Wednesday, May 20, 2015

माओ ,सांस्कृतिक मोर्चा र हामिले लड्दै गरेको लडाई- डा. ऋषिराजबराल


Info Pos
डा. ऋषिराज बराल
मार्क्सवाद संघर्ष द्दारा मात्र विकसित हुनसक्छ, र यो कुरा विगतमा मात्र नभई वर्तमानको हकमा र भविष्यको हकमा पनि त्यत्तिकै साचो हो। जे कुरा सही छ त्यो सधै“ नै गलत कुरा स“गको संघर्षबाट विकसित हुन्छ।सत्य, शिव र सुन्दर सधै“ नै असत्य, अशिव र कुरूपको विरोधमा विद्यमान हुन्छन तिनीहरूको संघर्षबाटै विकसित हुन्छन्। मानवजातिले कुनै गलत कुरालाई अस्वीकार गरेर कुनै सत्य विशेषलाई स्वीकार गर्नासाथ नयाँ सत्यहरू नयाँ असत्यहरू संग संघर्ष गर्न थालिहाल्छन्।यस्तो संघर्ष कहिल्यै नटुङ्गिने हुन्छ।यो सत्यको विकासको र, स्वभावैले मार्क्सवादको पनि नियम हो।
माओत्से-तुङ :जनताबीचको अन्तर्विरोधको सही सञ्चालनबारे
०विषयप्रवेशः
विश्व र्सवहारावर्गका महान नेता कमरेड माओत्से-तुङले दर्शन, विचार र राजनीतिको क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा हामीले माओको नाम सित माओवाद जोडेका छौं ।यो माओले विश्वकम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको संश्लेषण हो।मार्क्सवाद-लेनिनवादलाई नयाँ विकास र मूल्यप्रदान गर्ने काममा माओले भित्र र बाहिर दुवै क्षेत्रमा निर्मम लडाई लड्नुपर्‍यो।यथार्थतःमाओवाद, मार्क्सवाद-लेनिनवादको विकास र समृद्धिको पक्षमा निरन्तर लडिएको लडाईको उपज हो। यस लडाईमा माओले प्रतिक्रयावादी-साम्राज्यवादी शक्तिसित मात्र नभई  ’मार्क्सवादी’ हरू सितपनि लड्नुपर्‍यो।यसलडाईमा, उपलब्ध सबै हतियारहरूको कुशलता पुर्वक प्रयोग गर्नु माओको विशेषता रह्यो।
साहित्य तथा कला वर्गसंघर्षको महत्त्वपूर्ण हतियार हुन भन्ने कुरालाई माओले कुशलता र सशक्तताका साथ प्रयोग मात्र गरेनन , अझ समृद्ध पनि पारे।कसरी साहित्य तथा कलाका रूपहरू संघर्षका हतियारहरू हुन सक्छन सांस्कृतिक आन्दोलन समाज रूपान्तरणको सशक्त मोर्चा कसरी हुनसक्छ भन्ने कुरालाई माओले व्यवहारद्वारानै प्रमाणित गरे। त्यसैले सांस्कृतिक मोर्चा र माओले लडेको लडाईको लेखाजोखा गर्नु भनेको माओले लडेको लडाईको मूल्यपरक अभिरेखाङ्कन गर्नु हो।अधिरचनाको महत्त्वपूर्ण अङ्ग रहेको साहित्य तथा कलालाई समग्रमा भन्दा सांस्कृतिक आन्दोलनलाई माओले वर्गसंघर्षमा कसरी प्रयोग गरेर यसक्रममा उनले के-कस्तो लडाई लडे भन्ने कुराको सङ्क्षिप्तावलोकन यस लेखको उद्देश्य रहेको छ।

०माओले लडेको सांस्कृतिक लडाईको बिशेषताः
चिनियाँ  कम्युनिस्ट पार्टीको स्थापना देखि चिनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्ति सम्म अझ प्रस्टभन्दा १९७३ सम्मको समग्र राजनीतिक र सांस्कृतिक नीति, योजना, संघर्षक र आन्दोलनको चरित्र र दिशालाई हेर्दा र बुझ्न खोज्दा माओले मूलतःपाँचवटा कुरामा जोड दिएको देखिन्छ
१. चिनियाँ समाजको विशिष्टता र मौलिकतामा मार्क्सवाद-लेनिनवादको प्रयोग,
२.अन्धनक्कलवाद बाट मुक्त राष्ट्रिय चरित्रको क्रान्तिकारी सांस्कृतिक आन्दोलनको विकास
३. आधार र अधिरचनाका सम्बन्धमा वैज्ञानिक र व्यावहारिक नीति र योजनाको सम्पादन, ४.सांस्कृतिकआन्दोलनलाई जनमत सिर्जनाको महत्त्वपूर्ण माध्यम बनाउनमा जोड र
५ राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलनलाई एक अर्काका सहयोगी र पूरक आन्दोलनका रूपमा विकास र विस्तार गर्नमा जोड, अर्थात्सङ्गठित सांस्कृतिक शक्तिको निर्माण।
यी सबै कुराहरू पूरा गर्नका लागि माओले मूलतः तीन किसिमका लडाइ लड्नुपरेकोदेखिन्छः
क. प्रतिक्रियावादी सामन्ती तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध,
ख.ट्रटस्कीवादी-अराजकतावादी र विर्सजवादीहरू विरुद्ध र
ग. दक्षिणपन्थी पलायनवादका विरुद्ध।
सांस्कृतिक आन्दोलन मार्फ लक्ष्य प्राप्त गर्ने कुरामा माओले हरेक मञ्च र रूपको प्रयोग गरेका छन्।आवश्यकता अनुसार दार्शनिक र राजनीतिक प्रवचन र प्रशिक्षणहरू, सम्पादकीय टिप्पणी र लेख रचनाहरू, कृतिहरूको भूमिका, गीत सङ्गीत, कविता र उपन्यास आदि बारे व्यक्त धारणा मार्फ माओले वैचारिक पक्षधरता, प्रतिबद्धता र प्रतिरोधात्मकता सम्बन्धी चिन्तनलाई अघि बढाएका छन्। सांस्कृतिक क्षेत्रको सघर्षको विशिष्टता र चरित्र पनि राजनीतिक सघर्षको चरित्र र विशिष्टता अनुरूप विकसित र विस्तारित भएको छ।चुनाई सम्मेलन (१९३५) सम्मको एउटा चरित्र रहेको देखिन्छ भने त्यसपछि मूलतः१९४० देखि १९४९ सम्मको लडाईको चरित्र बेग्लै छ। यसका पछाडि तत्कालीन राष्ट्रिय-अन्तराष्ट्रिय अन्तर्विरोध र वर्गसघर्षको स्थितिले काम गरेको छ। १९५० यता भनौ समाजवादी निर्माण कालको पहिलो चरण, यसलाई उपचरणमा विभाजन गर्दा लुसान सम्मेलन सम्मको अवधि पनि भन्न सकिन्छ, यसको प्रवृत्ति अलि भिन्नै छ।त्यस्तै  ’चिनिया महान सर्वहारा सांस्कृतिक क्रान्ति ‘ कालको लडाइको चरित्र झनफरक किसिमको छ।लडाईको प्रकृति र चरित्रका जे-जस्ता विशिष्टता र मौलिकता रहे पनि माओले हरहमेसा क्रान्तिकारी विचार, क्रान्तिकारी राजनीति र जनसम्बन्ध र जनदिशालाई अगाडि राखेर अर्थात पोलिटिक्स इन कमाण्डका आधारमा नै सांस्कृतिक समस्या र अन्तर्विरोधहरूको हल खोजेका छन्।यही नै माओको लडाईको प्रमुख विशेषता हो।तलको विश्लेषणबाट पनि यस यथार्थलाई अवगत गर्न सकिन्छ।

०चिनियाँ  कम्युनिस्ट पार्टीको स्थापना, माओ र सांस्कृतिक आन्दोलनः
‘कम्युनिस्ट अन्तराष्ट्रिय ‘को सहयोगमा चीनको शाघाईमा सन् १९२१ मा चिनिया“ कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय भेला भएको थियो।५७ जना पार्टिसदस्यहरूको प्रतिनिधित्व गर्दै सो भेलामा माओत्से-तुङ, छनतू-स्यू लगायत १२ जनाको उपस्थिति थियो।यसैभेलाबाट विधिवत रूपमा चिनियाँ कम्युनिस्ट पार्टीकेन्द्रको स्थापना भएको थियो।
१९२१देखि चुनाई सम्मेलन सम्म चिनिया कम्युनिस्ट आन्दोलनमा माओले खेलेको भूमिका महत्त्वपूर्ण भएपनि पार्टी र नेतृत्वका सर्न्दर्भमा भने उनलाई खासै भूमिका दिएको देखिदैन।यस बीच माओले ‘चिनिया“ समाजमा वर्गविश्लेषण’(१९२६), ‘पार्टी गठनको प्रश्न ‘(१९२८), ‘पार्टीभित्रका गलत विचारहरूको सुधार गर्ने सम्बन्धमा’ (१९२९) जस्ता महत्त्वपूर्ण राजनीतिक-सङ्गठनात्मक रचनाहरू लेखेपनि साहित्यकलाका विषयमा भने खासै चर्चा परिचर्चा गरेको पाइदैन।
यसबीचको चिनिया  सांस्कृतिक आन्दोलन मूल रूपमा लुसुनको वरिपरि केन्द्रित रहेको देखिन्छ।१९३० पछि वैचारिक पक्षधरता र कार्यदिशाका सर्न्दर्भमा लुसुन र माओलाई जोडेर हेर्न सकिन्छ तापनि चुनाई सम्मेलन अझ भन्दा ‘नौलो जनवादको संस्कृति’ भन्दा अघिको चिनिया“ सांस्कृतिक आन्दोलन लुसुनको वरिपरि केन्द्रित रहेको देखिन्छ।प्रतिक्रयावादी धारका साथै आफूलाई जनपक्षीय धारका भन्नेहरू पनि तीन किसिमका प्रवृत्तिहरूमा विभाजित रहेका थिए-रूसी सांस्कृतिक आन्दोलनमा चर्चाको विषय बनेको प्रोलेत्कुल्तद्वारा प्रभावित समूह, ट्रटस्कीको प्रभावमा रहेको समूह र चिनिया“ विशिष्टताको प्रगतिशील समूह।यी तीन समूह बीच तीव्र द्वन्द्व थियो, यी एकले अर्कालाई निषेध गर्न चाहन्थे।तर बौद्धिकता, प्रतिभा र प्रभावका कारण सबै लुसुनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न चाहन्थे।
