Tuesday, May 31, 2016

सांस्कृतिक क्रान्ति र रूपान्तरणको आवश्यकता- दिल साहनी

कम्युनिस्ट पार्टी गरिबगुरुवाका पार्टी हुन् । तर, अहिले यिनीहरू धनीमानीका पार्टी हुन पुगेका छन् । कम्युनिस्ट सर्वहारा हुन्छन् । तर, अहिलेयिनीहरू करोडपति अरबपतिमा गनिन थालेका छन् । हिजो कम्युनिस्ट नेताले व्यक्तिगत सम्पत्ति पार्टीका नाममा समर्पित गर्थे, आज तिनैकम्युनिस्ट नेता ब्याजसहित आफ्नो व्यक्तिगत सम्पत्ति जोर्ने धन्दामा लिप्त देखिन्छन् । आफ्नो व्यक्तिगत सम्पत्ति थुपार्न उनीहरू नैतिकताकोदृष्टिबाट जति तल र्झन पनि तयार देखिन्छन् । हिजो चप्पल पनि नहुने कम्युनिस्ट नेता यतिवेला पजेरोविना एक डेग हिँड्न नसक्ने भएका छन् ।

हिजो गुन्द्रीमा रात गुजार्ने कम्युनिस्ट नेता आज 'डन्लप'विना रात कटाउन नसक्ने भएका छन् । हिजो जनताको जडौरी भिर्ने कम्युनिस्ट नेता आजदिनको दशचोटि सुटबुट फेर्ने हैसियतमा पुगेका छन् । हिजो नुनको ढिकोसित ढिँढो निल्ने कम्युनिस्ट नेता आज पाँचतारे होटेलमा भात भान्सा गर्नेभएका छन् । बासमती चामलको भुजाविना भाग बस्न नसक्ने भएका छन् । हाम्रा सर्वहारा नेतामा एक्कासि आएको यस्तो परिवर्तनले सबैलाईआश्चर्यचकित पारेको छ । यसबारे गुनासो गर्दा उनीहरूको बनिबनाउ जवाफ हुन्छ, हामी भिखारी हुन कम्युनिस्ट भएका होइनौँ । कुरा त ठीकै हो ।तर, के कुरा पनि ठीक हो भने उनीहरू जनतासँगसँगै करोडपति/अरबपति हुनुपथ्र्यो । उनीहरू जनतासितै पजेरो चढ्ने हैसियतमा पुग्नुपथ्र्यो । यताजनता दिनदिनै गरिबबाट अझ गरिब हुँदै छन् भने कम्युनिस्ट नेता धनीबाट झन्झन् धनी हुँदै छन् । २००६ सालमा पुष्पलालले के यसैका लागिकम्युनिस्ट पार्टी स्थापना गरेका हुन् ? के यसकै लागि ०२८ मा झापा विद्रोह भएको हो ? के यसैका लागि ०५२ सालमा जनयुद्ध सुरु गरिएको हो ?

जनताका यी प्रश्नको हाम्रा कम्युनिस्ट नेतासित कुनै जवाफ छ ? यसैले त हामीले भन्नुपरेको हो, हाम्रा कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्ताछैनन्, हाम्रो कम्युनिस्ट नेता कम्युनिस्ट नेताजस्ता छैनन् । उनीहरू रूपान्तरित भएका छन् । गरिबबाट धनीमा रूपान्तरित भएका छन् । सादाजीवनशैलीबाट विलासी जीवनशैलीमा रूपान्तरित भएका छन् । गुमाउनेबाट कमाउनेमा रूपान्तरित भएका छन् । जनताका सेवकबाट जनताकामालिकमा रूपान्तरित भएका छन् । शासितबाट शासकमा रूपान्तरित भएका छन् । अझ शोषितबाट शोषकमा समेत रूपान्तरित भएका छन् ।देशभक्तबाट विदेशभक्तमा रूपान्तरित भएका छन् ।

