Tuesday, October 24, 2023

बाल्मिकी रामायण अयोध्या काण्ड

 




ऋग्वेदको आठौं मण्डलको पहिलो श्लोकमै ईन्द्र बाहेक अरुको स्तुति गरेर केही फाइदा छैन भनेर लेखिएको रहेछ ।
अनि किन दश अवतार तेत्तिस कोटी देवता आदिको चक्करमा परेको होला हिन्दूहरू ?
वेदले सबैभन्दा ठूला देउता ईन्द्र भन्दो रहेछ । अनि वैदिक सनातन धर्म मान्छौं भन्नेहरूले राम कृष्ण आदिलाई मुल देवता मानेपछि वेदको आदेश भङ्ग भएन र भन्या ?‌
वैदिक सनातनी भनेको त वेदको बेलाका कुरालाई अक्षरश: मान्ने अरु दायाँ बायाँ नजान्ने भनेको हैन र ?


हिन्दू धर्मशास्त्रमा त वुध्दलाई भक्कुमार गाली  गरिएको रहेछ ।
रामायणको अयोध्या काण्डको एक सय नौ सर्गमा गरिएको गाली हो यो ।


दसैं : चाडसँगै धर्म–संस्कृति र राजनीतिक हतियार- निनाम लोवात्ती



असोज २८ गतेदेखि सुरु भएको दसैं कात्तिक ११ गते सकिन्छ । प्रतिपदाका दिन जमरा राखेर सुरु हुने दसैं अन्तिममा पूर्णिमाका दिन विधिवत रुपमा जमरा सेलाएर १५ दिन लामो (तिथिअनुसार १३–१४ दिन वा १६–१७ दिन पनि हुने !) दसैं सक्ने गरिन्छ ।

हुनत नेपालमा लामो समयदेखि (विसं २०४६ सालमा भएको राजनैतिक परिवर्तनपछि) दसैँ बडा दसैं, दशेरा, दशहरा आदि नामले चिनिने चाड हिन्दु धर्मालम्बीको मात्रै हो कि, सम्पूर्ण नेपालीको ? भन्ने सम्बन्धमा बहस र छलफल भइरहेको छ । निश्चय नै यो बहस र छलफल अनन्त कालसम्म रहने छ ।

वास्तवमा दसैँ चाड कसको हो ? हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि, सबै नेपालीहरुको हो ? यसमा सकारात्मक ढंगले बहस, छलफल र तर्क–वितर्क हुनुलाई राम्रै मान्नुपर्ने हुन्छ । अझ आजभोलि सूचना, सञ्चार र प्रविधिको विकासका कारण दसैं चाडका बारेमा पुछारबाटै व्यापक रुपमा बहस र छलफल भइरहेको छ ।

हो, दसैँ नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरुको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ ! किनभने, कोही दसैँ चाड हिन्दुहरुको मात्रै हो भन्छन् । कोही हिन्दुहरुको पनि चाड होइन ! भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ–तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए ।

१२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डा.मदन रिमालले पनि ‘हिन्दुको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । यसरी दसैँ चाड कुन–कुन जात, समूह, वर्ग र जाति वा समुदायको हो ? भनी लामो समससम्म बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने वा भनौं प्रस्तुत प्रयास पनि जारी नै छ ।

खासखास तथ्य, प्रमाण, उदाहण र परम्परा आदि हेर्दा बिना कुनै धकचक दशैंलाई हिन्दु धर्मालम्बीहरुको महान चाड भन्न सकिन्छ । जस्तै आर्य र खस समूहकाले (खासगरी बाहुन क्षेत्रीहरुले) दशमीको दिन रातो रंगले मुछेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजया दशमी !’ भन्छन् । पश्चिमका खसहरुले दसैं मान्दैनौं भनी सार्वजनिक रुपमा भन्दै आएका छन् ।

यता आदिवासी जनजातिहरुले पनि बाध्यता रहरले दसैँ मनाउँथे÷मनाउँछन् । यहाँ वाध्यता शब्द किन प्रयोग गरिएको हो भने दसैं नमान्दा धनकुटाका आदिवासी आठपरियाहरुका प्रभावशाली व्यक्तिहरु ‘राई !’ रीदामा र ‘राई !’ रामलीहाङलाई राणा शासकहरुले मारेका थिए । ती ‘राई !’ द्वयको शालिक अहिले धनकुटाको सामुदायीक वन (चुली वन) मा राखिएको छ । विचरा ‘राई !’ द्वयले आप्mनै भूमिमा पनि मुख्य बजार (धनकुटा बजार) मा उभिने जग्गासम्म पाएनन् ! नामको अगाडि नै त्यो पनि सिंगल ईन्भर्टेड कमा राखेर ‘राई !’ लेखिएको हो भने ‘राई !’ कुनै जात वा जाति नभएर ‘पद–पदवी–पगरी’ मात्रै हो । जस्तै “सुब्बा, मुखिया, देवान–दिवान, खरदार, सरदार, सईस, माउते, डोके, हुक्के, बैठके, पिउन, हबल्दार, सिपाहीँ, ड्राईभर, खलासी, मास्टर, डोले, भरिया” आदि । जे होस्, कुनैबेला ‘राई !’ के भन्ने सम्बन्धमा छुट्टै लेख लेखिने

जे होस्, आदिवासी जनजातिहरुले पनि बाध्यताले वा रहरले दसैँ मनाउँथे÷मनाउँछन् । यहाँ बाध्यता शब्द किन प्रयोग गरिएको हो उनीहरुले बाहुन–क्षेत्रीले जस्तो रातो टीको नलगाएर दहीले मुछेको ‘सेतो टिको !’ लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए÷मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । त्यति मात्रै होइन, हिन्दुहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले गाउँघरमा चैते दसैं भन्ने गरिन्थ्यो । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो) अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ नै भन्ने गरिन्छ ।

केही दशक अघिसम्म नेपालको राज्य संयन्त्र अन्तर्गग रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को अवसरमा हार्दिक मंगलमय शुभकमना व्यक्त गरिन्थ्यो । यो वर्ष पनि नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा जनगणनाको प्रचार बजाउन छाडेर मालश्री धून बजाइरहेको छ । यसरी हेर्दा धर्म निरपेक्ष भनिएको हाम्रो देश नेपालमा हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण धार्मिक धून मालश्री नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा बजाइरहेको छ ।

केही अतिवादी हिन्दुवादीहरु  ‘बौद्ध, किरात र हिन्दुहरु एकै हुन्, उनीहरु ओम÷ऊँ कार परिवारका हुन्’ भन्ने मान्यता राख्छन् भन्ने त माथि नै पनि उल्लेख गरिएको छ । तर, यदि त्यसो हो भने, किरातीहरुले किन आप्mनो पिता–पूर्खालाई ‘गाई–गोरु’को मासु चढाउँछन् ?, बौद्ध धर्मालम्बीहरु, किन काटमार नै गर्दैनन् ?, सनातन हिन्दु धर्म वा ... हिन्दु धर्म भन्नेहरुले किन पशु–बलि दिन्छन् ? सोबारेमा उनीहरुले विस्तृत ढंगले व्याख्या गरेको देखिँदैन ।

