Wednesday, January 27, 2016

जनवादी क्रान्तिको नारा दिने ‘सर्वाहारा’ कमरेडकी छोरीको यस्तो बिहे

काठमाडौं, माघ १४ । नेपाली कम्युनिष्ट आन्दोलनमा सबैभन्दा ‘क्रान्तिकारी’ भएको दावी गर्छन् उनी । बाबुराम, प्रचण्ड र अझ वैद्यलाई समेत सुधारवादी, बुर्जवा, संशोधनवादी भएको भन्दै ‘एकीकृत जनवादी क्रान्ति’को कार्यदिशा अँगालेर संघर्षमा होमिएको उनले दावी गर्दै आएका छन् ।

तर यहाँ तस्वीरमा देखिएकी नवदुलही यिनै कमरेडकी सुपुत्री हुन । नवदुलहीको श्रृंगार र गहना हेर्दा सोध्न मन लाग्छ– छोरीलाई सुनैसुनले ढाक्न कहाँबाट पैसा आयो कमरेड विप्लव ?
नेकपा माओवादीका अध्यक्ष विप्लवले आफ्नी छोरीको बिहे गरेका छन् । विप्लवकी छोरी सन्जु चन्दको बिहे सुनसरी निवासी विनोद लुईंटेलसँग भएको हो । लुईंटेल नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी अस्कलका अध्यक्ष हुन ।

श्रोतले जनाए अनुसार, विप्लवका परिवार तथा नजिकका आफन्तहरुको उपस्थितिमा विवाह भएको थियो । विवाह समारोहमा विप्लवका निकट मानिने माओवादी नेताहरु समेत उपस्थित भएको श्रोतले बतायो ।

http://www.everestdainik.com बाट साभार