Tuesday, January 31, 2017

यौनदुराचारी भण्डारी छिर्दा पेरिसडाँडामा हंगामा



काठमाडौं । गत साउनको अन्तिम सातातिर यौन दुराचारको अभियोग लागि पार्टीबाट निलम्वनमा परेका संस्कृतिकर्मी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश भण्डारी पेरिसडाँडाको एक बैठकमा छिरेपछि बैठकभित्रै हंगामा मच्चिएको छ ।

सोमबार पार्टीको सांस्कृतिक डिओसीको बैठक डाकिएको थियो । विहान १२ बजे सुरु भएको बैठकमा प्रमुख अतिथिको रुपमा झक्कु सुवेदीको उपस्थितिमा बैठक सुरु हुने बित्तिकै हंगामा मच्चिएको हो । बैठकमा यौनदुराचारीको आरोप पुष्टि भई कारवाही भोगिरहेका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भण्डारीलाई सह–इन्चार्जको रुपमा बैठकमा सहभागी गराएपछि हंगामा मच्चिएको हो । स्रोतका अनुसार सांस्कृतिक डिओसीका एक जिम्मेवार पदाधिकारीले पार्टी हेडक्वारटमा उजुरी नै दर्ता गरेका छन् ।

आफ्नै साथीकी श्रीमती र छोरीमाथि नशाको शुरमा यौन दुव्यर्वहारको प्रयास गरेको अभियोगमा निलम्वन भएका भण्डारी बैठकमा सहभागी हुन आएपछि आफ्नो इज्जत, इमान, मानप्रतिष्ठामाथि आँच आउने भन्दै ३० जनाभन्दा बढि सदस्यहरुले बैठक बहिस्कार गरेको हुन् । उनीहरुले तत्कालै भण्डारीका कारण पार्टी र सांस्कृतिक डिओसी नै बद्नाम हुने भन्दै थप कारवाहीको माग गर्दै पेरिसडाँडामा उजुरी दर्ता गराएका हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यका अनुसार भण्डारीको सम्बन्धमा सोमबार दोस्रो उजुरी दर्ता भएको पुष्टि गरेका छन् । सोमबारको बैठकमा नेतृत्व गरेका झक्कु सुवेदीले समेत भण्डारीको आगमनप्रति असन्तुष्टि पोखेका थिए भने आहूति र इन्चार्ज बलराम तिमिल्सिना समेत झण्डारीलाई जिम्मेवारी दिन नहुने पक्षमा रहेको बताइन्छ ।

भण्डारीमाथि गत साउनको पहिलो साता पानी परिरहेको समयमा ललितपुरमा एक साथीको घरमा बास बस्न गएको समयमा साथीका परिवारका सदस्यमाथि यौन दुव्यर्वहार गरेको आरोप लागेको थियो । सो सम्बन्धमा पीडितहरुले पेरिसडाँडामा उजुरी दर्ता गरेका थिए । तत्कालै माओवादी पार्टीले दुई सदस्यीय छानविन समिति बनाएको थियो । केन्द्रीय कार्यालय सदस्य आहुति र पोलिटब्यूरो सदस्य तथा सांस्कृतिक डिओसीका इन्चार्ज बलराम तिमिल्सिना सम्मिलित छानविन समितिले दोषी ठहर गर्दै कारवाही गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा निलम्वित रहेका भण्डारीलाई अहिले एकाएक माओवादी केन्द्रको तर्फबाट व्यवस्थापिका संसदका सभामुखकी श्रीमान वर्षामान पुन र प्रधानमन्त्री पुत्र तथा स्वकीय सचिव प्रकाश दाहालको दवावमा प्रदेश नम्बर ३ ले यौन दुराचारी भण्डारीमाथिको कारवाही फुकुवा गर्दै सांस्कृतिक डिओसीको सह–इन्चार्ज तोकिएको थियो । स्वयम् ३ नम्बर प्रदेशका नेताहरु समेत भण्डारीलाई जिम्मेवारी दिर्ने सर्कुलरप्रति असन्तुष्ट रहेको बताइन्छ । पछिल्लो समय प्रचण्डको अबैध हेडक्वाटरको रुपमा कार्यरत रहेका अनन्त र तीन वटा श्रीमती बिहे गरेका प्रकाश दाहालको दवावमा खराब मानिसलाई छिराएर सिंगो पार्टी र संगठन बद्नाम गर्न खोेजेको भन्दै अधिकांश माओवादी केन्द्रका संस्कृतिकर्मीहरु रुष्ट हुन पुगेका छन् ।

http://singhdarbar.com बाट साभार 

Sunday, January 15, 2017

दिशाहीन राजनीति र गतिहीन सांस्कृतिक आन्दोलन - डा. ऋषिराज बराल


वामपन्थी विचारको प्रकाशनका रूपमा हरेक वर्ष विशिष्ट रचनाहरू प्रकाशित गर्दै आएको सोसियलिस्ट रेजिस्टर प्रकाशनको पचास वर्ष पुगेको सन्दर्भमा प्रकाशित विशेष अङ्कहरू 'रेजिस्टरिङ क्लास' र 'ट्रान्सफर्मिङ क्लासेज' मा सो पत्रिकाका सम्पादक चर्चित व्यक्तित्व लिओ पेन्टिचले सम्पादकीयमार्फत वर्ग राजनीतिका सन्दर्भमा गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले सन् १९६० को दशकमा देखापरेका विविध राजनीतिक घटनापछि त्यसमा पनि ८० को दशकसम्म आइपुग्दा वाम विचारधाराका विरोधीहरू मात्र नभएर आफूलाई खाँटी मार्क्सवादी भन्नेहरूसमेतले वर्गको कुरा छाडेर पहिचानको राजनीतिमा आफूलाई कसरी केन्द्रित गरे भन्ने कुराको पीडा र चिन्ता व्यक्त गर्दै समाजमा वाम विचारधाराको महत्त्वलाई पुनः स्थापित गर्न पछिल्ला विशेष अङ्कहरू प्रकाशित गर्नुपरेको कुरा उल्लेख गरेका छन् । सोसियलिस्ट रेजिस्टरको २०१५ को वार्षिक प्रकाशनको सम्पादकीयमा उनले लेखेका छन् : 

“सोसियलिस्ट रेजिस्टर प्रकाशनको ५० वर्ष पुगेको सन्दर्भमा, पछिल्लो सन् २०१४ को अङ्कमा वर्ग संरचनामा केन्द्रित भएझैँ हामीले सोसियलिस्ट रेजिस्टर २०१५ को अङ्क विश्वव्यापी स्तरमा वर्ग रणनीतिका लागि समर्पित गरेका छौँ, यस क्रममा अहिले चलेको फेसनको ठीक विरुद्ध हामी २१ औँ शताब्दीको क्रान्तिका लागि वर्ग विश्लेषण, वर्ग बहस र वर्ग राजनीतिको आधारभूत महत्त्वमा जोड दिइरहेका छौँ । दुर्भाग्यको कुरा के भयो भने यताका केही दशकहरूमा वामपन्थी क्षेत्रमा समेत वर्गका कुरा, अझ त्यसमा पनि वर्गसङ्घर्षका कुराहरूलाई एकदमै असान्दर्भिक ठानियो । सन् १९६४ मा हामीले सोसियलिस्ट रेजिस्टरको प्रकाशन थाल्दा मूल धारका एकथरी बुद्धिजीवीहरूको समूहले वर्गीय प्रश्नलाई पहिले नै असान्दर्भिक घोषणा गरिसकेको थियो र पछि यसलाई सामाजिक प्रजातन्त्रवादी पार्टीहरूका नेताहरूद्वारा बढावा दिइयो । यसको बिस वर्षपछि राजनीतिक सुई यसरी घुम्न थाल्यो, आफूलाई निकै क्रान्तिकारी वाम भन्नेहरूसमेत वर्ग छाडेर ‘अन्य’ परिचयहरूको विस्तारमा चक्कर मार्न थाले । ...त्यसैले हामीले विश्वव्यापी रूपमा, साम्राज्यवादको केन्द्रमा समेत उठेको श्रमजीवी वर्गको सङ्घर्षलाई समेत ध्यानमा राखेर नवउदारवादी तानासाही राजनीतिका विरुद्ध वर्ग राजनीतिको विश्वव्यापी महत्त्वलाई स्थापित गर्ने उद्देश्यका साथ गत अङ्कझैँ यो अङ्क पनि प्रकाशित गरेका छौँ ।” 

वास्तवमा सन् ७० को दशकदेखि २१ औँ शताब्दीको पहिलो दशकको आधाआधीसम्म युरोप–अमेरिकामा वामपन्थी आन्दोलनको जे–जस्तो स्थिति रह्यो, त्यसका आधारमा भन्नुपर्दा पेन्टिचको पीडा र चिन्ता सही छ । स्टालिनको मृत्यु, ‘युरो–कम्युनिज्म’ को प्रचारप्रसार, फ्रान्सको माओवादी आन्दोलनको अवसान, माओको मृत्यु र ‘उत्तरवाद’ को होहल्ला, रेगन–थ्याचर गठबन्धन र नवउदारवादी वर्चस्वका बीच युरो–अमेरिकी संसारमा मार्क्सवाद र वर्ग राजनीतिको क्षेत्रले सकस सहनुपरेकै हो । पेन्टिचको पीडा र चिन्ता यसैको उपज हो । तर समयले नवउदारवादी जञ्जाल, ‘उत्तरवादी’ विभ्रम र वित्तीय पुँजीवादमा निहित यथार्थलाई सतहमा ल्याइदियो । २१ औँ शताब्दीको पहिलो दशकको मध्यतिर भनौँ सन् २००८ को सेरोफेरोमा युरो–अमेरिकी संसारमा देखापरेको आर्थिक मन्दीले साम्राज्यवादलाई एकपल्ट पछाडि फर्केर हेर्न बाध्य पार्यो । ‘अरब स्प्रिङ’ को उभारलाई थेग्न सैन्य प्रयोगमा लागेको साम्राज्यवादका लागि युरोप र अमेरिकामा उठेको ‘अकुपाइ आन्दोलन’ थप चुनौती थियो । ‘अकुपाइ आन्दोलन’ मा लागेकाहरूका हातमा मार्क्स–एङ्गेल्सका फोटाहरू देखिनथाले । प्रकाशकहरू मार्क्स–एङ्गेल्सका रचनाहरूको नयाँ संस्करणको तयारीमा लागे । यस किसिमको जनउभारले मार्क्सवाद समाप्त भयो भन्ने नवउदारवादीहरू मात्र होइन, एलेन बेदुजस्ता ‘उत्तर–मार्क्सवादीहरू’ समेत “मार्क्सको पुनरागमन” भन्दै सडकमा निस्के ।

यो पश्चिमको इतिहास हो । एसिया क्षेत्र त्यसमा पनि हामी नेपालीले मार्क्सवादका विरुद्ध त्यतिसारो पीडा भोगेनौँ । हामी पनि यही विश्वमा रहेका र साम्राज्यवादी भूमण्डलीकरणको समयमा रहेकाले सांस्कृतिक साम्राज्यवादले फैलाएको प्रदूषणबाट मुक्त हुने स्थिति रहेन तापनि यस क्षेत्र त्यसमा पनि नेपालको स्थिति अर्कै किसिमको रह्यो । यहाँ सामन्तवाद, साम्राज्यवाद–विस्तारवादले मार्क्सवादलाई निषेध गर्न सकेन । पश्चिममा जतिबेर साम्राज्यवादबाहेक सबै कुराको अन्त्यको दर्शनमा आधारित ‘उत्तरवाद’ को जगजगी थियो, त्यहाँ जतिबेर ‘परिचयको राजनीति’ को होहल्ला थियो, नेपाली समाज वर्गसङ्घर्षलाई कसरी नयाँ गति र दिशा दिने तथा क्रान्तिकारी जनउभार कसरी निर्माण गर्ने भन्ने विषयमा चिन्तनरत थियो । पश्चिमको जस्तो दुर्दशा नेपालको मार्क्सवादी आन्दोलनले भोग्नु परेन । साम्राज्यवादी शक्तिहरू मात्र नभएर संशोधनवादीहरू पनि मार्क्सवादी आन्दोलनका लागि त्यत्तिकै खतरनाक छन् र उनीहरू विरुद्ध पनि सशक्त वैचारिक आन्दोलन नचलाए नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्तैन भन्ने कुरामा नेपालका क्रान्तिकारीहरू प्रस्ट थिए । युरोपेली ‘मार्क्सवादी’ राजनीतिज्ञहरू तथा बुद्धिजीवीहरूले जस्तो स्टालिन र माओको विरोधबाट नेपालका मार्क्सवादीहरूले आफ्नो परिचय दिएनन्, बरु स्टालिन र माओ त्यसमा पनि माओले देखाएको बाटोमा अघि बढेर मात्र मार्क्सवाद–लेनिनवादको रक्षा गर्न र क्रान्तिलाई अघि बढाउन सकिन्छ भन्ने कुरामा उनीहरू दृढ भए । यही नै नेपालमा मार्क्सवादी आन्दोलनले पश्चिमको जस्तो पीडा र दुर्दशा भोग्नु नपरेको कारण हो ।

