Friday, March 13, 2015

धर्म र नेपाली कम्युनिस्ट - अाहुति


ahuti_article

१. विषय प्रवेश
मानव जगतमा दुई विश्वदृष्टिकोण छन् । चेतना (प्रत्यय) लाई प्राथमिक मान्ने प्रत्ययवाद र पदार्थलाई प्राथमिक मान्ने भौतिकवाद । परिवर्तनको श्रोत पदार्थभन्दा बाहिर खोज्ने अतिभूतवाद र परिवर्तनको श्रोत पदार्थभित्र नै खोज्ने द्वन्द्ववाद । समष्टिमा अतिभूतवादी प्रत्ययवाद र द्वन्द्वात्मक भौतिकवाद । सबै धर्महरु मूल रूपमा अतिभूतवादी प्रत्ययवादको दार्शनिक मान्यताको जगमा उभिएका हुन्छन् । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आविष्कारसहित कम्युनिस्ट आन्दोलनको जन्मभन्दा पहिले भएका सबैप्रकारका राजनीतिक आन्दोलनहरुले विश्वदृष्टिकोणमा परिवर्तनको मुद्दा उठाएका थिएनन् । तर कम्युनिस्ट आन्दोलन एउटा यस्तो राजनीतिक आन्दोलनका रुपमा उपस्थित भयो जसले हजारौं मतहरुमा व्यक्त अधिभूतवादी प्रत्ययवादका विरुद्ध चुनौती दियो । यस अर्थमा कम्युनिस्ट आन्दोलन सारतत्वमा विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन बन्न पुग्यो । धर्म विश्व दृष्टिकोणसँग सम्बन्धित मुद्दा भएकाले कम्युनिस्ट आन्दोलन सबै धर्मको विरुद्धमा पनि स्वतः उभिन पुग्यो ।
वेदका रचनाकारहरु त्यसबेलाका महान् मानिसहरु थिए । ठाउँपिच्छे देवता जन्मिने परम्परालाई तोडेर मूर्ती पूजाको विरोध गर्ने गौतम बुद्ध, एक अल्लाहको धारण ल्याउने मोहम्मद अनि मालिकलाई मात्र ईश्वरको आशीर्वाद मिल्छ भन्ने मान्यताका विरुद्ध इश्वरको नजरमा सबै बराबर भन्ने इसामसिह वास्तवमा आफ्नो जमानाका महान् क्रान्तिकारीहरु नै थिए । मानव जातिको दुःखलाई कम गर्न धर्ती, हावा, पानी, अग्नि आदिलाई खुसी पार्न पूजा गर्ने प्राकृत धर्मीका प्रथम नायकहरु आफ्नो जमानाका महान् मानवसेवी नै थिए ।
इतिहासका सबै वर्गसंघर्ष, उत्पादनका लागि भएका संघर्ष र वैज्ञानिक प्रयोगको अनुभवको सार खिच्न सक्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दार्शनिक हतियारद्वारा सुसज्जित मानव जातिको अन्तिम शोषित तर क्रान्तिकारी वर्ग हुनुको नाताले सर्वहारा वर्गका अगाडि एकातिर आफूसहित सबै उत्पीडित वर्ग र समुदायलाई मुक्त गर्ने अभिभारा छ भने अर्कोतिर मानव जातिले आर्जन गरेका समस्त संस्कृतिले मानवजातिको लागि गरेको सेवा र हानीको मूल्याङकन गरी मानव जातिको सबै पुस्तालाई यथोचित न्याय गर्नुपर्ने, न्यायाधीशको भूमिका खेल्नुपर्ने अभिभारा पनि छ । यो दोस्रो अभिभारा पूरा गर्ने क्रममा कम्युनिस्टहरुले आफूलाई परम्परागत नास्तिकभन्दा पृथक् रुपमा प्रस्तुत गरे । कम्युनिस्टहरु दृढतापूर्वक धर्मको विरुद्धमा उभिए तर धर्महरुले आफ्नो शैसवकालमा वा अन्य बेला खेलेका क्रान्तिकारी भूमिकाहरुलाई पनि उचित मूल्याङ्नक गरी स्वीकार गरे । वेदका रचनाकारहरु त्यसबेलाका महान् मानिसहरु थिए । ठाउँपिच्छे देवता जन्मिने परम्परालाई तोडेर मूर्ती पूजाको विरोध गर्ने गौतम बुद्ध, एक अल्लाहको धारण ल्याउने मोहम्मद अनि मालिकलाई मात्र ईश्वरको आशीर्वाद मिल्छ भन्ने मान्यताका विरुद्ध इश्वरको नजरमा सबै बराबर भन्ने इसामसिह वास्तवमा आफ्नो जमानाका महान् क्रान्तिकारीहरु नै थिए । मानव जातिको दुःखलाई कम गर्न धर्ती, हावा, पानी, अग्नि आदिलाई खुसी पार्न पूजा गर्ने प्राकृत धर्मीका प्रथम नायकहरु आफ्नो जमानाका महान् मानवसेवी नै थिए ।
विश्वका सबैखालका क्रान्तिकारीहरु बीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्न परिरहेको छ
आफ्नो समयको सापेक्षित अज्ञानता, सृष्टि र जीवन–जगत्का नियमहरुको उत्तर खोज्ने प्रयत्न र मानवजातिमाथि आइरहने प्राकृतिक अनिष्टको प्रकोपबाट हुने पीडालाई राहत दिने सदिक्षाको जगमा नै मानिसले फरक फरक भूगोलमा फरक फरक प्रकार र नामका अलौकिक शक्ति वा ईश्वरलाई जन्म दिन पुग्यो । ईश्वर वास्तवमा अज्ञानी मानिसले आफ्नो दिमागभित्रबाट जन्माएको प्यारो सन्तान नै थियो । त्यो अज्ञानी मानवले आफ्नो त्यो सन्तानलाई यति धेरै प्रेम गर्यो कि आफैंले जन्माएको सन्तान ईश्वरको आफू सन्तान हुँ भनी स्वीकार गर्यो । यसरी आदीमकालमा ईश्वरको आविष्कार र शैशवकालीन धार्मिक मूल्यमान्यताहरु सारमा मानवजातिको सेवाकै लागि रचना गरिएका थिए तर वर्गसमाजको उत्पत्तिसँगै ती सबै दयालु अलौकिक शक्ति वा ईश्वर र मानव सेवा गर्ने मूल्य मान्यताहरु वर्गीय बन्न थाले र शोषकवर्गले ईश्वरलाई एवं धार्मिक मतलाई शोषित वर्गका विरुद्ध गतिलो हतियारका रुपमा प्रयोग गर्न सुरु गर्यो । त्यसै गरी शासक र शोषक वर्गले मुठ्याएको ईश्वर र धर्मसँग विद्रोह गरेर नयाँ ईश्वर र नयाँ धार्मिक मतहरु जन्मिने प्रक्रिया पनि लगातार चल्यो । त्यही क्रममा जन्मिएका हुन् बौद्ध मत, इस्लाम र इसाई मत आदि । ती मतहरुले तबसम्म विद्रोही र क्रान्तिकारी भूमिका खेले जबसम्म ती मतहरु शासक एवम् शोषकवर्गको कब्जामा परेनन् । यसरी के प्रष्ट देखिन्छ भने शासक एवम् शोषक वर्गको कब्जामा परेपछि सबै ईश्वर र सबै धर्महरु जनविरोधी बन्न पुगे । श्रमजीवी वर्गमाथि शोषण गर्ने गतिलो वैचारिक हतियार बन्न पुगे ।
शासक र शोषक वर्गले मुठ्याएको ईश्वर र धर्मसँग विद्रोह गरेर नयाँ ईश्वर र नयाँ धार्मिक मतहरु जन्मिने प्रक्रिया पनि लगातार चल्यो । त्यही क्रममा जन्मिएका हुन् बौद्ध मत, इस्लाम र इसाई मत आदि । ती मतहरुले तबसम्म विद्रोही र क्रान्तिकारी भूमिका खेले जबसम्म ती मतहरु शासक एवम् शोषकवर्गको कब्जामा परेनन् । यसरी के प्रष्ट देखिन्छ भने शासक एवम् शोषक वर्गको कब्जामा परेपछि सबै ईश्वर र सबै धर्महरु जनविरोधी बन्न पुगे । श्रमजीवी वर्गमाथि शोषण गर्ने गतिलो वैचारिक हतियार बन्न पुगे ।
आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले धर्मलाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्तिलगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने हतियारका रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबैखालका क्रान्तिकारीहरु बीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्न परिरहेको छ । यसप्रकारको स्थितिमा कम्युनिस्ट आन्दोलनले धर्मबारे निकालेका निष्कर्ष नेपालमा कसरी लागू भए र गर्ने भन्ने विषयमा छलफल चलाउनु निकै सान्दर्भिक र महत्वपूर्ण छ ।
२. नेपालमा धर्म
(क) नेपालमा धेरै अन्य विषयको जस्तै धर्मको इतिहास पनि आधिकारिक रुपमा पाइन्न । धर्मको इतिहासको अध्ययन गर्न विभिन्न ग्रन्थ, जातक, वंशावली, इतिहास र समाजशास्त्रका छरिएर रहेका पुस्तकहरुको सहारा लिनुपर्ने अवस्था छ । आजको नेपालको लुम्बिनीमा बौद्ध धर्मको जग बसालिएको यथार्थ प्रमाणित छ । बौद्ध मत वज्रयान, हीनयान, महायान आदिमा विकसित हुँदै गएपछि नेपालभित्रै फरक फरक बौद्ध मतभित्रकै सम्प्रदाय विकसित भएको देखिन्छ । त्यसमध्ये पनि तामाङ जातिले अभ्यास गर्दै आएको बौद्धमत नेपालबाट तिब्बत–चीन पुगेर थप नयाँ ढाँचामा ढालिएर फेरि नेपाल फर्किएको देखिन्छ । प्रकृतिपूजक हुँदै मुन्धुमसम्म विकसित किरात धर्मको उत्पत्ति हिमालयखण्ड अर्थात् आजको नेपालभित्र नै भएको कुरामा धेरैले विमति राख्दैनन् । मूलतः प्रकृति पूजकका रुपमा रहेका विभिन्न जनजातिका धार्मिक मतहरु पनि मूलतः नेपालभित्रै जन्मिएका भनी स्वीकार गर्न कुनै तथ्यले छेक्दैन । गौतम बुद्ध कालमै जन्मिएको मानिएको तथा गौतम बुद्ध र महावीरको बास एक पटक एक रात एकै स्थानमा भएको बौद्ध कथामा उल्लेख भएको कुरालाई हेर्दा जैन धर्म पनि नेपाल र हिन्दुस्तानको यसै सेरोफेरोमा जन्मिएको सजिलै मान्न सकिन्छ । यसरी के देखिन्छ भने नेपालभित्र र बौद्धकालदेखि जन्मिएका धार्मिक मतहरुमा वर्णव्यवस्था, जातपात, छुवाछुतजस्ता कुनै चीज थिएन, ती समतामूलक स्वभावका धार्मिक मतहरु थिए ।
