वि.सं. २०२७ अगाडि मुहिङगु अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’को महत्वकांक्षी योजना
थियो, आफू मात्र मुक्ति
भएर जाने । तर, २०२७ साल गर्नुभएको कठोर
तपस्याले वहाँको महत्वकांक्षालाई पूरा
हुन दिएन। आफ्नो
मुक्तिका लागि शुरु भएको
तपस्या सिङ्गो किरात
समुदाय र मानव
मुक्तिको जिम्मामा परिणत भयो। जुन
कुरा समान्य थिएन
। किनकि, अन्धकारमा गुज्रिरहेका किरातका साथै
मानव समुदायको मुक्तिका लागि
महागुरु फाल्गुनन्द लिङ्देनले प्रतिपादन गर्नुभएको किरात धर्म दर्शनलाई पूरा
गर्नु पर्ने जिम्मेवारी वहाँमा
आइलाग्यो। त्यो असामान्य जिम्मेवारी पूरा
गर्नै पर्ने माङको
आज्ञा भएपछि किरात
समाज उत्थानका लागि
धार्मिक र सांस्कृतिक आन्दोलन एकसाथ
शुरु गर्नु भयो
।
विकृति र विसंगतिमा चुर्लुम्म डुबेको समाजलाई रुपान्तरण गर्नु
त्यति सहज थिएन।
त्यसैले आफ्नो भलाइका लािग
अरुको बलि दिएर
रगतको पोखरीमा डुबेका
किरात समाजलाई पवित्र
जीवन जीउनका लागि
धार्मिक शिक्षा सँगसँगै उनीहरुले गर्ने
कर्म संस्कारमा परिवर्तनका लागि
योजनाबद्ध ढंगले काम शुरु
गर्नुभयो।
किरात सभ्यता, संस्कार, संस्कृति, इतिहास, भाषा, लिपि आदि
विषयमा उपदेश दिँदै
समाजिक परिवर्तनमा जोड
दिनुभयो। सत्य, शान्ति, अहिंसा र मानवतावादी विचार
श्रवण गराउँदै अनन्त
मुक्तिको बाटोमा किरात समुदायलाई डो¥याउँदै
ल्याउनु भयो। उक्त कार्य
गर्न वहाँले सांस्कृतिक क्षेत्रलाई अगाडि
बढाउनेभयो। सांस्कृतिक क्षेत्रबाट वहाँले पु¥याउनुभएको योगदानबारे यहाँ
छोटकरीमा चर्चा गर्ने कोशिष
गरिएको छ।
मुहिङगुम अङसीमाङको सांस्कृतिक अभियान
जतिखेर मुहिङगुम अङसीमाले सांस्कृतिक रुपान्तरणका लागि
अभियान थाल्नु भयो।
त्यसबेला संगठित रुपमा कार्यक्रम गर्न
प्रतिबन्ध थियो। मातृभाषामा गीत
लेख्न र गाउन
पाइ“दैन थियो।
आफ्नो भाषामा गीत
लेख्ने, गाउनेलाई राजद्रोहीको मुद्दा लगाइन्थ्यो। त्यतिखेर मुहिङगुम अङसीमाङले जोखिम
मोलेर किरात भाषामा
गीत लेख्ने कामको
शुभारम्भ गर्नुभयो।
किराती समुदाय
आर्थिक, सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रबाट पूर्णरुपमा विमुख
भइसकेको अवस्थालाई देखेर परिकल्पना गर्नु
भयो। काङवा खोला
र काबेली खोलाको
दोभानको उत्तरपट्टिको पवित्र थुम्कीमा रहेको
ढुङ्गामा बसेर गीत संगीतको माध्यमबाट किरात
समुदायलाई उठाउने महान् विचार
फुटाउनु भयो। जसरी काङवा
खोला र काबेली
खोला एक भएर
नदीको रुप लिएर
बगेको छ, त्यसरी नै