तर, आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरु निक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडको अवसरमा छापिने, प्रसारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीको महान चाड बडादसैं !’ को सट्टामा ‘हिन्दुहरुको महान चाड बडादसैं !’ को अवसरमा वा पावन अवसरमा ! शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थाले । शुभकामना विज्ञापन र सन्देशहरु समय साक्षेप मान्न सकिन्छ ।

तर, केही अतिवादी हिन्दुहरुले निजी क्षेत्रको सञ्चारमाध्म जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ नभनेकोमा आक्रोशपूर्ण लेखहरु लेख्ने, प्रतिक्रिया दिने गर्थे÷गर्दैछन् । देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको ... ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।

वि.सं. २०६२÷०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रममा पाँच जना बाहुन (बटुक भनिन्छ होला) ! हरुलाई मात्रै मन्त्रोच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा ।

के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि माथि उल्लेख गरिएभैंm नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । ! किनभने, त्यसो गर्दा सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि एकल हिन्दुवादीहरुकै हाली मुहाली भएर पनि होला, जहिले पनि पाँच जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराइन्छ । वा, भनौं पूजा पाठ गराउंँछन् ।

हुन त यो देशमा स्वःघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुनत राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षतालगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिँदैनन् ।  

त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरुले अझै पनि आफ्नो पूरानो ढर्रा वा विरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । मुुलुकका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती ! हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संंंस्कृति आदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरु दशैंं, तिहारलाई केवल हिन्दुहरुको मात्रै चाड हो भनी विभिन्न मिडियाहरुमा शुभकामना सनदेश निक्लन थालेकोमा र, सोहीबमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् ।

यता आदिवासी जनजातिहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दसैं–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दसैं–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा द्यौसी–भैलो खेल्न त तँंछाड–मछाड नै चल्छ ।

 जे होस्, दसैं र तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादसैंमा टीका र जमरो लगाईदिएर हिन्दु धर्म मान्नै पर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ ।

तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाइन्थ्यो । त्यसरी घुमाई सकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनुहुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाईलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाडौं आएर केही बुझ्ने भएर गाउँ फर्कंदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ?!’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितप्रति लक्षित थियो, अहिले बुभ्mदा ती जोगी राज्यले खटाएको जासुस रहेछन् ।

यो कोणबाट हेर्दा दसैँ केवल चाड मात्रै नभएर धार्मिक, सांस्कृतिक र राजनीतिक हतियारका साथै छोटो समयमा ठूलो मात्रामा हुने आर्थिक गतिविधिको सशक्त माध्यम पनि हो भन्दा कसैको विमति नरहला कि भन्छु म...?!

000

www.janaaastha.com

महिषासुर राक्षस नभई असल राजा थिए

 विजया दशमी, दशैं, दुर्गापूजा, दशहरा, नवरात्री आदि नामले विश्वका हिन्दुहरुले पर्व मनाइरहेका छन्। दुर्गाले 'राक्षस' महिषासुरको हत्या गरेको उत्सवका रुपमा यसलाई मनाइन्छ। तर केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' मनाउन थालिएको छ। यो मनाउन थालिएको धेरै भएको छैन तर तीव्र रुपमा फैलिरहेको छ।