(ख) नेपालको पश्चिम पहाडमा ई.सं.को पहिलो शताब्दीतिरै उत्तरबाट आइपुगेका मानिएका मतवाली खस मस्टो अर्थात् कुलदेवता पूजक थिए । उनीहरु हिन्दूधर्मी थिएनन् । जब १२औंदेखि १६औं शताब्दीका बीचमा भारतबाट पूर्ण विकसित हिन्दू धर्मसहित वैदिक आर्यहरु पश्चिमबाट नेपाल भूमिमा प्रवेश गर्न सुरु गरे, त्यसपछि नै पश्चिम नेपालमा हिन्दू धर्म आइपुगेको र मस्टोपूजक खसलाई पनि हिन्दूकरण गर्ने प्रक्रिया चलेको हो । तिनै पश्चिम नेपालबाट प्रवेश गरेका वैदिक आर्यहरुको राज्य विस्तार हुँदै गोरखासम्म पुगेको मानिन्छ । अर्कातिर नेपालको तराईखण्डमा भारतबाट हिन्दूधर्मीय मानिसहरु उत्तरतिर सर्दै आउने क्रममा आइपुगेको देखिन्छ । वागमती उपत्यकामा भने भारतको वैशालीबाट आएका हिन्दू धर्मीय लिच्छवीले इ.सं. २०० मा किराँत राज्यमाथि विजय पाएपछि नै हिन्दू धर्मको व्यवस्थित सुरुआत गरेको देखिन्छ । त्यसपछि सन् ८७९ मा भारतबाट आएका हिन्दू मल्लहरुले लिच्छवी शासनको अन्त्य गरेपछि हिन्दू परम्परालाई अझ नयाँ उचाइमा विकसित गर्दै लगेको प्रस्ट छ । वागमती उपत्यकाको विशेषतः नेवार जातिभित्र विभिन्न समुदाय कुन धर्मको नजिक  छ भनेर जान्न उसले पुरेत कुन धर्मको राख्छ भनी बुझ्नुपर्ने जटिलता छ किनभने बौद्ध, किराँत र हिन्दू अनुष्ठानहरु सबैजसोले गरिरहेको भेटिन्छ । नेपालमा इस्लामहरु दुई तरिकाले आइपुगेको देखिन्छ । एउटा भारतीय भूमिबाट इस्लाम धर्मीय समुदाय उत्तरतिर सर्ने क्रममा नेपालको तराईका विभिन्न भूभागसम्म आइपुगे, अर्को मल्ल कालमा चुरा–पोते आदि श्रृङ्गारका सामानको व्यापार गर्न कास्मिरबाट झिकाएर वागमती उपत्यकामा बसालियो, त्यसै गरी त्यही व्यापारका सिलसिलामा विभिन्न पहाडी वस्तीमा बस्न पुगे । यसबाहेक शिख धर्मीहरुचाहिँ सबैभन्दा पछि भारतबाट तराईका केही शहरमा र त्रिभुवन राजपथ खुलेपछि ड्राइभर पेसा गर्दै केही काठमाडौंमा आएर बस्न पुगे । इसाई धर्मचाहिँ मल्लकालमा नै आइपुगेको इसाइहरु बताउँछन् तर पृथ्वीनारायण शाहको शासन सुरु भएपछि उनीहरुलाई देशनिकाला गरिएको र नभाग्नेलाई फाँसी दिएको भन्ने भनाई इतिहासकारहरुले बताएका छन् । आजका इसाईधर्मीहरुचाहिँ दोस्रो विश्वयुद्धपछि अमेरिका, बेलायतजस्ता देशले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा काम गर्न भनी पठाएका विभिन्न मिसनहरुले चलाएका अभियानबाट प्रभावित भएर इसाई धर्म ग्रहण गरेका हुन् ।
(ग) असली हिन्दूस्तान बनाउने योजनाअनुसार पृथ्वीनारायण शाहले थालेको गोरखा राज्यको विस्तार अभियानको सफलतापछि बनेको नेपालमा हिन्दूधर्म स्वतः राजकीय धर्म बन्न पुग्यो र गैरहिन्दूलाई हिन्दूकरण गर्ने, हिन्दू धर्मका आधारमा नीतिनियम कानुन, आदेश फर्मान जारी हुने क्रम तीव्र पारियो । वर्णव्यवस्था मान्न र छुवाछूत गर्न गैरहिन्दूलाई पनि प्रशिक्षित गरियो । सिंगै नेपालमा शाह–राणा वंशको शासनकाल सुरु भएपछि पुरानो परम्परागत वर्गसंरचनालाई भत्काएर क्रमशः हिन्दूधर्मको वर्णव्यवस्थाअनुसारको तहगत संरचनामा आधारित वर्गीय समाज निर्माण गरियो । वास्तवमा नेपालमा वर्गीय समाज वर्णव्यवस्थाको तहअनुसार निर्माण हुनपुग्यो । जति तल्लो जात उति तल्लो वर्ग, जति माथिल्लो जात उति माथिल्लो वर्ग । संसारमा अन्त कतै नभएको केवल वर्णव्यवस्था भएको दक्षिण एसियामा मात्र भएको वर्गीय समाजको मोडल सिंगै नेपालमा पृथ्वीनारायण शाहको शासनकालपछि लागू गरिएको हो । यसर्थ, नेपालमा हिन्दू धर्मले, अरु धर्मले अरु समाजमा पार्ने नकारात्मक प्रभाव मात्र पारेको छैन, बरु यसले वर्गसमाज नै नयाँ ढंगले संरचना गरेको यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्नु जरुरी छ । जतिजति हिन्दू धर्मलाई लागू गरियो त्यतित्यति महिला उत्पीडन बढ्दै गयो, त्यतित्यति दलित उत्पीडन बढ्दै गयो । जनजाति माथि ‘नमासिन्या मतवाली’ भनेर दोस्रो दर्जाको रैती बनाउने काम हिन्दू उच्चजातीय मान्यताबाहेक अरु केही थिएन भन्ने प्रष्टै छ । यसरी आधुनिक नेपालसम्म आइपुग्दा नेपाल एकातिर थुप्रै धर्महरुको माखेसाङ्लोमा अल्झिएको र हिन्दू धर्मले अरु सबै धर्ममाथि दमन गरिरहेको समाजको रुपमा देखापर्यो ।
३. नेपाली कम्युनिस्ट आन्दोलन र धर्म
(क) धर्म र नेपाली कम्युनिस्ट नीति
कार्लमाक्र्सले एउटा महान् संश्लेषण गर्नुभएको थियो, ‘धर्म मानिसको लागि अफिम हो ।’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको नीति यही वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । नेपालमा धेरैजसो कम्युनिस्टले यो वाक्यको अर्थ कसरी बुझेका छन् भने अफिम लठ्याएर बेहोस बनाउने लागू औषध हो, त्यसैले यसलाई प्रयोग गर्न हुँदैन, धर्म पनि त्यस्तै लागू औषध हो । माक्र्सको अभिप्राय त्यो होइन । त्यतिबेला असाध्य रोग लागेकाको शारीरिक पीडा कम गर्न कुनै ‘पेन किलर’ औषधि बनेको थिएन, त्यसकारण त्यतिबेला त्यस्ता रोगीको पीडालाई भुल्याउन अफिम सेवन गराइन्थ्यो । यस अर्थमा माक्र्सको अभिप्राय के थियो भने पीडाग्रस्त मानिसलाई गलत तरिकाले नै भए पनि धर्मले अफिमले जसरी पीडाबाट छुटकारा दिने गरेको छ । माक्र्सले धर्मलाई गलत भन्नुभयो साथमा धर्मले नकारात्मक ढंगले पारेको सकारात्मक प्रभावको पनि शानदार ढंगले उजागर गर्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनले धर्मलाई गलत र यसको विरोध गर्नुपर्दछ भन्ने अत्यन्त सरलीकृत नीति मात्र अघि सारेको देखिन्छ । धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित विश्वदृष्टिकोण परिवर्तनको अभियानसँग गाँसेर यसबारे गम्भीर नीति अघि सारेको देखिँदैन । नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको अर्को नीति के थियो भने राज्य धर्मनिरपेक्ष हुनुपर्छ । ५० को दशकभन्दा अघिसम्म त कम्युनिस्ट आन्दोलन केवल धार्मिक स्वतन्त्रताको मात्र वकालत गथ्र्यो, त्यसपछि भने धर्मनिरपेक्षताको पक्षमा उभिन थाल्यो । हिन्दू धर्म नेपालमा शासक धर्म रहिआएकोले मुख्य प्रहारको निशाना हिन्दू धर्मले सिर्जना गरेका उत्पीडनलाई नै बनाउनु ठीक थियो तर यो द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माणको प्रश्नसँग सम्बन्धित भएकाले हिन्दूबाहेकका अन्य धर्मको जनविरोधी मानवविरोधी चरित्रमाथि पनि प्रहार गरिनुपर्दथ्यो । त्यसोचाहिँ हुन सकेन । केवल हिन्दू धर्म मात्रै गलत भए जस्तो, अरु धर्मप्रति भने उदारता अपनाएजस्तो कम्युनिस्ट आन्दोलनको नीति रह्यो, जुन त्रुटीपूर्ण छ ।

