Sunday, August 21, 2016

कार्यकर्ताकी छोरी र श्रीमतीलाई दुव्र्यवहार गरेको भन्दै माओवादी केन्द्रीय कार्यालयमा उजुरी





कार्यकर्ताकी छोरी र श्रीमतीलाई दुव्र्यवहार गरेको भन्दै माओवादी केन्द्रीय कार्यालयमा उजुरी

काठमाडौं, १ भदौं–राप्रपा छोडेर आफ्नो पार्टीमा आउन लागेका कार्यकर्ताकी छोरी र श्रीमतीमाथि ‘दुव्र्यवहार’ गरेको अभियोगले यतिबेला सत्तारुढ माओवादीको केन्द्रीय कार्यालयमा हलचल पैदा भएको छ । राप्रपाबाट माओवादी प्रवेश गर्ने तयारी गरेका प्रेम देशारकी छोरी र श्रीमतीमाथि ‘सांस्कृतिक विचलन’ गरेको अभियोगमा माओवादी निकट अखिल नेपाल एकीकृत जनसाँस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी र महांघकै अर्का नेता तथा संगीतकार चेतन सापकोटालाई कारवाही गर्न माग गरेपछि माओवादी बृत्तमा यसले हल्ली खल्ली मच्चिएको हो । 


देशारको माओवादी प्रवेशको खुसीयालीमा उनीसँगै साँझ रक्सी पिएका भण्डारी र सापकोटाले राती देशारकै घरमा उनकी श्रीमती र छोरीमाथि दुव्र्यवहार गर्ने प्रयास गरेको भन्दै उजुरी माओवादीमा परेको छ । भण्डारी र सापकोटा बिरुद्ध ‘सांस्कृतिक विचलन’को उजुरी परेपछि छानविनका लागि सांस्कृतिक विभागका ईन्चार्ज विश्वभक्त दुलाल (आहुती)को नेतृत्वमा दुई सदस्यीय छानबीन समिति पनि बनेको छ । पार्टी प्रवेश गर्दै गरेका देशारले आफ्नो घरमै श्रीमती र छोरीमाथि अनुचित ब्यवहार गरेको गुनासो गरेपछि नेता रामबहादुर थापाको निर्देशनमा छानविन समिति बनेको हो । 

घटना पार्टी केन्द्रसम्म पुगेको र अध्ययन भइरहेको छानबिन समितिका सदस्य समेत रहेका बलराम तिमिल्सिनाले चक्रपथलाई बताए । ‘घटनाको बारेमा अहिले अध्ययन भइरहेको छ, एक दुई दिनमै यसको सत्य तथ्य बाहिर ल्याउँछौँ’ उनले भने । 

उजुरीमा उल्लेख गरेको घटना विवरण अनुसार दुई साता अघि मैतीदेवी स्थिति एक रेष्टुरेन्टमा  खाजा खाइरहेका संगीतकार सापकोटा र अखिल नेपाल एकीकृत जनसाँस्कृतिक महासंघका अध्यक्ष भण्डारीलाई सिन्धुपाल्चोकका सुदिप सापकोटाको फोन आयो । सुदिपले सापकोटा र भण्डारीलाई भेटघाट तथा रमाइलो गर्न भनि ललितपुरमा बोलाए । सुदिप एक्लै थिएनन्, उनीसँग राप्रपाका नेता प्रेम देशार पनि थिए, जो माओवादी प्रवेश गर्ने तयारीमा थिए । 

उनीहरुको निमन्त्रणालाई स्वीकार्दै सापकोटा र भण्डारी चापागाउँतिर लागे । देशार पार्टी प्रवेश गर्ने खुसीयालीमा रमाइलो कार्यक्रम आयोजना भएको वताइएको छ । पहिले मदिरा निषेध गर्दै मदिरा खानेलाई 'भाटे कारवाही' गरेको पार्टी भए पनि माओवादीका सांस्कृतिक फाँटका नेता नै आजभोलि अनिवार्य मदिरा पार्टीमा सरिक हुने गरेका छन् ।  

चापागाउँ नजिकै एक रेस्टुरेन्टमा चारजना बसेर राती १२ बजेसम्म उनीहरुले सँगै पिए । त्यसबेलासम्म मदिराले लठ्ठिएर उनीहरु बेहोसजस्तै भए । चार जनामध्ये सुदिप सापकोटा त्यहिँ सुते । संगीतकार सापकोटा र भण्डारीलाई फर्किन समस्या हुने भएपछि राती देशारले आफ्नै घरमा सुत्न जान प्रस्ताव गरे । चापागाउँ नजिकैको आफ्नै निवासमा देशारले सापकोटा र भण्डारीलाई लगे ।  

देशारको घरमा उनकी किशोरी छोरी र श्रीमति थिए । छोरीले मोडलिङ र संगीतमा रुची राख्ने गरेको बताइएको छ । उनीहरु राती घरमा पुग्दा देशारकी पत्नी र छोरी टिभी हेर्दै थिए । संगीतमा रुची राख्ने छोरीको हातमा गितार पनि थियो ।  रक्सीले होस गुमाएर हल्लिँदै पुगेका सापकोटा र भण्डारीले देशारकी छोरीतिर आँखा लगाए । छोरीको नजिकै बसेर सुरुमा सापकोटा गीतार बजाउन सिकाउन थाले । नशाको सुरमा रहेका उनीहरुले विस्तारै छोरीको संवेदनसील अंगमा छुंदै उत्श्रृङखल कुरा गर्न थाले । 

मध्यरात भइसकेकाले देशार र उनकी पत्नी आफ्नो कोठामा गइसकेका थिए । यता टिभी कोठामा सापकोटा र भण्डारीले छोरीलाई जबर्जस्ती गर्न खोजे । यत्तिकैमा छोरी चिच्याइन् । छोरी चिच्याएपछि आमा आइपुगिन् । छोरीलाई त्यहाँ नबस्न आग्रह गर्दै देशारपत्नीले उनीहरुलाई सुत्न आग्रह गरिन् । तर नशाको शुरमा सापकोटा र भण्डारी देशारकी श्रीमतीमाथि पनि संवेदनशील अंग छोएर जाइलाग्न थाले । 

एकछिनमा यो कुरा देशारलाई थाहा भयो । निदाउने तरखरमा रहेका देशार तेक्वान्दोका ब्लयाक बेल्टप्राप्त खेलाडी समेत हुन् । श्रीमती र छोरीमाथि भएको अभद्र व्यबहार उनले थाहा पाएपछि सहन सकेनन् । मध्यरातमा देशारले सापकोटा र भण्डारीलाई झापड लगाए । देशार एक्लैले दुईजनालाई मुक्का प्रहार गर्न थालेपछि जुत्ता–चप्पल समेत छोडेर सापकोटा र भण्डारी भागे । राती घरबाट पार्टीका नेताहरु जुत्ता छोडेर भागेपछि देशारले आफूमाथि भएको घटना माओवादी नेतृत्वसम्म पुर्याए । घटनाले उग्ररुप लिएपछि माओवादीले वाध्य भएर छानविन समिति गठन गरेको हो । 

http://www.chakrapath.com बाट साभार  

No comments:

Post a Comment