Thursday, October 26, 2023

कृषिको सुरुवाती क्रममा महिलाहरूले अनुसन्धान गरेको पर्व हो दसैँ - मोहन वैद्य ‘किरण’

 कृषिको सुरुवाती क्रममा महिलाहरूले अनुसन्धान गरेको पर्व हो दसैँ

दशैँको अध्ययन गर्ने विविध पक्ष छन् । पहिलो त, परम्परागत रूपमा चलेको धार्मिक पर्व हो दशैँ । हिन्दु धर्मको मान्यता अनुसार, आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ ।

अझ अगाडि जानुहुन्छ भने तान्त्रिक मान्यताअनुसार, आदिम साम्यवादको जमानामा कृषिको सुरुवात गर्ने सिलसिलामा महिलाहरूले अनुसन्धान गरेको पर्व हो यो । यसमा जमरा लगाउने, घट स्थापना गर्ने भनेको पुरानो तान्त्रिक परम्परा हो भन्ने पनि मानिन्छ । 

तन्त्रको सुरुवात धेरै अगाडि भएको हो । पहिले आदिम साम्यवादी समाज थियो । त्यो बेलाको विचारधारा टोटेमवाद थियो, शोषण थिएन, अन्याय–अत्याचार थिएन । प्रकृति र समाजलाई बुझ्ने सिलसिलामा पूरै वैज्ञानिक विचार विकसित भएको थिएन । आधा भौतिकवादी आधा आदर्शवादी शैलीका विचारधारा थिए । 

त्यतिबेला मानिसहरू रहस्यमयतामा विश्वास गर्थे । बादल गर्जनु, पानी पर्नुको विज्ञान र व्याख्या मानिससँग थिएन । पानी परेन भने मानिसले तान्त्रिक कृत्य गर्थे । मान्छे बिरामी हुँदा वा दुर्घटनामा पर्दा जादुटुना, झारफुक गर्न थाले । यसरी तान्त्रिक परम्पराको विकास भयो । पहिले मातृसत्ता भएकाले महिला नै समाजमा जान्ने–बुझ्ने थिए । पहिले महिलाहरू पुरोहित थिए । पछि पितृसत्ता सुरु भएपछि महिलालाई बोक्सी भन्न थाले । आदिम साम्यवादी समाजमा महिलाहरू पुरोहित थिए भनेर मैले ‘संस्कृति’ भन्ने पुस्तकमा लेखेको छु । त्यतिबेला महिलाहरू शासक नै नभनौँ समाजमा प्रभावशाली हिस्सा थिए, सम्मानित पनि थिए । 

पछि आएर पितृसत्तात्मक समाजलाई प्रश्रय दिने शैव धर्म, वैष्णव धर्म आए । महिलालाई प्रश्रय दिने धर्म अथवा तन्त्र शाक्त हो । यसमा महिलालाई परम माहेश्वरी, आदि ईश्वरी भनेर चिनिन्छ । शाक्त धर्ममा महिलालाई शक्तिका रूपमा मानिन्छ । यता शैव धर्ममा आउँदा शिव परमेश्वर भए । वैष्णवमा विष्णु भगवान् सबैभन्दा पहिलेका भए । 

बौद्ध धर्ममा बज्रयान सम्प्रदाय छ । नेपाल कसरी बन्यो भनी खोज्दा नेमुनि ऋषिको चर्चा सुनिन्छ । यहाँको आदिम परम्पराले बज्रयोगिनी आदिम महिला मान्छ । इतिहासतिर फर्कंदा तन्त्र, धर्म, धर्मशास्त्र कताकता जोडिएर आएका छन् । यिनको संश्लेषण गरेर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारबाट संश्लेषण गर्दा सही चिज पत्ता लगाउन सकिन्छ । 

तन्त्रभित्र कतिपय कुरा विज्ञानसम्मत होलान् । यसमा भौतिकवादका कैयौँ तत्व छन्, व्याख्या गर्दै जाँदा यो देखिन्छ तर ती सबै रहस्यले गाँजिएका छन् । तन्त्रबारे अध्ययन गरी त्यहाँभित्रका राम्रा चिज खोज्न सकिन्छ । यद्यपि तन्त्र, मन्त्र र पूजापाठ गरेर केही हुनेवाला छैन । 

दसैँ शास्त्र, तन्त्र आदिसँग जोडिएर आएको छ, पुराना परम्पराहरू यस्तै छन् । पर्वहरू धार्मिक, तान्त्रिक र पौराणिक आधारका छन् । यसको विश्लेषण र संश्लेषण गरेर कुन प्रकारले कुन बेला के कसरी पर्वहरू बने भनी एउटा निष्कर्षमा जानुपर्ने हुन्छ । इतिहासको अध्ययन गर्ने प्रक्रियामा, विगतको अध्ययन गर्ने प्रक्रियामा विश्लेषण गरिनुपर्छ तर त्यो बेलाका मान्छेले बनाए ती बदमास हुन् भन्न हुँदैन । 