(ख) नेपाली कम्युनिस्टको व्यवहार र धर्म
नेपाली कम्युनिस्ट आन्दोलनमा रहेको धर्मबारे घनिभूत, व्यापक र दूरगामी रणनीतिको अभावका कारणले धर्मबारे नेपाली कम्युनिस्टको व्यवहार मूलतः ढोंगी र अवसरवादी प्रकारको रहन गएको छ । धर्मको विरोध वामपन्थी बालरोग जसरी चर्को रुपमा प्रकट हुने, त्यसपछि समयक्रमसँगै महादेवको तस्वीर कोठामा टाँस्नेस्तरमा एक सय असी डिग्री फन्को मार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा हुनु धर्मबारेको छिपछिपे बुझाइका आधारमा गरिएको विरोध बाहेक केही होइन । कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म कुनै न कुनै रुपमा जातपात कायम रहनु, महिलालाई दोस्रो दर्जाकै व्यवहार गरिनु अनि भाषण गर्दा धर्मको विरोध तर जनै लगाउन नछोड्नु, तामाङ नेता भए स्वयम्भूमै जलाउनु पर्ने, हिन्दू भए पशुपतिमै लाँदा राम्रो मान्नु, घरभित्र सबै धार्मिक अनुष्ठान तर बाहिर परिवारले मान्दैनन् भनी उम्किनु, भूमिगत होउन्जेल दशैंको विरोध तर खुला भएपछि सबैभन्दा ठूलो टीका उनकै निधारमा– यी र यस्ता प्रशस्त व्यवहारहरु छन् नेपाली कम्युनिस्टका जसले धर्मबारेको उनीहरुको उद्घोष वास्तवमा ढोंग पाखण्ड बाहेक अरु केही थिएन भन्ने प्रष्ट हुन्छ । करिब साढे ६ दशकको कम्युनिस्ट आन्दोलनमा पैदा भएका अत्यन्त थोरै नेता कार्यकर्तामात्र धर्मसँग सम्बन्ध विच्छेद गरेका पाइनु भनेको अँध्यारोमा टुकी अवश्य हो, तर झलमल उज्यालो भने हुँदै होइन ।
(ग) नेपाली कम्युनिस्ट र केही टिठलाग्दा गल्तीहरु
नेपाली कम्युनिस्टहरुले परम्परागत चाडपर्वलाई प्रगतिशील चेतना बाँड्न उपयोग गर्ने नीति लिँदै आए । तर चाडपर्व भने हिन्दू चाडपर्व मात्र रोजे, त्यो पनि आर्य खस चाडपर्व मात्र । मधेसी र जनजातिको चाडपर्वका बारेको कम ज्ञान किनभने लामो समयसम्म ठूला कम्युनिस्ट नेता आर्य खस उच्च जातका मात्र रहे अनि मधेसी र जनजाति ठूला नेता कार्यकर्ता नभएका कारणले मधेस र जनजातिका चाडपर्वलाई उपयोग गर्ने प्रस्ताव नै बन्न सकेन । परिणामतः कम्युनिस्ट पार्टीका समारोहहरु हिन्दू पहाडिया उच्च जातीय ढाँचामा ढालिए । कोही नेता चुनियो भने रातो टिका र फूलको माला प्रचलन नै बसालियो अनि मुसलमान र इसाई चुनियो भने पनि स्वाभावैले उसको मान्यता विपरीत माला र टिका लगाइयो । द्यौसी भैलोमा कम्युनिस्ट पार्टीले निर्णय गरेर ‘मह्पूजा’ गर्न जानुपर्ने नेवार युवती कायकर्तालाई रातभरि नचाइयो र ऊमाथि हिन्दू चाड लादियो, उसको आफ्नो चाड मान्न वञ्चित पारियो । लिंग पूजाको तीजसँग कुनै सरोकार नराख्ने  लिम्बू महिलालाई सभापति बनाएर ज्यापु महिलालाई नचाइयो । स्कुल क्याम्पसको लागि पैसा बटुल्ने नाममा पार्टीका नेताको संयोजकत्वमा हिन्दू पुराण वाचन कार्यक्रम आयोजना गरियो । अझ कम्युनिस्ट नेताले उद्घाटनसमेत गर्ने गरियो । यस्ता अनगिन्ती उदाहरणहरु छन् जसमा कम्युनिस्ट पार्टीमा लागेका गैरहिन्दूहरुलाई हिन्दू कर्ममा निर्णय गरेर लगाइयो, विडम्बना लगाइँदैछ । यहाँसम्म कि जनयुद्धमा युद्धविराम गर्दासमेत दशैंको निम्ति भनेर गरियो । यसरी गम्भीरतापूर्वक हेर्दा के देखिन्छ भने कम्युनिस्टहरु एकहदसम्म चाहे त्यो थोरै नै किन नहोस्, गैरहिन्दू माथि हिन्दूकरण लाद्ने औजार बन्न पुगे । वास्तवमा यथार्थ यही हो– कम्युनिस्ट पार्टी साँचो अर्थमा धर्मनिरपेक्ष समेत बन्न सकेन । यी इतिहासका टिठलाग्दा गल्तीहरु कम्युनिस्टले तुरुन्तै सच्याउन जरुरी छ । तर दुःखद् पक्ष यसतिर ध्यान धेरैको छैन ।
(घ) दर्श वर्षको जनयुद्ध र धर्म
तत्कालीन नेकपा (माओवादी) पार्टीले जनयुद्ध सुरु गर्नुभन्दा पहिलासम्म कम्युनिस्टको धर्मबारेको नीति या त ढोंग पाखण्डमा सीमित थियो या त केही योद्धाहरुको विशिष्ट व्यवहारमा सीमित थियो । तर जनयुद्धले धर्मद्वारा लादिएको तीनवटा गम्भीर नकारात्मक सामाजिक व्यवहारमाथि गम्भीर प्रहार ग¥यो । एक, गाईको पवित्रतामाथि प्रहार ग¥यो । जनयुद्धमा हाम्फालेका सबै हिन्दू समुदायबाट आएकाले (अपवाद पनि होलान्) गाईको मासु खाएर गाईको ईश्वरीय पवित्रतासम्बन्धी हिन्दू मान्यतालाई चुनौती दिए । अब नातासम्बन्ध जोड्दै जाने हो भने नेपालको कुनै पनि ब्राह्मण, क्षेत्री, सन्यासी परिवार, त्यसै स्तरका मधेसी समुदायका परिवार गाईसम्बन्धी आफ्नो मूल्यमा चोखो रहेका छैनन् । यथार्थ यही हो । नेपालमा जनजाति र दलितमाथि थोपरिएको यो अपवित्रताको साङ्लो जनयुद्धले कमसेकम बौद्धिकस्तरमा चकनाचुर पारिदिएको छ । गाई जनावर हो, धेरै दूध दिने जनावर त्यसलाई त्यही रुपमा मात्र बुझ्ने दृष्टिकोण बनाउन ढोका खोलिदिएको छ । दुई, जनयुद्धले दलितमाथिको जातपात छुवाछुत भेदभावका विरुद्ध ठूलै परिवर्तन ल्याएको छ । भेदभावलाई घटाउन र दलित जागरण ल्याउन त्यसले ऐतिहासिक भूमिका खेलेको छ । कहिल्यै हतियार बोक्न नपाएकालाई हतियारधारी बनाएर, छुवाछुत भेदभावलाई व्यवहारमा दण्डनीय बनाएर अनि दलितलाई नीतिनिर्माणमा नेतृत्व दिने प्रक्रियाको सुरुआत गरेर जनयुद्धले वर्णव्यवस्थाको ढाडमा धेरै पटक वज्र प्रहार गरेको छ । तीन, महिलालाई सशस्त्र बनाएर जनयुद्धले महिलामाथिको हिन्दू र अन्य सबै धर्मको उत्पीडनलाई गम्भीर चुनौती दिएको छ । निश्चित रुपमा जनयुद्धले धर्मसँग अभिन्न रुपमा सम्बन्धित यी विषयमा गम्भीर परिवर्तन ल्याएकै हो । तर ती परिवर्तन आमसमाजको सांस्कृतिक रुपान्तरणको रुपमा नभएर केवल जनयुद्धको बलमा भएका परिवर्तनको स्तरमा मात्र रहेकाले जनयुद्धको समाप्तिपछि ती उपलब्धी प्रतिगमनमा जाने गम्भीर खतरा उपस्थित भइसकेको छ । दलित र गैरदलितबीचको अन्तरजातीय विवाहमा भइरहेको सम्बन्ध विच्छेद त्यसको ज्वलन्त उदाहरण हुन् । त्यसकारण जनयुद्धले भत्काएका धार्मिक मूल्यमान्यतालाई पुनर्जीवित हुन नदिन र अग्रगामी बाटोमा अघि बढ्न कम्युनिस्ट क्रान्तिकारीहरुले ठोस योजना बनाउन तत्काल जरुरी छ ।
(ङ) नेपाली कम्युनिस्ट र धर्मनिरपेक्ष राज्य एवं गणतन्त्रको स्थापना
तमाम गल्ती कमजोरीका बावजुद नेपाली कम्युनिस्ट आन्दोलन– त्यसमा पनि विशेषतः जनयुद्ध र त्यसको जगमा विकसित वि.सं. २०६२/०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गरिछाड्यो । यो निकै ठूलो क्रान्तिकारी उपलब्धी हो । गणतन्त्रको अर्थ हो नेपालको शासकीय धर्म हिन्दूधर्मको राजकीय संरक्षण अन्त्य र धर्म निरपेक्षताको अर्थ हो धार्मिक स्वतन्त्रतासहित नास्तिक बन्ने नागरिकलाई वैधानिक अनुमति– निष्कर्षमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको प्रचारलाई वैधानिक स्वीकृति । यो उपलब्धीमाथि टेकेर नेपाली कम्युनिस्टले धेरै काम गर्न सक्ने स्थिति सिर्जना भएको छ । जरुरी छ, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र सिंगै समाजको अधिभूतवादी प्रत्ययवादी विश्वदृष्टिकोण बदलेर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गर्ने अभियान सञ्चालनको गुरु योजना ! त्यो गुरुयोजना बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा नै नेपाली कम्युनिस्टको धर्मबारेको भविष्य निर्धारण हुनेछ ।
४. धर्मबारे नेपाली कम्युनिस्टको समस्या
(क) धर्मबारे नेपाली कम्युनिस्टको मूल समस्या भनेको दृष्टिकोणको समस्या नै हो । धर्मको सतही विरोध तर व्यवहारमा त्यसैसँग जोडिइरहने समस्या नै दृष्टिकोणको समस्या हो । धर्मका जराहरु के हुन् ? एक, विश्व दृष्टिकोणमा नै धर्मको सबैभन्दा ठूलो जरा छ । दुई, चाडपर्व र रीतिरिवाजमा दोस्रो जरा छ । र, तीन आचार व्यवहारमा तेस्रो जरा छ । यी तिनै क्षेत्रका जराका बारेमा संश्लेषण गरी त्यसविरुद्ध लड्दै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण बनाउने अभियानको मार्गचित्र बनाउन ठोस, व्यापक र दूरगामी दृष्टिकोण बनाउन नसक्नु मुख्य समस्या हो ।
