Monday, January 26, 2015

सामना परिवार - -शोभित नेपाल

सामना परिवार


-शोभित नेपाल
करिब दुई दशकको ईतिहास बोकेको सामना परिवार परिवर्तनकारी र प्रगतिशील गीत/संगीतका फाँटमा परिचित नाम हो । ०४८ सालमा मणि थापाको संयॊजकत्वमा गठन भएको परिवार अहिले पनि गरिखाने वर्गको पक्षमा कि्रयाशील छ । १० वर्षे शसस्त्र युद्धको उकाली/ओरालीमा सामनाका थुपै्र कलाकारहरुले कुर्बानी गरे । ध्रुव ज्ञवालीजस्ता मधुर स्वरका धनी र धनकाजी गुरुङजस्ता प्रतिभाका धनी कलाकारको जीवन समाप्त भयो कालगतिले । माच र आँगनमा कला प्रस्तुत गर्न माहिर सामनाले आºना गीत/संगीतलाई संग्रहित गरेर पाँचवटा गीति एल्बम र एउटा भिडियो एल्बम पनि प्रकाशित गरिसकेको छ । सर्वहाराको आन्दोलनको नेतृत्व गरेको माओवादी शान्ति प्रकि्रयामा प्रवेश गरेपछि सामना पनि युद्धकालमा हासिल गरेका अनुवभलाई सुत्रवद्ध गर्न र त्यसैका आधारमा नयाँ सिर्जना गर्ने काममा लागिपरेको पाईन्छ । कठिन संघर्ष र कष्ठपूर्ण दिनहरु सामना गरेको सामनाका लागि शान्ति प्रकि्रयाका दिनचर्याहरु सहज हुन सक्छन् तर आन्दोलनमा स्थापित भएका र शान्ति प्रकि्रयामा लोप हुन थालेका मूल्य/मान्यतालाई पूनस्र्थापित गराउन र जबर्जस्त खुट्टो घुमाइरहेका विदशी संस्कार र संस्कृतिलाई विस्थापन गर्न उसले अझैपनि चुनौतीहरुको सामना गर्न बाँकी नै छ । 
जन्म बहुदलको उषाकालमा

आन्दोलनको बलमा नेपालमा बहुदल आएको केही समयपछि सामना परिवारको गठन भएको थियो । ०४८ सालमा गठन भएको सामना परिवार मणि थापा, धु्रव ज्ञवाली, चुनु गुरुङ र अाजना गुरुङ गरी जम्मा चारजनाको थियो भने संयोजक मणि थापा थिए । तैपनि सुमधुर स्वरका धनी धु्रव ज्ञवाली चुनु र अाजना तथा गीत/संगीतमा गहिरो रुचि राख्ने मणि थापा भएकोले त्यति नाजुक र कमजोर थिएन । सामना परिवारको क्षमता विस्तार गर्न अरु थुपै्र प्रतिभाहरुको खाँचो थियो । त्यही खाँचो परिपूर्ति गर्न २०४९ सालमा यसको पुर्नगठन भयो । पुनर्गठित सामनाको संयोजक खुसीराम प्राखिन भए र मणि थापा, धु्रव ज्ञवाली, चुनु गुरुङ, अाजना गुरुङ, धनकाजी गुरुङ, पूर्ण धर्ती र कन्हैया िसंह परियार सदस्य बने । प्रगतिशील साँस्कृतिक र सांगीतिक आन्दोलनलाई सशक्त बनाउन सामनाले कम्मर कस्यो अनि चाल्यो पाईला वामे सर्दै गरेको शिशुको झैं कोमल पैतालाको सहारामा ।