पश्चिममा ‘उत्तरवादी’ धारणाका विविध रूपहरूले समाजमा प्रभुत्व कायम गर्दै गरेको अवस्थामा नेपाल र भारतका जनता मालेमाको आलोकमा महान् जनयुद्ध लडिरहेका थिए । अर्थात्, यस क्षेत्रमा वर्गीय प्रश्न नै सबै किसिमका उत्पीडनबाट मुक्ति पाउने सैद्धान्तिक तथा व्यावहारिक आधार बन्यो र अहिले पनि बनिरहेको छ । यति हुँदाहुँदै पनि पछिल्लो समयमा स्थिति फरक किसिमले विकसित हुनथालेको आभास हुनथालेको छ । केही नेताहरूले माओवादी आन्दोलनप्रति गद्दारी गरेपछि आन्तरिक र बाह्य योजनाबद्धताका साथ यहाँ पनि वर्गीय प्रश्नलाई ओझेलमा राखेर पश्चिममै असान्दर्भिक भनेर रछ्यानमा फ्यालिएको ‘उत्तरवादी’ ‘पहिचानको राजनीति’ लाई अनेक रङ्गरोगन गरेर नेपाली समाजमा प्रयोग गर्ने काम हुनथालेको छ । यथास्थितिवादीहरू तथा यसैका नाममा साम्राज्यवादी स्वार्थका गोटी बनेकाहरूबाट यस्तो हुनु अस्वाभाविक थिएन, परन्तु, आफूलाई माओवादी भन्नेहरू नै मालेमाका आधारभूत मूल्यविपरीत र वर्गसङ्घर्षको आफ्नो गरिमामय इतिहास विरुद्ध जसरी ‘पहिचानको राजनीति’ को पछि कम्मर कसेर लागेको देखियो, यसले मार्क्सवादमा विश्वास राख्नेहरूलाई आश्चर्यमा पार्नु स्वाभाविक थियो । यस किसिमको स्थितिले ‘पहिचानको राजनीति’ का आडमा साम्राज्यवादले गरेको वर्गविरोधी प्रस्ट रूपमा भन्दा मार्क्सवाद विरोधी राजनीति विरुद्धको सङ्घर्षलाई थप जटिल बनाएको छ । यतिखेर बौद्धिक–सांस्कृतिक क्षेत्रमा काम गर्ने हामीहरूले सबैभन्दा पहिले वर्गीय चिन्तनका विरुद्ध जातीय, क्षेत्रीय, लैङ्गिक प्रश्नलाई जोड दिने ‘उत्तर-मार्क्सवादी’ ‘पहिचानको राजनीति’ का विरुद्धको वैचारिक तथा व्यावहारिक सङ्घर्षलाई तीव्र बनाउनु आवश्यक छ । यसका सम्बन्धमा जे–जस्तो जालो बुनिएको छ, यो निकै जटिल छ । यतिखेर नव-उदारवादका पक्षधरहरू र सामान्य वामपन्थीहरू मात्र नभएर माओवादी ‘पार्टीहरू’ मा पनि साम्राज्यवादले आफ्ना एजेन्टहरू तयार पारेको बोध हुनथालेको छ । यसै अर्थमा यस विरुद्धको सङ्घर्ष जटिल र पेचिलो छ, तर यो अपरिहार्य छ । बौद्धिक सचेतकका रूपमा रहेका हामी बौद्धिक–सांस्कृतिक कर्मीहरूले यसको अगुवाइ गर्नु आवश्यक छ । 

एकताबद्ध र केन्द्रीकृत आन्दोलनबाट नै यस कार्यमा अपेक्षाकृत सफलता प्राप्त गर्न सकिन्छ । समाजमा ‘पहिचानको राजनीति’ प्रति विमति जाहेर गर्ने थरीथरीका मान्छेहरू छन् र तिनका स्वार्थ पनि थरीथरीका छन् । त्यसैले एकीकृत हुने भनेको मालेमाप्रति प्रतिबद्धहरू एकत्रित हुने भनिएको हो । तर यतिखेर माओवादी आन्दोलनले टूटफूट र विभाजनको नराम्रो पीडा खपेको छ । यो विभाजनको केन्द्रमा थरीथरीका आकाङ्क्षा नहोलान् भन्न सकिन्न तापनि विचारको प्रश्न नै प्रधान प्रश्न रहेको छ । माओवादी आन्दोलनभित्र ‘पहिचानको राजनीति’ ले घरजम गर्नु भनेको विचारकै समस्या हो । अर्थात् यो वैचारिक स्खलनको परिणाम हो । यस अर्थमा लडाइँ ‘उत्तरवादीहरू’ र तिनका मालिकहरूसित मात्र नभएर माओवादका नाममा ‘उत्तर-मार्क्सवाद’ को अभ्यास गरिरहेका ‘माओवादीहरू’ का विरुद्ध पनि तीव्र बनाउनु आवश्यक छ । यो बौद्धिक–सांस्कृतिक क्षेत्रमा काम गरिरहेकाहरूका लागि चुनौती र अवसर दुवै हो । 

यथार्थतः आजको प्रमुख प्रश्न र चिन्ता नेपालमा माओवादी आन्दोलनको झण्डालाई कसरी सुरक्षित राख्ने भन्ने नै हो । जबसम्म वर्गीय मुक्तिको प्रश्नलाई केन्द्रमा राखेर सङ्घर्ष र आन्दोलनका कार्यक्रमहरू तय गरिँदैन, तबसम्म यो कागजी चिन्ताको विषयमा मात्र सीमित हुन्छ । ‘पोलिटिक्स इन कमान्ड’ प्रधान पक्ष हो, तर माओवादी आन्दोलनभित्र यो पक्ष नै सबैभन्दा अन्यौलपूर्ण देखिएको छ । माओवादका नाममा ‘पहिचानको राजनीति’ गर्नेहरू र संसद्वादमा फसेकाहरूको मात्र कुरा नभएर आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत नेपाली क्रान्तिको कार्यदिशाका सन्दर्भमा अन्यौलमा देखिनु अहिलेको मूल समस्या हो । फलस्वरूप वर्गसङ्घर्षले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन । यस किसिमको अवस्थामा क्रान्तिकारी बौद्धिक– सांस्कृतिक क्षेत्रले सचेतकको भूमिका खेल्नुपर्ने हुन्छ । राजनीतिले कमान्ड गर्न नसकेपछि बौद्धिक–सांस्कृतिक क्षेत्रले यसको अगुवाइ गर्नु स्वाभाविक हो । यतिबेर यो जिम्मेवारी इतिहासले हामी बौद्धिक–सांस्कृतिक क्षेत्रलाई सुम्पेको छ । माओले भन्नुभएझैँ भुत्ते चक्कुले रगत आउँदैन र दब्बु सेनाले लडाइँ जित्न सक्तैन । हामी बौद्धिक–सांस्कृतिक कर्मीहरू दब्बु सेना बन्ने हो अथवा क्रान्तिकारी सेना, अब निर्क्योल गर्ने बेला आएको छ । 

नेपालका बुद्धिजीवी तथा सांस्कृतिक कर्मीहरू आवश्यक पर्दा एक हातमा कलम र अर्को हातमा बन्दुक लिएर लड्न सक्छन् भन्ने कुरा दसबर्से जनयुद्धको इतिहासले प्रस्ट पारेको छ । त्यो विगत हो तापनि यही नै सत्य हो र निरन्तरता विच्छेद नभएको सत्य हो । आजको सन्दर्भमा हामीले त्यो गरिमामय मूल्य र विरासतसित आफूलाई कसरी जोड्ने भन्ने कुरामा हाम्रो चिन्तनमनन केन्द्रित हुनु आवश्यक छ । यसको पहिलो सर्त मालेमाका सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रतिको प्रतिबद्धता हो । 

शब्दमा प्रतिबद्धता व्यवहारमा उदासीनता अहिलेको समस्या हो । समस्या समाजमा छ र समस्या समाजमा मात्र छैन हाम्रो मनमस्तिष्कमा पनि छ । हाम्रो दिलदिमागमा रहेका थरीथरीका विचारले हामीलाई अघि बढ्न दिइराखेका हुँदैनन् । गोर्कीले हातलाई सशस्त्र बनाउनुअघि दिमागलाई सशस्त्र बनाउनु आवश्यक छ भन्नुको अर्थ पनि यही हो । हामी पहिले आफ्नै दिलदिमागभित्र रहेका दुस्मनका विरुद्ध लड्नु आवश्यक छ । अहिलेको प्रश्न हामी आफ्नै विरुद्ध लड्न तयार छौँ कि छैनौँ भन्ने हो । माओवादको झण्डा बोकेर दुस्मनका सामु आत्मसमर्पण गर्नेहरू मात्र होइन, क्रान्ति गर्छु भन्नेहरूमा समेत क्रान्ति र बौद्धिक– सांस्कृतिक क्षेत्रको भूमिकाप्रति प्रस्टता देखिँदैन । यसलाई हामीले चिर्नु आवश्यक छ । यो अराजकताको कुरा नभएर विचार निर्वाहको कुरा हो । क्रान्तिकारी सांस्कृतिक आन्दोलनले वैचारिक मात्र नभएर सङ्गठनात्मक प्रतिबद्धतामा जोड दिन्छ । परन्तु राजनीतिले सही दिशा दिन नसके, दिशाबोध गराउन नसके “विद्रोह गर्नु न्यायोचित छ ” भने मार्क्सवादी मूल्यलाई आत्मसात गर्नु आवश्यक हुन्छ । यो हामीलाई चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति ले देखाएको बाटो हो । यस अर्थमा मालेमालाई मान्ने हामी नेपाली बौद्धिक–सांस्कृतिक क्षेत्रका सामु चुनौती पनि छन् र अवसरहरू पनि । 

आज चौतर्फी रूपमा माओवादी आन्दोलाई बदनाम गर्न यसका विरोधीहरू कस्सिएर लागेका छन् । उनीहरू एकातिर एकएकओटा निहुँ बनाएर कसरी भौतिकरूपमै माओवादी आन्दोलनलाई सिध्याउने भनेर लागेका छन् भने अर्कोतिर टूटफूट र विभाजनको वातावरण तयार पार्दै ‘पहिचानको राजनीति’ मार्फत चोतर्फी रूपमा अन्यौल, अकर्मयण्ता, अविश्वास, शून्यताबोध र निस्पृहताको स्थिति पैदा गरिरहेका छन् । उनीहरू लालझण्डाको विरुद्ध लाल झण्डाका प्रयोग गरिरहेका छन् । यो अहिलेको प्रमुख चुनौती हो । 

नेपाली समाजमा सूचना तथा सञ्चारका माध्यमहरूको भूमिका खास गरेर ठूला माध्यम भनेर नाम कहलिएका माध्यमहरूको भूमिका माओवादी आन्दोलनप्रति हिजोका दिनदेखि नै नकारात्मक रह्यो । हिजो जनयुद्धको बिम्ब विद्रुपीकरण गरिएझैँ आज पनि माओवादी आन्दोलनका विरुद्ध उनीहरूको अभियान जारी छ । यस्ता माध्यमहरूबाट जनताका कुराहरू हराएका छन् । त्यसैगरी आमजनतामा राष्ट्रिय स्वाधीनता तथा वर्गचेतना जगाउने लेखक तथा कलाकारहरूका गतिविधिहरूले प्रचारप्रसारको अवसर पाइराखेका छैनन् । यतिखेर सही अर्थका सांस्कृतिक कर्मीहरू ओझेलमा परेको स्थिति छ र बजारमा खोटा मोहरहरूको चकचकीको अवस्था छ । उनीहरूको उद्देश्य मार्क्सवादी लेखन हरायो, सकियो भन्ने किसिमको भाव सम्प्रेषित गर्नु हो । माओवादी सांस्कृतिक आन्दोलनमा लागेका कतिपयहरू पनि स्थितिको सही किसिमले यथार्थ बोध गर्न नसक्नाले अन्यौलग्रस्त भएको, कताकता निरास भएर उपभोक्तावादी होहल्लाकै पछि लागेको स्थिति छ । यो पनि अहिलेको चुनौती हो । 

