Wednesday, September 7, 2016

चर्चित संगीतकार चेतन सापकोटाले गितार छाडेर साथीको छोरीको अंगमा हात हालेपछि पेरिसडाँडामा भूकम्प, माओबादलाई भयो चुनौती ?

सन्तोष,लाइटनेपाल संवाददाता

chetan-sapkota
काठमाडौं, २१ भदौं  । नेपाली सांगीतिक उद्योग चरित्रका हिसाबले त्यति गतिलो पटक्कै छैन । गीतहरू युट्युबमा भाइरल भए पनि गीत बनाउनेका चरित्र र बानी भने मान्छेका मुख–मुखमा झुन्डिने गरेका छन् । नेकपा माओवादी केन्द्रमा लागेर फिल्मसमेत निर्माण गरिसकेका संगीतकार चेतन सापकोटा र उनका साथी गणेश भण्डरी जसलाई माओवादीले चलचित्र विकास बोर्डको अध्यक्षसमेत बनाइसकेको थियो, उनीहरू विरुद्धका उजुरीले मुख्यालय पेरिसडाँडामा कोकोहोलो मच्चिएको छ । ‘भाग सानी भाग’ भन्ने फिल्म बनाएर प्रचण्डको दैलोमा आफ्नो शिर राखेका सापकोटाका लागि अहिले लाजिम्पाटमा पनि ढोका बन्द छ । बरु, उनीविरुद्ध उजुरीका उपर छानबिन गरी कारबाहीका लागि सिफारिस बोक्नेहरू खुसीले मख्ख भएका छन् ।क्रान्तिको साथ दिने भनेर प्रचण्डका चेलाचपेटासँग परिवारसँगै सम्बन्ध बनाएका सापकोटा अहिले बलात्कार प्रयासको अभियोगमा पेरिसडाँडाको कारबाही पर्खेर बसेका छन् । अरूलाई क्रान्ति, जागरण र परिवर्तनका निम्ति आह्वान गर्ने यिनै सापकोटा आम बुझाइभन्दा निकै पृथक् रहेको उदेकलाग्दो घटना फेला परेको छ । उनी जस्तै माओवादीनिकट जनसांस्कृतिक महासंघ हाँक्दै आइरहेका गणेश भण्डारीको इज्जतमा पनि कहिल्यै नमेटिने गरी कालो धब्बा पोतिन पुगेको छ ।
आफ्नै साथीकी किशोरी छोरीको जवानीमाथि मनथाम्न नसकेर आँखा गाड्दा माओवादीनिकट जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र महासंघ सम्वद्ध सापकोटा कारबाहीमा पर्ने भएका छन् ।
ललितपुरको एक रेस्टुरेन्टमा भण्डारी, सापकोटा, राप्रपाका असन्तुष्ट नेता र सिन्धुपाल्चोकका सापकोटा थरकै एक युवकले रक्सी पिए । माओवादी प्रवेशको तयारीमा रहेका भनिएका राप्रपा सम्वद्ध ती नेताले यसकै खुसियालीमा उक्त जमघट गरेका थिए । खाएपछि आँखा नदेख्ने गरी खानुपर्ने सापकोटा र भण्डारीले मध्यरातसम्म रेस्टुरेन्टमा बिताए । मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई ती नेताले आफ्नो चापागाउँस्थित निवासमा लिएर गएका थिए । आफ्नो निवासमा भण्डारी र सापकोटालाई लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजाइरहेकी छोरीलाई बोलाएर परिचय गराएका थिए । गितार बजाइरहेकी छोरीलाई छाडेर नेता दम्पती सुत्न गए पनि सापकोटा र भण्डारी गितार सिकाउने बाहनामा छोरीसँग जिस्किएर बसेका थिए । गितार सिकाउने ती हात कहाँ पुगे भन्ने पत्तो नपाउने गरी पिएका सापकोटा र भण्डारीलाई अहिले त्यही उजुरीले पिरोलेको छ । छोरी चिच्याएपछि अत्तालिएका बाबुले उनीहरूको कर्तुत थाहा पाएपछि बेस्सरी भकुरेका थिए । ‘रामधुलाई’ भेटेपछि जुत्ता–चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए ।
उजुरीलगत्तै माओवादी केन्द्रले सांस्कृतिक विभाग इन्चार्ज विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा दुई सदस्यीय छानबिन टोली बनाएको थियो । छानबिन टोलीले सापकोटा र भण्डारीले मदिरापान गरेर ती नेताको छोरीमाथि दुव्र्यवाहर गरेको पाइएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको आहुतिले बताए । ‘भण्डारी र सापकोटामा गम्भीर सांस्कृतिक विचलन देखिएको छ,’ आहुतिले भने, ‘उनीहरूलाई कारबाहीका लागि सिफारिस गर्दै पार्टीलाई प्रतिवेदन बुझाएका छौँ ।’
सापकोटा र भण्डारीलाई माओवादी केन्द्रले जनसांस्कृतिक महासंघको जिम्मेवारीबाट मुक्त गराइसकेको छ । अहिले जनसांस्कृतिक महासंघको कार्यवाहक अध्यक्ष सीता शर्मालाई दिइएको छ । यसबारे उजुरी परेलगत्तै दुवैलाई आ–आफ्नो जिम्मेवारीबाट राजीनामा गर्न पार्टीले लगाएको थियो । बाँच्नका लागि दुवैले अहिले लाजिम्पाटको दैलो चाहार्न खोजे पनि प्रचण्डले साथ दिएका छैनन् । सांस्कृतिक विचलन भनेकै यौन काण्डमा संलग्न रहनु भनी माओवादीले निर्णय गरिसकेको छ । ‘कारबाहीबाट नजोगाऊनू ?’, हेडक्बार्टरको आदेश छ । स्रोतका अनुसार हेडक्बार्टरले अहिले यस्ता घिनलाग्दा विषयमा बचाउको प्रयास नगर्ने जनाइएको छ । माओवादीले कारबाही नगरे उनीहरूलाई कानुनी रूपमा नै कारबाही गर्नुपर्ने पीडित पक्षको अभियान नै रहेको छ । उनीहरू कुनै पनि हालतमा दुवैलाई नछाड्ने पक्षमा उभिएको स्रोतको दाबी छ । आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।

http://www.lightnepal.com बाट साभार 

No comments:

Post a Comment