Monday, December 21, 2015

शासक वर्ग की संस्कृति लोगों को समाज बदलाव से विमुख कर देती है

कोई भी कलाकार मानव समाज से स्वतंत्र रहकर साहित्य नहीं रच सकता. कोई भी रचना विचार शून्य नहीं होती. अगर वह नींद से जगाने वाली नहीं है तो लोगों को सुलाने वाली जरूर होगी. शासक वर्ग की संस्कृति लोगों को समाज बदलाव से विमुख कर देती है. निम्न वर्ग के बजाय यह उच्च वर्ग की सेवा करती है. शासक वर्ग की अभिजनवादी संस्कृति की नकल करके मेहनतकश वर्ग खुद को उपहास का पात्र बनाता है. क्योंकि अपनी आर्थिक स्थिति से तंग, वह कला के इन महंगे साधनों की सस्ती और भोड़ी नकल ही कर सकता है.
सामंती समाज में दो तरह की संस्कृतियाँ एक दूसरे के विरुद्ध खड़ी थी. जिसमें पहली शासक वर्ग की अभिजनवादी संस्कृति थी तो दूसरी आम जनता की लोक संस्कृति. अभिजनवादी संस्कृति तकनीकी और बौद्धिक तौर पर श्रेष्ठ होने के बावजूद मुठ्ठी भर घरानों तक सीमित थी. जिसके अंतर्गत राजदरबार के शास्त्रीय संगीतकार, चित्रकार, कवि और साहित्यकार आते थे. जिस तरह उच्च वर्ग आर्थिक साधनों पर अपना कब्जा रखता है. उसी तरह सांस्कृतिक संसाधनों पर भी उसका वर्चस्व होता है. लेकिन वह अपनी आर्थिक सम्पन्नता से ज्यादा अपनी संस्कृति पर घमण्ड करता है. वह निम्न वर्ग के लोगों को असंस्कृत, गन्दा, असभ्य और अभद्र समझकर घृणा करता है. मेहनतकश वर्ग को उपद्रवी भीड़ मानता है. इसी तर्क से  वह निम्न वर्ग के शोषण को जयाज ठहरता है और मानता है कि इनके ऊपर शासन करने का उसे अधिकार प्राप्त है. उसकी अभिजनवादी संस्कृति मन बहलाव और उसके अपराध बोध को कम करने का साधन है. इसीलिए व्यक्तिगत रूप से लाभ उठाता हुआ वह कला की सामाजिक भूमिका से इनकार करता है और कला की अंतर्वस्तु के बजाये रूप चमत्कार पर ज्यादा जोर देता है. जबकि रूप चमत्कार का जो सौंदर्य उसमें होता है, जिसपर हमारे कुछ साथी फिदा हो जाते हैं, उसकी लाक्षणिक विशेषता है. उसकी अंतर्वस्तु तो वास्तव में कुलीन (सामंती या पूँजीवादी) होती है.
बहुसंख्यक जनता से जुड़ी लोक संस्कृति सहज, सरल और अपनी जमीन से पैदा हुई थी. जिसे ढाई सौ साल के औपनिवेशिक शासन ने कुचल कर रख दिया. अंग्रेजों की गुलामी ने एक ओर जहाँ देश को आर्थिक रूप से निचोड़कर कंगाल बना दिया. वहीं दूसरी ओर इसने हमारे देश की बहुरंगी लोक संस्कृति को विकसित होने से रोक दिया. इसने हमारी सांस्कृतिक जड़ें ही काट दी. इस तरह हम अपनी सांस्कृतिक विरासत जैसे- सामंती कला-कौशल, परम्परा, प्रतिष्ठा, मानवीय मूल्य और बौद्धिक उन्नति के सकारात्मक और प्रगतिशील पहलुओं से कट गये. जबकि अंग्रेजों ने गुलामी को बरकरार रखने के लिए सामंती संस्कृति के नकारात्मक पहलुओं जैसे- अज्ञानता, अन्धविश्वास, चापलूसी, श्रम से घृणा और नकलचीपन की प्रवृत्ति जैसे प्रतिक्रियावादी विचारों को बढ़ावा दिया. आजादी के बाद सड़ी-गली संस्कृति हमें विरासत में मिली. इसमें ऐसे विचार मौजूद थे, जो इंसान -इंसान के बीच दीवार खड़ी करते हैं जैसे- जातिवाद, क्षेत्रवाद, स्त्री-पुरुष असमानता और धार्मिक भेदभाव. आजादी के बाद पूँजीवादी शासन व्यवस्था ने सड़े-गले सांस्कृतिक कचरे को साफ नहीं किया बल्कि इसमें इजाफा ही किया. व्यक्तिवादी चरम स्वार्थपरता और योरोपीय संस्कृति की नकल भी इसमें शामिल कर लिया गया. इस कचरे से सकारात्मक और प्रगतिशील तत्वों को छाँट निकालना मुश्किल काम था, जिसे जनवादी संस्कृति के प्रचार-प्रसार से पूरा किया जा सकता था. जातिवादी सोच, स्त्री-पुरुष भेदभाव और सांप्रदायिक विचारों के खिलाफ संघर्ष करके मेहनतकश जनता में वैज्ञानिक नजरिया और श्रम की गरिमा विकसित करना इसका लक्ष्य था. इसके साथ अंग्रेजों के षड्यन्त्रों का पर्दाफाश करना और जनता में नये स्वप्न और आकांक्षाएँ जगाना इसका प्रमुख अंग था. इसका उद्देश्य बताते हुए प्रगतिशील लेखक संघ के गठन के समय प्रेमचंद ने कहा था, हमारी कसौटी पर वही साहित्य खरा उतरेगा जिसमें उच्च चिंतन हो, स्वाधीनता का भाव हो, सौन्दर्य का सार हो, सृजन की आत्मा हो, जीवन की सच्चाइयों का प्रकाश हो- जो हममें गति, संघर्ष, बेचैनी पैदा करे, सुलाए नहीं क्योंकि अब और ज्यादा सोना मृत्यु का लक्षण है.
सशक्त राष्ट्रीय आन्दोलन ने जनवादी संस्कृति के निर्माण में एक नया कदम बढ़ाया. प्रगतिशील आन्दोलन इसी की देन था. कवि सम्मलेन, गीत, नाटक, पत्रिका गोष्ठी, सभा सम्मलेन आदि के जरिये जनता तक पहुँच बनाया गया और उनके दुखों, कमजोरियों और संघर्षों को जनवादी साहित्य का मुख्य विषय बनाया गया. इसने कई गौरवपूर्ण उपलब्धियाँ हासिल की. लेकिन बिना खड्ग-बिना ढाल वाली आधी अधूरी आजादी की लड़ाई के बाद हमारे देश के शासकों ने घिनौने-सड़ियल सामंती शक्तियों से समझौता कर लिया. जिससे एक नयी सांस्कृतिक समस्या पैदा हुई. इसके बावजूद व्यक्तिगत और सामूहिक प्रयासों से आजादी के दो-तीन दशकों बाद तक सकारात्मक कला-संस्कृति की रचना चलती रही. लेकिन ये प्रयास पूरे समाज के चेतना में अमूल-चूल परिवर्तन करने में नाकाफी साबित हुए और जनवादी संस्कृति के निर्माण का काम आज भी अधूरा है. समाज बदलने वाली शक्तियों को इस अधूरे कार्यभार को पूरा करना है.
1991 में देश के शासक वर्गों द्वारा विदेशी पूँजी के आगे आत्मसमर्पण का नतीजा आज हम साम्राज्यवादी सांस्कृतिक हमले के रूप में झेल रहे हैं. इसने एक और हिंसा, लम्पटता, अश्लीलता का गुणगान करने वाली दूषित फिल्में, पुस्तकें, पत्रिकाएँ, संगीत, नृत्य और फैशनपरस्ती की भरमार कर दी है. वहीं दूसरी ओर बहुराष्ट्रीय कम्पनियाँ हमारे देश की सभी मूल्य मान्यताओं पर उपभोक्तावादी संस्कृति लाद रही हैं ताकि उनका माल ज्यादा से ज्यादा बिके. इस काम को वे विज्ञापनों के जरिये अंजाम दे रही हैं.

