Wednesday, April 15, 2015

प्रचण्ड, वैद्य र विप्लवले ०७२ सालमा गर्नुपर्ने चार काम -रामदीप आचार्य

प्रचण्ड, वैद्य र विप्लवले ०७२ सालमा गर्नुपर्ने चार काम


-रामदीप आचार्य
prachanda-kiran-biplop 

माओवादी आन्दोलन उठान र विकासको कारण
माओवादी जनयुद्ध नेपाली समाजको अन्तरविरोधको उपज थियो । क्रान्तिको मुल उद्देश्य समाजमा विद्यमान सत्रुतापूर्ण अन्तरविरोधको अग्रगामी समाधान गर्नु थियो । सुगौली सन्धिदेखि अवरुद्ध आन्तरिक विकास र राष्ट्रियताको समस्यालाई क्रान्तिको माध्यमबाट समाधान खोज्नु थियो । माओवादी जनयुद्धले सस्त्र बलद्वारा उक्त उद्देश्य हासिल गर्ने प्रक्रियाको सुरुआत गरेको हो । सामान्य सुधारका कामद्वारा क्रान्तिकारी परिवर्तनलाई टेवा पु¥याउने काम ग¥यो । ‘कार्यनीतिले रणनीतिको सेवा’ गर्ने उक्त प्रक्रिया असाधारण उद्देश्यका लागि साधारण कामद्वारा पूरा गर्दै लगियो ।
जस्तो गाउँघरमा जुवातास, जाँडरक्सी, भ्रष्टाचार, व्यभिचार, कुरीति, रुढीवाद, महंगो ब्याज आदिको उन्मुलद्वारा जनसमुदायलाई संगठित र आन्दोलित गर्ने काम भयो । खासमा यो सामन्तवादको जरा काट्ने प्रक्रियाको थालनी थियो । समाजको सबैभन्दा आधारभूत तप्का जस्तो दलित, महिला, आदिवासी, सुकुम्बासी, गरिब किसान, तल्लोतहका शिक्षक/कर्मचारीको मन जितेर त्यही तप्कामा आफ्नो संगठनात्मक सञ्जाल विस्तार ग¥यो । माक्र्सवाद जब उत्पीडित वर्ग र जनसमुदायको बीचमा पुग्यो, तिनीहरुसँग एकाकार भयो, त्यसले अपराजित शक्ति हासिल ग¥यो । तसर्थ माओवादी आन्दोलनको शक्तिको श्रोत तिनै जनसमुदाय हुन्, जसले न्याय, समानता र स्वतन्त्रताको आकांक्षा राखेका छन् ।
कसरी अहिलेको अवस्था आइपुग्यो माओवादी
चुनवाङ बैठकबाट नेपाली मोडेलको क्रान्ति गर्ने उद्देश्यसहित माओवादी दिल्ली हुँदै काठमाण्डु आइपुग्यो । बलिदानीपूर्ण यात्राको कष्ठसाध्य दिनहरु पार गरेर आएको माओवादीलाई गाउँको जनसमुदायलाई जस्तै सहरको जनसमुयादले पनि न्यानो स्वागत गरे । छोटो समयमै देशैभरिमा माओवादीप्रति आकर्षणको लहर चल्यो । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा जनसमुदायको लुकेको भावना मतदानमार्फत मुखरित भयो । बिडम्बना, बन्दुकद्वारा सत्ता बदल्ने र आफ्ना दसौं हजार सहयोद्धा, समर्थक, शुभचिन्तक, जनसुमदायलाई खाल्डोमुनि पुरेर रातो झण्डा ओढाएर आएको माओवादी सहरको रमझममा विचलित भयो ।
रगतको टाटाहरु नसुक्दै तारे होटलको रंगीन दुनियाँमा, दलालहरुसँगको उठबसमा, अभिजातवर्गीय संस्कृतिमा हुर्किएका ‘बुद्धिजिवी’ को सल्लाहमा, विदेशी राजदूतहरुको अरनखटनमा माओवादीले काम गर्न थाल्यो । सम्पत्तिसम्बन्धी प्रश्नमा जनयुद्धकालको माओवादी अवधारण शान्तिकालमा पूरै उल्टो दिशामा अगाडि बढ्यो । हिजो गाउँको पाखोबारी पार्टीकरण गरेका केन्द्रीय नेताहरु सहरमा आलीशान जिन्दगी जिउने अवस्थामा पुगे । त्यहींबाट दुःखका दिनहरु सुरु भए । आन्दोलन अहिलेको रक्षात्मक अवस्थामा आइपुग्नुको मुल कारण जनसमुदायको सम्बन्धमा दरार पैदा हुनु हो ।