यसैले सायद अहिले हाम्रा कम्युनिस्ट पार्टीका लागि एउटा सांस्कृतिक क्रान्ति आवश्यक भएको छ। त्यस्तो सांस्कृतिक क्रान्ति जसले हाम्रा कम्युनिस्ट पार्टीलाई बुर्जुवा पार्टीमा पतन हुनबाट जोगाउन सकोस् । हाम्रा कम्युनिस्ट पार्टीलाई संसद्वादीपार्टीमा पतन हुनबाट बचाउन सकोस् । जसले हाम्रा कम्युनिस्ट नेतालाई सर्वहाराका नेताबाट बुर्जुवा नेतामा पतन हुनबाट बचाउन सकोस् । जसलेहाम्रा कम्युनिस्ट नेतालाई क्रान्तिकारी विचारबाट विसर्जनवादी विचारमा पतन हुनबाट बचाओस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाईअराजक, अनैतिक तथा अनुशासनहीन हुनबाट बचाउन सकोस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई कर्मठ कर्तव्यपरायण, निष्ठावान्,निःस्वार्थी, त्यागी तथा संयमित हुन उत्प्रेरित गरोस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई सिद्धान्तनिष्ठ, संघर्षशील तथा प्रतिबद्ध हुन उत्प्रेरणादेओस् । जसले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई वर्गीय अडान लिन र वर्ग दृष्टिकोण राख्न बल पुर्याओस् ।
वास्तवमा उहिले पञ्चायतकालमानेपालका कम्युनिस्ट पार्टीको हालत यस्तो थिएन । उनीहरू वास्तविक कम्युनिस्ट पार्टीजस्ता देखिन्थे । त्यतिवेला कतिपय कम्युनिस्ट नामधारीसमूहले संशोधनवादी वा राजावादी बाटो अवलम्बन गरे पनि अरू कम्युनिस्ट पार्टी वा समूह कम्युनिस्ट पार्टीकै चरित्रअनुरूप काम गर्थे । त्यतिवेलाकम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र कार्यशैली मूलतः कम्युनिस्ट पार्टीकै जस्तो थियो । कम्युनिस्टको जस्तो थियो । हामी योकुरा पुष्पलालको पार्टीमा पनि पाउँथ्यौँ, मोहनविक्रमको मसालमा पनि पाउँथ्यौँ भने नेकपा मालेमा पनि यो कुरा पाउन सकिन्थ्यो । झापा विद्रोहलेकम्युनिस्ट आदर्शलाई निकै अनुशासित ढंगले बोकेको थियो । ०५२ सालमा जनयुद्ध सुरु गरेको माओवादीले पनि युद्धकालमा कम्युनिस्ट आदर्शलाईनिकै गहिरोसँग अनुसरण गरेको बुझिन्थ्यो । माले, एमाले हुँदाहुँदै उसका कम्युनिस्ट संस्कृति र संस्कारमा ह्रास आएको कुरा स्पष्ट बुझ्न सकिन्थ्यो। शान्तिकालमा आएपछि माओवादीमा पनि कम्युनिस्ट संस्कृति र संस्कार बत्ती बालेर खोज्नुपर्ने अवस्था सिर्जना भयो । हिजो कम्युनिस्टकार्यकर्ता र नेता जुन उत्साह र आस्थासाथ कम्युनिस्ट साहित्यको अध्ययन गर्थे त्यो आज गर्दैनन् । आज अचम्मको कुरा त के छ भने कति नेतातथा कार्यकर्ता पनि कम्युनिस्ट साहित्यको पाना नै नपल्टाई कम्युनिस्ट बनेका छन् । यसैले पनि आज कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तानभएर बुर्जुवा पार्टीजस्ता हुन र देखिन थालेका होलान् । आज कम्युनिस्ट नेता कम्युनिस्ट नेताजस्ता देखिँदैनन् भने कम्युनिस्ट कार्यकर्ताकम्युनिस्ट कार्यकर्ताजस्तो देखिँदैनन् । पुष्पलाल भन्ने गर्थे, 

'जसरी बाइबल नपढी कोही क्रिस्चियन हुन सक्दैन, कुरान नपढी कोही मुसलमान हुनसक्दैन, वेद नपढी कोही हिन्दु हुन सक्दैन, त्यसरी नै कम्युनिस्ट घोषणापत्र नपढी कोही पनि कम्युनिस्ट हुन सक्दैन । घोषणापत्र कम्युनिस्टहरूकोबाइबल हो, कुरान हो, वेद हो ।'आज पनि कम्युनिस्ट साहित्यको गहिरो अध्यन गर्नेमा कि पुष्पलालको नाम अगाडि आउँछ कि मोहनविक्रम सिंहको। यी दुवै नेता आफू पनि खुब कम्युनिस्ट साहित्यको अध्ययन गर्थे, आफ्ना कार्यकर्तालाई पनि कम्युनिस्ट साहित्य अध्ययन गर्न उत्प्रेरित गर्थे ।

