परिभाषामा साहित्य
|
साहित्य सामाजिक चेतनाको समयसापेक्ष कलात्मक भाषिक अभिव्यक्ति हो। यो स्वयम्मा सौन्दर्यको खोजी हो र मानिसको जीवन सङ्घर्षमा अग्रगामी दृष्टिकोण प्रदान गर्ने साधन हो। यसले परिवर्तनको दिशा निर्देश गर्नुपर्दछ। –अनिरुद्र तिमसिना
साहित्य भनेको गतिशील जीवनको एउटा प्रतिविम्ब हो। साहित्यले गतिशील जीवनको व्याख्या बोकेको हुन्छ। साहित्य नदीजस्तै बग्नुपर्छ। कतै शान्त, स्थिर र कतै वेगवान्, भङ्गालोमा धार बोकेको प्रवाहजस्तै। –अनिल श्रेष्ठ
साहित्य सिर्जनात्मक मनको भाषिक आविष्कार हो, जहाँ जीवनका अर्कै पक्षको ध्वनि हुन्छ। साहित्य जीवनको फोटोग्राफी
होइन। – अभि सुवेदी
साहित्य जीवनका निम्ति हुनुपर्छ। – अमर गिरी
जीवनको अनुभूति र समाजको यथार्थ चित्रण। – अमृतलाल श्रेष्ठ
परिभाषामा जसलाई बाँध्न, छोप्न सकिँदैन। – अविनाश श्रेष्ठ
जीवन सत्यको अभिव्यक्ति। – आनन्ददेव भट्ट
साहित्य जीवन–जगत्प्रतिको शाब्दिक प्रतिकृति हो। – आर.एम. डङ्गोल
समाजको वास्तविक प्रतिविम्ब। – इन्द्र माली
श्रमसङ्घर्ष, वर्गसङ्घर्ष, प्रकृतिसँग सङ्घर्ष गर्दा प्राप्त हुने अनुभूतिको कलापूर्ण अभिव्यञ्जना हो। यथार्थको सुन्दर व्यञ्जनापूर्ण प्रस्तुति र पुनर्सिजना हो। – ईश्वरचन्द्र ज्ञवाली
साहित्य युगको ऐना हो। त्यसकारण हामीले त्यो ऐनास्वरूप देखिने गरी साहित्य सृजना गर्नुपर्छ। – एस.पी. आसा
साहित्यलाई परिभाषाको घेरामा बन्दी नबनाउनु नै मेरो साहित्यको परिभाषा हो। – कणक महर्षि
No comments:
Post a Comment