हिन्दु धर्मको मान्यता अनुसार, आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ ।

समाजले बनाएर विशेष परिस्थितिमा चाडपर्व जन्मिएका छन् । पछिल्लो कालमा आएर सत्ताधारी वर्गले मानिसलाई धार्मिक अन्धविश्वास, तान्त्रिक अन्धविश्वासको भुलभुलैयामा पारेर शोषण गर्ने र आफ्नो स्वार्थसिद्धि गर्ने गरे । आजका पढेलेखेका मानिसलाई थाहा छ — आजको वैज्ञानिक जमानामा ईश्वर छ, पुराना कथाले भनेका देवीदेवता यथार्थ हुन्, तिनै ईश्वरले हामीलाई जन्माएको हो भन्नु गलत हो । तैपनि कतिपय यसैको पक्षधर छन् किनभने यसो गर्दा पुरानो सत्तालाई बचाउन सकिन्छ । 

देवीदेवता जे भने पनि मानव नै हुन् । हिजोका देवीहरूले दैत्यहरूलाई संहार गरे र यो पर्व मनाए भन्ने हो भने आजका नयाँ देवी तथा देवताहरूले गलत तत्व, बदमास, दलालहरूलाई सिध्याएर जनताको राज्य बनाउँछन् भने यस अवसरमा नयाँ पर्वहरू मनाउनै पर्‍यो । 

हिजो एउटा विजयको उत्सवका रूपमा दशैँ मानियो भन्ने कथालाई मान्ने हो भने नयाँ अवसरमा नयाँ विजयको उत्सवमा नयाँ पर्व मनाउन पनि सकिन्छ । पर्व त सरकारले बनाएर हुने हो । जस्तो सरकार आयो, त्यस्तै पर्व मानिन्छ । हामीले क्रान्ति गरेर आएपछि नयाँ पर्व मनाउने हो भने, सहिदहरूको सम्मानमा मनाउन सकिन्छ । यत्तिका छुट्टी दिइन्छ, सहिदकै सम्मानमा छुट्टी दिए भइहाल्यो ।

तन्त्रभित्र कतिपय कुरा विज्ञानसम्मत होलान् । यसमा भौतिकवादका कैयौँ तत्व छन्, व्याख्या गर्दै जाँदा यो देखिन्छ तर ती सबै रहस्यले गाँजिएका छन् । तन्त्रबारे अध्ययन गरी त्यहाँभित्रका राम्रा चिज खोज्न सकिन्छ । यद्यपि तन्त्र, मन्त्र र पूजापाठ गरेर केही हुनेवाला छैन ।

सामाजिक पर्व

पछिल्लो समय दसैँ सामाजिक पर्वका रूपमा स्थापित छ । घर–परिवारका सदस्य र आफन्त भेटघाट हुने गर्छन्, त्यसैले यसलाई सामाजिक पर्वका रूपमा पनि लिइन्छ । सामाजिक हिसाबले यो राष्ट्रिय पर्व हो तर सबै (अन्य धर्म समुदाय)का पर्वलाई राष्ट्रिय पर्व भन्नुपर्छ ।

सामाजिक पर्वहरूको लामो ऐतिहासिक पृष्ठभूमि हुन्छ । जनताले मनाउँदै आएका छन् भने जनताको भावनामाथि चोट पार्न भएन । विभिन्न धर्म मान्ने विविध जातजातिका जनता छन्, उनीहरू सबैको सम्मान हुने खालको कस्तो राष्ट्रिय पर्व मनाउने भन्नेबारे आम रूपमा छलफल गर्न सकिन्छ । यसका लागि परिवर्तनकामी सरकार चाहिन्छ । पुरानो राज्यसत्ता र पुरानो व्यवस्थामा नयाँको अपेक्षा गर्न सकिँदैन । नयाँ बनाउनलाई नयाँ व्यवस्था हुनुपर्छ ।

चाडपर्वका पिँधमा रहेका कथाहरूको त्यति सान्दर्भिकता छैन । यद्यपि यसमा जनताको भावना जोडिएका पनि छन् । त्यसैले सरकार र जनता सबै मिलेर एउटा रूपान्तरण गर्नुपर्छ भन्ने चेतना जनतालाई दिनुपर्छ र सोही अनुसारका नयाँ पर्वहरू बनाइनुपर्छ । मैले भनिहालेँ — जुन सत्ता र व्यवस्था छ, त्यहाँ विचार र संस्कृतिमा उसकै प्रभुत्व हुन्छ । अर्को विचार, अर्को संस्कृति हुने हो भने अर्कैको प्रभुत्व हुन्छ, पुरानो असान्दर्भिक हुन्छ भने सान्दर्भिक नयाँ पर्वहरू निर्माण गरिन्छ । 

