Sunday, September 11, 2016

जनवादी गायक चेतन सापकोटाले नेताकी छोरी बलात्कार गर्न खोजेपछि

Chetan 3






गायक तथा संगितकार चेतन सापकोटाले आफ्नै साथीको छोरीमाथि बलात्कारको प्रयास गरेपछि रामधुलाई खाएका छन् । करिव एक महिनाअघि ललितपुरको एक रेष्टुरेन्टमा सापकोटले साथी तथा नेकपा माओवादी केन्द्रका एक नेताको घरमा गएर छोरीमाथि अंग स्पर्श गरेर बलात्कारको प्रयास गरेको ती नेताको आरोप रहेको छ ।
 chetan 1
एक महिना अघि माओवादीनिकट जनसांस्कृतिक महासंघ हाँक्दै आइरहेका गणेश भण्डारी, चेतन सापकोटा, राप्रपाका असन्तुष्ट नेता र सिन्धुपाल्चोकका सापकोटा थरकै एक युवक ‘सोमरस’ पान गर्ने उद्देश्यसहित भेला भएका थिए ।
माओवादी प्रवेशको तयारीमा रहेका भनिएका राप्रपा संवद्ध ती नेताले यसकै खुसीयालीमा उक्त जमघट गरेको बताइन्छ । प्राप्त समाचारअनुसार, जमघटपछि उनीहरुले राति १२ बजेसम्म रेष्टुरेन्टमा मदिरापान गरेका थिए ।
स्रोतका अनुसार, मदिरापानका कारण चेतन र गणेश सम्हालिनै सकेका थिएनन् । मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई ती नेताले आफ्नो चापागाउँस्थित निवासमा लिएर गएका थिए ।
ab-735x400

प्रेमले आफ्नो निवासमा भण्डारी र सापकोटालाई लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजाइरहेकी छोरीलाई बोलाएर परिचय गराएका थिए । गितार बजाइरहेकी छोरीलाई छाडेर नेता दम्पत्ति सुत्न गए पनि सापकोटा र भण्डारी गितार सिकाउने बाहनामा छोरीसँग जिस्किएर बसेका थिए ।
गितार सिकाउँदा सिकाउँदै सापकोटा र भण्डारीले नेताकी छोरीका अंगमा स्पर्श गरेका थिए । कुनियत राखेर स्पर्श गरेका सापकोटा र भण्डारीद्वयको पञ्जाबाट उम्कन खोज्दा–खोज्दै बलात्कार प्रयास भएपछि उनकी छोरी चिच्याएको बताइन्छ ।
छोरी चिच्याएपछि अत्तालिएका बाबुले उनीहरुको कर्तुत थाहा पाएपछि बेस्सरी भकुरेका थिए । ‘रामधुलाई’ भेटेपछि जुत्ता–चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए ।
गम्भीर प्रकृतिको यो घटनापछि ती नेताले प्रहरीमा उजुरी हाल्न रोकेर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा उजुरी हाल्न लगाइएको थियो । उजुरीलगत्तै माओवादी केन्द्रले सांस्कृतिक विभाग इञ्चार्ज विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा दुई सदस्यीय छानबिन टोली बनाएको थियो ।
छानबिन टोलीले सापकोटा र भण्डारीले मदिरापान गरेर ती नेताको छोरीमाथि दुव्र्यवाहर गरेको पाइएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको आहुतिले बताए ।
‘भण्डारी र सापकोटामा गम्भीर सांस्कृतिक विचलन देखिएको छ,’ आहुतिले भने, ‘उनीहरुलाई कारबाहीको लागि सिफारिस गर्दै पार्टीलाई प्रतिवेदन बुझाएका छौं ।’ उनले कस्तो कारबाहीको सिफारिस गर्नुभयो ? भन्ने प्रश्नमा भने यसबारे अहिले केही भन्न नमिल्ने बताए ।

chetan 2
आफ्नै साथीको किशोरी छोरीको जवानीमाथि मनथाम्न नसकेर आँखा गाड्दा माओवादीनिकट जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र महासंघ संवद्ध सापकोटाको अहिलेसम्म बनेको इमेज गल्र्यामगुर्लुम्म ढल्न पुगेको हो ।
तर, माओवादीका दुई चर्चित सांस्कृतिक योद्धाहरुमा गम्भीर सांस्कृतिक विचलन देखापरे पनि यसलाई पार्टी्भित्रै कैद गर्ने प्रयास भइरहेको भन्दै माओवादीनिकट कलाकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । यही प्रयासस्वरुप यो चर्चित काण्डलाई प्रहरीमा जान नदिएर भित्रभित्रै थामथुम पार्न खोजिएको कलाकारहरुको बुझाई छ ।
कारबाहीबाट जोगिन दौडधुप
सापकोटा र भण्डारीलाई माओवादी केन्द्रले जनसांस्कृतिक महासंघको जिम्मेवारीबाट मुक्त गराइसकेको छ । अहिले जनसांस्कृतिक महासंघको कार्यवाहक अध्यक्ष सीता शर्मालाई दिइएको छ । यसबारे उजुरी परेलगत्तै दुवैलाई आ–आफ्नो जिम्मेवारीबाट राजीनामा गर्न पार्टीले लगाएको थियो ।
तर, सापकोटा र भण्डारीद्वयले जिम्मेवारीबाट राजीनामा गरे पनि उन्मुक्तिका लागि शक्ति केन्द्र चहारेको कलाकारहरुको दाबी छ । दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डकी छोरी रेणु दाहाल र हिमाल शर्माको निर्वाचन प्रचारमा ज्यान फालेर लागेका सापकोटाले रेणु र हिमालसँग आफूले विगतमा सहयोग गरेको ब्याज मागेको चर्चा माओवादी कलाकारहरुबीच चल्न थालेको छ ।
स्रोतका अनुसार, उनले प्रचण्डपुत्र प्रकाशलाई पनि यसका लागि दबाब दिएको र प्रहरीसम्म जान नदिएर यसलाई आन्तरिक रुपमै मिलाउन खोजिएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
http://tvannapurna.com बाट साभार 

No comments:

Post a Comment