किरात समुदायलाई एक
ठाउँमा ल्याउन सके
एउटा महान् शक्तिको रुप
लिन सक्छ भन्ने
सपना बोकेर वि.सं. २०३४
मा किरात भाषामा
गीत लेख्न शुरु
गर्नुभयो। जुन गीतको पहिलो
अन्तरा यस्तो छ ः
किराती चुम्से
पोगिना सेख्खा इङवाने
कासेरो।
सिवादिङ खाहुन
माङ इङघङ मये
सेख्खाने आसेरो।।
भावार्थः
किराती मित्र
हो उठ्नु नै
पर्छ, भाले बास्यो है।
ज्ञान, उपदेश बिहीन
भएर मरे झैं
भयौं है।।
पञ्चायतकालमा पनि
मुहिङगुम अङसीमाङले किरात समुदायको उत्थानको सम्भावना देख्नुभएको थियो।
राज्यको दमन र विभेदले शिथिल
बनेका ‘किरात समुदायलाई त्यही
कारण अब उठ्नु
पर्छ, जुट्नु पर्छ’ भन्ने
सन्देश दिन पान्थर
र ताप्लेजुङको सीमानामा रहेको
काबेली माङहिमको प्राङ्गणमा बसेर
माथि उल्लिखित गीतको
रचना गर्नुभएको थियो।
उक्त गीतमा किरातहरु धार्मिक, सांस्कृतिक, आर्थिक तथा
सामाजिकरुपमा अस्तव्यस्त रहेकाले अब सबै एक
हुनु पर्छ। विकृति
र विसंगतिको विरुद्धमा लड्नु
पर्छ। ज्ञान र शिक्षाको बाटोलाई पछ्याउनु पर्छ। कुमार्गबाट सुमार्गमा आउनु
पर्छ। त्यसको नेतृत्व दिन
म तयार छु।
तपाईहरुको उत्थान र मुक्तिका लागि
म आइसकेको छु।
तपाईहरुको मुक्तिका लागि माङको छडीले
शुभ–साइत देखाइसक्यो। तसर्थ, किराती मित्रहरु उठ्नु
पर्छ। जबकि, भाले बासिसक्यो भन्ने
सन्देश दिन खोज्नुभएको छ।
त्यसैगरी किरातहरु धर्मोपदेश विहीन भएर ईश्वरीय कर्महरुबाट अलग
भएका बेला हामी
साँच्चै अस्तित्व विहीन भयौं। भाषा, लिपि, साहित्य, संस्कृति, इतिहास सबै
हराएर मरे झंै
भयौं भन्ने सन्देश
दिनु भएको छ।
मुहिङगुम अङसीमाङले गीत
लेखन कार्यलाई निरन्तरता दिने
क्रममा वि.सं. गीत संगीतको सिर्जना गर्नुभयो। जुन
गीतको पहिलो अन्तरा
यस प्रकार छ :
ओतीरो नोफूङवा चुम्से
ओतिरो
तक्साङङाङ थोधो
थोक्फेला फेक्ते कुघेम्मी पयङङा
हौं
तेम्भोआङ यो
यो आजीफूङ फेक्ते
सोलुङमा सहिम्मा हौं
खादाम्मा लाजेओ
खाओप्मान त्यारो लुङमाने पहिम्मा हौं
ज्ञान विवेक
विहीन भएपछि मानिस
मरेतुल्य हुन्छ। अस्तित्व र पहिचान विहीन भएपछि
मानिस मूल्यहीन बन्न
पुग्छ। किरातीहरु बाँचेर
पनि मरे झंै
बन्न पुगेको अवस्थामा मुहिङगुम अङसीमाङले गीत
संगीतको माध्यमबाट प्रेरणा दिइएको उक्त गीतमा
भनिएको छ ः
बल्नु पर्छ
पवित्र मित्र हो, बल्नु
पर्छ
माथि–माथि
लेकमा लालीगुराँस फूल्यो
सुहाउँदिलो भयो है
तल–तल
मैदानमा टाँकी फूल फुल्यो
उराठै लाग्यो है
अँध्यारो देशमा
उज्यालो आयो विरह लाग्यो
है
विवेकशील मानिस