गठन भएको केही वर्षपछि नै जनयुद्ध शुरु भयो । सामनाका अधिकांश सदस्यहरु आबद्ध भए जनयुद्धमा आशा र उन्मूक्तिको आकांक्षा बोकेर मैदानमा कि्रयाशील भए र सकि्रयताका साथ आºना कला र गलाले जनजागरणमा लागे । जनयुद्धकै समयमा ०५४ सालमा चितवनमा भेला भयो । उक्त भेलाले सामनालाई अझ विस्तार र सशक्त बनाउने काम गर् यो । तत्कालीन सरकार र संघर्षरत माओवादीबीच दोश्रो वार्ताकाल २०६० सालको असारमा जनसाँस्कृतिक संघको सम्मलेन भयो । उक्त सम्मेलनले सामनाको पूनर्गठन गर् यो । पूर्ण घर्ती संयोजक र माईला लामा सह-संयोजक भए भने सीता आचार्य, मोहित श्रेष्ठ, राजन वम, प्रदीप देवान, योगिता मोक्तान, सरगम थपलिया र प्रज्वल खड्का सदस्य बने । त्यसपछि अर्को उत्साह र जोशका साथ सामना कि्रयाशील भयो ।
आन्दोलनको सापेक्षतामा ०६२ सालमा सामना परिवारलाई दुई भागमा विभाजन गरियो पश्चिम सामनाको नेतृत्व खुसीराम प्राखिनले गरेका थिए । जसमा २० जना कलाकारहरु थिए । त्यसैगरी पूर्वी सामनाको नेतृत्व माईला लामाले सम्हालेका थिए जसमा २२ जना थिए कलाकारहरु । यी दुवै सामनाले पूर्वी र पश्चिमी नेपालमा साँस्कृतिक अभियान चलाए । डिस्को र रेष्टुरेण्टमा हुने नग्न संगीतको भण्डाफोर गर्दै लाखौं जनताका बीचमा परिवर्तन चेत भरिएका गीत/संगीत पस्तुत गरे । पछि ०६३ सालमा जनसाँस्कृतिक संघको केन्द्रिय सम्मेलनले सामना परिवारमा पनि हेरफेर गर् यो । काठमाडौंमा भएको उक्त सम्मेलनदेखि माइला लामा सामना परिवारको संयोजक र सीता आचार्य सह-संयोजक बने । परिवारका कतिपय सदस्यहरुले आन्दोलनमा बलिदान गरेका र कति जेलमा सजाँय भोगिरहेकाले त्यी स्थानमा नयाँ प्रतिभा पूर्ति गर्दै सामनाले आपुूलाई दीनदुःखीहरुको पक्षमा जारी राख्यो मायाप्रीतिमा छाडापन जमेका संगीतका विरुद्धमा ।
त्यसैगरी ०६४ सालमा सामनालाई तीनवटामा विभाजन र विस्तार गरियो । पश्चिमी टोलीको कमाण्ड मोहलाल चन्दले गरेका थिए । उसको कार्यक्षेत्र गण्डकदेखि सेमसम्म थियो । मध्य टोलीको नेतृत्व इन्द्र ब. थिङले गरेका थिए । यसको कार्यक्षेत्र तामासालिङ र उपत्यका थियो । त्यसैगरी पूर्वी टोलीको नेतृत्व विजय साम्पाङले गरे जसको कार्यक्षेत्र जनकपूरदेखि मेचीसम्म थियो । त्यतिबेला मोहलाल चन्दले नेतृत्व गरेको पश्चिमी टोलीले चलाएको अभियान निकै उल्लेखनीय रहेको देखिन्छ । कान्छीबिना कान्छा मर्ने र विदेशी छोटा संस्कृति मौलाईरहेको नेपाली समाजमा सामनाको मौलिक नेपाली भेषभुषा र भाषा संस्कृतिको प्रस्तुतिले छुट्टै प्रभाव पारेको थियो । दर्शकहरुका अनुहारमा आºना मौलिकताबारे गम्भीरता पाईन्थ्यो ।