कार्लमाक्र्सले भनेको साम्यवादलाई एकै शब्दमा अभिव्यक्त गर्न सकिन्छ, त्यो हो निजी सम्पत्तिको उन्मुलन । द्रब्य मोह माओवादी बिग्रनुको दोश्रो कारण हो । भियतनाम युद्धपछि साम्राज्यवादले आफ्नो युद्धशैली बदल्यो । तर, सर्वहारा वर्गले ‘युद्धबाट युद्ध सिक्ने’ नियमको उल्ल्रघन ग¥यो । भियतनाम युद्धबाट सर्मनाक पराजय भोगेको अमेरिकी साम्राज्यवादले कम घनत्वको युद्ध नीति अख्तियार ग¥यो । यस नीतिअन्तर्गत मुख्य नेतृत्व र नेतृत्वको टिमलाई पहिला सिध्याउने र विस्तारै सिंगो कम्युनिष्ट आन्दोलन सिध्याउने योजनाबद्ध तयारी उसले ग¥यो
। नेतृत्वलाई सिध्याउने तरिकाअन्तर्गत भौतिकरुपमा सफाय गर्ने, जेल हाल्ने, विभाजित गर्ने, अतिभौतिक सुविधाहरु उपलब्ध गराएर अभिजात वर्गमा रुपान्तरण गर्ने, आफ्ना प्रस्तावहरु घुसपैठ गराएर कम्युनिष्टका प्रस्तावहरु विस्थापित गर्ने, आफ्ना एजेण्टहरु कम्युनिष्ट पार्टीभित्र हुलेर वा कम्युनिष्ट पार्टीभित्रैका केही मानिसलाई खरिद गरेर दरार पैदा गर्ने नीति अख्तियार ग¥यो । निरन्तर शुद्धीकरण, जनसमुदायसँगको अटुट सम्बन्ध र एकताबद्ध हुने र प्रतिरोध गर्ने नीति अंगीकार गर्न नसक्दा कम्युनिष्ट आन्दोलन साम्राज्यवादी नीतिको शिकार बन्न पुग्दोरहेछ । नेपालमा भएको त्यही हो ।
माओवादी आन्दोलनलाई अपराधीकरण गर्ने खतरा
इतिहास जहिले पनि विजेताकै लेखिन्छ । पृथ्वीनारायण शाहले सामन्ती राज्यविस्तार अभियानमा सफलता प्राप्त नगरेको भए उनको इतिहास अर्कै तरिकाले लेखिन्थ्यो । आज माओवादीका सन्दर्भमा पनि त्यही कुरा लागू हुँदैछ । आजको नेपालमा समग्र राजनीतिक समाज माओवादी जनयुद्धले उठाएका एजेण्डामै अगाडि बढिरहेको छ ।
तर , बिडम्बना त्यसको नेतृत्व माओवादीले गरिरहेको छैन । माओवादी एजेण्डाको नेतृत्व अर्कैको हातमा पुग्दा एजेण्डाको अपव्याख्या हुन पुगेको छ । माओवादी जनयुद्धलाई औचित्यहीन साबित गर्नका निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिरहेका छन् । नजाँनिदो पाराले माओवादीले तिनकै स्वार्थ सिद्धि गरिरहेको देखिन्छ । आफ्ना एजेण्डाको रक्षा र विकासका लागि सबै धारका माओवादी दत्तचित्त भएर लाग्नुपर्दछ । जनयुद्धकालीन मुद्धाहरु ब्युँताउने, सामाजिक द्वैष पैदा गर्ने, माओवादीलाई राजनीतिको किनारामा धकेल्ने प्रपञ्च जनयुद्धलाई अपराधीकरण गर्ने मुल उद्देश्यद्वारा परिलक्षित छ ।
एकता र ध्रुवीकरण
माओवादीको एउटा हिस्सा आफ्नो मुल उद्देश्यबाट विचलित भयो । आधारभूत जनतासँगको सम्बन्ध छाडेर अभिजात वर्गमा रुपान्तरण भयो र त्यही वर्गको सेवा गर्ने गरी राजनीतिक कार्यक्रम र संगठनात्मक संरचना निर्माण गर्न थाल्यो । यसले विभाजनको भौतिक आधार खडा ग¥यो । अर्कोतिर पार्टी विपरीतहरुको एकत्व हो भन्ने मान्यताअन्तर्गत संघर्ष गर्दै एकताबद्ध हुने नीति अख्तियार गर्न नसक्दा आत्मगत हिसाबले विभाजनको नियतीमा पु¥यायो । घटनाक्रमले योसावित गरेको छ कि आजका दिनमा कुनै पनि माओवादीले एक्लै हिंडेर उद्देश्यमा पुग्न सक्ने देखिँदैन ।