http://www.palpalindia.com से साभार 

जनवादी संस्कृति


जनवादी संस्कृति - रामविलास शर्मा 
https://books.google.com.np


परिवर्तन और विकासके सांस्कृतिक आयाम - पुरनचन्द्र जोशी
https://books.google.com.np


आलोचनाका अन्तरङ्ग
https://www.blogger.com


जनवादी संस्कृति र साहित्य- डा. शिवशंकर बस्याल

केही  मूल्य, मान्यता, प्रथा र प्रचलनलाई नै समग्र संस्कृति मान्नु सङ्कुचित धारणा

संस्कृतिको अवधारणा बृहत् छ । त्यो भौतिक तथा अभौतिक पर्यावरण र परिवेश नै समग्रमा संस्कृति हो । सामान्यतः कतिपय व्यक्तिहरूले केही सांस्कृतिक मूल्य, मान्यता, प्रथा र प्रचलनलाई नै समग्र संस्कृति मान्ने गरेका छन् । तर यो धारणा आफैँमा अपूर्ण, साँघुरो र सङ्कुचित छ । बृहत् अर्थमा संस्कृति त्यो मानव पर्यावरणको समग्रता हो, जसले मानव उद्विकासका लाखौँ, करोडौँ वर्षको कालक्रममा आर्जन गरेको समग्र भौतिक तथा अभौतिक तत्वहरूको समुच्चित रूप हो । विभिन्न समाजशास्त्री र मानवशास्त्रीहरूले संस्कृतिलाई आआफ्नै रूपबाट प्रस्ट्याएका छन् । प्रसिद्ध मानवशास्त्री ई. बी. टेलरले संस्कृतिलाई त्यो समग्रता ठानेका छन्, जसमा ज्ञान, कला, विश्वास, आचार, कानुन, प्रथा र अन्य क्षमता समावेश हुने गर्छन्, जहाँ र जसमा ज्ञान, कला, विश्वास, आचार, कानुन, प्रथा र अन्य क्षमता समावेश हुने गर्छन् । जहाँ मानिस समाजको सदस्य हुनाले प्राप्त गर्ने गर्छ ।