सन् २०११ मा दिल्लीमा जेएनयुका विद्यार्थीले सुरु गरेका थिए। त्यसपछि महिषासुरलाई आफ्नो पूर्खा ठान्ने असुर अन्य केही आदिवासी समुदायले यसलाई निरन्तरता दिइरहेका छन्।
झारखन्ड र छत्तीसगढमा असुर समुदायको बाक्लो उपस्थिति छ। झारखण्डको राजधानी राँचीबाट करिब डेढ सय किलोमिटर टाढा गुमला जिल्लाको सखुआपानी, जोभापाट आदि पहाडि इलामा असुर बस्छन्। झारखण्डमा असुरको जनसंख्या २२ हजार छ।
यसैगरी पश्चिम बंगालको तराई इलाकामा पनि यो समुदाय रहेको पाइन्छ। जगन्नाथपुर कलेजमा इतिहास विभागका प्राध्यापक तथा आदिवासीका विषयमा जानकार जगदीश लोहराका अनुसार असुर बाहेक अन्य आदिवासी समुदायले पनि महिषासुर आफ्नो वंश ठान्छन्। उनीहरु आर्य– अनार्यको लडाइँमा आफ्नो राजा महिषासुर पराजित भएको बताउँछन्।
उनीहरुले दुर्गापूजालाई आफ्नो अपमान ठान्न थालेका छन्। केही वर्ष पहिले छत्तीसगढको कांकेर जिल्लामा दुर्गापूजा मनाइरहेका आयोजक विरुद्ध मुद्दा दर्ता समेत गरिएको थियो। उनीहरुले आफ्नो समुदायको अपमान गरिएको बताएका थिए र महिषासुरको वधको चित्रणले आफ्नो भावनामाथि ठेस पुगेको बताएका थिए।
महिषासुर मिथक तथा परम्पराका लेखक प्रमोद रंजन छलकपटमाथि तयार गरिएको असमानतामा आधारित संस्कृति ठान्छन्।
यसलाई गलत इतिहास लेखनको कारण मान्नेहरु केही प्रमाणसहित पेश हुन थालेका छन्। दुर्गा र महिषासुरसँग जोडिएको यो कथा ‘मार्कण्डेय पुराण’ मा छ। इतिहासकार इस्बी सम्बत् २५० देखि ५०० को बीचमा यो घटना भएको मान्छन्।
भारतीय इतिहासकार डी.डी कोशाम्बी महिषासुर को पशुपालकका पुजनीय रहेको बताउँछन्। उनले आफ्नो प्राचीन भारतको संस्कृति र सभ्यतामा महिषासुरकफ हत्या ब्रह्माण धर्ममा महिषासुर मर्दिनी गर्छिन्।
हिन्दु धर्मग्रन्थमा देवता भनिएकाहरुलाई असुर आदिबासीले विदेशी आक्रमणकर्ता ठान्छन्। आफ्ना प्रिय राजालाई विदेशी आक्रमणकर्ता पुरुषले नसकेपछि छलकपट गरेर महिला (दुर्गा)लाई लगाएको ठान्छन्। पशु र महिलाको रक्षा गर्ने भएकाले महिषासुरले दुर्गामाथि प्रत्याक्रमण नगरेको उनीहरुको दाबी छ।
देवताद्वारा पठाइएकी दुर्गा शुक्ल पक्षको पहिलो दिन महिषासुरको दुर्गमा पुगेकी थिइन्। यसको सातौं दिन रातमा दुर्गाले महिषासुरको दुर्गाको द्वार खोलिदिइन् । देवगण महिषासुरको वरिपरि लुकीरहेका थिए। दुईदिन भयानक युद्ध भएको थियो। अचानक हमला गरेपनि महिषासुर र उनका सेनालाई देवगणले हराउन सकेनन्। त्यसैले नवौं दिन दुर्गालाई अघि राखे। किनभने महिषासुरले पशु र स्त्रीको संरक्षण गर्ने प्रतीज्ञा लिएका थिए ।
यसको लाभ दुर्गालाई अघि राखेर देवताले उठाएको उनीहरुको किंवदन्ती छ। यसरी आफ्ना सामाजिक सांस्कृतिक र राजनीतिक नेतृत्वकर्ता महिषासुरको हत्या भएको उनीहरु ठान्छन्। असुर समुदायकी लेखिका शुषमा असुर महिषासुरको असली नाम हुडुर दुर्गा थियो। उनी महिलामाथि हतियार उठाउँदैनथे। यसकारण दुर्गाले छल गरेर हत्या गरिन्।
आदिबासीका विभिन्न जातिको प्रचलनअनुसार महिषासुर पराजित भएको पाँच दिनपछि उनका अनुयायीले एक विशाल सभा गरेका थिए। उनीहरुले आफ्नो संस्कृति कायम राख्ने र खोसिएको सम्पत्ति फिर्ता लिने संकल्प गरेका थिए। यही दिनलाई महिषासुर साहदत दिवस मनाउनुपर्ने तर्क उनीहरु गरिरहेका छन्। असुर-श्रमण-बहुजन परम्परामा शरद पूर्णिमा महत्वपूर्ण मानिन्छ।
भारतको बुन्देलखन्डको महोबाबाट ७० किलोमिटर परेर चौकासोरा गाउँमा भारतीय पुरातत्व विभागद्वारा संरक्षित महिषासुर स्मारक मन्दिर छ।
महिषासुरलाई आफ्नो पुर्खा ठान्ने असुर पहिले फलामको काम गर्थे। अहिले यो छाडेर खेति र मजदुरी गर्छन्। असुरका गीत, पौराणिक कथा र रितिरिवाजमा महिषासुर उनका पुर्खा रहेको स्पष्ट हुन्छ। उनीहरु महिषासुरलाई भैसासुर भन्छन्।उनीहरुका अनुसार भैसासुर एक लोकप्रिय र शक्तिशाली राजा थिए।
असुर समुदायमा भैंसासुरको आरधाना
शुषमा असुर यही समुदायकी साहित्यकार र अभियान्ता हुन्। उनी असुर समुदायमा भैंसासुरको पूजा दीपावलीको दिन हुने बताउँछिन्। तर दसैंमा भने उनीहरु शोक मनाउँछन्, आफ्ना राजाको मृत्यु भएकोमा।
उनका अनुसार भैंसासुरको पूजाका लागि दिपावलीको औंशीको दिन बिहान गाइ, भैंसी र बाख्रालाई नुहाएर इरिन्डी नामक घाँस खुवाइन्छ। रात माटोबाट बनाइएको दियो बालिन्छन्। दियोमा रहेका तेल नाभी र छाति र कानमा लगाइन्छ। साढेको सिङमा पनि तेल लगाइन्छ। उनीहरुको मन्त्र हुन्छ– पुर्खालाई नष्ट गर्ने सारा शक्तिको सेवनबाट औषधिले हाम्रो रक्षा र जीवन चलाओस्।
भारतमा कयौं गाउँको नाम भैंसासुर छ । भारतको झारखण्ड, मध्य प्रदेश जस्ता कयौँ क्षेत्रमा भैंसासुर नामका गाउँ छन् । त्यसो त बनारस मा पनि भैंसासुर को मन्दिर र घाट छ । भारतको मध्य प्रदेशको कास्बा गाउँमा ‘भैंसासुर’को मन्दिर छ ।
साहित्यकार शुषमा असुर भन्छिन्, 'म तपाईंको प्रचलित कथा र धर्मग्रन्थमा हजारचोटी मारिएको छु र अपमानित भएकी छु। केही हाम्री मृत्युबाट विकासको बाटो अघि बढ्छ?' उनी पूर्व धारणा र संस्कृति पुनर्लेखन र पुन: अध्ययन जरुरी रहेको बताउँछिन्।
'महिषासुरको अर्थ राक्षस होइन'
भारतीय भाषा वैज्ञानिक तथा आलोचक राजेन्द्र प्रसाद सिंहले 'द वायर'मा लामो लेख लेखेर महिषासुरको अर्थ राक्षस नभई राजा भएको उल्लेख गरेका छन्। महिषासुर मूल रुपमा 'महिष' र 'असुर' शब्दको मिलनबाट बनेको उनको दाबी छ। महिषको सर्वाधिक पुरानो अर्थ महाशक्तिमान हुन्छ।
भारतमा जब राजतन्त्रको विकास भयो, तब 'महिष'को नयाँ अर्थ राजा भएको उनी बताउँछन्। त्यसैले अहिले पनि रानीलाई 'महिषी' बताउने गरिएको उनको बुझाइ छ। महिषको अर्थ भैंसी हुनु भाषाविज्ञानमा भएको परिवर्तनको नमूना भएको बताउँछन्। त्यो समय राजा कालो वर्णका अनार्य हुन्थे। यसर्थ महिषको अर्को अर्थ रङका आधारमा भैंसी भएको उनी बताउँछन्।
यो शब्द तीन चरणमा गुज्रेको उनको दाबी छ पहिले महाशक्तिमान, त्यसपिछ राजा र त्यसपछि भैंसी। जुन समय राजा असुर (कालो वर्णका) हुन्थे। त्यो समय यो शब्द दोस्रो चरणमा गुज्रिरहेको उनको बुझाइ छ। त्यसैले असुरको राजालाई महिषासुर भनिएको उनी बताउँछन्। तर भैंसासुर भने पछि भन्न थालिएको उनको धारणा छ।
असुर शब्दको पुरानो अर्थ राक्षस नभएको वैदिक कोशका अनुसार प्राणदाता रहेको बताउँछन्। संस्कृत शब्दकोष लेखक वीएस आप्टेले 'असु'को अर्थ 'प्राण' उल्लेख गरेका छन्। असुरको निर्माण 'अ' मा 'सुर' जोडिएर नभइ 'असु'मा 'र' जोडिएर भएको उनको दाबी छ।

000
(विभिन्न भारतीय सञ्चार माध्यम र अनलाइन स्रोतहरुको सहयोगमा नेपाल लाइभबाट)



Wednesday, January 18, 2023

किन हराए ‘जनवादी’ गीत र स्रष्टा? - सेवा भट्टराई


नेपालमा क्रान्तिकारी गीतको परम्परा आज चिनिएका क्रान्तिकारी अर्थात् माओवादी र अलि अगाडिका क्रान्तिकारी अर्थात् माले/एमाले पार्टीबाट नभएर हाल नेपालको जेठो पार्टी नेपाली कांग्रेसबाट शुरू भएको थियो।

नेपाली रेडियोमा पहिलो महिला आवाज रानुदेवी अधिकारीले २००७ सालभन्दा अगाडि नै राणा शासन विरुद्ध गीतहरू गाउँथिन्। नेपाली कांग्रेसले गोप्य रूपमा विराटनगरमा स्थापना गरेको रेडियोबाट उनका यस्ता गीत प्रसारण हुन्थेः

नेपाली नेपाली ...