रूसमा राजनीतिक गुटबाट प्रभावित कला क्षेत्रका गुट उपगुटहरू बीच विवाद तीव्र थियो र यता चीनमा पनि मारामारको स्थितिथियो।१८जुन, १९२५ मा बसेको रूसी बोल्सेभिक पार्टि कमटीको बैठकले सांस्कृतिक क्षेत्रको विवादका विषयमा एउटा विशेष निर्णय गर्यो। ‘साहित्यका बारेमा पार्तिनितीबारे’ सो प्रस्तावको एउटा अंश यस्तो रहेको छ-”जसरी यहा“ वर्गसघर्ष  सामान्यतया समाप्त भएको छैन, त्यसैगरी साहित्यिक मोर्चामा पनि वर्गसघर्ष समाप्त भएको छैन।वर्ग समाजमा कुनै तटस्थ कला हुँदैन र हुन पनि सक्तैन, जब कि कला क्षेत्र त्यसमा पनि खासगरेर साहित्यको वर्ग स्वरूपले आफूलाई यस्तो रूपमा व्यक्त गर्दछ, जुनचाहि उदाहरणका रूपमा राजनीतिको वर्ग स्वरूप भन्दा असीम रूपमा विविधता पूर्ण  हुन्छ।रूसी साहित्यिक आन्दोलनमा त्यतिबेला देखापरेको समस्या हलगर्ने सम्बन्धमा मात्र नभई कृति मूल्याङ्कन र सौर्न्दर्य शास्त्रीय दृष्टिले पनि उपर्युक्त भनाइ निकै महत्त्वपूर्ण रहेको छ।यसैको निरन्तरतामा पछि १९३२ को पार्टी निर्णयले केही समूहहरूको विघटन गर्‍यो र एउटै छातामा ल्यायो।त्यसको प्रभाव यता चिनियाँ आन्दोलनमा पनि पर्‍यो।चाङकाइ-सेकले षड्यन्त्र पुर्वक  सत्ता कब्जा गर्नु र जापानी आक्रमणको खतरा बढ्दै जानुले पनि चिनिया“ बौद्धिक-सांस्कृतिक कर्मीहरू एकताबद्ध हुनु आवश्यक भएको थियो।
त्यति बेर चिनिया  कम्युनिस्ट पार्टी मूलतः दुई धार भएपनि स्टालिनकै वर्चस्व थियो र त्यहाँको नेता र नेतृत्व कसले लिने भन्ने कुरा रूसबाटै तय हुन्थ्यो।त्यतिबेला चिनिया कम्युनिस्ट पार्टी लिलिसान,  क्युक्युपाइ – छुछुपाइ  र वाङमिङको वर्चस्व थियो र यी रूस प्रशिक्षित कमरेडहरू थिए।चिनिया  सांस्कृतिक आन्दोलनको विवाद साम्यपार्न त्यति बेला का पार्टी सेक्रेटरी तथा प्रचार विभागका इञ्चार्ज लिलिसानले जिम्मा लिएर प्रचार विभागका सचिव पानहानियानको संयोजकत्वमा एउटा आयोग बनाए।यसैले दिएको प्रतिवेदनका आधारमा लुसुनका विरुद्धको अभियान बन्द गर्ने र सांस्कृतिक कर्मीहरू एकताबद्ध भएर जाने पार्टी निर्णयको घोषणा लिलिसानले गरे।त्यति बेलाका नाम चलेका र स्थापित लुसुन र माओतुन लगायतका लेखकहरूको एउटा टिम थियो।चीनमा त्यतिबेर ट्रटस्कीको पनि राम्रै प्रभाव थियो।ट्रटस्की समूहमा केही समालोचक र रूसमा शिक्षा प्राप्त गरेका केही बुद्धिजीवीहरू थिए।पार्टीले शक्ति र सत्ताको प्रयोग गर्नेमा चाहि  सौर्न्दर्य शास्त्रीय अध्ययन चिन्तनको कमी रहेका र पाठकहरूमा परिचित नभइसकेका तर, युवा जोस र जाँगरले भरिएका युवा साहित्यकारहरू थिए।पार्टी निर्णयले चिनिया सांस्कृतिक आन्दोलनमा रहेका केही समस्याहरू को हल गर्‍यो।यसमा साहित्य तथा कलामा विशेष रुचिरहेका छुछुपाइको भूमिका पनि महत्त्वपूर्ण रह्यो।यस निर्णयले लुसुनको बुझाइ र सोचाइलाई अगाडि ल्याउन निकै सघाउ पुर्‍यायो।१९३० मा गठित ‘वामपन्थी लेखक सङ्घ’ यसैको मुर्तरूप थियो।
चाङकाइ-सेक नयाँ साम्राज्यवादी योजनाका साथ आएको थियो।यता पार्टीको  सांस्कृतिक मोर्चामा बढदो विभाजन खास गरेर  ’वामपन्थी’ भडकाउ राष्ट्रिय एकता र प्रतिरोधी संस्कृतिको निर्माणमा बाधक बनेको थियो।यस्तो बेला सबै प्रततिशील र वामपन्थी सांस्कृतिक कर्मीहरूले व्यापक एकताका लागि आह्वान गरे ।त्यति बेर बहसमा आएका दुई वटा नारा मध्ये लुसुनले ‘राष्ट्रिय क्रान्तिकारी युद्धमा जनताको साहित्य’को पक्ष्यमा आफूलाई उभ्याए।यस नाराले लुसुनलाई माओको पङ्क्तिमा उभ्यायो।चीनको विशिष्टतामा जनताको साहित्यलाई अगाडि बढाउने कुरामा माओ र लुसुनबीच समानता रहेका कारण पनि प्रत्यक्ष रूपमा दुई जनालाई एउटै मोर्चामा उपस्थिति गराएको थियो।एक अर्थमा यो रूसी प्रभावमा रहेको चिनिया“ राजनीति र सांस्कृतिक आन्दोलनबाट चिनिया“ मौलिकता तर्फ चिनिया“ राजनीति र सांस्कृतिक आन्दोलनले दिशा लिन थालेको सङ्केत पनि थियो।यही दिशाले चुनाई सम्मेलनपछि मुर्तरूप लिने वातावरण बनेको थियो।
लुसुन र उनको वरिपरिको वृत्तलाई छाडिदिने हो भने त्यतिबेरको सांस्कृतिक आन्दोलन रूसी प्रभाव कै सेरोफेरोमा रुमलिएको देखिन्छ।सन् १९३० पछि नै मार्क्सवादी सौर्न्दर्य शास्त्रका बारेमा महत्त्वपूर्ण कृतिहरूको अनुवाद र प्रकाशन भएको भन्ने आइसियाओमिङको भनाइले पनि यसै सत्यको पुष्टि गर्दछ।उनको भनाइमा -”१९३० सम्म मार्क्स-एङ्गेल्सका साहित्य तथा कला सम्बन्धी रचनाहरूको चीनमा व्यवस्थित प्रकाशन तथा अध्ययन थिएन र लेनिनलाई समेत खारेज गरेर प्लेखानोभ, फिचे, बोग्दानोभ, मेहरिङ र लुनाचार्स्र्कीहरूका कृतिहरू र प्रोलेत्कुल्तका भनाइलाई आधिकारिकता दिइन्थ्यो।
वास्तवमा चीनको मौलिकता र विशिष्टतामा मार्क्सवाद-लेनिनवादको प्रयोग, विकास र संमृद्धि गर्ने या रूसी नक्कलको रूपमा चिनिया“ राजनीतिलाई लैजाने भन्ने बहस र विवादको प्रतिबिम्बन त्यतिबेरको सांस्कृतिक आन्दोलनमा परेको थियो।चुनाइ सम्मेलनमा माओ नेतृत्वतहमा आएपछि मूलतः१९४०मा माओले नया“ जनवादको राजनीति र नया“ जनवादको संस्कृतिको अवधारणा प्रकाशमा ल्याएपछि यो समस्या हल भएको थियो।यो कार्य दिशा पार्टी भित्रको   ’वामपन्थी’ विचलनका विरुद्ध माओको सघर्षको परिणाम थियो।
०नयाँ जनवादको राजनीति र नयाँ जनवादको संस्कृति
माओले १९४० मा प्रकाशमा ल्याएको नयाँ जनवादको राजनीतिले चीनको वर्ग संरचानात्मक स्थिति, अन्तर्विरोध, शत्रु र मित्र र संयुक्त मोर्चा लगायत चिनिया“ क्रान्तिको स्वरूप र दिशालाई प्रस्ट पार्‍यो।चिनिया“ क्रान्तिको बाटो रूसको भन्दा फरक हुने हुनाले यहा“ सांस्कृतिक आन्दोलनले पनि त्यसै दिशालाई पछ्याउछ भनेर माओले चीनको विशेषतालाई प्रस्ट पारेर अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकले लिने क्रान्तिको बाटोलाई प्रस्ट पारे।माओको विशेष ध्यान मार्क्सवाद-लेनिनवादलाई चिनिया  परिस्थितिको विशेषता र मौलिकतामा कसरी लागूगर्ने र यसलाई कसरी थप समृद्ध तुल्याउनेमा नै रह्यो।यसका लागि माओले राजनीति र सांस्कृतिक हरेक क्षेत्रमा अन्धनक्कल प्रवृत्तिका विरुद्ध लड्नु पर्‍यो।कुननीति, कुन दिशा र को नेता हुने भन्ने कुराका साथै बाह्य मुलुक सितको स्वतन्त्र सम्बन्धको विकासमा समेत र सासाना कुरामा समेत रूसी निर्देशन र आदेशमा चलेको चिनिया“ कम्युनिस्ट पार्टीले लिएको संस्कृतिकै विरुद्ध पनि माओले सबैभन्दा पहिले संघर्ष गर्नुपर्‍यो।यो कुरा हामी नयाँ जनवादको दस्तावेजबाट सहजै अनुभूत गर्न सक्छौ“ र ‘एनान प्रवचन’ बाट त सबै भन्दा बढी अनुभूत गर्न सक्छौ“ ।यथार्थतःनया“ जनवादको दस्तावेज चिनिया“ समाज र चिनिया“ कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानको समीक्षा र भावी कार्यदिशाको रूपरेखा थियो।
चुनाई सम्मेलन पछि आफ्नो भूमिका विस्तारित भएपछि माओले समग्र पक्षको विश्लेषण र संश्लेषण गरे।उनको एउटा जोड मौलिकतामा र अर्को जोड व्यापकतामा थियो।मौलिकता र व्यापकता अर्न्तर्सम्बन्धित थिए।यसको केन्द्रमा नया“ जनवादी राजनीतिक उद्देश्य प्राप्तिका विभिन्न आधार र सर्न्दर्भहरू थिए।यसको एउटा महत्त्वपूर्ण पक्ष सांस्कृतिक मोर्चा थियो।सांस्कृतिक क्षेत्र संगसंगै छापामार युद्ध, आधार इलाकाको निर्माण र प्रत्याक्रमण लगायत माओले अघि सारेको एउटा महत्त्वपूर्ण पक्ष जनसम्बन्ध विस्तार र जनदिशा लागू गर्नु थियो।प्रमुख दुश्मनका विरुद्ध बढी भन्दा बढी जनतालाई गोलबद्ध गर-यही नै हो माओको लडाइको विशिष्ट चरित्र । मूल उद्देश्य प्राप्तिका लागि जनमत सिर्जना र प्रतिरोध-यसको पछाडि यही उद्देश्य रहेको छ।विशाल जनसङख्या भएको चीनमा बाहिरी सहयोग र र्समर्थन मात्र पुग्दोछैन मूलकुरा मुलुककै आधारभूत वर्ग, तह र समुदायलाई समेटेर मात्र यो लडाइ“ पूरा गर्न सकिन्छ भन्ने युद्ध योजना माओले १९३८ मै प्रस्टताका साथ उल्लेख गरेका छन्। सम्पूर्ण स्थितिलाई ध्यानमा राख , बहुसङख्यकलाई ध्यानमा राखेर सोच र हाम्रा सहयोगीहरू स“ग मिलेर काम गर’  दस्तावेज यसैको प्रमाण हो। १९३९ मा गएर चिनिया“ क्रान्तिका आधारभूत शक्तिहरूको उल्लेख गर्दै माओले श्रमजीवीवर्ग, किसान, बौद्धिकजगत र वुर्जुवावर्गको प्रगतिशील हिस्साको नाम लिएर यसलाई प्रस्ट पारेका छन्।