(ख) धर्मको धार्मिक पर्व र धर्मबाट निर्देशित आचार व्यवहारका सम्बन्धमा कुन कुन विषयमा कुन तहको कम्युनिस्ट नेता÷कार्यकर्ताले के के गर्नैपर्ने ? आम पार्टी सदस्यता र समर्थकले के कर्म गर्नैपर्ने ? कुन कुन धर्मका नेता÷कार्यकताले त्यस धर्मसँग सम्बन्धित अनुष्ठान कसरी भौतिकवादी बनाउने ? र कुन परम्परागत रीतिलाई कसरी वैज्ञानिकीकरण गर्ने ? त्यसमा पनि कुन स्तरकाले कति गर्ने र जनस्तरमा के प्रस्ताव गर्ने ? जस्ता विषयमा कुनै नीति नहुनु नेपाली कम्युनिस्टको अर्को नीतिगत समस्या हो । नीति नै नभएपछि भौतिकवादी ढंगले अनुष्ठान गर्दा पनि ठीक, धार्मिक ढंगले अनुष्ठान गर्दा पनि ठीकको स्थिति जारी छ । यसबारेमा ठोस नीति अब बनाउनै पर्दछ । नत्र कम्युनिस्ट आन्दोलन विश्व दृष्टिकोण परिवर्तन गर्ने आन्दोलन नभई केवल राजनीतिक सत्ता परिवर्तनको आन्दोलनमा सीमित हुनेछ ।
(ग) व्यवहार जहिले पनि दृष्टिकोण र नीतिको अधिनस्थ हुन्छ । नेपाली कम्युनिस्टका व्यवहारमा देखापरेका ढोंग र पाखण्डीपन जति पनि छन् त्यो दृष्टिकोण र नीतिमा रहेको समस्याका कारणले उत्पन्न भएका हुन् । व्यवहार जिवन्त हुने र भौतिक जीवन चलायमान  सामाजिक अस्तित्वसँग जोडिएको हुनाले त्यो अत्यन्त कठिन त हुन्छ नै तर त्यो त हर युगमा हर क्रान्तिकारीले सामना गरेको कुरा हो । मुख्य कुरा दृष्टिकोण र नीति हो । दृष्टिकोण र नीति प्रष्ट हुने हो भने नेपालको अग्रगामी परिवर्तन चाहने जनमानसले धर्मको विरुद्ध निकै ठूलो अभियान चलाउने चित्र प्रष्ट देखिन्छ, किनकि परिवर्तनका खातिर जहिले पनि नेपाली जनताले चाहे त्यो कुनै पनि धर्म समुदायको होस्, वलिदान दिन पछि नपरेको दृष्टान्त हाम्रो सामू छ ।
५. निष्कर्ष : धर्मबारे नेपाली कम्युनिस्टको बाटो
सबै प्रकारका धार्मिक अन्धताविरुद्धको आन्दोलन वास्तवमा व्यापक अर्थमा भन्दा सांस्कृतिक रुपान्तरणको आन्दोलन हो । नेपाली समाज भर्खरै सामन्ती उत्पादन सम्बन्धबाट पुँजीवादी उत्पादन सम्बन्धतिर बामे सर्न आँटेको हुनाले अहिलेको सांस्कृतिक रुपान्तरणको मूल रणनीति जनवादी संस्कृतिको निर्माण हुन्छ, तर जनवादी संस्कृतिको निर्माणले धार्मिक अन्धताविरुद्ध पूरै सफलता प्राप्त गर्न सक्दैन, त्यसका निम्ति समाजवादी संस्कृतिको निर्माण जरुरी हुन्छ । तसर्थ, धार्मिक अन्धताविरुद्धको आन्दोलनको रणनीति निर्माण गर्दा नेपाली सांस्कृतिक आन्दोलनले जनवादी संस्कृतिको निर्माणको साथसाथै समाजवादी संस्कृतिको जग बसाल्ने दिशा तय गर्न जरुरी छ । यो मूल रणनीतिअन्तर्गत रही नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनले आफ्नो दूरगामी योजनासहित अघि बढ्नु आवश्यक छ ।
(क) नेपाली कम्युनिस्ट आन्दोलनले पचासको दशकपछि एउटा निष्कर्ष निकालेको छ– सर्वहारा सांस्कृतिक क्रान्तिलाई राजनीतिक क्रान्तिपछि होइन, आजैदेखि क्रान्तिको अभिन्न अंगको रुपमा सञ्चालन गरिनुपर्दछ । यो निकै ठूलो संश्लेषण हो तर व्यवहारमा लागू भएको भने मूल रुपमा छैन । यो संश्लेषणलाई कम्युनिस्ट आन्दोलनले योजनाबद्ध रुपमा लागू गर्न सुरु गर्नुपर्दछ ।
(ख) धार्मिक अन्धता र सबै प्रकारका रुढीको विरुद्धको सांस्कृतिक रुपान्तरणको आन्दोलन वास्तवमा विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन भएकाले पार्टीभित्र र बाहिर तत्कालीन, अल्पकालीन र दीर्घकालीन रणनीति तयार पारी योजनाबद्ध रुपमा सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिनुपर्दछ । सांस्कृतिक संघ–संगठनलाई केवल नाचगान वा साहित्य–कला सिर्जनामा मात्र सीमित पार्ने रोगबाट मुक्त भई त्यसलाई विश्वदृष्टिकोण परिवर्तनको महाअभियान सञ्चालन गर्ने संगठनका रुपमा विकसित गरिनुपर्दछ ।
(ग) धर्मनिरपेक्ष राज्यको प्राप्तिलाई रक्षा गरी त्यसको वैधानिक स्वीकृतिमाथि उभिएर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई वैधानिक सबै माध्यम प्रयोग गरी प्रचार गर्ने कार्यलाई व्यापक मात्रामा बढाइनुपर्दछ ।
(घ) नेपालमा रहेका सबै धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित तिनले इतिहासको खासकालमा खेलेका सकारात्मक भूमिका र अन्ततः तिनले खेल्ने मानवविरोधी, श्रमजीवी वर्गविरोधी भूमिकाका बारेमा स्पष्ट पार्ने गरी पार्टीभित्र व्यापक प्रशिक्षण, पुस्तक पुस्तिकाको प्रकाशन र सञ्चार माध्यमहरुमार्फत् प्रचारको योजना बनाई लागू गरिनुपर्दछ ।
(ङ) धार्मिक अन्धताविरोधी सांस्कृतिक आन्दोलनलाई रुपमा धर्मविरोधी आन्दोलन नभई नयाँ विश्वदृष्टिकोण निर्माणको आन्दोलनको रुपमा सञ्चालन गर्न कलाको भरपुर प्रयोग गरिनु आवश्यक छ ।
(च) धार्मिक सभा समारोह मार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(छ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिस्टहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन, उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अपनाइनुपर्दछ ।
(ज) विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् । त्यसैले सबैभन्दा पहिले त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
(झ) धार्मिक सभा समारोहमार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(ञ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिटहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अनाइनु पर्दछ ।
  • (ट) विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् त्यसैले सबैभन्दा पहिलो त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
  • सबै चाडपर्व, अनुष्ठानहरुबाट धार्मिक क्रियाकलापलाई अलग्याइ तिनलाई केवल सांस्कृतिक रुपमा मात्र मनाउन सुरु गरिनुपर्दछ । दशैंबाट धार्मिक क्रियाकलाप अलग्याउने हो भने यो विशुद्ध पारिवारिक भेटघाट र खानपिनको सांस्कृतिक पर्वमा रुपान्तरण हुनेछ ।
  • सबै चाडपर्व अनुष्ठानलाई बोझिलोबाट सरलीकृत गर्न र खर्चिलोबाट किफायती बनाउन आमजनतालाई सघाउनुपर्दछ । एकैचोटी आमजनता विज्ञानलाई स्वीकार गर्न तयार नहुने अवस्थामा चाडपर्व अनुष्ठानलाई सरल र किफायती बनाउन तयार पार्दै वैज्ञानिकीकरण गर्न तयार पार्दै लाने नीति लिइनुपर्दछ । किरिया बस्न छाड्न नसक्नेलाई १३ दिनको सट्टा ५ दिनमा झार्न अनि घरखेत बेचेर घ्यावा गर्नेलाई चियापानसम्ममा झार्न सकियो भने त्यो पनि अन्ततः विज्ञानतिरकै यात्रा हुन्छ ।
  • सम्भव भएजति चाडपर्व अनुष्ठानलाई वैज्ञानिकीकरण गरिने अभियान चलाइरहनुपर्दछ ।
  • मानव जाति आफैंले लडेर स्थापित गरेका राजनीतिक सामाजिक दिनहरुलाई सांस्कृतिक पर्वको रुपमा मनाउन सुरु गर्नुपर्दछ । मे दिवस, ८ मार्च, जनयुद्ध दिवस, शहीद दिवस, गणतन्त्र दिवस आदिलाई कम्युनिस्टहरुले केवल राजनीतिक पर्व मात्र बनाए, त्यति पर्याप्त छैन तिनलाई सांस्कृतिक पर्वको रुप समेत दिन जरुरी छ । पाहुना दशैं वा ल्होछारमै डाक्ने, मे दिवसमा चाहिँ जुलुश मात्रै निकाल्ने गरेर आमजनताले तिनलाई आफ्नो भावना जोडिएको पर्व ठान्दैन । नयाँ पर्वहरुको जग बसाल्न तिनलाई खानपिनसँग जोड्नेतिर पनि कम्युनिस्टको ध्यान जान जरुरी छ । मानव जातिका पर्वहरु खानपिन, मनोरञ्जन र भावना साटासाटसँग जोडिएका छन्, त्यसैले त्यसलाई मानिसहरु आफ्नो ठान्छन् भन्ने तथ्यतिर गम्भीर ध्यान जानु आवश्यक छ ।
  • कम्युनिस्ट पार्टीले पार्टीका नेताले कुन कुन अनुष्ठानमा के गर्ने, कुन स्तरसम्मका कार्यकर्ताले के गर्ने, के नगर्ने, आमकार्यकर्ताले के गर्ने, के नगर्ने र आमजनतामा के लैजाने भन्ने स्पष्ट नीति बनाई लागू गर्नुपर्दछ ।
यसप्रकार धार्मिक अन्धताविरुद्धको सांस्कृतिक आन्दोलनलाई विश्वदृष्टिकोण परिवर्तनको आन्दोलनका रुपमा विकास गर्दा मात्र क्रमशः सफलता प्राप्त हुने विश्वास गर्न सकिन्छ । विश्वदृष्टिकोण परिवर्तनको लडाइँ मानव जातिले लड्नुपर्ने सबैभन्दा लामो र ठूलो लडाईं हो, त्यसकारण सर्वहारा वर्गले अन्तिम लडाईं कसरी जित्छ र कहिलेसम्ममा जित्छ भन्ने कुराले यस विषयमा पनि निर्णायक महत्व राख्दछ भन्ने कुरा स्वतः सिद्ध छ ।