सांस्कृतिक क्रान्ति

माक्र्सले धर्मलाई अफिम भने । यो अफिम हो, यसलाई ग्रहण गरेपछि झुम्म पार्छ । एकछिनका लागि झुम्म पारे पनि मुक्ति दिँदैन । संसारका सबै धर्म एउटा खास जमानामा जन्मिए । जन्मिसकेपछि एउटा अवस्थामा त्यो ठिकै पनि थियो । सुरुको धर्मको अर्थ यस्तो होइन, धर्म भनेको गुणजस्तै हो । पानीको धर्म के भने चिसो हुने हो । आगोको धर्म तातो हुने हो । मान्छेको स्वभाव हो धर्म । त्यसलाई बिगार्दै लगेपछि अर्कै बन्यो धर्म । त्यसकारण समाज विकास हुँदै गएपछि नयाँ विचार र मान्यता पनि विकास हुन्छ । एकैचोटि नयाँ विचार आएन भन्न पनि हुन्न । विकासको प्रक्रियामा नयाँ विचार आउने हुन् ।

नयाँ विचारको विकास भइसकेपछि समाजमा धार्मिक मूल्य–मान्यताले प्रश्रय पाउँदैनन् । नयाँ विचार र विश्व दृष्टिकोणले सम्पन्न भएको नयाँ पिँढीसँगै नयाँ संस्कार र संस्कृति जन्मन्छ । अनि समाज सांस्कृतिक क्रान्तिको दिशातिर उन्मुख हुुन्छ । सांस्कृतिक क्रान्ति गर्ने भनेको जनतालाई बुझाउने र रूपान्तरण गर्ने प्रक्रिया हो ।

पुराना विचार, आनीबानी, व्यहोरा, रीतिरिवाज, यी सबैलाई छाडेर एउटा आमूल परिवर्तन गर्नु नै सांस्कृतिक क्रान्ति हो । एक हिसाबले भन्ने हो भने पुराना मान्यता र विचारलाई छाडेर नयाँ मान्यता र विचारलाई अवलम्बन गर्नु नै सांस्कृतिक क्रान्ति हो । 

सांस्कृतिक क्रान्तिलाई एकोहोरो रटेर मात्रै हुँदैन । सांस्कृतिक क्रान्तिले राजनीतिक र आर्थिक क्रान्तिका निम्ति आधार तयार पार्छ । राजनीतिक र आर्थिक क्रान्तिले सांस्कृतिक क्रान्तिलाई सुदृढ बनाउनका निम्ति महत्त्वपूर्ण भूमिका खेल्छ । हामीले जनयुद्धका बेला र त्यसअघि पनि प्रगतिशील गीत–संगीतका सांस्कृतिक कार्यक्रम गथ्र्यौं । लेख–रचना पनि पुराना मूल्य–मान्यताको विरोध गर्दै नयाँ मूल्य–मान्यता स्थापित गर्ने खालका हुनुपर्छ भन्थ्यौँ । राजनीतिक क्रान्तिपछि सांस्कृतिक क्रान्तिलाई अझ नवीनतम किसिमले उठाइएन । 

सांस्कृतिक क्रान्ति निकै लामो समयसम्म चल्ने प्रक्रिया हो तर राजनीति क्रान्ति अलि छिटो हुन्छ । सांस्कृतिक क्रान्तिको तुलनामा आर्थिक क्रान्ति पनि छिटो हुन्छ । राजनीतिक, सांस्कृतिक र आर्थिक क्रान्ति परस्पर जोडिएका छन् । 

जनयुद्धमा सांस्कृतिक क्रान्ति सुरुवात गरियो । जातपात र छुवाछुत मान्नुहुँदैन, विवाह परम्पराको जुन चलन छ, त्यसलाई नयाँ ढंगले प्रेम विवाहका आधारमा गर्नुपर्छ भन्नेमा जोड दियौँ । दलितहरू र गैरदलितका बीचमा विवाह पनि भए । नयाँ मान्यता, नयाँ विचार, नयाँ संस्कृतिको जग बसाल्नुपर्छ भनेर सुरुवात गरियो । तर सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति एकै झट्कामा हुने होइन, लामो समय लाग्छ । किनभने यो एउटा विचारधाराको कुरा हो । यसमा आफू पनि बदलिने र समाजलाई पनि बदल्नुपर्छ । 

समाजलाई बदल्ने कानुन र दण्ड सजायले होइन । छलफल र बहसबाट विचारधारात्मक परिवर्तनतिर जानुपर्ने हुन्छ । जबर्जस्तीले हुँदैन । नयाँ विचार, नयाँ मान्यता स्थापित गर्दै सबैले बुझ्दै बुझाउँदै नयाँ परिवर्तन गरिनुपर्छ । 

चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति भयो । सम्पूर्ण पुराना विचारका विरुद्ध, गलत तत्त्व र प्रवृत्तिका विरुद्ध सांस्कृतिक क्रान्ति गर्दै गएपछि समाजवादलाई स्थापित गर्दै साम्यवादमा पुगिन्छ भनेर सांस्कृतिक क्रान्ति सुरु गरिएको थियो । चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई लिएर यहाँ पनि सांस्कृतिक क्रान्ति भन्ने गरिन्छ, तर सांस्कृतिक क्रान्तिको वास्तविक मान्यता र मर्मलाई बुझ्न र बुझाउन सकिएको छैन । सांस्कृतिक क्रान्ति भनेको आमूल परिवर्तनको कुरा हो ।