०६४ को अन्त्यतिर फेरि माईला लामा सामना परिवारको संयोजक बने र मोहलाल चन्द सह-संयोजक भए । ०६६ सालमा अखिल नेपाल जनकलाकार संघको पहिलो सम्मेलनबाट सामनाको पुनर्गठन गरियो । पुनर्गठित सामना परिवारका संयोजक विजय साम्पाङ र सह-संयोजक किशोर वि।s बने । हालसम्म पनि यही नेतृत्वमा सामना परिवार चलिरहेको छ । अहिले सामना परिवारमा पूर्वदेखि पश्चिमसम्मका गरी २६ जना कलाकार रहेका छन् । मायाप्रीतिको धारमा रमाइरहेका कलाकारहरु आºनो प्रतिभाको घमण्ड गर्दै एक-आपसमा पानी बाराबारको स्थितिमा रहेको पाईन्छ तर समाज रुपान्तरणको आन्दोलनमा कि्रयाशील सामना ठूलो संख्यामा पनि एउटै समूहमा बस्ने गरेको छ । उसमा साथीहरुबीच सद्भाव छ, आपुू र साथीलाई समान देख्ने सहृदयी सोच छ, तर छैन खुट्टा तान्ने थिति अन्धाले ढोका छेकेजस्तो ।
समर्पण मूक्ति आन्दोलनमा 
०४८ सालमा गठन भएको सामना मूक्ति आन्दोलनदेखि टाढा छैन । ०४९ सालमा पूनर्गठित सामनाका अधिकांश सदस्यहरु मूक्तिअभियान सामेल भए । मणि थापा, चुनु गुरुङ, खुसीराम प्राखिनजस्ता नेतृत्व पंक्तिका कलाकारहरु दौडिए मूक्तिमार्गमा । आन्दोलनमा लाग्नुअघि हारमोनियम गिटार मादललगायतका वाद्यसामाग्री थिए उनीहरुका साथमा तर जब जनमूक्तिको भीष्म प्रतिज्ञा गरेर संघर्षमा होमिए तब अर्को भारी थपियो उनीहरुमाथि । त्यो हो आत्मरक्षाका लागि बोकिने हतियार । मतलब जनयुद्धमा सामले भएपछि उनीहरुको कला पनि सरकारी निशाना बन्यो । त्यो विषम अवस्थामा कलाको रक्षाका लागि पनि उनीहरु आन्दोलनमा सकि्रय हुनुको विकल्प थिएन । हो त्यही कुरालाई मध्यनजर गर्दै आºनो जीवनै दाउमा राखेर जनयुद्धमा समर्पित भए ।
त्यसपछि दिनहरुमा सामना सधैं समर्पित रह्यो जनयुद्धमा । समर्पितमात्र भएन आन्दोलनको एउटा सशक्त मोर्चाको रुपमा भूमिका निभायो । उसका गीत/संगीतले जनतामा त प्रभाव पार् यो नै . आºनै पार्टी नेतृत्वपंक्तिलाई पनि कहिले जोश थप्यो, कहिले मार्मिक गीतले निकै संवेदित बनायो अनि बेला-बेलामा क्रान्तिमार्ग नछोड्नका लागि खबरदारी पनि गरिरह्यो । १० वर्षे सशस्त्र जनयुद्धको क्रममा सामना पूरै समर्पित र लामबद्ध थियो क्रान्तिमा । युद्धकालमा कहिले मोर्चाका घाईते बोकेर दौडियो, कहिले हतियार बोकेरै मोर्चामा खट्यो, कहिले एम्बुस छोपेर बाटो कुरी बस्यो, कहिले युद्धमोर्चाको तयारीका लागि चामलका बोरा काँधमा बोकेर भीरपाखामा कुद्यो अनि उत्तिनैखेर भेष बदलेर गुरुङ नाच र चण्डी नाच पनि नाच्न भ्यायो ।
अहिले पनि आन्दोलनमै कि्रयाशील छ सामना परिवार । शान्तिपूर्ण आन्दोलनमा प्रवेश गरेपछि बाहिरी रुपमा बाटो भुलेकोजस्तो देखिए पनि वास्तविक रुपमा त्यस्तो नभएको बताउँछन् सामना परिवारको पूर्वसंयोजक माइला लामा । शान्तिपूर्ण आन्दोलनमा पार्टीले जुन रुपमा आºनो कार्यदिशा अपनाईरहेको छ त्यसैअनुरुप सामना परिवार चलिरहेको भनाइ छ उनको । आइपरेमा फेरिपनि अर्को सशक्त आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ सामनाले । साँस्कृतिक मोर्चाको अग्रभागमा रहेकोले पार्टीमा मौलाएका शान्तिपूर्ण राजनीतिका विकृतिहरुमाथि प्रहार गर्ने र समाजलाई सजग तुल्याईरहने जिम्मा उसकै काँधमा छ । त्यसैले लामो समयदेखि उ आन्दोलनमा सहभागी छ उसको सहभागिता अझैपनि अनिवार्य छ । अझ अर्को शब्दमा रातो लालटिनको आवश्यकता परेमा सामना त्यसको जन्मदाता बन्न सक्नुपर्छ ।