संस्कृतिबारे प्रस्ट्याउँदै मालिनोस्कीका अनुसार संस्कृति मानव निर्मित कार्य हो, जसबाट उसले आफ्नो लक्ष्य प्राप्त गर्छ । संस्कृतिले मानवका आवश्यकता परिपूर्ति गरिदिने कार्य गर्छ । यो हस्तान्तरित हुने गर्छ ।संस्कृतिको निर्माण सहज रूपले हुने गर्छ । वर्तमान संस्कृतिहरूको उपज पनि आजैको परिणति होइन । लाखौँलाख वर्षको मानवजातिका अभ्यासहरूको सङ्ग्रह नै मानव संस्कृति हो, जुन कहिलेकहीँ परिवर्तनशील र कहिले जड रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुने गर्छ । यी भौतिक र अभौतिक दुवै हुन सक्छन् । 

संस्कृतिको निर्माण विशेष कालक्रम, समय, आर्थिक, राजनीतिक र सामाजिक परिवेशको सापेक्षमा रहेर हुने गर्छ । कस्तो किसिमको संस्कृति निर्माण हुने भन्ने निर्णय त आर्थिक संरचना र राजनीतिक व्यवस्थामा भर पर्ने कुरा हो । त्यति मात्र होइन, संस्कृति निर्माणका लागि भौगोलिक परिवेश, पर्यावरणलगायत केही पक्षहरूको पनि धेरथोर रूपमा प्रभाव पर्ने गर्छ । यसको कारणले नै वर्तमान विश्वमा विभिन्न किसिमका संस्कृतिहरू अस्तित्वमा रहेका छन् । तिनीहरूको उत्पत्ति र उद्भव विशेष सामाजिक–आर्थिक संरचनाको गर्भबाट जन्मने गर्छ । 
माक्र्सले समग्र संस्कृतिलाई उत्पादन प्रणालीबाट निर्धारण हुने तत्व ठान्नुभएको छ । उहाँका अनुसार उत्पादन प्रणालीले भौतिक पूर्वाधारको जन्म दिन्छ । तसर्थ संस्कृति निर्धारण पनि आर्थिक निर्धारणबाटै हुने गर्छ । 
मूलतः अर्थतन्त्र वा आर्थिक प्रणालीबाट संस्कृति निर्देशित हुने हुनाले निश्चित स्थानको उत्पादन प्रणालीअनुरूप नै सोहीअनुसारको संस्कृति निर्माण हुन्छ । यो निरन्तर रूपमा चलिरहन्छ । स्थापित संस्कृति हजारौँहजार वर्षको अभ्यास हो । जब अभ्यास जगत् नियम बन्ने गर्छ, त्यो संस्कृति बन्न पुग्छ । जब जगत् नियम संस्कृति बन्छ, तब त्यो धेरै कम परिवर्तनशील हुने गर्छ । मानिसले उक्त संस्कृतिलाई बिनाप्रश्न शिरोधार्य गर्छ । यसरी शिरोधार्य गरिसकेपछि आर्थिक संरचना परिवर्तन भए पनि पुरानौ संरचनाको संस्कृतिलाई उसले त्याग्न सकेको हँुदैन । किनकि प्रायः संस्कृतिको जड धर्ममा गएर रोपिने गर्छ । व्यक्तिले पाप वा अज्ञनताको डरले उक्त नियम तोड्ने हिम्मत गर्दैन र समय सन्दर्भअनुसार परिवर्तन हुन नसक्दा उही संस्कृतिअनुसार अभौतिक संस्कृति तालमेल हुन सक्दैन । यसलाई हामी कल्चरल लग भन्ने गर्छाैं । नेपाली समाजमा पनि हामी त्यो स्वरूप देख्न सक्छौँ । बढ्दो प्रौद्योगीकरणको जमानामा प्रगतिशील संस्कृतिको सट्टामा पुरातन संस्कृतिक मूल्यमान्यता त्यसैका अवशेषहरू हुन् ।