माओले र्सवहारावर्गले लड्ने लडाईमा बौद्धिक-सांस्कृतिक मोर्चाको भूमिकालाई उच्च महत्त्व दिएको र यसको कुशलता पुर्वक प्रयोग गरेको कुरा पछिल्ला दिनहरूमा अझ प्रस्टिएको छ।यो कुरा हामी नयाँ जनवादमा उल्लेखित ‘नयाँ जनवादको संस्कृति’ र ‘एनान प्रवचन’बाट थप अवगत गर्न सक्तछौ“ ।
‘नयाँ जनवादको संस्कृति’ चिनिया“ सांस्कृतिकआन्दोलनको दार्शनिक, वैचारिक र व्यावहारिक तीन वटै क्षेत्रको कार्य दिशा र कार्यनिर्देशिका हो।सांस्कृतिक क्षेत्रका कार्यनीति , योजना र कार्यक्रमहरू, लडाईका सारा मोर्चागत तयारी र तारतम्य यसैको सेरोफेरोमा केन्द्रित र विकसित छन्। माओले माथि भनेझैँ मौलिकता, व्यापकता र प्रतिरोधात्मकताको व्यापक आयाम भित्र नयाँ जनवादको संस्कृतिको मूल्य निरूपण गरेका छन्।माओले पहिले दार्शनिक तथा सैद्धान्तिक तहमा मार्क्स-एङ्गेल्स र लेनिनलाई अगाडि राखेका छन , चिनियाँ क्रान्तिको चरित्र, विशेषता र दिशाको आलेाकमा चिनियाँ सांस्कृतिक आन्दोलनको विगत, वर्तमान र भविष्यको अभिरेखाङ्कन गरेका छन्।
चिनियाँ सांस्कृतिक आन्दोलनको आधारभूत प्रस्थापना र भावी दिशालाई अभिव्यक्त गर्ने केही उद्धरणहरू प्रस्तुत गर्नु आवश्यक देखिएको छ,
१.कुनै विशेष संस्कृति कुनै समाज विशेषको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो।
२.नयाँ संस्कृतिको हकमा यो नयाँ  राजनीति र नयाँ अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो, यसले त्यसैको हितमा काम गर्छ।
३.यस नयाँ सांस्कृतिक शक्तिको सबैभन्दा ठूला र आंटिला अगुवा लुसुन हुनुहुन्थ्यो। उहा चिनियाँ सांस्कृतिक क्रान्तिका महारथी हुनुहुन्थ्यो। उहाँ  ठूलो साहित्यिक मात्र होइन एकजना ठूला विचारक र क्रान्तिकारी पनि हुनुहुन्थ्यो।
४. नयाँ जनवादी संस्कृति र्सवहारावर्गको नेतृत्वमा चल्ने विशाल जनसमूहको साम्राज्यवाद-सामन्तवाद विरोधी संस्कृति हो।
५. वर्तमान चिनियाँ क्रान्ति विश्वर्सवहारा समाजवादी क्रान्तिको अङ्ग भएकोले चीनको वर्तमान नयाँ  संस्कृति पनि विश्व र्सवहारा समाजवादी नयाँ संस्कृतिको अङग हो र यसको ठूलो सहयोगी पनि हो। यस अंशमा समाजवादी संस्कृतिका  प्रमुख तत्त्वहरू रहेपनि समग्र रूपबाट हेर्दा राष्ट्रिय संस्कृति विश्वर्सवहारा समाजवादी नयाँ संस्कृतिको धारामा सम्पूर्ण रूपबाट समाजवादी संस्कृतिको हैसियतले होइन, बरु व्यापक जनसमूहको सामन्तवाद-साम्राज्यवाद विरोधी नयाँ जनवादी संस्कृतिको रूपमा सामेल भएको छ।
६.चीनको संस्कृतिको आफ्नै स्वरूप हुनुपर्दछ, यसको आफ्नै राष्ट्रिय स्वरूप हुनुपर्दछ।विषयवस्तु मा नयाँ जनवादी र शैलीमा राष्ट्रिय, यही हो हाम्रो आजको नयाँ  संस्कृति।
७.क्रान्तिकारी संस्कृति व्यापक जनसमूहका लागि एक शक्तिशाली क्रान्तिकारी हतियार हो ।क्रान्ति सुरु हुनु भन्दा अगाडि यसले क्रान्तिकारी विचारधारा फैलाएर क्रान्तिको निम्ति सैद्धान्तिक बाटो तयार पार्छ।क्रान्तिताक स्वभावतः क्रान्तिकारी मोर्चामा यो एउटा महत्त्वपूर्ण एकदमै महत्त्वपूर्ण जुझारु मोर्चा हो।यस सांस्कृतिक मोर्चामा लागेका क्रान्तिकारी सांस्कृतिक कर्मीहरू विभिन्न दर्जाका कमाण्डरहरू हुन्।
८.सबै प्रगतिशील सांस्कृतिक कार्यकर्ताहरूले जापान विरोधी लडाईमा आफ्नै निजी सांस्कृतिक सेना राख्नै पर्दछ र यो सेना भनेको व्यापक जनसमूह हो। जनता सित नभिज्ने क्रान्तिकारी सांस्कृतिक कार्यकर्ता सेना नभएको एउटा कमाण्डर झै  हो, जसको गोली गट्ठाले बैरीलाई परास्त गर्न सकिदैन।
माथि लामो उद्धरण लिनुको अर्थ र सर्न्दभ माओले प्रतिपादन गरेको सांस्कृतिक आन्दोलनको दिशालाई प्रस्ट पार्नु हो।यथार्थतः यो माओले लडेको लडाईको मोर्चाको मानचित्र हो। र प्रस्ट कुरा के हो भने माओको सांस्कृतिक चिन्तनको महत्त्वपूर्ण दस्तावेज एनान प्रवचन यसै प्रस्थापनाको सैद्धान्तिक तथा व्यावहारिक प्रस्तुति हो।
माओको एनान प्रवचन नौलो जनवादको राजनीति र संस्कृतिको घोषणाको दुईवर्ष पछि अर्थात् १९४२ मा आएको थियो।सांस्कृतिक सेना, प्रतिबद्धता, साहित्य र राजनीतिको अर्न्तर्सम्बन्ध, रूप र सार, यथार्थ र प्रतिबिम्बन, पक्षधरता र उपयोगिता र संयुक्तमोर्चा जस्ता विषयमा केन्द्रित यो प्रवचनलाई मार्क्सवादी सौर्न्दर्यशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण दस्तावेजको रूपमा लिइन्छ।यसको र्सार्वभौम र विशिष्ट दुवै महत्त्व रहेको छ।दार्शनिक र वैचारिक र्सार्वभौमिकतामा रहेर माओले त्यससमयको चिनिया“ जनसांस्कृतिक आन्दोलनको आवश्यकता र औचित्यलाई प्रस्ट पारेका छन्। नयाँ जनवादको सैद्धान्तिक प्रस्थापना मा उठाएका मान्यताहरू-मूलतः मौलिकता, व्यापकता, जनसम्बन्ध र प्रतिरोधात्मकताको समग्रताको जगमा ‘एनान प्रवचन’ केन्द्रित छ।त्यतिबेला प्रतिक्रियावादीहरू सितको संघर्ष मात्र नभई पार्टीभित्रकै दुई लाइन संघर्ष को रोचक तर निर्मम लडाईको चित्र पनि यसमा पाउन सकिन्छ। यो प्रवचन र्सार्वभौम र गहन छ। तत्कालीन चिनियाँ पार्टीको सांस्कृतिक आन्दोलनमा देखिएको वैचारिक संघर्षसित जोडेर यसको अध्ययन गर्दा यो एकदमै रोचक पनि अनुभूत हुन्छ।खास गरेर अराजकतावादीहरू, अन्धनक्कलवादीहरू र ट्रटस्कीवादीहरू सितको माओको लडाईको गम्भीर र रोचक पक्ष यस प्रवचनमा अभिव्यक्त भएको छ।त्यसैले पनि यसको र्सार्वभौम सौर्न्दर्यशास्त्रीय अर्थ र सर्न्दर्भ रहेको छ।
रूसमा ट्रटस्कीवादीहरू र जिओनेभ र कोमेनोभ विरुद्धको आन्दोलनलाई अगाडि बढाइ रहेका स्टालिनको ध्यान चीनमा पनि उत्तिकै रूपमा थियो। रूसमा आफूले विदेशी दलालहरूका विरुद्ध चलाएको अभियानको नकारात्मक प्रभाव चीनमा नपरोस्भन्ने उनी चाहन्थे ।रूसमा ट्रटस्कीवादीहरूको प्रभाव घट्तै गएको भएपनि चीनमा बौद्धिक र सांस्कृतिक क्षेत्रमा ट्रटस्कीवादीहरूको भूमिका भने निकै सक्रिय देखिन थालेको थियो।जङ्गली फूलका लेखक वाङसिवेइले यसको नेतृत्व गरेका थिए।एनान गोष्ठीमा माओले नाम नलिइकन पुंजीपतिवर्गबाट आएका लेखकहरू भनेर सिवेइमार्काका लेखकहरूको भण्डाफोर गरेका छन्।एनान आधार इलाकाबाट प्रकाशित हुने लिबरेशन डेली नामक पत्रिका मार्फ मात्र नभई ट्रटस्कीको पक्ष र माओको विरुद्धमा पर्चा र पोस्टरहरू समेत प्रकाशित हुनुका साथै आधार इलाकाकै विरुद्धमा पनि लेखहरू छापिन थालेपछि माओले राजनीतिक र सांस्कृतिक क्षेत्रमा यस किसिमका प्रवृत्तिका विरुद्ध अभियाननै चलाएका थिए।ट्रटस्कीको जीवनी चिनिया“ भाषामा उल्था गरेर ट्रटस्कीलाई महान भन्ने र स्टालिनको विरोध गर्ने वाङसिवेइले पछि आफू कोमिन्ताङको जागिरे भएको कुरा स्वीकारेका थिए।
(चाउयाङ, अ ग्रेट डिबेट अन द लिटरेरीथ्योरी, तेस., बेजिङःफर्हेन लङ्वेज प्रेस, १९६५। -यस पुस्तकमा चाउयाङले त्यतिबेलाको अन्तर्विरोध र विवादका बारेमा कुरा उठाएपनि पछिल्ला दिन खास गरेर सांस्कृतिक क्रान्ति कालमा भने उनकै भूमिका ठीक नभएका कारण उनी माथि पनि कार्वाही गरिएको थियो )।