परिवर्तनका निम्ति, देशका निम्ति त्याग बलिदान गर्ने सहिदहरूको सम्मानमा यस्ता राष्ट्रिय पर्व मनाउनुपर्ने हुन्छ । यसरी पनि रूपान्तरण गर्न सकिन्छ । भविष्यमा गएर जस्ता सरकार र सामाजिक व्यवस्था आउँछ, त्यही अनुसार राष्ट्रिय पर्वहरू बन्दै जान्छन्, सधैँभरि उही (पुरानै) रहन्छ भन्ने हुँदैन । त्यसैले पर्वहरूलाई अलिकति नवीकरण गर्दै जाने काम हुन्छ । 

माओवादी आन्दोलन सांस्कृतिक क्रान्तिमा कहाँनेर चुक्यो भन्ने यहाँको जुन प्रश्न छ, सांस्कृतिक क्रान्तिमा मात्रै चुक्यो नभनौँ । धेरै पक्षमा कमी–कमजोरी र विचलन आए । नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवाद र साम्यवादतर्फ जाने भनेर दशवर्षे जनयुद्ध सुरु गरेको हो । आज आएर उही संसदीय व्यवस्था मानियो । दशवर्षे जनयुद्धमा केही नभएको होइन — गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता आयो । यसलाई ठूलै परिवर्तन मान्नुपर्छ तर यति मात्रैका लागि जनयुद्ध गरिएको थिएन । हाम्रो यात्रा त वैज्ञानिक समाजवादतर्फ थियो, यो प्रक्रियामा नेतृत्वको एउटा हिस्सा चुक्यो । अर्को हिस्साले आन्दोलनलाई जसरी अगाडि बढाउनुपर्ने हो, त्यसो गर्न सकिएन । 

हामीले भनिरहेको वैज्ञानिक समाजवाद भनेको के हो भन्ने यहाँको जुन प्रश्न छ, अहिलेको सत्ता र व्यवस्थामा दलाल पुँजीपति, नोकरशाह पुँजीपति, बचेखुचेका सामन्तहरूको हालिमुहाली छ । वैज्ञानिक समाजवादमा के हुन्छ भने सर्वहारा वर्ग, उत्पीडित जनताको हालिमुहाली हुन्छ । सत्तामा उनीहरू पुग्छन् र विद्यमान व्यवस्थालाई उल्ट्याइदिन्छन् । 

अहिले धनी र गरिबबीच भारी पर्खाल छ, यसलाई मेट्नुपर्छ । सम्पत्ति, शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्छ । अहिले राज्यले चलाएका अस्पतालको हालत दयनीय छ तर निजीहरू सप्रेका छन् । निजीकरणले नै धनी र गरिबको पर्खाल झनै बढाएर लैजान्छ । त्यसकारण समाजवाद आउँदा सर्वहारा वर्गको नेतृत्वमा राज्यसत्ता चल्छ र सम्पत्तिको राष्ट्रियकरण भइसकेपछि शोषण, अन्याय, अत्याचार हुन्न, देश समानताको दिशातिर जान्छ । 

(कुराकानीमा आधारित)

www.ratopati.com

दसैँ आम नेपालीको पर्व होइन | सबैखाले पर्वहरुबाट राज्य अलग हुनुपर्छ

दशै नमान्दा किन मा*रिए किराँती रिदामा र राम्लिहाङ जाड रक्सी चढाएर बोले


दशै नमान्दा किन मा*रिए किराँती रिदामा र राम्लिहाङ जाड रक्सी चढाएर बोले

 https://fb.watch/nVZCiXigmJ/?mibextid=CDWPTG

https://www.facebook.com/watch/?extid=CL-UNK-UNK-UNK-AN_GK0T-GK1C&mibextid=CDWPTG&v=1637912513362090

Tuesday, October 24, 2023

बाल्मिकी रामायण अयोध्या काण्ड

 




ऋग्वेदको आठौं मण्डलको पहिलो श्लोकमै ईन्द्र बाहेक अरुको स्तुति गरेर केही फाइदा छैन भनेर लेखिएको रहेछ ।
अनि किन दश अवतार तेत्तिस कोटी देवता आदिको चक्करमा परेको होला हिन्दूहरू ?
वेदले सबैभन्दा ठूला देउता ईन्द्र भन्दो रहेछ । अनि वैदिक सनातन धर्म मान्छौं भन्नेहरूले राम कृष्ण आदिलाई मुल देवता मानेपछि वेदको आदेश भङ्ग भएन र भन्या ?‌
वैदिक सनातनी भनेको त वेदको बेलाका कुरालाई अक्षरश: मान्ने अरु दायाँ बायाँ नजान्ने भनेको हैन र ?


