Monday, May 25, 2015

‘जनयुद्ध’ संस्कृति निर्माणको स्तरसम्म पुगेन - आहुती

जनयुद्धसंस्कृति निर्माणको स्तरसम्म पुगेन

आहुती, साहित्यकार एवं नेता, एकीकृत माओवादी


के लेख्दै हुनुहुन्छ ?

पहिलो कवितासङ्ग्रह निस्केको १९ वर्ष पुगेछ प्रकाशकले मेरा कविताहरू यो वर्षभित्रमा प्रकाशन गर्नुपर्छ भनेर कर गरिरहेका छन्, त्यही कवितासङ्ग्रहको सम्पादनमा छु एउटा उपन्यास आधा लेखिसकेको छु   ‘पानीको प्रेम कथाशीर्षकको फिल्म पनि लेख्दैछु

कुन उद्देश्यबाट प्रेरित भएर लेख्न सुरु गर्नुभयो, त्यो प्राप्त भएको कि छैन ?

लेखकको उद्देश्य कहिल्यै पूर्ति हुँदैन त्यो एक पिँढीले अर्को पिँढीलाई हस्तान्तरण गर्दै जाने मात्रै हो मेरो विचारलाई साहित्यमार्फत सम्प्रेषण गर्ने उद्देश्यले लेख्न सुरु गरेँ, मैले मेरो विचारलाई सन्तुष्ट हुनेगरी नै लेखँे भन्ने लाग्छ

तपाईंको लेखन आकस्मिक हुन्छ कि योजनाबद्ध ?

गद्य योजनाबद्ध काव्यचाहिँ आकस्मिक हुन्छ

तपाईं आवेग उत्तेजनाले लेख्नुहुन्छ कि, विवेकले ?

भावनाबिना कुनै पनि लेखकले लेख्न सक्दैन भावनात्मक उडानबिना लेखेको कृति कलात्मक हुँदैन सबै लेखनमा भावनात्मक उडान चाहिन्छ तर, माक्र्सवादी लेखकहरू चाहिँ विचारबाट विचलित नभइयोस् भन्ने सतर्कताका साथ भावनालाई कलात्मक उचाइमा लैजान्छन् मैले पनि त्यो प्रयत्न गर्ने गरेको छु, ताकि वैचारिक दृष्टिकोणमा कुनै समस्या नहोस्


तपाईंको आफ्नै लेखन तपाईंका लागि कत्तिको प्रत्युत्पादक हुने गरेको ?

लेखनकै कारण सामाजिक रूपमा कहिल्यै अप्ठ्यारो परेको छैन तर, लेखेकै कारण राज्यले थुन्ने यातना दिने काम गर्यो पञ्चायतकालमा यस्ता समस्या पटकपटक भोगेँ

लेख्नुअघि, लेख्दै गरेका रचनाहरूले पार्ने प्रभावबारे पूर्वानुमान गरेर लेख्नु हुन्छ कि हुदैन ?

लेख्दै गरेको रचनाले कति प्रभाव सिर्जना गर्ला ? त्यसको पूर्वानुमान असाध्यै गाह्रो काम हो तर, लेखिसकेपछि यो सफल रचना बन्न सक्ला भनेर अनुमानचाहिँ गर्न सकिन्छ

माक्र्सवादी लेखकहरू आवेग उत्तेजनाले साहित्यको नाममा नारा लेख्छन् भन्ने आरोप नि ?

माक्र्सवादी साहित्यमा नारा उत्तेजना हुँदैन तर, माक्र्सवादी भनेर लेखिएका सिकारु रचनाहरू जो हुन्छन्, त्यसमा नाराहरू धेरै आउन सक्छन् त्यसैगरी प्रतिखेमाका सिकारु रचनाकारमा यस्ता कमजोरी पाइन्छन् तर, माक्र्सवादी साहित्य नै नारावादी हो भन्नु हास्यास्पद कुरा हो

राजनीतिमा वामपन्थीहरूको हस्तक्षेप प्रभाव , तर साहित्यमा त्यो स्तरमा छैन किन यस्तो भएको हो ?

त्यस्तो होइन सबैभन्दा बढी कुन साहित्य पढिन्छ भनेर जनसङ्ख्याको हिसाबमा हेर्यौँ भने पनि माक्र्सवादी साहित्य नै सबैभन्दा बढी पढिन्छ अहिले पनि वामपन्थीइतरका गिनेचुनेका साहित्यकारका एकाध पुस्तक मात्रै पाँच सयभन्दा माथि बिक्छ तर, सामान्य वामपन्थी लेखकहरूका पुस्तक हजारभन्दा माथि नै बिक्री हुन्छ कुरा यति मात्रै हो, ‘यो सरकारी मान्यताभित्र छैन, राज्यले यसलाई पाठ्यक्रममा समेट्न सकेको छैन विद्यार्थीहरूमा आन्दोलनको माध्यमका रूपमा पुगिरहेको यसले हस्तक्षेप गर्न सकेको छैन भन्ने सत्य होइन जहाँसम्म यसको लेखनको क्षेत्र , माक्र्सवादी साहित्यमा कथा कवितामा धेरै अघि यसले प्रतिध्रुवीय साहित्यसँग सहजै प्रतिस्पर्धा गर्न सक्छ तर, उपन्यास, संस्मरण, निबन्ध नाटक अलि कमजोर छन्

बहुसङ्ख्यक पाठकचाहि माक्र्सवादी साहित्यका छन्, तर पाठ्यक्रममा चाहि जबरजस्त अरू नै पढिरहनु पर्ने बाध्यता कहिलेसम्म रहला ?