झापा विद्रोहका वेलामा यसका नेता पनि कम्युनिस्ट साहित्य अध्ययन गर्थे । जनयुद्धकालमा माओवादी नेताकार्यकर्ता पनि बडो लगन र निष्ठापूर्वकमाक्र्सवादी साहित्य अध्ययन गर्थे । क्रान्ति आन्दोलन वा वर्ग संघर्षका वेला कम्युनिस्टहरू कम्युनिस्ट साहित्यको अध्ययन गर्न बाध्यै हुँदा रहेछन्। त्यतिवेला उनीहरूका निम्ति कम्युनिस्ट साहित्य अनिवार्य विषयजस्तो हुन पुग्दो रहेछ । उनीहरू आवश्यकताले पनि कम्युनिस्ट साहित्य पढ्नबाध्य हुँदा रहेछन् । तर, यतिवेला कम्युनिस्ट पार्टी र तिनका नेता बुर्जुवा राजनीतिमा चुर्लुम्मै डुबेपछि कम्युनिस्ट साहित्य पनि उनीहरूका निम्तिरद्दीको टोकरीमा फाल्ने वस्तु भएको छ । यतिखेर कतिपय कम्युनिस्ट पार्टीका नेताले माक्र्सवादी सिद्धान्त पुरानो भयो भन्न थालेका छन् ।

कम्युनिस्ट साहित्य पुरानो भयो भने पढ्नु पनि किन ? सायद यही भएर अहिले कम्युनिस्ट पार्टी र तिनका नेता कम्युनिस्ट साहित्य अध्ययनगर्नुपर्ने कुरामा कुनै जोर लगाउँदैनन् । उनीहरू त उल्टै कम्युनिस्ट साहित्यलाई पुरानो भयो पो भन्न थालेका छन् । उल्टै कम्युनिस्ट साहित्य पढेरत्यसलाई व्यवहारमा उतार्न खोज्नेलाई कठमुल्लावादी भन्न थालेका छन् ।


कम्युनिज्मको बाटो छोडेर पनि होला आज उनीहरूलाई कम्युनिस्टसाहित्य नजाने गाउँको बाटो सोध्नुजस्तो व्यर्थको काम लाग्न थालेको छ । हुन पनि हो कसैले पनि कम्युनिस्ट साहित्यको अध्ययन गर्छ भनेत्यसलाई व्यवहारमा लागू गर्नै अध्ययन गर्छ । जब हाम्रा कम्युनिस्ट पार्टीलाई व्यवहारमा माक्र्सवादको होइन संशोधनको प्रयोग गर्नु छ भनेनदुखेको टाउको दुखाउन किन कम्युनिस्ट साहित्य अध्ययन गर्नुपर्यो र ?ठीक हो, जुन-जुन कम्युनिस्ट पार्टीले कम्युनिस्ट क्रान्तिको बाटो छोडे,उनीहरूले किन पो आफ्नो कुनै नसनातो नभएको कम्युनिस्ट साहित्यको अध्ययन गर्नुपर्यो र ? तर, जुनजुन कम्युनिस्ट पार्टीले नेपालमाकम्युनिस्ट क्रान्ति गर्ने सपना देखेका छन्, उनीहरूका लागि कम्युनिस्ट साहित्यको अध्ययन र त्यसको चिन्तनमनन अनिवार्य कुरा हो । यसलाईजारी राख्न पनि नेपालका कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्ति सञ्चालन गर्न जरुरी छ । पक्कै हो, कुनै पनि क्रान्ति सम्पन्न गर्न क्रान्तिकारीसिद्धान्त अध्ययन आवश्यक हुन्छ नै । क्रान्तिकारी सिद्धान्तविना कुनै पनि क्रान्ति सम्पन्न हुन सक्दैन । हामीलाई थाहा भएकै कुरा हो, रुसीक्रान्तिका निम्ति माक्र्स र एंगेल्सका माक्र्सवादी ग्रन्थले मात्र नपुगेर लेनिनले पचासवटा जति ठुल्ठूला ग्रन्थ लेखेका थिए । माओले चार ग्रन्थलेखेर चिनियाँ क्रान्ति सम्पन्न गरेका थिए । यसले पनि के बुझाउँछ भने कसैले पनि क्रान्ति गर्न चाहन्छ भने उसले अनिवार्य रूपमा क्रान्तिकारीसिद्धान्त अध्ययन गर्नैपर्छ ।

http://paathakbarga.blogspot.com बाट साभार 

No comments:

Post a Comment