हिन्दू धर्मशास्त्रमा त वुध्दलाई भक्कुमार गाली  गरिएको रहेछ ।
रामायणको अयोध्या काण्डको एक सय नौ सर्गमा गरिएको गाली हो यो ।


दसैं : चाडसँगै धर्म–संस्कृति र राजनीतिक हतियार- निनाम लोवात्ती



असोज २८ गतेदेखि सुरु भएको दसैं कात्तिक ११ गते सकिन्छ । प्रतिपदाका दिन जमरा राखेर सुरु हुने दसैं अन्तिममा पूर्णिमाका दिन विधिवत रुपमा जमरा सेलाएर १५ दिन लामो (तिथिअनुसार १३–१४ दिन वा १६–१७ दिन पनि हुने !) दसैं सक्ने गरिन्छ ।

हुनत नेपालमा लामो समयदेखि (विसं २०४६ सालमा भएको राजनैतिक परिवर्तनपछि) दसैँ बडा दसैं, दशेरा, दशहरा आदि नामले चिनिने चाड हिन्दु धर्मालम्बीको मात्रै हो कि, सम्पूर्ण नेपालीको ? भन्ने सम्बन्धमा बहस र छलफल भइरहेको छ । निश्चय नै यो बहस र छलफल अनन्त कालसम्म रहने छ ।

वास्तवमा दसैँ चाड कसको हो ? हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि, सबै नेपालीहरुको हो ? यसमा सकारात्मक ढंगले बहस, छलफल र तर्क–वितर्क हुनुलाई राम्रै मान्नुपर्ने हुन्छ । अझ आजभोलि सूचना, सञ्चार र प्रविधिको विकासका कारण दसैं चाडका बारेमा पुछारबाटै व्यापक रुपमा बहस र छलफल भइरहेको छ ।

हो, दसैँ नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरुको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ ! किनभने, कोही दसैँ चाड हिन्दुहरुको मात्रै हो भन्छन् । कोही हिन्दुहरुको पनि चाड होइन ! भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ–तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए ।

१२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डा.मदन रिमालले पनि ‘हिन्दुको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । यसरी दसैँ चाड कुन–कुन जात, समूह, वर्ग र जाति वा समुदायको हो ? भनी लामो समससम्म बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने वा भनौं प्रस्तुत प्रयास पनि जारी नै छ ।

खासखास तथ्य, प्रमाण, उदाहण र परम्परा आदि हेर्दा बिना कुनै धकचक दशैंलाई हिन्दु धर्मालम्बीहरुको महान चाड भन्न सकिन्छ । जस्तै आर्य र खस समूहकाले (खासगरी बाहुन क्षेत्रीहरुले) दशमीको दिन रातो रंगले मुछेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजया दशमी !’ भन्छन् । पश्चिमका खसहरुले दसैं मान्दैनौं भनी सार्वजनिक रुपमा भन्दै आएका छन् ।

यता आदिवासी जनजातिहरुले पनि बाध्यता रहरले दसैँ मनाउँथे÷मनाउँछन् । यहाँ वाध्यता शब्द किन प्रयोग गरिएको हो भने दसैं नमान्दा धनकुटाका आदिवासी आठपरियाहरुका प्रभावशाली व्यक्तिहरु ‘राई !’ रीदामा र ‘राई !’ रामलीहाङलाई राणा शासकहरुले मारेका थिए । ती ‘राई !’ द्वयको शालिक अहिले धनकुटाको सामुदायीक वन (चुली वन) मा राखिएको छ । विचरा ‘राई !’ द्वयले आप्mनै भूमिमा पनि मुख्य बजार (धनकुटा बजार) मा उभिने जग्गासम्म पाएनन् ! नामको अगाडि नै त्यो पनि सिंगल ईन्भर्टेड कमा राखेर ‘राई !’ लेखिएको हो भने ‘राई !’ कुनै जात वा जाति नभएर ‘पद–पदवी–पगरी’ मात्रै हो । जस्तै “सुब्बा, मुखिया, देवान–दिवान, खरदार, सरदार, सईस, माउते, डोके, हुक्के, बैठके, पिउन, हबल्दार, सिपाहीँ, ड्राईभर, खलासी, मास्टर, डोले, भरिया” आदि । जे होस्, कुनैबेला ‘राई !’ के भन्ने सम्बन्धमा छुट्टै लेख लेखिने

जे होस्, आदिवासी जनजातिहरुले पनि बाध्यताले वा रहरले दसैँ मनाउँथे÷मनाउँछन् । यहाँ बाध्यता शब्द किन प्रयोग गरिएको हो उनीहरुले बाहुन–क्षेत्रीले जस्तो रातो टीको नलगाएर दहीले मुछेको ‘सेतो टिको !’ लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए÷मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । त्यति मात्रै होइन, हिन्दुहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले गाउँघरमा चैते दसैं भन्ने गरिन्थ्यो । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो) अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ नै भन्ने गरिन्छ ।