यसका लागि चिनियाँ क्रान्तिकारी लेखक लु स्युनले भनेझैँ योजनाबद्धताको आवश्यकता छ । योजनाबद्धता बिना न त हामी विरोधीहरू विरुद्ध भरपर्दो किसिमले लड्न सक्छौँ, न त हाम्रो आन्दोलनलाई नै सही गति र दिशा दिन सक्छौँ । ‘उत्तरवादी’ धारणा लगायत माओवादका नाममा भए/गरेका सबै किसिमका गलत चिन्तनका विरुद्ध देशव्यापी गति र प्रवाह ल्याउन क्रान्तिकारी कर्मीहरू एकीकृत र केन्द्रीकृत हुनुको विकल्प छैन । तर यो भावना वा इच्छाको कुरा नभएर वैचारिक प्रतिबद्धताको कुरा हो र यसका लागि राजनीति क्षेत्रको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । राजनीतिक क्षेत्रमा गम्भीरताको आवश्यकता छ । वर्गसङ्घर्षलाई ऊर्जा दिने र वर्गसङ्घर्षबाट ऊर्जा लिने दोहोरो स्थिति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो । अहिलेको समस्या पनि यही नै हो । यहीँनेर कतै मिलेको छैन । राजनीतिले सही दिशा लिन र दिन नसक्नु नै अहिलेको समस्या हो । द्वन्द्वात्मक सम्बन्धबाट मात्र सबै किसिमका विचलनका विरुद्धको सङ्घर्षलाई गुणात्मकता दिन सकिन्छ । 

अवश्य पनि स्थिति हिजोको भन्दा जटिल छ । एकातिर वर्गीय प्रश्नलाई निषेध गरेर ‘पहिचानको राजनीति’ लाई राजनीतिक, बौद्धिक र सूचना साम्राज्यवादका माध्यमद्वारा विस्तारित गरिँदो छ, यतिले नपुगेर धार्मिक वितण्डावादको उखरमाउलो पनि चलाइएको छ भने अर्कोतिर माओवादका नाममा संसद्वादी राजनीतिको अभ्यास भइरहेको छ । यस्तो बेला आन्दोलन अगाडि बढाउने कुरा साँच्चिकै चुनौतीपूर्ण छ, तर सम्भव छ । संसारका सबै प्रतिक्रियावादीहरू एकजुट भएर लाग्दा पनि जनयुद्ध हाँक्न हामी त्यसै सफल भएका थिएनौँ, हामीसित सही विचार थियो, जनदिशा थियो र थियो प्रतिबद्धता । हाम्रो हिजोको गरिमामय विरासतलाई निरन्तरता दिनु भनेको नयाँ जनवादी सांस्कृतिक आन्दोलनप्रति प्रतिबद्ध हुनु हो । यो भनेको राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा माओले देखाएको बाटोलाई वैचारिक तथा व्यावहारिक दुवै दृष्टिले दृढताका साथ आत्मसात गर्नु हो । प्रस्ट कुरा के हो भने भारतीय क्रान्तिकारी कवि नवारुण भट्टाचार्यले भनेझैँ यतिबेर “कविताको गाउँबाट कविताको सहरलाई घेर्नु अति जरुरी छ ।”

यही नै यतिखेर सारा चुनौतीहरूको सामना गर्ने उपाय हो ।

०००

http://www.janamel.com बाट साभार 

माओ र ‘यनान प्रवचन’ को सान्दर्भिकता - डा. ऋषिराज बराल


विश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ ।

साम्राज्यवाद र तिनका मतियारहरूले विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर अझै पनि होहल्ला मच्चाइरहेका छन । परन्तु सत्य के हो भने आज साम्राज्यवाद हिजोभन्दा झन्झन् सङ्कटको अवस्थामा छ र यो अन्तरसाम्राज्यवादी अन्तर्विरोधबाट ग्रस्त छ । साथै आज विश्वका थुप्रै मुलुकहरूमा माओवादी आन्दोलन नयाँ किसिमले सङ्गठित भइरहेको छ र माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्यमान्यताको महत्त्व र सान्दर्भिकता झन्झन् बढ्दैगएको छ । नेपाली समाज र पछिल्ला घटनाक्रमहरूको अध्ययन गर्दा नेपालमा माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्य र निर्देशित गरेको बाटोको अर्थ र सन्दर्भ झन् बढेर गएको प्रस्ट हुन्छ ।

विश्व कम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स-एङ्गेल्स, लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ । राजनीतिक क्षेत्रमा मात्र नभएर सांस्कृतिक तथा सौन्दर्यशास्त्रीय क्षेत्रमा पनि उहाँहरूको योगदान त्यत्तिकै उच्च र स्मरणीय छ । आज हामी जसलाई मार्क्सवादी र्सान्दर्यशास्त्र भन्छौँ, यो मार्क्सदेखि माओसम्मका दार्शनिक तथा वैचारिक चिन्तकहरूले विकास गरेको सौन्दर्यसम्बन्धी धारणाको मोठ रूप हो । मार्क्सवादी सौन्दर्यशास्त्रलाई समृद्ध पार्ने कार्यमा माओको विशिष्ट योगदान छ र यसमा माओको ‘यनान प्रवचन’ को विशिष्ट महत्त्व रहेको छ । वर्गयुद्ध लडिरहेको समाजका लागि माओले विकसित गरेका सौन्दर्यशास्त्रीय मूल्यहरू सार्वभौम र चीरकालिक महत्त्वका छन् । सौन्दर्य चिन्तनको क्षेत्रमा माओले स्थापित गरेका सौन्दर्य मूल्यहरूलाई अवमूल्यन गर्नु भनेको सारतः मार्क्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा भएको विकास र समृद्धिकै अवमूल्यन हो ।
विविध लेख, टिप्पणी तथा सिर्जनकार्यद्वारा माओले आफ्ना सौन्दर्यसम्बन्धी धारणा व्यक्त गरेका छन्, र पनि सौन्दर्यशास्त्रीय मूल्यका दृष्टिले 'यनान प्रवचन' मा माओले दिएको साहित्य–कलासम्बन्धी प्रवचन ‘ यनान प्रवचन’ को सर्वोपरि महत्त्व रहेको छ । कालक्रमिक रूपमा देखापरेका वर्गसङ्घर्षका नवनव रूप र आन्दोलनको विशिष्ट चरित्रसित जोडेर सौन्दर्यसम्बन्धी व्याख्या, विश्लेषणा र संश्लेषण गर्ने क्रममा माओले मार्क्सवादी सौन्दर्यचिन्तनमा गुणात्मकता थपेर मार्क्सवादी र्सान्दर्यशास्त्रलाई नयाँ दिशा प्रदान गरेका छन् । आजभन्दा करिब ७६ वर्षअघिको सो प्रवचनको महत्त्व हिजोभन्दा झन् बढेर गएको छ र सो प्रवचन सधैँ ताजा र सान्दर्भिक भएको तथ्य यसले गरेको दिशाबोधबाट प्रस्ट हुन्छ ।

मार्क्सवादी सौन्दर्यशास्त्रलाई विभ्रमीकरण गर्ने, साहित्य तथा कलाको समाजरूपान्तरणकारी भूमिकालाई न्यूनीकरण गर्नेहरू तथा वामपन्थका नाममा यथास्थितिवादको अभ्यास गरिरहेकाहरूले ‘यनान प्रवचन’ को महत्त्व तथा माओका योगदानहरूलाई निषेध र अवमूल्यन गर्नु नयाँ र अनौठो विषय होइन, परन्तु आफूलाई मालेमाका पक्षधर नयाँ जनवादी क्रान्ति र सांस्कृतिक आन्दोलन र अभियानप्रति समर्पित भन्नेहरूले समेत ‘यनान प्रवचन’ को सार्वकालिक र सार्वभौम महत्त्वप्रति प्रश्न उठाउनुचाहिँ साँच्चिकै विडम्बनाको विषय हो ।

यथार्थतः ‘यनान प्रवचन’ लाई हेर्ने दृष्टिकोणले वामपन्थी भन्नेहरूको मात्र होइन, आफूलाई क्रान्तिकारी र माओवादी भन्नेहरूको समेत पोल खोलिदिएको छ । यसले को सही अर्थको क्रान्तिकारी र को अवसरवादी र छद्म संशोधनवादी हो भन्ने कुरासमेत प्रस्ट पारेको छ । पार्टीमा प्रवेश गर्न सफल भएका पुँजीवादी तथा संशोधनवादी प्रवृत्ति बोकेकाहरू विरुद्ध चलाइएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सन्दर्भमा समेत ‘यनान प्रवचन’ लाई केन्द्रीय महत्त्व दिनुले पनि यसको वैचारिक तथा सौन्दर्यशास्त्रीय महत्त्वको आयामलाई मापन गर्न सकिन्छ । राजनीतिक दृष्टिले तीव्र अन्तर्विरोधको स्थितिमा रहेको नेपाली समाजको वर्तमान स्थिति र आफूलाई माओवादी भन्नेहरूमा समेत वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलन तीव्र रूपमा देखापरेको अवस्थामा ‘यनान प्रवचन’ को महत्त्व झन् बढेरगएको छ । नेपाली क्रान्तिको स्वरूप नयाँ जनवादी र नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली क्रान्तिको कार्यदिशा भएझैँ नयाँ जनवादी सांस्कृतिक आन्दोलन नै नेपाली नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ ।
प्रमुख र सदैव ध्यान दिनुपर्ने कुरा के हो भने ‘नयाँ जनवादको संस्कृति’ ‘यनान प्रवचन’ र पछि ‘सयौँ फूल फुल्न देउ…’ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’का सम्बन्धमा माओले जेजस्तो धारणा अघि सारेका छन्, यो सांस्कृतिक तथा साहित्यिक सन्दर्भमा मात्र सीमित छैन, यसको अहम् राजनीतिक महत्त्व छ । यसमा विश्व सर्वहारावादी क्रान्तिकारी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर चिन्ता र चिन्तन निहित छ । अझ माओवादको नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै क्रान्तिलाई बदनाम गर्न/गराउन एकथरीहरू लागेको अवस्थामा यसको सार्वभौम महत्त्व रहेको छ । ‘यनान प्रवचन’ ले थुप्रै पक्षमा प्रकाश पारेको छ, खासगरेर प्रतिबद्धता, सांस्कृतिक सेना, आधार अधिरचनाबीचको द्वन्द्वात्मक महत्त्व, सार र रूप, उपयोगिता र मूल्य, संयुक्त मोर्चा, इतिहासको मूल्याङ्कन जस्ता गम्भीर र सारगर्भित विचारहरू यसमा पस्तुत छन् । यसलाई खास राजनीतिक सन्दर्भमा मात्र त्यसमा पनि चिनियाँ सन्दर्भमा मात्र मात्र सीमित गर्न खोज्नु भनेको सारतः मार्क्सवादी सौन्दर्यशास्त्रीय मूल्यकै अवमूल्यन गर्नु हो । त्यसैगरी कतिपय लाल बुझक्कडहरूले माओले अघि सारेका सांस्कृतिक सेनासम्बन्धी धारणाको गलत व्याख्या गरेर यसको भ्रष्टीकरण र विकृतीकरण गरेका छन् । यी दुवै मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी गलत बुझाइका परिणाम हुन् । एउटा प्रवृत्तिले संशोधनवाद र अर्को प्रवृत्तिले ‘क्रान्तिकारी रूपवाद’ को प्रतिनिधित्व गर्दछ । सारतः यी दुवै वैचारिक विचलनका परिणाम हुन् ।