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली ...

हे नेपाली आमा बाबु दिदी बहिनी दाजु भाइ

सब मिली उद्धार गरौं हाम्रो नेपाललाई

पछि नसरौं अबदेखि दुःख परे पनि

पछि नसरौं अबदेखि दुःख परे पनि।

यो विधालाई जनवादी भन्न थालियो। नेपालमा प्रजातन्त्रको स्थापनापछि केही समय सुस्ताएको यो विधा पञ्चायत कालमा फेरि सक्रिय भयो। २०२० सालको दशकमा रामेश, रायन, मञ्जुल लगायतले ‘राल्फा’ समूह स्थापना गरेपछि यो विधामा धेरै गीत बन्न थाले।

हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति रायन भन्छन्, “त्यस वेला प्रेमका गीत मात्र गाइन्थे। गरीबको कठिन जीवनको बारेमा गीत हुँदैनथे। हाम्रो उद्देश्य गीतसङ्गीतको माध्यमबाट चेतना जगाउनु र समाज परिवर्तन गर्नु थियो।”

लेखक पारिजातले वैचारिक नेतृत्व गरेको यो समूहले ‘गाउँ गाउँबाट उठ’ र ‘गरीबको चमेली’ जस्ता धेरै विद्रोही गीतहरूको सिर्जना गर्‍यो। ती गीत गाउँदै पञ्चायतको विरोध गर्दै राल्फा देशका विभिन्न भागमा पुग्यो र ‘प्रगतिशील’ विधाको स्थापना गर्‍यो। यो विधा संसारका विभिन्न ठाउँमा देखा परेको ‘प्रोटेस्ट म्युजिक’ सँग मिल्दोजुल्दो छ।

लेखक पारिजातले वैचारिक नेतृत्व गरेको यो समूहले ‘गाउँ गाउँबाट उठ’ र ‘गरीबको चमेली’ जस्ता धेरै विद्रोही गीतहरूको सिर्जना गर्‍यो।

यो विधाले प्रेम जस्ता लोकप्रिय विषयलाई बेवास्ता गर्दै असमानता र अन्यायका विषयमा शब्द रच्छ। यस्तो गीतका सङ्गीत सैन्य वा युद्ध सङ्गीतसँग मिल्दोजुल्दो हुन्छ, र लोकधुनमा आधारित हुने हुनाले बुझ्न, सम्झिन र दोहोर्‍याउन सजिलो हुन्छ।

२०४६ साल र २०६२/६३ को आन्दोलनको सफलतामा यी गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका रहेको विश्लेषकहरू बताउँछन्। दशक लामो माओवादी हिंसात्मक विद्रोहका क्रममा पनि असमानता र अन्यायका विरुद्धमा गीतहरू बनेका थिए। माओवादी सांस्कृतिक टोलीहरूले यी विषयका साथै युद्ध सम्बन्धी गीतहरू पनि बनाएका थिए।

युद्धमैदानमा वीरता र शहीदको बलिदानको प्रशंसा गर्दै धेरै गीतहरू बनेका थिए। तीमध्ये नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध सामना समूहका कलाकारहरूले तयार पारेको एउटा गीत तीन वर्षअघि यूट्युबमा देखा परेको थियो। भिडिओमा कमब्याट पोशाक र ट्र्याकसुटमा महिला र पुरुष मञ्चमा उत्साहपूर्वक नाचिरहेका छन्।

यो आधुनिक र आक्रामक नृत्यका मुद्रा कुनै पनि रियालिटी शो वा म्युजिक भिडिओमा अस्वाभाविक देखिँदैनन्। तर, गीतका शब्दले भने यो नाच मनोरञ्जन मात्र नभएको बताउँछन्ः

चमचम गर्ने खुकुरी साँध लाउने वेला भो

फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने वेला भो

फेरि जँघार तर्ने वेला भो

बारुदसँग खेल्ने वेला भो

फेरि भुल्को उठ्ने वेला भो

दुश्मनसँग भिड्ने वेला भो।

केही अध्येता यस्ता आक्रामक गीतलाई पनि ‘जनवादी’ र ‘प्रगतिशील’ विधाका उत्तराधिकारी मान्छन् भने केहीले ‘क्रान्तिकारी’ मात्र भन्न सकिने बताउँछन्। माओवादी द्वन्द्वकालमा यस्ता गीत र नाच धेरै लोकप्रिय थिए। माओवादीका सांस्कृतिक टोलीहरू पार्टीको पक्षमा जनमत बढाउन यस्ता नाच र गीत प्रस्तुत गर्दै देशका विभिन्न ठाउँमा पुग्थे, ती सांस्कृतिक पहलले कतिपय ठाउँमा काम पनि गरे। तर, द्वन्द्वकाल अन्त्य भएको १५ वर्षपछि यस्ता क्रान्तिकारी गीत कतै सुनिँदैनन्।

“युद्धमैदानका त्यस्ता गीतहरू इतिहासको एउटा क्षणमा सान्दर्भिक थिए, अहिले सान्दर्भिक रहेनन्।”

“यी क्रान्तिकारी गीतको भूमिका क्रान्तिकारी पार्टीमा मानिसहरू भर्ती गर्नु र परिचालन गर्नु थियो,” माओवादीमा विगतमा एउटा सांस्कृतिक समूहको नेतृत्व गरेका मणि थापा भन्छन्, “युद्धमैदानका त्यस्ता गीतहरू इतिहासको एउटा क्षणमा सान्दर्भिक थिए, अहिले सान्दर्भिक रहेनन्।”

यस्ता केही गीत यूट्युबमा पाइन्छन्। तर, कतै रेकर्ड नगरिएका कारण थुप्रै गीत हराइसकेका छन्। यो भौतिक कारण बाहेक ती गीत अहिले नसुनिनुको अमूर्त कारण पनि रहेको लेखक तथा सङ्गीत अध्येता रमण घिमिरेको विचार छ। “यस्ता गीतहरू कुनै एउटा सिद्धान्तसँग सम्बन्धित हुन्छन्, र आन्दोलनलाई आवश्यक भएसम्म मात्र सान्दर्भिक हुन्छन्। दीर्घकालमा सबै क्रान्तिकारी गीतको यस्तै हालत हुन्छ,” घिमिरे भन्छन्।

माओवादी पार्टीको सांस्कृतिक समूहमा पनि थुप्रै प्रतिभाशाली लेखक, सङ्गीतकार र गायक थिए, तर पछि सांस्कृतिक समूह नै भङ्ग गरिएको थियो। “युद्धविरामपछि हामी कुन दिशामा जाने, शान्ति कि क्रान्ति भन्नेबारे ठूलो बहस भएको थियो,” गायिका लक्ष्मी गुरुङ बताउँछिन्। उनले सामना सांस्कृतिक समूहकी उपप्रमुख भएर यस्ता दर्जनौं गीत गाएकी थिइन्-