माओले पार्टीलाई नयाँ दिशा र गति दिन खोजे पनि सांस्कृतिक क्षेत्रमा हिजो लुसुनकै पाला देखिका ट्रटस्कीवादीहरू, कलावादी र अराजकतावादीहरूले अड्डा जमाएका थिए।दिङलिङ, चेनसिसिया, फेङसुफेङ, चियाङफेङ, सियाओचुवान, वाङसिवेइ जस्ता लेखकहरू अभिव्यक्ति स्वतन्त्रताका नाममा आधार इलाकामा बसेर ट्रटस्कीवाद र अराजकतावादको पुर्पक्ष गरिरहेका थिए।माओको एनान प्रवचनको सूक्ष्म रूपले अध्ययन गर्दा यी सबै विरुद्धको लडाइ प्रस्ट रूपमा बोध गर्न सकिन्छ।सांस्कृतिक क्षेत्रमा माओको सन् १९४९ सम्मको मूल लडाइ  एनान गोष्ठीको महत्त्व र सार्थकतालाई अगाडि बढाउने र यसको विरोध गर्नेहरू बीचको संघर्षका साथ विस्तारित र विकसित भयो।१९४२ मा माओले ‘रुढीग्रस्त लेखनको विरोध गरौ“’मार्फत विचार निर्माणको पक्षमा जोडदार आवाज उठाएर १९४४ मा गएर ‘सांस्कृतिक मोर्चामा संयुक्तमोर्चा ‘मार्फत फुटेर र विभाजित भएर होइन, एकताबद्ध भएर जापानी अतिक्रमणका विरुद्ध लड्न आह्वान गरे।सांस्कृतिक रूपबाट सुसंस्कृत नभएको कुनै पनि सिपाहीले युद्ध जित्न सक्तैन र भुत्ते चक्कुले दुश्मन माथि प्रत्याक्रमण गर्न सक्तैन भनेर माओले सशक्त, सङ्गठित, योजनाबद्ध र आक्रामक र प्रतिरोधात्मक सांस्कृतिक आन्दोलनमा जोड दिए।

०समाजवादी निर्माण प्रक्रिया र सांस्कृतिक आन्दोलन
समाजवादी निर्माण अभियान संगै माओका सामु दुईवटा कार्यभार थिए – पहिलो र प्रमुख कार्यभार समाजवादी निर्माण अभियानमा साहित्यकलाको भूमिकाको उच्च उपयोग मार्फ समाज रूपान्तरणको कार्यलाई तीव्र बनाउनु र दोस्रो इतिहासबाट शिक्षा लिएर सबै किसिमका विचलन विरुद्ध संघर्षलाई तीव्र बनाउ“दै रूपान्तरणको अभियानलाई निरन्तरता दिनु।यसबीच माओले दुईवटा कुरा प्रस्ट पारेका थिए-एउटा हो बन्दुक धारी दुश्मन समाप्त भएपछि पनि सांस्कृतिक दुश्मन भनौ“ दिमागी दुश्मन बा“कीनै रहन्छन्र तिनको विरुद्ध निरन्तर संघर्ष चलाइ रहनु पर्दछ भन्ने कुरा र अर्को हो –पोलिटिक्स इन कमाण्डलाई अगाडि राखेर आधार निर्माणमा अधिरचनाका सबै अङ्गहरूको प्रयोग।यसका लागि माओले पुराना सम्बन्धहरूलाई विस्थापन गर्दै नया“ सम्बन्धहरूको निर्माण, खोज र स्थापना गर्ने कुरामा जोड दिए।समाजवादका आधारभूत नीति, सिद्धान्त, र मूल्य मान्यतालाई अलिकति पनि निषेध नगरी माओले स्वतन्त्रता र प्रतिबद्धताका आधारभूत मान्यतालाई साहित्य तथा कलाको क्षेत्रमा अझ भनौ“ सांस्कृतिक क्षेत्रमा लागू गर्न खोजे।यसको मूल उद्देश्य नया“ समाजको निर्माणमा सबै मोर्चा, तह र तप्का को व्यापक जनसहभागिता गराउनु र जुटाउनु थियो। जडसूत्रवादी यान्त्रिकता भन्दा दक्षिणपन्थी संशोधनवादको खतरा प्रबल छ भन्ने कुरा बुझेर पनि शुद्धीकरण र सुदृढीकरणको अभियान लाई नया“ प्रयोगका साथ अघि बढाउन र झारपात पतिङ्गरलाई सतहमा आउन दिन माओले सांस्कृतिक क्षेत्रमा केही समयका लागि अभिव्यक्ति स्वतन्त्रतालाई छुट दिने नीति अबलम्बन गरे ।परन्तु व्यवहारमा यसले सकारात्मक परिणाम दिन सकेन।स्टालिनको मुत्यु र रूसी बीसौं पार्टी कंग्रेसले लिएको नीति, युरो कम्युनिज्मको हौवा र अमेरिकी बढ्दो दादागिरिका कारण माओका लागि समाजवादी निर्माण प्रक्रिया निकै जटिल बनेको थियो र सबैभन्दा खतरा अराजकतावाद र दक्षिणपन्थी संशोधनबाट नै थियो।यथार्थतःसमाजवादी निर्माण अभियानको गति संगै माओको मूल लडाई दक्षिणपन्थी अवसरवादका विरुद्ध नै रह्यो।१९५१ देखि १९५८ अर्थात लुसान सम्मेलन सम्म पार्टीमा चलेको लडाईको स्थितिबाट पनि यो कुरा प्रस्ट हुन आउछ।
यस बीच माओले सांस्कृतिक क्षेत्रमा लडेको लडाईका तीनवटा पक्षहरू छन्-
क. प्रतिबद्धता र स्वतन्त्रताका बारेमा,
ख. कृतिको मूल्याङ्कनका बारेमा  र
ग.रूपान्तरणका बारेमा।
सम्पादकीय टिप्पणी  र लेखादिहरू तथा राजनीतिक तथा प्रचार कार्यसित सम्बद्ध कार्यक्रममा माओले व्यक्त गरेका भनाइ र अभिमतबाट त्यसबेलाको सांस्कृतिक क्षेत्रको लडाइ, वर्ग संघर्षको स्वरूप र चरित्रलाई राम्रो सित बुझ्न सकिन्छ।यस बीच राजनीतिक क्षेत्रमा भएका विवाद र बहसलाई छाडि दिने हो भने साहित्यिक र सांस्कृतिक विषयमा केन्द्रित भएर माओले ऊस्युनको जीवनीका सम्बन्धमा भएको गलत विचारको भण्डाफोर गरेर जन दैनिकमा लेखिएको सम्पादकीय – १९५१), रातो दरवारको सपनाको अध्ययन बारे पत्र -१९५४), ‘जनता बीचको अन्तर्विरोधको सही सन्चालन बारे’ भित्रको आठौ“ शिर्षक- ‘सयौं फूलहरू लाई फुल्न देऊ, विचारका सयौं धारहरूलाई प्रतिस्पर्धा गर्न देऊ’ तथा ‘दिर्घकालिन सह अस्तित्व र आपसी सुपरिवेक्षणबारे’- १९५७) र ‘ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा प्रचार कार्य सम्बन्धमा भाषण’ -१९५७) मा सांस्कृतिक स्थिति र अन्तर्विरोधका बारेमा बोलेको पाइन्छ।यथार्थ यी भनाइहरू त्यति बेलाकेा राजनीतिक र वैचारिक संघर्षका महत्त्वपूर्ण आधार हुन्।यहा सम्म आइ पुग्दा माओले केही उदार, केही नरम र सहनशील बन्दै केही खुकुलोपन दिएर मान्छेको विवेक, चेतना, इमानदारी, विचार र समाज प्रतिको जिम्मवारी बोध प्रतिको गम्भीरताको परीक्षण लिए जस्तो देखिन्छ।रूसको इतिहासबाट पनि माओले शिक्षालिन खोजेको देखिन्छ।लेनिन सितै कुरा नमिलेर गोर्कीको इटाली गमन, थुपै रूसी लेखकहरूले गरेको आत्महत्या र कतिपय लेखकहरू प्रति गरिएको नकारात्मक व्यवहारबाट पनि माओलाई गम्भीर तुल्याएको हुनसक्छ। तर चिनिया“ स्थिति लेखकीय स्वतन्त्रताको नाममा यसको दुरुपयोगको स्थिति हो, राज्य नियन्त्रित स्थिति होइन।
कसलाई स्थापित गर्ने र कसलाई विस्थापित गर्ने भन्ने कुरा मूल्य बोधको कुरा हो।माओले यसलाई वैज्ञानिक किसिमले हल गरेका छन्।लुसुनका सम्बन्धमा उनले गरेको मूल्याङ्कन यसै अर्थमा ऐतिहासिक बनेको छ।समाजवादी चरण झन्जटिल र संवेदनशील चरण भएकाले यसमा के को प्रशंसा र केको भण्डाफोर गर्ने कुराले अहम्महत्त्वराख्नु स्वाभाविक थियो ।समाजवादी निर्माण भभियान भर्खरै आरम्भ भएको अवस्थामा सामन्तको प्रशंसा र गुनगान केन्द्रित कृतिले जनतामा भ्रम उत्पन्नगर्नु स्वाभाविक थियो।विषालु झारपातको भण्डाफोर आवश्यक थियो।उसुनको जीवनी, लाला बैठकको सपना र छिङदरवारको अर्न्तर्कथा प्रति माओको प्रतिक्रिया यसैकेा उपज थियो। यी सबै टिप्पणीहरू सांस्कृतिक रूपान्तरण विरोधी चिन्तन विरुद्धका प्रतिक्रिया र प्रहार थिए।समाजवादी निर्माणको अभियान स“गस“गै माओले के-कस्ता चुनौतीहरू सित लड्नुपर्‍यो भन्ने कुरा ‘तीन खराबीहरू’ र पाँच खराबीहरू’ -१९५१,१९५२) सम्बन्धी लेखबाट पनि अवगत गर्न सकिन्छ।
पचासको दशकमा राजनीतिक क्षेत्रबाहेक सांस्कृतिक क्षेत्रमा माओले लड्नु परेको भीषण लडाइ“ हुफेङ गुटका विरुद्ध थियो।बाहिरी रूपमा यो साहित्यिक-सांस्कृतिकथियो, तर भित्री रूपमा यो ट्रटस्कीवादी अराजकतावाद र संशोधनवादका विरुद्धको लडाइ“ थियो।वीसको दशक भनौ“ लुसुनकालीन समय देखिनै एक एक वटा बबण्डर मच्चाउदै आएको र बारम्बार आत्मालोचित हुदै आएको हुफेङगुट यस कालमा निकै सङ्गठित र योजनाबद्धताका साथ आएपछि माओले यस विरुद्धको आभियानलाई तीव्र बनाउनुपरेको थियो।यसै क्रममा माओले सन्१९५५ मा यसका विरुद्ध निर्मम वेचारिक संघर्ष चलाएर स्थितिलाई यसरी प्रस्तुत गरे-”हुफेङ रूपी तत्त्वहरू त्यस्ता प्रतिक्रान्तिकारीहरू हुन्, जसले मुकुण्डो लगाएर आफ्नो सक्कली अनुहार लुकाई गलत किसिमको प्रभाव पार्दछन्।तर तिनले क्रान्तिको विरोध गर्ने हुनाले आफ्नो सक्कली रूप पूरापूर लुकाउन चाहि“ असम्भव छ।जहा“सम्म हुफेङगुटको नेतुत्वदायी भावनाको कुरा छ, मुक्ति अघि र पछि अनेकौ“ अवसरहरूमा तिनले हामीस“ग वादविवाद गरेका थिए।तिनीहरू आफ्ना बचन र कर्ममा कम्युनिस्टहरू भन्दा मात्र फरक नभई गैर पार्टीका क्रान्तिकारी र जनवादीहरूको ठूलो सङ्ख्या भन्दा फरक छन्।”
