मानव श्रमद्वारा निर्मित दोस्रो प्रकृति नै संस्कृति हो । संस्कृति मानिसको रुपान्तरणकारी कार्यकलापहरूको परिणाम हो । संस्कृति मानिसले बनाएको नयॉ निर्माण हो । उसले जे बनाउ‘छ उसको योग्यताको आधारमा नै बनाउ‘छ । यसबाट मानिसको तात्कालीक योग्यताको स्तर र स्थिति थाहा हुन्छ । संस्कृति मानिसको व्यवहारको उपज हो । मानिस आफ्नो समाजमा बसेर गर्न सकिने र समाजलाई अगाडि बढाउन सक्नेखालको संस्कृतिको विकास गर्न प्रयत्नशील रहनुपर्छ । त्यस प्रकारको संस्कृतिले नै समाजको विकास गर्ने हुनाले त्यसलाई निश्चित गरी अघि बढाउने प्रयत्न गर्नुपर्दछ ।
देशको राजनीतिलाई सहीरुपले सञ्चालन गर्न पनि संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छ । जब समाजको संस्कृति विकृतिपूर्ण हुन्छ तब सांस्कृतिक आन्दोलन अति जरुरी हुन्छ । राजनीतिक व्यवस्थालाई प्रगतिशील र स्थायित्व प्रदान गर्न पनि सांस्कृतिक आन्दोलन जरुरी हुन्छ । देशको समग्र विकास राजनीतिमा नै निहित हुने गर्दछ भने राजनीतिलाई नेतृत्व गर्ने राजनीतिक दलहरू जनताबाट चुनिने हुनाले जनता तथा नेताहरू सांस्कृतिक हिसाबले उच्चस्तरका हुनुपर्दछ । त्यसो हुन सकेन भने राजनीतिले स्थायित्व कायम गर्न सक्दैन ।
वर्गीय समाजमा संस्कृति पनि वर्गीय प्रकारको नै हुन्छ । शासन सत्तामा जुन वर्ग छ त्यही वर्गको संस्कृति समाजमा प्रभावी हुने गर्दछ । संस्कृति अर्थतन्त्रबाट मात्र निर्धारित ह‘ुदैन त्यसले अर्थतन्त्रलाई समेत प्रभावित पारेको हुन्छ । मानिस संस्कृतिको रचनाकार मात्र नभएर संस्कृतिको रचना पनि हो । मानिसका आवश्यकताहरू पूरा गर्न संस्कृतिको निर्माण भएको हो । संस्कृतिले मानिसका परस्पर सम्बन्धलाई पनि नियमका मातहतमा राख्ने काम गर्दछ । सामन्ती राज्यको वास्तविक सत्ता र अधिकार धर्ममा नै धेरै गहिरोस‘ग जोडिएको हुन्छ । धर्म मान्छेको अज्ञानता हो र असहायपनको उपज हो । सामन्ती संस्कृतिमा समाजलाई विभिन्न तहमा तलमाथि राखेर माथिकाले तलकालाई शोषण गर्ने काम गर्दछन् । श्रमलाई नराम्रो ढङ्गले हेर्ने गरिन्छ । सबैभन्दा माथि मालिक र सबैभन्दा तल श्रमजीवी वर्गका महिलाहरूलाई राख्ने गरिन्छ ।
यसप्रकार सामाजिक तथा सांस्कृतिक विकासको गति कम हुन जान्छ । पू‘जीपतिहरूले आफ्नो उदयकालमा आफ्नै हित र स्वार्थका लागि संस्कृतिको निर्माण गरेको पाइन्छ । पुनर्जागरणकालमा भने विज्ञानमा विश्वास, धर्मको बिरोध, भौतिकवादको समर्थन र प्रचारप्रसार आदि गरिएको पाइए तापनि पू‘जीपति वर्गले उदीयमान शोषित वर्गलाई शोषण र उत्पीडन गर्नका लागि सामन्तस‘ग सॉठगॉठ गरेर अघि बढेको संस्कृतिलाई पछि फर्काउने काम गरे । जसले गर्दा धर्मको पुनःर्उत्थान भयो । नैतिकता अनैतिकताको बेवास्ता गरेर अनेकौं अपराधपूर्ण काम गर्ने कामहरू संस्कृतिका रुपमा विकसित भए । मुट्ठीभरका मानिसहरूको स्वार्थसिद्घिका लागि संस्कृतिको निर्माण गरियो ।
संस्कृति समाज सञ्चालन गर्ने कडी पनि भएको हु‘दा यसले समाजका सम्पूर्ण वर्गको हितमा काम गर्नु पर्दछ । बिडम्वना † सीमित वर्गको स्वार्थसिद्घिका लागि निर्मित संस्कृति हाम्रो समाजमा अहिले पनि विद्यमान छ । यो समाज र समाजमा बस्ने मानिसहरूको हित गर्ने संस्कृतिका लागि पुरानो र ढर्रा संस्कृतिको रुपान्तरण हुनु जरुरी छ । नयॉ जनवादी संस्कृति नै सामाजिक संस्कृतिको अभिन्न अङ्ग र सहयोगी पनि हो । यो संस्कृति नै विचारधाराबाट निर्देशित हुन्छ । यही संस्कृति नै वैज्ञानिक र व्यावहारिक हुन्छ ।

No comments:
Post a Comment