संस्कृति सम्बन्धी न्यूनतम कार्यक्रम
जीवनको चौतर्फी विकास एवम् मानिसको पूर्ण र मुक्त निर्माणका लागि संस्कृति एक मात्र सशक्त माध्यम हो । समाजवादी–साम्यवादी संस्कृतिको आदर्शलाई आत्मसात् गरेर मात्र यस प्रक्रियालाई अघि बढाउन सकिन्छ । तर नेपालको अहिलेको विशिष्ट सामाजिक–आर्थिक संरचनामा सिधै समाजवादी–साम्यवादी संस्कृतिको निर्माण हुन सक्तैन । यसका लागि विद्यमान अद्र्ध–सामन्ती, अद्र्ध औपनिवेशिक, नव औपनिवेशिक नेपालको सामाजिक व्यवस्थालाई समाप्त पारेर गैरपु“जीवादी विकासको मार्गबाट राष्ट्रिय पु“जिको विकास गर्नु अपरिहार्य हुन्छ । त्यसकारण समाजवादी संस्कृतिको मार्गनिर्देशनमा नया“ जनवादी संस्कृतिको निर्माण गर्नु अहिलेको न्युनतम कार्यक्रम हुनु पर्दछ । राष्ट्रिय, जनवादी र वैज्ञानिक संस्कृतिको निर्माणमा यसले विशेष जोड दिने काम गर्दछ । यसका लागि संस्कृतिको क्षेत्रमा निम्न कार्यहरू गर्न आवश्यक हुन्छ :
१) विश्वसर्वहारा वर्गको समाजवादी संस्कृतिको अभिन्न अ¨का रूपमा सर्वहारा वर्गको नेतृत्वमा आम जनसमुदायको सामन्तवाद–साम्राज्यवाद, विस्तारवाद विरोधी संस्कृति निर्माण गर्ने,
२) नेपालमा भैरहेको सामन्तवाद–साम्राज्यवाद–विस्तारवाद विरोधी राजनीतिक आन्दोलनलाई प्रबद्र्धन गर्ने संस्कृतिको निर्माणमा क्रियाशील हुने,
३) आम जनताका बीचमा समाजवाद एवम् साम्यवादका विचारहरू विस्तार गर्ने कला–साहित्य र संस्कृतिको
निर्माणलाई प्राथमिकता दिने,
४) जीवनसत्यप्रति अगाध निष्ठा, वैज्ञानिक एवम् द्वन्दात्मक भौतिकवादको दृढ अवलम्बन, पार्टी–प्रतिबद्धता, जनसेवाको भावना, समाजवादी मानवतावाद र ऐतिहासिक आशावादको अनुसरण, पु“जीवादी विचारधारा र मानिसको चेतना र व्यवहारका विगतका अवशेषस“ग झुक्दै नझुक्ने सङ्घर्षशीलता, अन्तर्राष्ट्रियतावाद एवम् कम्युनिस्ट आकाङ्क्षाहरूलाई आत्मसात् गर्दै व्यवहारमा तिनलाई लागू गर्ने प्रयत्न, जीवनप्रति सकारात्मक अभिवृत्ति र इमानदारी जस्ता समाजवादी संस्कृतिका प्रमुख लक्षणका आधारमा संस्कृतिको निर्माण गर्न जोड दिने,
५) स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमाथि जोड दिने संस्कृति भएको हुनाले राष्ट्रको कुनै पनि प्रतिक्रियावादी,
साम्राज्यवादी संस्कृतिस“ग एकता र सा“ठगा“ठ नगर्ने,
६) विज्ञानमा आधारित संस्कृति निर्माण गर्ने । अन्धविश्वास, रूढिबुढीमा टिकेको सारा सामन्ती संस्कृतिको विरोध गर्नुका साथै वस्तुगत सत्यलाई प्राथमिकता दिने र तथ्यहरूका आधारमा सत्य पत्ता लगाउने कामलाई प्रोत्साहित गर्ने,
७) भौतिक चिन्तनलाई आधार बनाउ“दै आध्यात्मिक चिन्तन एवम् प्रत्ययवाद (आदर्शवाद)को विरोधमा सक्रिय रहने । धर्म, ईश्वर, स्वर्ग–नरक, पाप–पुण्य, भाग्यवाद, कर्मवाद, अवतारवाद, पुनर्जन्म, जस्ता कुनै पनि किसिमका अदृश्य शक्ति र तŒवहरूमाथि विश्वास नराख्ने र त्यस किसिमका चिन्तन तथा संस्कृतिको विरोधमा क्रियाशील रहने, निरीश्वरवादको प्रचार–प्रसार गर्नुलाई नया“ जनवादी संस्कृतिको अपरिहार्य कामका रूपमा ग्रहण गर्ने,
