परिचयः
संखाकार रुपमा देखिने करिब ६८ वर्ग किलोमिटर भूभागमा फैलिएको गाउँ हो, चापागाउँ । ललितपुरको मल्लकालीन दरबार क्षेत्र मंगल बजारबाट १० किलो मिटर दक्षिणतिर अवस्थित छ । यो गाउँ “चंम्पापु” , “चापागाउँ”, ” वादे्य ” को नामले प्रख्यात छ र अहिले आएर बज्र बाराही मन्दिरको नामले बढी चिनिन ठालेको छ । एकै गाउँको नाम तीनवटा हुनुमा विभिन्न लोक धारणाहरु पाइन्छन् । परापूर्वकालमा यहाँ चाँपको जङ्गल थियो, जसलाई फाँडी सहर बसालेको हुँदा यसको नाम “चंपापुर” राखिएको थियो भन्ने भनाइ छ । यो पछि अपभ्रंश भई “चापागाउँ” हुन गएको हो । अर्को नाम “वादेय्” -नेवारी -वा -धान ) देय् – देश) अर्थात् धानको देश हो । पाटनको अन्यर् इलाकामा भन्दा यहाँ धानको फसल राम्रो हुने हुँदा नेवारीमा यसलाई वादेय् भनिएको भन्ने छ ।
संखाकार रुपमा देखिने करिब ६८ वर्ग किलोमिटर भूभागमा फैलिएको गाउँ हो, चापागाउँ । ललितपुरको मल्लकालीन दरबार क्षेत्र मंगल बजारबाट १० किलो मिटर दक्षिणतिर अवस्थित छ । यो गाउँ “चंम्पापु” , “चापागाउँ”, ” वादे्य ” को नामले प्रख्यात छ र अहिले आएर बज्र बाराही मन्दिरको नामले बढी चिनिन ठालेको छ । एकै गाउँको नाम तीनवटा हुनुमा विभिन्न लोक धारणाहरु पाइन्छन् । परापूर्वकालमा यहाँ चाँपको जङ्गल थियो, जसलाई फाँडी सहर बसालेको हुँदा यसको नाम “चंपापुर” राखिएको थियो भन्ने भनाइ छ । यो पछि अपभ्रंश भई “चापागाउँ” हुन गएको हो । अर्को नाम “वादेय्” -नेवारी -वा -धान ) देय् – देश) अर्थात् धानको देश हो । पाटनको अन्यर् इलाकामा भन्दा यहाँ धानको फसल राम्रो हुने हुँदा नेवारीमा यसलाई वादेय् भनिएको भन्ने छ ।
विभिन्न अभिलेअहरुमा यस इलाकालाई “चंपापुर”, “चापागाउँ”, ” वादे्य ” आदि रुपमा उल्लेख गरिएको पाइन्छ तर यस ठाउँलाई सबै क्षेत्रमा “चापागाउँ” को नामले चिन्ने गरिएको छ । यो गाउँको ऐतिहासिक नाम “चंपापुर” प्रस्तावित नगरपालिका हो ।
चापागाउँको इतिहास केलाउने हो भन्ने राजा शिवदेवको पूर्वजको समयदेखि नै यो क्षेत्र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण र सुदृढ ढङ्गको रुपमा विकसित भैसकेको थियो । अन्य वस्तीबाट आएका माछा व्यापारीहरुले यहाँ भन्सार तिर्नु पथ्यो । अहिले पनि चापागाउँको वडा नं. ४ भन्सारटोल छ । यो तथ्य प्रमाण स्वरुप विधमान ।
यस गाउँको वडा नं १ यकुटोलस्थित
