सम्माननिय प्रधानमन्त्री प्रचण्ड ज्यु लालसलाम ।
म उहीँ तपाईंले गुमाएको भुलेको एकजना जनवादी साँस्कृतिक सेनाको तर्फबाट यो लालसलाम स्विकार्य होस र यो खुल्ला पत्र मार्फत केही कुराहरु तपाईं संग भन्न गैरहेको छु । जब २०५२ सालबाट तपाईंकै नेतृत्वमा जनयुद्धको थालनी भयो उहिबेला म र मेरो परिवार माओवादी आन्दोलन प्रति आस्थावान रहंदै आयौं र २०५७ सालदेखि म पार्टीको पुर्णकालिन सदस्य हुँदै जनयुद्धमा लामबद्ध भएँ।सर्वहारा वर्गको मुक्तिका खातिर कला र संगितको माध्यम बाट आन्दोलनलाई सशक्त पार्न र अझ उचाईमा पुर्याउनका निम्ति हज्जारौं साँस्कृतिक कलाकर्मिहरु यो आन्दोलनमा होमिए।
म पनि कलिलै उमेरमा स्कुल पढ्दापढ्दै १३ वर्षको उमेरमा पार्टीमा लागें र पार्टीका हरेक योजना र काम कारबाहीमा सक्रिय भुमिका निभाएँ।समय जटिल थियो जीवनलाई खुकुरिको धारमा राखेर त्यो कलिलो मनस्थितिलाई ढुङ्गाजस्तै बनाएर आफुभन्दा लमो बन्दुक बोक्दै कम्मरमा २/३ किलोको ग्रिनेड भिर्दै जस्तोसुकै परिस्थितिमा पनि कडाभन्दा कडा अनुशासन र नियममा बसिएको हो र पार्टीका हरेक आदेशलाई पालना गरि कि मृत्यु कि मुक्ति भनेर हामी लागेकै हौं।
दुश्मनका चौतर्फि आक्रमणहरु संहदै न हिमालको हिउँ भन्न पायौं न खोला र नदि भन्दै डराउन पायौं गोलिका पर्राहरुसंग खेल्दै कहिले लखेटिन्थ्यौं कहिले लखेट्थ्यौं जिवनका धेरै रहरहरु इच्छा र सपनाहरुलाई तिलाञ्जलि दिदैं देश र जनताको निम्ति भनेर जिवनको आधा हिस्सा मैले त्यहि आन्दोलनमा विताएँ।यी सारा कुराहरु सम्झिदा लाग्छ गफ हो तर स्वयं आफै यो यात्रामा सामेल भएर आईयो यो आलो अनुभुति हो कमरेड ।कमरेड प्रचण्ड परिवर्तनका निम्ति भनेर तपाईंको आदेशमा ढुङ्गे गेगरहरुमा सातुमा चिनि र पानी घोल्दै खाँदै नाचेकै हौं खाली पैतालाहरुले,आफ्ना इच्छा र रहरहरु जलाएर न्याय र समानताको निम्ति भनेर हिमाल पहाड र मधेशमा आवाजहरु बुलन्द गरेकै हौं।एउटा सानो भन्दा सानो कार्यक्रम किन नहोस कलाकार विना त्यो कार्यक्रम नुन विनाको तिहुन जस्तै हुन्थ्यो सबै ठाउँमा हाम्रो सहभागीता हुनुपर्ने। जनताका घर आँगन शहर वस्तिहरुमा जनताको अधिकार र स्वतन्त्रताको गित गाउँदा गाउँदै धेरै होनाहार साँस्कृतिक कर्मिहरु शहिद भए।परेको खन्डमा जनमुक्ति सेना भएर पनि लडाइँ लडियो।
इतिहास साक्षी छ यति ठुलो मात्रामा साँस्कृतिक कर्मिहरुको निर्माण र प्रयोगले माओवादी आन्दोलन एउटा उचाइमा आएको हो तर प्रधानमन्त्री प्रचण्ड ज्यु यो यथार्थ त्याग समर्पण र बलिदानले तपाईं जस्ता आन्दोलनका धेरै अगुवाहरुको जीवन स्तर त कहाँ हो कहाँ पुर्याईदियो। प्रधानमन्त्री ज्यु तपाईं आज नेपालको प्रधानमन्त्री जस्तो उच्च पदमा हुनुहुन्छ लाग्छ म धेरै सानो हुँ न म संग माओवादी भएर केही धन छ न म माओवादी भएर केही जागिर छ न म माओवादी भएर कुनै व्यापार छ न म संग केही त्यस्तो शक्ति छ।जे छ सबै तपाईंसंग छ।एकचोटि समय निकालेर इतिहासपटि फर्केर सोच्नुस प्रचण्ड ज्यु तपाईं कुन कारणले कसको कारणले किन त्यो स्थानमा हुनुहुन्छ ??