(माओत्से-तुङ, माओत्से-तुङका सङ्कलित रचनाहरू, भाग ५, दोसं, अनु. खगेन्द्रसङ्ग्रौला, – काठमाण्डौ विश्व नेपाली पुस्तक सदन, २०६३) पृ.१३८।माओले यहा  ऐतिहासिक सर्न्दर्भ सहित हुफेङ मण्डलीको चर्चा गरेर त्यसका पछाडि राजनीतिक रूपमै सङगठित प्रतिक्रान्तिकारी चिन्तनले काम गरेको कुरा उठाएका छन्।)
माओको उद्देश्य फरक मत र विचारलाई निषेध गर्ने थिएन।तर फरक मतका नाममा जनताको विरुद्ध जाने र भर्खरै शिशु अवस्थामा रहेको समाजवादी अभियानको घाँटी निमोठ्ने प्रतिक्रान्तिकारी व्यवहार गर्ने कुरामा भने उनी निर्मम थिए ।जनवाद र केन्द्रीयता, सामूहिकता र प्रतिस्पर्धात्मता , प्रतिभाहरूको खोजी, विकास र उन्नयन प्रति उनी एकदमै सकारात्मक थिए।प्रतिभाको प्रस्तुति, शैली विविधता र प्रतिस्पर्धात्मकतामा नभएर उनको आपत्ति अराजकता र विध्वंशप्रति थियो।१९५७ मा ‘जनता बीचका अन्तर्विरोधहरूको सहीसञ्चालनबारे’ दस्तावेजमा उनले अघि सारेका सयौ“ फूलहरू सम्बन्धी मान्यताबाट पनि यो कुरा अवगत गर्न सकिन्छ।त्यहा“ उनले एका तिर क्षमता र प्रतिभाहरूका लागि फैलिने र फुल्ने वातावरणको कुरा उठाएका छन्भने अर्को तिर अराजकतावादी र क्रान्ति विरोधी तत्त्वहरूका विरुद्ध वर्गसंघर्ष तीव्र पार्नु पर्ने कुरामा पनि जोडदिएका छन्।उनको भनाइमा लेखकीय प्रतिबद्धता र स्वतन्त्रता बीच द्वन्द्वात्मक सम्बन्ध छ।एउटा कृतिको मूल्याङ्कन कसरी गर्ने र सौर्न्दर्य शास्त्रीय समस्याहरूको हल कसरी गर्ने भन्ने कुरालाई माओले ऐतिहासिक, ज्ञान मिमांसिय र सौर्न्दर्यशास्त्रीय ढङ्गले हल गर्न जोड दिएका छन्।एनान प्रवचन पछि सौर्न्दर्य शास्त्रीय दृष्टिले यो महत्त्वपूर्ण दस्तावेज हो। यससित सम्बद्ध दुईवटा उद्धरणहरू यहा  प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।
१.सयौ फूलहरूलाई फुल्न दिने र विचारका सयौ धारहरूलाई प्रतिस्पर्धा गर्न दिने नीति भनेको कला र विज्ञानका क्षेत्रहरूको प्रगतिलाई पर््रबर्द्धन गर्ने र हाम्रो देशमा समाजवादी संस्कृतिलाई फस्टाउन दिने नीति हो।कलाका विभिन्न रूप र शैलीहरूले स्वतन्त्र रूपले विकसित हुन पाउनुपर्दछ र विज्ञानका विभिन्न धारहरूले स्वतन्त्रता पर्ूवक प्रतिस्पर्धा गर्न पाउनु पर्दछ ।कलाको शैली विशेष माथि वा विचारको खास धारमाथि प्रशासनिक उपायहरू थोपर्ने गरियो भने यो कुरा कला र विज्ञानको विकासका लागि हानिकारक हुनेछ भन्ने हामीलाई लाग्छ।कला र विज्ञान क्षेत्रका सही र गलत सम्बन्धी प्रश्नहरूलाई कला र विज्ञानसित सम्बद्ध मण्डलीहरू बीचको स्वतन्त्र छलफल द्वारा र यिनै क्षेत्रहरूका व्यावहारिक कार्य द्वारा हल गरिनु पर्दछ।अति सरलीकृत ढङ्गबाट तिनको हल गर्नुहु“दैन। …कला र विज्ञानका क्षेत्रका सही र गलत सम्बन्धी प्रश्नहरू बारे सावधान रहनु, स्वतन्त्र छलफललाई प्रोत्साहित गर्नु र झटपट निष्कर्ष निकाल्ने कुराबाट जोगिनु आवश्यक छ।
वर्गसंघर्ष कुनैपनि हालतमा समाप्त भएको छैन।र्सवहारावर्ग र पु“जीपति वर्ग बीचको वर्गसंघर्ष विभिन्न राजनीतिक शक्तिहरू बीचको वर्गसंघर्ष अनि र्सवहारावर्ग र पु“जीपति वर्ग बीचको विचारधारात्मक क्षेत्रको वर्गसंघर्ष अझ पनि दिर्घकालिन हुनेछन ती बाङ्गो टिङ्गो बाटो भई अभिव्यक्त हुनेछन्र कहिले काही“ त ज्यादै तीव्र पनि हुनेछन्।र्सवहारावर्गले विश्वलाई आफ्नै विश्वदृष्टिकोण अनुसार रूपान्तरण गर्न खोज्छ र पु“जीपति वर्गले पनि त्यसै गर्न खोज्छ।यस सर्न्दर्भमा समाजवाद र पु“जीवाद मध्ये कसले जित्ने हो भन्ने कुरा अझै सा“च्चिकै हल भइसकेको छैन।
माथिका दुई उद्धरणले स्वतन्त्रता र प्रतिबद्धताको मार्क्सवादी-लेनिनवादी मान्यता र पद्धतिको पक्षमा जोडदिएका छन्।लेनिनले पार्टी साहित्यका बारेमा भनेका कुराहरू, रूसी १९२५ को निर्णय र स्टालिनले गोर्की सहितका लेखकहरूको जमघटमा सन्१९३३ मा निकालेका निष्कर्षरूकै निरन्तरतामा आधारित र विकसित मान्यताहरूको प्रतिनिधित्व माओका भनाइले गर्दछन्।स्वतन्त्रता र प्रतिबद्धता प्रतिको माओको गम्भीरता यहा“  राम्रेासित व्यक्तिएको छ। यही कुरा ‘चिनियाँ कम्युनिस्ट पार्टीको  राष्ट्रिय सम्मेलनमा प्रचार कार्य सम्बन्धमा भाषणमा पनि व्यक्त गरेर माओले यसको गम्भीरता प्रति सबैको ध्यानाकर्षा गराएकाछन्।प्रतिबद्धता र स्वतन्त्रताको केन्द्रमा पक्षधरता र वर्गसंघर्षलाई राखेको कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ।

०सांस्कृतिक रूपान्तरणको महाअभियानः ‘चिनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्ति
स्टालिनको मुत्यु पछि क्रुश्चेभ सत्तामा आएदेखि नै रूसी राजनीतिमा परिवर्तन आउन थालेको थियो।स्टालिनलाई विस्थापित गर्ने मात्र नभएर क्रमिक रूपमा समाजवादी मूल्यकै विरुद्ध पनि जाने कामहरूको आरम्भ हुन थालेको थियो।त्यहा“ स्टालिन विरोधीहरू सलबलाउन थालेका थिए भने चीनमा पनि दक्षिणपन्थीहरूको गठजोड र सक्रियता पनि बढ्दै गएको थियो। यो कुरा माओले नजिकैबाट अध्ययन गरिरहेका थिए। माओका १९५७ का दस्तावेजहरूको सूक्ष्म र गम्भीर अध्ययनबाट यो कुरा प्रस्ट हुन्छ।लुसान सम्मेलनको भाषण र त्यसको सेरोफेरोका माओका अभिव्यक्तिका साथै माओले गरेका पार्टर्ीीनर्ण्र्ाारूबाट यो कुरा अवगत गर्न सकिन्छ।पेङ्ते हुइ प्रकरण सित हाईजुइ प्रकरण जोडिएर आएको छ।पेङते हुइ र लिउ साओचि सितको लडाई सामान्य लडाई नभएर दुई हेडक्वाटर बीचको लडाई  थियो भनेर माओले बराबर जोड दिनुले पनि स्थितिको गम्भीरतालाई दर्शाउछ।
रूसकोवीसौ पार्टी कंग्रेसले लिएको नीति पछि रूस प्रतिको हेराइ र बुझाइमा भिन्नता आउनु स्वाभाविक बनेको थियो। ‘महाविवाद’ पछि क्रुश्चेभ माओलाई विस्थापित गरेर आफ्नो अनुकूलको व्यक्ति र स्थितिको निर्माण गर्न चाहन्थ्यो।चीनमा दक्षिणपन्थीहरूको गठजोड अझ तीव्र बन्दै गयो।सांस्कृतिक रूपान्तरण उल्टो दिशातिर जान थाल्यो।सांस्कृतिक विचलन र आर्थिक भ्रष्टाचारका डरलाग्दा घटनाहरू व्यवहारमा देखिन थाले।पार्टी जनताबीचको सम्बन्ध पनि बिग्रिदै जादैथियो। ‘दुश्मनको गोलीले समाप्त हुन नसकेका कमरेडहरू गुलियोमा मिसिएको गोलीले समाप्त भए, हाम्रा कमरेडहरूलाई कसैले केटीको प्रस्ताव राख्नु पर्दैन, एक खिली सिगरेटमा बिक्छन्’,
( माओत्सेतुङ, ‘ लिनप्याओका बारेमा’, माओका दुर्लभ रचनाहरू , सम्पादन, भोगीराजचामलिङ – काठमाण्डौ खोजी प्रकाशन गृह, २०६४), पृ.१४०-१५२।यो लेख माओका सङ्कलित रचना भाग, ९ अङ्ग्रेजी संस्करणमा’  विभिन्न प्रान्तीय कमिटीका प्रतिनिधि कमरेडसितको कुराकानीका नाममा प्रकाशित छ।)
भनेर माओले पीडा व्यक्त गर्नुका पछाडि हरेक क्षेत्रमा देखिन थालेको विचलननै प्रमुख कारण थियो।यी सबै कुरालाई नजिकैबाट अध्ययन गरिरहेका माओले रूपान्तरणका लागि शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउनु आवश्यक ठाने। ‘दक्षिणपन्थी हेडक्वाटर माथि बम वर्षा को आह्वानका साथ ‘चिनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्तिको उदघोष गरिनु यसैको उपज थियो।