केही दशक अघिसम्म नेपालको राज्य संयन्त्र अन्तर्गग रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को अवसरमा हार्दिक मंगलमय शुभकमना व्यक्त गरिन्थ्यो । यो वर्ष पनि नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा जनगणनाको प्रचार बजाउन छाडेर मालश्री धून बजाइरहेको छ । यसरी हेर्दा धर्म निरपेक्ष भनिएको हाम्रो देश नेपालमा हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण धार्मिक धून मालश्री नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा बजाइरहेको छ ।

केही अतिवादी हिन्दुवादीहरु  ‘बौद्ध, किरात र हिन्दुहरु एकै हुन्, उनीहरु ओम÷ऊँ कार परिवारका हुन्’ भन्ने मान्यता राख्छन् भन्ने त माथि नै पनि उल्लेख गरिएको छ । तर, यदि त्यसो हो भने, किरातीहरुले किन आप्mनो पिता–पूर्खालाई ‘गाई–गोरु’को मासु चढाउँछन् ?, बौद्ध धर्मालम्बीहरु, किन काटमार नै गर्दैनन् ?, सनातन हिन्दु धर्म वा ... हिन्दु धर्म भन्नेहरुले किन पशु–बलि दिन्छन् ? सोबारेमा उनीहरुले विस्तृत ढंगले व्याख्या गरेको देखिँदैन ।

तर, आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरु निक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडको अवसरमा छापिने, प्रसारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीको महान चाड बडादसैं !’ को सट्टामा ‘हिन्दुहरुको महान चाड बडादसैं !’ को अवसरमा वा पावन अवसरमा ! शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थाले । शुभकामना विज्ञापन र सन्देशहरु समय साक्षेप मान्न सकिन्छ ।

तर, केही अतिवादी हिन्दुहरुले निजी क्षेत्रको सञ्चारमाध्म जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ नभनेकोमा आक्रोशपूर्ण लेखहरु लेख्ने, प्रतिक्रिया दिने गर्थे÷गर्दैछन् । देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको ... ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।

वि.सं. २०६२÷०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रममा पाँच जना बाहुन (बटुक भनिन्छ होला) ! हरुलाई मात्रै मन्त्रोच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा ।

के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि माथि उल्लेख गरिएभैंm नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । ! किनभने, त्यसो गर्दा सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि एकल हिन्दुवादीहरुकै हाली मुहाली भएर पनि होला, जहिले पनि पाँच जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराइन्छ । वा, भनौं पूजा पाठ गराउंँछन् ।

हुन त यो देशमा स्वःघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुनत राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षतालगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिँदैनन् ।  

त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरुले अझै पनि आफ्नो पूरानो ढर्रा वा विरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । मुुलुकका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती ! हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संंंस्कृति आदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरु दशैंं, तिहारलाई केवल हिन्दुहरुको मात्रै चाड हो भनी विभिन्न मिडियाहरुमा शुभकामना सनदेश निक्लन थालेकोमा र, सोहीबमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् ।

यता आदिवासी जनजातिहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दसैं–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दसैं–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा द्यौसी–भैलो खेल्न त तँंछाड–मछाड नै चल्छ ।

 जे होस्, दसैं र तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादसैंमा टीका र जमरो लगाईदिएर हिन्दु धर्म मान्नै पर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ ।

तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाइन्थ्यो । त्यसरी घुमाई सकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनुहुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाईलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाडौं आएर केही बुझ्ने भएर गाउँ फर्कंदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ?!’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितप्रति लक्षित थियो, अहिले बुभ्mदा ती जोगी राज्यले खटाएको जासुस रहेछन् ।

यो कोणबाट हेर्दा दसैँ केवल चाड मात्रै नभएर धार्मिक, सांस्कृतिक र राजनीतिक हतियारका साथै छोटो समयमा ठूलो मात्रामा हुने आर्थिक गतिविधिको सशक्त माध्यम पनि हो भन्दा कसैको विमति नरहला कि भन्छु म...?!

000

www.janaaastha.com

महिषासुर राक्षस नभई असल राजा थिए

 विजया दशमी, दशैं, दुर्गापूजा, दशहरा, नवरात्री आदि नामले विश्वका हिन्दुहरुले पर्व मनाइरहेका छन्। दुर्गाले 'राक्षस' महिषासुरको हत्या गरेको उत्सवका रुपमा यसलाई मनाइन्छ। तर केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' मनाउन थालिएको छ। यो मनाउन थालिएको धेरै भएको छैन तर तीव्र रुपमा फैलिरहेको छ।

