमा आफूलाई प्रस्तुत  गर्थे/ गर्छन् । यसमा नेताहरूको सहयोग र सहभागिता कति थियो भन्न सकिँदैन तापनि  ‘मूलबाटो” को जस्तो आधिकारिक माध्यमबाट विभत्स रसको प्रस्तुतिचाहिँ त्यहाँ पाइएको छैन । बैद्य समूहको प्रकाशनले अहिले जसरी चरित्र हत्या र विकृत मानसिकताको प्रदर्शन गर्यो , यो बडो गम्भीर र  आपत्तिजनक विषय हो । यसले बैद्य समूहमा कस्ताकस्ता पात्रहरू नीति निर्माणस्थलमा पुगेका रहेछन् र केकस्ता पात्रहरूमार्फत माध्यमहरू चलेका रहेछन् भन्ने कुरा चाहिँ सबैले बुझ्ने गरी छर्लङ्ग भएको छ ।  वास्तवमा 'मूलबाटो' को त्रिपाठीको लेख कमरेड किरणकै विरुद्धमा पनि हो l  यसमा जुन पात्रको चरित्र हत्या गरिएको छ, त्यो पात्र किरण कमरेड्कै इन्चार्जसिपमा करिब तीन दसक काम गरेको पात्र हो  l 

'जनमेल' कसैको मुखपत्र होइन र यो कसैको ‘हनुमान चालिसा’ पनि होइन । यसले राम्रा कुरा जुनसुकै समूहको   पनि सराहना गर्छ र नराम्रा कुराको आलोचना र टिप्पणी गर्छ । तिनका अर्थ न बर्थका नीति, योजना र कार्यक्रमको गीत गाउँन बाध्य छैन- 'जनमेल' । सबैले देख्ने/ देखिने गरी कोही नाङ्गै सडकमा हिँड्छ भने टिप्पणीको विषय बन्नु स्वाभाविक हुन्छ । हिजोको कसैको इतिहासका आधारमा आजका उसका कमजोरीको सराहना गर्न सकिँदैन । चेलामाथि प्रहार गर्दा गुरुको छाती दुख्छ भने त्यसको जिम्मेवार 'जनमेल' हुन सक्तैन । नाम जतिसुकै सम्मानित किन नहोस्, आफ्नै इतिहास जोगाउन नसक्ने नेताहरू इतिहासमा थन्किन्छन्।   सूचना र सञ्चारका क्षेत्रमा रहेका आफ्ना कमजोरीलाई ढाक्न अरूमाथि हिलोछ्याप्नु र चरित्र हत्या गर्नु मार्क्सवादको परिभाषाभित्र  पर्दैन । यो त प्रतिक्रियावादी चरित्र हो ।

‘ मूलबाटो’ मा त्रिपाठीका नाममा जे आयो, त्यो विकृत चिन्तनको उपज हो–एक हिसाबले अपराधपूर्ण कार्य । क्रन्तिप्रति समर्पण र त्यागको इतिहास बोकेको पात्रका विरुद्ध 'मूलबाटो'  जसरी  प्रस्तुत भयो, यो सारत: अपराध नै हो, विम्ब विद्रूपीकरणको घीनलाग्दो उदाहरण । यस किसिमको अपराधको उपचारका लागि पहिले ‘राची’ लानुपर्ने कुरा गर्थे, आभभोलि त्यसको उपचार यतै खोज्ने गरिन्छ । कतिपयले यसको सही उपचार  प्रेस काउन्सिल हो भने र कतिपयले प्रहरी पनि हो भने । तर 'जनमेल' यी सबैभन्दा असली र सही उपचार जनताबीच जानु हो भन्ने ठान्छ । जनअदालतले नै यसको छानबिन र फैसला गरोस् भन्ने ठान्छ ।  ‘मूलबाटो’ अनलाइन मात्र नभएर समूह पनि भएकाले यसको सही  उपचार जनताबीच गएर नै हुन्छ । 

कामना गरौँ, ‘मूलबाटो’ का नाममा कु बाटोको अभ्यास गर्नेहरूले  आफूलाई सच्याउनेछन्  । होइन भने सो समूहले लडाइँको  मोर्चा खोलेछ  भनेर बुझ्नुपर्छ । र कसरी लड्नुपर्छ मोर्चा भन्ने कुरा हामीलाई पनि थाहा छ । हामी वैचारिक  बहस र छलफललाई प्रोत्साहित गर्छौ, तर यसका विरुद्ध कोही कुरूप हतियार लिएर हामीमाथि प्रहार गर्छ भने त्यसको उत्तर कसरी दिनुपर्छ,  त्यो हामीलाई थाहा छ । हामी निष्कर्ष निकाल्न बाध्य हुनेछौं-पेरिस डाँडाको शाखा कार्यालय बुद्धनगरमा पनि रहेछ भनेर । 