सायद विर्सनुभो होला हामी कार्यक्रममा तपाईंलाई भगवान जस्तै ठानेर तपाईंको नाम पुज्दै गर्वका साथ नाचेको र गाएको र कलाकारहरुकै प्रस्तुतिले तपाईंको आखाबाट आँशु झरेको। तपाईंलाई जानकारी नहुनसक्छ ती कला र गलाका धनिहरु प्रतिभाका खानिहरु आज आफ्नो आदर्शलाई आस्थालाई त्यागेर पराइको भुमिमा पसिना बगाईरहेकाहरुको पीडा तपाईंलाई थाहा छैन होला ती कलाकार जो आज एक आङ लाउन र खान समेत नपाउनेगरि बाँचिरहेका छन।तपाईंलाई थाहा छैन होला आफ्नो परिवारको एउटा सानो खुशि पनि दिलाउन नसक्ने गरि थला परेको ।शहरका गल्लिहरुमा एक गाँस खानका लागि भौंतारिरहेका छन।माओवादीका प्राय तल्लो स्तरका कार्यकर्ता अझ भनौं हामी कलाकारहरु त धेरै अन्याएमा परेको आलो सम्झना अझै मुटुभित्र दुखिरहन्छ ।कयौं साथीहरू आज अरबतिर डलरको सपनामा जिन्दगी हिन जिन्दगी बिताईरहेछन कयौं घाइते अपांग छन कयौं कलाकार साथीहरुको जिन्दगी दयनीय अवस्थामा गुज्रिरहेको सायद यहालाई रिपोर्ट छैन होला होस पनि कसरी तपाईं हामीजस्ता सोझा र इमान्दार कार्यकर्ताहरुलाई भन्दा पनि विरोधीहरुसंग बढि साँठगाँठ र विश्वास भयो।कमरेड प्रचण्ड ज्यु तपाईंले बाँड्नुभएको समाजवाद र साम्यवादको सपना कहाँ पुग्यो कता हरायो ?? हामी गरिबहरुले सोचेको त्यो जनताको व्यबस्था कहाँ बन्दैछ ।हामीलाई चुनावभरि घोक्रो फुलाउन लगाएर खुट्टा पिल्साउन लगाएर सास्ती खेप्दै खेप्दै हाम्रो सांगीतिक कार्यक्रमले तपाईंको भागमा चुनाव जित्न सक्ने एउटा वातावरण बनायो ।हामीलाई सकेसम्म प्रयोग गर्नुभयो ।तपाईंलाई थाहा छैन होला कलाकार कमरेडहरु यदि मैले चुनाव जिंते र प्रधानमन्त्री भएँ भने तपाईंहरुलाई डिग्री सम्मको शैक्षिक योग्यताको सर्टिफिकेट दिनेछु भनेर हामीलाई आश्वासन दिनुभएको?हो त हामी पनि मक्ख परेर होन हो आफुलाई अन्धो बनाएरै पार्टीको काम हो आन्दोलनको काम हो भनेर हाम फालियो कमरेड आजको यो घडिमा तपाईं दोस्रो पल्ट प्रधानमन्त्री भैसक्नुभयो तर आजसम्म आन्दोलनमा जति पनि कलाकार साँस्कृतिक कर्मिहरु छन उनिहरुको कुन बिषयमा कुन शिर्षकमा केहि भनेर सम्बोधन गर्नुभयो??माईला लामाहरुले सयौं कार्यक्रम हरु गरेर उठाएको पैसा कलाकारहरुले दुख गरेर कमाएको पैसा उल्टै तपाईंको हेडक्वाटरमा बुझाउनुहुन्थ्यो अब भन्नुस ती सयौं जनवादी कलाकारहरुको स्थिति केछ??प्रधानमन्त्री प्रचण्ड ज्यु जतिबेला जनयुद्धको अन्त भैसक्यो भनेर भन्नुभयो उबेलादेखी आजसम्म जे जति गर्नुभयो न जनताको पक्षमा काम गर्नुभयो न माओवादी आन्दोलनलाई शसक्त बनाएर अगाडी बढाउन सक्नुभयो न आफ्नै पार्टीका कार्यकर्ताहरुलाई व्यवस्थित पार्न सक्नुभयो? धेरै कुराहरु के गर्नु म साँस्कृतिक कर्मि भएको नाताले केही कुरा भनेको हुँ तमाम साँस्कृतिक कर्मिहरुको हालत नाजुक छ बिजोग छ।उनिहरु माओवादी पार्टीको आस्था बिचार र नीति तोडेर छोडेर न अन्त नै जान सक्छन ?
पार्टीमा काम गरौं गर्न सक्ने वातावरण छैन।जसको शक्ति उसको भक्ति बनेझै भैरहेको छ निराशा र चिन्ताले साँस्कृतिक कर्मिहरु पलायन हुने दिशातिर गैरहेछन र रहेकाहरु पनि क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जुन यात्रामा छन अनि उनिहरुलाई नै तपाईंले किन गिरफ्तार गर्दै लाँदै थुन्दै उनिहरुमाथी नानाथरि आरोप आक्षप मुद्दा चलाएर नौटंकि गर्नुहुन्छ?कमरेड सत्यको अवश्य एकदिन जित हुनेछ माओवादी आन्दोलनलाई तपाईंले त अन्त्य गरिसक्?नुभयो तर अरु लाखौं लाख मान्छेहरु माओवादी आन्दोलनलाइ अगाडि बढाउन जुझारु भएर उठिरहेछन तपाईंका घिनलाग्दा नौटंकिबाट क्रान्तिकारीहरु झुक्दैनन अघि बढ्छन।माओवादी आन्दोलनलाई दमन गरेर दबाउन सक्छु भनेर कांग्रेस र एमालेसंग डिनर गरेर तपाईंले केही लछारपाटो लगाउन सक्नुहुन्न।हिजो तपाईंको पार्टी र तपाईंको निम्ति कलाकारहरुले गाए नाचे आज तपाईंकै बिरुद्ध कलाकारहरुले गाउनेछन नाच्नेछन।तर हाम्रो यात्रा रोकिने छैन।याद रहोस हिजो हामी संगै थियौं अबको आन्दोलनमा तपाईं हाम्रो शत्रु बन्नुहुनेछ यो इतिहासको माग हो ।
उही तपाईंको पार्टी बाट पिडित एक साँस्कृतिककर्मी
रमण थामी
http://www.ratonews.com बाट साभार