क्रान्तिकारीहरूका लागि ‘यनान प्रवचन’ सौन्दर्यशास्त्रीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण दस्ताबेज हो र यसलाई रूपमा होइन सारमा लिनु आवश्यक छ । यसलाई कोरा भावनामा होइन, क्रान्तिकारी राजनीतिक उदेश्यका लागि व्यवहारमा प्रस्तुत गर्नु आवश्यक छ । अनि मात्र माओका योगदानहरूको सही मूल्याङ्कन गरेको ठहर्छ । यथार्थतः समस्या विचार र राजनीतिमा छ । क्रान्तिको कुरा गर्नेहरूले नै “अब आएर माओले निर्देशित गरेका नयाँ जनवादी क्रान्तिसम्बन्धी वैचारिक, राजनीतिक र फौजी मूल्य-मान्यताहरू असान्दर्भिक बनको ” भनेर सोझै खारेज गर्न थालेपछि यसको प्रतिबिम्बन सांस्कृतिक आन्दोलनमा पर्छ नै । त्यसैले अहिलेको प्रश्न भनेको माओले भनेझैँ राजनीतिलाई दरोसित समात्ने कि नसमात्ने भन्ने हो । नयाँ जनवादी क्रान्तिलाई आत्मसात गर्ने कि नगर्ने भन्ने हो । नयाँ जनवादी क्रान्ति आजको नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो र ‘क्रान्तिका तीन जादुगरी हतियार’ को कुशलतापूर्व प्रयोगका साथ अघि बढेर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । जेजे पदावली प्रयोग गरे पनि अन्ततः नेपाली नेपाली क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धमा प्रवेश नगरी धरै छैन । नेपाली क्रान्तिको रक्षा र गतिका लागि अर्को बाटो छैन । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ ।

यतिखेर नेपालको राष्ट्रियता र जनतन्त्र दुवैले गम्भीर समस्या र सङ्कट भोग्दै गरेको यथार्थ हाम्रा सामु छ । माओवादी आन्दोलनलाई अघि बढाउने हो भने सही अर्थका क्रान्तिकारीहरू, मालेमाका पक्षधरहरूबीच क्रान्तिकारी एकता र संयुक्त मोर्चा आवश्यक छ र यसका लागि सर्वप्रथम वैचारिक-राजनीतिक प्रस्टता हुनुपर्छ । मित्र को हो र सत्रु को हो ? भन्ने कुरामा प्रस्ट हुनुपर्छ, कसको भण्डाफोर गर्ने र कसको प्रशंसा गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ । अहिले जसरी वर्गीय प्रश्नहरू ओझेलमा परेका/पारिएका छन् र वर्गविरोधी पहिचानवादी प्रवृत्तिलाई योजनाबद्ध ढङ्गले अघि बढाउन थालिएको छ, यो वर्गीय मुक्ति आन्दोलनका लागि निकै खतरनाक छ र यसप्रति हामी सबै चनाखो र गम्भीर हुनु आवश्यक छ । यसका लागि लडाइँ घरैबाट आरम्भ गर्नु आवश्यक छ ।

राजनीतिक मोर्चाको मात्र नभएर सांस्कृतिक क्षेत्रले पनि क्रान्तिकारीहरूबीच कसरी एकता र मोर्चाबद्धताको वातावरण निर्माण गर्ने भने कुरामा गम्भीर हुनु आवश्यक छ । यसमा सबैले आआफ्ना कमीकमजोरी, सीमा समस्या आत्मसात गर्दै आत्मसमीक्षा गर्नु आवश्यक छ । इतिहासको गम्भीर समीक्षा नगरी क्रान्तिकारी मूल्यका साथ एकताबद्ध र मोर्चाबद्ध भएर अघि बढ्न सक्ने आधार निर्माण हुन सक्तैन । क्रान्तिकारी मोर्चाबद्धता र योजनाबद्धताका लागि यो आवश्यक छ । क्रान्तिकारीहरूबीच व्यापक एकता र मोर्चाबद्धता अहिलेको आवश्यकता हो । यो काम प्रतिक्रियावादी सत्ताको प्रतिनिधित्व गरेर सरकार चलाइरहेकाहरूको तावेदारी गर्ने सत्ता तावेदार कथित प्रगतिशील लेखकहरूसित एकता अथवा साझा मोर्चा बनाएर होइन, सही अर्थका प्रगतिशीलहरूसित एकता तथा मोर्चा बनाएर मात्र सम्पन्न गर्न सकिन्छ । लु स्यनले “प्रतिक्रियावादीहरू एक भइसके हामी किन अलमलिएका” भनेझैँ, यतिबेर क्रान्तिकारी बुझाइ र योजनाबद्धताको खाँचो छ ।

सांस्कृतिक आन्दोलन र संयुक्त मोर्चाका सन्दर्भमा माओले भनेका कुराहरू “भुत्ते चक्कूले रगत आउँदैन भद्दा सेनाले लडाइँ जित्न सक्तैन” भन्ने यथार्थ हाम्रो सांस्कृतिक आन्दोलनका सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ र सही अर्थमा नेपाली क्रान्तिका लागि सांस्कृतिक सेनाको भूमिका पूरा गर्ने हो भने हामीले यस यथार्थलाई गम्भीरतापूर्वक ग्रहण गर्नु आवश्यक हुन्छ । सतही हेराइ तथा दिशाहीन कुदाइ होइन, अलि गहिरामा जानु आावश्यक छ । कुखुराको उडान होइन, चीलको उडान आवश्यक छ । माओको ‘दुई चराको सम्बाद’ लाई आत्मसात गर्नु आवश्यक छ । प्रस्ट होऔँ: माओले ‘चिङकाङ्सान पुन: आरोहण’ मा भनेझैं यदि पहाड चढ्न आँट गरिन्छ भने संसारमा कठिन भन्ने कुरा केही छैन । समयले पुरानो र मृत पक्षबाट सम्बन्ध विच्छेद र नयाँ र जीवन्त पक्षसित सम्बन्ध विस्तारको माग गरेको छ भन्ने कुरालाई आत्मसात गर्नु अहिलेको आवश्यकता हो । यही नै 'यनान प्रवचन' को सारतत्त्व हो ।

०००

http://www.janamel.com बाट साभार 

Saturday, January 14, 2017

संगीतकार चेतन सापकोटा र बोर्ड पुर्ब अध्यक्ष गणेश भण्डारीलाई जबर्जस्ती करणीको आरोप

फिल्मीबजार,

२ भाद्र २०७३,काठमाण्डौ / चलचित्र क्षेत्रलाई प्रायले नकरात्मक शैलीमा हेर्ने गरेका छन् । कारण यस क्षेत्र प्रति समाबेश ब्यक्तिहरुको गतिबिधि । तर,सबै उस्तै भन्न खोजिएको भने होईन । वास्वतमा राम्राको संख्या अत्यन्त न्युन छ भने खराब आचरण भएकाको हालिमुहालिकै कारण चलचित्र क्षेत्र दिन प्रतिदिन बेईजतको दलदलमा फस्दैछ ।नाम चलेका देखि लिएर नयाँ अनुहार समेत यस्ता गलत कार्यमा हुने गरेको देखिएको छन । यसै बिच चलचित्र संगीतकारको सुचिमा राम्रै स्थानमा रहेका संगीतकार चेतन सापकोटा र चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष गणेश भण्डारीको पनि कालो कर्तुत सार्बजनिक भएको छ । यि दुई चलचित्रकर्मीलाई जबर्जस्ती करणिको आरोपमा उजुरी समेत परेको छ ।

 यि दुई माओबादीका कार्यकर्ता समेत हुन् । अहिले पार्टीको मुख्यालय पेरिस डाँडामा सापकोटा र भण्डारीलाई जबर्जस्ती करणीको आरोपमा पार्टीमै उजुरी परेको हो ।सांस्कृतिक विचलनको नाममा उनीहरूमाथि अहिले नेकपा माओवादी केन्द्रले छानबिन थालेको छ ।भण्डारी माओवादी निकट एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको अध्यक्ष पनि हुन् । महासंघमा माओवादी सम्बद्ध अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला संघ र अखिल नेपाल नाट्यकर्मी संघ आबद्ध छन् ।

 के भएको थियो ? 

घटना करिब दुई साताअघिको हो । भण्डारी र संगीतकार सापकोटा मैतीदेवीको एक रेस्टुरेन्टमा बसेर खाजा खाँदै थिए । त्यही बेला सुदीप सापकोटा नाम गरेका माओवादी कार्यकर्ताले सापकोटालाई फोन गरे । उनी पाटनको कुनै एक रेस्टुरेन्टमा राप्रपाका नेता प्रेम देशारसँग बसेर रक्सी खाँदै थिए । उनले भण्डारी र सापकोटालाई पाटनतिरै बोलाए । त्यहीँ बसेर देशार, भण्डारी र चेतन सापकोटाले राति साढे १० बजेसम्म रक्सी खाए । सोही क्रममा उनीहरू राम्रो सम्बन्ध स्थापित भयो । 

रक्सी धेरै खाएपछि सापकोटा र भण्डारी हिँड्न नसक्ने अवस्थामा पुगेकाले देशारले उनीहरूलाई आफ्नै घर चापागाउँ जान आग्रह गरे । भण्डारी र सापकोटा राजी भएपछि सबै चापागाउँ पुगे । देशार राप्रपाको राजनीतिबाट असन्तुष्ट छन् । सोही कारण उनलाई माओवादी प्रवेश गराउन आफूहरूले सहयोग गर्ने देशारलाई भण्डारी र सापकोटाले रेस्टुरेन्टमा दिएको बताइन्छ । 

झन्डै मध्यराति उनीहरू चापागाउँस्थित देशारको निवास पुगेका थिए । घरमा देशारकी श्रीमती र छोरी टिभी हेरेर बसेका थिए । देशारले सापकोटा र भण्डारीको परिचय गराइदिए । देशारकी छोरी मोडलिङ र संगीतप्रति बढी सौखिन रहिछन् । संगीतकार भएकाले सापकोटाले देशारकी छोरीलाई गितार बजाउने यसरी हो भन्दै सिकाउन थाले । उनलाई रक्सीले छाडेको थिएन । बाबुआमाकै अगाडि चेतनले छोरीको हात समाउने, जिस्काउने, स्पर्श गर्न थाले । गफगाफ गर्दागर्दै साढे १२ बजिसकेको थियो । देशारकी श्रीमती अर्को कोठामा सुत्न गइन् । देशार पनि उनीहरूलाई त्यहीँ छाडेर सुत्न गए । त्यही मौकामा चेतन र भण्डारीले देशारकी छोरीलाई जबर्जस्तीकरणी गर्न थाले । छोरीलाई समातेर यौन दुव्र्यवहार गरेको थाहा पाएपछि देशारकी श्रीमती आएर चिच्याइन् । उनलाई पनि चेतनले सोही व्यवहार गरेका थिए । 

श्रीमती कराएपछि प्रेम देशार आएर भकाभक चेतन र गणेशलाई कुट्न थाले । केही समय दुवै पक्षबीच फाइट चल्यो । देशार ताइक्वान्दोका ब्ल्याकबेल्ट पनि भएकाले उनले दुवैले लोत हुने गरी चुटे । त्यसपछि गणेश र चेतन त्यहाँबाट भागे । मध्यराति भाग्ने क्रममा दुवै आ–आफ्नो ढंगले कुदे । चेतन र गणेश खाली खुट्टामा भागेका थिए । भाग्दा भाग्दा गणेश बिहान ३ बजे गोदाबरी निस्केका थिए । चेतन भने कता पुगे गणेशले थाहा पाएनन् । बिहान भएपछि मात्र बल्ल एउटा ट्याक्सीलाई अनुरोध गरेपछि गणेश आफ्नो घरमा आएर सुतेका थिए । 

यसरी खुल्यो पोल 

चेतन र गणेशले आफ्नो श्रीमती र छोरीप्रति गरेको दुव्र्यहारले प्रेम देशार पीडामा थिए । उनले माओवादीकै एक नेता अर्जुन खालिङलाई यो कुरा सेयर गरे । खालिङले माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गोपाल किराँतीलाई चेतन र गणेशको हर्कतबारे सबै बताइदिए । किराँतीले माओवादी नेता रामबहादुर थापा बादलकहाँ यो कुरा पु¥याइदिए । बादलले माओवादी सांस्कृतिक विभागका प्रमुख आहूति र बलराम तिमल्सिनालाई घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् । 