एक हिसाबले भन्ने हो भने लुसान सम्मेलन देखि १९६५ सम्मका रचनाहरू यसैको पुर्व तयारिका लागि आएका थिए, जनमत सिर्जनाका लागि निर्माण गरिएका आधारहरू थिए।यिनमा माओले राजनीतिलाई केन्द्रमा राखेर सत्ता र संस्कृति, जनसम्बन्ध र रूपान्तरणका साथै निरन्तर क्रान्तिको दिशामा अघि बढ्नुपर्ने कुरामा जोडदिएका छन्।उनले सांस्कृतिक कर्मीहरूलाई आआफ्ना हतियारका साथ जनताको बीचमा जान आह्वान गरेका छन्।यसबीच प्रकाशित उनका रचनाहरू मध्ये ‘समाजवादी निर्माणका कठिनाइ र त्यसका शिक्षाहरू’ -१९५९), ‘जनवादी केन्द्रीयता बारे’ -१९६२), ‘गल्ती सच्याउने र संशोधनवाद विरुद्धको सघर्षबारे’ – १९६२),र्’ दर्शनका बारेमा’ -१९६४), र्’ दर्शन र चिनियाँ जनवादी शिक्षा -१९६५) जस्ता रचनाहरूले विशेष महत्त्व राख्दछन्।यिनमा पनि’ जनवादी केन्द्रीयता बारे’, ‘गल्ती सच्याउने र संशोधनवाद विरुद्धको संघर्षबारे’ र ‘दर्शनका बारेमा’ जस्ता रचनाहरूको विशेष महत्त्व रहेको छ।माओले भन्ने गरे झै“ यी रचनाहरू जनमत सिर्जना मार्फत सांस्कृतिक क्रान्तिको पुर्व तयारीका आधारहरू नै थिए।
चीनमा क्रान्तिकारीहरू र संशोधनवादीहरू बीचको अन्तर्विरोध बढदै गएपछि प्रतिक्रान्तिको विरुद्ध र क्रान्तिको हितमा माओको नेतृत्वमा १९६६ मा ‘महान चिनियाँ र्सवहारा सांस्कृतिक क्रान्ति’को आरम्भ भयो।योआफ्नै टाउकामा आफैले आगो लगाउनेअभियान थियो।यो निरन्तर क्रान्तिको वैचारिक मूल्यद्वारा निर्देशित महान्रूपान्तरणको अभियान थियो।चीनको सर्न्दर्भमा मात्र नभएर संशोधनवादी प्रदूषणबाट विश्वकम्युनिस्ट आन्दोलनलाई बचाउ“दै मालेमालाई अघि बढाउन गरिएको यो क्रान्ति, क्रान्तिकारी अभियानको क्षेत्रमा महान फड्को  थियो। संशोधावाद विरुद्धको वैचारिक संघर्ष, शुद्धीकरण र रूपान्तरणको यस अभियान सित जमेको पोखरी होइन, बगिरहने याङ्त्से जस्ता कथनहरू पनि गांसिएर आए।कार्यदिशा सही हुनु र नहुनु सितले सबैकुराको निर्णय गर्छ भन्ने महत्त्वपूर्ण कथन पनि गासिएर आए।सांस्कृतिक क्रान्ति नाम दिइएको यो अभियान रूपान्तरणका लागि समग्र आन्दोलन थियो भन्ने कुरा सोह्बुँदे र्सर्कुलरबाट अवगत गर्न सकिन्छ।यस र्सर्कुलरको पहिलो बुँदामै प्रस्टताका साथ यसो भनिएको छ,
यद्यपि बुर्जुवा वर्गसत्ताबाट मिल्किसकेको छ तापनि शोषकवर्गले अझै आफ्ना पुराना विचार, संस्कृति, रीतिरिवाज, चालचलन र आदतहरूको प्रयोग गरी जनतालाई भ्रमित पार्ने, उनीहरूको मस्तिष्कलाई नियन्त्रण गर्ने र सत्ता हत्याई पुरानै अवस्थामा फर्काउने हर प्रयास गरिरहेको छ।त्यसैले र्सवहारावर्गले यसको ठीक उल्टो गर्नुपर्दछ ।बुर्जुवाहरू बाट वैचारिक क्षेत्रमा आइपर्ने हरेक चुनौती हरूलाई र्सवहारावर्गले डटेर प्रतिवाद गर्नुपर्दछ र साथै र्सवहारावर्गको नयाँ विचार, संस्कृति,नयाँ चलन र आदतहरूको प्रयोग गरेर सिङ्गो समाजको मानसिक दृष्टिकोण बदल्नु पर्दछ।वर्तमान समयमा हाम्रो लक्ष्य ती अधिकार सम्पन्न व्यक्तिहरू जसले पु“जीवादी बाटो समातेका छन्-उनीहरूका विरुद्ध संघर्ष गर्नु, उनीहरूलाई सत्ताच्यूत गर्नु, तिरस्कार गर्नु र समाजवादी आधारसित मेल नखाने शिक्षा, साहित्य र कला तथा उपरिसंरचनाका अन्य अङ्गहरूमा फेरबदल ल्याइदिनु हो, जसबाट समाजवादी व्यवस्थाको सुदृढीकरण एवम बिकासमा सघाउ पुगोस्।
माथिको भनाइ बाट सांस्कृतिक क्रान्तिको उद्देश्य प्रस्ट हुन्छ।मार्क्सवादको महत्त्वपूर्ण पक्ष ‘बिद्रोह गर्नु अधिकार हो’ भन्ने कुरालाई माओले बराबर जोड दिएका छन्। ‘महान चिनियाँ र्सवहारा सांस्कृतिक क्रान्ति यही महान बिद्रोह  थियो।संशोधनवाद र विर्सजनवादका विरुद्ध माओले लडेको यो जटिल र महान्युद्धनै थियो।राजीतिलाई केन्द्रमा राखेर लडेको यो युद्धको मूल उद्देश्य सांस्कृतिक रूपान्तरण नै थियो।यसमा जनसमूह, पार्टी कार्यकर्ता, जनसेना र सांस्कृतिक-बौद्धिक सबै सेनाको प्रयोग गरिएको थियो।बुद्धिजीवीहरूलाई जनताका बीचमा जान र श्रमकार्यमा सहभागी हुन भनिएको थियो, साहित्यकारहरूलाई मजदुर र किसानका बीच गएर कथा, कविता र उपन्यास सिर्जना गर्न आह्वान गरिएको थियो र कलाकारलाई गीत सङ्गीत र अपेरामार्फ  प्रतिक्रान्तिकारी चिन्तनको भण्डाफोर र समाजवादका पक्षमा जनमत सिर्जना गर्न आह्वान गरिएको थियो।
१९७१ पुग्दा नपुग्दै सांस्कृतिक क्रान्तिको आवरणमा लिनप्याओका गलत प्रवृत्तिहरू सतहमा आउन थाले। सांस्कृतिक क्रान्तिका बारेमा विभिन्न प्रान्तका कमरेडहरू सितको भेटघाट र छलफलबाट माओको चिन्ता र चिन्तनको उच्च धरातल बोध गर्न सकिन्छ।
(माओत्सेतुङ, ‘लिनप्याओका बारेमा’, माओका दुर्लभ रचनाहरू, पृ.१४०-१५२।माओले त्यतिबेला पार्टीमा देखापरेको विचलनगत स्थिति र लिनप्याओ प्रवृत्तिबारे बडो चिन्ताका साथ खुलस्त ढङ्गले प्रकाश पारेका छन्।)
यसै अभियानका बीच देखापरेको लिनप्याओवादी प्रवृत्ति समेतलाई परास्त गर्दै माओको मुत्यु हुनु अघि सम्म चलेको थियो यो अभियान।चिनिया“ कम्युनिस्ट पार्टीको  दशौ“  राष्ट्रिय काङ्ग्रेस मा प्रस्तुत दस्तावेजले, लिनप्याओको चरित्र र कार्यलाई बुर्जुवा क्यारियरिस्ट, षड्यन्त्रकारी, द्वैधचरित्रयुक्त, प्रतिक्रान्तिकारी, ट्रटस्कीवादी र शत्रुपक्ष सग मिलेमतो गरेको भन्ने निर्णय गर्दै यसरी संश्लेषण गरेको थियो-”हामीले मार्क्सवाद-लेनिनवाद-माओत्से-तुङ विचार धाराको अध्ययन गर्नुपर्दछ, साथै संशोधनवाद र बुर्जुवा विश्वदृष्टिकोणको आलोचना गर्नु पर्दछ।हामीले उपरिसंरचनामा र संस्कृतिका सबै क्षेत्रहरूमा संघर्ष-आलोचना-रूपान्तरणलाई राम्रो सग निरन्तरता दिनर्ु पर्दछ।क्रान्तिलाई पकड्न र उत्पादन बढाउन कडा परिश्रम गरौ“, युद्ध विरुद्ध तयारी गरौ“ र अन्य क्षेत्रका कामहरू पनि दृढतापुर्वक पूरा गरौ“”।
(चिनियाँ कम्युनिस्ट पार्टीको  दशौ राष्ट्रिय काङ्ग्रेस द्वारा प्रेषित प्रेसवक्तव्य,  चिनियाँ कम्युनिस्ट पार्टी दुई लाइन संघर्षको ईतिहास अनु. देवेन्द्रतिम्ला, – काठमाडौ“ प्रगतिपुस्तकसदन, २०५७), पृ.११२।यहा युद्धका विरुद्ध तयारी गरौ“ भन्ने भनाइले एकदमै गहन र गम्भीर अर्थ बोध गराएको छ।)
०माओले लडेको लडाको चारित्रिक विश्लेषण
१.माओले हरेक मोर्चामा लडाइ“ लडेर यस लडाइ“मा बौद्धिक-सांस्कृतिक मोर्चाको असाध्यै कुशलताका साथ प्रयोग गरे।माओले आरम्भ देखिनै दार्शनिक-वैचारिक पक्षको जग निर्माण गरेर जनसम्बन्धलाई अगाडि राखेर लडाइ“को मोर्चाको तयारी गरे।तीसको दशकका माओका ‘व्यवहारका विषयमा’, ‘अन्तर्विरोधबारे’ जस्ता रचनाहरूको महत्त्व दर्शन र राजनीति सित मात्र सीमित छैन, यिनको सम्बन्ध आधार र अधिरचना सित पनि छ।त्यसैगरी ‘सही विचार कहाँ बात आउँछ ‘ भन्ने लेखको तात्कालिक सम्बन्ध र सर्न्दर्भ लिउसाओचि का गलत चिन्तनको भण्डाफोर मा मात्र सीमित छैन, यसको दार्शनिक सम्बन्ध पदार्थ र चेतना, यथार्थ र प्रतिबिम्बन सित छ।मार्क्सले स्थापित गरेको र लेनिनले विकसित गरेको यथार्थ र प्रतिबिम्बन सम्बन्धी धारणालाई यस लेखले थप समृद्ध पारेको छ।समग्रमा हर्ेदा माओले दर्शन र राजनीतिको केन्द्रीयतामा सांस्कृतिक आन्दोलनलाई डोर्‍याएकाछन्र सांस्कृतिक आन्दोलनलाई दर्शन र राजनीतिलाई समृद्ध पार्न एउटा सशक्त माध्यमको रूपमा प्रयोग गरेका छन् ।आधार र अधिरचना बीचको द्वन्द्वात्मकताको सबल प्रयोग र उपयोग माओको विशेषता हो।यो विभिन्न रूपमा मर्ूर्तिकृत भएकोछ।