८) परम्परागत संस्कार, चाडबाड रीतिथितीलाई वैज्ञानिकीकरण गर्ने, मितव्ययी एवम् सरल बनाउने र धर्मबाट अलग्ग्याएर मात्र तिनमा सहभागी हुने,
९) सिद्धान्त र व्यवहार, शब्द र कर्मका बीचको एकतामा जोड दिने,
१०) देशका बहुसङ्ख्यक श्रमिक, किसान–मजदुर, प्रगतिशील बुद्धिजीवी आदि व्यापक जनसमुदायको सेवा गर्नुलाई आप्mनो कर्तव्य ठान्ने । किसान, मजदुर, दलित, जनजाति र नारीहरूको मुक्तिको पक्षमा आफूलाई उभ्याउने, वर्गीय, लिड्डीय, जातीय, वर्णगत उत्पीडनको विरोध गर्दै तिनको समानता र मुक्तिको पक्षमा सङ्घर्षलाई सङ्गठित गर्ने र तिनको आवाजलाई वाणी दिने,
११) श्रम संस्कृतिलाई उच्च महŒव दिने । श्रम र जनताप्रति आस्था एवम् विश्वास जगाउने, शोषण, व्यक्तिगत पू“जी, निजी स्वार्थ र व्यक्तिवादको विरोध गर्दै सामूहिकतावादमाथि विशेष जोड दिने, कामचोर प्रवृत्तिको विरोध गर्ने तथा कर्तव्यपरयणताको समर्थन गर्ने, सामाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षपोषण गर्ने, समाजमा देखापर्ने सबै किसिमका अमानवीय पक्षको विरोध गर्ने र मानवीय मूल्य–मान्यताको समर्थन जनाउने, सत्को समर्थन र असत्को विरोध गर्ने,
१२) साम्राज्यवाद एवम् विस्तारवादबाट हुने सबै किसिमका शोषण–उत्पीडनको विरोधका साथै देशभक्ति र राष्ट्रिय स्वाभिमानलाई प्रबद्र्धन गर्ने साहित्य–कला–संस्कृतिको निर्माण गर्ने,
१३) मानिसलाई चरम व्यक्तिवादी र उपभोक्तावादी बनाउने, विकृत यौन–वासना, कामुकता एवम् अश्लीलता र
पशुवृत्ति बढाउने, भयावह हिंसा, हत्यालाई प्रश्रय दिने र आतङ्क सृजना गर्ने, जीवनको उद्देश्यहीनता, सामाजिक समस्याप्रति उदासीनता र चरम आत्मकेन्द्रितता फैलाउने, जीवनका हरेक पक्ष, मानिस, उसको शरीर, मनवता सहित संस्कृति, साहित्य, सङ्गीत र सबै कुराहरूलाई उपभोग्य वस्तु वा माल ठान्ने उपभोक्तावादी संस्कृति निर्माण गर्ने र संसारभर आप्mनो विचार र संस्कृति अरूमाथि थोपर्ने साम्राज्यवादी संस्कृतिको दृढताका साथ विरोध अभियान सञ्चालन गर्ने । वस्तुगतता, तार्किकता, प्रगति, मानवता, स्वतन्त्रता, समानता, सार्वभौम मूल्य, सत्य, विचारधारा, कार्य–कारणता, पूर्णता, एकता आदिको विरोध र निराशा, अनिश्चितता, विषमता, अनियमितता, विशृङ्खलता, अराजकता, अनिरन्तरता, आकस्मिकता, संयोग, नियमहीनता, खण्डितताको पक्षपोषण गर्ने उत्तरवादी विचारहरूका विरुद्ध सक्रियताका साथ उभिने,
१४) सारमा सामन्तवाद र साम्राज्यवादको विरोधमा वर्गसङ्घर्ष विकसित गर्ने कामलाई प्राथमिकता दि“दै त्यस अनुरूपका विषय चयन गरेर नया“ जनवादी क्रान्तिलाई पूर्णता दिने काममा सरसहयोग पु¥याउने ।
१५) पार्टीभित्र आचरण र व्यवहारका बारेमा के गर्न हुने र के नहुने सम्बन्धमा एउटा छुट्टै नीति निर्माण गरी पार्टी अनुशासनका रूपमा लागु गर्ने ।
No comments:
Post a Comment