पेरिसडाँडामा उजुरी 

प्रेम देशारले चेतन र गणेशविरुद्ध माओवादी मुख्यालय पेरिसडाँडामा उजुरी पनि दर्ता गराएका छन् । उनको उजुरीपछि आहूति र तिमल्सिनाले चेतन सापकोटा र गणेश भण्डारीलाई सम्पर्क गरेको थियो । भण्डारीले आफूमाथि पार्टीले गरेको छानबिनमा सहयोग गर्ने र कारबाही भोग्न आफू तयार भएको बताएको माओवादीका एक नेताले बताए । तर, चेतन भने अझै पनि छलेर हिँड्ने गरेका छन् । उनी कहिले विदेश त कहिले कुलेखानीतिर छु भनेर छल्दै हिँडेको पेरिसडाँडा स्रोतले बतायो । 

यही हप्ता छानबिन टुंगिने 

चेतन सापकोटा र गणेश भण्डारीको यो हर्कतले माओवादी कलाकारमा खैलाबैला मच्चिएको छ । उनीहरूमाथि सांस्कृतिक विचलनको आरोपमा कडा कारबाही नगरे धेरै कलाकार साहित्यकारले माओवाद पार्टी छाड्ने चेतावनी दिएका छन् । जसका कारण आहूति र तिमल्सिनाले यही हप्ताभित्र छानबिन टुंग्याउने प्रतिबद्धता जनाएको बुझिएको छ । माओवादी पार्टी निकट निर्माता निर्देशक केपी पाठकले फेसबुकमा अप्रत्यक्ष रूपमा सो विषयबारे स्टाटस राखेपछि ‘सापकोटा र भण्डारीको जबर्जस्तीकरणी’ को कर्तुतको पोल खुलेको हो । माओवादीका १० वटा घटक मिलेर नेकपा माओवादी केन्द्र भएकाले अन्य माओवादी सम्बद्ध कलाकारले यो घटनालाई चाँडो टुंग्याए मात्र एकता हुने भनेपछि आहूति र तिमल्सिनाले यही साता यो घटनाको विस्तृत जानकारी गराउने पेरिसडाँडा स्रोतले बतायो ।सो काण्डमा मुछिएका भण्डारीले भने आफूले गल्ती नगरेको, चेतनले गरेको गल्तीको सजाय आफू भोग्न तयार भएको निकटहरूलाई बताउने गरेका छन् । 

चेतन भन्छन्:मलाई दुष्मन लाग्यो 

यसै बिच संगीतकार चेतन सापकोटा संग फिल्मी बजारकर्मीले पटक पटक टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । तर,फेसबुकमा भने आफुलाई दुष्मन लागेको प्रतिकृया दिएका छन् । उनले सो बारे थप जवाफ दिएका छैनन् । सोही बारे भण्डारी संग टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

*मिडियाएनपिको सहयोगमा

http://www.filmybazar.com बाट साभार 

 

Sunday, December 18, 2016

लाल बहादुर वर्मा का आलेख – ‘भूमंडलीकरण का सांस्कृतिक परिप्रेक्ष्य’।

लाल बहादुर वर्मा



भूमंडलीकरण अपेक्षाकृत एक आधुनिक टर्म है जिसने समूची दुनिया को कई अर्थों में सीमित कर दिया है। इस आधुनिकता ने एक तरफ जहाँ दुनिया को एकरूप बनाने में बड़ी भूमिका निभायी है वहीँ इसने कई दिक्कतें भी पैदा की हैं। कहना न होगा कि आज के ताकतवर और साम्राज्यवादी मानसिकता के देश इसका अपने पक्ष में उपयोग कर रहे हैं। इन्हीं सन्दर्भों में इतिहासकार लाल बहादुर वर्मा का मानना है कि ‘साम्राज्यवाद के प्रतिकार का भी भूमंडलीकरण होना चाहिए।’ पहली बार पर हम प्रख्यात इतिहासकार प्रोफ़ेसर लाल बहादुर वर्मा के आलेखों को श्रृंखलाबद्ध रूप से प्रस्तुत कर रहे हैं। इसी क्रम में आज प्रस्तुत है उनका यह आलेख – ‘भूमंडलीकरण का सांस्कृतिक परिप्रेक्ष्य’। 


भूमंडलीकरण का सांस्कृतिक परिप्रेक्ष्य


प्रोफ़ेसर लाल बहादुर वर्मा


आजकल भूमंडलीकरण का प्रतिकार सामन्तवाद, पूँजीवाद और साम्राज्यवाद के विरोध से ज्यादा होता लग रहा है। तो क्या भूमंडलीकरण उसी श्रेणी की परिघटना है और उतनी ही जन विरोधी, 'आउट ऑफ डेट' और प्रतिकार्य? प्रायः समझा यही जा रहा है। पर यह गलत है।

क्या भूमंडलीकरण- सामन्तवाद, पूँजीवाद और साम्राज्यवाद की तरह गलत है और उसे भी सिद्धान्त और व्यवहार में नकारा जा सकता है? नहीं, कतई नहीं और यही समझना जरूरी है। भूमंडलीकरण न तो पूरी तरह गलत है न तो चाह कर भी, सारी ताकत लगा कर भी, उसे समाप्त किया जा सकता है। ऐसा करना न केवल संभव नहीं, वांछित भी नहीं है।

भूमंडलीकरण, उदारीकरण, निजीकरण, बाजारीकरण आज के पूँजीवाद की प्रकृति को चिन्हित करने के सरलीकृत सूत्र मात्र है। यह सब तो पूँजी की प्रकृति में निहित है- जब से पूँजीवाद का प्रादुर्भाव हुआ यह सब होता रहा है। आज भूंमडलीकरण का विशेष अर्थ पूँजी का भूमंडलीकरण है पर इतना ही कहना पर्याप्त नहीं। आज का पूँजीवाद पहले से अधिक जटिल, अधिक आक्रामक, अधिक ग्लैमराइज्ड, अधिक व्यापक तथा अधिक सूक्ष्म और सांस्कृतिक हो गया है और इसी लिए पहले से अधिक खतरनाक और इतिहास विरोधी हो गया है।

भूमंडलीकरण वास्तव में आधुनिकता की लाक्षणिकता है और आधुनिकता पूँजीवाद ही नहीं समाजवाद में भी चरितार्थ हुई है। इसलिए भूमंडलीकरण पूँजीवाद के लिए ही नहीं, समाजवाद के लिए भी अनिवार्य है। दूसरे, भूमंडलीकरण को न केवल रोका नहीं जा सकता, भूमंडलीकरण आर्थिक ही नहीं राजनीतिक और सांस्कृतिक रूप से भी चरितार्थ होता है और होगा ही। मुद्दा यह है कि वह किसके द्वारा किसके हित में कार्यान्वित होता है। तीसरा महत्वपूर्ण पक्ष यह है कि भूमंडलीकरण और केन्द्रीयकरण न पर्यायवाची हैं न अनिवार्यतः पूरक। ऐसा भी भूमंडलीकरण संभव है जो विकेन्द्रीकरण और संघवाद (फेडरलिज्म) के सार को प्रोन्नत करे। समाजवादी भूमंडलीकरण का यही लक्ष्य होना चाहिए।

भूमंडलीकरण के सांस्कृतिक परिप्रेक्ष्य का विश्लेषण करें तो स्पष्ट हो जाएगा कि विश्व संस्कृति का- अपने तमाम सकारात्मक और नकारात्मक पहलुओं के साथनिर्माण नई विश्व व्यवस्था के साथ पिछले दशक में शुरू नहीं हुआ। वह पांच सौ वर्षों से जारी है।

उसकी गति विज्ञान और टेक्नालॉजी के विकास के साथ-साथ तेज होती गई है। शासक वर्ग की संस्कृति का वर्चस्व बनता-बढता गया है। आधुनिक काल के प्रारंभ में जब राष्ट्र-राज्य यूरोप में विकसित हुए, संस्कृति राष्ट्रीय होने लगी और सत्ता का चरित्र जब अन्तर्राष्ट्रीय हुआ तो संस्कृति भी अंतर्राष्ट्रीय हो गई। आज शासक वर्ग वैश्विक होता जा रहा है इसलिए बदनीयत और बाजारू शासकों की संस्कृति का वैश्वीकरण भी बाजारू और बनावटी है। नतीजे में संस्कृति के मर्म-सृजनशीलता और उदारीकरण का क्षरण उजागर होता जा रहा है।

एक एकांगी और विकृत भूमंडलीकरण के रू-ब-रू व्यक्ति-समुदाय-राष्ट्र सभी असहाय होते जा रहे हैं। स्थानीय, राष्ट्रीय और बाहुल (प्यूरल) यथार्थ के सामने जीवन-मरण का प्रश्न खड़ा हो गया है।


पूँजीवाद के व्याख्याकार इसी भूमंडलीकरण को अनिवार्य ही नहीं निर्द्वन्द्व,सर्वशक्तिमान और रामबाण की तरह उद्धारक करार देने में लगे हुए हैं। सिद्धान्ततः ऐसी स्थिति में धार्मिक कट्टरता और साम्प्रदायिकता को अप्रासंगिक होते जाना चाहिए था। पर पूँजीवाद उसके पोषण को मजबूर है। आखिर क्यों? इस लिए जिस तरह से अपने इतिहास के सर्वोत्तम काल फ्रांसीसी क्रान्ति के दौरान सामन्तवाद से क्रान्तिकारी ढंग से सत्ता छीन लेने के बाद भी पूँजीवाद ने सामन्तवाद से समझौता कर लिया था और दो सौ वर्षों से उसे जिलाए रखे हुए है। उसे पता है कि सामन्तवाद की मौत हो गई तो मेहनतकशों से उसकी सीधी टकराहट होगी जिसे सम्भालना असंभव हो जाएगा। अभी तो सामन्ती संस्थाओं और संस्कारों में जकड़ा मेहनतकश भी व्यक्ति और वर्ग के रूप विभाजित रहता है और अपने नैसर्गिक शत्रु पूँजीवाद पर भरपूर संगठित प्रहार नहीं कर पाता। आज पूँजीवाद के तथाकथित  और घोषित एकक्षत्र वर्चस्व के दौर मेंफंडामेंटलिज्म’, तरह-तरह की संकीर्णताओं और जादू-टोने अंधविश्वासों को बढ़ावा मिलना- यहाँ तक कि उनका राजनीतिक इस्तेमाल, क्या अनायास हो रहा है? व्यक्ति और समाज में ज्यों-ज्यों तर्कशीलता और विवेकशीलता बढ़ती जा रही है रूढिग्रस्तता, नियतिवादिता और प्रतिक्रियावादिता को कमजोर होते जाना चाहिए। ऐसे तो जन विरोधी शक्तियों का प्रभुत्व ध्वस्त हो जाएगा। इसलिए तात्कालिक लाभ के लिए आत्मघाती पिछड़ेपन को भी प्रोन्नत किया जाता है। पूँजीवाद ऐसा पहली बार नहीं कर रहा है। प्रथम विश्व युद्ध के बाद उसी के द्वारा पैदा की गई स्थितियों में जब इटली, जर्मनी और स्पेन में फासीवाद उभरा तो उसे इस लिए पोसा गया था ताकि रूस की समाजवादी क्रान्ति के विरुद्ध उसका इस्तेमाल किया जा सके। जब हिटलर ने फ्रांस और इंगलैण्ड को हड़पने के लिए आक्रमण शुरू किया तब जा कर उन्हें भस्मासुर के जन्म की अर्थवत्ता समझ में आई।

आज भूमंडलीकरण के बाढ़ में सबसे सुगठित संस्था राष्ट्र-राज्य पूँजीवादी बांध में भी दरार पड़ने लगी है। सोलहवीं शताब्दी से ही राष्ट्र-राज्य पूँजीवाद के गढ़ के रूप में मजबूत होता गया था। उसकी दमनकारी भूमिका बढ़ती गई। उसके विरुद्ध क्रान्तियां तक हुई पर समाजवादी क्रान्ति के बाद भी राज्य, जिसे विलुप्त होते जाना थाकमजोर नहीं हुआ। पर आज भूमंडलीकरण और अमरीकी वर्चस्व के जमाने में राज्य की सार्वभौमिकता लड़खड़ाने लगी है। भारतीय राज्य भी कितनी ही बार अपनी सार्वभौमिकता के साथ समझौता करता लगता है। व्यक्ति की बढ़ती आत्मकेन्द्रिता अजनबियत और बढ़ने न पाये इसके लिए विघटनकारी शक्तियों को पोसा जा रहा है। बढ़ती उद्धतता और बेहया आक्रामकता का प्रतिकार वर्तमान जीविता हर तरह की सामुदायिक और सामाजिकता को कमजोर कर रही है। समाज में सृजनशीलता का क्षरण हो रहा है। अनिवार्य और नैसर्गिक अन्तर-संबंध विकृत और विरूपित होते जा रहे हैं। समाज में सृजनशीलता का क्षरण हो रहा है। विज्ञान और टेक्नोलॉजी, जो प्रगति के सूचक और वाहक हैंआज प्रगति को अवरुद्ध करने के लिए इस्तेमाल किए जा रहे हैं।

परन्तु दूसरी ओर यह भी स्पष्ट होना चाहिए कि मनुष्य सामाजिक ही नहीं सांस्कृतिक प्राणी भी है जैसे मनुष्य नैसर्गिक रूप में सामाजिक है वैसे ही सांस्कृतिक भी। संस्कृति प्रबुद्ध और भद्र’ लोगों की बपौती नहीं। वह हर व्यक्ति की नैसर्गिक लाक्षणिकता है। संस्कृति मानव समाज का नैसर्गिक सम्बल है। वहीं अश्वमेध के घोड़ों की रास थाम ली जाती है। राम कितना ही आततायी हो लव-कुश का दमन-दलन संभव नहीं। मतलब यह कि संस्कृति के क्षेत्र में प्रतिकार को रोका नहीं जा सकता। तो फिर बीड़ा उठाने के लिए क्या करना होगा?