बलिदानका थुपै्र इतिहास
लाग्छ भूपि शेरचन ज्यादै दुरदर्शी कवि रहेछन् । उनले कवितामा भनेजस्तै देशमा राजतन्त्रको अन्त्य गरेर देशमा गणतन्त्रको स्थापना गर्नका लागि नेपालका धेरै सपूतहरुले आºनो जीवनदान गरे । त्यसैक्रममा सामना परिवारमा कि्रयाशील र संघर्षमा सकि्रय रहेका बेला निकै कलाकार मारिए तत्कालीन शाही सरकारबाट । गिरºतारीमा परेकी चुनु गुरुङले आपुूले गायन सिकेका गरिब झुप्राहरुको शिर उँचो राख्न हाँसी हाँसी ज्यान दिइन् ।
अरु पनि प्रतिभाका निकै धनी कलाकारहरुले जनयुद्धमा आºनो प्राणहुति गरे । डी.बी.थापा प्रतिभाका एक सशक्त धनी हुन् उनी पनि मारिए जनयुद्धमा । शारदा श्रेष्ठ अर्की प्रतिभा हुन । त्यस्तै शिव श्रेष्ठ पनि प्रतिभावान् र क्षमतावान् कलाकार हुन् । उनीहरुलाई पनि तत्कालीन शाही सरकारले गोली हानी हत्या गर् यो । अन्य थुपै्र कलाकारहरु पनि मार् यो शाही सरकारले । एउटा त्रासको कुरा गर्ने हो भने शाही सरकार निकै त्रसित रहेको पाईन्थ्यो जनकलाकारहरुबाट । त्यही कारण हुन सक्छ कलाकारहरुलाई गिरºतार गरेर मात्रै उसको चित्त बुझेन, मारिछाड्यो । अर्को कुरा गिरºतारीमा परेकाहरु आत्मसमपर्णको छाँट नदेखाई आºनो वर्गप्रति निष्ठावान् रहे । त्यही निष्ठा अडिग रहँदा सामनाका पनि थुपै्र कलाकारहरुले शहादत प्राप्त गरे । अरु त्यस्तै दुई प्रतिभावान् कलाकारको पनि देहावसान भयो । सुमधुरका स्वरका धनी धु्रव ज्ञवाली तथा अर्का प्रतिभावान् कलाकार धनकाजी गुरुङले यस संसारबाट बिदा लिए । निश्चय नै प्रतिभा र क्षमतावान् व्यक्तिले प्रतिभाको अभाव जन्मन्छ । युद्धकालका तत्कालीन शाही सरकारद्वारा मारिएका थुपै्र र कालगतिले मृत्वुवरण गरेका धु्रव ज्ञवाली र धनकाजी गुरुङको अभाव खड्किरह्यो सामना परिवारलाई ।
माचमात्रै होइन स्टुडियो र क्यामेरा 
सामूहिक जीवनमा हुर्केको र सामूहिक प्रस्तुतिमा ख्याती कमाएको पहिलो नाम हुनुपर्छ सामना परिवार । परिवर्तनको आशा बोकेका लाखौं जनतामाझ निकै सशक्त गीत/संगीत प्रस्तुत गर्दै आईरहेको छ सामनाले । संगीतको ठूलो महत्व हुने कुरा सर्वव्यापी छ । त्यसमा पनि फाटेका पैताला र दमित मनहरु मूक्तिका गीत नसुन्ने र नाच नहेर्ने कुरै भएन वर्षौदेखि ‘धोती’भनेर हेपिएका मधेशीहरुले आºनै आँगनमा