माओले “प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन” भन्नु भएझैँ विसर्जनवादीहरूबाट प्रहार नराम्रो होइन भन्दै हामी अघि बढ्छौँ । यो मुद्दा अब जनताको बीचमा पुगेको छ । सत्यको बाटो हिँडदा केही समय एक्लै भइएला । तर हामीले राष्ट्रिय स्वाधीनता र  जनतन्त्रको झण्डा बोकेका छौं ।  त्यसैले हामीलाई विश्वास छ, यो लडाइंमा हामी एक्लै हुने छैनौँ । बैद्य समूहले 'मूलबाटो' मार्फत मोर्चा खोल्यो । हामीलाई स्वीकार्य छ । मार्क्सवाद-लेनिनवाद-माओवाद: जिन्दावाद ! नयाँ जनवादी क्रान्ति जिन्दावाद ! सबैखाले अवसरवाद र विसर्जनवाद मुर्दावाद !
००० 

http://www.janamel.com बाट साभार 

को हो प्रतिक्रियावादी ? - एस. के. त्रिपाठी

Janamel – ‘Khem Thapaliya ”हामीले बराल सरको यसखालको खबरदारीको उच्च कदर गर्नुपर्छ ।”
कम्तीमा पनि जनमेलको खबरदारीलाई खेम थपलियाजीले स्वीकार गर्नुभयो, धन्यवाद l लड्ने को सित हो ? कुन प्रवृत्ति विरुद्ध हो ? यतिबेर पुराना प्रतिक्रियावादीहरू भन्दा खतरनाक किसिमले नयाँ प्रतिक्रियावादीहरू आएका छन् , साँस्कृतिक कर्मीहरूसमेत हिरासतमा छन्, घोषित प्रतिक्रियावाद त प्रस्ट देखिन्छ, लड्न सजिलो हुन्छ l माओवादका नाममा प्रतिकृयावादको अभ्यास गरिरहेको शक्ति झन् खतरनाक छ l यसलाई नचिन्ने हो भने, नचिनिने भयो भनेर हस्सी- ठट्टा गर्ने हो भने क्रान्तिकारी संस्कृतिक कर्मी , सौन्दर्यशास्त्री हुनुको के अर्थ ! अगुवाहरू नै अल्मलिएपछि अरूहरू कुन बाटो हिंड्ने ? एउटा शक्ति माओवादका नाममा प्रतिक्रियावादको अभ्यास गरिरहेको छ र त्यो हो प्रचण्डको नेत्रित्त्वामा रहेको माओवादीकेन्द्र भनेर ठोकेर भन्छ एउटा मार्क्सवादीले , संध्या भाषामा बोल्दैन l सामान्य मान्छेले चिन्ने मार्क्सवादीले नचिन्ने हुन्छ ? दुस्मन निर्मम बन्ने अनि उसका कार्यालय सदस्यहरूलाई ‘खादा’ ओढाउने र अनि भन्ने हामी क्रान्तिकारी, हामी इच्छुकका उत्तराधिकारी ? हावादारी गफ गर्ने ! दुनियाँलाई मूर्ख बनाउने ! आत्मसमीक्षा गर्ने बेला आयो l 
सम्सोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्ने बेला आयो l खेमजी, सक्नुहुन्छ मार्क्सवादी स्पिरिट देखाउन ? नव-प्रतिकियावादीहरू, खुलेर भन्दा प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने , संशोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्न नसक्ने अनि बलिदानका ठूलाठूला कुरा गर्ने ? माओले भन्नुभएको छ ”उदारवादको विरोध गरौं” l १३ गते सम्बाद डबलीमा भएका कार्यक्रमहरू सारमा समान प्रवृत्तिका उपज हुन् l आगे तपाईंहरूको मर्जी l
-संसोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्ने बेला आयो । खेमजी, सक्नुहुन्छ माक्र्सवादी स्पिरिट देखाउन ? नव–प्रतिकियावादीहरू, खुलेर भन्दा प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने, संशोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्न नसक्ने अनि बलिदानका ठूलाठूला कुरा गर्ने ? माओले भन्नुभएको छ ‘उदारवादको विरोध गरौं ।’ १३ गते संवाद डबलीमा भएका कार्यक्रमहरू सारमा समान प्रवृत्तिका उपज हुन् । आगे तपाईंहरूको मर्जी ।’