सबसे पहले तो यह समझ लेना होगा कि इतना जोर जानने पर क्यों है। सारी सूचना क्रान्ति का मन्तव्य क्या है? जाहिर है कि बौद्धिक प्रक्रिया-सूचनाज्ञानविवेक में सूचना सबसे निम्न स्तर का काम है। जानने को सर्वोतम प्राप्य के रूप में स्थापित करने का उद्देश्य यह है कि समझने की अर्थवत्ता समझ में न आवे। समझने से निर्णय ले पाने यानी विवेक का द्वार खुलता है और विवेक शासकों के लिए खतरनाक सिद्ध होता है। तभी तो अगर इर्न्फोरमेशन से बात आगे जाती भी है तो नॉलेज पर रोक लगा दी जाती है- कहा जाता है - नालेज इज पावर। पूछा जा सकता है कि विजडम इज पावर’ क्यों नहीं। सारांश यह कि सांस्कृतिक मोर्चे पर सूचना के वर्चस्व और केन्द्रीकरण का विरोध होना चाहिए। कार्यभार के रूप में क्विज कल्चर’ के मर्म को समझना चाहिए और उसके स्वरूप को बदलने और वैकल्पिक माध्यम विकसित करने के प्रयास होने चाहिए।



दूसरा मुद्दा सुख और आनंद का है। आज सारी दुनिया में, विशेष कर भारत जैसे देशों में,उन्हें सम्पति और भोग-विलास से जोड़ कर ही देखने की प्रवृत्ति बढ़ रही है। कुछ लोग इससे ऊब कर पराभौतिक आनन्द की तलाश में जुटते हैं जैसे- यूरोप, अमरीका के कुछ लोग जिनका मोहभंग’ हो जाता है। कुछ लोग दान-दक्षिणा-भजन-कीर्तन- तीर्थ-यात्रा में अपराध-बोध से रास्ता तलाशते हैं- जैसे भारत का मध्य वर्ग। दोनों ही अतिरेकपूर्ण रास्ते मीडिया के प्रिय विषय हैं और इनको तरह-तरह से प्रोन्नत किया जा रहा है। इसलिए जरूरी है कि आज सम्पत्तिसुखआनन्द आदि की अर्थवत्ता स्पष्ट की जानी चाहिए और समाजशास्त्र में, शिक्षण जगत में, इस पर जोर दिया जाय कि विकास वैयक्तिक है और आनन्द सामुदायिक तथा भौतिक आनन्द का सबसे बड़ा उत्सव सहभागिता है।

एक बड़ी सांस्कृतिक चुनौती आज की विडम्बनाओं से उबरने की है। आज आतंकवाद के विरुद्ध सबसे ऊंची आवाज उस की है जो दुनिया का सबसे बड़ा आतंकवादी है। आज मानवाधिकार हनन का मुद्दा वह उठाता है जो सबसे व्यवस्थित और नियोजित ढंग से उसका हनन करता है। आज जनवाद का सबसे बड़ा हिमायती होने का दावा और दलील वह देश करता है जो दूसरे देशों में ही नहीं स्वयं अपने देश की भी उन जनवादी परम्पराओं का उल्लंघन कर रहा है, जिन्हें पूँजीवादी से बहुत गर्व से संजोया है। जो जनवाद आधुनिकता का अनिवार्य लक्षण है, जिसका विकास मानव की मुक्ति-कामना से अंतरंग रूप से जुड़ा हुआ हैजिसके लिए संघर्ष से मानव समाज ने नई बुलंदियां दी है। वह न केवल ठहराव का शिकार है बल्कि उसका क्षरण हो रहा है। इसलिए साम्राज्यवादी भूमंडलीकरण के खिलाफ सबसे बड़ा मोर्चा जनवाद का है। यह न केवल पूँजीवादी-साम्राज्यवादी विकृतियों के विरुद्ध है अपितु समाजवादी भटकावों के भी खिलाफ जरूरी आधार प्रस्तुत करता है। इस से भी सामान्य जन के लिए कार्यभार निकलता है। आज जनवादी परिवार विकसित करना एक आधारभूत कार्यभार हैकिसी भी तरह के नवजागरण और सांस्कृतिक आन्दोलन के लिए।

भूमंडलीकरण के संदर्भ में एक सांस्कृतिक संकट भाषा को ले कर भी पैदा हो रहा है। आज अंग्रेजी भूमंडलीकरण का उपकरण बन रही है। इंटरनेट की भाषा अंग्रेजी ही बनती जा रही है। पर यह संयोग ही है कि अंग्रेजी अमरीका की भी भाषा है। इसमें अंग्रेजी का क्या दोषऐतिहासिक कारणों से अंग्रेजी का विश्वव्यापी प्रचार हुआ। पहले न अंग्रेजों के राज्य में कभी सूरज डूबता था न अंग्रेजी के। अंग्रेजों का राज तो खत्म हुआ पर अंग्रेजी का बना रह गया। इसमें अंग्रेजी भाषा-साहित्य की प्रकृति का भी योगदान है। आज भी अंग्रेजी दुनिया की सबसे लचीली और जज्ब करने वाली भाषा है। हर साल सारी दुनिया की भाषाओं में सैकड़ों शब्द और मुहावरे अंग्रेजी में आत्मसात किए जाते हैं और शब्द कोशों का विस्तार होता जाता है। अब अंग्रेजी को नकारा नहीं जा सकता पर अपनी-अपनी भाषा-साहित्य के समुचित विकास में जुट जाने की चुनौती स्वीकारी नहीं जा सकती है। उदाहरण के लिए हिन्दी या तो पिछलग्गू और पिछड़ी होने को स्वीकार ले या फिर बीड़ा उठा ले। वर्तमान स्थिति में हिन्दी के साहित्यकार और बुद्धिजीवी इस चुनौती और उससे निकलने वाले कार्यभार की अर्थवत्ता के अहसाससमझ और संकल्प से लैस नहीं दिखाई पड़ते। आज विश्व के श्रेष्ठ लेखन का हिन्दी में अनुवाद मौलिक रचना से कम महत्वपूर्ण नहीं है-- कभी-कभी तो वह श्रेष्ठ और आवश्यक मौलिक रचना की पूर्व शर्त लगाता है। हिन्दी मनीषा की गहराई-ऊंचाई-विस्तार के लिए अनिवार्य है कि वह दुनिया के अधुनातन और श्रेष्ठतम से परिचित हो। यह अंग्रेजी अनुवादों की घटिया अनुवादों यहाँ-वहाँ से उड़ाए गये उदाहरणों और 'अंधों में कनवा राजा' की मानसिकता से संभव नहीं।

कुल मिला कर आज का विकृत और एकांगी भूमंडलीकरण लोगों में परायापन और असहायता भर रहा है- विकल्पहीनता (THERE IS NO ALTERNATIVE, TINA FACTOR) की ओर ले जा रहा है। ऐसे में पहला जरूरी काम तो यही है कि अपने को,अपनों को, सब को विश्वास दिलाया जाय कि विकल्प बाकी है, एक और संसार संभव है और उसे रचना आवश्यक है और उसे हम ही रच सकते हैं।


संकट आत्मविश्वास और आत्मसम्मान का है।

मानवता के शत्रु भूमंडलीकरण को अपने हित में इस्तेमाल कर रहे हैं। इसका जवाब राष्ट्रवाद पर जोर नहीं, समाजवादी भूमंडलीकरण की दिशा है। साम्राज्यवाद के प्रतिकार का भी भूमंडलीकरण होना चाहिए। आज सृजन और संघर्ष दोनों का परिप्रेक्ष्य विश्वव्यापी होना चाहिए।

अगर भारत केन्द्रित कोई रणनीति बनती हो तब भी यह जानना आवश्यक है कि भारत प्राचीन काल में संसार में किसी क्षेत्र में पिछड़ा नहीं था मध्य काल में दुनिया के मुकाबले न यहाँ की अर्थव्यवस्था पिछड़ी थी, न राजनीति, न संस्कृतिविषमता और अमानवीयता के बावजूद फिर आधुनिक काल में यह क्यों पिछड़ता चला गया? इसके लिए सामन्ती जकड़ पर्याप्त व्याख्या प्रस्तुत नहीं करती। मुख्यतः सामन्ती रूस में पूँजीवादी क्रान्ति के तत्काल बाद समाजवादी क्रान्ति हुई। सामन्ती चीन में नाजीवादी,फिर समाजवादी क्रान्ति और फिर पूँजीवादी प्रति क्रान्ति हुई। भारत 'न तीतर न बटेरबना रहा। आखिर क्यों? क्योंकि यहाँ यही घातक जाति व्यवस्था थी और अठारहवीं शताब्दी में ही औपनिवेशिक राज्य कायम हो गया। और धीरे-धीरे विदेशी शासकों को भारत में माई-बाप मान लिया गया। यहाँ मध्य वर्ग और पूँजीवाद भी पनपा पर पंगु और पराधीन ही बना रहा। भगत सिंह के पहले किसी ने पूर्ण रूप से स्वतन्त्र हो कर व्यवस्था परिवर्तन की बात भी नहीं उठाई। यहाँ कांग्रेस ही नहीं कम्युनिस्ट भी प्रायः परमुखापेक्षी बने रहे- नेतृत्व के लिए कभी इंग्लैण्ड तो कभी रूस तो कभी चीन का मुंह ताकते रहे।

आज के हालात में बची-खुची स्वतंत्रता और सार्वभौमिकता भी छिन जाने का नहीं,समर्पित कर दिए जाने का खतरा बढ़ता जा रहा है। इसलिए आज के सांस्कृतिक आन्दोलन को व्यापक सृजनशीलतासंघर्ष और साझेदारी विकसित करना पडे़गा। ऐसी चेतना और कार्यक्रम आज जीवन के लिए पूर्व-शर्त से बन गए हैं।


सम्पर्क –

मोबाईल- 09454069645

(इस आलेख में प्रयुक्त पेंटिंग्स वरिष्ठ कवि विजेन्द्र जी की हैं.)
    