२.माओको सांस्कृतिक आन्दोलन सम्बन्धी अवधारणमा मौलिकता, व्यापकता र प्रतिरोधात्मक पक्षको केन्द्रीय महत्त्व रहेको छ।चिनिया“ राजनीतिक क्रान्तिको सर्न्दर्भमा होस्या सांस्कृतिक आन्दोलनका सर्न्दर्भमा होस्चिनिया“ विशेषता युक्त मोलिकतामा उनको जोड रह्यो।तीसको दशकमा यो कुरा प्रस्टताका साथ आएको छ भने ‘नौलो जनवादको संस्कृति’ र ‘एनान प्रवचन’ मा उनी झन खुलेरआएका छन्।त्यति मात्र नभएर पछिका रचनामा पनि उनले यस कुरामा जोड दिएको कुरा ‘सङ्गीत कर्मीहरू सितको कुराकानी’ -१९५६) बाट अवगत गर्न सकिन्छ।यसैगरी जनसम्बन्ध र जनदिशाका बारेमा पनि उनको विशेष जोड रहेको छ।एनान प्रवचन देखि लिएर ‘चिनिया“ महान्र्सवहारा सांस्कृतिक क्रान्ति’ कालका हरेक रचनामा माओको जोड, सांस्कृतिक कर्मीहरू जनताको बीचमा जाने र सिक्ने, रूपान्तरित हुने र समाजवादको पक्षमा जनमत सिर्जना गर्नुपर्ने कुरामा रहेको छ।चीनको दक्षिणी भाग चेन्दुमा भएको कार्यकर्ता भेटघाटमा होस्या प्रान्तीय कमरेडहरू सितको भेटघाटमा होस्माओले बुद्धिजीवी र लेखकहरूलाई कारखाना र मजदुरहरूका बीचमा जान र उपन्यास लेख्न आह्वान गरेका छन्।
३. आफ्ना दार्शनिक र राजनीतिक दस्तावेजमा साहित्यकला, गीत, कविता, चित्रकला, निबन्ध र उपन्यासहरूको प्रयोग र लेखकहरूको सर्न्दर्भ जोडेर वैचारिक र व्यावहारिक प्रस्टता प्रदान गर्नु सांस्कृतिक आन्दोलनका सर्न्दर्भमा माओको अर्को महत्त्वपर्ूण्ापक्ष हो।यथार्थतःमाओले साहित्यिक कला कृतिको वर्गसङ्र्घष्ामा असाध्यै कुशल प्रयोग गरेका छन्। उसुनको जीवनी र जलकिनारा जस्ता उपन्यासहरू साहित्यिक सर्न्दर्भमा मात्र आएका छैनन्, यी तत्कालीन वर्गसङ्र्घष्ाको सशक्त उपज बनेका छन्र यिनले मार्क्सवादी सौ“र्न्दर्यशास्त्रलाई समृद्ध पार्न असाध्यै महत्त्वपर्ूण्ा भूमिका खेलेका छन्।
४.स्वतन्त्रता र प्रतिबद्धताका सर्न्दर्भमा माओले निर्दिष्ट गरेको दिशाले पनि सांस्कृतिक आन्दोलनमा महत्त्वपर्ूण्ा प्रकास पारेको छ।के लाई स्थापित गर्ने र के लाई विस्थापित गर्ने, के को प्रशंसा गर्ने र के केा भण्डाफोर गर्ने देखि लिएर माओले स्वतन्त्रता र प्रतिबद्धतालाई पनि नया“ किसिमले परिभाषित गरेका छन्।साहित्य कलाका आफ्नै नियम सङगतिहरू हुन्छन्र र्सर्ाार्यशास्त्रका आभारभूत मान्यताहरू स्वतन्त्र हुन्छन्भन्ने कुरामा एकातिर माओको जोड छ भने अर्को तिर यी नियमहरू समाज विकास र वर्गसङ्र्घष्ाको नियम भन्दा नितान्त फरक र निरपेक्ष हु“दैन न्भनेर माओले स्वतन्त्रताको अर्थ निरपेक्ष स्वतन्त्रता, अराजकता र पु“जीवादी स्वतन्त्रता होइन भन्ने कुरा प्रति पनि सचेत गराएका छन्।माओले जन प्रतिबद्धता बिनाको स्वतन्त्रताको कुनै अर्थ छैन भन्ने कुरामा जोडदिएका छन्।साथै माओले व्यक्तिको क्षमता, प्रतिभा र कुशलताका लागि व्यापक आयाम र परिवेश दिनुपर्ने कुरामा पनि जोडदिएका छन्।यसै मूल्य र मान्यताका आधारमा स्रष्टाको वर्गचेतना र पक्षधरताको निक्र्यौल गर्नुका साथै प्रशासनिक वा प्राविधिक आदेश र निर्देशद्वारा नभई व्यापक र्सर्ाार्यशास्त्रीय बहस र छफलमार्फ कुनै पनि कृतिको पक्षधरताको किटान गर्नुपर्ने कुरामा उनले जोड दिएका छन्।माओले लडेको लडाइ“मध्ये यो पनि एउटा महत्त्वपर्ूण्ा लडाइ“ हो।
५. क्रान्तिकारी विचार र राजनीतिको केन्द्रीयतामा विचारले सुसज्जित, प्रतिरोधात्मक क्ष्ँमतावान्, सङगठित र योजनाबद्धता मा गतिशील र क्रियाशील र विधागत दक्षताले भरिपर्ूण्ा मोर्चाबद्ध शक्तिका रूपमा सांस्कृतिक मोर्चाको भूमिकालाई स्थापित गर्ने कुरामा नै माओको लडाइ“ केन्द्रित रह्यो।यसक्रममा उनी अन्धनक्कलवाद, वामपन्थी सङ्कर्ीण्ातावाद, ट्रटस्कीवाद र अराजकतावाद सबै सित लडे, तर सबै भन्दा बढी उनी दक्षिणपन्थी संशोधनवाद र विर्सजनवादका विरुद्ध लडे।प्रतिक्रियावाद र सबैखाले अवसरवादका विरुद्धको लडाइ“मा सांस्कृतिक मोर्चाको आवश्यकता र औचित्यलाई स्थापित गर्नु र यसको कुशलता पर्ूवक प्रयोग गर्नु माओको विशेषता रह्यो।मार्क्सवादी सौर्न्दर्य शास्त्र भीषण वर्गसङ्र्घष्ाका वीचबाट जन्म्यो र वर्गसङ्र्घष्ाकै बीचबाट समृद्ध बन्दै आयो भन्ने कुरा माओले लडेको लडाइ“बाट अवगत गर्न सकिन्छ।
०माओ र हामीले लड्दै गरेको लडाइ
प्रारम्भिक कालमा माओले निर्दिष्ट गरेको दिशालाई दृढता पर्ूवक लागू गरियो गरियन वा यसमा के-कस्ता बुझाइगत समस्याहरू रहे, यो बेग्लै छलफलको कुरा हो तापनि नेपाली कम्युनिस्ट राजनीतिले आरम्भ देखि नै नया“ जनवादी राजनीतिको महत्त्वमा जोडदिएको र सांस्कृतिक आन्दोलनले पनि त्यसैलाई पछ्याएको यथार्थको भर पर्दा आधारहरू छन्।त्यसपछि पनि मार्क्सवाद, लेनिनवाद र माओविचारधारा, वर्गसङ्र्घष्ा र परिवर्तनका कुरा धेरै भएर गरिए।२०४० साल पछि नेपाल कम्युनिस्ट पार्टर्ीीमशाल) ले संशोधनवाद सितको सम्बन्ध विच्छेद गर्दै माओवादलाई सैद्धान्तिक प्रस्थापनाको रूपमा स्थापित गरेर राजनीतिलाई नया“ किसिमले गति दिनथाले पछि नै नेपाली कम्युनिस्ट आन्दोलनले नया“ मोड लिएको हो।यसको ठोस र योजनाबद्धताको आरम्भ नेपाल कम्युनिस्ट पार्टर्ीी माओवादी) को निर्माण स“गस“गै भयो।नेपाली कम्युनिस्ट आन्दोलनमा मालेमा को मूल्यको कार्यान्वयनको प्रतिबद्धताका दृष्टिले यो ऐतिहासिक मोड थियो।
संसदीय गोल चक्करबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई मुक्त पारेर आमूल परिवर्तनको महान्दिशामा मोर्चाबद्ध भएर अघि बढ्न हामीले २०५२ सालमा महान्जनयुद्धको थालनी गर्‍यौ“ ।यो रहर या करकापको कुरा थिएन, बरु महान् उद्देश्य प्राप्तिका लागि रोजिएको बलिदानको महाअभियान थियो।हामीले रूसी शिक्षा र अनुभव लियौ“ ।चिनिया“ शिक्षा र अनुभव पनि लियौ“ ।हामीले सबैभन्दा बढी चिनिया“ अनुभव, शिक्षा र प्रयोगहरू लियौ“ र तिनको नेपाली विशेषता र मौलिकतामा प्रयोग गर्‍यौ“ ।हाम्रो सफलताको विशेषता पनि यसैमा सन्निहित थियो। हामीले हामीसित भएका सबै साधन, श्रोत, उपाय र मोर्चाहरूको कलात्मक प्रयोग गर्‍यौ“ ।सबै थरी प्रतिक्रियावादी वर्ग-साम्राज्यवाद र विस्तारवादका साथै संसोधनवादका बहुरूपसित पनि हामी लड्यौ“ र आवश्यक पर्दा आफै“भित्र पनिलड्यौ“ ।
मार्क्सवाद, लेनिनवाद र माओवादको आलोकमा लडिएको दशबर्सर्ेेहान्जनयुद्ध समग्र युद्ध थियो।ध्वंस र निर्माणको यसै महान् अभियानमा जनसेनाको गठन, आधार इलाकाको निर्माण र जनसत्ताको निर्माण गर्दै हामी सांस्कृतिक रूपान्तरणको नया“ दिशामा अघि बढ्यौ“ ।राजनीतिक र सैनिक मोर्चा स“गै हामी सांस्कृतिक कर्मीले पनि बलिदानको महान् इतिहास निर्माण गर्‍यौ“ ।सांस्कृतिक मोर्चाको हाम्रो इतिहास रूस र चीनको भन्दा पृथक, उच्च र साच्चिकै उदाहरण्ीय रह्यो। राजनीतिक मोर्चाको अभिन्न अङ्ग बने र सांस्कृतिक मोर्चाले आफ्नो भूमिका पूरा गर्‍यो।एनान प्रवचनको महत्त्व र मूल्यलाई न्यूनीकरण गर्ने प्रवृत्तिका विरुद्ध र माओले प्रस्तुत गरेको सांस्कृतिक सेना र पल्टन सम्बन्धी धारणालाई बुझ्ने कुरामा रहेका केही यान्त्रिक र विकृत सोचाइ विरुद्ध पनि मोर्चाका क्रान्तिकारीहरूले दरिलै लडाइ“ लड्यौ“ ।
