दशै नेपालीहरु र विशेषत नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो पर्व हो । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पुजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैँ वा विजयादशमी को नामले पनि चिनिन्छ । दशैँ आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशै प्रतिपदा घटस्थापना देखि पूर्णिमा सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिनलाई नवरात्रि र दशैँ दिनलाई दशमी वा दशै भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा, सत्तमी (फुलपाती), महाअष्टमी (कालारात्री) , महानवमी, विजयदशमी र पूर्णिमा (कोजाग्रत) दशैका प्रमुख तिथीहरु हुन ।
सामाजीक महत्व ः दशैको सांस्कृतिक पक्ष पनि छ । नेपाल कृषि प्रधान देश हो । जब कृषक आफ्नो खेतमा सुनौलो फल उमारेर अन्न रुपि सम्पति घरमा ल्याउँछ तब उसको खुशी एवं घरमा ल्याउँछ तब उसको खुसी एवं उमङगको सीमा हुँदैन । यस खुशीको अवसरमा भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । नेपालमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।
घटस्थापना ः आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कार्य सम्पन्न गरिन्छ । एक कार्य यस दिन जमरा राखिन्छ, अर्काे यस दिन घट कलशको स्थापना गरि देवी देवताको आवाहान गरिन्छ । यस दिन झिसमिसे बिहानिमै आत्मशुद्ध पश्चात नदी, खोला, बगर या आफुलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा वा पन्चमाटो ल्याई दशैँ घर वा पुजा कोठामा राखि त्यस ठाउँमा जमारा उमार्न जौँ छरिन्छ । जौँलाई बैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतीमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसैस्थान नजीकै माटोको बिशुद्ध जलपूर्ण घडा कलश को वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मनि गाइको गोबरले नौवटा देविको वेदि बनाई लेपन गरिन्छ र घडाको वरिपरी जौ पन िगाडिन्छ । अनि जलपूर्ण कलशमा पन्चपल्लवको पात चढाई अन्त शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पन्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्तपूराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गहरु यी हुन ( प्रकृति पूर्व चण्डिका, आग्नेय, भद्रकाली दक्षिण, सर्वमङगला वायण्य, बैष्णवी, उत्तर, शिवप्रिया इशान जगदम्बिका जल, थल र आकाश यी नामहरुको दुर्गाहरु विभिन्न दिशाका अधिष्ठात्री देवीहरु भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घटस्थापना कलशमै सम्पुर्ण देविदेवता सप्तसागर, सप्तदवीप, सम्पूर्ण नदी एवं तीर्थहरु निहित छन् । जुन कुरा कालिकापुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमंगलको शुभ चिन्हहरुद्धारा समाहित गरिएको पाइन्छ । आधारहहरुको कारण सम्पुर्ण देवीदेवता, तीर्थ, पालनतम नदि नाला, सप्त सागर, सप्त दवीय आदि सबैलाई समाहित गरी दशै पुजाको थालनी गरिएको हो । यसैले दशैको अवसमार आआफनै आगमस्थित अन्य देविस्थलहरुमा गई देवीदेवताहरुको पुजा उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औल्याएको पाइन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुको घरघरमा र देवीका मन्दिरहरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पुजा, आरधाना र प्रार्थना गरिन्छ र शङख, डमरु, घण्टी आदि बजाई दुर्गासप्तशती दुर्गाकवच श्रीमदेवीभागवत अािद पाठ पनि पढिन्छ । पुजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहि अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
महासप्तमी ः सातौ दिनलाई फूलपाती, आठौँ दिनलाई महाअष्टमी, नबौँ दिनलाई महानवमी एवं दशौ दिनलाई विजयादशमी भनिन्छ र यी दिनहरुको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथीको दिन दशैँको लागि पूजा सामाग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने कार्य हुन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कपि, कलम अनि मसिदानी आदिको पनि पुजा गरिन्छ । किसानहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धाका बाला र बोट घरमा भित्राउँछन् । साथै यस दिन गोरखा दरबारको दशैघरबाट ल्याएको फुलपाती राजधानी काटमाण्डौ जमलमा ल्र्या प्रोमोशन र बढाई साथ हनुमानढोका दरबारमा भित्राइन्छ ।
महाअष्टमी ः नबरात्रीको आठौँ दिनमा महाकालीको विशेष पुजाआज गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञनाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात, यी देविलाई बोका, कुखुरा, हाँस, राँगो आदी बलि दिइन्छ । यी दिनहरुमा मानिसहरु आआफ्ना कुलदेवी, देवता र स्थानिय देवीदेवतालाई पूजा वलि दिन्छन् । शाकारीहरुको नरिवल, कुभिण्डो, केरा, घिरौला, आदि फल अर्पण गर्दछन् । काठमाण्डौ तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधरणको लागि खुल्ला गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्री मानेर रातभरी गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पुजा गर्छन र दशमीमा विसर्जन गर्दछन् ।
महानवमी ः नवरात्रीको नवौँ दिन विशेष गरी महालक्ष्मी देवीको पुजाआज गरिन्छ । यसै दिन विहान कलपुर्जा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई पूजा गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुई बर्षदेखि दश बर्ष सम्मका नवकन्याहरुको पनि पुजाआजा गरिन्छ ।
विजयादशमी ः नवरात्रीको दशौँ दिनलाई विजयादशमी पनि भनिन्छ । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । स्रोह सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु त्था देवताको पुजा गरी नँौ दिनसम्म गरेको पुजाको काममा कुनै क्रुटि भयो कि भनि यसलाई पुरा गर्न तामाको थालिमा चन्दनले अष्टदल लेखि त्यसका बिचमा माटाका देवीका तिन प्रतिमा वा राता अक्षतामा तीन थुप्रा राखि बिचमा अपराजिता देवी दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाह्न र सोह्र सामाग्रीले पुाज गरी यथाशक्ति हवन गरी जमरालाई पुजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरुलाई चढाई आरती र पुषान्जली गरिन्छ । यति गर्नाले कसैले पनि आफु माथि दमन गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसमाथि निम्न मन्त्र पढ्दै चन्दन,अक्षता, फूल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवीहरुलाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ ‘ आवाहन नजानामि, नजानामि विसर्जनम् ।’ पुजा चैव नाजानामि क्षम्यता परमेश्वरी । यसपछि देवीका मुर्तिहरु र नवपत्रिकालाई बाज, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगि सेलाई त्यसपछि घडाको जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरुप अबिर र दहिमा मुछेका चामलका टिका निधारमा, जमरा टाउकोमा लगाई दक्षिण दिई आर्शिवाद दिन्छन् । अनि सपरिवार नतिेदारकहाँ तथा मान्यवरकहाँ दशैको लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टिका लगाउन जान्छन् । यसरी टिका लगाउँदा दिइने आशिष ः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानन्च दुर्याेधने ।।
दानं सुर्यसुते बलं हलधरे सत्यन्च कुन्तीसुते ।
बिज्ञान विदुरे भवन्तु भवता
कीर्तिश्च नारायणे ।।
http://www.samadhan.com बाट साभार
No comments:
Post a Comment