शक्तिशाली हुन्छन्। शक्ति नै ज्योति
हो। ज्योति हुनु
नै बल्नु हो।
किरातीहरुसँग भाग्य छ। त्यसैलाई सम्हाल्नु उठ्नु
पर्छ अनि ज्योतिले बल्नु
पर्छ। प्रकृतिले पनि
साथ दिनेछ। समयले
साथ दिनेछ। ऋतुहरुले साथ
दिनेछ। अब बल्नु
पर्छ भनेर किरात
समुदायलाई झक्झक्याउनु भएको छ। नेपालमा भएको
राज्य सत्तालाई अँध्यारोको बिम्बको रुपमा
लिनु हुँदै अँध्यारो देशमा
उज्यालोको लालीकिरण आइसकेको र यस परिवर्तनलाई कसैले
रोक्न नसक्ने तर्फ
सङ्केत गर्नुभएको छ।
सांस्कृतिक आन्दोलनबाट किरातीहरुलाई ब्यूँझाउने क्रममा
मुहिङगुम अङसीमाङले किरात समुदायको मुक्तिका लागि
माङको निगाहले आफू
आइसकेको गीतको माध्यमबाट बताउनुभएको छ।
त्यसरी नै वहाँले
आफूले के कुरा
भनिरहेको छु? आफु को हो? भन्ने
राम्ररी बुझ्न, सुन्न र हेर्न
अनुरोध गीतबाट गर्नु
हुँदै भन्नुभएको छ :
थाङमाङ लाम्दो
हात्ने साम्लो नुरिक
खेप्सेम्मे ओ
लत्छा निङ्वा
चोगेम्मेआङ लाम्मिन तयेम्मे ओ
अर्थ :
उकालो बाटोमा
को गीत गाउँदैछ राम्ररी सुन
है
एक मन
बनाएर बाटो खन
है
उक्त गीतमा
ओरालो झर्नु जति
सजिलो हुन्छ, उकालो जानु
त्यति सहज हुँदैन। त्यस्तै, पवित्र जीवन
जीउन जति अभ्यास
गर्नु पर्छ, अपवित्र हुनलाई
त्यति गाह्रो हुँदैन। आफू
पवित्र मार्गका लागि
उकालो जाने यात्रु
भएको कुरालाई औल्याउँदै महान
यात्रुको पछि हिँड्ने महान्
मार्गको आवश्यक भएकाले त्यस
मार्गलाई एक मन एक
चित्त भएर निर्माण गर्नु
पर्दछ भन्ने अमूल्य
सन्देश दिनुभएको छ।
मुहिङगुम अङसीमाङको माथि
उल्लिखित गीतहरु धार्मिक जागरणसँग सम्बन्धित हुन्।
वहाँले धार्मिक जागरण
बाहेक पाङभे साम्लो
(लोक गीत) र सेवा
साम्लो (भक्ति
गीत) पनि रचना गर्नुभएको छ।
वहाँले रचना गर्नुभएको पाङभे
साम्लोमध्ये एकको पहिलो अन्तरा
यस्तो छ :
लच्छा पुधिक
परेबे ताङसाङथाङ
कन तरेमान
सारिक्के आसिराधाङ
अर्थ :
एउटा चरा
आकाशमा उड्यो है
यो पाहुनालाई साह्रै
मन प¥यो है
यस गीत
रचना गर्दाको रमाइलो
घटना छ। वि.सं. २०४३
चैत्र महिनाका एक
दिन मुहिङगुम अङसीमाङ र महमाई–१ निवासी
हर्कवीर योङहाङसँग गुरुको बाजे पर्ने
इलाम जितपुर ढोडेनीका सिराने
बाजे (रनबहादुर लिङ्देन) लाई भेट्न
जाँदै हुनु हुन्थ्यो। यसरी
जाने क्रममा फुःलुङगीबाट अलि
माथि खत्रक्पाबाट बाया
अलिक तल कन्काईमाई र देउमाईको संगम स्थनमाको छेउमा
एउटा ठूलो मैदानमा रहेको
छ। त्यहाँ जितपुर
उकालो चढिन्छ। त्यस
ठाउँमा नै गुरु
लच्छा पुथिक भन्ने
गीत गाउँदै नाच्नु
भयो। उक्त गीतलाई