कम्पोज गरिएका मैथिली र भोजपुरी नाच नहेर्ने कुरै थिएन । विभिन्न समयमा चलाईएका सशक्त अभियानबाट सामनाले थुपै्र नेपालीको मन जित्यो । लाखौं दर्शकहरुलाई आºना चेतनायुक्त गीत/संगीतले संवेदित बनायो भावुक गरायो र उद्वेलित पनि । अर्कोतिर ठूलो मासका अगाडि माचमा नाचेको र गाएको भनेर उ फुलेन घमण्डले युद्धकालमा स-साना झुपडीका आँगनमा पनि गीत पस्कियो अनि नाच देखायो । यसरी ठूला माच र साना आँगनबाट नेपाली जनजागरणका लागि सामनाले गहन भूमिका निर्वाह गर् यो । जनयुद्धको समयमा पनि विभिन्न चरणमा थुपै्र अभियानहरु चले । खासगरी ०६३ देखि ०६६ सम्म नियमित र सशक्त रुपमा अभियान चलायो सामनाले । ‘शान्ति र लोकतान्त्रिक गणतन्त्रका लागि सामना जनसंगीत अभियान’, ‘मेची-महाकाली सामना जनसंगीत अभियान’, ‘सामना-सुखानी जनसंगीत अभियान’ र ‘संघीय गणतन्त्र नेपालका लागि सामना जनसंगीत अभियान’ जस्ता विभिन्न अभियानहरुबाट उसले गीत/संगीत मात्रै पस्तुत गरेन दर्शकहरुमा अग्रगामी विचारको पनि प्रवाह गर् यो, प्यारोडी गीत र प्रहसनमार्फत् गणतन्त्र घोषणा गर्न आनाकानी गर्दै ‘सेरेमोनियल र बेवी िक¨’ को वकालत गर्नेहरुको भण्डाफोर पनि गर् यो ।
त्यतिमात्रै होइन उसले प्रविधिलाई पनि उपयोग गरेको छ आºनो आर्थिक औकातले भ्याएसम्म । माचमा गाईने गीतहरुलाई एल्बममा संग्रहित गरेर अहिलेसम्म पाँचवटा गीति एल्बम र ‘राता मान्छेहरु’ भिडियो सी.डी. प्रकाशित गरिसकेको छ । ०४८ सालमा गठन भएको सामनाले प्रतिभाहरुको केन्द्रीकरण गर्दै ०५२ सालसम्ममै ‘हुरी चन्दैछ आँधी आउँदैछ’ भाग-१ ‘जलजला’ भाग-२ र ‘अभिवादन’ भाग-३ गरी तीनवटा गीति एल्बम निकाल्यो । वास्तवमै पहिलो गीति एल्बममा भनिएजस्तै ०५२ सालपछि नै नेपालमा जनयुद्ध चल्यो जो पूरानो राजतन्त्रात्मक शासन र उसको ऐसमाथि आँधी नै साबित भयो । युद्धकालमै नेपालबाट सम्भव नभएकोले नयाँ दिल्लीबाट भाग-४ गीति एल्बम प्रकाशित गर् यो ‘रातो घाम’ । त्यसैगरी ०६५ सालमा भाग-५ ‘नयाँ नेपाल’ गीति एल्बम प्रकाशित गर् यो । ०६२ सालमा सामनालाई दुई भागमा विभाजन गरिएको थियो । त्यतिबेला पश्चिम सामनाले ‘परिवर्तित युगसँगै’ र पूर्वी सामनाले ‘रणमैदान’ गीतिएल्बम प्रकाशित गरे । माचमा गाउने गायकहरु शहरका आधुनिक स्टुडियोमा छिरे, तयार पारिएका म्युजिक ट्रयाकहरुमा आºना स्वर भरे अनि गीति एल्बमका रुपमा जनतालाई पस्किए । अर्कोतिर माचमा सेलो नाच्ने ज्यो ज्यो आले कौडा र टप्पामा नृत्य गर्ने मगर र गुरुङ कलाकार अनि चण्डी र मारुनीमा नाच देखाउने पूर्वेली कलाकार क्यामेराका अगाडि नाचे । ठूला माच र झुपडीका आँगनमा नाचिने जोशिला गीतहरुको छायाङ्कन गरे, मारुनी र कौडामा सजाईएका नाचहरु क्यामेरामा खिचेर ०६४ सालमा बजारमा ल्याए भिडियो सी.डी. ‘राता मान्छेहरु’ ।