Monday, November 7, 2016

नेपाल नाम र तामाङ जातिबीचको सम्बन्ध


१. नेपालको भौगोलिक तथा जन-आवादीको अवस्थिति :
पृथ्वीनारायण शाहको आधुनिक नेपाल तथा अबको नयाँ नेपाल विश्व मानचित्रको दक्षिण एशियामा पर्दछ । चीन र भारतद्वारा घेरिएको यो देश २६ डिग्री २२'' देखि ३० डिग्री २७'' उत्तरी अक्षांश र ८० डिग्री ४'' देखि ८८ डिग्री १५'' पूर्वी देशान्तरसम्म फैलिएको छ । यस्तैगरि पृथ्वीको उत्तरी गोलार्धमा अवस्थित छ । समुद्र सतहको ७० मिटरदेखि ८,८४८ मिटरसम्म अग्लो भू-भाग रहेको नेपाल विश्वमा बुद्धको देशको नामले चिनिएको छ । भौगोलिक रूपमा हिमाल, पहाड र तरार्इ गरी तीन भागमा बाँडिएको देशमा २०५८ सालको जनगणनानुसार विभिन्न १०७ जातजातिको आवादी रहेको छ । हालसम्म सरकारी निकायबाट मान्यता प्राप्त ५९ आदिवासीहरू सूचिकृत भएका देखिन्छन् । अल्पविकसित, बहुल जाति, भाषा, संस्कृति, धर्मको साझा घरको रूपमा रहेको छ । यो देश अहिले हिन्दु एकीकृत निरङ्कुश राज्यसत्ताबाट सङ्घीयताको नाममा जातीय, क्षेत्रीय र भाषिक रूपमा बल्ल-बल्ल स्वायत्तता र मुक्तिको तयारीमा उभिएको छ । दशौं वर्षम्म मारिएका चौधौं हजारको चिहान, कैयौं बेपत्ताहरूको अवस्था अज्ञात रहेको छ । जनआन्दोलका घाइतेहरूका पीडामाथि उभिएर छातीमा हात राखेर नयाँ नेपालको खाका कोर्ने तयारीमा जुटेका छौं ।

२. काठमाडौं दह, मञ्जुश्री र तामाङ बोम्बो-झाँक्री :
पहिले नेपाल खाल्डोमा पानीको दह थियो । सोही दहबीच हालको स्वयम्भू रहेको स्थानमा स्वयम्भूको विराट महाज्योति प्रकट भएको थियो । त्यसपछि ठाउँ-ठाउँबाट मानवबुद्धहरू महाज्योर्तिमय स्वयम्भूको दर्शनार्थ आउने र जाने गरेका वर्णनहरू पाइन्छन् । सोही क्रममा महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि दर्शनार्थ यहाँ आइपुगेका थिए । उनैले त्यस दहको पानी बाहिर निकालेको कथा पाइन्छन् । एक कथाअनुसार बोधिसत्व मञ्जुश्रीले दहको पानीबीचमा रहेको स्वयम्भूको दर्शन गर्न र यहाँको पानी निकाल्नको निम्ति दहमा जल सयर गरेका थिए । जल सयरका लागि उनलाई एकजना गोले थरी तामाङ बोम्बोले सहयोग गरेका थिए । ती बोम्बोको मन्त्र साधना र शक्ति यति ठूलो थियो कि- उनी नागर्जूनको भित्तोबाट तालमा प्रवेश गरी पौडँदै वा पैदल यात्रा नै गरेर पनि हालको भक्तपुरहुँदै नगरकोट र फूलचोकीसम्म पनि पुग्न सक्थे । कथानुसार मञ्जुश्रीले दहको पानी निकालेर बस्ती बसालेपछि ती बोम्बोको चुरीफुरी बढ्नु पनि स्वाभाविक थियो । बस्ती बसेको केही समयपछि उनका विरोधीहरूले एकदिन भक्तपुरमा समाती ढुङ्गाको खम्बामा बाँधी षडयन्त्रपूर्वक हत्या गरेका थिए । यस्तैगरि अर्को कथा अनुसार ती बोम्बोले दहको पानी निकाल्न मञ्जुश्रीलाई सहयोग गरेकाले कदर स्वरूप भक्तपुरमा तिनको मूर्ति स्थापना गरिएको छ । अझैपनि बैशाख पूणिर्मामा काभ्रेस्थित नमोबुद्धको दर्शनपश्चात् काठमाडौंतिर आउने दर्शनाथीहरूले सोही बोम्बोको मूर्ति रहेको भनिएको प्रशन्न शिल महाविहार, क्वाठण्डौ-देव ननी-ख्वपको दर्शन गर्ने गरेका पाइन्छन् (टेकबहादुर तामाङ, अध्यक्ष बोन कम्यूनिटी स्कूल)। यस विहारको बाहिरी खोपामा रहेको मञ्जुश्री सँगैको दुर्इवटा भैरवको जस्तो देखिने मूर्तिमध्ये एकलाई तामाङ जातिले गोले बोम्बोको रूपमा लिएको हुनुपर्दछ । यहाँ यो कथा जोड्नको कारण के हो भने यस ठाउँ पहिलो बासिन्दा तामाङ नै थियो । त्यसैले यस ठाउँको नामाकरण पनि उनीहरूले नै आफ्नै भाषामा गरेको हुनुपर्दछ भन्ने नै हो ।

३. तामाङ जातिको आवादीसम्बन्धी प्राप्त प्रागऐतिहासिक प्रमाण :
ऐतिहासिक प्रमाणका आधारमा यो निष्कर्षा पुग्न सक्छौं कि- तामाङ जाति नै यस उपत्यकाको पहिलो आदिवासी हो । यस ठाउँको पानी निकाल्न सहयोग गर्ने तामाङ जातिकै बोम्बो थिए भन्ने कथा माथि नै उल्लेख गरिसकिएको छ । रूसी प्रागऐतिहासिक पुरातत्त्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को वि.सं. २०३४ सालको हिउँदको अन्त्यमा दुर्इ महिनाको लागि (अर्थात् जनवरी १५ मार्च २४, १९७८ सम्म) नेपालको पुरातात्त्विक अध्ययन भ्रमण गरेका थिए । उनले नेपालको पुरातत्त्व विभागको सहयोगमा अनेक प्राग-ऐतिहासिक पुरातात्त्विक स्थलको अध्ययन गरेका थिए । अध्ययनको क्रममा काठमाडौंस्थित बुढानीलकण्ठको दक्षिण-पूर्वतिरको बानियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोवीखोला किनारामा उनले र्इ.पू. ३०,००० (आजभन्दा ३२ हजार) वर्ष पुराना ढुङ्गो हतियारहरू भेट्टाएका थिए । उनका अनुसार मङ्गोलियाको गोवी सभ्यतासित मिल्ने ती हतियारहरू ढुङ्गे युगका पालिस नगरिएको तर चोट दिएर, ताछेर बनाइएका थिए । यसले पनि तामाङ जाति यहाँको पहिलो बासिन्दा हो भन्ने तथ्यको पक्षपोषण गर्दछ । डा. माणिकलाल श्रेष्ठ तथा परशुराम तामाङ लगायतका विश्लेषकहरूले पनि तामाङ नै यस उपत्यकाको पहिलो बासिन्दा भएको बताउँदै आएका छन् ।

४. 'नेपाल' नामसम्बन्धी प्राप्त वर्णन :
यस भूमिको नाम 'नेपाल' कसरी रह्यो होला भन्ने सम्बन्धमा तथ्यगत प्रमाणको अभावमा सबैले अनुमानको भरमा "नेपाल" शब्दको अक्षरलाई फुटाउँदै मनोवाञ्छित विश्लेषण मात्र गर्ने गरेका देखिन्छन् । 'कहिलेदेखि नेपाल शब्द प्रचलित भयो त्यो एकीनसाथ भन्न सकिँदैन तापनि समुद्र गुप्तको प्रयाग प्रशस्तिमा परेको 'नेपाल' नेपाल शब्द नै आजसम्म पाइएको सबभन्दा पुरानो नाम हो' भनि लेभी १९७५ : ११, रेग्मी २०२६ : २ लाई उदृत गर्दै लेखक परशुराम तामाङले आफ्नो पुस्तक "तामाङ जाति"मा उल्लेख गरेका छन् । भाषाबंशावलीमा उल्लेख भएअनुसार- मञ्जुश्रीले नेपाल उपत्यका निवासयोग्य बनाएको केही कालपश्चात् कुनै "ने" मुनीद्वारा पालित यस उपत्यकाको नाम "नेपाल" हुन गयो (बालचन्द्र शर्मा, "नेपालको ऐतिहासिक रूपरेखा" प्रकाशिका : कृष्णकुमारी देवी, २३।११९ दूधविनायक, वाराणसी - १, पृ. ४७) । यहाँ उल्लेखित कुनै "ने" मुनी भनेको को हो भन्ने स्पष्ट हुँदैन । त्यसैले यो मतमा विश्वास गर्न सकिने अवस्था छैन किनकी "ने" मुनी को थिए भन्ने सम्बन्धमा 'कुनै एक मुनी' मात्र भनिएको छ । यदि उसैको नामबाट नेपाल नामाकरण भएको भए कुनै एक 'ने' मुनी भन्नुको सट्टामा उसको स्पष्ट परिचय दिनुपर्दथ्यो साथै उसैले बाँधिदिएको थिति अनुसार चलेको भन्ने हो भने ती थितिहरू के- के र कस्ता-कस्ता थिए भन्ने सम्बन्धमा पनि उल्लेख हुनुपर्दथ्यो ।
भाषा बंशावलीमा उल्लेख भएअनुसार मञ्जुश्रीले पानी निकालेको भन्ने सम्बन्धमा पनि कतिपयले विवाद उठाएका पाइन्छन् । उनीहरूका अनुसार यहाँको पानी मञ्जुश्रीले नभई श्रीकृष्णले निकालेका थिए तर मञ्जुश्रीले पानी निकाल्दा हुँदा टौदहको निर्माण गरी नागराजलाई रोकेको, पशुपति आर्यघाटमास्तिर पानी जमेकोले पशुपति गौरीघाटनेरको डाँडा काटेको र गोकर्णको डाँडा काटी सोभन्दा माथितिरको पानी निकालेको जस्ता क्रमबद्ध वर्णन र स्पष्टता श्रीकृष्ण वा उनका प्रतिनिधिले निकालेको भनिएकोमा पाइँदैन । स्मरणीय तथ्य यो पनि हो कि- त्यस बखत श्रीकृष्ण यहाँ आएका थिएनन् । श्रीकृष्णले पानी निकालेका थिए भनेर विश्वास गर्नेहरूले यहाँको पानी मञ्जुश्रीले निकालेका हुन् भन्ने कुरा झुठ्ठा भएको दावी गरेका पाइन्छन् । यदि भाषावंशावलीमा उल्लेखित मञ्जीश्रीले पानी निकालेको भन्ने कुरा झुट्ठा मान्ने हो भने भाषाबंशावली नै गलत भन्नुपर्ने हुन्छ अनि भाषावंशावली नै गलत भए "ने" मुनीद्वारा पालित नेपाल भनेर दावी गर्नुपर्ने गलत हुनेछ ।
कतिपयले "मञ्जुश्री" भारतीय नाम भन्ने गरेका पनि पाइन्छन् । स्मरण गरौं इतिहास र धर्मग्रन्थहरू उल्था गर्दाखेरि जुन भाषामा लेखियो सोही भाषामा मानिसको नामसमेत उल्था गर्ने चलन थियो । अझ बुझनु पर्ने कुरा यो पनि छ कि- "मञ्जुश्री" भारतीय नाम त हो तर त्यो भन्दा बढी यो तिब्बती भाषाको "ज्याम्बेयाङ"को उल्था हो । तिब्बतीहरूले "मञ्जुश्री"लाई आफ्नै भाषामा "ज्याम्बेयाङ" नै भनी भन्ने गरेका पाइन्छन् । बरू पछि "मञ्जुश्री" नाम तिब्बतमा पनि प्रचलित हुन असम्भव देखिँदैन । यसप्रकार हामी स्पष्ट हुन्छौं कि यस नागदहको पानी श्रीकृष्णको सट्टा मञ्जुश्रीले नै निकालेका थिए ।
'नेपाल' नामकै सन्दर्भमा पाइने अर्को मतानुसार नेवारको "ने" र उनीहरूले बत्ती बाल्न प्रयोग गर्ने पालाको "पाल"लाई संयोजन गरी "नेपाल" नाम बनाइएको हो । त्यसरी नेवारको "ने" र पालाको "पाल"लाई जोडेर "नेपाल" बनाइरहनुपर्ने आवश्यकता देखिँदैन । यस्तैगरी यहाँ नेवारको आवादी हुनुअगावै पहिलो आदिवासी तामाङ जातिको आवादी भइसकेकोले पनि उनीहरूले पहिले नै यस ठाउँको नामाकरण गरिसकेको हुनुपर्दछ ।
यस्तैगरि प्राप्त अर्को कथन अनुसार 'नेपाल र नेवार शब्दको मूल एउटै 'न्यार्वा' शब्द हो । 'न्यार्वा' भन्ने जाति नेवार र तामाङको रक्त मिश्रणबाट बनेको हो ।' अर्थात् नेवार र तामाङको रक्त मिश्रणबाट जन्मिएका मानिसहरू नै 'न्यार्वा' हो । तिनै 'न्यार्वा'बाटै 'नेवार' र 'नेपाल' भएको हो भन्ने मत तामाङ सम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएका लेखक रविन्द्र तामाङले टामास यङ्गर जर्ज ग्रियर्सनलाई उदृत गर्दै प्रस्तुत गरेका देखिन्छन् ।
तिब्बततिर झूकाव राख्नेहरूले भने "नेपाल"को अर्थ तिब्बती भाषामा खोज्ने प्रयास गरेका पाइन्छन् । यस मतका अनुयायी मध्ये वाडेल साहेबले १८९१ र्इ. मा एक लेख प्रकाशित गरेको देखिन्छ । उनका अनुसार- तिब्बती भाषामा वा तिब्बत-बर्मी भाषा कुलका अन्य बोलीहरूमा "ने"को तात्पर्य "घर" वा निवास स्थल एवं "पाल"को तात्पर्य "ऊन" हुन्छ । अतः "पाल" हुने ठाउँमा "ने" हुने मानिस "नेपाल" हुन्छन् अथवा "पाल" को "ने" (ऊनको घर वा मण्डी) पनि "नेपाल" भनिन सक्तछ । यसप्रकार माथिल्लो भनाई अनुसार अघि ऊन हुने देशका निवासीहरूको नाम "नेपाल" भएतापनि पछि निवासीहरूको नामले नै उनीहरूको देश पनि प्रसिद्ध हुनु असम्भव छैन ।
पुरानो लाप्चा भाषामा पनि पूर्वी नेपाल र सिक्किमलाई "ने" सञ्ज्ञा नै दिइएको छ र प्राचीन लाप्चा भाषाका ज्ञाताहरू यस शब्दको अर्थ "मानिस बस्ने कन्दरा वा गुफा" लाउँछन् । भोटका लामा धर्मग्रन्थहरूमा यो "ने" शब्द "न्यस्" (Gnas) लेखने गर्दछन् तापनि यसको उच्चारण "ने" नै गर्छन् । लामाहरू यसलाई "पवित्र स्थल वा गुफा" बुझ्दछन् भनी उल्लेख गरेका देखिन्छ तर यहाँ बाडेल साहेब तथ्यको नजिकै पुगेर पनि पछि परेको भन्न सकिन्छ किनकी उनले 'नेपाल' नामको अर्थ तिब्बती लामा र पूर्व लाप्चा भाषामा खोज्न पुगे ।
'नेपाल' नामको वास्तविक अर्थ खोज्ने नै हो भने यहीँको बासिन्दा र भूमिपुत्रलाई सोध्नुपर्दथ्यो । स्मरणीय कुरा के पनि हो भने नेपाललाई तिब्बतीहरूले आफ्नै भाषामा "ह्रोङ" र "माङ्हृयुल" भन्ने गर्दथे । "ह्रोङ" र "माङ्ह्युल" भनेर सम्बोधन गरी सकेपछि पुनः यस देशमा "ने" अर्थात् "घर" र "पाल" अर्थात् "ऊन" लाई मिलाएर "नेपाल" भनि व्याख्या र नामाकरण गरिरहनु पर्ने आवश्यकता नै देखिँदैन ।