रणमैदानमा हो साथी रणमैदानमा

वीरहरूको जीवन फुल्छ रणमैदानमा।

कुनै समयमा माओवादी पार्टीको मूलधार अन्तर्गत धेरै लेखिने र गाइने क्रान्तिकारी गीतहरूको दायरा आज निकै साँघुरिएको छ। शान्ति प्रक्रियापछि यस्ता गीतको माग नभएपछि गायिकाका रूपमा बाँच्न गाह्रो भएको गुरुङ बताउँछिन्।

“हामी आजकाल गाउँ गाउँमा गएर गीत गाउँदैनौं। काठमाडौंमा औपचारिक कार्यक्रमहरूमा फाट्टफुट्ट गाउँछौं,” उनी भन्छिन्। क्रान्तिकारी गीतहरूको सान्दर्भिकता र दायरा खुम्चिएसँगै उनको समूहका धेरै कलाकार अरू नै क्षेत्रमा लागिसकेका छन्।

क्रान्तिकारी गीतका प्रमुख सर्जक खुशीराम पाख्रिनको निधन भइसकेको छ भने मणि थापा आज गायकभन्दा पनि राजनीतिज्ञका रूपमा चिनिन्छन्। उनी माओवादी छाडेर नेकपा (एमाले)मा क्रियाशील छन्। अन्तिम समयसम्म पनि क्रान्तिकारी गीतहरू गाइरहनेमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्छ। तर, भूमिगत हुँदासम्म आक्रामक गीतहरू सार्वजनिक गरिरहेको उक्त पार्टीको सामना सांस्कृतिक समूहका गीत पछिल्लो समय ‘समाजसुधार’ मा केन्द्रित देखिन्छन्।

कला क्षेत्रमै अघि बढ्न खोज्ने क्रान्तिकारी कलाकारहरूले आफ्नो कला नै केही परिवर्तन गरेका छन्। माओवादीको तत्कालीन प्रतिरोध समूहकी प्रगती महरा अहिले सामाजिक विकृति र परिवर्तनका बारेमा गाउँछिन्। “युद्ध विषयका गीतहरू इतिहास हुन्, ती दिनहरू सकिइसकेकाले हामी आजका आवश्यकतामा केन्द्रित छौं,” उनी भन्छिन्।

क्रान्तिकारी गीतको तीव्र गतिमा भएको उदय र अवसानपछि पनि जनवादी गीत गाउने राल्फा समूह भने अझै सक्रिय छ। तर, तत्कालीन माले पार्टीसँग आबद्ध भई पञ्चायतको विरोध गरेको राल्फाका सदस्यले आज आफूलाई राजनीतिबाट अलग्याएका छन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति रायन भन्छन्, “हामीले सधैं जनताका पक्षमा काम गर्‍यौं। म आज यो पदमा छु, र यहाँबाट लोककलाको संरक्षण र प्रवर्द्धनन गर्न सक्छु।”

“जनतालाई आवाजको खाँचो हुन्छ, शक्तिका सामु सत्य बोल्ने गीतको खाँचो हुन्छ।”

उनका सहकर्मी रामेशले पनि राजनीतिबाट आफूलाई अलग्याएका छन्, भलै धेरै राजनीतिक समूह र आन्दोलनले राल्फाका गीतहरू अपनाउँदै आएका छन्। पञ्चायतको विरोध गर्न रचिएका गीतहरूलाई माओवादीले पनि अपनाएका थिए र २०६२/६३ को राजतन्त्र विरोधी आन्दोलनमा पनि प्रयोग गरिएका थिए। तर, ती गीतका सर्जकहरूमध्येका रामेश भने पछिल्लो समय बालगीत सिर्जनामा बढी सक्रिय छन्।

“हामीले जनवादी गीत गायौं, मानिसहरूले राम्रो कामका लागि ती गीतको प्रयोग गर्न चाहन्छन् भने गरे हुन्छ। तर, कुनै राजनीतिक स्वार्थका लागि त्यस्ता गीतको प्रयोग गर्नु अपराध सरह हो,” उनी भन्छन्।

राल्फाका गीतहरूले न्याय र समानताका बृहत्तर मुद्दाबारे बोल्ने हुनाले ती सर्वकालीन हुन पुगेका छन्। र, युद्धमा केन्द्रित माओवादी गीतहरू हराइसक्दा पनि यी गीतहरू बारम्बार प्रयोग गरिन्छन्। यी गीतहरूसँग सम्बन्धित राजनीतिक आन्दोलनहरू एक हिसाबले ‘सफल’ भइसकेको अवस्थामा समाजमा यस्ता गीत अझै आवश्यक छन् कि छैनन् भन्ने पनि एउटा प्रश्न छ, तर समाजमा असमानता हुन्जेल यस्ता गीतको खाँचो रहने जनवादी गायकहरू बताउँछन्।

मसाल पार्टीको रक्तिम सांस्कृतिक समूहका संस्थापक जीवन शर्मा क्रान्तिकारी गीतबाट मूलधारतर्फ लागेका थोरै गायकमध्ये एक हुन्। उनी जनजीविकामा सरोकार राख्ने गीत गाउन दलविशेषसँग जोडिनु नपर्ने धारणा राख्छन्। “जनतालाई आवाजको खाँचो हुन्छ, शक्तिका सामु सत्य बोल्ने गीतको खाँचो हुन्छ। यदि गीतहरूले त्यसो गर्न सके भने त्यस्ता गीत कुनै राजनीतिक पार्टीसँग आबद्ध हुनु पर्दैन, त्यस्ता गीतको आफ्नै जीवन हुन्छ,” उनी भन्छन्।

शर्मा आबद्ध रक्तिम समूह मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग नजिक भएको हुनाले पञ्चायत कालमा उनका गीतहरू अनौपचारिक रूपमा प्रतिबन्धित थिए भने शर्मा आफैं पनि लामो समयसम्म भूमिगत थिए। यसै गरी कुनै समय नेपालमा सबै जनवादी, प्रगतिशील र क्रान्तिकारी गीत र सर्जक प्रतिबन्धित नै भएका हुन्। विडम्बना, कुनै समयमा विद्रोही गीत रचना र प्रचारप्रसार गर्ने माओवादीले आफू सत्तामा हुँदा विद्रोही गीतमाथि नियन्त्रण गर्ने प्रवृत्ति देखाएका छन्।

२०७५ फागुनमा पूर्व माओवादी समेत आबद्ध नेकपाको सरकार छँदा सार्वजनिक भएको पशुपति शर्माको व्यङ्ग्यात्मक गीत ‘लुट्न सके लुट्’ ले सत्तापक्षका कार्यकर्ताबाट चर्को विरोध र आलोचना भोग्नुपरेको थियो। दबाब थेग्न नसकेर शर्माले गीत भोलिपल्टै यूट्युबबाट हटाएका थिए र पछि केही काँटछाँट गरेर फेरि अपलोड गरिएको थियो। २०७८ चैतमा माओवादी लडाकूको व्यथा समेटिएको प्रकाश सपूतको ‘पीर’ ले पनि माओवादीकै धम्कीका कारण भिडिओको केही दृश्य परिवर्तन गर्नुपरेको थियो।