आकर्ष व्रम्हामूर्तिसंगै जलहरिको अभिलेखको लिपिलाई वसन्तदेव समकालीन भन्ने अनुमान गरका छन् । यसरी शिवदेव भन्दा ४ पुस्ता पहिलेका शाहकको समयदेखि नै यो गाउँ व्यवस्थित वस्तीका रुपमा रही आएको भन्ने देखिन्छ । यसरी विभिन्न तथ्यहरुबाट “चंपापुर” वा “चापागाउँ” को स्थापना पूर्वमल्लकालमा नै भैसकेको कुरा निश्चित हुन्छ ।
चापागाउँ आंगछेंय् निर अवस्थित शेख वीरसिंह मल्लको घर आँगन र चोक निमार्णमा पाइएको केही इटाहरु भक्तपुर दरबारको मूलचोक पस्ने बीचको चोक निमार्णमा प्रयोग गरिएको अज्दाजी २०” लम्बाई १०” चौर्डाई र ४.५” मोर्टाई भएको गाडा रातो रंगकोर् इटासँग मिल्दा जुल्दा भएको पाइएको छ । त्यस कारण पुस्टि गर्न सकिन्छ कि भक्तपुर र चापागाउँको गहिरो सम्वन्ध छ तर यो प्रमाण हालसम्म पनि पाइएको छैन ।
यसरी सुव्यवस्थित ढंगबाट स्थापना गरेको सहर भएको हुँदा यसको स्थापना कालदेखि नै यहाँ जीवन यापनका लागि आवश्यक संपूर्ण व्यवसायमा दक्ष जनशक्ति वा कार्यकताहरुको बसोबास गराएको पाइन्छ । सन् १३८२ -१३९५ सम्म नेपालका शासक रहेको जयस्थिति मल्लले नेपालमा सामाजिक सुधार ल्याई कर्मअनुसार जाति विभाजन गरिदिएको रुपमा चिनिएको थालिएको अनुमान गर्न सकिन्छ । यसरी यस क्षेत्रको स्थापना कालदेखि नै यहाँ विविध जाती रही आएको र उनीहरु आ-आफ्नो धर्म र संस्कृति अवलम्बन गर्दै आएको बुझिन्छ ।
विविध धर्म र संस्कृतिबाट सुसव्जित यो सहरको सुदृढिकरणका लागि स्थापना मुखिया वा “देशवार” पछि देशारहरुको व्यवस्था रही आएको हो ।
मल्लकालमा यहाँ “चौकी” रहेको कुरा ने. स. ४४२ -इ. सन् १३२२) को एक लिखित पत्रमा यसलाई “चंपागुल” भनी उल्लेख गरिएबाट प्रस्ट हुन्छ । यसरी मल्लकालमा यहाँ शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएको थियो भन्ने अनुमान गर्न सकिन्छ । इ. स. १५७९मा शिवसिहं मल्लले पाटन कब्जा गरी त्यहाँको शासक बनेका थिए । त्यसको २ बर्षपछि इ. स. १५८१ मा सदाशिव मल्लका उत्तराधिकारीका
रुपमा काठमाण्डौंको पनि स्वतन्त्र शासक बनेका थिए, तापनि उनको शासनकालमा चापागाउँलाई केवल पाटन राज्यको प्रशासनिकर्
इकाइको रुपमा राखिएको कुरा ने. स. ७२२ वा इ.सं १६०२ को एक ताडपत्रमा उल्लिखित -श्री ललितवुमाथि श्री माणिलगलाधिपति श्री श्री जय शिवसिंह प्रभु ठाकुर सन् प्रशादारण ववा यंर खाटोल …….) भन्ने वाक्यबाट प्रष्ट हुन्छ । र त्यस समयमा विहार, महाविहारको निमार्णले यो प्रष्ट हुन्छ कि त्यस ताका बुद्ध धर्मको पनि प्रभाव रहेको छ ।