अर्थव्यवस्था र आर्थिक प्रणालीबाट नै संस्कृति निर्धारण हुने भएकाले वर्गीय समाजमा संस्कृतिको स्वरूप पनि वर्गीय हुने गर्छ । तसर्थ समाजअनुसारका वर्गहरू आफ्नो वर्गसापेक्षताअनुसार संस्कृतिको निर्माण गर्न पुग्छन् । कतिपय राम्रो संस्कृतिको जन्म हुन पुग्छ भने कतिपय नराम्रो संस्कृतिको पनि । यहाँनेर प्रश्न उठ्छ– कुन संस्कृतिलाई राम्रो संस्कृति र कुन संस्कृतिलाई नराम्रो संस्कृतिको नामकरण गर्ने ? उत्तर बडो सजिलो छ । यस्तो संस्कृति, जुन परिवर्तन र विकासका लागि सहयोगी छन्, जसले समानतामूलक र शोषणरहित समाज निर्माण गर्न  प्रेरित र सहयोगी छन् भने त्यस्तो किसिमको संस्कृतिलाई हामी राम्रो संस्कृति नामकरण गर्न सक्छौँ । त्यसको विपरीत परिवर्तनका लागि बाधक र अवरोधक छ, वर्गीय संरचना खडा गर्छ र शोषणमूलक समाजको जन्म र प्रोत्साहन दिन्छ भने त्यस्तो संस्कृति नकारात्मक संस्कृति हो । तसर्थ सकारात्मक र प्रगतिशील संस्कृतिको रक्षा र निर्माण हुन सक्छ । आर्थिक व्यवस्था, राज्यप्रणाली र सामाजिक व्यवस्थाको साथसाथै प्रगतिशील र जनवादी संस्कृतिको प्रतिरोधले मात्र समुन्नत र सुखी समाज निर्माण हुनसक्छ । आथिक व्यवस्था, राज्यप्रणाली र सामाजिक व्यवस्थाको साथसाथमा प्रगतिशील र जनवादी संस्कृतिको निर्माण नै वास्तवमा सही अर्थको सांस्कृतिक निर्माण हो ।
 
विश्वव्यापीकरणको जमानामा समग्र संसार एउटा सानो गाउँमा परिणत भइसकेको छ । संस्कृतिको प्रसारमा वर्तमान समयमा सञ्चारका साधनहरूले ठूलो भूमिका निर्वाह गर्ने गर्छन् । तर दुर्भाग्यको कुरा, आजको वर्गीय रूपमा विभाजित समाज र राष्ट्रहरूमा प्राद्योगिकी तथा आमसञ्चारमा तिनै उच्च वर्ग र धनी राष्ट्रहरूको बोलवाला छ । सञ्चारका माध्यमहरूबाट वर्तमान समयमा ती पश्चिमा राष्ट्रहरूले पुँजीवादी, सामन्तवादी, अश्लील र छाडा प्रवृत्तिको संस्कृति प्रसार गरिरहेका छन् । यसले व्यक्तिहरूलाई कानुन, खर्चिलो, परनिर्भर र उद्दण्डतातर्फ आधुनिकताका नाउँमा भड्खालोभित्र पारिरहेको छ । निम्न आर्थिक स्तर भएका समाज वा राष्ट्रहरू पनि अधुनिकताको नाउँमा ती चक्रव्यूहमा फसिरहेका छन् । नेपाली समाज पनि पुँजीवादी, साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी संस्कृतिमा नराम्रोसँग मुछिएको छर्लङ्ग छ ।
 
एक ध्रुवीय रूपमा रहेको साम्राज्यवादी र सामन्तवादी संस्कृतिबाट मुक्त हुन वर्तमान विश्वका शोषितपीडित लाखौँकरोडौँ जनताको एक अनिवार्य सर्त बनेको छ । आधुनिकीकरणको नाउँमा वर्तमान युवा पुस्तालाई यसले सांस्कृतिक आगूपदार्थ बेचिरहेको छ । अवैध कारोबारको नियन्त्रणले मात्र सुखी समाज निर्माण हुनसक्छ । यसका लागि सांस्कृतिक रूपान्तरण हुनु आवश्यक छ । सांस्कृतिक रूपान्तरण भन्नाले एक वर्ग, तह र तप्काको शासनमा चलेको संस्कृति भत्काउँदै परिवर्तित असल समाज विकासको सहयोगी संस्कृतिको स्थापना हो । नेपाली समाजमा पनि सांस्कृतिक रूपान्तरणको आवश्यकता टड्कारो रूपमा खड्किएको छ । हजारौँ वर्षको अवधिमा चलेका सामन्तवादी, पुँजीवादी, वर्गीय, उच्च जातीय तप्काले आफूअनुकूल निर्माण गरेको संस्कृति नभत्काई वास्तवमा नेपाली समाज अर्थव्यवस्था र संस्कृति एवम् राजनीतिक व्यवस्थाको परिवर्तन सम्भव नै छैन ।

