Saturday, November 21, 2015

भाषा ,संस्कृति ,धर्म र लिपि भनेको नै पहिचान हो- पूर्ण कार्की

भाषा ,धर्म ,संस्कृति र लिपि भनेको १०,३०,३० र ४० बर्षमा सृजना हुने कुरा हैन हजारौं बर्षको मेहनतबाट सृजना हुन्छ , यसमा हाम्रो पू्र्खाको अथक मेहनत ,कला बुद्धि र कौशल लगानी भएको हुन्छ त्यसकारण हामीहरुले आफ्नो धर्म ,संस्कृति ,भाषा र लिपिलाइ सम्मान गर्नुको साथै अरुको धर्म ,संस्कृति ,भाषा र लिपिलाइ पनि सम्मान गर्न सक्नु पर्छ यहि कुरा सबै मानिसले चाहेका छन।
कुनै पनि समाजमा यदि एक  भाषा, एक  धर्म एक  संस्कृति लादन खोज्यौ भने हामीले अरु मानिसको भावनाको हत्या गरिएको हुन्छ।
हिन्दी ,अंग्रेजी स्पेनिस चाइनिज आदि भाषा र संस्कृति “किलर  भासा र संस्कृति” हुन, जसले सानासाना भाषा  र संस्कृतिको हत्या गरेको पाइन्छ।
संस्कृति र धर्मको सवालमा नेपालमा एकले अर्कालाई सम्मान गरेको पाइन्दैन उदाहरणको लागि हामी हिन्दुहरुले गाइलाइ देबि भनी पुज्ने र काटन नपाउने तर राइलिम्बुहरु धार्मिक कार्यमा च्याब्रुङ अनिवार्य बजाउनु पर्ने र च्याब्रुङ बनाउनलाई गाइको छाला चाहिने। कतिपय यस्ता कुरामा राज्य संबेदनसिल नभयकोले नेपालमा अरु जातिले अपनत्वको महसुस गरेका छैनन।
तर तराईको केसमा उनिहरुले हिन्दी भाषालाइ पनि मान्यता दिनुपर्ने भनेका छन जबकी तराईको भाषा राजबंशी,अबधी,मैथिली,भोजपुरी र थारु हो , जबकी हिन्दी भाषा  किलर भाषा हो।

http://ekoshi.com बाट साभार 

No comments:

Post a Comment