रुपान्तरण र पुनर्गठन आजको जरुरी आवश्यकता हो । रुपान्तरणअन्तर्गत पहिलो जनदिशा लागू गर्ने, ‘इतिहासका निर्माता जनसमुदाय हुन्’ भन्ने मुल मान्यतालाई आत्मसात गर्ने र दोश्रो राज्यसत्ताको प्रश्न हरेक क्रान्तिको केन्द्रीय प्रश्न हो, त्यसलाई हल गर्ने सवालमा एकरुपता पैदा गर्ने । यी दुईवटा मुख्य अभिभारा पूरा गर्न सक्ने हो भने माओवादी आन्दोलन नयाँ आधारमा पुर्नसंगठित हुने प्रबल सम्भावना छ । आत्मकेन्द्रित व्ययक्तिवाद, जसले पार्टी, आन्दोलन, वर्ग र राष्ट्रलाई होइन आफूलाई केन्द्र भागमा राख्दछ । यो प्रवृत्ति रुपान्तरण र पुनर्गठनको पहिलो बाधक हो । साम्राज्यवादी षड्यन्त्र, जसले कम्युनिष्ट आन्दोलनलाई सखाप पार्न चाहन्छ, दोश्रो बाधक हो । यी दुईवटा आन्तरिक र बाह्य बाधाहरुमध्ये आन्तरिक बाधा नै एकताको मुख्य बाधकाका रुपमा देखिएको छ ।
०७२ सालमा माओवादीहरुले गर्नुपर्ने काम
माओवादी आज पराजित भएको छ । तर पराजय स्विकार गरेको छैन । राजनीतिक इमान्दारिता यो हुनुपर्छ कि पराजय स्विकार गर्ने, पराजयका कारणहरुको वस्तुनिष्ठ समीक्षा गर्ने र विजयको तयारी गर्ने । माओवादी पराजित भएको छ, तर नष्ट भएको छैन । विद्यमान राज्यसत्ता र यसका सञ्चालकहरुले अन्तरविरोधहरुको समाधान होइन, थप चर्काउने काम गरिरहेका छन् ।
मजदूर, किसान र अन्य जनसमुदायका समस्याहरु बिकराल अवस्थामा छन् । बेरोजगारी भयाबह छ । राष्ट्रघात चरमचुलीमा पुगेको छ । सत्ताधारी वर्गले भ्रष्टाचारमा नयाँनयाँ कीर्तिमान कायम गरेको छ । भ्रष्टाचार राज्यको संस्थागत प्रणालीको अभिन्न अंग बन्न पुगेको छ ।
यी बस्तुगत अवस्थामा माओवादीले गर्नुपर्ने कामहरु
१.सर्वहारावर्गीय विश्वदृष्टिकोणको प्रश्नलाई हल गर्ने गरी व्यापक विचारधारात्मक अभियान सञ्चालन गर्नेपर्छ, तदर्थवादमा पार्टी र आन्दोलन सञ्चालन गर्ने प्रक्रियाको अन्त्य गर्नुपर्छ ।
२. माओवादी एजेण्डा राष्ट्रिय एजेण्डा बनेको छ । त्यसको स्वामित्व ग्रहण र नेतृत्व गर्दै एजेण्डाहरुमा परिमार्जन र विकास गर्नुपर्छ । मुलतः वर्गसंघर्षको मातहतमा संघर्षका अन्य सबै रुपहरुलाई परिचालन गर्ने कुरामा विशेष जोड दिनुपर्दछ । वर्ग संघर्षलाई नजरअन्दाज गरेर अन्य संघर्षहरु सञ्चालन गरेर राष्ट्रिय राजनीतिको नेतृत्व गर्न माओवादीले सक्दैन ।
३. ‘फुटाउ र शासन गर’ को शासक वर्गीय नीतिलाई ‘एकताबद्ध होऊ र प्रतिरोध गर’ को माओवादी नीतिले असफल पार्नुपर्छ । मुलतः आफ्नै शक्तिमाथि भर पर्ने र मिल्ने मुद्धामा संयुक्त मोर्चा कायम गर्न पनि तयार रहनुपर्दछ ।
४. सांस्कृतिका रुपान्तरण माओवादी आन्दोलनको अर्को टड्कारो आवश्यकता हो । माओवादी र परम्परागत संसदवादी शक्तिमा फरक छुट्याउन जनसमुदायलाई अप्ठेरो भइरहेको छ । जनसमुदायको नाँगो आँखाले यी संसदवादी हुन् र यी क्रान्तिकारी हुन् भन्ने छुट्याउन सक्ने अवस्थाको निर्माण हामी आफैंले गर्नुपर्छ ।

(लेखक माहेन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य हुन् )

www.kathmandutoday.com बाट साभार