५. को थिए पहिलो आदिवासी ?
काठमाडौं उपत्यकाको पहिलो आदिबासी कुन हो भन्ने जिज्ञासा उठ्न सक्छ । प्राप्त प्रमाणहरूले तामाङ नै यहाँको पहिलो आदिवासी भएको प्रमाणित गरेको पाइन्छ । पछि नेवार जातिको प्रवेश भएपछि तामाङ जाति विस्तारै यहाँबाट बाहिरिन थालेको देखिन्छ । हालको टिचिङ्ग हस्पिटल महाराजगञ्ज रहेको स्थानमा सो अस्पतालको निर्माण अघिसम्मै तामाङ बस्ती थियो । अस्पताल निर्माणको क्रममा त्यहाँका तामाङ जातिलाई हटाउन सकिने भन्दै अधिग्रहण गरी हटाइएको थियो । अझैपनि काँठ क्षेत्रका साथै बौद्ध क्षेत्रमा तामाङको बस्ती पाइने गरेको छ । आवादीको कुरा गर्ने नै हो भने यहाँको पहिलो आवादी भएको जाति तामाङ नै हो भन्ने सम्बन्धमा थुप्रै अनुसन्धानकर्ताहरूले लेखेका छन् ।
जनकलाल शर्माका अनसुार "...मङ्गोल जातिका मानिस कुनै समय पहिले काठमाण्डू उपत्यकामा आवाद भए र त्यसपछि अन्य बाहिरिया मानिसको आगमन हुन थालेपछि ती मङ्गोलहरू उपत्यकाभन्दा बाहिर रहेको पहाडी भूमितिर लागे । रहँदाबस्ता तिनीहरू पछिल्लो कालमा आएर तामाङ, मुर्मी आदि अनेक नामले सम्बोधित हुँदै गए । जो आज पनि त्यसै उपत्यकालाई चारैतिर घेरेर बसेका पाइन्छन्" (जनकलाल शर्मा 'हाम्रो समाज : एक अध्ययन' प्रकाशक : साझा प्रकाशन, तेस्रो संस्करण २०५८ पृ. ३१९) । यस्तैगरी परशुराम तामाङज्यूले वंशीटार्टलाई उल्लेख गर्दै लेखेका छन् कि- प्राचीन इतिहासले यस्तो सङ्केत गर्दछ कि तिनीहरू (तामाङ) नेपाल खाल्डोका प्राचीन बासिन्दा थिए तर पछि केही समय बितेपछि तिनीहरूलाई अन्य केही जातिले पराजित गरायो । जसले तिनीहरूलाई अपमानजनक अवस्थामा आधिपत्य गर्‍यो र तिनीहरूलाई खेतबारी जोतने, भारी बोक्ने, दाउरा घाँस गर्ने आदि कडा श्रम गर्न बाध्य गरायो । व्यवहारमा तिनीहरूको दास बनाए । यस्ताबाट उम्कन तिनीहरू पूर्वी नेपालका टाढा-टाढासम्म घुमे र त्यहीँ बसोबास गरे (१९०९) ।
करनले पनि तामाङ जाति नेपालमा र्सवप्रथम आउने आगन्तुकहरू मध्येका हुन् भन्ने मान्दछन् (१९६० : ६६) । तामाङको के तर्क छ भने तिब्बतको आवादी पाँच हजार वर्षघि मात्र भएको हो । त्यसैले तामाङ जाति तिब्बत आवादी हुनुभन्दा पहिले नै हिमाल पार गरी बसेको हुनुपर्दछ (१९९१ : १४) (परशुराम तामाङ 'तामाङ जाति', प्रकाशक : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौं प्रथम संस्करण २०५१ पृ. २४) । यसैगरी तामाङ जातिको आवादीकै सन्दर्भमा अर्का अध्येता कर्क पेटि्रकका अनुसार नेवार जातिले राज्य गर्नु अघि नेपालमा भोटे जातिले राज्य गरेका थिए । नेवारले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनलाई काठभोटिया (काठमाडौं भोटिया) भनिन्थ्यो । जो आजसम्म पनि संरक्षित छ र हाल कच्छाडको पहाडमा तर मुख्य रूपमा कुतीपट्टीको पर्वतीय भूमिमा आवाद छन् (१८११ : १४८) (ऐ.ऐ. पृ. २९) । एवंरीले परशुराम तामाङ आफैँले पनि उपत्यकामा नेवारभन्दा पहिले तामाङ जातिले राज्य गरे भन्ने आशङ्का गरेका देखिन्छन् (ऐ ऐ. पृ ६) । यिनै आधारहरूले पनि काठमाडौं उपत्यकामा सबैभन्दा पहिले आवाद भएको जाति तामाङ भएको कुरा पुष्टी हुन्छ ।

६. के हुन सक्छ त तथ्य ?
प्राप्त ऐतिहासिक प्रमाणहरूका आधारमा यो भन्न सक्छौं कि- नेपाल उपत्यकाको आदि भूमिपुत्र भनेको तामाङ जातिकै पूर्खा थिए । त्यसैले "नेपाल" नाम तामाङ भाषाबाटै आएको हुनुपर्दछ । तत्कालिक तामाङ समाज बोन धर्म र झाँक्रीवादी प्रचलनद्वारा सञ्चालित थियो । त्यसैले यिनीहरूको समाजमा भूतप्रेत, नाग-नागिनी, देउ-देउता, शिकारी र कुलदेउता आदिमाथिको विश्वास पाइन्छन् । ती शक्तिहरूमा पनि आफैँ उत्पत्ति वा उत्पन्न भएको, बोन वा समाजले स्थापना गरेको, कुल र पितृदेउता आदि हुने गर्दछन् । आफैँ उत्पन्न भएको शक्ति वा देउतालाई 'नेपा ल', स्थापना गरिएको देउतालाई 'तेन्पा ल' र कुल तथा पितृ देउतालाई 'तिङ्दो ल' र 'फोला ल' र गाउँको देउतालाई 'स्हिङ्ला/ह्युल्ला ल' भन्ने गर्दछन् ।
संस्कृतको 'स्वयम्भू' नाम तामाङ भाषाको 'नेपा ल'को उल्था गरिएको रूप हो भन्ने मेरो ठहर छ । सोही 'नेपा ल' (स्वयम्भू) शब्दबाटै 'नेपाल' नाम रहेको हुनुपर्दछ किनकी स्वयम्भूलाई 'नेपा ल' भनी सम्बोधन गर्दा-गर्दै 'नेपा ल' बाट 'नेपाल' हुँदै 'नेपाल' नाम रहेको गएको देखिन्छ । कालन्तरमा त्यही 'नेपाल' नामले हालको 'स्वयम्भू'लाई मात्र नभई यस काठमाडौं खाल्डोलाई नै चिनाउन थालेपछि तामाङ भाषाको 'नेपाल' (स्वयम्भू) भने 'स्वयम्भू' नामबाट परिचित हुन गएको देखिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरी सकेपछि भने यस देशको नाम पनि 'नेपाल' नै रहन गएको तथ्य त सबैलाई थाहा भएकै कुरा हो ।

७. कसरी ?
हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको देखिन्छ । संस्कृत भाषाको "स्वयम्भू"को अर्थ आफैँ उत्पन्न भएको भन्ने हुन्छ । आफैँ प्रकट भएको महाज्योर्तिमय रूपको भगवानलाई नै "स्वयम्भू" नामले चिनाउन थालिएको पाउँछौं । त्यसरी आफैँ उत्पन्न भएको देउतालाई तत्कालिक बोन (झाँक्री) धर्म मान्ने तामाङ जातिको भाषामा "नेपा ल" (नेपा + ल ) भनिन्थ्यो । उनीहरूको भाषानुसार "नेपा"को अर्थ आफैँ उत्पन्न भएको र "ल" को अर्थ देउता भन्ने हुन्छ । यसप्रकार शुरूमा नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने यिनै तामाङ जातिकै भाषामा यहाँको नाम 'नेपाल' रहन गएको हुनुपर्दछ ।
वास्तवमा हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको मानिन्छ । त्यसबखत त्यस दहका वरिपरि रहेको तामाङ झाँक्रीहरूले नै त्यस महाज्योतिलाई 'नेपा ल' अर्थात् 'आफैँ उत्पन्न भएको देउता' भनेको हुनुपर्दछ । बाहिरका मानिसहरूले समेत त्यस ज्योतिको दर्शन गर्न आएका बखत ती तामाङ जातिले आफ्नै भाषामा 'नेपा ल' भनेर चिनाएको हुनुपर्दछ किनकी कसैको छोराको नाम अन्तैका मानिसले आएर राखीदिन सम्भव हुँदैन । त्यसैगरि आफू बसेको स्थानको नाम पनि आफैँले नै राखने कुरा हो । यस स्थानको नाम यहीँ आवादी भएका तामाङ जातिले नै राखेका थिए भनेर ठोकुवा गर्न सकिन्छ । तत्कालिक तामाङ बोम्बो भाषामा रहेको 'नेपा ल'को ठ्याक्कै उल्था नै संस्कृत भाषाको "स्वयम्भू" हो । त्यसैले यस नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने तिनै तामाङकै पूर्खाले आफ्नै भाषामा यस स्थानको नाम 'नेपा ल' भन्ने गरेकोमा पछि सोही 'नेपा ल'बाट 'नेपाल' रहन गएको देखिन्छ ।
समाप्त

- खोजराज गोले
email : khojrajgole@gmail.com
मो.नं. : ९८४१-३७०३५३
साभार : 'तामाङ एकता' सामयिक पत्रिका

http://tamangsagar.blogspot.com बाट साभार