 सांस्कृतिक पुनर्निर्माण र सांस्कृतिक रूपान्तरणका लागि साहित्यको पनि महत्वपूर्ण भूमिका हुन्छ किनकि साहित्य पनि मानव संस्कृतिकै एक महत्वपूर्ण पक्ष हो । वर्गीय संरचनामा वर्गीय साहित्यको उत्पत्ति हुनु कुनै नौलो कुरा होइन । फरकफरक प्रवृत्तिको साहित्यले समाजमा आआफ्नै किसिमको प्रभाव पारेको छ । एकातर्फ सर्वसाधारण, शोषितपीडित श्रमिक र श्रमका कथा–व्यथा र गीत लेख्ने साहित्य छ भने अर्कोतर्फ विलासी, धनी, अभिजात र शासक वर्गलाई केन्द्रबिन्दु बनाएर आफ्नो व्यक्तित्व र उच्च वर्गीय स्वार्थका लागि साहित्य रचना गर्ने प्रवृत्ति छ । वर्तमान समयमा त उनीहरूकै बाहुल्य छ । त्यसले समाज दुखेको, देश दुखेको घाउ र पीडा देख्दैन । बरु कामुकता, उच्छृङ्खलता र अश्लीलताको सस्तो प्रचारले क्षणिक वाहवाही पाउने प्रयास गर्छ । यस्तो किसिमको साहित्यले समाजलाई प्रगति र अग्रगतिमा होइन, लम्पट र कामुकतातर्फ दिनप्रतिदिन धकेल्दै लैजान्छ । समाजलाई कङ्गालीकरण, दलालीकरण एवम् परनिर्भरतातर्फ लैजान्छ । फलस्वरुप समाज विखण्डित अवस्थामा पुग्छ भने मुठीभर व्यक्तिहरूको स्वार्थ परिपूर्ति हुन्छ । तसर्थ सुखी, सभ्य र प्रगतिशील समाज निर्माण गर्न जनवादी÷प्रगतिवादी साहित्यको महत्वपूर्ण भूमिका हुन्छ । यसको माध्यमबाट हामी समानतामूलक, शोषणरहित र प्रगतिशील समाज निर्माण गर्न सक्छौँ । विलासितावादी, भोगवादी र कामुक साहित्यको बदलामा जनवादी, जनमुखी र सामाजिक बिम्ब झल्कने, लाखौँलाख भोका, नाङ्गा र पीडितको गीत समेटिने साहित्यले मात्र समाजको भलाइ हुन सक्छ र सांस्कृतिक रूपान्तरणका लागि साहित्य कोसेढुङ्गा बन्न सक्छ । 