सत्ता नहुँदा ‘विद्रोही’ सामग्रीलाई प्रश्रय दिने र सत्तामा हुँदा भने त्यस्तै विद्रोह दबाउने प्रवृत्ति बारम्बार देखिने गरेको छ। यस्तो समयमा राजनीतिक दलबाट अलग रहेर जनपक्षीय तथा जनवादी गीतहरू सिर्जना गर्ने सर्जकहरूको खाँचो देखिएको छ।

तर, रामेश र जीवन शर्मा जस्ता केही सर्जकले फाट्टफुट्ट यस्ता गीतको सिर्जना गरे पनि शुरूमा जनवादी साहित्यमा रुचि देखाएका शम्भु राई, गणेश रसिक, आभास लगायत सर्जकहरूको अहिले यो विधामा सक्रियता छैन। यस्तै, क्रान्तिकारी सर्जकहरूले जनवादी विधाको मूलधारमा पुगेर त्यसलाई निरन्तरता दिन सकेका छैनन्।

(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य सङ्कलक र अनुसन्धानकर्ता हुन्। हिमालको २०७९ असोज अंकमा ‘‘जनवादी’ गीत: सत्ताका भर्‍याङ’ शीर्षकमा प्रकाशित।)

www.himalkhabar.com

Monday, December 25, 2017

क्रान्तिकारी ध्रुवीकरण र सांस्कृतिक मोर्चा - डा. ऋषिराज बराल


विश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ । मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधर क्रान्तिकारीहरू आफ्नो पार्टीको स्थिति र मुलुकको विशिष्टतामा माओलाई सम्झिदै क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । 

साम्राज्यवाद र तिनका मतियारहरूले विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर अझै पनि होहल्ला मच्चाइरहेका छन । परन्तु सत्य के हो भने आज साम्राज्यवाद हिजोभन्दा झनझन सङ्कटको अवस्थामा छ र यो अन्तरसाम्राज्यवादी अन्तर्विरोधबाट ग्रस्त छ । माओको मृत्युपछि आरम्भ भएको चिनियाँ पुँजीपन्थीहरूको अभियान सामाजिक साम्राज्यवादमा परिणत हुनुको तहसम्म पुगेको छ, र त्यहाँका नयाँ बादसाहहरूले माओलाई निषेध गर्दै, माओ र माओवाद इतिहासको विषय भन्दै आफूलाई ''नयाँ युगको नयाँ नायक'' का रूपमा स्थापित गर्न खोजेका छन् । परन्तु, यथार्थको अर्को पाटो पनि छ । माओले क्रुस्चेवका सन्दर्भमा भन्नुभएझै आजका चिनियाँ सत्ताधारी वर्गले माओरूपी तरवार फ्याले पनि विश्वका सर्वहाराहरू, उत्पीडित जनताका प्रतिनिधि र क्रान्तिकारी पार्टीहरूले त्यो तरवार फ्यालेका छैनन् र फ्याल्ने पनि छैनन् । आज विश्वका थुप्रै मुलुकहरूमा माओवादी आन्दोलन नयाँ किसिमले सङ्गठित भइरहेको छ र माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्यमान्यताको महत्त्व र सान्दर्भिकता झनझन बढ्दैगएको छ । नेपाली समाज र पछिल्ला घटनाक्रमहरूको अध्ययन गर्दा नेपालमा माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्य र निर्देशित गरेको बाटोको अर्थ र सन्दर्भ झन बढेर गएको प्रस्ट हुन्छ । प्रश्न त्यसलाई शब्दमा मात्र लिने कि कर्ममा भन्ने मात्र हो ।

विश्वकम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स, एंगेल्स , लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ । राजनीतिक क्षेत्रमा मात्र नभएर सांस्कृतिक तथा सौन्दर्यशास्त्रीय क्षेत्रमा पनि उहाँहरूको योगदान त्यत्तिकै उच्च र स्मरणीय छ । आज हामी जसलाई मार्क्सवादी र्सान्दर्यशास्त्र भन्छौँ, यो मार्क्सदेखि माओसम्मका दार्शनिक तथा वैचारिक चिन्तकहरूले विकास गरेको सौन्दर्यसम्बन्धी धारणाको मोठ रूप हो । मार्क्सवादी सौन्दर्यशास्त्रलाई समृद्ध पार्ने कार्यमा माओको विशिष्ट योगदान छ र यसमा पनि माओको ''एनान प्रवचन" को विशिष्ट महत्त्व रहेको छ । वर्गयुद्ध लडिरहेको समाजका लागि माओले विकसित गरेका सौन्दर्यशास्त्रीय मूल्यहरू सार्वभौम र चीरकालिक महत्त्वका छन् । सौन्दर्य चिन्तनको क्षेत्रमा माओले स्थापित गरेका सौन्दर्य मूल्यहरूलाई अवमूल्यन गर्नु भनेको सारतः मार्क्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा भएको विकास र समृद्धिकै अवमूल्यन हो ।

विविध लेख, टिप्पणी तथा सिर्जनकार्यद्वारा माओले आफ्ना सौन्दर्यसम्बन्धी धारणा व्यक्त गर्नुभएको छ तापनि सौन्दर्यशास्त्रीय मूल्यका दृष्टिले एनानमा माओले दिएको साहित्य-कलासम्बन्धी प्रवचन ''एनान प्रवचन" को सर्वोपरि महत्त्व रहेको छ । कालक्रमिक रूपमा देखापरेका वर्गसङ्घर्षका नवनव रूप र आन्दोलनको विशिष्ट चरित्रसित जोडेर सौन्दर्यसम्बन्धी व्याख्या, विश्लेषणा र संश्लेषण गर्ने क्रममा माओले मार्क्सवादी सौन्दर्यचिन्तनमा गुणात्मकता थपेर मार्क्सवादी र्सान्दर्यशास्त्रलाई नयाँ दिशा प्रदान गर्नुभएको छ । आजभन्दा करिब ७७ वर्षअघिको सो प्रवचनको महत्त्व हिजोभन्दा झन् बढेर गएको छ र सो प्रवचन सधैँ ताजा र सान्दर्भिक भएको तथ्य यसले गरेको दिशाबोधबाट प्रस्ट हुन्छ । 

मार्क्सवादी सौन्दर्यशास्त्रलाई विभ्रमीकरण गर्ने, साहित्य तथा कलाको समाजरूपान्तरणकारी भूमिकालाई न्यूनीकरण गर्नेहरू तथा वामपन्थका नाममा यथास्थितिवादको अभ्यास गरिरहेकाहरूले ‘एनान प्रवचन’ को महत्त्व तथा माओका योगदानहरूलाई निषेध र अवमूल्यन गर्नु नयाँ र अनौठो विषय होइन, परन्तु आफूलाई मालेमाका पक्षधर, नयाँ जनवादी क्रान्ति र सांस्कृतिक आन्दोलन र अभियानप्रति समर्पित भन्नेहरूले समेत ''एनान प्रवचन" को सार्वकालिक र सार्वभौम महत्त्वप्रति प्रश्न उठाउनुचाहिँ साँच्चिकै विडम्बनाको विषय हो ।