राजा श्री निवास मल्लले ने. स. ७८६ इ.सन् १६६६ मा बज्र बाराही देवीको सुनको मूर्ति बनाई प्रंतिष्ठा गरी पूजाका साथ जात्रा संञ्चालन गराएको थियो । जुन जात्रा यस चापागाउँमा अहिले पनि भव्यका साथ मनाउने गरिन्छ । जात्रा हेर्न उपत्यका वरिपरिका वासिन्दाहरु
उपस्थित हुन्छन् । यसरी चापागाउँ मल्लकालीन समयदेखि नै धार्मिक तथा प्रशासनिक दृष्टिले महत्वपूर्ण देखिन्छ । धार्मिक, प्रशासनिक दृष्टिले महत्वराहेको चापागाउँ इकाईसगै बुलुगाउँ रहेको छ । जस्को धार्मिक, सांस्कृतिक पक्षको छुट्टै विशेषता रहेको छ ।
शिवपुरी वा बुलु गाउँको स्थापनार् इ. स. १६१४ मा पाटनका राजा सिद्धिनरसिंह
मल्लले गराएका थिए । भन्ने भनाइ पाईन्छ । चापागाउँको “चंपापुर” रहेजस्तै बुलुको पनि ऐतिहासिक नाम शिवपुर रहेको ३०० बर्षदेखि यो पहिलेको एक शिलालेखले दर्साउँछ पछि बुलु हुन गएको हुनु पर्छ ।
यसरी तीन वटा ऐतिहासिक ठाउँसंगै अर्को ऐतिहासिक ठाउँ प्याङ्गगाउँ
हो । हालको वडा न. ५ को ठाउँ नै प्याङ्गगाउँ हो । यस ठाउँका बारेमा पनि विभिन्न भनाइ पाइन्छ । प्याङ्गगाउँस्थित
महादेवको मन्दिरले पनि यो प्रष्ट हुन सक्छ कि यो बस्ती पनि त्यसैताका स्थापाना गरिएको हुन सक्छ । यस ठाउँका वासिन्दाले प्याङ्ग बनाउने पेशा अँगालेको भएर प्याङ्गगाउँ हुन गएको भन्ने भनाइ छ। त्यस्तै चापागाउँको वडा नं. ८ मा पर्ने सल्यान, घ्याम्पे डाँडा, खसिटार -खसिमार) र मुलडोलमा तामाङ्गहरुको बस्ति छ । चापागाउँका सबभन्दा बढी जनसंख्या नेवारको र त्यसपछि तामाङ्गहरुको
रहेको पाइन्छ । नेवारहरुको बाहुल्य भएको यस गाउँका यी तामाङ्ग जाति कहिलेदेखि बसोबास गर्दै आएका थिए भन्ने प्रमाण पाइएको छैन ।
वादेय् वा चंपापुर एक सुनिश्चित ढंगबाट निर्माण गरिएको शहर अर्थात् पुर हो । यसैले यहाँ संगठित एवं परिष्कृत साँस्कृतिक समाजको उत्थान भएको छ । लिच्छविकालदेखि नै एक व्यापारिक केन्द्रको रुपमा विकसित यो बस्ति इ. स. ९९१ मा आएर सहर वा पुरको रुपमा स्थापित भएको पाइन्छ । त्यस समयनिर्मित उक्त शहरको नक्सा प्राप्त छैन तर परम्परागत रुपमा चल्दै आएको बज्र बाराही जात्राले गरिने नगर परिक्रमालाई अध्ययन गरी हेर्दा त्यस समयको चंपापुर वा वादेय् हालको गाउँ विकास समितिको वडा नं. १, २, ३, र ४ -ज्योतिविहारदेखि
माथी भैरब स्थान) सम्म फैलिएको प्रष्ट हुन्छ ।
वडा नं. १ देखि ४ सम्म फैलिएको उक्त वादे्यमा नेवार जनसमुदायको बाहुल्य छ त्यसमा पनि बढी मात्रमा देशारहरु छन् । यी देशारहरु पहिले पहिलेका प्रशासनिक कार्यकर्ता देशवारहरुका