सन् २०११ मा दिल्लीमा जेएनयुका विद्यार्थीले सुरु गरेका थिए। त्यसपछि महिषासुरलाई आफ्नो पूर्खा ठान्ने असुर अन्य केही आदिवासी समुदायले यसलाई निरन्तरता दिइरहेका छन्।
झारखन्ड र छत्तीसगढमा असुर समुदायको बाक्लो उपस्थिति छ। झारखण्डको राजधानी राँचीबाट करिब डेढ सय किलोमिटर टाढा गुमला जिल्लाको सखुआपानी, जोभापाट आदि पहाडि इलामा असुर बस्छन्। झारखण्डमा असुरको जनसंख्या २२ हजार छ।
यसैगरी पश्चिम बंगालको तराई इलाकामा पनि यो समुदाय रहेको पाइन्छ। जगन्नाथपुर कलेजमा इतिहास विभागका प्राध्यापक तथा आदिवासीका विषयमा जानकार जगदीश लोहराका अनुसार असुर बाहेक अन्य आदिवासी समुदायले पनि महिषासुर आफ्नो वंश ठान्छन्। उनीहरु आर्य– अनार्यको लडाइँमा आफ्नो राजा महिषासुर पराजित भएको बताउँछन्।
उनीहरुले दुर्गापूजालाई आफ्नो अपमान ठान्न थालेका छन्। केही वर्ष पहिले छत्तीसगढको कांकेर जिल्लामा दुर्गापूजा मनाइरहेका आयोजक विरुद्ध मुद्दा दर्ता समेत गरिएको थियो। उनीहरुले आफ्नो समुदायको अपमान गरिएको बताएका थिए र महिषासुरको वधको चित्रणले आफ्नो भावनामाथि ठेस पुगेको बताएका थिए।
महिषासुर मिथक तथा परम्पराका लेखक प्रमोद रंजन छलकपटमाथि तयार गरिएको असमानतामा आधारित संस्कृति ठान्छन्।
यसलाई गलत इतिहास लेखनको कारण मान्नेहरु केही प्रमाणसहित पेश हुन थालेका छन्। दुर्गा र महिषासुरसँग जोडिएको यो कथा ‘मार्कण्डेय पुराण’ मा छ। इतिहासकार इस्बी सम्बत् २५० देखि ५०० को बीचमा यो घटना भएको मान्छन्।
भारतीय इतिहासकार डी.डी कोशाम्बी महिषासुर को पशुपालकका पुजनीय रहेको बताउँछन्। उनले आफ्नो प्राचीन भारतको संस्कृति र सभ्यतामा महिषासुरकफ हत्या ब्रह्माण धर्ममा महिषासुर मर्दिनी गर्छिन्।
हिन्दु धर्मग्रन्थमा देवता भनिएकाहरुलाई असुर आदिबासीले विदेशी आक्रमणकर्ता ठान्छन्। आफ्ना प्रिय राजालाई विदेशी आक्रमणकर्ता पुरुषले नसकेपछि छलकपट गरेर महिला (दुर्गा)लाई लगाएको ठान्छन्। पशु र महिलाको रक्षा गर्ने भएकाले महिषासुरले दुर्गामाथि प्रत्याक्रमण नगरेको उनीहरुको दाबी छ।
देवताद्वारा पठाइएकी दुर्गा शुक्ल पक्षको पहिलो दिन महिषासुरको दुर्गमा पुगेकी थिइन्। यसको सातौं दिन रातमा दुर्गाले महिषासुरको दुर्गाको द्वार खोलिदिइन् । देवगण महिषासुरको वरिपरि लुकीरहेका थिए। दुईदिन भयानक युद्ध भएको थियो। अचानक हमला गरेपनि महिषासुर र उनका सेनालाई देवगणले हराउन सकेनन्। त्यसैले नवौं दिन दुर्गालाई अघि राखे। किनभने महिषासुरले पशु र स्त्रीको संरक्षण गर्ने प्रतीज्ञा लिएका थिए ।
यसको लाभ दुर्गालाई अघि राखेर देवताले उठाएको उनीहरुको किंवदन्ती छ। यसरी आफ्ना सामाजिक सांस्कृतिक र राजनीतिक नेतृत्वकर्ता महिषासुरको हत्या भएको उनीहरु ठान्छन्। असुर समुदायकी लेखिका शुषमा असुर महिषासुरको असली नाम हुडुर दुर्गा थियो। उनी महिलामाथि हतियार उठाउँदैनथे। यसकारण दुर्गाले छल गरेर हत्या गरिन्।
आदिबासीका विभिन्न जातिको प्रचलनअनुसार महिषासुर पराजित भएको पाँच दिनपछि उनका अनुयायीले एक विशाल सभा गरेका थिए। उनीहरुले आफ्नो संस्कृति कायम राख्ने र खोसिएको सम्पत्ति फिर्ता लिने संकल्प गरेका थिए। यही दिनलाई महिषासुर साहदत दिवस मनाउनुपर्ने तर्क उनीहरु गरिरहेका छन्। असुर-श्रमण-बहुजन परम्परामा शरद पूर्णिमा महत्वपूर्ण मानिन्छ।