यथार्थतः ''एनान प्रवचन" लाई हेर्ने दृष्टिकोणले वामपन्थी भन्नेहरूको मात्र होइन, आफूलाई क्रान्तिकारी र माओवादी भन्नेहरूको समेत पोल खोलिदिएको छ । यसले को सही अर्थको क्रान्तिकारी र को अवसरवादी र छद्म संशोधनवादी हो भन्ने कुरासमेत प्रस्ट पारेको छ । पार्टीमा प्रवेश गर्न सफल भएका पुँजीवादी तथा संशोधनवादी प्रवृत्ति बोकेकाहरू विरुद्ध चलाइएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सन्दर्भमा समेत ''एनान प्रवचन'' लाई केन्द्रीय महत्त्व दिनुले पनि यसको वैचारिक तथा सौन्दर्यशास्त्रीय महत्त्वको आयामलाई मापन गर्न सकिन्छ । राजनीतिक दृष्टिले तीव्र अन्तर्विरोधको स्थितिमा रहेको नेपाली समाजको वर्तमान स्थिति र आफूलाई माओवादी भन्नेहरूमा समेत वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलन तीव्र रूपमा देखापरेको अवस्थामा ''एनान प्रवचन" को महत्त्व झन् बढेरगएको छ । नेपाली क्रान्तिको स्वरूप नयाँ जनवादी र नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली क्रान्तिको कार्यदिशा भएझैँ नयाँ जनवादी सांस्कृतिक आन्दोलन नै नेपाली नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ ।

प्रमुख र सदैव ध्यान दिनुपर्ने कुरा के हो भने ''नयाँ जनवादको संस्कृति", ''एनान प्रवचन" र पछि ''सयौँ फूल फुल्न देउ…" र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सम्बन्धमा माओले जेजस्तो धारणा अघि सार्नुभएको छ , यो सांस्कृतिक तथा साहित्यिक सन्दर्भमा मात्र सीमित छैन, यसको अहम् राजनीतिक महत्त्व छ । यसमा विश्व सर्वहारावादी क्रान्तिकारी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर चिन्ता र चिन्तन निहित छ । अझ माओवादको नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै क्रान्तिलाई बदनाम गर्न/गराउन एकथरीहरू लागेको अवस्थामा यसको सार्वभौम महत्त्व अझ बढेको छ । ''एनान प्रवचन" ले थुप्रै पक्षमा प्रकाश पारेको छ, खासगरेर प्रतिबद्धता, सांस्कृतिक सेना, आधार अधिरचनाबीचको द्वन्द्वात्मक महत्त्व, सार र रूप, उपयोगिता र मूल्य, संयुक्त मोर्चा, इतिहासको मूल्याङ्कन जस्ता गम्भीर र सारगर्भित विचारहरू यसमा प्रस्तुत छन् । यसलाई खास राजनीतिक सन्दर्भमा मात्र, त्यसमा पनि चिनियाँ सन्दर्भमा मात्र मात्र सीमित गर्न खोज्नु भनेको सारतः मार्क्सवादी सौन्दर्यशास्त्रीय मूल्यकै अवमूल्यन गर्नु हो । त्यसैगरी माओभन्दा पनि आफू लाई बढी माओ ठान्ने कतिपय लाल बुझक्कडहरूले माओले अघि सारेका सांस्कृतिक सेनासम्बन्धी धारणाको गलत व्याख्या गरेर यसको भ्रष्टीकरण र विकृतीकरण गरेका छन् । यी दुवै मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी गलत बुझाइका परिणाम हुन् । एउटा प्रवृत्तिले संशोधनवाद र अर्को प्रवृत्तिले ‘क्रान्तिकारी रूपवाद’ को प्रतिनिधित्व गर्दछ । सारतः यी दुवै वैचारिक विचलनका परिणाम हुन् ।

क्रान्तिकारीहरूका लागि ''एनान प्रवचन" सौन्दर्यशास्त्रीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण दस्ताबेज हो र यसलाई रूपमा होइन, सारमा लिनु आवश्यक छ । यसलाई कोरा भावनामा होइन, क्रान्तिकारी 


( एनान फोरमपछि लेखक-कलाकारहरूसित सामूहिक फोटोमा कमरेड माओ र चु तेह हरू)

राजनीतिक उदेश्यका लागि व्यवहारमा प्रस्तुत गर्नु आवश्यक छ । अनि मात्र माओका योगदानहरूको सही मूल्याङ्कन गरेको ठहर्छ । यथार्थतः समस्या विचार र राजनीतिमा छ । क्रान्तिको कुरा गर्नेहरूले नै “अब आएर माओले निर्देशित गरेका नयाँ जनवादी क्रान्तिसम्बन्धी वैचारिक, राजनीतिक र फौजी मान्यताह रू असान्दर्भिक बनेको ” ''नेपाली समाज अर्धसामन्ती-अर्धऔपनिवेशिक नरहेर पुँजीवादी समाजमा फेरिएकाले अबको क्रान्तिको चरित्र समाजवादी'' भन्दै क्रान्तिसम्बन्धी माओवादी मान्यतालाई सोझै खारेज गर्न थालेपछि यसको प्रतिबिम्बन सांस्कृतिक आन्दोलनमा पर्छ नै । त्यसैले अहिलेको प्रश्न भनेको माओले भनेझैँ राजनीतिलाई दरोसित समात्ने कि नसमात्ने भन्ने हो । नयाँ जनवादी क्रान्तिलाई आत्मसात गर्ने कि नगर्ने भन्ने हो । नयाँ जनवादी क्रान्ति आजको नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो र ‘क्रान्तिका तीन जादुगरी हतियार’ को कुशलतापूर्व प्रयोगका साथ अघि बढेर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । जेजे पदावली प्रयोग गरे पनि अन्ततः नेपाली नेपाली क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धमा प्रवेश नगरी धरै छैन । नेपाली क्रान्तिको रक्षा र गतिका लागि अर्को बाटो छैन । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ ।

यतिखेर नेपालको राष्ट्रियता र जनतन्त्र दुवैले गम्भीर समस्या र सङ्कट भोग्दै गरेको यथार्थ हाम्रा सामु छ । एकातिर भारतीय विस्तारवाद र तिनका दलालहरू नेपाललाई आफ्नो कठपुतली बनाउन चाहिरहेका छन् भने अर्कोतिर कम्युनिस्टरूका नाममा ''वामगठबन्धन" को भ्रम व्याप्त छ । सही अर्थका माओवादी क्रान्तिकारीहरूले एकैचोटि दोहोरो मोर्चा समाल्नु परेको आवस्था छ । एउटा प्रधान र अर्को गौण भए पनि दुवै मोर्चामा नलडी धरै छैन । माओवादी आन्दोलनलाई अघि बढाउने हो भने सही अर्थका क्रान्तिकारीहरू, मालेमाका पक्षधरहरूबीच क्रान्तिकारी एकता र संयुक्त मोर्चा आवश्यक छ र यसका लागि सर्वप्रथम वैचारिक-राजनीतिक प्रस्टता हुनु आवश्यक छ । मित्र को हो र सत्रु को हो ? भन्ने कुरामा प्रस्ट हुनुपर्छ, कसको भण्डाफोर गर्ने र कसको प्रशंसा गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ । 