प्रशिक्षण र त्याग 
आजसम्मको इतिहास हेर्ने हो भने सामना परिवारले बहुआयामिक भूमिका निभाउँदै आएको देखिन्छ । कहिले उ युद्धमोर्चामा गयो हतियारै बोकेर कहिले एकताको विचार बोकेर थुपै्र गरिब नेपालीहरुलाई संगठित पार् यो कहिले प्रहसनमार्फत् ‘पपु र र् याप’को भण्डाफोर गर् यो भने कहिले प्रशिक्षक बनेर तालिम दियो आफुभन्दा कनिष्ठहरुलाई । ०६३ देखि ०६६ सालसम्मको अवधिमा विभिन्न अभियानका साथसाथै उसले देशका प्राय सबै जिल्लामा रहेको कलाकार टोलीलाई गायन वादन र नृत्यमा विधागत तालिम दियो । खुट्टा उप्रुान नजान्नेलाई खुट्टा समातेर नाच्न सिकायो, गाउनै नजान्ने र बेसुरा आवाजमा फाट्टफुट्ट गाउन सक्नेहरुलाई सुर र तालमा गाउन सक्ने बनायो अनि मादल बजाउन र बाँसुरी तथा हारमोनियममा औंला चाल्न सक्षमसमेत गरायो । आपुूले सिकेको ज्ञान र सीप आपुूभन्दा तलकाहरुलाई बाँड्यो । यस अवधिमा उसले अस्थायी शिविरमा बसेका जनसेनाहरुलाई पनि तालिम दियो । वास्तवमै समग्र युद्ध मानिएको जनयुद्धमा सबै व्यक्ति बहुआयामिक हुनु आवश्यक थियो । त्यसैअनुसार सामनाले पनि आपुूसँग भएको कलाकारिताको ज्ञान जनमूक्ति सेनालाई दियो अनि युद्धमा पहिलो शर्त मानिने युद्धकला सेनाबाट सिक्यो । जनमूक्ति सेनाको सातवटै अस्थायी शिविरमा रहेका सैन्य कलाकारहरुलाई कलाकारिता सिकायो गाउन बजाउन र नाच्न ।
उसको योगदान यतिमा मात्रै सीमित छैन । ०६३ देखि ०६६ मा चलाईएका ‘शान्ति र लोकतान्त्रिक गणतन्त्रका लागि सामना जनसंगीत अभियान’, ‘मेची-महाकाली सामना जनसंगीत अभियान’, ‘सामना-सुखानी जनसंगीत अभियान’ र ‘संघीय गणतन्त्र नेपालका लागि सामना जनसंगीत अभियान’ का अवधिमा थुपै्र आर्थिक संकलन गर् यो । यी अभियानहरुबाट पार्टीको आर्थिक संकट टार्न निकै सहयोग गर् यो सामनाले । करिब तीन वर्षको अवधिमा पूर्वदेखि पश्चिमसम्म साचालन गरिएका यी अभियानबाट झण्डै २ करोड रकम संकलन गरेर पार्टीलाई बुझाइएको बताउँछन् पूर्व संयोजक माइला लामा । उक्त रकम जनसेनाका लागि बन्दोबस्तीका सामान आपूर्ति गर्न र पार्टी साचालनमा र स्वयम् सामनाकै आवश्कता टार्न खर्च गरियो । अझ कतिपय अवस्थामा त त्यत्रो रकम संकलन गरेर पनि अभावमै चल्यो सामना । गीत/संगीत कस्तो हुनुपर्छ भन्दा ‘राम्रो हुनुपर्छ’ भन्ने जवाफ दिने क्षेत्र र व्यक्तिहरुले पनि यसबाट केही सिक्नैपर्ने देखिन्छ । व्यक्तिगत शान दाम र नामका लागि अर्काको रचना र संगीतसमेत चोर्न पछि नपर्ने कलाकारहरुले पनि यसबाट केही सिक्ने हो कि !