जबसम्म वामपन्थीहरूले संयुक्त रूपमा शिक्षाक्षेत्रमा समेत योजनाबद्ध तरिकाले हस्तक्षेप सुरु गर्दैनन्, तबसम्म यो दुर्भाग्यपूर्ण अवस्था रहिरहन्छ कुनै वामपन्थी नेता शिक्षामन्त्री मात्रै भएर केही हँुदैन पाठ्यक्रम निर्माणको स्तरमा योजनाबद्ध तरिकाले हस्तक्षेप गर्नुपर्छ

माओवादीजनयुद्धको विषयमा सयौको सङ्ख्यामा पुस्तक लेखिए, तर कुनै पनि लेखकले युद्धलाई गहिरो अध्ययन गरेर गतिलो पुस्तक लेख्न सकेनन् भनिन्छ नि ?

माओवादी युद्धले नेपाली समाजको पिँधलाई हल्लाए पनि लामो सांस्कृतिक रूप लिइसकेको आन्दोलन हुन सकेन बरु दस वर्षमा केही ठूला सैनिक आक्रमण, सैनिक हस्तक्षेप, केही हत्याकाण्ड हँुदै त्यो अगाडि बढ्यो तर, युद्धले संस्कृति निर्माणस्तरसम्मको समयसीमा प्राप्त गर्न सकेन जसका कारणले स्थापित लेखकहरू जन्माउन सकेन व्यापक मात्रामा लेखकहरू जन्मायो, तर परिष्कृत हुने अवस्थासम्म विकास हुन पाएन यसले गर्दा रचना कमजोर देखिए

नेपालका लेखकहरूले कुनै कुनै वाद उत्तराधिकारी वा दूत हु जस्तो गरी चर्चा गर्छन्, त्यसरी लेख्न पनि खोज्छन्, तर नेपाली लेखकहरूले आफ्नो समाज देशलाई राम्ररी चिन्न छाम्न सकेको चाहि कि छैन ?

लक्ष्मीप्रसाद देवकोटादेखि भूपी शेरचनसम्मका साहित्यकारले नेपाली समाजकै विषयमा लेखेका छन् उनीहरूले नेपाली समाजकै विकृति यथार्थलाई लेखेका हुन् अब कति धेरै लेख्न सकियो ? योचाहिँ बहसको विषय हो तर, यथार्थ के हो भने, नेपाली साहित्यको मूल धारा एक जाति एक भाषा एक संस्कृतिको वरपर मात्रै घुम्यो योचाहिँ नेपालको दुर्भाग्यपूर्ण स्थिति हो नेपालको जातीय विविधता, भौगोलिक विविधता सांस्कृतिक विशिष्टतासहितको साहित्य नलेखिएको चाहिँ सत्य हो

अब नेपाली लेखकहरूले लेख्नैपर्ने बाकी विषयहरू केके होलान् ?

मुख्य रूपमा दुईवटा विषय होला जस्तो लाग्छ मलाई पहिलो, नेपाली समाजमा अहिले पनि जुन प्रकारले सामन्तवाद साम्राज्यवादले शोषण, उत्पीडन गरिरहेको त्यो उत्पीडन चाहे महिलाहरूको सन्दर्भमा होस् या जनजाति, दलित वा भूगोलको सन्दर्भमा, जुन ढङ्गले लुट मच्चाइरहेको , यसको भण्डाफोर गरेर त्यसलाई बदल्नका निम्ति चेतना जागृत गराउनुपर्छ दोस्रो, अब नेपाल कता जानु जरुरी , नेपाली समाजको सही बाटो कुन हो ? अब अर्को लुट उत्पीडनको दुनियाँमा जाने हो कि, समतामूलक समाजमा जाने हो ? यो बाटोको खोजी गरेर लेख्न जरुरी

आम लेखकहरूले नेपाली समाजलाई सही बाटोमा लान कत्तिको भूमिका निर्वाह गर्न सके जस्तो लाग्छ ?

मोटो रूपमा चिर्दा आम लेखकका मूलभूत दुईवटा धारा छन् माधव घिमिरेहरूको धाराले यथास्थितिलाई जोगाउन लेख्दै आयो, लेखिरहेका छन् अर्को धाराले नेपाली समाजको खराब चिजहरूको भण्डाफोर गर्दै नेपाली समाज समाजवादतिर जानुपर्छ भन्ने सन्देश दिएर लेख्यो कसैले आलोचनात्मक यथार्थवादमा आधारित भएर लेखे, कसैले समाजवादी यथार्थवादमा आधारित भएर लेखे तर, उनीहरूको परिवर्तनमुखी धारा रह्यो त्यो धाराको नेतृत्व पारिजातहरू जस्ता लेखकले गर्दै आए अहिले पनि यही दुईवटा धारा यथावत् छन्


प्रस्तुतिः राजेश राई