मुहिङगुम अङ्सीमाङले लिपिबद्ध गराउनु भयो। उक्त
गीत अहिले चर्चित
बन्न पुगेको छ।
यस्तै, वहाँले रचना गर्नुभएको गीतमध्ये तान्छोदिङ तारे, ओत् तागेरा, इक्सादिङ खाम्बेकलगायतका हुन्।
यसलाई समय सापेक्ष उपयोग
र विश्लेषण गर्दै
जानु आजका नयाँ
पिढीको जिम्मेवारी हो।
मुहिङगुम अङसीमाङले कति गीत लेख्नु
भयो? कति गीत गाउनु
भयो? भन्ने प्रश्न भन्दा
पनि किन गाउनु
भयो? किन गीत रचना
गर्नु भयो? त्यसको प्रभाव
कसरी बढ्दै आयो? भन्ने
कुरालाई खोज अनुसन्धान गर्नु
आजको आवश्यकता हो।
संगीत तथा
सम्पादनमा देन :
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई गीतकार
तथा गायक मात्र
होइन वहाँले आफूले
रचना गर्नुभएको गीतमा
संगीत पनि भर्नुभएको छ।
आफूले रचना गर्नुभएको गीतमा
मात्र होइन अरुले
रचना गरेको गीतमा
समेत संगीत भर्न
सहयोग गर्नुभएको छ।
शब्द र संगीतको तादात्म्यता भए
नभएको समेत जानकारी गराउनुभएको छ।
गीत संगीतबाट अलि
पर गएर मुहिङगुम अङसीमाङलाई हेर्ने
हो भने अन्य
दृश्य सम्पादनमा पनि
रुचि छ। वहाँले
मुन्धुमी चलचित्र साप्पुना मरङना, सामाजिक फिल्म माराम, विभिन्न म्युजिक भिडियोको सम्पादनमा सल्लाह
दिँदै आउनुभएको छ।
अन्त्यमा,
मुहिङगुम अङसीमाङ ज्ञान
र चेतनाका अद्भूत
स्रोत हुनु हुन्छ।
वहाँले दिनुभएको योगदानलाई केलाएर
हेर्ने हो भने
हरेक पक्षहरुमा दर्शनको निर्माण भइरहेको हुन्छ।
आर्थिक, समाजिक, राजनीति सबै पक्षमा वहाँको
क्रियाशीलता छ। यसका साथै
सांस्कृतिक क्षेत्रमा पनि वहाँको गहन
योगदान छ।
निरङ्कुश पञ्चायतकालदेखि आफ्नो
मौलिक भाषामा गीत
लेखेर सांस्कृतिक पहिचानको आन्दोलनलाई शुभारम्भ गर्नुभएको थियो।
वहाँको त्यो अदम्य
साहसबाट सिर्जित रचनाहरु आदिवासी सांस्कृतिक आन्दोलनका मार्गदर्शन बन्न पुगेको छ।
वहाँले दिनुभएको सांस्कृतिक देनलाई
वहाँले गीतमा भन्नु
भए झंै अँध्यारो देशमा
उज्यालोको लाली किरण आइसकेको छ।’
मानव जीवनमा
रहने अँध्यारो पक्षको
विरुद्धमा उभिनु हुने मुहिङगुम अङसीमाङ जीवनका
उत्तराद्र्धकालमा संसारभरका आस्थाका पुज्य बन्नुभएको छ।
नेपालका राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका
प्रमुख सबैको पूज्य
बन्नुभएको छ। वहाँप्रतिको सम्मानले हामी
गर्विलो भएका छौं। मुहिङगुम अङसीमाङले सोच्नुभएका सबै
कुरा साकार बनून्।
समस्त किरात समुदाय
र मानव जगतका
लागि यही नै
कल्याण हुनेछ।
http://www.mangsebungnews.com बाट साभार
No comments:
Post a Comment