प्रस्तुत स्टाटसहरू डा.ऋषिराज बराल सल्लाहकार रहेको जनमेल डटकमको फेसबुक पेजमा बरालले नेकपा (क्रान्तिकारी माओवादी) को भण्डाफोर गर्दै लेखेका हुन् । उनले पहिलो स्टाटस इच्छुक सांस्कृतिक प्रतिष्ठानले वितरण गरेको यसवर्षको पुरस्कारका बारेमा आफ्नो विमती जनाउँदै लेखेका छन् । यस सन्दर्भमा के भन्न सकिन्छ भने प्रतिष्ठान महान् जनयुद्धका एकजना अग्रज र साँस्कृतिक क्षेत्रका शीर्ष नेता कमरेड कृष्ण सेन ‘इच्छुक’ को नाममा स्थापित भएको समग्र जनयुद्धको प्रगतिवादी धाराको एउटा सांस्कृतिक प्रतिष्ठान हो । यो नेपालको एकमात्र प्रतिष्ठान हो, जसको उद्देश्य, लक्ष्य भनेकोे मालेमावादी संस्कृति, साहित्य र कलाको विकास र संरक्षण गर्नु हो । यो सबैलाई ज्ञात भएको कुरा हो । प्रतिष्ठान स्थापनामा बरालजीको भूमिका महत्वपूर्ण नै छ । यो नकार्ने विषय पनि होइन र गरिएको पनि छैन ।
परन्तु प्रतिष्ठानको नेतृत्व गर्दा र त्यसबाट बाहिरिएपछि बरालजी जसरी प्रतिष्ठानका विरुद्ध विष बमन गर्दै आएका छन् कि उनी प्रतिष्ठानको समाप्ति भएको देख्न चाहन्छन् भन्नु पर्ने हुन्छ । यसबारेमा उनले खेलेको भूमिका पनि यहाँ स्पष्ट गर्नु आवश्यक देखिएको छ । पहिलो कुरा त इच्छुकप्रति उनको जुन प्रकारको निष्ठा र प्रतिवद्धता देखिन्छ त्यो सबै ढोँग र पाखण्ड मात्रै हो । किनकी जिवित रहँदासम्म इच्छुकलाई सबैभन्दा बढि घृणा गर्ने र उहाँले जनसांस्कृतिक संघको नेतृत्व गर्दा त्यसका विरुद्ध सदैव उछित्तो काडेर हिँड्ने बराल नै हुन् ।
‘छ महिनामा एउटा कविता लेख्नेले सांस्कृतिक संघको नेतृत्व गर्ने ?’ भनेर सदैब आलोचना गर्ने र सेनजीलाई हैरान÷परेसान पार्ने व्यक्ति बराल नै हुन् । दोस्रो कुरा आपूmले प्रोफेसरको पेन्सन खाने, श्रीमतीले जागिर खाने, छोराहरू अमेरिका बसेर डलर कमाउँदा त नपुगेर महिनामा २० हजार तलव नभई प्रतिष्ठानमा काम गर्न सकिन्न भनेर प्रतिष्ठानकै अरू कार्यसमिति सदस्यहरूलाई गुम्राहमा पारेर थाहै नदिई खुरुखुरु तलव थाप्नेलाई कति डिग्रीको क्रान्तिकारी भन्ने होला ?
जहाँसम्म पुरस्कार वितरणको कुरा छ, प्रतिष्ठान गठन भएदेखि ज–जसलाई पुरस्कार दिइयो उनकै पालामा दिइएका पुरस्कृत पात्रहरू र यतिखेर दिइएका पात्रहरूको तुलना गर्दा के कुरामा अहिलेका पात्र उनले जस्तै घृणा गर्नुपर्ने र इच्छुकको आदर्श भन्दा बाहिरका भए ? उनले लगाए जस्तै आरोप लगाउने हो भने त्यो उनले प्रमाणित गरेर देखाउन सक्नु पर्छ । बरू पञ्चायतकालमा कम्युनिस्ट र काङ्ग्रेसको सुराकी गर्ने र पकड्न सूचना दिने राष्ट्रिय गुप्तचर विभागको इन्स्पेक्टर जागिर खाएका त बराल स्वयम् हुन् ।