भारतको बुन्देलखन्डको महोबाबाट ७० किलोमिटर परेर चौकासोरा गाउँमा भारतीय पुरातत्व विभागद्वारा संरक्षित महिषासुर स्मारक मन्दिर छ।
महिषासुरलाई आफ्नो पुर्खा ठान्ने असुर पहिले फलामको काम गर्थे। अहिले यो छाडेर खेति र मजदुरी गर्छन्। असुरका गीत, पौराणिक कथा र रितिरिवाजमा महिषासुर उनका पुर्खा रहेको स्पष्ट हुन्छ। उनीहरु महिषासुरलाई भैसासुर भन्छन्।उनीहरुका अनुसार भैसासुर एक लोकप्रिय र शक्तिशाली राजा थिए।
असुर समुदायमा भैंसासुरको आरधाना
शुषमा असुर यही समुदायकी साहित्यकार र अभियान्ता हुन्। उनी असुर समुदायमा भैंसासुरको पूजा दीपावलीको दिन हुने बताउँछिन्। तर दसैंमा भने उनीहरु शोक मनाउँछन्, आफ्ना राजाको मृत्यु भएकोमा।
उनका अनुसार भैंसासुरको पूजाका लागि दिपावलीको औंशीको दिन बिहान गाइ, भैंसी र बाख्रालाई नुहाएर इरिन्डी नामक घाँस खुवाइन्छ। रात माटोबाट बनाइएको दियो बालिन्छन्। दियोमा रहेका तेल नाभी र छाति र कानमा लगाइन्छ। साढेको सिङमा पनि तेल लगाइन्छ। उनीहरुको मन्त्र हुन्छ– पुर्खालाई नष्ट गर्ने सारा शक्तिको सेवनबाट औषधिले हाम्रो रक्षा र जीवन चलाओस्।
भारतमा कयौं गाउँको नाम भैंसासुर छ । भारतको झारखण्ड, मध्य प्रदेश जस्ता कयौँ क्षेत्रमा भैंसासुर नामका गाउँ छन् । त्यसो त बनारस मा पनि भैंसासुर को मन्दिर र घाट छ । भारतको मध्य प्रदेशको कास्बा गाउँमा ‘भैंसासुर’को मन्दिर छ ।
साहित्यकार शुषमा असुर भन्छिन्, 'म तपाईंको प्रचलित कथा र धर्मग्रन्थमा हजारचोटी मारिएको छु र अपमानित भएकी छु। केही हाम्री मृत्युबाट विकासको बाटो अघि बढ्छ?' उनी पूर्व धारणा र संस्कृति पुनर्लेखन र पुन: अध्ययन जरुरी रहेको बताउँछिन्।
'महिषासुरको अर्थ राक्षस होइन'
भारतीय भाषा वैज्ञानिक तथा आलोचक राजेन्द्र प्रसाद सिंहले 'द वायर'मा लामो लेख लेखेर महिषासुरको अर्थ राक्षस नभई राजा भएको उल्लेख गरेका छन्। महिषासुर मूल रुपमा 'महिष' र 'असुर' शब्दको मिलनबाट बनेको उनको दाबी छ। महिषको सर्वाधिक पुरानो अर्थ महाशक्तिमान हुन्छ।
भारतमा जब राजतन्त्रको विकास भयो, तब 'महिष'को नयाँ अर्थ राजा भएको उनी बताउँछन्। त्यसैले अहिले पनि रानीलाई 'महिषी' बताउने गरिएको उनको बुझाइ छ। महिषको अर्थ भैंसी हुनु भाषाविज्ञानमा भएको परिवर्तनको नमूना भएको बताउँछन्। त्यो समय राजा कालो वर्णका अनार्य हुन्थे। यसर्थ महिषको अर्को अर्थ रङका आधारमा भैंसी भएको उनी बताउँछन्।
यो शब्द तीन चरणमा गुज्रेको उनको दाबी छ पहिले महाशक्तिमान, त्यसपिछ राजा र त्यसपछि भैंसी। जुन समय राजा असुर (कालो वर्णका) हुन्थे। त्यो समय यो शब्द दोस्रो चरणमा गुज्रिरहेको उनको बुझाइ छ। त्यसैले असुरको राजालाई महिषासुर भनिएको उनी बताउँछन्। तर भैंसासुर भने पछि भन्न थालिएको उनको धारणा छ।
असुर शब्दको पुरानो अर्थ राक्षस नभएको वैदिक कोशका अनुसार प्राणदाता रहेको बताउँछन्। संस्कृत शब्दकोष लेखक वीएस आप्टेले 'असु'को अर्थ 'प्राण' उल्लेख गरेका छन्। असुरको निर्माण 'अ' मा 'सुर' जोडिएर नभइ 'असु'मा 'र' जोडिएर भएको उनको दाबी छ।

000
(विभिन्न भारतीय सञ्चार माध्यम र अनलाइन स्रोतहरुको सहयोगमा नेपाल लाइभबाट)