२०६९ असोज ३

- See more at: http://www.khabardabali.com/2015/03/6662/#sthash.Vp5AyGjO.VHUwh177.dpuf

नेपाली कम्युनिष्टमा झोलेबाद- गुणदत्त ज्ञवाली


राजनीतिका मुख्य दुईटा धार हुन्छन्, एउटा बामपन्थी र अर्को दक्षिण पन्थी । यसो पनि भनौं एउटा प्रगतिशील र अर्को प्रजातन्त्रबादी । सोझै भन्दा एउटा कम्युनिष्ट र अर्को कांग्रेस । नेपालको सन्दर्भमा तीन वटा धार छन् तेश्रो धार हो राजाबादी । तेश्रो धार वास्तवमा हुन्न र नहुनु नै पर्ने हो र पनि यहाँ छ यो अनौठो कुरो हो । पार्टी कति छन् यो सामान्य कुरा हो । यो तेश्रो धारको मार्गचाहिँ प्रतिगामी देखि यथास्थितिबादी सम्म हो । जसरी समय अथवा काल दुई प्रकारका मात्र हुन्छन् । हामीले तीन प्रकारका काल मानेका हुन्छौँ । भविष्य र भुतकाल । गहिरिएर हेर्ने हो भने बर्तमान काल हुँदैन । जो बित्यो भुतकाल हो र आउने भविष्यत काल हो । एक सेकेण्ड पनि बितेको भुत काल हुन्छ र आउने सेकेण्ड भविष्य नै हो । हामीले घडि हेर्ने हो भने स्पष्ट हुन्छ अघिल्लो सेकेण्ड गयो पछिल्लो सेकेण्ड आउनै बाँकी छ । तेश्रो धार भनेको गाईले घांस खान्छ र निल्छ, अर्थात बिचमा राख्छ । पछि उग्राएर चपाउँछ अनि अन्तिम पटक निल्छ । पहिले निलेर उग्राउनुपूर्बको समयलाई बर्तमान भनिन्छ । राजाबादी पनि त्यस्तै हो । राजनीतिमा राजाबादीको अवस्था उग्राउनु पूर्बको जस्तो हो । उग्राएर पुनः निलेपछि राजतन्त्रबादीको आयु समाप्त हुन्छ । नेपालमा यो तेश्रो धारको आयु समाप्त हुने प्रकृयामा छ । मान्छेले उग्राउन्न तसर्थ राजनीतिक दर्शनका हिसाबले तेश्रो धार समाप्त भएको छ । कमल थापाको राजनीतिक बिचार कांग्रेस हो । पहिलो र दोश्रो धार असफल भएको अवस्थामा तेश्रो धार सकृय देखिएको भान हुन्छ । भएको पनि यस्तै छ ।
मान्छेले जब बिपनामा केही गर्न सक्दैन वा बिपना प्रति बिश्वाँस गर्दैन सपनापछि दौडन्छ ऊ मानसिक रोगी हो । राजतन्त्र आउँछ भन्नु सपनामा रमाउनु हो । मान्छे सपनामा हिड्छन् । सपनामा देखेको पैसाको थैलो बिहान सिरानीमुनि खोज्छन् । सपनामा फलानो कुरा देखियो भनेर बिपनामा जाति र नजाति हुने कुरामा समय खेर फाल्छन् । मरेर बदला लिन्छु वा यमलोकमा गएर बदला लिन्छु भने जस्तै हो । सपना त कल्पनाको बिशृंखलित तानाबाना मात्र हो । यदाकदा सपनाले बिपनासंग मेल खाने संकेत पनि दिएको हुन्छ । यसैको जोखना गरेर राजाबादीहरुले खरानी घसेका हुन्छन् वा छन् । यसबारे यो भन्दा बढी नभनुँ । प्रश्न उठ्न सक्छ, के बिगतको राजतन्त्र सपना नै थियो त ? हो, समय त्यस्तै थियो फलानो राजाले यस्तो सपना देख्यो भन्ने आधारमा नीति बन्दथ्योे, युद्धको तयारी हुन्थ्यो दण्ड सजायँ हुन्थ्यो र मान पगरी दिइन्थ्यो । तसर्थ त्यो समय बढी सपनाकै आधारमा चल्दथ्यो ।
धारको सन्दर्भमा दुइटा मात्र धार हो भने यति धेरै दलहरु किन त ? प्रश्न यो पनि उठ्न सक्दछ । एउटै धारमा पनि सबैको स्तर बराबर हुँदैन । सबैको सोँच एकै नासको हुँदैन । सबै पास भएका बिद्यार्थीको अंक बराबर हुँदैन । ३२ प्रतिशत अंक ल्याउने र ९५ प्रतिशत अंक ल्याउनेको खरिदार पदमा प्रतिस्पर्धा गर्ने हक बराबर हुन्छ । कोही कडा खाले कम्युनिष्ट होलान् कोही नरम खाले होलान् । आजसम्मको मान्यतामा माक्र्सबाद, लेनिनबाद तथा माओबाद मान्नेहरु कम्युनिष्ट हुन् , अरु सबै कांग्रेस हुन् । नेपाली कांग्रेस नाम राखेको दल एउटा छुट्टै दल हो । बाणिज्य बैंक धेरै छन् राष्ट्रिय बाणिज्य बैंक नामको एउटा छुट्टै बाणिज्य बैंक हो । नाममा कुनै बाद नलेखिएको मजदुर किसान पार्टी पनि कम्युनिष्ट पार्टी हो । उसले बाद स्वीकारेको छ ।
पास भएका बिद्यार्थी र फेल भएका बिद्यार्थी अलग राख्दा ३२ प्रतिशत ल्याउने र ९५ प्रतिशत ल्याउनेको एउटा समुह हुन्छ भने प्रतिशतमा फष्ट डिभिजन छ तर बिषय लागेर फेल भएको छ भने ऊ फेल भएकाहरुको समुहमा बस्नु पर्दछ । राजनीतिक दलको अवस्था पनि त्यस्तै हो । एमाले खराब भए पनि कम्युनिष्ट हो र नेपाली कांग्रेस जति असल भए पनि कांग्रेस हो ।
राजनीतिक दलहरुमा एउटा बर्ग र आस्थाको एउटा समुह बन्नु पर्दछ । त्यस मानेमा बिभिन्न नामका कम्युनिष्टहरु एउटै मोर्चामा हुनु पर्दछ । त्यस्तै नाम जे सुकै भए पनि सबै गैह्र कम्युनिष्टहरु वा सबै कांग्रेसहरु एउटै मोर्चामा बस्नु पर्दछ । यसो भयो भने देशले कुन मोड लिने हो कुन दर्शनको आधारमा देशलाई लैजाने हो भन्ने किटान हुन सक्दछ । ३२ प्रतिशत अंक ल्याएर पास ग¥यो भन्दैमा एमालेलाई पाखा र ८० प्रतिशत अंक ल्याएर पास ग¥यो भन्दैमा नेपाली कांग्रेसलाई काखा गर्नु हुँदैन । नक्कली प्रमाण पत्र देखाएर पास छु भन्नेहरु पनि राजनीतिक दलमा सामेल छन् यस्तालाई आफ्नो समुहमा प्रवेश गर्न दिनु हुँदैन । बिडम्बना नेपालमा यस्तै भएको छ र राजनीतिले गति लिन सकेको छैन ।
माओबादीहरुले माले वा एमालेलाई देख्न नसक्ने, एमालेले तेश्रो धार समेतसंग एकता गरेर माओबादीहरुको पुत्ला जलाउने, चित्र बहादुरहरुले पनि तेश्रोधारकै भलो हुने काम गर्ने देखिएको छ । हुँदा हुँदा माओबादीबाट फुटेर गएका उसका उपग्रहहरुले परिक्रमा भने माओबादको गर्ने र फूल प्रसाद भने कांग्रेस वा तेश्रो धारमा चढाउने अवस्था देखिएको छ । यो ब्रह्माण्डकै अप्राकृतिक चरित्र हो । त्यस्तै अप्राकृत चरित्र मोहन बिक्रम सिंह र सिपी मैनालीले गरेका छन् जसले गर्दा एक्लो बृहस्पति भएर बस्नु परेको छ । सिद्धान्तका हिसाबले नरकमा गएका केशरमणि पोखरेल हालै बैतरणी तरेर एमालेमा प्रवेश गरेका छन् । ठीक त गरे तर उनको इतिहासको रातो टीका सधैको लागि कालो भएको छ । अर्का नेता राधाकृण मैनाली राजाको काखमा गएर बिटुलिएकोमा एकाएक माओबादीमा डुबुल्की मारे । चोखिने प्रयासमा माओबादीमा प्रवेश गरेका मैनालीको अवस्था पनि केशरमणिको भन्दा फरक होइन ।
अंशबण्डामा नमिलेका भाइहरुले सम्पत्तिको लोभमा आफ्नै दाजुभाइको हत्या गर्छन् । दलहरु फुटे भने पनि यस्तै हुने गरेको देखिएको छ । तै एकिकृत माओबादीबाट अलग भएको बैद्य समुहको माओबादीमा झगडाको त कुरै छाडौं साई सुईं शब्द पनि दुबै तिरबाट सुनिएको छैन । निकै तहल्का पिट्ला भन्ने हल्ला पनि क्रमशः सेलाएको छ । एउटै बिधिको कुलायन गर्न अलग भएको बैद्य समुहको दलमा सगोत्रीहरुको भन्दा परगोत्रीसंग सांठगांठ बढी भएको देखिँदा सबै नारा फुक्ला साबित भएका छन् । न जनसंघर्ष, न जनयुद्ध, न चुनाव, न जनबिद्रोह, न जनतामा उत्साह, बरु एक आपसमा गाँण कोराकोरले समग्रमा देशकै अधोगति हुनु सिबाय अरु केही होला जस्तो लाग्दैन । एकै ठाउमा हुंदा त लुतो सञ्चो नभएको अवस्थामा फुटेर बरु क्यान्सर होला शुन्यतामा पनि रहने अवस्था छैन । मातृका यादवले म बाहेक माओबादीमा कोही नेता ठीक छैनन् भन्न छाडेका छैनन् तर कार्यकर्ताहरु जर्सी गाईका बाच्छाको हालतमा भएको बुझिन्छ । नेपालका कम्युनिष्टमा झोला बोकेर पाहुना बन्दै पेट पाल्ने संस्कारको अन्त्य भएको छैन । यस्तो संस्कार भनेको राजनीतिक पुरेतबाद नै हो । हामीले हिन्दुसंस्कारमा टपरे बाहुन भनेर आलोचना गर्दछौं । कर्मकाण्डी टपरे चरित्र कम्युनिष्टमा झनै बिकृतिको रुपमा रहेको छ । ४ जना नेता मिल्न नसक्ने हुर्दुङ्गाहरुको हैसियत गयाका पण्डा भन्दा के फरक छ त ?
जे होस् सैद्धान्तिक हिसाबले आम जनता जम्मा दुई धारमा हुने छन् वा हुनै पर्दछ । छिरलिएका दलहरु वा नेताहरु सपना तथा सनकको भरमा भौंतारिका छन् । आफुलाई दार्शनिक ठान्दैमा दार्शनिक भइन्न । मिलेर हुने काम फुटेर सम्पन्न हुंदै हुन्न । एउटा दलमा मिलेर जनताको काम गर्न नसक्नेले फुटेर बाघ मार्छु भन्नु नामर्दहरुको भाषा हो । नेता नेता त मिल्न नसकेकाहरु जनतालाई आकर्षण गरेर ठूलो भाग खान्छु भन्नु बुढी स्वास्नीले माइत जान्छु भनेर घुर्की दिए जस्तो हो । नेपालमा संबिधान बन्न नसकेको कारणले आम नेताहरु, दलहरु, सभासदहरु, मन्त्रीहरु सबै घृणका पात्र छन् जनताका नजरमा । दश जनाले गर्न नसकेको काम दुई जनाले मात्र हामीले सक्छौं भनेर आए भने जंड्रयाहाको गफ जस्तो हुनेछ । जनता भनेका साइबेरियाका मालचरा होइनन् । सबैले कुरो बुझेका छन् । यसै त लोप्पा खुवाउन तम्सिएका छन् अझ बालीघरे नेताहरु भाग उठाउन जनता सामु आए भने बाँकी राख्लान् ?