अहिले जसरी वर्गीय प्रश्नहरू ओझेलमा परेका/पारिएका छन् र वर्गविरोधी पहिचानवादी प्रवृत्तिलाई योजनाबद्ध ढङ्गले अघि बढाउन थालिएको छ, यो वर्गीय मुक्ति आन्दोलनका लागि निकै खतरनाक छ र यसप्रति हामी सबै चनाखो र गम्भीर हुनु आवश्यक छ । यसका लागि लडाइँ घरैबाट आरम्भ गर्नु आवश्यक छ । नेपालको सन्दर्भमा हामी दुईदशकभन्दा अघिदेखि ''उत्तरवादी" धारणा ''उत्तर-आधुनिकतावाद", ''उत्तर-मार्क्सवाद" र ''उत्तर-औपनिवेशिकतावाद" का विरुद्ध लडिरहेका छौं, तर एक थरी आफूलाई अब्बल दर्जाको क्रान्तिकारी ठान्दै ''उत्तर-साम्राज्यवाद" अर्थात साम्राज्यवादको अन्त्यको वकालत गरिरहेका छन् । घोषित संसोधनवादले भन्दा क्रान्तिकारी आवरणमा रहेको छद्म संसोधनवादले बढी भ्रम दिन्छ भन्ने कुरा हामीले स्वीकार्नै पर्ने हुन्छ । त्यसैले अबको लडाइं साँच्चिकै जटिल छ । यही समस्या सांस्कृतिक मोर्चाको पनि हो, जसले संयुक्त मोर्चा निर्माणमा जटिलता थपेको छ । क्रान्तिकारी भनिएका पार्टीहरू अकर्मण्यता र गतिहीनताको सिकार भएझैं तिनका सांस्कृतिक मोर्चाहरू पनि अस्तव्यस्त, भद्रगोल र दिशाहीन स्थितिमा पुगेको यथार्थलाई स्वीकार गरेर यसका पछाडि निहित कारणहरू खोज्नु आवश्यक छ ।

माओवादी क्रन्तिकारीहरूबीच एकताका कुरा बडो जोडतोडले उठ्ने गर्छन् , तर यससित सम्बद्ध आधारभूत पक्षमा त्यति गम्भीर बहस भएको पाइंदैन, यो औपचारिकतामा मात्र सिमित देखिन्छ । यो कार्यकर्ताको चित्त बुझाउन मात्र अघि सारिएको नाराजस्तो मात्र भएको छ । यथार्थ के हो भने राजनीतिक मोर्चाको मात्र नभएर सांस्कृतिक क्षेत्रले पनि क्रान्तिकारीहरूबीच कसरी एकता र मोर्चाबद्धताको वातावरण निर्माण गर्ने भन्ने कुरामा गम्भीर हुनु आवश्यक छ । यसमा सबैले आआफ्ना कमीकमजोरी, सीमा र समस्या आत्मसात गर्दै आत्मसमीक्षा गर्नु आवश्यक छ । इतिहासको गम्भीर समीक्षा , विगतमा कहाँकहाँ, र कोकोबाट र केकेमा कमीकमजोरी र त्रुटी भए भन्ने कुराको गम्भीर समीक्षा नगरी चित्त प्रसन्नताका साथ एकताबद्ध र मोर्चाबद्ध भएर अघि बढ्न सक्ने आधार निर्माण हुन सक्तैन । क्रान्तिकारी मोर्चाबद्धता र योजनाबद्धताका लागि यो आवश्यक छ । राजनीतिक तथा सांस्कृतिक दुवै क्षेत्रमा क्रान्तिकारीहरूबीच एकता, ध्रुवीकरण र मोर्चाबद्धता अहिलेको आवश्यकता हो । यो काम प्रतिक्रियावादी सत्ताको प्रतिनिधित्व गरेर सरकार चलाइरहेकाहरूको तावेदारी गर्ने सत्ता तावेदार कथित प्रगतिशील लेखकहरूसित एकता अथवा साझा मोर्चा बनाएर होइन, सही अर्थका प्रगतिशीलहरूसित एकता तथा मोर्चा बनाएर मात्र सम्पन्न गर्न सकिन्छ । लु स्यनले “प्रतिक्रियावादीहरू एक भइसके हामी किन अलमलिएका” भनेझैँ, यतिबेर क्रान्तिकारी बुझाइ र योजनाबद्धताको खाँचो छ । कम्तीमा पनि नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच यस किसिमको पहलको आवश्यकता छ ।

सांस्कृतिक आन्दोलन र संयुक्त मोर्चाका सन्दर्भमा माओले भनेका कुराहरू “भुत्ते चक्कूले रगत आउँदैन भद्दा सेनाले लडाइँ जित्न सक्तैन” भन्ने यथार्थ हाम्रो सांस्कृतिक आन्दोलनका सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ र सही अर्थमा नेपाली क्रान्तिका लागि सांस्कृतिक सेनाको भूमिका पूरा गर्ने हो भने हामीले यस यथार्थलाई गम्भीरतापूर्वक ग्रहण गर्नु आवश्यक हुन्छ । सतही हेराइ तथा दिशाहीन कुदाइ होइन, अलि गहिरामा जानु आावश्यक छ । कुखुराको उडान होइन, चीलको उडान आवश्यक छ । माओको ''दुई चराको सम्बाद'' लाई आत्मसात गर्नु आवश्यक छ । प्रमुख कुरा ''पोलिटिक्स इन कमान्ड" नै हो, यसले सही दिशा र गति लिनु आवश्यक छ र यसलाई सही दिशा र गति दिनका लागि सांस्कृतिक क्षेत्रको भूमिका सक्रिय र सशक्त बनाउनु आवश्यक छ, खबरदारी आवश्यक हुन्छ, औँला ठड्याउनै पर्ने हुन्छ । 

प्रस्ट होऔँ : माओले ‘चिङकाङ्सान पुन: आरोहण’ मा भनेझैं यदि पहाड चढ्न आँट गरिन्छ भने संसारमा कठिन भन्ने कुरा केही छैन । राजनीतिक क्षेत्रमा होस् अथवा संस्कृतिक क्षेत्रमा समयले पुरानो र मृत पक्षबाट सम्बन्ध विच्छेद र नयाँ र जीवन्त पक्षसित सम्बन्ध विस्तारको माग गरेको छ भन्ने कुरालाई आत्मसात गर्नु अहिलेको आवश्यकता हो । यही नै ''एनान प्रवचन" को सारतत्त्व हो । माओ दिवस मनाउनुको अर्थ हो ।

००० 

http://janamel.com बाट साभार