प्रतिष्ठानले उनको विगत कोट्याएको भए उनलाई न त पुरस्कार दिन मिल्थ्यो न त प्रतिष्ठानमा बस्ने अधिकार राख्थे । यो त झनै अपराध हुन्थ्यो । अझ उनीजस्तो व्यक्ति कसरी कम्युनिस्ट भए र जनयुद्धमा हिँड्ने माओवादी नेतासम्म कसरी बन्न पुग्थे ? उनैले पढेको र सिकाएको माक्र्सवाद होइन र हरेक व्यक्ति पहिला राम्रो भएको पछि नराम्रो र पहिला नराम्रो भएको पछि राम्रोमा बदलिन्छ भन्ने मान्यता ? उनले जस्तै शुद्धता खोज्दै जाने हो भने नेपालमा कम्युनिस्ट पार्टी विघटन गरेर घरमा बस्नु पर्ने हुन्छ र बुर्जुवाहरूलाई जे गर्छौ गर भनेर सुम्पनु पर्ने हुन्छ । यो कहाँको माक्र्सवाद होला ?
अर्को कुरा कसलाई पुरस्कृत गर्ने र कसलाई नगर्ने भन्ने कुरा सडकमा बसेर बहस र विवाद गर्ने विषय नै होइन । यो प्रतिष्ठान स्वयम्को अधिकारको कुरा हो । फेरि प्रतिष्ठानले विना लक्ष्य, उद्देश्य, मूल्य मापदण्ड केही नबनाइकन दिएकै छैन । बराल स्वयमले सहमति जनाएर बनाएको विनियम अनुसार दिने हो । दिइएकै छ ।
दोस्रो बुँदामा उनले कार्यक्रममा सहभागिताको विषयमा पनि कडा र छुद्र टिप्पणी गर्न भ्याएका छन् । कार्यक्रममा त सबैलाई खुला आमन्त्रण गरिएको हुन्छ । कतिपयलाई अतिथि वक्ताकै रूपमा पनि बोलाइन्छ । बोल्न पनि लगाइन्छ । सामाजिक संस्थामा यसो गर्नु कुनै गलत र अपराधको कुरा होइन । हाम्रा विचार बाहिरसम्म पु¥याउन र बाहिरका कुरामा खण्डन गर्न पनि बहसहरू चलाइन्छन् । मूल कुरा प्रतिष्ठान आफ्नो लक्ष्यमा दृढ छ कि छैन भन्ने कुरा हो । त्यसमा कुनै कमी छैन ।
आफ्नो शुद्धता भित्र बराल आफैले के कति समर्थक बढाएका छन् र उनले के कति संगठनको विस्तार गरेका छन् भन्ने प्रश्न पनि त गर्न सकिन्छ । आफ्नी श्रीमती त वाध्यताले उनको पछि लागेको अवस्था छ । त्यो हामी सबैलाई जाहेर नै छ । आफ्ना २ जना छोराहरूलाई त आफ्नै देशमा राखेर तिनीहरूको ज्ञान, सिप र क्षमता राष्ट्रमा प्रयोग गराउन नचाहेर साम्राज्यवादी मुलुकमा पलायन गराउने र आपूm एक्लै घरको कोठाबाट इन्टरनेट र फेसबुकबाट कस्तो क्रान्ति गर्लान् र उनले दिने विचारले कति मान्छे सङ्गठित होलान् ? यो पनि त उनका विरुद्ध तेर्सिने प्रश्नहरू हुन् ।
तेस्रो बुँदामा उनले क्रान्तिकारी माओवादीलाई प्रतिक्रियावादी भन्दै यसका नेतृत्व कमरेड किरणजीलाई प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने भनेर आरोपित गरेका छन् । प्रचण्डप्रतिको मोह भइदिएको भए किरणजीले पहिला पार्टी नै किन अलग गर्नुहुन्थ्यो र पछि बादलहरूको पलायनताका बेला फर्कन किन सक्नुहुन्नथ्यो ? मोहनविक्रम, निर्मल लामा, प्रचण्डहरूसँग वैचारिक लडाइँ लड्ने किरणजी हुनुहुन्छ कि बराल ? जतिवेला बराल कम्युनिस्टहरूको सुराकी गर्दै राजाको सत्ताको जागिर खान्थे त्यतिवेला (२०३५÷०३६) तिर किरणजीले जनयुद्धको फौजी कार्यदिशा लेखेर मोहनविक्रम र लामाहरूसँग वैचारिक वहस गर्दै हुनुहुन्थ्यो ।
यो देशमा क्रान्तिको बिउ बचाउने, रोप्ने र उमार्ने किरणजी कि बरालजी ? यतिवेला प्रतिक्रियावादका विरुद्ध आफ्नो पार्टीको जेजति ताकत छ त्यसको भरपुर प्रयोग गरेर आन्दोलन गर्ने क्रान्तिकारी माओवादीलाई प्रतिक्रियावाद उन्मुख देख्ने बराल कुन दुनियाँका क्रान्तिकारी हुन् ? उनले सङ्गठन बनाएको, क्रान्ति गरेको र त्यसको नेतृत्व गरेको हेर्न पाए सायद ‘जिउँदै स्वर्ग’ पो गइन्थ्यो कि ?!

http://moolbato.com बाट साभार