९ जेठ ०६९

Tuesday, February 24, 2015

लोक से दूर होती संस्कृति - प्रमोद भार्गव

अपसंस्कृति और मूल्यहीनता

अपसंस्कृति और मूल्यहीनता, इलेक्ट्रॉनिक मीडिया के दबाव, उपभोक्तावादी समय के 
आतंक और कथा-साहित्य की महत्त्वपूर्ण पत्रिकाओं के बन्द होते चले जाने के बावजूद 
हिन्दी कहानी ने आधुनिक समय की कंकरीली ज़मीन पर अपना वजूद बनाए रखा है, यह 
एक आशाजनक स्थिति है। रचे हुए शब्दों के प्रकाशन के लिए कहीं कोई आकर्षण, कोई 
प्रेरणा नहीं हैं। कथा-साहित्य लाखों के सर्क्युलेशन वाली पत्रिकाओं से हटकर अखबारों 
के रविवारीय संस्करणों और शुद्ध साहित्यिक पत्रिकाओं के विचार-प्रधान लेखों के 
कारण हाशिए पर चला गया है, इसके बावजूद हिन्दी में सशक्त कथा-साहित्य का सृजन 
हो रहा है।

लेखन को पीढ़ियों में बाँधकर आँका जाना साहित्य के प्रति ज़्यादती है। लेखक की जवाबदेही अपने समकालीनों या अपनी पीढ़ी के प्रति नहीं, अपने समय के प्रति है। वह निरन्तर बदलते और आगे बढ़ते समय के साथ जुड़कर रचना करता है। लगातार चार दशकों से लेखन करते हुए वरिष्ठ कथाकार भीष्म साहनी या निर्मल वर्मा जब कहानियाँ लिखते हैं तो वे अपने चिर परिचित भाषागत लहजे के बावजूद अपने पुराने इज़्म को तोड़ते हैं। दूसरी ओर यह भी सच है कि जीवन के संश्लिष्ट होते चले जाने के साथ-साथ कथा रचना भी संश्लिष्ट हुई हैं।

सन पचास के बाद की कहानी शिल्प को स्तर पर प्रयोगात्मक होने के बावजूद भोगे हुए यथार्थ, संत्रास एवं द्वंद्वों की नितान्त वैयक्तिक अभिव्यक्ति थी, उसके बाद की पीढ़ी ने मोहभंग की प्रतीति के साथ राजनीतिक - सामाजिक सतर पर गहरे उथल-पुथल और भ्रष्टाचार का आकलन किया है -- इसी के अनुरूप कहानी का शिल्प भी प्रौढ़ हुआ है। इसके अतिरिक्त कहानी में उन स्त्री पात्रों का विद्रोह भी अधिक मुखर दिखाई देता है जे अब तक एक आदर्शवादी चौहद्दी में कैद था।

आधुनिक सामाजिक विसंगतियाँ और उनके विरोधाभास पहले से कहीं अधिक पैने हो गए हैं। एक ओर औरत अपनी सदियों पुरानी इमेज को तोड़कर लगभग विध्वंसक रूप में आगे आती दिखाई देती है तो दूसरी ओर मध्यम-वर्गीय कस्बाई स्त्री का पारंपरिक स्वरूप आज भी बदलाव से अछूता, सदियों पुरानी मान्यताओं को ढोने और समझौतों की सलीब उठाने पर मजबूर है। लेखक-लेखिकाओं की युवा पीढ़ी ने इस चुनौती को बखूबी स्वीकार किया है और मीडिया तथा समय के तमाम अवांछित दबावों के बावजूद कथा साहित्य में अपनी उपस्थिति दर्ज की है। कहानियों से अधिक कहानीकारों को रेखांकित करने की प्रवृत्ति सन पचास के बाद के दशक में थीं, जब लेखक के चारों ओर एक प्रभावमंडल निर्मित कर दिया और कुछ इने-गिने कथाकारों और उनकी कहानियों को छोड़कर बहुत से प्रतिभाशाली कथाकार और उनकी रचनाएँ गर्त में धकेल दी गई। रचनाओं से अधिक आत्मकथाओं और जीवनियों में पाठक दिलचस्पी लेने लगे। इसके बाद का समय एक तरह से रचनाकारों के व्यक्तिगत जीवन से पाठक के मोहभंग का रहा। आज पाठक की कोई दिलचस्पी लेखक के विगत जीवन के किस्सों में नहीं हैं क्यों कि आज के जीवन, समाज और राजनीति में उसे लेखकीय आत्मश्लाघा की इस वीभत्स नुमाइश से कहीं अधिक हैरतअंगेज घटनाएँ, घपले और घोटाले सुबह-शाम के अखबारों में बहुतायत में पढ़ने को मिल जाते हैं और आज का मुश्किल समय उसे व्यक्ति-पूजा के 
लिए कोई अवकाश नहीं देता। 

जिस देश में आज भी आए दिन गाँव-क़सबों में लाचार दलित औरतों को निर्वस्त्र पूरे गाँव में घुमाया जाता हो, जहाँ बलात्कार के मुकादमें बरसों कचहरियों की धूल फाँकते हों, जहाँ हर रोज़ दहेज के नाम पर लड़कियाँ जलाई जाती हो, जहाँ अंधविश्वास के तहत नरबलि दी जाती हो, वहाँ पश्चिम से आयातित उत्तर आधुनिकता और संरचनावाद जैसे वैचारिक बदलाव का प्रभाव समकालीन कहानी में ढूँढ़ना अप्रासंगिक हैं।
दोस्तोवस्की का कहना है -- 'सुन्दरता ही अंतत: इस दुनिया को बचाएगी'। जब तक जीवन में कोमलता और सौन्दर्य बचा है तभी तक जीवन जीवन हैं। मानवीय संवेदना के बिना साहित्य की पहचान असंभव है। कहानीकार होने की पहली शर्त उसका संवेदनाशील होना है। सादगी को असंवेदनशील बनाने, बनाते चले जाने के तमाम दबाव गाहे-बगाहे उसके अवचेतन पर पड़ते हैं पर एक रचनाकार तमाम अमानवीय, हिंसक और क्रूर स्थितियों के बीच से अपना रास्ता ढूँढ़ लेता हैं।