हाम्रो सांस्कृतिक आन्दोलनमा मोर्चाको नेतृत्वमा रहेकाहरू मध्ये एकाधले आत्मर्समर्पण र पलायनताको बाटो लिएपनि सारमा प्रतिरोध अभियानमा सांस्कृतिक मोर्चाले खेलेको भूमिका ऐतिहासिक रह्यो।आम्रो आन्दोलनको मूलचरित्र क्रान्तिकारी आशावाद र उर्त्र्सगबोधको अनुभावले भरिपर्ूण्ानै रह्यो।यसबीच स्वतन्त्रता र प्रतिबद्धताको द्वन्द्वात्मकतालाई बुझ्ने र व्यहारमा लागू गर्ने, कुनै पनि कलाकृतिको पक्षधरता र प्रतिबद्धताको समग्रताको किटान गर्ने र कृति मूल्याङ्कनको मार्क्सवादी सौर्न्दर्य शास्त्रीय मूल्यबोध गर्ने कुरामा कतिपयमा मनोगतवादी र आदर्शवादी सोचाइहरू रहे।लेनिन र माओकैअवधारणालाई निषेध गर्ने काम भयो।१९२५ को रूसी अनुभव र माओले निर्देशित गरेको र हामीले प्रतिबद्धता जनाएका कतिपय मूल्यहरूको बुझाइमा र व्यवहारमा, आन्दोलनमा लागेका केही कमरेडहरूमा अनुभववादी र क्षेत्रीयतावादी सङ्कर्ीण्ाता र यान्त्रिकता जस्ता कमजोरी रहे पनि महान जनयुद्धको एउटा अंश बनेर आन्दोलनरत रहने कुरामा सांस्कृतिक मोर्चाको इमानदारी र प्रतिबद्धतामा भने कमी रहेन।यो हाम्रो इतिहास हो र यसलाई हामीले मालेमाको आलोकमा आर्जन गरेका थियौ“ ।यो पनि हामीले भोगेको र आर्जन गरेको यथार्थ हो।
त्याग, बलिदान र उत्सर्गको महान विरासत र प्रारूपीय सित सम्बद्ध यथार्थ यस्तो हुदाहुदै पनि पछिल्ला दिनहरूमा खासगरेर पार्टी  शान्तिप्रक्रियामा आए पछिका दिनमा राजनीतिक र सांस्कृतिक क्षेत्रमा जे-जस्ता परिदृश्यहरू देखिए र देखा परिरहेका छन्, यी असाध्यै दुखदायी र पीडादायी छन्।यस्ता विसङ्गति र विकृतिहरू कहाँ कहाँ के र कसरी देखा परे यी सबैको सूचीकृत वर्णन र विवरण यहा“ सम्भव छैन।तर स्थिति असाध्यै गम्भीर र चिन्ताजनक चाहि“ छ।
हिजो हामीले जनयुद्धका क्रममा आर्जन गरेका सबै आदर्श, मूल्य र प्राप्तिहरू अहिले इतिहासको विषय बनाइन थालिएको छ।वैचारिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा विचलन तीव्र छ र उपयोगितावाद र उपभोक्तवादको चौतर्फी अतिक्रमण छ। ‘हामी’ हराएको छ र ‘म’ अगाडि छ। ‘हाम्रो’ हराएको छ र ‘मेरो’ले ठाउ“ ओगटेको छ।कार्यकर्ता र जनसमूह हराएको छ र मेरो परिवार र मेरा नातागोता प्रधान बनेको छ।आर्थिक भ्रष्टाचार र मूल्यहरूको स्खलन एकदमै तीव्र बनेको छ।जनयुद्ध कालमै देखापरेका कतिपय विसङ्गतिका विरुद्ध पार्टी चुनवाङ बैठकमार्फत  धावा बोलेको थियो।
(हेर्नुस नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का ऐतिहासिक दस्तावेजहरू, दोसं.- पश्चिमकमाण्डःनेकपा -माओवादी ),२०६३) , पृ२९२-३०९।)
अहिले त महाविचलनको स्थिति देखापरेको छ।माओले ‘चिनिया“ र्सवहारा सांस्कृतिक क्रान्ति’का बेला देखेका र औल्याएका सबै विकृति र विसङ्गतिहरू हामी हाम्रो वरिपरि देखिरहेका छौ“ र भोगिरहेका छौ“ ।कुरा त हामीले आफ्नै टाउकामा आफै“ले आगो लगाउने गरेका हौ“ ।हामीले क्रान्ति भित्र क्रान्ति गर्ने प्रतिबद्धता पनि जनाएका हौ“ ।आचारसंहिता र शुद्धीकरणका कुरा पनि उठाएका हौ“ र के के प्रतिबद्धता पनि जनाएका हौ“ ।तर स्थिति एकदमै नकारात्मक र पीडादायी छ।त्यसैले यतिबेर पार्टी भित्र  निर्मम वैचारिक संघर्ष र क्रान्तिको चरण अनुरूपको नेपाली मौलिकताको सांस्कृतिक क्रान्तिको आवश्यकता बोध भएको छ।
माओ विचारधाराको नाम लिएर संशोधनवादको अभ्यास गर्ने प्रवृत्तिका विरुद्ध धावा बोल्दै हामीले माओवादको औचित्य स्थापित गर्‍यौ“ ।अब माओवादलाई पुच्छर भन्दै यसलाई छाड्नु पर्ने कुरा उठाउन थालिएको छ।राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्ने जस्ता खतरनाककुराहरू गर्न थालिएको छ। त्यतिले नपुगेर ट्रटस्कीको फेर समातेर क्रान्तिलाई कहिल्यै सम्पन्न नहुने कार्यमा परिभाषित गर्न थालिएको छ।र्सार्वभौम र प्रधान पक्ष वर्गीयता हराएको छ र विशिष्ट पक्ष प्रधान बनेको छ।वर्गसंघर्षको  ठाउ समावेसीको वर्ग समन्वयवादी योजनाबद्धताले लिन थालेको छ र वर्गीयता भन्दा र जातीयतावाद, लिङ्गवाद र क्षेत्रीयतावाद केन्द्रित चिन्तन प्रधान हुन थालेको छ।मार्क्स हराएका छन स्यामुअल हटिङ्टनहरूको चौतर्फी जगजगी छ।यस्ता विसङ्गतिहरूबाट मुक्त हुन वैचारिक शुद्धीकरण र सुदृढीकरणको अभियानलाई दृढताकासाथ व्यवहारमा लैजानुको विकल्प छैन
वास्तवमा हामी मार्क्सवाद-लेनिनवाद र माओवाद प्रति प्रतिबद्ध छौ भने, हामी सही अर्थमा माओलाई सम्झिरहेका  र माओको शिक्षालाई आत्मसात गरिरहेका छौ“ भने, हामी हाम्रो जनयुद्धको त्यो महान् इतिहास, त्यो गरिमामय गाथा, अभूतपूर्व शौर्य र सौर्न्दर्य मूल्य प्रति गम्भीर छौ“ भने, हामीले एकपल्ट फर्केर हेर्नै पर्छ र आत्म समीक्षा गर्ने पर्छ।हामी साच्चिकै ‘महान चिनियाँ र्सवहारा सांस्कृतिक क्रान्ति प्रतिबद्ध छौ“ भने हामी जमेको पोखरी होइन गतिवान कर्णाली बन्नैपर्छ र आफ्नै टाउकामा आफैले आगो झोस्न तमतयार हुनैपर्छ।एकपल्ट फेरि हामी सांसकृतिककर्मीहरूले पनि जनयुद्ध सुरु हुनु अघिझै“ शुद्धीकरण र सांस्कृतिक क्रान्तिको अभियान लिएर गाउ“गाउ“मा जनताका बीच जानैपर्छ र जनमत सिर्जनाका लागि हाम्रा समग्र विधारूपहरूको सशक्त र मोर्चाबद्ध प्रयोग गर्नैपर्ने हुन्छ।यसका लागि सांस्कृतिक मोर्चा भित्रै पहिले संघर्षको मोर्चा खोल्नु पर्दछ।लडाइ  यही बाट सुरु गर्नुपर्दछ।विचलन विरुद्धको अभियान यहीबाट थालनी गनुपर्छ। ‘विद्रोह गर्नु अधिकार हो’ भन्ने यथार्थलाई यही बाट लागू गर्नुपर्छ।माओ र सांस्कृतिक क्रान्तिलाई सही अर्थमा बुझ्ने कुरा यहीबाट आरम्भ हुन्छ।माओको नजिक बसेर माओकै हत्या गर्न र क्रान्तिको घा“टी निमोठ्ने लिनप्याओ र चेनपो-ताहरूले केके गरे भन्ने कुरालाई पनि हामीले गम्भीरतापुर्वक  लिनैपर्छ।
साँचो कुरा केहो भने हामी अहिले लडाइको यस मोर्चालाई नयाँ किसिमले क्रियाशील बनाउने अभियानमा छौ“ ।यहाँ  फेरि हामीले माओलाई सम्झिनु आवश्यक छ-”हाम्रो पार्टीबाट चलाइने अखबारहरू र हाम्रो पार्टीको  प्रचार कार्य सजीव प्रस्ट र तिख्खर हुनुपर्छ र तिनले मसिनो स्वरमा गुनगुनाउने र कुरा चपाउने गर्नुहुदैन।हामीले जनतालाई सत्य चिन्ने शिक्षा दिन र तिनको आफ्नै मुक्तिका लागि लड्न, तिनलाई ब्यूझाउन चाहेका हुनाले हामीलाई लडाकू शैलीको खाँचोपर्छ ।भुत्ते चक्कुले रगत आउदैन।” माओका यी भनाइहरूलाई हामी जनमत सिर्जना र प्रचार कार्यमा लागेकाहरूले व्यवहारमा आत्मसात गर्नैपर्छ।गलत कुरा सित कहिल्यै सम्झौता नगर्ने माओको दृढता र इच्छा शक्तिलाई आत्मसात गर्दै दृढताका साथ क्रियाशील हुनर्ुपर्छ।
सत्य कुरा केहो भने, लक्ष्मी प्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा-’मीठो लाग्छ मलाई त प्रिय कथा प्राचीन संसारको ‘ भनेझै  अतीतमा नै रमाइरहने रुमानीपनको पनि काम छैन र वर्तमानको रङ्गीचङ्गी दुनियाँ नै समग्र हो भनेर उत्तरआधुनिकतावादी-उपभोक्तावादी रमझम र मायाजालमा रमाउनुको पनि अर्थ छैन।यतिबेर दृढइच्छाशक्तिमा आधारित क्रान्तिकारी आशावादिता र नयाँ किसिमको त्याग र बलिदानको आवश्यकता छ।माओ शब्द होइनन्, कर्म हुन्, माओवाद शब्द खेल होइन, मूल्य बोध र जीवन व्यवहार हो।कोलिसाउचि, तेङ्र लिनप्याओ बन्ने हो र को सही अर्थमा माओले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने हो, प्रश्न यहिँनेर छ।लडाई यसैमा केन्द्रित छ र समय यसैलाई गम्भीरता पुर्वक  नियालि रहेको छ।
(आज भन्दा ४ वर्ष अघि मङ्सिर, २१, २०६६ कम्युनिष्ट आउटलुक पत्रिकामा छापिएको वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक ऋषिराज बराल द्दारा लेखिएको यो लेख  माओ दिवसको सन्दर्भमा साभार गरेका छौ

No comments:

Post a Comment