वर्गीय समाज, संस्कृति र साहित्यको सङ्घर्ष 

कलमजीवीहरूलाई तर्साउने खेल कुनै नयाँ होइन । समाज जब वर्गीय संरचनामा ढल्दै विकासको प्रक्रियामा अघि बढ्यो, तब संस्कृति पनि वर्गीय स्वरूपमा अघि बढ्दै गयो । आआफ्ना वर्गले आफ्नो संस्कृतिलाई हुर्काउने चलनले निरन्तरता पायो । वर्तमान अर्धसामन्ती तथा पुँजीवादी स्वरूपले पनि आआफ्नै संस्कृतिलाई पछ्याउने क्रम रहनु स्वाभाविक थियो । वर्गीय संरचनाभित्र रही सांस्कृतिक सङ्घर्ष चलिरहेको वर्तमान विश्वसामु छर्लङ्ग छ । आज सर्वहारावादी संस्कृति आफ्नै वर्गको संस्कृति र साहित्यको पक्षपोषण, अस्तित्व एवम् जगेर्नाको लडाइँ लडिरहेको छ भने सामन्त, पुँजीपति वर्ग र साम्राज्यवादी शक्तिहरू आफ्नो पैतालादेखिको बलले आफ्नै वर्गको पक्षपोषणका लागि तल्लीन छन् । प्राविधिक सञ्चार र अन्य भौतिक क्षेत्रमा उनीहरूको दबदबा, वर्चस्व र प्रभुत्व रहेकाले त्यसको प्रचारप्रसार र वृद्धि गर्नु उनीहरूको धर्म नै हो । तसर्थ आज जनवादी साहित्यले प्रभुत्ववादी, साम्राज्यवादी, पुँजीवादी र सामन्तवादी साहित्यसँग लडाइँ लडिरहेको छ । निरङ्कुश वर्ग जनवादी साहित्य, कला र संस्कृतिसँग अत्तालिएर हिंसाको बाटोबाट उनीहरूका प्रतिभा र कलमलाई भाँच्न प्रयासरत रहन्छन् । 
कुनै पनि देशको क्रान्ति सफल पार्न लेखक÷कलाकारको महत्वपूर्ण भूमिका रहन्छ । लामो भाषणभन्दा सटिक कलमका अक्षर र आवाज प्रतिक्रियावादी सत्ता र संरचनाका बम र बारुद साबित हुन्छन् । तसर्थ क्रान्तिको दौरानमा ती संस्कृतिकर्मी, कलाकर्मी र लेखकहरूलाई बन्दुकका माध्यमबाट तर्साउने गर्छन् । आफ्नो बनीबनाउ संसार टिकाउने प्रयत्नमा लागिरहन्छन् स्रष्टाहरूमाथि नाङ्गो र बर्बर रूपमा जाइलाग्छन् । तर गौरवको कुरा, यी बन्दुक र बुटको त्रासले जनताको माया र प्रेरणाको बीचमा हुर्केका कोपिलाहरू सधैँ मुस्कुराउँदै जान्छन्, फुल्दै जान्छन् । दमनका यी कर्तुतहरू स्रष्टाका लागि झनै मल साबित हुन्छन् र प्रतिकूलतामा पनि स्रष्टाका अक्षरहरू विस्फोट हुन रुक्दैनन् । थिचोमिचो र दमनले नै दमन विरुद्धका अभिव्यक्ति गर्न बाध्य बनाउँछ । अप्रत्याशित चाप, दबाब र निकासको अभिव्यक्ति ज्वालामुखी भएजस्तै एउटा स्रष्टाले यो सामाजिक, राजनीतिक थिचोमिचोलाई ज्वालामुखी विस्फोटको कारणजस्तै प्रेरणादायी रूपमा लिनुपर्छ । जनवादी साहित्य त्यसैले मोटा, न्याना बिस्तरामाथि पल्टिदै डकार छोडेका पेटले लेख्दैन । शिशिर र ग्रीष्मसँग, रगत निचोर्नेका कर्तुतविरुद्ध उम्लिँदै आफ्नो अभिव्यक्ति कलमको सहाराले नचाहँदानचाहँदै आफ्नो रगतका मसीले कोर्नु वास्तवमा जनवादी साहित्य हो । त्यसरी लेखिएका गीत नै जनताका जीवनका प्यारा गीतहरू बन्न पुग्छन् । जीवनलाई झडप र दाउमा राखेर कोरिने यी अक्षरहरूको मूल्य पक्कै पनि, आत्मप्रचार, यशोगान, खुनी वर्गको पोषक नभई श्रमजीवीको कर्णप्रिय गीत नै वास्तवमा जनवादी साहित्य हो । यो अजम्बरी हुन्छ । वास्तवमा माक्र्सवादी सौन्दर्यशास्त्रको मुख्य गुदी र मुटु पनि त्यही हो ।

आफ्नो भौतिक सुखसुविधा, यश र सम्मान जनवादी साहित्यकारका विषयवस्तु कदापि हुँदैनन् । न त आनन्दको नाउँमा पुँजीवादी र साम्राज्यवादी संस्कृतिकर्मी र साहित्यकारले जस्तै विषाक्त संस्कृतिको विष पिलाउँछन् जनवादी साहित्यकारले । त्याग, बदलामा अपमान, कष्ट, दण्ड त सामान्य जीवन हो जनवादी साहित्यकारको । यति हुँदाहुँदै पनि सुन्दर, समान र शोषणरहित संसार र समाजका लागि ज्यान जोखिममा राखेर यथार्थको नीमपत्ताको तीतो झोल  पिलाउने गर्छन् साहित्यकारहरू, जुन समाजका लागि कडा ओखती हुने गर्छ । यही ओखतीले नशामा मातिरहेका व्यक्तिहरूलाई यथार्थको धरातलमा बाँच्न र खेल्न सिकाउँछ । तसर्थ जनवादी साहित्यको प्रयोजन पनि कलाकलाका लागि नभई कला जीवनका लागि हुने गर्छ । एक असल मानव र समानतामूलक, शोषणरहित समाज निर्माण गर्न र बाँच्न सिकाउँछ । करोडौँकरोड मेहनतकशका कथा र व्यथाको जीवन्ततालाई जनवादी साहित्यले बिम्बित गर्न सक्नुपर्छ । वास्तवमा एक असल साहित्यले त्यसको बिम्बन मात्र नभई अग्रीम बाटो पनि पहिल्याउने गर्छ । जनताका लेखक÷कलाकारहरूले ती प्रतिकूल समय, सन्दर्भ र व्यवस्थाको बीचमा आफूलाई होमी शोषक वर्गको कर्तुत र जालसाजीलाई कलात्मक ढङ्गले व्याख्या गर्नु नै वास्तवमा जनवादी साहित्य हो । वर्तमान समयसम्म आँधीबेहेरीको मौसमबीच विश्व सर्वहारावर्गले कला, संस्कृति र साहित्यमा आफ्नो गौरव तथा अस्तित्वपूर्ण लडाइँ लडिरहेको इतिहास विश्वसामु छर्लङ्ग छ ।
 