सन्तति हुन भनिन्छ । यी बाहेक यहाँ श्रेष्ठ, बज्राचार्य, शाक्य, पुजारी-पोडे), खड्गी, ब्राम्हण, क्षेत्री, तामाङ्ग पनि पाइन्छन् ।
परम्परागत सांस्कृतिक इकाइको रुपमा निर्मित चम्पापुर ज्यादै सीमित क्षेत्रलाई मानिन्छ । यहाँ सांस्कृतिक क्रियाकलाप अन्य नेवार बस्तीको समान रहेको पाईन्छ । यहाँको मौलिक पर्वको रुपमा बज्र बाराही जात्रा उल्लेखनीय छ । हालको प्रशासनिकर्
इकाइले अंगालेको चापागाउँ गा.वि.स. को भुभागलाई नियाल्दा यहाँ नेवारपछि तामाङ्ग संस्कृति र केही बाहुन, क्षेत्रीको हिन्दू संस्कारलाई पनि समेटेको पाइन्छ । यी संपूर्ण जनजातीको जीवन यापनको समुच्य कथनबाट मात्र यहाँको सांस्कृतिक इतिहास भनौ वा संपदापूर्ण हुन्छ । साथै यी सम्पूर्णर् इलाकार्ला मध्ये कतिपय वडा भनौ वा टतेलहरुमा विभिन्न प्रकारका स्थानिय मौलिक चाडपर्व र जात्राहरु संञ्चालन हुँदै आएका छन् । तर्सथ यी सम्पूर्ण मौलिक सांस्कृतिक गतिविधिको चर्चाले मात्र यहाँको सांस्कृतिक पहिचान गर्न सकिने देखिन्छ ।
२०५८ सालको तथ्याङक अनुसार यस गा.वि.स. मा ६९९० पुरुष र ७००४ महिला गरी जम्मा १३९९४ जनसंख्या र घर धुरी जम्मा २१९१ छन् । यी मध्ये सबभन्दा बढि नेवार त्यसपछि तामाङ्ग, बाहुन, क्षेत्री, आदि रहेका छन् । यस गा.वि.स. का नेवार जनजातिमा नै पनि स्थान र टोलअनुसार मौलिक पहिचान छ । चापागाउँ-वामी) हरुको आफ्नो मौलिक पहिचान छ । त्यस्तै बुलु-बुलुमी) हरुको पनि आफ्नो मौलिक पहिचान रहेको छ । करिव ६० – ७० बर्षपहिलेसम्म यहाँ प्रचलित मिसा पायोः -महिला खड्ग यात्रा) उत्सव मनाहिने गरिन्थ्यो तर अहिले यसको प्रचलन हतिसकेको छ । त्यस्तै प्याङ्गगाउँको
आफ्नो किसिमको मौलिक संास्कृति छ । वैवाहिक सम्वन्ध जोड्ने क्ममा संगोत्र मामा चेली फुपूचेली बीच गर्ने प्रचलन एवं प्रकृति पूजा गर्ने परम्परा पाइन्छ । समयको परिवतनसंगै प्याङ्गगाउँहरुले
परिवर्तन गरिसकेका छन् ।
यस गा.वि.स. अर्न्तर्गत विष्ट गाउँ, न्यौपाने गाउँ, जस्ता बाहुन क्षेत्रीहरुको
बस्ति पछि छन् । यिनीहरुको सांस्कृतिक क्रियाकलाप नेपालका अन्य बाहुन क्षेत्रीहरुको समान छ । चापागाउँमा जयस्थिति मल्लको -इ.सं. १३८२-१३९५) सामाजिक सुधार एवं व्यावसायिक वन्धनले अझै प्रभाव छोडेको छौन् ।