आज के प्रजातंत्र में जब एक आम आदमी भी अपनी एक राजनैतिक समझ रखता है और मौजूदा हालातों पर टिप्पणी करता है तो समय और समाज से जुड़ा लेखक इससे अलग, निर्विकार और तटस्थ कैसे रह सकता है? लेखक के पात्र उसकी पक्षधरता के वाहक अवश्य होते हैं, पर जहाँ विचारधारा कहानी पर सायास हावी हो जाए, वहाँ कहानी को क्षति पहुँचना बहुत ही स्वाभाविक है।

आमतौर पर आंदोलनों से कुछ कहानीकारों को लाभ होता है पर कहानी को नुकसान ही पहुँचता हैं। हिन्दी कहानी में विगत दशकों में चलाए गए आंदोलनों में -- नई कहानी, समांतर कहानी, सचेतन कहानी का कोई सीधा प्रभाव कहानी पर नहीं पड़ा, पर इतना अवश्य है कि चलाए गए आंदोलनों से एक खास समय की कुछ विशेष बदली हुई प्रवृत्तियाँ रेखांकित हो जाती हैं और कथा साहित्य के इतिहास के आकलन का काम आसान हो जाता है। परन्तु आमतौर पर ऐसे आंदोलनों का सबसे बड़ा नुकसान यह है कि इनसे न जुड़े रहने के कारण बहुत-सा अच्छा साहित्य हाशिए पर धकेल दिया जाता है।

हिन्दी कहानी भारतीय भाषाओं के अधिक करीब है। इसका एक कारण समानधर्मा परिवेश और सामाजिक संरचना हैं। हिन्दी कहानी किसी भी भारतीय भाषा की कहानी या विदेशी कहानियों के समकक्ष गर्व से रखी जा सकती है। हिन्दी की उदारता का ही परिणाम है कि हिन्दी में तमाम भारतीय भाषाओं तथा विदेशी भाषाओं का प्रतिनिधि साहित्य उपलब्ध है पर इतर भाषाओं में हिन्दी साहित्य का बहुत कम अनुवाद हुआ है इसका प्रमुख कारण स्वयं सरकारी संस्थानों द्वारा हिन्दी की उपेक्षा है।

अन्य भारतीय भाषाओं की कहानियों के मुकाबले हिन्दी कहानियों का तेवर कहीं अधिक पैना और प्रयोगधर्मा है पर वह हिन्दी का दुर्भाग्य है कि इसमें प्रकाशन की सुविधाएँ धीरे-धीरे कम हो रही है।कहानी में सबसे अहम उसका कहानीपन या कथ्य है। हर कहानी अपनी भाषा और बुनावट-शिल्प स्वयं गढ़ती है। एक सीधा सहज कथ्य उलझे हुए शिल्प के कारण आहत हो सकता है। कथ्य और भाषा का सानुपातिक सामंजस्य ही कहानी को संप्रेषणीय तथा ग्राह्य बनाता है।

'हिन्दी में कहानियाँ हैं, कहानीकार नहीं' की तर्ज़ पर यह कहना कहीं अधिक सटीक है कि हिन्दी में कहानियाँ हैं, पाठक नहीं। साहित्यिक और गंभीर रचनाओं के पाठक पहले भी माया, मनोहर कहानियाँ, सरिता या नीहारिका के पाठकों से कम ही थे। इसमें संदेह नहीं कि हिन्दी भाषा वर्ग के संख्या में गुणात्मक वृद्धि हुई है पर हिन्दी फ़िल्मों और सैटेलाइट चैनलों की तेज़ रफ्तार से आती 'हिंग्रेजी' ने महानगरीय युवा वर्ग को अपनी चपेट में ले लिया है। पिछले दस-पंद्रह वर्षों में धर्मयुग, सारिका, साप्ताहिक हिन्दुस्तान जैसी रंगीन पत्रिकाओं के बन्द होने से हिन्दी का एक एलीट पाठक वर्ग अंग्रेज़ी पत्रिकाओं की ओर मुड़ गया है। यह एक विडंबना ही है कि भारत की राजभाषा साहित्य से जुड़ने की जगह या तो कुछ पाठ्यक्रमों की किताबों में कैद हैं या किसी मीडिया बाज़ार के गलियारों में भटक रही है।जब तक मनुष्य में अपने भीतर पलते लावे को बाहर उड़ेलने की चाह बाकी हैं, काग़ज़ पर शब्द लिखे जाते रहेंगे। 

प्रतिकार करने, विरोध का स्वर उठाने का यह एक सार्थक उपकरण हैं। इसलिए कला या साहित्य को मरने की घोषणाएँ निरर्थक हैं। यह ज़रूर है कि आज इस क्षेत्र में जश्न की अनुपस्थिति हैं।राजभाषा घोषित किए जाने के बावजूद हिन्दी भाषा स्वयं अस्तित्व के संकट से गुज़र रही है। जो भाषा अपने रचनाकारों को आर्थिक आधार ही प्रदान नहीं कर सकती, उसमें कहानीकार -कवि या विचारक कैसे पनप सकते हैं। 

विदेशी भाषाओं के लेखक सिर्फ़ अपने लेखन के बूते पर एक अच्छी, सुविधाजनक ज़िन्दगी जी सकते हैं, जब कि हिन्दी लेखक को रोजी-रोटी के लिए कोई दूसरा जरिया तलाशना पड़ता हैं और अपने लेखक को ज़िंदा रखने के लिए कई तरह के समझौते करने पड़ते हैं। फिर भी हर काल में, हर पीढ़ी में कुछ ऐसे सिरफिरे निकल ही आते हैं जिनके लिए अकेले कमरे में काग़ज़ और कलम का साथ ही उनकी नियत बन जाता हैं, चाहे उसे पढ़ने-सराहने-समझने वाला कोई हो, न हो।

Monday, February 23, 2015

पूंजीवाद का संकट और मार्क्‍सवाद की चुनौतियां

Thursday, February 12, 2015

नेपाली कम्युनिस्टहरु किन अझै धार्मिक छन् ? - आहुति

नेपाली कम्युनिस्टहरु किन अझै धार्मिक छन् ?