संसारका बडेबडे शासकहरू बन्दुकसँगभन्दा विचार र कलमसँग थर्कमान भए । नेपोलियनहरू जीवनभर बन्दुकसँग पराजित भएनन्, कलमसँग हारे । हिटलर र मुसोलिनीहरूको कलम र कलासँग दुस्मनी थियो र डराउँथे । तसर्थ पहिलो प्रहार तिनैमाथि गरिन्थ्यो । अङ्ग्रेजहरू पनि भारतीय स्वाधीनताको आन्दोलनका क्रममा लेखकहरूमाथि पहिलो प्रहार गर्थे । प्रेमचन्दका कयाँै कृति जफत गरिए र प्रतिबन्ध लगाइयो । सोभियत सङ्घको ऐतिहासिक क्रान्तिमा साहित्यको भूमिका महत्वपूर्ण रहेको लेनिन आफँैले आफ्ना रचनाहरूमा व्यक्त गर्नुभएको छ । मेक्सिम गोर्की, निकोलाई आस्त्रोभस्कीका कलमहरूले हजारौँ बन्दुकका नालले फ्याँक्ने बारुदभन्दा चोटिलो प्रहार जारहरूमाथि पु¥याएको इतिहास विश्वसामु छर्लङ्ग छ । यति मात्र होइन, जनवादी चीनको जापानविरोधी मुक्तियुद्ध र चीनको महान् क्रान्तिमा सशस्त्र युद्धको साथमा लेखकहरूले पनि आफ्ना कलमहरूलाई समाहित गर्न पुगे । लुसुन, याङ मो त्यस्ता कलमवीर थिए, जसले क्रान्तिकारी युद्धमा उनीहरूका रचनाहरूले इन्धनको कार्य गरे र महान् सांस्कृतिक क्रान्तिमा सचेतनाका सन्देश फिँजाउन महत्वपूर्ण सहयोग गरे । चीनको त्यस महान् क्रान्तिमा लेखक÷कलाकारको भूमिकालाई माओले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

नेपाली इतिहासको पृष्ठभूमिलाई हेरयौँ भने पनि के थाहा लाग्छ भने यहाँ पनि वर्गीय सामाजिक संरचनाअनुसार आआफ्नै वर्गको पोषण गर्ने लेखक, कलाकार र उनीहरूबीचको सङ्घर्ष निरन्तर रूपमा चलिरहेको छ । एकातर्फ सामन्ती, पुँजीपति वर्ग दरबारिया र उच्चकुलीन वर्गको पोषक साहित्यको बिगबिगी र बोलवाला एकातिर छ । सञ्चारमाध्यम र सत्ता पनि उनीहरूकै पक्षको भएकाले आफ्नो वर्गको पक्षपोषण गर्ने साहित्य र कलालाई प्रचार र पारितोषिक गरिरहेको छ । मेहनतकश वर्ग र ग्रामीण जनताको हितमा कलम चलाउनेहरूलाई उपेक्षा गर्ने र किनारा लगाउने काम सत्ता र उसका आसेपासेहरूले गर्ने गरेका छन् । साहित्यलाई पनि सहरिया र सम्भ्रान्तको बनाउने कसरतमा छन् । यति हुँदाहुँदै पनि नेपाली जनवादी साहित्यले विगतमा लामो तथा स्वाभिमानपूर्ण लडाइँ लडी आफ्नो अस्तित्व कायम गराउन सफल भएको छ । शोषित, मेहनतकशवर्ग, शोषण, अत्याचार, अन्याय र निरङ्कुश शासनका विरुद्ध ज्यान दाउमा राख्नेहरूको इतिहास लेखन परम्परामा मकैको खेतीका लेखक प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका एक सय ६० भन्दा बढी कलमवीर र संस्कृतिकर्मीहरूले जनआवाजलाई मुक्तकण्ठले गाएरै छोडे । हिजो कलम बोक्ने कृष्णलालहरू राणाका लागि बज्र बने भने कलमबाटै गीत कोर्ने कृष्ण सेन ‘इच्छुक’ हरू सामन्ती राजतन्त्रकै काल बने ! आखिर कृष्णलालदेखि कृष्ण सेनसम्म नेपाली जनवादी लेखनपरम्पराको इतिहास हामीले गर्व गर्न लायक छ । इतिहासले साबित गरिसकेको छ– नेपाली जनवादी क्रान्तिमा कलमको भूमिका महत्वपूर्ण छ ।

http://ratokhabar.com बाट साभार 

Wednesday, December 9, 2015

रुढी परम्परालाई मान्दैनौ भन्दै क्रियापुत्री बसेन नेता खड्का

राजकरण महतो,बर्दिवास, मंसिर २३ गते ।

सामान्यतया हिन्दु धर्म संस्कृतिमा वुवा आमाको मृत्यु हुदाँ छोराले क्रियापुत्री बस्ने चलन छ । तर एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं महोत्तरी जिल्लाका इन्चार्ज राजु खड्काले आफ्नीे आमाको मृत्यु हुँदा परम्परागत रुपमा क्रियापुत्री बसेनन् ।