धार्मिर्क र सांस्कृतिक दृष्टिकोणबाट चापागाउँ धेरै धनी गाउँको रुपमा छ । ने.सं. ७८६ राजा श्रीनिवास मल्लले बज्र बाराही मूर्ति स्थापना गरी जात्रा सुरु गरेको थियो । जात्राको मौलिक कुरा भन्नु बर्षो २ पटक जात्रा लाग्नु हो । कार्तिक अष्टमीका दिन र चैत्र पूर्णिमाका दिन गरिने उक्त जात्रा मध्ये कार्तिक शुक्ल अष्टमीका दिन गरिने जात्राको मूर्ति २०४६ सालमा हराएको हुदाँ उक्त जात्रा त्यस बेलादेखि रोकिएको छ । चैत्र पूर्णिका दिनमा गरिने जात्रा अहिले चापागाउँ बासीले हर्षोल्लासका साथ मनाउने गर्दछ । त्यस्तै बुलुको मौलिक किसिमको चन्द्रेश्वरभैरब जात्रा पनि गरिन्छ । प्याङ्गगाउँको
आफ्नौ मौलिक महादेवको जात्रा गर्ने चलन छ । यसरी विभिन्न टोलहरुको मौलिक जात्रा मनाउने क्रममा झयालीपाटीको गणेश र सरस्वतीको जात्रा, त्यस्तै दिपंकर यात्रा, जुगः चःरे वा पंचदान, सुम्मेक यात्रा, समयद्यो व्वय्गुः, इखापुखु छिइगुः, खसिमार पोखरीको मेला, टिकाभैरव यात्रा जस्ता अनेकौ जात्रा यस गाउँमा मनाइन्छ ।
यसरी समुच्च रुपमा हर्ेदा चापागाउँमा अनेक मौलिक सांस्कृतिक मेला पर्वहरु छन् । जसले यस इलाकाको परिचय विविध क्षेत्रमा फैलाउन सकेको छ । यस्ता स्थानीय सांस्कृतिक संपदाहरुको संरक्षण एवं पुनस्थापना गर्नु जरुरी छ ।
समयसँगै यस ठाउँका मानिसहरु आफूलाई परिवर्तन गर्दै आइरहेका छन् । यस ठाउँका नेवार समुदायहरु विशेष त देशार र महर्जनहरुको मुख्य पेशा कृषि हो । तर अहिले ती जनजातिहरु विभिन्न रोजगारी गरी आफ्नो व्यक्तिगत विकास गर्दै गएका छन् । अहिले यस क्षेत्रका मानिसहरुले राम्रो च्याउँ उत्पादन गर्न थालेका छन् । यसलाई सरकारी क्षेत्रबाट अनुसन्धान गरी कृषकहरुलाई सहयोग गरेको खण्डमा अझै उत्पादन बर्ढाई देशको आर्थिक विकासमा टेवा पुग्ने हुन्छ । मल्लकालमा एक व्यापारिक केन्द्रको रुपमा विकास भएको यो ठाउँ अहिले पनि त्यतिकै महत्वपूर्ण छ । नेपालको दक्षिणी भेग र पश्चिमी भेकको व्यापारिक केन्द्र नै भएको छ । चापागाउँ एक विकसित गाउँ हो । यस ठाउँका मानिसहरुमा राजनैतिक, सामाजिक चेतना उच्चस्तरले विकास भएको हामी महसुस गर्न सक्छौं ।
समष्टिगतरुपमा हेर्दा नेपालको मल्लकालीन इतिहासदेखि एक महत्वपूर्ण स्थान रहेको यो चंपापुर, वादेय् धार्मिक, सांस्कृतिक दृष्टिले धेरै धनी रहेको थाहा हुन्छ । यस ठाउँका विभिन्न पुरातत्विक विषयहरुमा सूक्ष्म अध्ययन गरेको खण्डमा यस क्षेत्रको गर्भमा लुकिराखेका कतिपय महत्वपूर्ण तथ्यहरु प्रसट हुन सक्छन् । र अन्तमा यस इलाकामा नेपालको गौरवपूर्ण धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक खजाना नियमित रूपमा संरक्षण र सर्म्वर्धन गर्न हामी चापागाउँ बासी र अन्य क्षेत्रबाट हर हमेसा प्रयास हुनु पदर्छ ।
No comments:
Post a Comment