अझै छन् चुनौती
यसको मतलब सामना परिवार निपूण शतप्रतिशत परिपक्व र चुनौतीरहित छ भन्ने होइन । उसमा अुभैपनि निकै चुनौती छन् र उसले पूर्णता पाउनुपर्ने निकै विषय बाँकी छन् । सामनाको आजसम्मको सफलताको पहिलो पाटो उसले बोकेको विचार हो । यो अस्तित्वमा अडिग रहनु उसको पहिलो प्राथमिकता हुनुपर्छ । विचारमा हुर्केको हुनाले उ पार्टीप्रति वफादार त छँदैछ तर त्योभन्दा बढी गरिखाने र सर्वहारा वर्गप्रति उत्तरदायी हुनुपर्छ । उ पार्टीप्रतिमात्रै वफादार भएमा कारणवश पार्टीले बाटो बिराएमा निश्चितैरुपमा उसले पनि बाटो बिराउने छ र उसको अस्तित्व र शान समाप्त हुनेछ । त्यसैले उ गाउन सिकेका र नृत्य कम्पोज गरेका झुप्राहरुप्रति बढीभन्दा बढी वफादार हुनुपर्छ । अर्को कुरा उसका सम्पत्ति भन्नु नै पविारमा केन्द्रीकृत भएका प्रतिभावान् कलाकार हुन् । त्यसैले त्यी प्रतिभाको संरक्षण र संवद्र्धनमा पनि उसले विषेश ध्यान दिनुपर्छ ।
गायन वादन र नृत्य मा विधागत दक्षताको निरन्तर खाँचो पर्छ । एउटा समयमा सफल मानिएको नाचले अर्को समयमा परिष्कारको माग गर्छ कुनै गीत सधैंभरि समयसापेक्षित भइरहन्छ भन्ने हुँदैन । नयाँ सिर्जना र त्यहीअनुसारको संगीतको आवश्यकता पर्छ । ज्ञातव्य छ कि सामनाले प्रस्तुत गर्ने गीत/संगीत कुनै कोठे गीतकारका रचना होइनन् र कुनै व्यावसायिक संगीतकारका संगीत होइनन्, उसले गतिशीलतामा जन्माएका हुन् । त्यसैले गतिशीलतामा स्तरीय र समयसापेक्षित गीत/संगीत रचनामा पनि उ पछि पर्नुहुँदैन । ‘सामना साँस्कृतिक परिवार’ उ नामैले साँस्कृतिक मोर्चा हो । समाजको साँस्कृतिक रुपान्तरणको लागि उसको गहन भूमिका हुन्छ । आधूनिकताको नाममा समाज विकृत बन्दैछ र धमाधम विदेशी त्यसमा पनि हिन्दी संस्कृतिको ठूलो दबदबा रहेको बेलामा जनमनमा भिज्ने गीत/संगीतको माध्यमबाट त्यी विकृतिहरुलाई विस्थापन गर्ने क्षमता राख्नुपर्छ । महान् जनयुद्धको क्रममा स्थापित भएका मूल्य र मान्यता पनि क्रमशः लोप हुँदै गएको आभाष मिल्छ । एउटा झरिलो फिलुङ्गोमा पानीको एक थोपामात्रै परेपनि फिलुङ्गोको राप कम हुन्छ । त्यसका लागि पनि ऊ अत्यन्तै सजग हुनुपर्छ । वर्तमान प्रतिस्पर्धाको जमानामा उ कलामा पनि उत्तिकै सक्षम हुनु आवश्यक छ । आशा गरौं लामो र संघर्षमय इतिहास बोकेको सामना परिवार यी सबै चुनौती सामना गर्न सक्षम हुनेछ र आºनो जिम्मेवारी पूरा आगामी दिनमा अझ सशक्त भूमिका खेल्नेछ ।
-लालरक्षक मासिकमा प्रकाशित

No comments:

Post a Comment