-आहुति
Aahuti Photo 111
क. धर्म र नेपाली कम्युनिस्ट नीति
कार्लमाक्र्सले एउटा महान् संश्लेषण गर्नुभएको थियो, ‘धर्म मानिसको लागि अफिम हो ।’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको नीति यही वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । नेपालमा धेरैजसो कम्युनिस्टले यो वाक्यको अर्थ कसरी बुझेका छन् भने अफिम लठ्याएर बेहोस बनाउने लागू औषध हो, त्यसैले यसलाई प्रयोग गर्न हुँदैन, धर्म पनि त्यस्तै लागू औषध हो । माक्र्सको अभिप्राय त्यो होइन । त्यतिबेला असाध्य रोग लागेकाको शारीरिक पीडा कम गर्न कुनै ‘पेन किलर’ औषधि बनेको थिएन, त्यसकारण त्यतिबेला त्यस्ता रोगीको पीडालाई भुल्याउन अफिम सेवन गराइन्थ्यो । यस अर्थमा माक्र्सको अभिप्राय के थियो भने पीडाग्रस्त मानिसलाई गलत तरिकाले नै भए पनि धर्मले अफिमले जसरी पीडाबाट छुटकारा दिने गरेको छ । माक्र्सले धर्मलाई गलत भन्नुभयो साथमा धर्मले नकारात्मक ढंगले पारेको सकारात्मक प्रभावको पनि शानदार ढंगले उजागर गर्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनले धर्मलाई गलत र यसको विरोध गर्नुपर्दछ भन्ने अत्यन्त सरलीकृत नीति मात्र अघि सारेको देखिन्छ । धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित विश्वदृष्टिकोण परिवर्तनको अभियानसँग गाँसेर यसबारे गम्भीर नीति अघि सारेको देखिँदैन । नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको अर्को नीति के थियो भने राज्य धर्मनिरपेक्ष हुनुपर्छ । ५० को दशकभन्दा अघिसम्म त कम्युनिस्ट आन्दोलन केवल धार्मिक स्वतन्त्रताको मात्र वकालत गथ्र्यो, त्यसपछि भने धर्मनिरपेक्षताको पक्षमा उभिन थाल्यो । हिन्दू धर्म नेपालमा शासक धर्म रहिआएकोले मुख्य प्रहारको निशाना हिन्दू धर्मले सिर्जना गरेका उत्पीडनलाई नै बनाउनु ठीक थियो तर यो द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माणको प्रश्नसँग सम्बन्धित भएकाले हिन्दूबाहेकका अन्य धर्मको जनविरोधी मानवविरोधी चरित्रमाथि पनि प्रहार गरिनुपर्दथ्यो । त्यसोचाहिँ हुन सकेन । केवल हिन्दू धर्म मात्रै गलत भए जस्तो, अरु धर्मप्रति भने उदारता अपनाएजस्तो कम्युनिस्ट आन्दोलनको नीति रह्यो, जुन त्रुटीपूर्ण छ ।
baburam
ख. नेपाली कम्युनिस्टको व्यवहार र धर्म 
नेपाली कम्युनिस्ट आन्दोलनमा रहेको धर्मबारे घनिभूत, व्यापक र दूरगामी रणनीतिको अभावका कारणले धर्मबारे नेपाली कम्युनिस्टको व्यवहार मूलतः ढोंगी र अवसरवादी प्रकारको रहन गएको छ । धर्मको विरोध वामपन्थी बालरोग जसरी चर्को रुपमा प्रकट हुने, त्यसपछि समयक्रमसँगै महादेवको तस्वीर कोठामा टाँस्नेस्तरमा एक सय असी डिग्री फन्को मार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा हुनु धर्मबारेको छिपछिपे बुझाइका आधारमा गरिएको विरोध बाहेक केही होइन । कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म कुनै न कुनै रुपमा जातपात कायम रहनु, महिलालाई दोस्रो दर्जाकै व्यवहार गरिनु अनि भाषण गर्दा धर्मको विरोध तर जनै लगाउन नछोड्नु, तामाङ नेता भए स्वयम्भूमै जलाउनु पर्ने, हिन्दू भए पशुपतिमै लाँदा राम्रो मान्नु, घरभित्र सबै धार्मिक अनुष्ठान तर बाहिर परिवारले मान्दैनन् भनी उम्किनु, भूमिगत होउन्जेल दशैंको विरोध तर खुला भएपछि सबैभन्दा ठूलो टीका उनकै निधारमा– यी र यस्ता प्रशस्त व्यवहारहरू छन् नेपाली कम्युनिस्टका जसले धर्मबारेको उनीहरूको उद्घोष वास्तवमा ढोंग पाखण्ड बाहेक अरु केही थिएन भन्ने प्रष्ट हुन्छ । करिब साढे ६ दशकको कम्युनिस्ट आन्दोलनमा पैदा भएका अत्यन्त थोरै नेता कार्यकर्तामात्र धर्मसँग सम्बन्ध विच्छेद गरेका पाइनु भनेको अँध्यारोमा टुकी अवश्य हो, तर झलमल उज्यालो भने हुँदै होइन ।
ग. नेपाली कम्युनिस्ट र केही टिठलाग्दा गल्तीहरू 
नेपाली कम्युनिस्टहरूले परम्परागत चाडपर्वलाई प्रगतिशील चेतना बाँड्न उपयोग गर्ने नीति लिँदै आए । तर चाडपर्व भने हिन्दू चाडपर्व मात्र रोजे, त्यो पनि आर्य खस चाडपर्व मात्र । मधेसी र जनजातिको चाडपर्वका बारेको कम ज्ञान किनभने लामो समयसम्म ठूला कम्युनिस्ट नेता आर्य खस उच्च जातका मात्र रहे अनि मधेसी र जनजाति ठूला नेता कार्यकर्ता नभएका कारणले मधेस र जनजातिका चाडपर्वलाई उपयोग गर्ने प्रस्ताव नै बन्न सकेन । परिणामतः कम्युनिस्ट पार्टीका समारोहहरू हिन्दू पहाडिया उच्च जातीय ढाँचामा ढालिए । कोही नेता चुनियो भने रातो टिका र फूलको माला प्रचलन नै बसालियो अनि मुसलमान र इसाई चुनियो भने पनि स्वाभावैले उसको मान्यता विपरीत माला र टिका लगाइयो । द्यौसी भैलोमा कम्युनिस्ट पार्टीले निर्णय गरेर ‘मह्पूजा’ गर्न जानुपर्ने नेवार युवती कायकर्तालाई रातभरि नचाइयो र ऊमाथि हिन्दू चाड लादियो, उसको आफ्नो चाड मान्न वञ्चित पारियो । लिंग पूजाको तीजसँग कुनै सरोकार नराख्ने लिम्बू महिलालाई सभापति बनाएर ज्यापु महिलालाई नचाइयो । स्कुल क्याम्पसको लागि पैसा बटुल्ने नाममा पार्टीका नेताको संयोजकत्वमा हिन्दू पुराण वाचन कार्यक्रम आयोजना गरियो । अझ कम्युनिस्ट नेताले उद्घाटनसमेत गर्ने गरियो । यस्ता अनगिन्ती उदाहरणहरू छन् जसमा कम्युनिस्ट पार्टीमा लागेका गैरहिन्दूहरूलाई हिन्दू कर्ममा निर्णय गरेर लगाइयो, विडम्बना लगाइँदैछ । यहाँसम्म कि जनयुद्धमा युद्धविराम गर्दासमेत दशैंको निम्ति भनेर गरियो । यसरी गम्भीरतापूर्वक हेर्दा के देखिन्छ भने कम्युनिस्टहरू एकहदसम्म चाहे त्यो थोरै नै किन नहोस्, गैरहिन्दू माथि हिन्दूकरण लाद्ने औजार बन्न पुगे । वास्तवमा यथार्थ यही हो– कम्युनिस्ट पार्टी साँचो अर्थमा धर्मनिरपेक्ष समेत बन्न सकेन । यी इतिहासका टिठलाग्दा गल्तीहरू कम्युनिस्टले तुरुन्तै सच्याउन जरुरी छ । तर दुःखद् पक्ष यसतिर ध्यान धेरैको छैन ।
jhalanathainthenameofgod
घ. दर्श वर्षको जनयुद्ध र धर्म 
तत्कालीन नेकपा (माओवादी) पार्टीले जनयुद्ध सुरु गर्नुभन्दा पहिलासम्म कम्युनिस्टको धर्मबारेको नीति या त ढोंग पाखण्डमा सीमित थियो या त केही योद्धाहरूको विशिष्ट व्यवहारमा सीमित थियो । तर जनयुद्धले धर्मद्वारा लादिएको तीनवटा गम्भीर नकारात्मक सामाजिक व्यवहारमाथि गम्भीर प्रहार गर्यो । एक, गाईको पवित्रतामाथि प्रहार गर्यो । जनयुद्धमा हाम्फालेका सबै हिन्दू समुदायबाट आएकाले (अपवाद पनि होलान्) गाईको मासु खाएर गाईको ईश्वरीय पवित्रतासम्बन्धी हिन्दू मान्यतालाई चुनौती दिए । अब नातासम्बन्ध जोड्दै जाने हो भने नेपालको कुनै पनि ब्राह्मण, क्षेत्री, सन्यासी परिवार, त्यसै स्तरका मधेसी समुदायका परिवार गाईसम्बन्धी आफ्नो मूल्यमा चोखो रहेका छैनन् । यथार्थ यही हो । नेपालमा जनजाति र दलितमाथि थोपरिएको यो अपवित्रताको साङ्लो जनयुद्धले कमसेकम बौद्धिकस्तरमा चकनाचुर पारिदिएको छ । गाई जनावर हो, धेरै दूध दिने जनावर त्यसलाई त्यही रुपमा मात्र बुझ्ने दृष्टिकोण बनाउन ढोका खोलिदिएको छ ।
दुई, जनयुद्धले दलितमाथिको जातपात छुवाछुत भेदभावका विरुद्ध ठूलै परिवर्तन ल्याएको छ । भेदभावलाई घटाउन र दलित जागरण ल्याउन त्यसले ऐतिहासिक भूमिका खेलेको छ । कहिल्यै हतियार बोक्न नपाएकालाई हतियारधारी बनाएर, छुवाछुत भेदभावलाई व्यवहारमा दण्डनीय बनाएर अनि दलितलाई नीतिनिर्माणमा नेतृत्व दिने प्रक्रियाको सुरुआत गरेर जनयुद्धले वर्णव्यवस्थाको ढाडमा धेरै पटक वज्र प्रहार गरेको छ । तीन, महिलालाई सशस्त्र बनाएर जनयुद्धले महिलामाथिको हिन्दू र अन्य सबै धर्मको उत्पीडनलाई गम्भीर चुनौती दिएको छ । निश्चित रुपमा जनयुद्धले धर्मसँग अभिन्न रुपमा सम्बन्धित यी विषयमा गम्भीर परिवर्तन ल्याएकै हो । तर ती परिवर्तन आमसमाजको सांस्कृतिक रुपान्तरणको रुपमा नभएर केवल जनयुद्धको बलमा भएका परिवर्तनको स्तरमा मात्र रहेकाले जनयुद्धको समाप्तिपछि ती उपलब्धी प्रतिगमनमा जाने गम्भीर खतरा उपस्थित भइसकेको छ । दलित र गैरदलितबीचको अन्तरजातीय विवाहमा भइरहेको सम्बन्ध विच्छेद त्यसको ज्वलन्त उदाहरण हुन् । त्यसकारण जनयुद्धले भत्काएका धार्मिक मूल्यमान्यतालाई पुनर्जीवित हुन नदिन र अग्रगामी बाटोमा अघि बढ्न कम्युनिस्ट क्रान्तिकारीहरूले ठोस योजना बनाउन तत्काल जरुरी छ ।
Madhav Nepal
ङ. नेपाली कम्युनिस्ट र धर्मनिरपेक्ष राज्य एवं गणतन्त्रको स्थापना 
तमाम गल्ती कमजोरीका बावजुद नेपाली कम्युनिस्ट आन्दोलन– त्यसमा पनि विशेषतः जनयुद्ध र त्यसको जगमा विकसित वि.सं. २०६२÷०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गरिछाड्यो । यो निकै ठूलो क्रान्तिकारी उपलब्धी हो । गणतन्त्रको अर्थ हो नेपालको शासकीय धर्म हिन्दूधर्मको राजकीय संरक्षण अन्त्य र धर्म निरपेक्षताको अर्थ हो धार्मिक स्वतन्त्रतासहित नास्तिक बन्ने नागरिकलाई वैधानिक अनुमति– निष्कर्षमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको प्रचारलाई वैधानिक स्वीकृति । यो उपलब्धीमाथि टेकेर नेपाली कम्युनिस्टले धेरै काम गर्न सक्ने स्थिति सिर्जना भएको छ । जरुरी छ, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र सिंगै समाजको अधिभूतवादी प्रत्ययवादी विश्वदृष्टिकोण बदलेर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गर्ने अभियान सञ्चालनको गुरु योजना ! त्यो गुरुयोजना बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा नै नेपाली कम्युनिस्टको धर्मबारेको भविष्य निर्धारण हुनेछ ।
(‘धर्म र नेपाली कम्युनिस्ट’ शीर्षक लेखको एक अंश)

- See more at: http://kathmandutoday.com/2015/02/77765.html#sthash.XMKWotPH.dpuf