 


























खड्काकी ८७ बर्षीय आमा कृष्ण कुमारी खड्काको २०७२ साल मंसिर १२ गते निधन भएको थियो । आफूलाई रुढिवादी परम्परामाथि विश्वास नभएको हुँनाले क्रियापुत्री नबसेको केन्द्रीय सदस्य खड्काले बताए । उनले भने, ‘मलाई मृत्यु पछि गरिने कर्मकाण्ड प्रति विश्वास छैन । हिन्दू धर्ममा आधारित मृत्यु संस्कारमा विश्वास गर्ने खालका कुनै पनि वैज्ञानिक आधार नभएकाले म आमाको किरिया पुत्री नबसेको हो ।’ बुवाआमा जिवित हुदाँ चाहिं एक चम्चा पानी पनि खान नदिने तर मृत्यु भएपछि समाजलाई देखाउनको लागि क्रियापुत्री बस्ने परम्परा रुढिवादी सोचमा आधारित ढोंगी चलन भएको उनको भनाई छ ।

 उनले आफ्ना आमा बुवालाई जीवित हुँदै समयमा उचित खानपान, सम्मान, औषधोपचार र हेरचाह गर्नु पर्नेमा जोड दिएका छन् । तर नेता खड्काका दाजु भने आमाको किरिया पुत्री बसेका छन् । तर खड्काले भने न नुन बारे, न त कपाल नै खौरिय । न सेतो लुगा लगाएर कोरामा नै बसे । उनी आफ्नो घरमा सहानुभूतिको लागि आउने सबैसँग हात मिलाउँछन्, गफ गर्छन्, दुखःुसुखका कुरा गर्छन् ।

आफूलाई जन्म दिने आमा गुमाउँदाको पीडा खड्काको अनुहारमा प्रस्ट देखिन्छ । तर उनी आमाको मृत्यु हुँदा परम्परादेखि चलि आएका कुनै पनि चलन पछ्याउँन चाहँदैनन् । भन्छन्, ‘मृत्युपछि घरमा पंडित बोलाएर गरुढ पुराण भन्ने चलन छ । यसले मानिसमा त्रास र चिन्ता उत्पन्न गराउँछ ।’ गरुढ पुराणले सारमा पंडितलाई दान गरे दान गरेको बस्तु मृत्यु भएका मानिसले पाउने र उनीहरुको स्वर्गमा बास हुने नत्र नर्कमा बास हुने त्रास सिर्जना गर्ने काम गर्ने खड्काको भनाई छ ।


 परिवारमा सदस्य गुमाएको वेलामा राहत दिनुको सट्टा दक्षिणा र दानले मृत परिवारमा झन् पीडा र आर्थिक भार थपिने गरेको खड्का बताउँछन् । नेता खड्काले २०५८ सालमा वुवा खिलबहादुर खड्काको निधन हुँदा पनि क्रियापुत्री नबस्ने प्रयत्न गरेका थिए । तर उनी सफल भएनन् । समाजको दवाबले ८ दिन पछि बाध्य भएर कोरा भित्र पस्नु परेको उनी अहिले पनि सम्झन्छन् । तर आमाको मृत्यूपछि उनी यसपालि क्रियापुत्रि नबसेकोमा कसैले उनलाई दवाव दिएका छैनन् ।

 खड्काले भने,‘समाजमा मैले क्रियापुत्री नबसेकोमा टिका टिप्पणी भइरहेको छ । वुवाआमाको क्रियापुत्री नबसेर समाज विगारेको, परम्परालाई नमानेको जस्ता कुरा चलिरहेको छ, यसप्रति मेरो कुनै गुनासो छैन, नबुझ्नेले पनि पछि विस्तारै बुझ्दै जालान् ।’ आमाको क्रिया नगरेकोमा समाजका मानिसहरु खुशी नरहेको बताउँदै उनले भने, ‘विस्तारै यो चलन हट्छ, अलि जानेबुझेकाले गलत परम्परालाई छाड्ने हिम्मत गर्नु प¥यो, मैले त्यहि गरेको हँु ।’

‘ आमा र आमाको भौतिक शरीर नभए पनि आमाप्रतिको सम्मान र सम्झना भने सँधै ताजा रहनेछ,’ केन्द्रीय सदस्य खड्काले भने,‘हाम्रो परिवारमा आमाको योग्दानलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा बहस चलिरहेको छ ।’

http://www.shirishnews.com बाट साभार